Tag: जिप दुर्घटना

  • रोल्पामा जिप दुर्घटना, तीनजनाको मृत्यु

    रोल्पामा जिप दुर्घटना, तीनजनाको मृत्यु

    दाङ । रोल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । आइतबार बिहान ११ बजेतिर भएको दुर्घटनामा दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिए ।

    जिप धनी एवं चालक माडी गाउँपालिका-६ हान्निङ छेडाका ५१ वर्षीय लुद्र घर्ती, सोही स्थानकी ४५ वर्षीया चौसरा विक र मिसिडाँडाका वर्ष ५५ का टेकबहादुर पुन (टंकलाल) छन् । जिप दुर्घटनामा परेर घाइते भएका तीनजनालाई उपचारका लागि अस्पताल लगिएको छ ।

    माडी गाउँपालिका-६ हान्निङबाट घर्ती गाउँतर्फ जाँदै गरेको सो जिप दुर्घटनाको कारण खुलेको छैन ।

  • ताप्लेजुङमा जिप दुर्घटना, १८ जना घाइते

    ताप्लेजुङमा जिप दुर्घटना, १८ जना घाइते

    ताप्लेजुङ । मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका-८ दोखुको ल्याङ्बा सडक खण्डमा मे. १ ज २०५६ नम्बरको जिप दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । घाइतेमध्ये एक गर्भवतीसहित ९ जना गम्भीर छन् ।

    सरदमुकाम फुङ्लिङदेखि सिरिजङ्घा गाउँपालिका केन्द्र तेल्लोकतर्फ गइरहेको जिप आज दिउँसो ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता इन्सपेक्टर राकेश यादवका अनुसार घाइते हुनेमा बालबालिकाहरू पनि छन् । सबै घाइतेहरूको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको र गम्भीर घाइतेहरूलाई जिल्लाबाहिर रेफर गर्ने तयारी भइरहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।

    क्षमताभन्दा बढी यात्रु बोकेका कारण ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

  • बैतडी जिप दुर्घटना : मृतकको संख्या तीन पुग्यो

    बैतडी जिप दुर्घटना : मृतकको संख्या तीन पुग्यो

    कैलाली । बैतडीमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

    दुर्घटनामा परी गम्भीर घाइते भएका सिगास गाउँपालिका ३ का ४५ बर्षीय जयसिंह धामीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बहादुर पालले बताए ।

    दुर्घटनामा परी यसअघि सिगास गाउँपालिका ३ का ४५ बर्षीय मानसिंह साउँद र सोही ठाउँका ६४ बर्षीय रामसिंह धामीको पनि मृत्यु भएको थियो ।

    बैतडीको सिगास गाउँपालिका वडा नं ३ बाट डडेल्धुरा तर्फ गईरहेको से १ ज ७३९ नम्बरको जिप लगन भन्ने स्थानमा आइतबार बिहान ९ बजेर ४० मिनेटमा दुर्घटनामा परेको थियो ।

  • म्याग्दीको सिमलचौरमा जिप दुर्घटना: २ को मृत्यु, ६ जना घाइते

    म्याग्दीको सिमलचौरमा जिप दुर्घटना: २ को मृत्यु, ६ जना घाइते

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका २ सिमलचौरबाट मंगला १ पूर्णगाउँ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

    बुधबार राति भएको दुर्घटनामा बेनी नगरपालिका ५ डडुवाकी सविना भण्डारी र मंगला गाउँपालिका १ का विमल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले जानकारी दिए ।

    त्यसैगरी घाइतेहुनेहरुमा मंगला १ का सुदन आचार्य, एन्जिला भण्डारी, गिता खत्री, अदिना नेपाली, अमृता रामजाली र चालक अनिल रसाईली रहेको प्रहरीले बताएको छ ।

    घाइतेहरुको म्याग्दी सदरमुकाम बेनीस्थित बेनी अस्पतालमा उपचार भइरहेको छ ।

     

  • प्युठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

    प्युठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

    रुपन्देही । प्युठानको खलंगामा सरकारी जिप दुर्घटना हुदा एक जनाको मत्यु भएको छ ।

    दुर्घटनामा परि मृत्यु हुनेमा जिप चालक प्रकाश आचार्य भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

    कोष तथा लोखा नियन्त्रण कार्यालय प्युठानको ध १ झ नम्वरको उक्त जिप प्युठानको मल्लारानी गाउँपालिका वडा नं ४ खत्रे खोलामा दुर्घटनामा परेको प्रहरी सहायक निरिक्षक कृष्ण बिकले जनाए ।

    खलंगाबाट कोष तथा लेखा नियन्त्रण कार्यालयका कार्यालय प्रमुख लगायतका कर्मचारीहरुलाई मल्लारानी गाउँपालिकाको कार्यालयमा छोडेर फर्किदै गरेका कारण जिपमा चालक बाहेक अन्य कोही पनि नभएको बताइएको छ ।

    जिप सडकबाट १ सय ५० फिट तल खोलामा खसेको प्रहरीले जनाएको छ ।

  • स्वर्गद्वारी जीप दुर्घटना अपडेट : मृतकको संख्या पाँच पुग्यो

    स्वर्गद्वारी जीप दुर्घटना अपडेट : मृतकको संख्या पाँच पुग्यो

    काठमाडौं । नयाँ वर्षको दिन स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका गुल्मीका कर्मचारी सवार जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

    मृत्यु हुनेमा खरिदारदेखि अधिकृतसम्म छन्। स्याङ्जा स्थायी घर भएर जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत प्रशासकीय अधिकृत ३९ वर्षीय श्याम न्यौपाने, चालक २२ वर्षीय केशव कार्की, नायव सुब्बा ईश्वरी भण्डारी, खरिदार यमलाल पन्थी र सूर्य पन्थी छन्।

    गाडी चालक र प्रशासकीय अधिकृतको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा र अन्य तीनजनाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय भिंगृका प्रहरी नायव निरीक्षक (सई) बुद्धिप्रसाद रानाले जानकारी दिए । गुल्मीको तम्घासदेखि स्वर्गद्वारी मन्दिर दर्शनका लागि जाँदै गरेको लु. १ च १६५५ नम्बरको जिप स्वर्गद्वारी नगरपालिका- ३ रूमालेमा दुर्घटना भएको हो।

    बसलाई ओभरटेक गर्न खोज्दा जिप सडकदेखि करिब ६० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ ।

    गम्भीर घाइते हुनेमा १२ वर्षीय पार्थक ज्ञवाली र प्यूठान स्थायी घर भएर जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत खरिदार ३५ वर्षीय सन्दिप परियार छन् ।

    त्यस्तै, २३ वर्षीय सुनिता कँडेल, २९ वर्षीय वसन्ती पौडेल, उनकी ४ वर्षीय छोरी निकिता पौडेल, ३० वर्षीय गीता मुखियाँ उनकी १२ वर्षीय छोरा अनिस मुखियाँ, २४ वर्षीय तारा भडारी बोहरा, उनकी ६ वर्षीय छोरा आशिष बोहरा, ३३ वर्षीय डिलबहादुर थापा, २७ वर्षीय कमला ज्ञवाली र २५ वर्षीय मुना पाण्डे छन् ।

  • सिन्धुली जिप दुर्घटनामा चारको मृत्यु, सात घाइते

    सिन्धुली जिप दुर्घटनामा चारको मृत्यु, सात घाइते

    सिन्धुली । सिन्धुलीमा जिप दुर्घटना हुँदा चार जनाको घटनास्लथल मै मृत्यु भएको छ । कमलामाइ नगरपालिका–७ करङडाँडामा बा १७ च १११७ नम्बरको जिप दिउँसो पौने ४ बजे सडकबाट ५० मिटर तल खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको हाे ।

    मृत्यु हुनेमा कमलामाइ नगरपालिका ७ बाँसकटेरीका करिव ६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षका रीता इस्माली, १९ वर्षका दुर्गा श्रेष्ठ र उनका छोरा २ वर्षका मनिष श्रेष्ठको रहेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनका अनुसार सिन्धुली सदरमुकाम सिन्धुलीबाट बासकटेरीतर्फ जाँदै गरेको जिप अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । जिपमा ११ जना सवार रहेकोमा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन्

    ७ जना घाइतेमा ४ जना काठमाडौं रिफर गरिएको र ३ जनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रअिज न्यौपानेले बताए । उनका अनुसार घाइतेमध्ये दुइ जनाको अवस्था गम्भिर रहेको छ । घाइते हुनेमा ३० वर्षका जिप चालक भोजविक्रम थापा, २७ वर्षका धनबहादुर श्रेष्ठ, २२ वर्षका कविता श्रेष्ठ, ५० वर्षका सुनमाया थिङ, ३० वर्षका सुकमाया पुलामी, २८ वर्षका विनिता श्रेष्ठ र दुइ वर्षका रेमन पुलामी रहेका छन् ।

    जसमध्ये गम्भिर अवस्थामा रहेका चालक थापा र कविता श्रेष्ठसहित थप दुइ जना धनबहादुर श्रेष्ठ र विनिता श्रेष्ठ गरेर ४ जनालाई थप उपचारका लागि काठमाडौ रेफर गरिएको स्थानीय प्रशासनले जनाएको छ ।