Tag: जीप दुर्घटना

  • बझाङमा जीप दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

    बझाङमा जीप दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

    बझाङ । बझाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।

    बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१-००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएका हो ।

    दुर्घनामा परी सुर्माका विनोद बोहराको घटनास्थलमै ज्यान गएको छ भने १ जना घाइते अञ्जु बोहराको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ । प्रहरीका अनुसार जीप गएराति पौने १ बजे दुर्घटना भएको हो ।

    जीपमा तीन महिला र ६ पुरुष गरी नौ जना सवार थिए । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीका अनुसार उक्त जीपमा नेपाली कांग्रेस बझाङका सभापति खड्क बोहरा र उनका परिवार सवार थिए ।

    निजी कामले सभापति बोहराको परिवार धनगढी गइरहेका बेला गाडी अनियन्त्रित भएर दुर्घटना भयको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए ।

  • प्युठानमा जन्ती बोकेको जीप दुर्घटनाः ६ जनाको मृत्यु, ७ घाइते

    प्युठानमा जन्ती बोकेको जीप दुर्घटनाः ६ जनाको मृत्यु, ७ घाइते

    रूपन्देही । प्यूठानमा बेहुली लिएर फर्कँदै गरेको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु गएको छ भने ७ जना घाइते भएका छन् ।

    नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको जीप ओखरपाटामा दुर्घटनामा हुँदा ६ जनाको घटनास्थलमै मृत्यु गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाले नेपाल प्रेसलाई जानकारी दिए ।

    ग १ ज ५०९२ नम्बर को जीप दुर्घटनामा परेको हो । दुर्घटनामा अन्य ७ जना गम्भीर घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको थापाले बताए।

    जीप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको थियो । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

  • दाङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १८ यात्रु घाइते

    दाङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १८ यात्रु घाइते

    रूपन्देही । सल्यान कालिमाटी गाउँपालिका-३ चौडीबाट दाङ तुलसीपुरतर्फ आउँदै गरेको भे. १ ज ५२२ नम्बरको जीप दाङको बबई गाउपाँलिका- २ एक्लेबर पाखेकुटीमा दुर्घटना भएको छ ।

    दुर्घटनामा एकजनाको मृत्यु भएको हापुरेस्थित पत्रकार बालकृष्ण पाण्डेले जानकारी दिए । मृतक जीप मालिक चौडीका देवबहादुर सुनार रहेको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ ।

    इलाक प्रहरी कार्यालय खिलतपुरका प्रमुख नवीन चुँदालीका अनुसार गाडीमा सवारमध्ये १८ यात्रु घाइते भएको र दुई बालक गम्भीर छन् । दुर्घटनाको पूरा विवरण आउन बाँकी छ ।

  • जीप दुर्घटना हुँदा गुल्मीमा तीनजनाको मृत्यु

    जीप दुर्घटना हुँदा गुल्मीमा तीनजनाको मृत्यु

    रूपन्देही । गुल्मीमा जीप दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ ।

    बुधबार बिहान करिब ११ बजे मुसिकोट-४ दोभानमा लु. १ ज ४५५१ नम्बरको जीप दुर्घटना भएको हो । जीपमा सवार केही यात्रु घाइते भएका छन् । मुसीकोट नगरपालिका-४ दोभानबाट निस्ती खोलामा सडकबाट ५ सय मिटर तल जीप खसेको थियो ।

    जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सन्तोष चन्दको टोली घटनास्थलतर्फ पठाइएको छ । दुर्घटनाबारे थप विवरण आउनेक्रममा रहेको गुल्मी प्रहरीले जनाएको छ ।

  • मलामी बोकेको जीप दुर्घटना, १७ घाइते

    मलामी बोकेको जीप दुर्घटना, १७ घाइते

    पर्वत । कुश्मा नगरपालिका–१० पीपलटारीमा आज बिहान मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते भएका छन् । वडा नं १३ खौलालाँकुरीदेखि सदरमुकाम कुश्माबजारस्थित अस्पतालसम्म आउँदै गरेको ग२च ५२१३ नंको जीप कुश्मा–१० सिमखेतमा दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् ।

    घाइतेमध्ये १६ वर्षीय अमन परियार र ५७ वर्षीय माने परियारलाई गम्भीर चोट लागेको छ । घाइतेको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका बिरामीलाई थप उपचारका लागि पोखरा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए।

    घाइते हुनेमा एउटै गाउँका बलबहादुर परियार, डिलबहादुर परियार, रामचन्द्र परियार, शक्ति परियार, मिठु परियार, सुमित परियार, रविना परियार, अङ्कित परियार, उज्ज्वल परियार, बाबुराम परियार, डिले परियार, मीन परियार, अनिनाथ परियार, अमृशा परियार र पृथ्वी परियार रहेका छन् । सामान्य घाइते रहेका चालक अनिनाथ परियारलाई प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।

    उनीहरु कुश्मा–१३ खौलालाँकुरीकै विष्णु परियारको अस्पतालमा मिर्गौला डायलासिस गराउने क्रममा मृत्यु भएपछि शव जिम्मा लिनका लागि अस्पताल आउने क्रममा दुर्घटना भएको हो । विष्णुको जिल्ला अस्पतालमा यही वैशाख २३ गते मृत्यु भएको हो । क्षमताभन्दा बढी यात्रु बोकेको जीप ओरालो सडकमा अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । रासस

  • शव बोकेको जीप दुर्घटना हुँदा बैतडीमा ४ जनाको मृत्यु

    शव बोकेको जीप दुर्घटना हुँदा बैतडीमा ४ जनाको मृत्यु

    कैलाली । बैतडीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका-६ रोडिदेवलमा जिप दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।

    सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का सदस्य गोविन्दसिंह भण्डारीको शव पोस्टमार्टमका लागि ल्याउँदै गरेको से १ ज १२३ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।

    दुर्घटनामा पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५० वर्षीय जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक हरिसिंह भट्टले जानकारी दिए।

    दुर्घटनामा परी घाइते भएका ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको भट्टले बताए ।

  • दोलखामा मध्यरातमा जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु, १७ घाइते

    दोलखामा मध्यरातमा जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु, १७ घाइते

    काठमाडौं । दोलखाको विगु गाउँपालिका वडा नम्बर ४ मा गएराति ११ बजे भएको जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु सबै विगु गाउँपालिका वडा नम्बर ३ का बासिन्दा हुन् ।

    जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अन्जन कोइरालाका अनुसार सिंगटी बजार नजिकै लादुग गाउँमा घुमाउरो उकालो कच्ची सडकबाट प्रदेश–३, ०१, ०२३ च ७५८० नम्बरको जीप अनियन्त्रित भइ करिव १ सय मिटर तल खसेको थियो ।

    दुर्घटनामा बिगू गाउँपालिका–३ का चण्डिका थापा, रिता खत्री राधा खड्का र विनोद केसीको घटनास्थलमै मृत्यु भएको हो । जीपमा १० महिने शिशुसहित २२ जना सवार थिए । शिशुको अवस्था सामान्य रहेको र उनलाई परिवारको जिम्मा लगाइसकिएको इन्स्पेक्टर कोइरालाले जानकारी दिए ।

    १७ जना घाइतेमध्ये सामान्य अवस्थामा रहेका २ जना उपचारपछि घर फर्किसकेको, १ जनाको चरिकोट अस्पतालमा उपचार भइरहेको र बाँकी १४ जना गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको कोइरालाले जानकारी दिए ।

    मुढेबाट सिंगटीतर्फ जाँदै गरेको प्रहरी रेकर्डमा भेटिएको तर जीप कहाँ गएर आएको थियो भन्नेबारे जानकारी लिन बाँकी रहेको उनले बताए । ‘हाम्रो पहिलो प्राथमिकता घाइतेको उद्दार हो । बिगू गाउँपालिकाकै स्थानीय जीप भएको र चालक तथा जीप धनी पनि दुर्घटनामा परेको भन्ने सुनेका छौं । सबै उपचाररत छन्,’ इन्स्पेक्टर कोइरालाले नेपालप्रेससँग भने, ‘दुर्घटनाकाे कारणबारे अनुसन्धान गर्दैछाैं ।’

  • पाल्पामा जीप दुर्घटनामा दुईको मृत्यु

    पाल्पामा जीप दुर्घटनामा दुईको मृत्यु

    पाल्पा। पाल्पाको तानसेन नगरपालिका–७ काजीपौवास्थित भित्री कच्ची सडकखण्डमा कुखुरा बोक्ने पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    साेमबार राति करिब साढे १२ बजे लु२च ६३२ नंको पिकअप जीप कुखरा ल्याउँदै गर्दा अचानक सडकदेखि करिब २० मिटर तल खसेर चालक बगनासकाली गाउँपालिका–४ का २० वर्षीय विजय खाम्चा र रिब्दीकोट–४ का २७ वर्षीय राज थापाको मृत्यु भएको छ ।

    घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

  • अर्घाखाँचीमा जीप दुर्घटना, चालकसहित ३ जना घाइते

    अर्घाखाँचीमा जीप दुर्घटना, चालकसहित ३ जना घाइते

    रूपन्देही । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-२ चुत्राबेंसीमा जीप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।

    सन्धिखर्क नगरपालिका-९ अर्घाबाट सन्धिखर्क आउँदै गरेको लु. १ ज ४५३८ नम्बरको जीप चुत्राबेसींको जनज्योती माविनजिकै आइतबार बिहानै दुर्घटना भएको प्रहरीले बताएको छ ।

    गम्भीर घाइते सन्धिखर्क ९ अर्घाका ४२ वर्षीय चालक ठगबहादुर घर्ती र ६६ वर्षीय सीता खत्रीलाई थप उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल बुटवल पठाइएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले बताए ।

  • बैतडीमा जीप दुर्घटना:  एकको मृत्यु, तीन घाइते

    बैतडीमा जीप दुर्घटना: एकको मृत्यु, तीन घाइते

    बैतडी । बैतडीको सुनर्या गाउँपालिका–७ आलुगैरामा आज बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

    बिहान ५ बजेतिर से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बुङ्गल नगरपालिका–११ घर भएका २७ वर्षीय चालक धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको छ ।

    दुर्घटनामा बैतडी पुर्चौडी नगरपालिका–४ घर भएका ३५ वर्षीय जनकराज भट्ट, सोही ठाउँ घर भएका ४० वर्षीय गङ्गादत भट्ट र बझाङको वित्थडचिर गाउँपालिका घर भएका २८ वर्षीया हरिस बोहरा घाइते भएका छन् ।

    बैतडीको सुनर्या गाउँपालिका–७ आलुगैरा भन्ने ठाउँमा धनगढीबाट बझाङ आउने क्रममा जीप अनियन्त्रित भएर दुर्घटना भएको हो । गम्भीर घाइते भएका जनकराज र गङ्गादत्तलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

    घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता जनकबहादुर धामीले जानकारी दिए ।