Tag: झलक शर्मा

  • भीड बढेपछि कोरोनाविरुद्धको खोप लगाउन स्थगित

    भीड बढेपछि कोरोनाविरुद्धको खोप लगाउन स्थगित

    काठमाडौं । तत्कालका लागि चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउने काम रोकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप केन्द्रमा भएको भीडका कारण खोप लगाउने कार्य रोकिएको हो ।

    दोस्रो डोजको कोभिसिल्ड खोप लगाउने काम पनि रोकिएको मन्त्रालयले जनाएको छ । बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख झलक शर्मा गौतमले संक्रमणको बढ्दो जोखिमको कारण खोप लगाउने कार्य रोकिएको जनाए ।

    उनका अनुसार अर्को सूचना प्रकाशित नहुन्जेल कोभिडविरुद्धको खोप अभियान कार्यक्रम रोकिएको छ । खोप केन्द्रमा भएको भीडका कारण संक्रमणको जोखिम बढाएको भन्दै विरोध भएको थियो ।

    नियमित खोप कार्यक्रम भने यथावत् रुपमा सञ्चालन हुने उनले जनाए । मन्त्रालयको उक्त निर्णयपछि स्वास्थ्य कार्यालय काठमाडौंले सूचना जारी गर्दै खोप लगाउने काम बिहीबारदेखि रोकिने जानकारी दिएको छ।