Tag: झडप

  • सिरहाको लहान नगरपालिकामा प्रहरी र नेकपा एसका कार्यकर्ताबीच झडप

    सिरहाको लहान नगरपालिकामा प्रहरी र नेकपा एसका कार्यकर्ताबीच झडप

    जनकपुरधाम । सिरहाको लहान नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एकिकृत समाजवादीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

    उम्मेदवारी दर्ता गराएपनि निस्सा नदिएको भन्दै एकिकृत समाजवादीका कार्यकर्ताहरु ढुंगामुढा गरेपछि प्रहरीसँग सामान्य झडप भएको हो । सो क्रममा एकिकृत समाजवादीका कार्यकर्ताहरु निर्वाचन अधिकृतको कार्यालयमा तोडफोड गरेका छन् ।

    ‘समयमै उम्मेदवारी दर्ता गराएका थियौं’, एकिकृत समाजवादीका नेता सत्यनारायण यादवले भने, ‘तर मुनी साहले नगरपालिकामा भर्ना गरेका कर्मचारी निर्वाचन अधिकृतको कार्यालयमा राखेपछि उनीहरुले फायलहरु नै गायब गरे । डिएसपीलाई भनेर फाइल खोज्न लगाएपछि सिस्टम नै काम नगरेको भन्दै निर्वाचन अधिकृतले निस्सा दिन मानेका छैन् । सोही कारण आक्रोशित बनेका कार्यकर्ताहरु सामान्य तोडफोड गरेका छन् ।’

    मुनी साह लहानका निवर्तमान मेयर हुन् । गत निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित उनी पुनस् एमालेबाटै मेयरमा उम्मेदवारी दिएका छन् । मेयर हुंदा भर्ना गरेका कर्मचारी निर्वाचन अधिकृतको कार्यालयले राखेका कारण उनीहरु एकिकृत समाजवादीका उम्मेदवारहरुलाई उम्मेदवारी दर्तामा समस्यामा पारेको आरोप लागेको छ।

    निर्वाचन अधिकृत गोविन्द पोखरेलले राति अबेरसम्म उम्मेदवारी दर्ताको काम नसकेको र विहान सिस्टममा समस्या आएपछि केहि उम्मेदवार निस्सा नपाएको बताए । उनले भने, ‘अहिले श्रीमानले निस्सा दिन भन्नुभएको छ । उम्मेदवारी दर्ता गराएका उम्मेदवारले अब निस्सा पाउनुहुन्छ ।

    एकिकृत समाजवादीका ८ उम्मेदवारले उम्मेदवारी दर्ताको निस्सा नपाएको बुझिएको छ । झडपपछि अहिले निर्वाचन अधिकृतले कार्यालयमा सुरक्षा कडा पारिएको छ ।

     

  • रामनवमीमा मांसहारी भोजन पकाएको विषयमा जेएनयुका विद्यार्थीबीच झडप, ६ जना घाइते

    रामनवमीमा मांसहारी भोजन पकाएको विषयमा जेएनयुका विद्यार्थीबीच झडप, ६ जना घाइते

    काठमाडौं । भारतको राजधानी दिल्लीस्थित जवारलाल नेहेरु युनिभर्सिटीका रामनवमीको दिनमा मासांहारी खाना पकाएको विषयलाई लिएर वामपंथी विद्यार्थी संगठन आइसा र हिन्दूवादी विद्यार्थी संगठन एबीभीपीका कार्यकर्ताबीच झडप भएको छ ।

    भारतीय संचारमाध्यमका अनुसार युनिभर्सिटीको कावेरी होस्टलको मेसमा रामनवमीको दिन मांसहारी खाना पकाएको विषयलाई लिएर एबीभीपीका कार्यकर्ताहरुले मेसका कर्मचारीलाई गाली गलौज गर्दै कसैलाई पनि उक्त खाना नखाने आदेश दिएपछि झडप भएको हो ।

    प्रहरीले जानाकारी गराएअनुसार उक्त झडपमा ६ जना विद्यार्थीहरु घाइते भएका छन् भने एबीभीपीका केही कार्यकर्ताहरुलाई प्रहरीले पक्राउसमेत गरेको छ ।

    हिन्दूवादी विद्यार्थी संगठनले सम्पूर्ण आरोपहरुलाई नकार्दै रामनवमी पूजा गरिरहेको समयमा वामपंथी विद्यार्थीहरुले आफूहरुमाथि हमला गरेको बताउँदै आएको छ ।

  • डडेल्धुरामा देउवा पक्षले पौडेल पक्षको भेला विथोल्न खोजेपछि झडप, केही घाइते

    डडेल्धुरामा देउवा पक्षले पौडेल पक्षको भेला विथोल्न खोजेपछि झडप, केही घाइते

    कैलाली । डडेल्धुरामा नेपाली कांग्रेसको देउवा र पौडेल पक्षबीच झडप भएको छ । आइतबार पौडेल समूहले आयोजना गरेको कार्यकर्ता भेलामा देउवा समूहले अवरोध गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

    पौडेल पक्षको भेलालाई कांग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा. शेखर कोइराला र गुरुराज घिमिरेले सम्बोधन गर्ने कार्यक्रम थियो । तर कार्यक्रम सुरु हुनै लाग्दा देउवा पक्षले कालो झण्डा देखाउन खोजेपछि झडप भएको हो ।

    झडपमा केही कार्यकर्ता सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

     

     

  • तीज कार्यक्रममा झडप हुँदा कञ्चनपुरमा ७ जना घाइते

    तीज कार्यक्रममा झडप हुँदा कञ्चनपुरमा ७ जना घाइते

    कैलाली । कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ को भेटघाट शिविरमा झडप हुँदा ७ जना घाइते भएका छन् ।

    घाइतेमध्ये ४ जनालाई थप उपचारको लागि धनगढी ल्याइएको छ । अन्य सामान्य उपचारपछि घर फर्किएका छन् ।
    तीज कार्यक्रम हेर्ने क्रममा मादक पदार्थ सेवन गरेर दुई समूहबीच झडप भएको इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक कर्णबहादुर बोहराले नेपाल प्रेसलाई बताए । उनका अनुसार कृष्णपुर नगरपालिका-१ का चन्द्रबहादुर धामी, नरेन्द्र भण्डारी, नारायण दमाई र गोविन्द दमाईको टाउकोमा चोट लागेको छ ।

    सामान्य घाइते सोही ठाउँका बलबहादुर डाँगी, मनोज खत्री र किसन खत्री घर फर्किएका छन् ।

    कुटपिट गरेको आरोपमा कृष्णपुर नगरपालिका-२ का विजय भण्डारी र १ का प्रेम महरालाई पक्राउ गरिएको उनले बताए । अझै केहि फरार रहेको र उनीहरूको खोज कार्य भइरहेको उनको भनाइ छ ।

  • अनेरास्ववियुको राहत वितरणमा माओवादी हस्तक्षेप, विद्यार्थी संगठनबीच झडप

    अनेरास्ववियुको राहत वितरणमा माओवादी हस्तक्षेप, विद्यार्थी संगठनबीच झडप

    काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झडप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण गरिरहेका बेला माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीले हस्तक्षेप गर्न खोजेपछि झडप भएको हो ।

    राहत वितरण भइरहेको ठाउँमा गएर अखिल क्रान्तिकारीका नेताहरुले जबरजस्त अनेरास्ववियुको ब्यानर झिकेर आफ्नो ब्यानर राख्न खोजेपछि स्थिति तनावपूर्ण भएको अनेरास्ववियुका स्थायी कमिटी सदस्य चन्द्र थिङले बताए ।

    अखिल क्रान्तिकारीका जिल्ला नेताद्वय तोकबहादुर लामा, क्षितिज लामा, वाइसियल जिल्ला सचिव प्रल्हाद चौलागाईँलगायतका माओवादी कार्यकर्ताले जबरजस्त राहत वितरण विथोल्न खोजेपछि झडपको स्थिति आएको हो । ‘राहतको नाममा अनेरास्ववियुले राजनीति गरेको’ भन्दै माओवादी कार्यकर्ताले ब्यानर झिक्न खोजेको र अनेरास्ववियु प्रतिकारमा उत्रेपछि केहीबेर दोहोरो झडप भएको थिङको भनाइ छ ।

    करिब आधा घण्टा झडप भएपछि प्रहरीले स्थितिलाई साम्य बनाएको थियो । अनेरास्ववियुको केन्द्रीय टोली बुधबार राहत सामग्री लिएर मेलम्ची पुगेको थियो ।

  • पश्चिमनवलपरासीको भारतीय सीमा क्षेत्रमा गाउँले र सशस्त्र प्रहरीबीच झडप, गोली लागेर एकको मृत्यु

    पश्चिमनवलपरासीको भारतीय सीमा क्षेत्रमा गाउँले र सशस्त्र प्रहरीबीच झडप, गोली लागेर एकको मृत्यु

    रुपन्देही । पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ । गोली लागेर गम्भीर घाइते भएका प्रतापपुर गाउँपालिका-६ का २३ वर्षीय अविनाश राजभरको उपचारका लागि बुटवल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ ।

    भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका-५ स्थित नथुई नाका (वनकट्टी) मा आएको भीड नियन्त्रण गर्न गोली चलाइएको प्रहरीको दावी छ । घाइते भएपछि गोलीबाट घाइते भएपछि ती युवालाई शहीद स्मृति अस्पताल चौपातामा उपचारका लागि भर्ना गरिएको थियो ।

    शुरूमा ५/७ जनाको समूहमा आएकालाई सशस्त्रले रोकेर जान नदिएपछि उनीहरूले अरु साथी ल्याएका थिए । स्थानीयको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीले जनाएको छ ।

    ठूलो समूहमा आएका गाउलेले प्रहरीमाथि ढुंगामुढा गरको र भीड नियन्त्रण गर्न गोली चलाउनु परेको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले नेपाल प्रेसलाई बताए ।

    भीडलाई नियन्त्रण गर्न अश्रु ग्याँस प्रहार गरिए पनि नियनत्रणमा लिन नसकेपछि बाध्य भएर एक राउन्ड गोली चलाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले दावी गरे ।

    स्थानीयको आक्रमणबाट नाकाको सुरक्षार्थ खटिएका सशस्त्र नायब निरीक्षक शंकर बुढाथोकीसमेत घाइते भएको र उनको टाउकोमा गम्भीर चोट लागेको सशस्त्र प्रहरीले जनाएको छ ।

  • इजरायलमा हिंसात्मक झडप, गाजामा इजरायली बमबारी जारी

    इजरायलमा हिंसात्मक झडप, गाजामा इजरायली बमबारी जारी

    जेरुसेलम । गाजा क्षेत्रबाट इजरायली मूल भूमितर्फ क्षेप्यास्त्र प्रहार भइरहँदा इजरायलभित्रैका अरब र यहूदी समुदायबीच सडकमा हिंसात्मक झडपहरु भएका छन् । धेरै वर्षपछि पहिलो पटक देखिएको यस हिंसामा उत्रेका दुबै समुदायले सवारी साधन, रेस्टुराँ र यहूदी प्रार्थनागृह (सिनागग) मा आगो लगाइदिएका छन् ।

    दुबै समुदायको मिश्रित बसोबास रहेको शहर लोडका मेयरले मङ्गलबारको यस हिंसात्मक झडपलाई गृहयुद्ध वा प्यालेस्टिनीको पुनः उदयसँग तुलना गरे । अरब विज्ञहरु एवं अधिकारवादीहरुले जेरुसेलममा भड्किएको हिंसाका कारण दुबै समुदायबीच हिंसा फैलिएको बताएका छन् । जेरुसेलम घटनाले अर्को गाजा युद्ध निम्त्याउने सम्भावना बढाएको छ ।

    बुधबार राति पनि हिंसा पुनः भड्किएको थियो र एकअर्कामाथि प्रतिशोध राखेर आक्रमणहरु भएका थिए । तेल अभिभको बाहिरी इलाका बाट याममा दक्षिणपन्थी राष्ट्रवादी इजरायलीको ठूलो समूहले अरब व्यक्ति चढेको आशंकामा एउटा कारलाई रोकेर ती व्यक्तिलाई रक्ताम्य हुनेगरी भुइँमा पछारेर बेस्करी कुटपिट गरे । पछि अस्पताल भर्ना गरिएका ती व्यक्तिको स्वास्थ्य अवस्था निकै जटिल रहेको बताइएको छ ।

    यसअघि, कालो पहिरनमा उत्रेका इजरायलीले बाट यामकै एउटा अरब व्यक्तिले सञ्चालन गरेको आइसक्रिम पसलका झ्यालका सिसा फुटाइदिएका थिए । अतिवादी यहूदीहरुले टेलिभिजनको प्रत्यक्ष प्रशारणमै ‘अरबीहरु मर्नुपर्छ,’ भन्दै नाराबाजी गरिरहेका थिए । उत्तरी शहर टिबेरियाजमा इजरायली झण्डा बोकेका अतिवादीहरुले सम्भवतः अरबी चढेको कारमाथि ढुङ्गामुढा गरिरहेको दृश्य सामाजिक सञ्जालमा राखिएको थियो ।

    इजरायलको च्यानल १३ ले एक जना वरिष्ट प्रहरी अधिकृतलाई उद्धृत गर्दै तटीय शहर अकरमा अरबी व्यक्तिहरुले एक जना यहूदी व्यक्तिमाथि कुटपिट गरेर सख्त घाइते बनाएको खबर प्राप्त भएको जनाएको छ ।

    राति अबेर प्रशारण भएको अन्तर्वार्तामा इजरायली राष्ट्रपति रुभेन रिभलिनले देश अहिले गृहयुद्धमा पर्न थालेको बताउँदै नागरिकलाई यस्तो बहुलठ्ठीपन तत्काल रोक्न आग्रह गरे ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यहूदी र अरब दुबै समुदायलाई एकअर्का विरुद्ध आक्रमण नगर्न आग्रह गरे । उनले भने, ‘तपाँर्इमा रगत उम्लिरहेको होला, त्यससँग मलाई मतलब छैन । तपाँर्इले कानुन हातमा लिन सक्नुहुन्न ।’

    प्रहरीले बुधवारर देशका विभिन्न भागमा हिंसात्मक भिडन्तमा सहभागी झण्डै ४०० व्यक्तिलाई गिरफ्तार गरिएको जनाएको छ ।

    इजरायलका अरब अल्पसंख्यकले इजरायली राजनीतिमा स्वीकार्यता र प्रभाव बढाउनै लागेको समयमा यस्तो हिंसात्मक घटना भएको छ । इस्लामिक पृष्ठभूमिका अरब पार्टीका प्रमुख मन्सुर अब्बास गत मार्चको चुनावपछि नयाँ सरकार गठनमा राम्रै भूमिकामा देखिएका छन्। प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सरकार ढाल्ने गरी निर्माण भएको विपक्षीहरुको गठबन्धनमा अब्बासको पनि मुख्य भूमिका देखिएको छ ।

    तर बुधवार एपीसँग कुरा गर्दै अब्बासले हिंसात्मक घटना बढ्न थालेकाले गठबन्धनको विषय अहिले ओझेलमा परेको बताए । उनले भने, ‘यदि युद्धबिराम भए हामी नयाँ सरकार गठनका बारेमा फेरि छलफलमा जुट्ने छौं ।’

    हालैका दिनहरुमा इजरायलमा बसोबास गर्ने अरब नागरिकहरुले जेरुसेलममा प्रहरी दमन बढाइएको र दर्जनौं प्यालेस्टिनी परिवारलाई हटाउने योजना ल्याइएको भन्दै देशव्यापी विरोध प्रदर्शन गरिरहेका छन् ।

    इजरायलमा रहेबसेका अरब अल्पसंख्यकले इजरायलको कूल जनसंख्याको झण्डै २० प्रतिशत हिस्सा ओगटेका छन् । उनीहरु मूलतः प्यालेस्टिनी मूलका हुन् । यी समुदायसँग इजरायलको नागरिकता छ र मतदानको अधिकार पनि छ, तर विभिन्न विभेदको सामना गर्नु परिरहेको छ ।

    यसैबीच, रमादानको अन्तिम दिनको तयारीमा जुटेका गाजाका प्यालेस्टिनी मुस्लिम समुदाय अहिले इजरायली हवाई कारबाहीको चपेटामा परेका छन् । गाजा क्षेत्रबाट प्यालेस्टिनी विद्रोहीहरुले इजरायलतर्फ एकपछि अर्को क्षेप्यास्त्र प्रहार गरिरहेका छन् भने त्यसको प्रतिशोधमा इजरायलले पनि भिषण सैन्य कारबाही गरिरहेको छ ।

    एकअर्काबीच आक्रमणको सिलसिला गत सोमबारदेखि शुरु भएको हो । यसबीचमा इजरायलले हमास लडाकू रहेको भन्दै दुई वटा अग्ला भवन ढालिदिएको छ । उक्त भवनमा निशाना बनाउनुअघि इजरायलले त्यहाँ रहेबसेका सर्बसाधारणलाई भवन खाली गर्न चेतावनी दिएको थियो ।

    इजरायली सेनाको भनाईमा सोमबार यतामात्र एक हजार ६०० क्षेप्यास्त्र गाजा क्षेत्रबाट प्रहार गरिएको छ जसमध्ये ४०० वटा गाजा क्षेत्रमै खसेका थिए । इजरायली सेनाले ६०० भन्दा बढी क्षेप्यास्त्र गाजा क्षेत्रमा हमासका लडाकू रहेका ठाउँमा प्रहार गरिएको जनाएको छ ।

    हालसम्मको यस आक्रमणबाट ६९ जना प्यालेस्टिनीको मृत्यु भएको छ जसमा १६ जना बालबालिका र ६ जना महिला रहेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    इस्लामिक जिहाद र हमासले आफ्ना वरिष्ट नेता एवं लडाकूहरु इजरायली हवाई आक्रमणमा मारिएको पुष्टि गरेको छ । जिहादीहरुको आक्रमणमा सात जना इजरायलीको पनि ज्यान गएको छ ।

    यसैबीच, संयुक्त राष्ट्रसंघ र इजिप्टले दुबै पक्षबीच युद्धबिरामको प्रयास जारी रहेको जनाएका छन्, तर त्यसतर्फ खासै प्रगति हुन सकेको छैन । इजरायलको च्यानल १२ ले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको मन्त्रिपरिषदले थप आक्रामक कारबाही गर्न सेनालाई आदेश दिएको जनाएको छ ।

    राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रबाट इजरायलतर्फ अन्धाधुन्ध भइरहेका क्षेप्यास्त्र आक्रमणको निन्दा गरेका छन् । साथै उनले इजरायललाई पनि बढीभन्दा बढी संयमता अपनाउन आग्रह गरेका छन् ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्रीलाई फोन गरी आत्मरक्षा गर्न पाउने इजरायलको अधिकार रहेको बताएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वमा तनाब मत्थर पार्ने गरी वरिष्ट कुटनीतिज्ञ त्यसतर्फ पठाइने बताएका छन् ।

  • लेखराजको नेमप्लेट हटाएपछि कैलालीमा एमालेका दुई समूहबीच झडप (फोटो/भिडियो)

    लेखराजको नेमप्लेट हटाएपछि कैलालीमा एमालेका दुई समूहबीच झडप (फोटो/भिडियो)

    कैलाली । कैलालीमा एमालेका दुई समूहबीच झडप भएको छ ।

    पार्टी कार्यालयमा प्रदेश ईन्चार्जको कार्यकक्ष बाहिर लेखराज भट्टको नेमप्लेट राखेपछि माधव नेपाल पक्षका कार्यकर्ताले नेमप्लेट हटाएका थिए । उक्त पक्षले नेकपाको सुदूरपश्चिम ईन्चार्ज भीम रावल भएको भन्दै भट्टको नेमप्लेट हटाएका हुन् ।

    नेमप्लेट हटाएपछि झडप भएको हो । विवाद बढ्दै गएपछि दुई पक्षबीच कुटाकुट भएको हाे ।

  • प्रचण्ड–माधव पक्षले बयलगाडामा पुत्ला जलाउँदा झडप (भिडियो)

    प्रचण्ड–माधव पक्षले बयलगाडामा पुत्ला जलाउँदा झडप (भिडियो)

    काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षधर विद्यार्थी संगठनले प्रधानमन्त्रीविरुद्ध आन्दोलनका क्रममा बयलगाडा जुलुस निकाल्न खोज्दा माइतीघरमा झडप भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र नेपालमा आउनु बयलगाडा चढेर अमेरिका जानुजस्तै हो भनेको भन्ने १६ वर्षअघिको भनाइलाई व्यंग्य गर्दै प्रचण्ड-माधव पक्षधर अनेरास्ववियूले आइतवार बयलगाडा जुलुस निकालेको हो ।

    प्रदर्शनकारीले  बयलगाडा माथि तान्न लगाएर त्यसमाथि प्रधानमन्त्रीको पुत्ला दहन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।