Tag: गृह मन्त्रालय

  • मुलुकभरका २९ जिल्लामा निषेधाज्ञा, २२ जिल्ला पूर्णरुपमा बन्द, ७ जिल्ला आंशिक

    मुलुकभरका २९ जिल्लामा निषेधाज्ञा, २२ जिल्ला पूर्णरुपमा बन्द, ७ जिल्ला आंशिक

    काठमाडौं । कोरोना नियन्त्रणका लागि भन्दै देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गर्ने क्रम जारी छ । गृह मन्त्रालयको अहिलेसम्मको विववरण अनुसार शनिबार साँझसम्म मुलुकका ७७ जिल्लामध्ये २२ जिल्ला पूर्णरुपमा र ७ जिल्ला आंशिक रुपमा बन्द गर्ने जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले निर्णय गरिसकेका छन् ।

    मन्त्रालयका अनुसार अहिलेसम्म बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, सुनसरी र प्यूठान गरेर १५ जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ भने आज शनिबार राति १२ बजेबाट जाजरकोट र गुल्मी गरेर २ जिल्लामा निषेधाज्ञा जारी हुदैँछ । यस्तै भोलि आइतबार बिहान ६ बजेबाट सल्यान, रुकुम पश्चिम, डडेल्धुरा र आइतबार राति ८ बजेदेखि उदयपुर र राति १२ बजेदेखि झापा गरेर थप ५ जिल्लामा निषेधाज्ञा जारी हुने मन्त्रालयका प्रवक्ता सहसचिव जनकराज दाहालले नेपाल प्रेसलाई जानकारी दिए ।

    यस्तै बागलुङको बागलुङ नगरपालिकाका वडा नम्बर १२, १३ र १४ साविक अमलाचौर, पैयुपाटा र नारायणस्थान गाविसमा निषेधाज्ञा जारी भइसकेको छ । बर्दियाको गुलरिया नगरपालिकास्थित ५ र ६ नम्बर वडाका सबै क्षेत्र, बाँसगढी नगरपालिकाको बाँसगढी बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर र कतर्निया बजार क्षेत्र, मधुवन नगरपालिकाको लाली बजार ओराली बजार क्षेत्र, ठाकुरबाबा नगरपालिकाको बगनाहा, भूरीगाउँ र ठाकुरद्वारा बजार क्षेत्र, राजपुर नगरपालिकाको राजापुर र मानपुर टपरा बजार क्षेत्र, बढैयाताल गाउँपालिकाको भोलागौडी, मैनापोखर र शीतला बजार क्षेत्र र गेरुवा गाउँपालिकाको शान्तिबजार र पशुपतिनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

    यस्तै दार्चुुलाको मार्मा गाउँपालिका र व्यास गाउँपालिका वडा नम्बर ६, शैल्यशिखर नगरपालिकाको वडा नम्बर १ को बलाँज बजार क्षेत्र, वडा नम्बर २ को देथला बजार क्षेत्र, वडा नम्बर ३ को कर्कले बजार क्षेत्र, वडा नम्बर ५ को महाकाली लोकमार्गमा पर्ने बजार क्षेत्र र वडा नम्बर ९ को गोकुलेश्वर बजार, कठपते, गाँजरी, नायल र घट्टीगाड क्षेत्रमा निषेधाज्ञा जारी भइसकेको छ भने महाकाली नगरपालिकामा भोलि आइतबार बिहान ६ बजेबाट निषेधाज्ञा जारी हुदैँछ ।

    यस्तै मोरङको बिराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका, जहँदा गाउँपालिका, कटहरी गाउँपालिका वडा नम्बर १, २, ३, ४ र सुनसरी तथा भातसँग सीमा जोडिएका क्षेत्रमा आज शनिबार राति १२ बजेबाट निषेधाज्ञा जारी हुदैँछ भने गोरखाको भिमसेनथापा गाउँपालिका वडा नम्बर ७ र ८ मा पनि आज शनिबार राति १२ बजेदेखि निषेधाज्ञा जारी हुदैँछ ।

    काभ्रेपलाञ्चोकको अरनिको राजमार्गको साँगादेखि बनेपा बजार–सदरमुकाम धुलिखेल–पाँचखाल बजार क्षेत्र हुँदै दोलालघाटसम्म सडकको दायाँ–बायाँ ५ सय मिटर, बनेपा तीनदोबाटोदेखि नाला भगवतीस्म्मको सडकको दायाँ–बायाँ ५ सय मिटर, बनेपा–पनौती–खोपासी सडकको ५ सय मिटर दायाँ–बायाँ क्षेत्र विपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रेभञ्ज्याङ–भकुण्डे हुँदै मंगलटारसम्म सडकको दायाँ–बायाँ २ सय मिटरको क्षेत्र र पाँचखाल नगरपालिकाको जिरोकिलोदेखि कुन्तावेशीसम्म सडकको दायाँ–बायाँ २ सय मिटर क्षेत्रमा भोलि आइतबार राति १२ बजेदेखि निषेधाज्ञा जारी हुदैँछ ।

    बाजुराको हिमाली गाउँपालिकामा पनि भोलि आइतबार बिहान ५ बजेदेखि निषेधाज्ञा जारी हुदैँछ । गत १३ वैशाखको मन्त्रीपरिषद वैठकले काठमाडौं उपत्यका र तराईका जिल्लामा ५ सयभन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमितको संख्या भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो । यसैका आधारमा विभिन्न जिल्लाले निषेधाज्ञा जारी गर्दै आएका छन् ।

     

  • पूर्ण र आंशिक गरेर अहिलेसम्म २५ जिल्लामा निषेधाज्ञा

    पूर्ण र आंशिक गरेर अहिलेसम्म २५ जिल्लामा निषेधाज्ञा

    मुलुकभरका ७७ जिल्लामध्ये अहलिेसम्म पुर्ण र आंशिक गरेर २५ जिल्लामा निषेधाज्ञा जारी भएको छ । गृह मन्त्रालयका अनुसार यस अवधिमा २१ जिल्लामा पुर्ण र ४ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको हो ।

    आज राति १२ बजेदेखि गुल्मीमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले वैशाख २५ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको  मन्त्रालयले जानकारी गराएकाे हाे ।

    यस अघि आंशिक निषेधाज्ञा जारी भएको बर्दिया जिल्लामा पनि २० गते सोमबार विहान ६ बजेदेखि ३१ गते राती १२ बजेसम्म पुर्ण निषेधाज्ञा जारी भएको छ । कोरोना संक्रमित भएका स्थानीय तहमा मात्र निषेधाज्ञा जारी गर्दा पनि संक्रमणदर नघटेपछि र अन्य ठाउँमा पनि संक्रमण फैलिन थालेपछि जिल्लालाई पुर्ण निषेधाज्ञा गर्ने जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले निर्णय गरेको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले नेपाल प्रेसलाई जानकारी दिए ।

    मोरङमा भने आज राति १२ बजेदेखि आंशिक रुपमा निषेधाज्ञा जारी हुने भएको छ । मन्त्रालयका अनुसार जिल्लाको विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका, जहँदा गाउँपालिका, कटहरी गाउँपालिकाका वडा नम्बर १, २, ३, र ४ तथा भारतको र सुनसरीसँग सीमा जोडिएका क्षेत्रमा २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको हो ।

  • मुलुकभरका २३ जिल्लामा निषेधाज्ञा, १४ जिल्ला पूर्णरुपमा बन्द

    मुलुकभरका २३ जिल्लामा निषेधाज्ञा, १४ जिल्ला पूर्णरुपमा बन्द

    काठमाडौं । कोरोना नियन्त्रणका लागि भन्दै देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गर्ने क्रम जारी छ । गृह मन्त्रालयका  विववरण अनुसार शुक्रबार साँझसम्म मुलुकका ७७ जिल्लामध्ये १४ जिल्ला पूर्णरुपमा र ४ जिल्ला आंशिक बन्द छन् । थप ५ जिल्लामा निषेधाज्ञा जारी हुने क्रममा छ ।

    सल्यान, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा र झापा जिल्लामा निषेधाज्ञा जारी गरिने जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीले जनाएका छन् । शनिबार राति १२ बजेदेखि जाजरकोट, आइतबार बिहान ६ बजेदेखि रुकुम पश्चिम, सल्यान र डडेल्धुरा तथा आइतबार राति १२ बजेदेखि झापामा निषेधाज्ञा जारी हुने मन्त्रालयका प्रवक्ता सहसचिव जनकराज दाहालले जानकारी दिए ।

    यस्तै १९ गते आइतबार बिहान ६ बजेदेखि सल्यानमा पनि निषेधाज्ञा जारी हुनेछ । अहिलेसम्म पूर्णरुपमा निषेधाज्ञा लागेका जिल्लामा बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, चितवन र रुपन्देही छन् । शुक्रबार राति १२ बजेबाट पाल्पा र सुनसरीमा निषेधाज्ञा जारी हुँदैछ । यसैगरी, बागलुङ, कालिकोट, बर्दिया र दार्चुलामा आंशिक निषेधाज्ञा लागू भएको छ । बागलुङको बागलुङ नगरपालिकाका वडा नम्बर १२, १३ र १४, साविक आमलाचौर, पैयुपाटा र नारायणस्थान गाविसमा निषेधाज्ञा छ । यस्तै, कालिकोटको खाँडाचक्र नगरपालिका ११ रेङगिलमा निषेधाज्ञा जारी गरिएको छ ।

    बर्दियाको गुलरिया नगरपालिकास्थित ५ र ६ नम्बर वडाका सबै क्षेत्र, बाँसगढी नगरपालिकाको बाँसगढी बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर र कतर्निया बजार क्षेत्र, मधुवन नगरपालिकाको लाली बजार ओराली बजार क्षेत्र, ठाकुरबाबा नगरपालिकाको बगनाहा, भूरीगाउँ र ठाकुरद्वारा बजार क्षेत्र, राजपुर नगरपालिकाको राजापुर र मानपुर टपरा बजार क्षेत्र, बढैयाताल गाउँपालिकाको भोलागौडी, मैनापोखर र शीतला बजार क्षेत्र र गेरुवा गाउँपालिकाको शान्तिबजार र पशुपतिनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

    यस्तै दार्चुुलाको मार्मा गाउँपालिका र व्यास गाउँपालिका वडा नम्बर ६, शैल्यशिखर नगरपालिकाको वडा नम्बर १ को बलाँज बजार क्षेत्र, वडा नम्बर २ को देथला बजार क्षेत्र, वडा नम्बर ३ को कर्कले बजार क्षेत्र, वडा नम्बर ५ को महाकाली लोकमार्गमा पर्ने बजार क्षेत्र र वडा नम्बर ९ को गोकुलेश्वर बजार, कठपते, गाँजरी, नायल र घट्टीगाड क्षेत्रमा निषेधाज्ञा जारी भएको छ ।

    मन्त्रालयका प्रवक्ता दाहालका अनुसार अहिलेसम्म निषेधाज्ञा जारी भएका जिल्लामध्ये बाँकेमा २० गतेसम्म, सुर्खेत र कास्कीमा २१ गतेसम्म, काठमाडौं, भक्तपुर, ललितपुर, कैलाली, पर्सा र कञ्चनपुर २२ गतेसम्म जारी रहने छ । शुक्रबार बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गरिएको दाङमा २५ गतेसम्म, शुक्रबार राती १२ बजेदेखि पाल्पा र सुनसरीमा लाग्ने निषेधाज्ञा २४ गतेसम्म जारी रहने उनले बताए । यस्तै बिहिबार बिहान ६ बजेबाट निषेधाज्ञा लगाइको रुपन्देहीमा ३० गतेसम्म, चितवनमा ३१ गतेसम्म र १९ गते आइतबारबाट निषेधाज्ञा लगाइने सल्यानमा जेठ २ गतेसम्म जारी रहनेछ ।

    शनिबार राति १२ बजेबाट निषेधाज्ञा जारी हुने जाजरकोटमा २५ गते राति १२ बजेसम्म, १९ गते आइतबार बिहान ६ बजेबाट निषेधाज्ञा लगाइने रुकुम पश्चिममा ३१ गते राति १२ बजेसम्म, १९ गते आइतबार बिहान ६ बजेबाट नै निषेधाज्ञा जारी हुने डडेल्धुरामा २५ गते राति १२ बजेसम्म र १९ गते आइतबार राति १२ बजेबाट नै निषेधाज्ञा जारी हुने झापामा २६ गते राति १२ बजेसम्म जारी रहने छ ।

    झापामा लगाइएको निषेधाज्ञामा सवारी साधनमो जोर बिजोर प्रणाली लागू गरिएको छ । बैशाख ७ गतेदेखि आंशिक निषेधाज्ञा लगाइएको बागलुङ र बैशाख १० गतेबाट आंशिकरुपमा निषेधाज्ञा लगाइएको कालिकोटमा शुक्रबार म्याद सकिँदैछ । बर्दियामा पनि बैशाख १३ गतेबाट लगाइएको आंशिक निषेधाज्ञा १९ गते आइतबार सकिँदैछ । आंशिक रुपमा निषेधाज्ञा लगाइएको दार्चुलामा अर्को आदेश नभएसम्मका लागि जारी रहने छ ।

     

  • निषेधाज्ञामा थप कडाइ

    निषेधाज्ञामा थप कडाइ

    काठमाडौं । निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा शुक्रवारदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ । अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ ।

    बिहीबार पहिलो दिन भएकाले यातायातका साधनहरू बाटोमै अड्किएका, यात्रु अलमल भएकाले केही सहजीकरण गरिएको भए पनि आजदेखि भने कडाइका साथ आदेशको पालना गरिने गृह प्रवक्ता जनकराज दाहालले जानकारी दिए। केही जिल्लामा यसअघि नै निशेषको आदेश जारी भएपछि अधिकांश जिल्लामा बिहीबारदेखि आदेश कार्यान्वयनमा आएको छ ।

    प्राप्त विवरणअनुसार मुलुकका १५ जिल्लामा पूर्ण र ३ जिल्लामा आंशिक निषेधाज्ञा छ । यसरी आदेश जारी गर्ने जिल्लामा बाँके, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान , सुर्खेत र सुनसरी छन् । यस्तै कालिकोट, बाग्लुङ र बर्दियामा आंशिक निषेधाज्ञा छ । यसरी आदेश भएको जिल्लाहरूमा अत्यावश्यक बाहेक अन्य गतिविधि गर्न पाइने छैन ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा बिहीबारको आदेश उल्लङ्घन गर्ने २ हजार बढीलाई होल्ड गरेर चेतावनीका साथ अब ननिस्कने शर्तमा छाडिएको जानकारी दिएको छ । जिल्ला-जिल्लामा यो क्रम जारी रहेको थियो । नेपाल प्रहरीले अन्य जघन्य आपराधिक गतिविधि बाहेकका गतिविधि नियन्त्रण कार्यक्रमलाई थाती राखेर सबै कोभिड-१९ सङ्क्रमण नियन्त्रण अभियानमा परिचालन गरेको जनाएको छ ।

    ठाउँ-ठाउँमा टोली परिचालन गरी सवारी साधान जाँच थर्न थालिएको र यो क्रम आज थप कडाइका साथ हुने नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले जानकारी दिए । गृह मन्त्रालयले आदेशको पूर्ण पालना गरी कोभिड नियन्त्रण अभियानमा सहयोग गर्न आम नागरिकमा अनुरोध गरेको छ ।

  • निषेधाज्ञाको होड : ११ जिल्ला पूर्णरुपमा बन्द, शुक्रबारबाट ४ जिल्ला थपिँदै

    निषेधाज्ञाको होड : ११ जिल्ला पूर्णरुपमा बन्द, शुक्रबारबाट ४ जिल्ला थपिँदै

    काठमाडौं । कोरोना नियन्त्रणका लागि भन्दै देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गर्ने क्रम जारी छ । विहीबार साँझसम्म मुलुकका ७७ जिल्लामध्ये ११ जिल्ला पूर्णरुपमा बन्द छन् भने थप ४ जिल्लामा निषेधाज्ञा लगाउने तयारी छ ।

    गृह मन्त्रालयका अनुसार दाङ, पाल्पा र सुनसरी जिल्लामा निषेधाज्ञानको तयारी भएको हो । शुक्रबार बिहान ६ बजेदेखि दाङमा, शुक्रबार राती १२ बजेदेखि पाल्पा र सुनसरीमा पनि निषेधाज्ञा जारी हुने मन्त्रालयका प्रवक्ता सहसचिव जनकराज दाहालले जानकारी दिए । यस्तै १९ गते आइतबार बिहान ६ बजेदेखि सल्यानमा पनि निषेधाज्ञा जारी हुनेछ ।

    पूर्णरुपमा निषेधाज्ञा लागेका जिल्लामा बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, चितवन र रुपन्देही  छन् । यसैगरी, बागलुङ, कालिकोट र बर्दियामा आंशिक निषेधाज्ञा लागू भएको छ ।

    बागलुङको बागलुङ नगरपालिकाका वडा नम्बर १२, १३ र १४, साविक आमलाचौर, पैयुपाटा र नारायणस्थान गाविसमा निषेधाज्ञा छ । यस्तै, कालिकोटको खाँडाचक्र नगरपालिका ११ रेङगिलमा निषेधाज्ञा जारी गरिएको छ । बर्दियाको गुलरिया नगरपालिकास्थित ५ र ६ नम्बर वडाका सबै क्षेत्र, बाँसगढी नगरपालिकाको बाँसगढी बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर र कतर्निया बजार क्षेत्र, मधुवन नगरपालिकाको बगनाहा, भूरीगाउँर ठाकुरद्धारा बजार क्षेत्र, राजपुर नगरपालिकाको राजापुर र मानपुर टपरा बजार क्षेत्र र गेरुवा गाउँपालिकाको शान्तिबजार र पशुपतिनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

    मन्त्रालयका प्रवक्ता दाहालका अनुसार अहिलेसम्म निषेधाज्ञा जारी भएका जिल्लामध्ये बाँकेमा २० गतेसम्म, सुर्खेत र कास्कीमा २१ गतेसम्म, काठमाडौं, भक्तपुर, ललितपुर, कैलाली, पर्सा र कञ्चनपुर २२ गतेसम्म जारी रहने छ । शुक्रबार बिहान ६ बजेदेखि निषेधाज्ञा लाग्ने दाङमा २५ गतेसम्म, शुक्रबार राती १२ बजेदेखि पाल्पामा लाग्ने निषेधाज्ञा २४ गतेसम्म जारी रहने उनले बताए ।

    बैशाख ७ गतेदेखि आंशिक निषेधाज्ञा लगाइएको बागलुङ र बैशाख १० गतेबाट आंशिकरुपमा निषेधाज्ञा लगाइएको कालिकोटमा शुक्रबार म्याद सकिँदैछ । बर्दियामा पनि बैशाख १३ गतेबाट लगाइएको आंशिक निषेधाज्ञा १९ गते सकिँदैछ । थप गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय भइसकेको छैन ।

    यस्तै पूर्णरुपमा आजबाट निषेधाज्ञा लगाइको रुपन्देहीमा ३० गतेसम्म, आजैबाट पूर्णरुपमा निषेधाज्ञा लगाइएको चितवनमा ३१ गतेसम्म र १९ गते आइतबारबाट निषेधाज्ञा लगाइने सल्यानमा जेठ २ गतेसम्म जारी रहनेछ ।

    गत १३ वैशाखको मन्त्रीपरिषद वैठकले काठमाडौं उपत्यका र तराईका जिल्लामा ५ सयभन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमितको संख्या भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो । यसैका आधारमा विभिन्न जिल्लाले निषेधाज्ञा जारी गर्दै आएका छन् ।

    आज बिहान मात्रै गृह मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै निषेध आदेशको अवधिभरी अति आवश्यक नपरी घरबाट बाहिर ननिस्कन र यात्रा नगर्न सार्वजनिक अपिल गरेको छ । मन्त्रालयले कोभिड–१९ को दोस्रो लहरको संक्रमण तीव्र गतिमा फैलिरहेका कारण यस विषम परिस्थितिको सामना गर्न सबै सरोकारवालाको सहयोग एवम सहकार्य पनि जरुरी रहेको जनाएको छ ।

    सरकारले जारी गरेका निर्देशन एवम स्वास्थ्य मापदण्ड तथा प्रमुख जिल्ला अधिकारीबाट जारी निषेध आदेशको पूर्ण रुपमा पालना गरी संक्रमण फैलन नदिन सवै पक्षलाई सहयोग गर्न मन्त्रालयले अनुराेध गरेकाे छ ।

  • निषेधाज्ञा पूर्ण पालना गर्न गृह मन्त्रालयको आग्रह

    निषेधाज्ञा पूर्ण पालना गर्न गृह मन्त्रालयको आग्रह

    काठमाडौं । गृह मन्त्रालयले निषेधाज्ञाको पूर्ण पालना गर्न सर्वसाधारणमा आग्रह गरेको छ । मन्त्रालयले निषेधाज्ञा जारी भएका जिल्लामा अत्यावश्यकबाहेकका सार्वजनिक सेवा तथा आवागमनमा रोक लगाइएको जानकारी दिँदै निषेधाज्ञा अवधिभर अत्यावश्यक नपरी घरबाट बाहिर ननिस्कन र यात्रा नगर्न सबैमा अनुरोध गरेको छ ।

    मन्त्रालयले आज सूचना जारी गरी कोभिड-१९ को दोस्रो लहरको सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाले विषम परिस्थितिको सामना गर्न सरकारको प्रयासका अतिरिक्त सबै सरोकार पक्षको सहयोग एवं सहकार्य जरुरी रहेको उल्लेख गरेको छ । गृह प्रवक्ता जनकराज दाहालले सरकारद्वारा जारी निर्देशन, स्वास्थ्य सुरक्षा मापदण्ड तथा प्रमुख जिल्ला अधिकारीबाट जारी भएका निषेधको आदेश पूर्ण रुपमा पालना गरी सङ्क्रमण फैलिन नदिनका लागि सरकारी प्रयासमा सहयोग गर्न आग्रह गरे ।

    कोभिड-१९ सङ्क्रमण बढेकाले मुलुकका विभिन्न जिल्लामा आजदेखि एक साताका लागि निषेधको आदेश जारी भएको छ । काठमाडौँ उपत्यकामा समेत निषेधाज्ञा जारी भएको छ । मुलुकमा आज झण्डै ५ हजार नयाँ सङ्क्रमित भेटिएका छन् । सङ्क्रमितमध्ये करीब आधा काठमाडौँ उपत्यकामा देखिन थालेका छन् ।

  • गृह मन्त्रालयले भन्यो : राष्ट्रपतिबाट वितरित विभूषण नयाँ नक्शा आउनु अगाडिकै

    गृह मन्त्रालयले भन्यो : राष्ट्रपतिबाट वितरित विभूषण नयाँ नक्शा आउनु अगाडिकै

    काठमाडौं । राष्ट्रपतिबाट वितरण भएको विभूषणहरुमा नेपालको नयाँ नक्शा प्रयोग नभएको भन्दै प्रश्न उठेपछि गृह मन्त्रालयले स्पष्टिकरण दिएको छ । विभूषणको घोषणा, तयारी र वितरणको प्रस्तावित समयमा रहेको नेपालको आधिकारिक नक्सा नै विभूषणहरुमा अंकित भएको मन्त्रालयको भनाइ छ ।

    मन्त्रालयका अनुसार २०७६ सालको असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा भइ २०७७ साल वैशाख १ गते वितरणका लागि यी विभूषण तयार पारिएका थिए । कोभिड-१९ का कारण उक्त समयमा वितरण सम्भव नभएकाले हाल सुशोभन भएको मन्त्रालयले जनाएको छ ।

    नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू भएपछि घोषणा भएको विभूषणमा सोही बमोजिमको नयाँ नक्सा अंकित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसको सुशोभन आगामी २०७८ वैशाख १ गते गरिने मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले जनाएका छन् ।

  • ललिता निवासमा भइरहेकाे घर टहरा निर्माणका काम राेक्न पत्राचार

    ललिता निवासमा भइरहेकाे घर टहरा निर्माणका काम राेक्न पत्राचार

    काठमाडौँ । सरकारले बालुवाटारस्थित ललिता निवासभित्र निर्माण भएका घर टहरा निर्माणकाे काम राेक्न पत्राचार गरेकाे छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई  बुधबार पत्राचार गर्दै कानून विपरीत निर्माण भइरहेका संरचनाको काम रोक्न परिपत्र गरेकाे हाे ।

    गृह मन्त्रालयलाई समेत जानकारी गराएकाे पत्रमा मन्त्रीस्तरीय निर्णयबाट घर टहरा निर्माण भइरहेको भन्दै काम रोक्न र नक्सा पास सम्बन्धी काम राेक्न पनि भनिएकाे छ ।

    ‘वालुवाटारिस्थित ललिता निवास क्याम्प भित्रका केही जग्गामा हाल पनि घर टहरा निर्माण कार्य भइरहेको जानकारी प्राप्त भएकोले यसै पत्रसाथ संलग्न विवरणका जग्गामा नक्सा पास सम्बन्धी कार्य नगराउने व्यवस्था मिलाउन र कानुन विपरीत घर टहरा निर्माण कार्य भइरहेको भए निर्माण कार्य रोक्का गर्ने व्यवस्थाका लागि लेखी पठाउने भनी मन्त्रीस्तरबाट निर्णय भएको हुँदा समन्वय र सहयोगको लागि अनुरोध छ । भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले संघीय मालिमा तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ ।

    ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री, तीन पूर्वमन्त्री, अख्तियारका पूर्वप्रमुख आयुक्तसहित एक सय ७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा यस अघि नै मुद्दा दायर गरिसकेको छ ।

  • ७७ वटै जिप्रकालाई गृहको निर्देशन- क्वारेन्टाइन र आइसोलेसन तयारी राख्नू

    ७७ वटै जिप्रकालाई गृहको निर्देशन- क्वारेन्टाइन र आइसोलेसन तयारी राख्नू

    काठमाडौं । कोभिड-१९ को संक्रमण बढ्न थालेपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टाइन र आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दुई दिनअघि नै परिपत्र गरिसकिएको मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम बढ्न सक्ने सम्भावना बढेको भन्ने सूचना जारी गरेसँगै गृहले यस्तो परिपत्र गरेको मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले नेपाल प्रेसलाई  बताए । उनका अनुसार नाकाबाट प्रवेश गर्नेको विवरण संकलन गर्न र नेपाल प्रवेश गर्नुअघि स्वास्थ्य परीक्षण गराउन पनि भनिएको छ ।

    बुढाले भने, ‘क्वारेन्टाइन र आइसोलेसन तयारी अवस्थामा राख्नसँगै जनस्वास्थ्यका सबै मापदण्ड पालना गर्न पनि भनेका छौ । भीडभाड कम गर्न र नागरिकलाई सचेत गराउन निर्देशन दिइएको हो ।’

    विद्यालय सञ्चालन भइरहेको समयमा क्वारेन्टाइनको व्यवस्थापनको जिज्ञासामा उनले भने, ‘विद्यालयको विषयमा हामीले केही भनेका छैनौं । विद्यालयबाहिरका क्वारेन्टाइन र आइसोलेसनका बारेमा भनेका हौं । विद्यालयको विषयमा त शिक्षा मन्त्रालयसँग समन्वय गरेपछिमात्र निर्णय गर्छौं ।’

  • सामाजिक सुरक्षा भत्ता वितरणको प्रतिवेदन पेश गर्न स्थानीय तहलाई परिपत्र

    सामाजिक सुरक्षा भत्ता वितरणको प्रतिवेदन पेश गर्न स्थानीय तहलाई परिपत्र

    काठमाडौ । सरकारले सामाजिक सुरक्षा भत्ता वितरणको प्रतिवेदन पेश नगर्ने ४८ स्थानीय तहलाई तत्काल पेश गर्न परिपत्र गरेको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम अनुसार स्थानीय तहलाई विनियोजन भएको सामाजिक सुरक्षा भत्ता वितरणको चौमासिक प्रतिवेदन अवधि समाप्त भएको १५ दिन भित्र विभागमा नियमित पठाउनुपर्नेमा अहिलेसम्म पनि नपठाएको भन्दै तत्काल पठाउने परिपत्र गरेको हो ।

    विभागले नमूना फारमसहित परिपत्र गर्दै विवरण भरेर आर्थिक वर्ष २०७७-०७८ को प्रथम चौमासिक अवधिमा खर्च तत्काल र आगामी चौमासिक अवधी समाप्त भएको १५ दिन भित्र नियमित रुपमा पठाउने व्यवस्था गर्न पनि परिपत्रमा उल्लेख गरेको छ ।

    विवरण नपठाउने स्थानीय तहमा तीन वटा महानगरपालिका र एउटा उपमहानगरपालिका पनि रहेका छन् । महानगरपालिकामा काठमाडौं, पोखरा र भरतपुर रहेका छन् भने उपमहानगरपालिकामा नेपालगञ्ज रहेको छ । यस्तै प्रतिवेदन नपठाउने नगरपालिकाको संख्या २८ रहेको छ भने गाउँपालिकाको संख्या १६ रहेको छ ।

    प्रतिवेदन नपठाउने स्थानीय तहको विवरण तल उल्लेख छ ।

  • गृह मन्त्रालयको आग्रहः निर्धक्क व्यवसाय चलाउनुस्, सुरक्षा दिन्छौं

    गृह मन्त्रालयको आग्रहः निर्धक्क व्यवसाय चलाउनुस्, सुरक्षा दिन्छौं

    काठमाडौं । गृह मन्त्रालयले विभाजित नेपाल कम्युनिष्ट पार्टीद्वारा भोलि (बिहीबार) आयोजित आम हड्तालका क्रममा कुनै अवाञ्छित गतिविधि भएमा त्यसमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको छ । साथै, उद्योगी तथा व्यवसायीलाई निर्धक्क भएर आफ्नो पेशा–व्यवसाय पूर्ववत् सञ्चालन गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

    मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान तथा प्रचलित कानून विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, आम सर्वसाधारण नागरिकले प्रयोग गर्ने सार्वजनिक यातायात सञ्चालनमा अवरोधलगायतका ध्वंसात्मक एवं अवाञ्छित गतिविधि नगर्न नगराउन तथा संविधान प्रदत्त हकको निर्वाध उपभोग गर्न पाउने नागरिकको अधिकारको सम्मान गर्न सम्वद्ध सबै पक्षसँग मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।’

    विज्ञप्तिमा दैनिक सञ्चालन हुने उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने उल्लेख छ ।

    ‘यातायात व्यवसायीलगायत सबै उद्याेगी–व्यवसायीलाई निर्धक्क एवं पूर्ववत् रुपमा आ–आफ्नो उद्योगधन्दा, पेशा–व्यवसाय सञ्चालन गर्न गृह मन्त्रालय हार्दिक आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।