Tag: चट्याङ

  • ओखलढुंगामा चट्याङ लागेर एक जनाको मृत्यु, एकजना घाइते

    ओखलढुंगामा चट्याङ लागेर एक जनाको मृत्यु, एकजना घाइते

    काठमाडौं । ओखलढुंगामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको लिखु गाउँपालिका ८ टारकेराबारीका देव बहादुर दर्जीको चट्याङ लागेर ज्यान गएको हो ।

    बुधबार साँझ ६ बजे घरायसी कामका लागि बाहिर रहेका दर्जी चट्याङ लागेर गम्भीर घाइते भएका थिए ।

    उनलाई तत्काल उद्धार गरी रामेछाप मन्थलीको तामाकोसी अस्पताल लगिएकोमा उपचारको क्रममा उनको राति १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

    घटनामा गम्भीर घाइते भएका अर्का स्थानीय मेघ बहादुर दर्जीको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • चट्याङ लागेर गुल्मीमा २ जनाको मृत्यु, ६ जना घाइते

    चट्याङ लागेर गुल्मीमा २ जनाको मृत्यु, ६ जना घाइते

    रूपन्देही । गुल्मीको मालिका गाउँपालिका र ईस्मा गाउँपालिकामा चट्याङ लागेर ११ वर्षीय वालकसहित २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

    मालिका गाउँपालिका-२ पाटाखर्ककी २८ वर्षीया कमला प्रतेलको गएराति चट्याङ लागेर ज्यान गएको छ ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पान्डेयका अनुसार राति परेको चट्याङले कमलाको ज्यान गएको जानकारी दिए । प्रतेलको घर समेत चट्याङले ढलेको छ ।

    हिजो मात्रै गुल्मीको ईस्मा गाउँपालिकाको ४ का विभिन्न स्थानमा परेको चट्याङले ११ वर्षीय वालकको ज्यान गएको थियो भने ६ जना घाइते भएका थिए । घाइतेहरुको लुम्बिनी मेडिकल कलेज पाल्पा परवासमा उपचार भैरहेको छ ।

  • चट्याङ लागेर एकको मृत्यु, आठ घाइते

    चट्याङ लागेर एकको मृत्यु, आठ घाइते

  • चट्याङ लागेर गुल्मीमा एकको मृत्यु ८ घाइते

    चट्याङ लागेर गुल्मीमा एकको मृत्यु ८ घाइते

    रूपन्देही । गुल्मीको मुसिकोट नगरपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मुसिकोट –४ दजाकोटमा उजिर बहादुर गाहाको घरमा शुक्रबार बिहान चट्याङ पर्दा १८ वर्षकी करिश्मा गाहाको मृत्यु हो ।

    चट्याङ लागेर घाइते भएकी गाहाको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको हो । सो घटनामा ८ जना घाइते भएका छन् । उनीहरूमध्ये धेरैको अवस्था सामान्य छ ।

  • चट्याङ लागेर प्रहरी चौकीका प्रमुखको मृत्यु

    चट्याङ लागेर प्रहरी चौकीका प्रमुखको मृत्यु

    झापा । झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उहाँ चट्याङ लागेर घाइते भएको थियो ।

    तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएका थिए ।

    मृतक प्रहरी सहायक निरीक्षक ठाकुर ४७ वर्षको हुनुहुन्थ्यो । भारतसँगको सीमा नजिक रहेको उक्त अस्थायी प्रहरी चौकीको टोली साइकल गस्तीमा निस्किएको थियो । हावाहुरी र भारी वर्षासँगै परेको चट्याङले ठाकुरलाई लागेको थियो । गस्तीमा खटिएका अरु प्रहरीहरु सुरक्षित नै छन् ।

  • रोल्पामा चट्याङ्ग लागेर एक बालकको मृत्यु, २ घर जले

    रोल्पामा चट्याङ्ग लागेर एक बालकको मृत्यु, २ घर जले

    रुपन्देही । रोल्पाको सुनछहरी गाउँपालिका-७ जेलबाङका ९ वर्षीय अभिशेख पुनको चट्याङबाट मृत्यु भएको छ ।

    गाउँपालिका केन्द्र पोबाङबाट आमासँग घर जाँदै गर्दा जङ्गलमा चट्याङ्ग लागेर ती बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर सन्तोष केसीले जानकारी दिए । आमालाई सामान्य चोट लागेको छ ।

    त्यस्तै चट्याङ्गबाटे परिवर्तन गाउँपालिका-२ बागमाराका अमनकुमारी राना र त्रिवेणी गाउँपालिका-२ दहवनका कृष्ण केसीको घर आगलागीबाट क्षति भएको प्रहरीले बताएको छ ।

  • चट्याङमा परी ४ जनाको मृत्यु

    चट्याङमा परी ४ जनाको मृत्यु

    काठमाडौं । बर्षात सँगै देशका विभिन्न स्थानमा परेको चट्याङमा परी ४ जनाको मृत्यु भएको छ ।
    हावाहुरी सहित परेका चट्याङमा परी मोरङ, भोजपुर, खोटाङ र रौतहटमा चार जनाको बिहीबार ज्यान गएको हो । मोरङको कानेपोखरी–२, खोटाङको दिप्रुङचुईचुम्मा–६, भोजपुरको आमचोक–९ र रौतहटको गुजरा–८ मा चट्याङ परेर मानवीय क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन पाधिकरणले जनाएको छ ।
    बिहीबार देशका दश स्थानमा मेघ गर्जन सहित चट्याङ पर्दा अन्य ४ जना गम्भिर घाईते भएको प्राधिकरणले जनाएको छ ।
    प्राधिकरणका अनुसार चट्याङ, आगलागी, हावाहुरी, पहिरो र जनावर आक्रमणका २७ वटा घटनामा ६२ लाख ८९ हजार बराबरको क्षति भएको उल्लेख छ ।
    बैशाख १ गतेयता एक सय ६० वटा विपद्का घटना घटेकोमा १० जनाको मृत्यु, ३२ जना घाईते हुनुको साथै १५ करोड ७५ लाख बराबरको क्षति भएको छ ।

     

  • गोठमा चट्याङ पर्दा महिलाको मृत्यु

    गोठमा चट्याङ पर्दा महिलाको मृत्यु

    मोरङ । मोरङ कानेपोखरी २ दलेलीमा चट्याङ पर्दा एक महिलाको मृत्यु भएको छ । बिहिबार बिहान परेको चट्याङमा परी स्थानीय ४३ बर्षीय सुकवती राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    पानी परेको बेला घर नजिकै रहेका गाईगोरू सार्न जाने क्रममा चट्याङमा परी राजवंशी गम्भीर घाईते भएकी थिईन ।

    घाईते राजबंशीको उपचारको लागि उर्लाबारी स्थित मदनभण्डारी अस्पताल तथा ट्रमासेन्टर लगेकोमा अस्पताल पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

  • मध्यराति चट्याङ पर्दा लिखु गाउँपालिका अध्यक्ष र वडाध्यक्षका घर ध्वस्त (भिडियो)

    मध्यराति चट्याङ पर्दा लिखु गाउँपालिका अध्यक्ष र वडाध्यक्षका घर ध्वस्त (भिडियो)

    ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिका-८ मा गएराति चट्याङ पर्दा गाउँपालिका अध्यक्ष गोविन्द पौडेल र वडाध्यक्ष विशाल पौडेलका तीनवटा घर ध्वस्त भएका छन् ।

    ठूलो हावाहुरीपछि मध्यराति १ बजे परेको चट्याङ आफ्नो घरको कोठामा परेपछि तीनवटा घर ध्वस्त भएको अध्यक्ष पौडेलले नेपाल प्रेसलाई बताए ।

    टारकेराबारीस्थित गाउँपालिका अध्यक्षको घर र उनका सहोदार भाइ सोही वडाका वडाध्यक्ष विशालको घर एल आकारमा बनाइएका थिए । भूकम्पपछि बनेको अर्को एउटा नयाँ घर समेत चट्याङबाट क्षतिग्रस्त भएको अध्यक्ष पौडेलले जानकारी दिए ।

    मान्छे नसुत्ने भएकाले आफ्नो घरमा मानवीय क्षति नभएको र भाइको घरमा भागदौड हुँदा बुहारीको खुट्टा फ्याक्चर भएको उनले बताए । अध्यक्ष गोविन्द पौडेल भने गाउँपालिका केन्द्र यसममा बस्ने गरेका छन् ।

    चट्याङ परेपछि आगलागी भएको थियो ।भन्ज्याङस्थित घरमा चट्याङपछिको आगलागीले घरभित्र रहेका नगद जिन्सी लगायत सबै भौतिक सामाग्री नष्ट भएको उनले बताए ।  ठूलो आवाजसहित परेको चट्याङ र आगलागीले स्थानीय वासिन्दा त्रासमा रात काट्न बाध्य रहे ।

  • भोजपुर र तेह्रथुममा चट्याङ लागेर २ जनाको मृत्यु

    विराटनगर। गएराति हावाहुरी सहितको वर्षाका क्रममा पूर्वी पहाडी जिल्ला भोजपुर र तेह्रथुममा चट्याङबाट २ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा तेह्रथुम, छथर गाऊपालिका ६ असिनेकी ९ बर्षीया बालिका रोहीता मगर र भोजपुर षडानन्द नगरपालिका ८ निगुरे बस्ने ६० बर्षीया मनमाया राई छन् ।

    प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार बिहीबार बेलुका ७ बजे रोहिता आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागी घाइते भएकी थिइन् । उपचारका लागि अस्पताल लाने तयारी हुँदै गर्दा राती ११ बजेतिर घरमै मृत्यु भएको हो ।

    भोजपुरकी मनमायाको प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी गौचरण दिङ्लामा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको हो ।

    मनमायापनि विहीबार बेलुका ६ बजे आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङबाट बेहोस भइ लडदा टाउकोमा चोट लागेर घाईते भएकी थिइन् ।

  • आज चट्याङसहित वर्षाको सम्भावना

    आज चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौं- आज पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाले अन्य स्थानमा भने मौसम सफा सफा रहने जनाएको छ ।

    साँझ पनि प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा चट्याङसहित वर्षाको सम्भावना छ ।

  • देशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

    देशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौं । शनिबार देशका केही स्थानहरूमा चट्याङसहित वर्षा हुने सम्भावना छ ।

    मौसन पूर्वानुमान महाशाखाका अनुसार सातै प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहनेछ ।

    राति भने प्रदेश नं १ को पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदलीबाहेक अन्य स्थानमा मौसम सफा देखिने मशाहाखाले जनाएको छ ।

  • पहाडी भू-भागमा चट्टयाङसहित हल्का वर्षाको सम्भावना

    पहाडी भू-भागमा चट्टयाङसहित हल्का वर्षाको सम्भावना

    काठमाडौं । शनिबार देशका केही पहाडी भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले बुलेटिनमार्फत् जानकारी दिएको हो ।

    त्यस्तै शनिबार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले बताएको छ ।

    आज रातभर देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ भने पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।