Tag: जिल्ला प्रहरी कार्यालय बैतडी

  • हिंसाका घटना र विकृतिलाई न्यूनीकरण गर्न बैतडी प्रहरीकाे विद्यालय सम्पर्क कार्यक्रम

    हिंसाका घटना र विकृतिलाई न्यूनीकरण गर्न बैतडी प्रहरीकाे विद्यालय सम्पर्क कार्यक्रम

    बैतडी । बैतडी प्रहरीले विद्यालय सम्पर्क कार्यक्रम सञ्चालनमा ल्याएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालय सम्पर्क कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

    कार्यक्रमअन्तर्गत जिल्लाको पाटन नगरपालिकाका विद्यालयहरुमै पुगेर सचेतना दिन थालिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । पाटन नगरपालिकाको सहकार्य गरेर नगर क्षेत्रभित्रका विद्यालयहरुमा विद्यार्थीहरुलाई विभिन्न कुराका बारेमा जानकारी दिन थालिएको हाे ।

    कार्यक्रमअन्तर्गत समाजमा हुने विभिन्न विकृतिहरुलाई न्यूनीकरण गर्न विद्यालयमा गएर कक्षा ९ देखि १२ सम्म विद्यार्थीहरुलाई सचेतना दिन थालिएको उनले बताए  ।  सामाजिक सञ्जालको गलत प्रयोग र कानुनी व्यवस्था, लागूऔषध दुव्र्यसनी रोकथाम, लैङ्गिक, घरेलु हिंसा, आत्महत्या, बालविवाह, सामाजिक अपराध रोकथाम, ठगीका घटना लगायतका विषयमा छलफल गर्ने गरिएको छ ।

    विद्यालयमै पुगेर किशोरकिशोरीसँग गरिने अन्तरक्रियाले समाजमा हुने विभिन्न विकृतिहरुलाई न्यूनीकरणका साथै हिंसाका घटनामा कमी हुने विश्वास लिइएको छ ।

    नगरपालिकाका १० वटै वडाका एक/एक विद्यालयमा अन्तरक्रिया गर्ने कार्यतालिकाअनुसार अहिले सम्म वडा नं २, ३, ४ ७ र १० कार्यक्रम सम्पन्न भइसकेको छ । बाँकी रहेका वडाहरुमा पनि कार्यक्रम सञ्चालनको तयारी रहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

  • गन्धर्व परिवारलाई बर्दिया प्रहरीको सहयोग

    गन्धर्व परिवारलाई बर्दिया प्रहरीको सहयोग

    काठमाडौं । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय बर्दियाले गन्धर्व परिवारलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

    बढैयाताल गाउँपालिका-४ गन्धर्व बस्तीमा बसोबास गरिरहेका गन्धर्व समुदायका ७० घर-परिवारलाई मास्क, साबुनलगायतका सरसफाइ र स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरिएको हो ।

    बर्दीया प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले उनीहरूलाई ती सामाग्री हस्तान्तरण गरे ।

  • बैतडी जीप दुर्घटना : मृतकको सङ्ख्या ६ पुग्यो

    बैतडी जीप दुर्घटना : मृतकको सङ्ख्या ६ पुग्यो

    कैलाली । बैतडीको पञ्चेश्वरमा जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । ४ जनाको घटना स्थलमा र २ जनाको उपचार गर्न लैजाने क्रममा मृत्यु भएको हो ।

    पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५० वर्षका खेमसिंह भण्डारीको मृत्यु भएसँगै घटनामा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको हो । दुर्घटनामा गम्भीर घाइते रहेको जिप चालक दशरथ चन्द नगरपालिका–४ का ४५ वर्षका तेज बहादुर बोहरा, पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५० वर्षका जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको हाे ।

    सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोस्टमार्टमका लागि ल्याउँदै गरेको से १ ज १२३ नम्बरको बोलेरो जिप मङ्गलवार दिउसो पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै दुर्घटनामा परेको थियो ।

    दुर्घटनामा ४ जना घाइते समेत भएका छन् । उनीहरूको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख, प्रहरी निरीक्षक (इन्सपेक्टर) हरिशरण भट्टले जानकारी दिए ।

     

    शव बोकेको जीप दुर्घटना हुँदा बैतडीमा ४ जनाको मृत्यु

  • बाँकेकाे कोहलपुरमा बस दुर्घटना हुदाँ ५ जनाको मृत्यु, ७ जनाको अवस्था चिन्ताजनक

    बाँकेकाे कोहलपुरमा बस दुर्घटना हुदाँ ५ जनाको मृत्यु, ७ जनाको अवस्था चिन्ताजनक

    बाँके । बाँकेको कोहलपुरमा भएको बस दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेका ७ जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो ।

    दुर्घटनामा २१ जना भने सामान्य घाइते रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार अहिलेसम्म मृतकको सनाखत हुन सकेको छैन् ।

    सुर्खेतबाट धरान आउँदै गरेको मे १ ख ३३४७ नम्बरको बस र टिपर आपसमा ठोक्किँदा अघि साँझ कोहलपुरको चपरगौडीमा बस दुर्घटना परेको थियो । घाइतेको उपचार कोहलपुर मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बाकेमा भइरहेको छ ।

  • बैतडीमा गोली हानेर बाबुले गरे छोरीको हत्या

    बैतडीमा गोली हानेर बाबुले गरे छोरीको हत्या

    बैतडी। बैतडीमा बाबुले गोली हानेर छोरीको हत्या गरेका छन् । जिल्लाको पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ वर्षका धनबहादुर महराले २० वर्षका छोरी बेलमती महराको गोली हानी हत्या गरेका हुन् ।

    शनिबार बेलुका ५ बजे घरमै गोली हानी छोरीको हत्या गरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारीसमेत रहेकाे प्रहरी निरीक्षक जनक धामीले नेपाल प्रेसलाई जानकारी दिए ।

    छोरीको हत्या गर्ने बुवा फरार रहेका जनाइएको छ । घटना भएको जानकारी पाएपछि प्रहरी टोली खटिएको र थप विवरण आउन बाँकी रहेको उनले बताए ।

    घटनापछि फरार महराको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । विवाहित छोरी एक महिनादेखि माइतमा रहेकी थिएन। बाबुले नै छोरीको हत्या किन गरेको भन्ने कारण खुलि नसकेको जनाइएको छ ।