Tag: जाजरकाेट

  • कालिकोट र जाजरकोटमा कांग्रेस सभापति र महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

    कालिकोट र जाजरकोटमा कांग्रेस सभापति र महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

    सुर्खेत । नेपाली कांग्रेस कालिकोट र जाजरकोटले सर्वसम्मत जिल्ला नेतृत्वको टुंगो लगाएका छन् । कालिकोटको जिल्ला सभापतिमा पौडेल पक्षका अम्मबहादुर शाही चयन भएका छन् । प्रदेश निर्वाचन क्षेत्र १ मा नन्दबहादुर सिंह सभापति बन्दा २ मा आनन्द विक्रम शाह सभापतिमा चयन भएका छन् ।

    कालिकोटबाट महाधिवेशन प्रतिनिधिमा हर्षबहादुर बम, कालिबहादुर सहकारी, भुपेन्द्रजंग शाही, मुक्ती प्रसाद न्यौपाने, नारायण भट्टराई सहित २४ जना चयन भएको नेपाली कांग्रेस कालिकोटले जनाएको छ ।

    यस्तै, जाजरकोट कांग्रेसले जिल्ला सभापतिमा बेदराज सिंह, उपसभापतिमा रत्नबहादुर खड्का तथा खड्क विसी, सचिवमा तेज विक्रम शाह र हरिचन्द्र बस्नेत, सहसचिवमा छवि पन्त र खड्का बुढा पजारु सर्वम्मत चयन गरेको छ।

    प्रदेशसभा सभापतिमा १ मा लिला बहादुर शाह र दुइमा जनक शर्मा न्यौपाने चयन भएका छन । यस्तै, महाधिवेशन प्रतिनिधिमा राजीवविक्रम शाह, दीपक जंग शाह, सनत कुमार कार्की, इलमबहादुर शाही, महेन्द्रबहादुर शाहलगायत २४ जना चयन भएका हुन् ।

  • म्याद गुज्रेका आइरन चक्की सुटुक्क नष्ट गर्दै जाजरकोट स्वास्थ्य कार्यालय

    म्याद गुज्रेका आइरन चक्की सुटुक्क नष्ट गर्दै जाजरकोट स्वास्थ्य कार्यालय

    सुर्खेत । जनतालाई निशुल्क वितरण गर्नुपर्ने सिटामोल, आइरन चक्कीजस्ता औषधिहरु जाजरकोट जिल्ला स्वास्थ्य कार्यालयले वितरण नगरी लामो समयसम्म भण्डारण गरी म्याद गुज्रेपछि सुटुक्क नष्ट गरेको पाइएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालयको भण्डारमै राखेर म्याद गुज्रिएको ३० लाख चक्की आइरन चक्की विहीबार नष्ट गरिएको हो । यता साउनदेखि जिल्लाभर आइरनको अभाव भइरहेको थियो ।

    नष्ट गर्दा सरोकारवाला सबैको उपस्थितिमा मुचुल्का उठाउनुपर्नेमा त्यो पनि नगरेर कार्यालयले मापदण्ड मिचेको भन्दै आलोचना सुरु भएको छ ।

    कुपोषण, रक्तअल्पतालगायतका समस्या भएका तथा गर्भवती र किशोरीलाइ देशभर आइरन चक्की निशुल्क विवतरण हुने गर्दछ । म्याद हुन्जेलसम्म पालिकाकाका स्वास्थ्य संस्थालाई नदिने तर म्याद गएपछि सुटुक्क नष्ट गर्ने परिपाटीले समस्या आएको नलगाड नगरपालिका नगर अस्पतालका प्रेम बुढाले बताए । ‘म्याद बाँकी भएको समयमा यहाँ औषधी नै दिइदैन,’ उनी भन्छन, ‘खेर फाल्नु भन्दा हाीलाई वितरण गरेको भए सबैले पाउँथे।’

    साउन महिनाभर भेरी नगरपालिकाले स्वास्थ्य सेवा कार्यालयसँग आइरन चक्की माग्दा उपलव्ध नगराएको स्वास्थ्यकर्मी बताउँछन् । भेरी नगरपालिकाको स्वास्थ्य शाखाले क्षेत्रीय स्टोरबाट आफैं माग गरेर एक महिनालाई पुग्ने आइरन चक्की ल्याएको उनको भनाई छ ।

    यस विषयमा बुझ्न कार्यालय प्रमुख टीकाराम जैसीलाई सम्पर्क गर्न खोज्दा फोन लागेन । सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाले आइरन चक्की जलाएको विषयमा आफूलाइ जानकारी नभएको बताए ।