Tag: चन्द्रागिरी

  • चन्द्रागिरीमा हिउँ खेल्न थामिनसक्नु भीड

    चन्द्रागिरीमा हिउँ खेल्न थामिनसक्नु भीड

    काठमाडौं । हिमपात सुरू भएसँगै काठमाडौं नजिकको चन्द्रागिरी डाँडामा हिउँ हेर्न आउनेहरूको लर्को लागेको छ । चिसो मौसमको परवाह नगरी काठमाडौंका विभिन्न स्थानबाट युवा-युवती र किशोर-किशोरीहरु हिउँसँग रमाउन चन्द्रागिरीमा ओइरिएका छन् ।

    आज बिहानबाट देशका विभिन्न भागमा हिमपातको खबरसँगै चन्द्रागिरीमा मानिसहरूको चहलपहल बाक्लिएको थियो । दिउँसोसम्म यहाँ हजारौंको संख्यामा उपस्थिति देखिएको छ । चन्द्रागिरीमा अवस्थित भालेश्वर महादेवको मन्दिर दर्शन गर्न लामो लाइन लागेको छ ।

    काठमाडौंको सबैभन्दा अग्लो स्थानका रुपमा रहेको र केवलकारसमेत जोडिएकाले पछिल्ला वर्षहरुमा चन्द्रागिरी पर्यटकीय आकर्षणको स्थान बन्दै आएको छ । हिमपातले यहाँको आकर्षणलाई थप बढाइदिएको छ ।

  • चन्द्रागिरीको हिउँमा रम्दै तन्नेरी (तस्बिरहरू)

    चन्द्रागिरीको हिउँमा रम्दै तन्नेरी (तस्बिरहरू)

    काठमाडौं । पानी परेसँगै देशका विभिन्न ठाउँलगायत काठमाडौं आसपासका डाँडा हिउँले ढाकिएका छन् । पर्यटकीय एवं धार्मिकस्थल चन्द्रागिरीमा पनि हिउँ परेको छ ।

    चन्द्रागिरीमा अवस्थित भालेश्वर महादेव मन्दिर तथा उद्यान क्षेत्रमा हिउँले पूरै ढाकिएको छ ।

    काठमाडौंकै सबैभन्दा अग्लो स्थान र केवलकारसमेत जोडिएकाले पछिल्ला केही वर्षदेखि हिउँ खेल्नका लागि आन्तरिक पर्यटकको आकर्षक गन्तव्य हुँदै आएको छ ।

    बिहानैदेखि चन्द्रागिरीमा हिउँ खेल्नेको लर्को छ । विशेषगरी तन्नेरीहरू हिउँमा रमेका छन् । चन्द्रागिरीको हिमपात र हिउँ खेल्दै गरेकाहरूको कैद गरिएका केही तस्बिर:

  • चन्द्रागिरीलाई एकसाता पूर्णरुपमा सिल गरिने

    चन्द्रागिरीलाई एकसाता पूर्णरुपमा सिल गरिने

    काठमाडौं । कोरोनाभाइरसको नयाँ प्रजातिको जोखिम कम गर्न काठमाडौंको चन्द्रागिरी नगरपालिकालाई पूर्णरुपमा सिल गरिने भएको छ ।

    नगरपालिकाले आज विज्ञप्ती जारी गर्दै जेठ १ गतेदेखि ७ गते मध्यरातसम्म पूर्णरुपमा सिल गर्ने जनाएको छ ।

    औषधि पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक बाहेकका सबै कार्यालय सेवा बन्द गर्ने तथा हिँड्डुलमा पनि रोक लगाइने निर्णय भएको छ ।

    तर, भेरोसेलको दोस्रो मात्राको खोप लगाउन पहिलोपटक लगाएको खोप कार्डलाई देखाएर खोप केन्द्रसम्म जान पाइने निर्णय भएको छ ।

  • कतिमा भयो चन्द्रागिरीको पहिलो कारोबार ?

    कतिमा भयो चन्द्रागिरीको पहिलो कारोबार ?

    काठमाडौं । आइतबारबाट स्पेशल प्रिओपनमा आएको चन्द्रागिरी हिल्सको (ऋन्ज्) को पहिलो कारोबार भएको छ । आज भएको पहिलो कारोबारमा कम्पनीको प्रतिकित्ता १६१ रुपैयाँमा कायम भएको छ ।

    नेपाल स्टक एक्सचेञ्जले कम्पनीको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता शेयर आइतबारदेखि कारोबारमा आउनेगरी शुक्रबार सूचीकृत गरेको हो ।