Tag: गण्डकी प्रदेश

  • गण्डकीका तीन सांसदलाई कोरोना, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्न पाउने

    गण्डकीका तीन सांसदलाई कोरोना, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्न पाउने

    पाेखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण देखिएको छ । प्रदेश सभा सभामुख नेत्रनाथ अधिकारीले ३ सांसदलाई कोरोना देखिएको पुष्टि गरे ।

    ‘३ जना माननीय ज्यूलाई कोरोना देखिएको भन्ने कुरा आएको छ । कसलाई भयो अझै खुलेको छैन,’ उनले नेपाल प्रेससँग भने ।

    मंगलबारको सदनमा सत्तारुढ दलले पिसिआर परीक्षणबिना संसद चल्न नदिने भन्दै अवरुद्ध गरेपछि साँझै स्वाब संकलन गरिएको थियो । आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वास प्रस्तावमाथि मतदान हुने कार्यसूचि छ ।

    मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमण भएमा सांसदले मतदान गर्न पाउने तर सम्वोधन गर्न नपाउने निर्णय गरेको थियो ।

  • गण्डकीमा पीएसलाई गणितको डर, विपक्षीलाई छैन आफ्नै सांसदको भर

    गण्डकीमा पीएसलाई गणितको डर, विपक्षीलाई छैन आफ्नै सांसदको भर

    पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि आज मतदान हुँदैछ । दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा अविश्वास प्रस्ताव निर्णयार्थ पेश हुनेछ ।

    नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पेश गरेको अविश्वास प्रस्तावमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ । अविश्वास प्रस्तावलाई जनता समाजवादी पार्टीले समर्थन गरेको छ ।

    तीन सिट रहेको राष्ट्रिय जनमोर्चाको केन्द्रले कांग्रेस–माओवादी गठबन्धनलाई साथ दिएको छ भने तीन मध्ये दुई सांसद कांग्रेसलाई मत दिन नहुने पक्षमा छन् । सांसदहरुलाई मनाउन केन्द्रीय नेताहरु पोखरा गएर बसेका छन् ।

    अविश्वास प्रस्ताव पक्षधर कांग्रेस र माओवादीले आफ्ना सांसदहरुलाई दुई दिनदेखि पोखराकै महँगो कुटी रिसोर्टमा राखेका छन् । दैनिक २० हजार रुपैयाँ पर्ने कोठासहितको रिसोर्टमा सांसदलाई राखेको भन्दै आलोचना भइरहेको छ ।

    माओवादी नेता तथा सांसद दीपक कोइरालाले भने सल्लाह गर्न र एकैपटक निर्णय गरेर जान सजिलो हुने भएकाले सांसदहरुलाई एक ठाउँमा राखिएको बताएका छन् । एमाले नेता तथा सांसद राजीव पहारीले भने आफ्नै सांसदप्रति भरोसा नहुनेहरुले संसदीय विकृतीका रुपमा रहेको सुरा सुन्दरी प्रकरण दोहोर्याएको आरोप लगाएका छन् ।

    यस्तो छ गणित

    ६० सदस्यीय गण्डकी प्रदेशसभामा सबैभन्दा ठूलो दल नेकपा एमालेको २७ सिट छ । दोस्रो दल नेपाली कांग्रेसको १५ र माओवादी केन्द्रको १२ सिट छ । त्यस्तै राष्ट्रिय जनमोर्चाको ३,जसपाको २ र एकजना स्वतन्त्र सांसद दिपक मनाङे छन् ।

    अविश्वास प्रस्ताव पारित हुनका लागि जनमोर्चाले साथ दिएपछि कांग्रेस माओवादीलाई पर्याप्त संख्या छ । ३१ भोट भए अविश्वास प्रस्ताव पारित हुन्छ । जबकि कांग्रेस, माओवादी, जसपा र राजमोसँग ३२ मत छ ।

    स्वतन्त्र दिपक मनाङे जता बहुमत पुग्छ उतै जाने पक्षमा देखिन्छन् । सबै विपक्षी एक भएको अवस्थामा गुरुङको सरकार ढल्ने निश्चित छ । तर विपक्षी दलहरु आफ्नै सांसदले फ्लोर क्रस गर्ने वा अनुपस्थित हुने डरले गर्दा सांसदलाई रिसोर्टमा राख्न बाध्य छन्

    यदि कुनै दुई सांसद अनुपस्थित भइदिएमा अविश्वास प्रस्ताव फेल हुन्छ र अर्को एक वर्ष अविश्वास प्रस्ताव ल्याउन पाइँदैन । जनमोर्चाभित्र बागलुङका नेता कार्यकर्ताले केन्द्रको निर्णयप्रति असहमति जनाइरहेका छन् ।

    जिल्लामा सधैं कांग्रेसविरुद्ध मत मागेर हिडेका र भोलि पनि एमालेसँग गठबन्धन गर्नुपर्ने भन्दै कार्यकर्ताले निर्णयलाई चुनौति दिइरहेका छन् । एमालेभित्र फ्लोर क्रसको सम्भावना भने कर्णालीमा जस्तो गण्डकीमा नहुन सक्छ ।

    गण्डकी प्रदेश सभामा २७ एमाले सांसदमध्ये माधव नेपाल पक्षका एकजना इन्द्रलाल सापकोटामात्र छन् । उनले विपक्षी गठबन्धनकै बहुमत रहेका अवस्थामा फ्लोर क्रस गरेर सांसद पद गुमाउनु छैन । यदि एक मतले सरकार ढल्ने वा जोगिने अवस्था आएमा माधव नेपाल पक्षको निर्णय अनुसार अघि बढ्ने बताइएको छ ।

  • कोरोना परीक्षण माग गर्दै एमाले सांसदले गरे गण्डकी प्रदेशसभा अवरुद्ध

    कोरोना परीक्षण माग गर्दै एमाले सांसदले गरे गण्डकी प्रदेशसभा अवरुद्ध

    पोखरा । सत्तारुढ दल नेकपा एमालेका सांसदहरूले पीसीआर परीक्षणको माग गर्दै गण्डकी प्रदेश सभाको जारी बैठक अवरुद्ध गरेका छन् ।

    कोरोनाको संक्रमण दर तीव्ररूपमा फैलिएकोले परीक्षणपछि मात्र बैठक सञ्चालन गर्ने व्यवस्था मिलाउन उनीहरूले आग्रह गरेका छ्न् । बैठक शुरू हुनासाथ सांसदहरू उठेर सदन अवरुद्ध गरेका छन् ।

    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा हिजोदेखि सदनमा छलफल चलिरहेको छ ।

    कार्यसूची सबैको सर्वसहमतिमा भएकाले बैठकमा सहभागी हुन अनुरोध गरेपनि एमाले सांसदहरूले इन्कार गरेपछि सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

    सांसद राजीव पहारीले भने ‘कोरोना भाइरसकिो दोस्रो चरण फैलिइरहेको छ । यो एकैचोटी ५०/६० जनामा सर्ने अवस्था छ । कास्कीले हिजोमात्रै निषेधाज्ञा जारी गरेको छ । गम्भीरतापूर्वक लिइयोस् ।’

  • सांसद दवाडीको टिप्पणी- मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव मनमोहनको सरकार हटाउने हर्कतजस्तै

    सांसद दवाडीको टिप्पणी- मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव मनमोहनको सरकार हटाउने हर्कतजस्तै

    पोखरा । गण्डकी प्रदेशसभाका नेकपा एमालेका सांसद धनञ्जय दवाडीले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावलाई तत्कालीन एमाले नेता मनमोहन अधिकारीको सरकार हटाउन गरिएको हर्कत जस्तै भएको टिप्पणी गरेका छन्।

    ‘हिजो मनमोहन अधिकारीको सत्तालाई जे हर्कत गरिएको थियो,’प्रदेशसभामा बैठकमा दवाडीले भने, ‘लोकप्रिय सरकारलाई अपदस्थ गर्ने गरी अविश्वासको प्रस्ताव पेस भएको छ। इतिहास दोहोरिएको छ ।’

    संघीय प्रधानमन्त्रीविरुद्ध रिस पोख्न गण्डकी प्रदेशका मुख्यमन्त्रीवरिुद्ध अविश्वास प्रस्ताव ल्याइएको आरोप पनि लगाए ।

    ‘केपी शर्मा ओलीले गरेको गतिविधिका आधारमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारलाई चुटेर न्याय पाइन्छ ?,’ उनको प्रश्न छ, ‘संघीयता बलियो हुन्छ ? गोलीको छर्रा निस्किन्छन् ?’

    मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेको अगुवाइमा दर्ता भएको अविश्वास प्रस्ताव सोमबार प्रदेश सभामा पेस भएको छ । प्रस्तावलाई माओवादी केन्द्र र जसपाले समर्थन गरेका छन् । यसलाई दवाडीले ‘उग्रपन्थी र दक्षिणपन्थी’ बीचको मिलाप भएको टिप्पणी गरे । उनले भने, ‘इतिहासले प्रमाणित गरेको छ, माननीय ज्यू उग्रपन्थी र दक्षिणपन्थीको मिलनको कुरा पुष्टी गरेको छ । अब एउटै मोर्चा हुन्छ ।’

    माओवादी केन्द्रप्रति लक्षित गर्दै उनले दवाडीले प्रश्न गरे, ‘चुनावमा सँगै लड्ने, प्रतिवद्धता एउटै गर्ने, कुरा क्रान्तिकारीका गर्ने अनि साँठगाथ चाहिँ दक्षिणपन्थीसँग गर्ने ?’

  • मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव सत्ताको लालच : एमाले सांसद मगर

    मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव सत्ताको लालच : एमाले सांसद मगर

    पोखरा । गण्डकी प्रदेशका एमाले सांसद रोशन गाहामगरले सत्ताको निम्ति लालची बनेर यति छिट्टै अविश्वासको कदम चाल्न आवश्यक नरहेको बताएका छन् ।

    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव पेसभएपछि प्रदेशसभामा बोल्दै सांसद मगरले जनताको उन्नति देख्न नसकेर प्रस्ताव दर्ज गरिएको दावी गरे ।

    मगरले आफूहरू जनताको मनबाट आएका जनप्रतिनिधि भएको भन्दै अविश्वास प्रस्तावले जनतालाई भ्रम पार्ने कम भइरहेको बताए ।

    ‘प्रतिगमनको नामबाट जनतालाई भ्रमित बनाउने खेलहरू भइरहेको छ । जनताको कामका निम्ति अग्रसर भएर उभिनुपर्ने जरुरी छ’, उनले भने ।

    अविश्वास प्रस्ताव जनताबाट नआई सत्ताको लालचबाट आएको मगरको भनाइ थियो ।

  • मनमोहनलाई सम्झदै मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेसको अविश्वास प्रस्ताव

    मनमोहनलाई सम्झदै मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेसको अविश्वास प्रस्ताव

    पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस भएको छ ।

    अविश्वास प्रस्तावका प्रस्तावक नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सदनमा प्रस्ताव टेबल गरेका हुन् । प्रस्ताव टेबल गर्ने क्रममा पोखरेलले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व. मनमोहन अधिकारीलाई स्मरण गरेका थिए ।

    ‘नेपालको लोकतान्त्रिक र वाम आन्दोलनका हस्ती, प्रथम निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज स्मृति दिवस हो । उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्दछु’, आफ्नो मन्तव्यको शुरूमै पोखरेलले भने ।

    संविधानको मान्यता जननिर्वाचित संसद र सरकार दुवै ५ वर्ष चल्नुपर्छ भन्ने भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रयास गरेर संवैधानिक मान्यता उल्लघंन गरेको आरोप लगाउँदै नेपालीले त्यसकै प्रतिक्रिया प्रदेश सरकारमा देखिएको बताए ।

    ‘संविधान उल्लघंन गर्ने संघीय सरकारको मतियार गण्डकी प्रदेश सरकार बन्यो । यो गण्डकीका जनताको भावना विपरीत छ । त्यसैले हामीले अविश्वास प्रस्ताव ल्याएका हौं’, उनले भने ।

    प्रस्तावित मुख्यमन्त्रीसमेत रहेका नेपालीले मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएपछि विश्वासको मत लिनुपर्नेमा अनावश्यक चलखेल गरेको आरोप लगाए ।

    ‘दल विभाजन हुँदा विश्वासको मत लिनुभएन । सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिदा पनि मुख्यमन्त्रीजी सत्तामा टाँस्सिन खोज्नुभयो । त्यसैले उहाँको विकल्प खोजेका छौं’, नेपालीले भने ।

    प्रदेशसभाको हिउँदे अधिवेशन हठात् रूपमा अन्त्य गरेर मुख्यमन्त्री गुरुङले अराजनीतिक कदम चालेको आरोपसमेत नेपालीले लगाए ।

    सरकारमा संसद र जनतालाई छल्ने प्रवृत्ति देखिएकोले अविश्वास प्रस्ताव ल्याउनुपरेको नेपालीको भनाइ थियो । सरकारले यो अवधिमा योजना घोषणा गर्ने तर काम गर्न नसक्ने अवस्था देखिएको नेपालीले बताए ।

  • अविश्वासको प्रस्ताव आज पेस हुँदै, जसपा फकाउँदै मुख्यमन्त्री

    अविश्वासको प्रस्ताव आज पेस हुँदै, जसपा फकाउँदै मुख्यमन्त्री

    पोखरा । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आजदेखि शुरू हुँदैछ । आजै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबल गर्ने तयारी छ ।

    मुख्यमन्त्रीविरुद्ध वैशाख २ गते अविश्वास प्रस्ताव दर्ता भएको थियो । अविश्वास प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी गरी २८ सांसदले हस्ताक्षर गरिसकेका छन् । ६० सदस्यीय प्रदेश सभामा सरकार ढाल्न ३१ मत आवश्यक पर्छ । हाल सरकारमा रहेको सत्तारुढ पार्टी नेकपा एमालेसँग २७ सिट छ ।

    गुरुङ नेतृत्वको सरकारको भविष्य भने अहिले जनमोर्चाका ३ सांसदको हातमा देखिन्छ । जनमोर्चा सरकारपट्टि ढल्कियो भने अविश्वास प्रस्ताव असफल हुने छ । तर, पार्टीका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गरेर सरकारलाई साथ नदिने बताइसकेका छन् ।

    शुरूदेखि नै जनमोर्चाले मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारलाई सघाउँदै आएको थियो । तर, जनमोर्चाले साथ छोड्ने देखिएपनि मुख्यमन्त्रीको पद धरापमा परेको हो । स्वतन्त्र चुनाव जितेका सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ ले मुख्यमन्त्री गुरुङलाई सघाउने बताउँदै आएका छन् । तर, उनको समर्थनेले मात्रै सरकार जोडिँदैन ।

    नयाँ गठबन्धनका लागि अहिले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ३ दल अन्तिम तयारीमा छन् । यसै विषयमा आइतबार तीनै दलबीच छलफल भएको थियो । तर, अन्तिम समयमा आएर जसपाले आफूलाई साथ दिने आशा मुख्यमन्त्री गुरुङले राखेका छन् । जसपाको गण्डकी प्रदेशसभामा २ सिट छ ।

    आइतबार बसेको कार्य व्यवस्थापरामर्श समितिको बैठकपछि नेकपा एमाले सांसद कृष्ण थापाले आफूहरु अविश्वासको प्रस्ताव सामना गर्न तयार रहेको प्रतिक्रिया दिएका थिए ।

    ‘हामीसँग अहिले २८ मत छ । १, २ मत यताउता हुने त हो । त्यसले फरक पार्दैन,’ उनले भनेका थिए ।

    प्रदेशसभामा अविश्वास प्रस्तावमा साथ दिने सत्तारुढइतरका सांसद ३१ जना छन् । उक्त संख्या तलमाथि नभएमा गुरुङ सरकार ढल्छ । अहिले जनमोर्चाभन्दा जनता समाजवादी पार्टीलाई फकाउने प्रयासमा छन् मुख्यमन्त्री । मुख्यमन्त्रीनिकट स्रोतका अनुसार जसपाले आफूहरूलाई सघाउनेमा उनी विश्वस्त देखिएका छन् ।

    यता, जनता समाजवादी पार्टीले नयाँ सरकार गठनका लागि विभिन्न मागहरू अघि सारेको छ ।

    कांग्रेस-माओवादी केन्द्रसँग लिखित सहमति गरेरमात्रै अघि बढ्ने उसको रणनीति छ । गुरुङ सरकारलाई साथ दिए पनि र नदिए पनि जसपा फाइदामा देखिन्छ ।

    जसपाले नयाँ सरकार गठनका लागि उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने, साना दललाई निरुत्साहित गर्ने गरी संविधानमा राखिएको ‘थ्रेस होल्ड’ हटाउने एजेन्डा बनाउनुपर्ने, मन्त्रालय बाँडफाँडबारे लिखित सहमति हुुनुपर्ने र राजनैतिक नियुक्तिमा पनि तत्काल सहमति हुनुपर्ने माग आन्तरिकरूपमा राखेको छ ।

    जसपाका सांसद हरिशरण आचार्य भने अब बन्ने सरकार कसरी ‘स्मुथली’ जान सक्छ भन्नेमा मात्रै आफूहरुको चासो रहेको बताउँछन् ।

    ‘हामीले माग राखेका होइनौं, त्यसलाई लिखितरुपमै अघि लैजानुपर्छ भनेका छौं,’ नेपाल प्रेससँग कुरा गर्दै उनले भने, ‘लिखित रुपमा सहमति भएन भने हामी सरकारमा नजाने भनेका छौं ।’

    नयाँ बन्ने सरकारमा नगएपनि अविश्वासको प्रस्तावलाई भने साथ दिने आचार्यको भनाइ छ ।

    ‘लिखित सहमति नभए नयाँ गठबन्धनको साथ छोड्ने संकेत हो त ?’ भन्ने प्रश्नमा उनले भने, ‘प्रतिगमनकोविरुद्ध सबैभन्दा पहिले हामी बालेका हौं । त्यो मिसन हाम्रो भएकाले पूरा गरिछाड्छौं ।’

  • अविश्वासको प्रस्ताव सामना गर्न तयार छौं : सांसद थापा

    अविश्वासको प्रस्ताव सामना गर्न तयार छौं : सांसद थापा

    पोखरा । गण्डकी प्रदेशका एमाले सांसद कृष्ण थापाले मुख्यमन्त्री पृथ्वीस्बुबा गुरुङविरुद्धको अविश्वासको प्रस्तावलाई सामना गर्न आफूहरू तयार रहेको बताएका छन् । सरकार चलाइरहेको जिम्मेवार पार्टी भएकाले सामना गर्न एमाले तयार रहेको उनले बताए ।

    ‘यत्रो सरकार चलाइराखेको जिम्मेवार पार्टी तयार नहुने कुरै भएन नि ! किन नहुने ?’ सांसद थापाले नेपाल प्रेससँग भने, ‘तै पनि के नै पो बिग्रेको छ र यहाँ ? २८ जना सांसद हामी छँदै छौं । १/२ जनाको कुरा हो । यहाँ धेरै ठूलो कुरा केही छैन नि !’

    सरकारपक्षीय सांसद भएकाले तयार नहुनुपर्ने अवस्था नै रहेको सुनाउँदै थापाले भने, ‘सरकार तयार नहुनुपर्ने भन्ने के छ र ? त्यो त सरकारसँगै सोध्नुस् । तर, म सरकारपक्षीय सभासद भएका हिसाबले, सत्तारुढ पार्टीको सभासद भएकाले हामी तयार नहुनुपर्ने भन्ने विषय नै छैन ।’

    सांसद थापाले आफैंले बनाएको संविधान र नियमावलीलाई पूरा पालना गर्ने बताए । ‘हामी आफैंले बनाएको संविधान, निययमावली त्यसलाई हामीले पूर्णरुपमा कार्यान्वयन गर्छौं । एकदम तयार छौं ।’

    मुख्यमन्त्री गुरुङको विकल्पमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता कृष्णचन्द्र नेपालीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरेर कांग्रेससहित माओवादी केन्द्र र जसपाले संयुक्त रूपमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।

  • मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव भोलि पेस हुने, १५ गते मतदान

    मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव भोलि पेस हुने, १५ गते मतदान

    पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सोमबारदेखि शुरू हुँदैछ । उक्त अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने भएको छ ।

    आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव टेबुल गर्ने निर्णय गरेको हो । पहिलो दिन नै अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यतालिका तय भएपछि बैठक केही दिन लम्बिने भएको छ ।

    ‘पहिलो दिन सबै दलका नेताहरुले आफ्नो कुरा राखिसकेपछि मुख्यमन्त्रीज्यूले जवाफ दिनुहुनेछ,’ जनमोर्चाका सांसद कृष्ण थापाले भने, ‘त्यसको भोलिपल्ट (१४ गते) पनि छलफल नै हुने र तेस्रो दिनमात्रै मतदान हुने कार्यसूची तय भएको छ ।’

    थापाका अनुसार अविश्वासको प्रस्तावउपर भने वैशाख १५ गते मतदान हुने भएको छ ।

    मुख्यमन्त्री गुरुङले अविश्वास प्रस्ताव दर्ताको अघिल्लो रात वैशाख १ गते संसद अधिवेशन अन्त्यको सिफारिस गरेका थिए । उनको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले सोही दिन मध्यरातमा संसद अन्त्य गरेका थिए ।

    चालु संसद अन्त्य भएपछि कांग्रेस, माओवादी र जसपासहितले विशेष अधिवेशन माग गरेका थिए । सोही मागबमोजिम प्रदेश प्रमुखले वैशाख १३ गते दिनको २ बजेबाट सुरु हुने गरी विशेष अधिवेशन डाकेका हुन् ।

    मुख्यमन्त्री गुरुङको विकल्पमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता कृष्णचन्द्र नेपालीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरेर कांग्रेससहित माओवादी केन्द्र र जसपाले संयुक्त रुपमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।

    अविश्वास प्रस्तावमा २८ जना सांसदको हस्ताक्षर छ । राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको छैन, तर मतदानमा सघाउने बताउँदै आएको छ ।

    ६० सदस्यीय प्रदेश सभामा बहुमत पुर्‍याउन ३१ मत ल्याउनुपर्ने हुन्छ । २७ सदस्यीय एमालेलाई जनमोर्चाले साथ छोडेपछि मुख्यमन्त्री गुरुङ अलपमतमा परेका हुन् । ‘फ्लोर क्रस’ नभएको खण्डमा अविश्वासको प्रस्ताव पारित भए उनको पद स्वतः जानेछ ।

  • गण्डकी प्रदेशमा विशेष अधिवेशन माग, मुख्यमन्त्री कति दिन सुरक्षित ?

    गण्डकी प्रदेशमा विशेष अधिवेशन माग, मुख्यमन्त्री कति दिन सुरक्षित ?

    काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ राजनीतिक संकटमा परेका छन् ।

    संकट पर धेकेल्न गुरुङले बुधबार नै प्रदेशसभाको विधान अधिवेशन स्थगित गरेको भएपनि विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउन समावेदन गरेका छन् । जसबाट राजनीतिक र संवैधानिक दृष्टिले गुरुङको असहजता बढेको छ ।

    नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संयुक्तरुपमा संविधानको धारा १८३ को उपधारा ३ बमोजिम विशेष अधिवेशन माग गरेका छन् ।

    प्रदेशसभाको अधिवेशन तत्काल आह्वान नहुने अवस्थामा गुरुङले बुहमतसिद्ध गर्न बढी समय पाउने थिए । यद्यपि चार दलले अविश्वासको प्रस्ताव दर्तामात्रै नगरी विशेष अधिवेशनसमेत माग गरेकोले संकट टर्ने अवस्था बन्न नसक्ने देखिएको हो ।

    गण्डकी प्रदेशमा प्रदेश प्रमुख रहेका अमिक शेरचन पूर्वमाओवादी नेता हुन् । बिहीबार नै प्रदेश अधिवेशनका लागि समावेदन दर्ता भएकोले शेरचनले तत्कालै अधिवेशन आह्वान गर्ने सम्भावना बढी छ ।

    यस्तो छ संवैधानिक प्रावधान :-

    नेपालको संविधानको धारा १८३ मा प्रदेशसभा अधिवेशनबारे व्यवस्था छ । सो धाराको उपधारा ३ मा ‘प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन चालु नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाई सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्नेछ । त्यसरी तोकिएको मिति र समयमा प्रदेशसभाको अधिवेशन प्रारम्भ हुने वा बैठक बस्नेछ’ भनी उल्लेख गरिएको छ । संविधानमा विशेष अधिवेशन कतिदिन भित्रमा आव्हान गर्नुपर्ने भनी प्रष्ट नभएपनि सामान्यता समावेदन दर्ता भएको २१ दिनभित्र अधिवेशन आव्हान गर्ने प्रचलन रहेको छ ।

    मुख्यमन्त्री गुरुङले अब आव्हान हुने विशेष अधिवेशनमै अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने हुन्छ । एमालेका २७ सांसदको समर्थन रहेकाले अविश्वास प्रस्ताव असफल पार्न गुरुङले थप ४ जना सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ ।

  • गण्डकी प्रदेश : विशेष अधिवेशन मागको एजेण्डासहित प्रतिपक्ष दलहरू छलफलमा

    गण्डकी प्रदेश : विशेष अधिवेशन मागको एजेण्डासहित प्रतिपक्ष दलहरू छलफलमा

    काठमाडौं । गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएपछि प्रतिपक्ष दलहरूले विशेष अधिवेशन माग गर्न गृहकार्य थालेका छन् ।

    नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाको संयुक्त बैठकमा विशेष अधिवेशन आव्हान गरेरै भए पनि अविश्वास प्रस्ताव दर्ता गर्ने विषयमा छलफल भइरहेको छ । सँगै नयाँ सत्ता समीकरणमा समेत नेताहरूले छलफल तीब्र बनाएका छन् ।

    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध कांग्रेस र माओवादीले अविश्वास प्रस्ताव दर्ता गर्न लागिरहेका बेला प्रदेश सरकारको सिफारिसमा बुधबार मध्यरातिबाट अधिवेशन अन्त्य भएपछि चार दल छलफलमा जुटेका हुन् ।

    कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री प्रस्ताव गरी दर्ता गर्न लागिएको प्रस्तावमा जनमोर्चाले पनि साथ दिने भनेको छ ।

    तीन सिट रहेको जनमोर्चाले अविश्वास प्रस्तावमा साथ दिएमा एमालेको सरकार ढल्नेछ ।

  • गण्डकी र लुम्बिनीमा कांग्रेस-माओवादी संयुक्त सरकार गठनको पहल तीव्र

    गण्डकी र लुम्बिनीमा कांग्रेस-माओवादी संयुक्त सरकार गठनको पहल तीव्र

    काठमाडौं । संघमा नयाँ सरकार गठनका लागि ठोस परिस्थिति नबने पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सम्भव भएसम्मका प्रदेशमा संयुक्त सरकार गठन गर्ने सहमति बनेको छ ।

    सहमति अनुसार पहिलो चरणमा गण्डकी प्रदेश सरकारविरुद्ध संयुक्त अविश्वास प्रस्ताव दर्ताको तयारी थालिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध विहीबार नै अविश्वास प्रस्ताव दर्ता हुनसक्ने कांग्रेस एक प्रदेश सांसदले जानकारी दिए ।

    नयाँ मुख्यमन्त्रीका रुपमा कांग्रेसले कृष्णचन्द्र नेपाली पोखरेललाई अघि सार्ने भएको छ । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य समेत रहेका पोखरेल नवलपरासी पूर्व १ (क) बाट प्रत्यक्ष निर्वाचित भएका हुन् । हाल उनी गण्डकी प्रदेशसभामा मुख्य विपक्षी दलको नेताका रुपमा रहेका छन् ।

    गण्डकी प्रदेशमा कांग्रेस र लुम्बिनी प्रदेशमा माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउने सहमति दुवै पार्टीको शीर्ष तहमा बनिसकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ महाराजगञ्जमा भएको भेटवार्तामै प्रदेशहरुमा संयुक्त सरकार बनाउन अग्रसरता लिने सहमति बनेको बताइन्छ ।

    गण्डकी प्रदेशसभामा रहेका ६० मध्ये मुख्यमन्त्री गुरुङलाई नेकपा एमालेका २७ र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन रहेको छ । ३ जना सांसद रहेको राष्ट्रिय जनमोर्चाले बुधबार समर्थन फिर्ताको घोषणा गरेपछि गण्डकी प्रदेश सरकार अल्पमतमा परिसकेको छ ।

    यसैबीच लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउन समेत कांग्रेस र माओवादीले गृहकार्य थालेका छन् । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका ४१, माओवादीका २०, कांग्रेसका १९, जसपाका ६ र जनमोर्चाका १ जना सांसद छन् ।

    कांग्रेस र माओवादीले जसपासमेतको साथ लिन सकेको अवस्थामा सभामा बहुमत पुग्नेछ । कांग्रेस र माओवादीबीच लुम्बिनीमा माओवादी सांसद कुलप्रसाद केसीको नेतृत्वमा सरकार बनाउने भद्र सहमति भइसकेको छ ।

  • गण्डकीमा जनमोर्चा संसदीय दलका नेता भन्छन्ः पीएसलाई समर्थन कायम छ

    गण्डकीमा जनमोर्चा संसदीय दलका नेता भन्छन्ः पीएसलाई समर्थन कायम छ

    पोखरा । नेकपा माओवादीले गण्डकी प्रदेश सरकारबाट आफ्ना २ मन्त्री फिर्ता बोलाउँदै सरकारबाट बाहिरिएको छ । १२ सदस्यीय सांसद रहेको माओवादी केन्द्र सरकारबाट बाहिरिए पनि समर्थन भने फिर्ता लिएको छैन ।

    माओवादीले समर्थन फिर्ता लियो भने पनि आफूसँग जनमोर्चाको साथ रहेको बताउँदै मुख्यमन्त्री गुरुङले सुरक्षित महसुस गरेका थिए । तर, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले ‘अब सरकारलाई साथ दिन नसकिने र विकल्पलाई साथ दिने’ अभिव्यक्ति दिएपछि भने अहिले सत्ता राजनीति ‘नयाँ मोड’मा पुगेको छ ।

    यता सत्ताको साँचो हातमा बोकेको जनमोर्चा आफैं स्पष्ट हुन सकेको छैन । पार्टीकी सांसद पियारी थापा नयाँ सरकारका लागि पेश हुने अविश्वासको प्रस्तावलाई साथ दिने बताइरहेकी छिन् । तर, जनमोर्चाका संसदीय दलका नेता सांसद कृष्ण थापा भने आफू मुख्यमन्त्रीकै पक्षमा रहेको बताउँछन् । अन्य पार्टीलाई साथ दिएर सत्ता समीकरणमा नजाने उनको भनाइ छ । नेपाल प्रेससँग कुरा गर्दै सांसद थापाले भने, ‘हाम्रो नयाँ कुरा छैन । अहिलेको सरकारलाई नै समर्थन कायम छ ।’ थापासँगको संक्षिप्त कुराकानीः

    प्रदेशबाट माओवादीले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएपछि अहिले प्रदेश सरकारमा नयाँ सत्ता समीकरण सुरु भएको छ । तपाईंहरुको निर्णय नै अन्तिम हुने देखियो । जनमोर्चाको खास रणनीति के हुन्छ अब ?

    ए..माओवादीले समर्थन फिर्ता लिइसक्यो र ?

    अहिलेसम्म त छैन । तर, अरु दलसँग साझेदारी सुरु भइसक्यो नि ?

    हाम्रो नयाँ कुरा केही छैन ।

    भनेपछि अहिलेकै सरकारलाई समर्थन कायम छ भन्न खोज्नु भएको हो ?

    अहिलेसम्म अहिलेको सरकारलाई हाम्रो समर्थन कायम नै छ । अब नयाँ कुरो भनेको अहिले सरकारमा जाने कुरा छैन । अब नयाँ परिस्थिति प्रदेश सभामा देखियो भने एक सेकेन्डमा निर्णय गरिन्छ ।

    भनेपछि अन्तिम अवस्था मात्रै निर्णय गर्ने तपाईंको रणनीति हो ?

    हो ।

    पार्टी अध्यक्ष चित्रबहादुर केसीले यो सरकारलाई साथ दिन सकिँदैन, विकल्प खोज्ने भनिसक्नुभयो नि ?

    समर्थन गर्न सकिँदैन र फिर्ता लिइहाल्छौं भन्ने कुरा त फरक होला नि !

    प्रदेशमा पनि तपाईंकै सांसदहरुले अविश्वासको प्रस्तावमा साथ दिन्छौं, हस्ताक्षर गर्छौं भन्नुभयो । खास पार्टीको कुरो चाहिँ के हो ?

    कहाँ गर्ने रे हस्ताक्षर ? अविश्वास प्रस्ताव दर्ता गर्नका लागि १५ जना भए पुग्छ भन्ने उहाँलाई थाहा छैन रे ? तर, अविश्वासको प्रस्तावमा साथ दिने भन्ने कुरा मलाई थाहा छैन ।

  • गण्डकीमा सत्ताको खेलकुद: जनमोर्चाको निर्णय पर्खिने कांग्रेसको निर्णय

    गण्डकीमा सत्ताको खेलकुद: जनमोर्चाको निर्णय पर्खिने कांग्रेसको निर्णय

    पोखरा । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार परिवर्तनका लागि अहिले सत्ताइतरका पार्टीको दौडधुप तीव्र छ । कुनै पनि दल एक्लैले नेकपा एमाले नेतृत्वको सरकारको विकल्पमा उभिन नसक्ने अवस्थापछि नयाँ समिकरणको खेल आरम्भ भएको हो ।

    संसदमा तीन सिट रहेको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने संकेत गरेपछि नयाँ समिकरणको ढोका उघ्रिएको थियो । तर, केन्द्रमा जस्तै यहाँ पनि दल एकअर्काको मुख ताक्न थालेका छन् ।

    सोमबार बसेको नेपाली कांग्रेसको संसदीय दल बैठकले जनमोर्चाको स्पष्ट निर्णय पर्खिने निर्णय गरेको छ । नेपाली कांग्रेसका सांसद तथा नयाँ सरकार गठन गर्न अन्य सत्ताइतर दलसँग वार्ता गर्न गठित समिति संयोजक कुमार खड्काले जनमोर्चाको स्पष्ट निर्णय पर्खिने बैठकले निष्कर्ष निकालेको जानकारी दिए ।

    ‘प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने ४ वटै दल र स्वतन्त्र माननीय ज्युसँग पनि छलफल गर्यौं । सबैबाट सकारात्मक कुरा आएको छ,’ सांसद खड्काले भने, ‘तर राष्ट्रिय जनमोर्चाको आधिकारिक निर्णय आइसकेपछि मात्रै प्रदेश सभामा कुरा लैजानेगरी निर्णय पर्खेर बसेका छौं ।’

    सांसद खड्काले जनमोर्चाले २-३ दिनमै आफ्नो आधिकारिक निर्णय दिने संकेत आफूहरुले पाइसकेको दाबी गरे । जनमोर्चाले निर्णय दिइसकेपछि सरकारको विकल्पमा अगाडि बढ्ने उनले सुनाए ।

    ‘सकेसम्म भोलि नै नभए बैशाखको पहिलो साताभित्रमा यो सरकारको विकल्पमा अगाडि जाने संसदीय दलमा जानकारी गरायौं,’ उनले भने, ‘आगामी दिनमा वार्ता समितिले फेरि यही विषयलाई अगाडि बढाएर निक्र्यौलमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्यौं ।’

    ६० सिट रहेको गण्डकीमा सत्तारुढ दल नेकपा एमालेको २७ सिट छ । एमालेको समर्थनमा स्वतन्त्र चुनाव जितेका राजीव गुरुङ ‘दीपक मनाङे’ को साथ पाउँदा एमालेसँग कुल २८ सिट हुन आउँछ । बहुमत जुटाउन थप दुई सिट चाहिन्छ ।

    तत्कालीन नेकपा सरकारलाई सुरुआती समयदेखि नै ३ सिट रहेको राष्ट्रिय जनमोर्चाले समर्थन गर्दै आइरहेको थियो । जनमोर्चाले साथ दिने आश्वासनमा मुख्यमन्त्री पद सुरक्षित हुनेमा मुख्यमन्त्री ढुक्कै थिए । तर, जनमोर्चा अध्यक्ष केसीले सार्वजनिक रुपमै अब सत्तारुढ दललाई समर्थन गर्न नसकिने र अविश्वास प्रस्ताव आए साथ दिने अभिव्यक्ति दिएपछि उनको चिन्ता सुरु भएको छ ।

    सत्ताइत्तरका ३ दल आ–आफ्नो नेतृत्वमा सरकार चलाउने ध्याउन्नमा छन् । मुख्यतः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्रले सरकारको नेतृत्वमा दावी गरेका छन् । तर, उनीहरु निर्णयमा उनीहरु पुग्न सकेका छैनन् । आफूहरुले अविश्वासको प्रस्ताव नलैजाने तर, लगिएमा समर्थन जनाउने धारणा दिँदै आएको जनमोर्चाको ‘आधिकारिक प्रतिवद्धता’ को पर्खाइमा नेपाली कांग्रेस छ ।

    गुरुङ नेतृत्वको सरकारको विकल्पमा अन्य कुनै पनि दलको स्वतन्त्र अस्तित्व नभएकाले पार्टीका केन्द्रीय निर्देशनमा चल्नुपर्ने बाध्यता रहेको खड्काको भनाइ छ । ‘हामीले के चाहन्छौं, के निर्णय गर्छौं भन्ने महत्वपूर्ण होइन, हाम्रो केन्द्रले के निर्णय गर्छ र के निर्देशन दिन्छ भन्ने महत्वपूर्ण हो,’ उनले भने ।

    केन्द्रको निर्देशनविपरीत जनमोर्चा पनि नजाने खड्काको विश्वास छ । ‘आदरणीय चित्रबहादुर केसीजीले बोल्नुभएभन्दा फरक निर्णय हुन्छ जस्तो लाग्दैन, अक्षरश पालना हुन्छ भन्नेमा विश्वस्त छौं,’ उनले भने, ‘यसबारे हामी जनमोर्चाका साथीसँग छलफल पनि गरिरहेका छौं । उहाँहरुले पनि लिखित निर्देशन आएपछि एउटा निर्णयमा पुग्छौं केही दिन पर्खिनुस् भन्नुभाछ ।’

    विश्वासको मत कि अविश्वास प्रस्ताव ?

    गुरुङ नेतृत्वको सरकारबाट माओवादी केन्द्रले आफ्ना दुई जना मन्त्रीलाई फिर्ता बोलाइसकेको छ । मन्त्री फिर्ता बोलाए पनि अहिलेसम्म समर्थन भने फिर्ता लिएको छैन् ।

    दुई फरक दल मिलेर बनेको सरकारबाट फिर्ता भएपछि कानुनी रुपमै मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ भन्ने नेपाली कांग्रेसको अडान छ । तर, कांग्रेस आफैंले भने अविश्वासको प्रस्ताव लैजान सकेको छैन् ।

    नेपाली कांग्रेसको संसदीय दल बैठकले जनमोर्चाको निर्णय आइसकेपछि ३ दलको मोर्चामा ४ दल हुने र त्यसपछि मात्रै मुख्यमन्त्रीलाई विश्वासको मत लिन लगाउने वा उनीविरुद्ध अविश्वासको प्रस्ताप अघि बढाउने निर्णय भएको सांसद खड्काले जानकारी दिए । ‘त्यो पछि ४ दलको मोर्चाले संयुक्त रुपमा बैठक बसेर निर्णय गर्छ हाेला,’ उनले भने ।

  • गण्डकी प्रदेश: विकासमन्त्री बस्नेतलाई कानुन मन्त्रालयको पनि जिम्मेवारी, कृषि मन्त्रालय मुख्यमन्त्रीले नै राखे

    गण्डकी प्रदेश: विकासमन्त्री बस्नेतलाई कानुन मन्त्रालयको पनि जिम्मेवारी, कृषि मन्त्रालय मुख्यमन्त्रीले नै राखे

    पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ भने भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा जिम्मेवारी मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नै लिएका छन् ।

    बुधबार माओवादी केन्द्रका हरिबहादुर चुमानले आन्तरिक मामिला तथा कानुन मन्त्री र लेखबहादुर थापामगरले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट राजीनामा दिएका थिए । उनीहरुले राजीनामा दिएपछि पद रिक्त रहेको थियो ।

    माओवादी केन्द्रले आफ्ना २ मन्त्री फिर्ता बोलाए पनि समर्थन फिर्ता लिएको छैन ।

    मन्त्री बस्नेतले आजै पदभार ग्रहण गरेका छन् । उनी नेकपा एमालेबाट गोरखा निर्वाचन क्षेत्र १ (ख)बाट निर्वाचित भएका हुन् ।

  • राजीनामा घोषणा गर्दै माओवादी मन्त्रीले भने : बडो बिडम्बना भयो

    राजीनामा घोषणा गर्दै माओवादी मन्त्रीले भने : बडो बिडम्बना भयो

    काठमाडौं । गण्डकी प्रदेशका माओवादी संसदीय दलका नेता तथा आन्तरिक मामला मन्त्री हरिबहादुर चुमान आज प्रदेश सभा बैठकमा भावुक मुद्रामा प्रस्तुत भए । बैठकमा भाग लिन आउनुअघि उनले मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाएका थिए ।

    सरकारबाट पछि हट्ने निर्णय उनकै नेतृत्वमा रहेको माओवादी संसदीय दलले आज बिहान गरेको थियो । त्यसलगत्तै चुमान र भूमि व्यवस्था तथा कृषि मन्त्री लेखबहादुर मगरले मुख्यमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।

    प्रदेशसभामा बोल्दै चुमानले अहिलेको राजनीतिक परिस्थितिलाई बिडम्बना पूर्ण बताए । सरकारमै बसेर सरकारको विरोध गरिरहनुपर्दा आफूहरुलाई अप्ठेरो परेको उनको भनाइ थियो ।

    ‘जब पार्टीभित्र संघर्ष पैदा भयो, हामीले गलत गतिविधिलाई स्वीकार्न सक्ने कुरा भएन । पार्टी अलग भएपछि तलसम्म विभिन्न प्रभाव पर्दै गए । फरकपनहरु देखिँदै जाने स्थिति देखियो । त्यस अवस्थामा सरकारमा बसेरभन्दा सरकार बाहिर रहेर प्रतिवाद गर्न र औंलो ठड्याउनु जरुरी छ भन्ने बुझाइ बन्दै गयो । र, यो जटिल राजनीतिक परिस्थितिमा नमिठो निर्णय लिनुपर्ने भयो,’ चुमानले राजीनामा औचित्य पुष्टि गर्न खोज्दै भने ।

    उनले थपे, ‘माथि जे-जस्ता घटनाहरु हुन्छन्, त्यसको प्रभाव सिधै प्रदेशमा परेको छ । त्यसैले सरकारमा बस्न नैतिकताले पनि दिएन ।’

    आफ्नो कार्यकालमा थुप्रै उपलब्धी हासिल भएको उनले बताए । आन्तरिक मामला मन्त्री भएका नाताले कानून निर्माणमा मिहिनेत गरेको उल्लेख गर्दै चुमानले केन्द्र सरकारले भने प्रदेशलाई मजबुत बनाउन नचाहेको आरोप लगाए ।

    ‘प्रधानमन्त्रीज्यूले नै संघीयताको मर्मलाई बोध गर्नुभएको छैन,’ उनले भने, ‘प्रदेशलाई कमजोर बनाउँदै जाने उहाँको सोच देखिन्छ ।’

    नेकपा फुटाउने गरी सर्वोच्च अदालतले गरेको फैसलाले अहिलेको परिस्थिति निम्तिएको उनको बुझाइ थियो ।

    चु्मानले भने, ‘अनौठो भयो देशमा । पार्टीहरु पार्टी निर्माण गर्छन् । एकता गर्छन् । रुपान्तरणका योजना बनाउँछन् । तर, अदालत सबै बदर गर्छ । यस्तो बिडम्बनाको थिति व्यहोर्नुपर्यो । हामी चाहन्थ्यौं, पार्टी अझै एकीकृत बनोस । त्यसलाई तोडफोड गर्ने परिस्थिति व्यहोर्नुपर्यो ।’

    उनले थपे, ‘पार्टी भित्रको बहस पार्टीभित्रै टुंग्याउने हो । नत्र जनतामा जाने हो । तर, भइदियो के भने पार्टीभित्रको विवादलाई लिएर संसदमाथि प्रहार गर्ने र देशलाई अस्थिरतातर्फ लैजाने काम भयो । हामीले त्यसको विरोध गर्दै आयौं । यति मात्रै होइन, यसले त जुन उपलब्धी भनेको थियो सबै भत्कियो । दल पनि अलग हुन पुग्यो । त्यसले गर्दा बिडम्बनापूर्ण अवस्था उत्पन्न भएको छ ।’

    आफू करिब साढे दुई वर्षपछि पुरानै भूमिकामा फर्किको चुमानले बताए ।

  • माधव पक्षलाई पीएस गुरुङको प्रश्न– सूर्य र एमाले आइसक्यो, अब भागेर कहाँ जाने ?

    माधव पक्षलाई पीएस गुरुङको प्रश्न– सूर्य र एमाले आइसक्यो, अब भागेर कहाँ जाने ?

    पोखरा । पार्टी हितविपरित गतिविधि गरेको र सोधेको स्पष्टीकरणसमेत उचित नदिएको भन्दै नेकपा एमालेबाट वरिष्ठ नेता माधवकुमार नेपाल, उपमहासचिव घनश्याम भुसालसहित ४ जना नेता कारबाहीमा परिसकेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टी सदस्यसमेत नरहने गरी ६ महिनाका लागि निलम्बन गरेका छन् ।

    पार्टीबाटै कारबाहीमा परेपछि नेपाल पक्षले शनिबारमात्रै देशव्यापी संगठन निर्माण गर्ने अभियान घोषणा गरेको छ । २ महिनामा वडातहसम्मै आफू पक्षीय कमिटी गठन गर्ने घोषणापत्रमा उल्लेख छ ।

    त्यसअघि बिहीबारमात्रै गण्डकी प्रदेशमा नेपाल पक्षले प्रदेशस्तरीय समानान्तर कमिटी गठन गरेको थियो । नेता नेपाल र सुरेन्द्र पाण्डेको उपस्थितिमा भएको अगुवा कार्यकर्ता भेलाले ७५ सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरेको थियो । जसको अध्यक्षमा धनराज आचार्य र सचिवमा होमबहादुर नेपाली चुनिएका थिए । सोही दिनको भेलाले प्रदेशस्तरीय समानान्तर कमिटी बनायो । जसको नेतृत्व सुरेन्द्र पाण्डेले गर्नेछन् । सोही भेलाले गण्डकीको १० जिल्लामा आफू पक्षीय नेतृत्वमा जिम्मेवारी पनि बाँडफाँड गरेको थियो ।

    केन्द्रमा समानान्तर गतिबिधि गर्ने माधव नेपाल लगायतकालाई नेताहरुलाई अध्यक्ष केपी शर्मा ओलीले कारबाही प्रक्रिया अघि बढाइरहेका छन् । तर, कारवाही पछि पहिलो प्रदेशस्तरीय समानान्तर कमिटी गठन गण्डकीमै गरेका नेपाल पक्षलाई भने आफू कारबाही नगर्ने मुडमा मुख्यमन्त्री तथा पार्टी इन्चार्ज पृथ्वीसुब्बा गुरुङ छन् । ‘यो पार्टीका लागि अत्यन्तै हानिकारक काम हो । पार्टीको विधिविधानले पार्टीविरुद्ध अर्को पार्टी गठन गर्दै हिँड् भन्छ र ?’ नेकपा एमाले गण्डकी इन्चार्ज तथा मुख्यमन्त्री गुरुङले नेपाल प्रेससँग भने, ‘… कारबाही गर्दिनँ । पार्टीमै समेटेर टिम निर्माण गर्छु । सँगै लिएर जान्छु ।’

    नेपाल समूहमा लागेर केही नहुने र बरु कार्यकर्ताको विचल्लीमात्रै हुने भएकाले संस्थापन पक्षमै आउन गुरुङले आग्रहसमेत गरे । ‘सबै साथीहरुलाई, बसिहाल्नु भएको छ भने छाडेर आउनुप¥यो भन्छु । हाम्रोमा कुनै प्रकारको भेदभाव, अन्याय, अत्याचार गरिँदैन । योग्यताअनुसारको काम दिन्छौं,’ उनले भने । यहि परिप्रेक्षमा एमाले गण्डकी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री गुरुङसँग गरिएको कुराकानी नेपाल टकमा ।

    तुलनात्मक रुपमा हेर्दा गण्डकी प्रदेश तपाईंहरुको राम्रो प्रभाव छ । यही प्रदेशमा आएर नेपाल पक्षले प्रदेशस्तरीय समानान्तर कमिटी नै बनायो । यसलाई कसरी हेर्नु भएको छ ?

    समानान्तर कमिटी गठन गर्दै हिँड्ने पार्टीका लागि यो अत्यन्त गलत र हानिकारक काम हो । किनकी पार्टीका विधि, विधानले पार्टीकै विरुद्ध अर्को पार्टी गठन गर्दै हिँड्, त्यस्तो भन्छ र ?

    उहाँले यो काम कसको इशारामा गर्नुभाछ ? किन गर्नुभाछ ? कमिटीको बैठक बोलाउँदा नआउने, अर्को मिटिङ गर्दै बस्ने, समानान्तर कमिटी गठन गर्दै बस्ने ? यसले नेपाल कम्युनिस्ट पार्टी एमालेलाई नै कमजोर बनाउने काम गर्छ । यसले धेरै कार्यकर्ताको विचल्ली पनि बनाउनुहुन्छ उहाँहरुले ।

    गण्डकीबाट प्रदेशस्तरीय कमिटी गठन सुरु गर्नु भएको छ । कारबाही प्रक्रिया केही हुन्छ ?

    म त अहिले कारबाही गर्दिनँ । मलाई के विश्वास छ भने उहाँहरुको समानान्तर कमिटीमा बसेर पनि कसलाई के हुने हो र ? त्यसकारण सबै साथीहरुलाई, बसिहाल्नु भएको छ भने छाडेर आउनुपर्‍यो भन्छु । हाम्रोमा कुनै प्रकारको भेदभाव, अन्याय, अत्याचार गरिँदैन । योग्यताअनुसारको काम दिन्छौं ।

    हामीले हिजै निर्णय गरेका छौं । पार्टी एकता हुनेबेलामा एमालेको जुन कमिटी थियो, त्यही कमिटी पुनस्र्थापित गर्छाैं, काम अघि बढाउँछौं भनेका थियौं । यसबीचमा विभिन्न पार्टीबाट आएका व्यक्तिहरुलाई पनि थप्नु छ, थप्छौं । तर, मुख्य आधार भनेको पहिलेकै प्रदेश कमिटी, जिल्ला कमिटी, नगर, गाउँ कमिटीहरु त्यही अनुसार नै हुन्छन् ।

    सम्भवतः अध्यक्ष र सचिवहरु पहिले जो थिए, तिनैलाई पुनस्र्थापित गर्छौं । अब हामी बस्दैबस्दैनौं भन्नेलाई त के भनौं र ? मिटिङ राख्न भन्छौं । त्यसमा पनि पहिलो पटक आएन, दोस्रो पटक आएन, तेस्रो पटक भने विधानतः पदबाट हटाउने हो । तर, पार्टीबाटै हटाउँदैनौं ।

    भनेपछि आफूइतर गतिविधि गर्नेलाई तपाईं कारबाहीको मुडमा हुनुहुन्न ?

    होइन म त कारबाही गर्दिनँ । कारबाही गर्ला र भागौंला भन्ने सोच राख्नु भएको होला ! म साथीहरुलाई भागेर जाने स्थिति नै बनाउँदिन नि । पार्टीमै समेटेर टिम निर्माण गर्छु । सँगै लिएर जान्छौं । अरु प्रदेशमा के भएको छ म जान्दिनँ । मेरो प्रदेशमा पार्टीलाई नोक्सान नहोस् भनेर, आन्दोलनलाई नोक्सान नहोस् भनेर अघि बढ्छु ।

    साथीहरुले खोजेकै सूर्य चिन्ह थियो, नेकपा एमाले थियो । अहिले दुवै चिज प्राप्त भइसकेको छ । व्यक्ति, व्यक्तिबीचको लडाइँ छोड्नुपर्छ । यो हाम्रो आन्दोलनका लागि हुँदैन । त्यो परिवर्तनका लागि हुँदैन, व्यक्तिका लागि हुन्छ ।

    व्यक्तिका लागि त हामीले हिजो पञ्चायतमा लडिसक्यौं नि ! आज आएर किन गर्नुपर्‍यो र ? सबैले पार्टीको पक्षमा, क्रान्तिको पक्षमा, परिवर्तनको पक्षमा लाग्नुपर्छ । नेपाल र नेपाली जनतको पक्षमा लाग्नुपर्छ भन्ने म ठान्छु ।

  • एमाले गण्डकी प्रदेश अध्यक्ष बने जगत विश्वकर्मा

    एमाले गण्डकी प्रदेश अध्यक्ष बने जगत विश्वकर्मा

    पोखरा । नेकपा एमालेको गण्डकी प्रदेश कमिटी अध्यक्षमा जगतबहादुर विश्वकर्मा चयन भएका छन् । पूर्व युवा तथा खेलकुदमन्त्री विश्वकर्मा कास्कीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । विश्वकर्मा अध्यक्षमा चयन भएसँगै अब एमालेका सातै प्रदेश अध्यक्षको टुंगो लागेको छ ।

    अध्यक्ष विश्वकर्माले मंगलबार पदभार ग्रहण गरेका छन् । प्रदेश कार्यालय नयाँबजारमा भएको कार्यक्रममा विश्वकर्मालाई पार्टी सचिव गोविन्द नेपालीले पदभार ग्रहण गराएका हुन् ।

    पदभार ग्रहणपछि प्रदेश अध्यक्ष विश्वकर्माले नेपाली कम्युनिष्‍ट आन्दोलन चुनौतीको मोडमा आएकाले त्यसलाई सुदृढ गर्दै अगाडि बढाउन जरुरी रहेको बताए । उनले पार्टी कार्यकर्तालाई पनि त्यही अनुसार अघि बढ्न सुझाए । ‘नेकपा एमालेलाई एकताबद्धरूपमा अघि लैजान जरुरी छ’, उनले भने ।

  • क्यानभासमा बाल मनोविज्ञान प्रतियोगितामा सुनार प्रथम

    क्यानभासमा बाल मनोविज्ञान प्रतियोगितामा सुनार प्रथम

    पोखरा । ‘क्यानभााषमा बाल मनोविज्ञान’ विषयक गण्डकी प्रदेशको पोखरामा भएको विद्यालयस्तरीय चित्र प्रतियोगितामा युकेश सुनार प्रथम भएका छन् । इन्द्रेणी थिएटर पोखरा र लायन्स क्लबको संयुक्त आयोजनामा शनिबार भएको दुइ चरण प्रतियोगितामा कुमदिनी होम्स माध्यामिक विद्यालयका सुनार प्रथम भएका हुन् ।

    प्रतियोगितामा हिल प्वाइन्ट माविका सपना नेपाली द्वितीय, कास्की मोर्डनाइज्ड एकेडेमीका जेसिका तिलिजा पुन तृतीय र गण्डकी बोर्डिङ स्कुलका स्वरुप माकाजुले सान्त्वना स्थान लिए । उनीहरुले क्रमशः नौ हजार, छ हजार, तीन हजार र एक हजार रुपैयाँ प्राप्त गरेका छन् ।

    पहिलो चरणमा एक सय ९७ जना कलाकारले सहभागिता जनाएका थिए । उनीहरुबाट उत्कृष्ट १२ प्रतियोगीलाई दोस्रो चरणका लागि छनोट गरिएको थियो । छनोटमा परेका प्रतियोगीलाई कार्यक्रमस्थल मै चित्र बनाएका थिए । तत्स्थानमा चित्र कोरिरहँदा नै त्यसको मुल्यांकन गरी उत्कृष्ट छनोट गरिएको आयोजकले जनाएको छ । विजेताबाहेकका प्रतियोगीलाई मायाको चिनो र प्रमाणपत्र दिइएको छ ।

    कार्यक्रममा कवि तथा कलाकार रमेश श्रेष्ठले विद्यालयले कलाक्षेत्रलाई प्राथमिकतामा राखेर अध्ययन, अध्यापन गराउनु प्रशंसनीय काम भएको बताए । ‘कला र शिक्षा फरक भएको र शिक्षाले भन्दा पनि बढी जिवनको ज्ञान कलाले दिनसक्छ,’ उनले भने ।

    प्रतियोगितामा निर्णायकको भूमिकामा वरिष्ठ चित्रकार कृष्ण मर्सानी र मनोज तामाङ रहेका थिए । निर्णायक संयोजकसमेत रहेका मर्सानीले कलालाई निरन्तर साधना गर्न सक्ने हो भने व्यक्तित्व विकास र जीवन भोगाइमा निकै असरदार काम गर्ने बताए ।

  • गण्डकीको रिक्त प्रमुख सचिवमा ३ जनाको नाम सिफारिस हुँदै

    गण्डकीको रिक्त प्रमुख सचिवमा ३ जनाको नाम सिफारिस हुँदै

    काठमाडौ । गण्डकी प्रदेश प्रमुख सचिवको पद रिक्त भएको छ । प्रमुख सचिवको जिम्मेवारीमा रहेका विष्णुप्रसाद नेपालले सोमबारदेखि अनिवार्य अवकाश पाएपछि पद रिक्त भएको हो । उमेर हदका कारण नेपालले अवकाश पाएसँगै प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालका सचिव रामचन्द्र ढकालले निमित्त प्रमुख सचिवको जिम्मेवारी सम्हालेका छन् ।

    ढकालले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक तथा प्रशासन महाशाखाको जिम्मेवारी सम्हालिरहेका छन् । मन्त्रालयमा प्रशासकीय सुधार तथा समन्वय महाशाखाको जिम्मेवारी सम्हालेका अर्का सचिव इन्दु घिमिरे भए पनि वरिष्ठताका आधारमा ढकालले निमित्त प्रमुख सचिवको जिम्मेवारी पाएका हुन् । प्रमुख सचिव नेपालले अनिवार्य अवकाश पाएको ३ दिन बित्न लागे पनि गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेभ साइटमा प्रमुख सचिव नेपालकै नाम छ ।

    नेपाललाई ९ महिनाअघि मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गरेको थियो । तत्कालीन शिक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले अनिवार्य अवकाश लिएसँगै रिक्त रहेको सचिव पदमा उनको बढुवा भएको थियो । बढुवा गर्दा लोक सेवा आयोगका अध्यक्ष नेतृत्वमा रहेको बढुवा समितिले सहसचिव गोकर्णमणि दुवाडी, डा. मान बहादुर विके र विष्णु नेपालको नाम सिफारिस गरेको थियो । नेपालपछि विके र दुवाडी पनि सचिवमा बढुवा भइसकेका छन् ।

    सचिवको पद रिक्त भएको चौथो दिन लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको अध्यक्षतामा रहेको बढुवा समितिको बैठक बस्न लागेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालय स्रोतका अनुसार कार्य क्षमताका आधारमा रिक्त रहेको सचिवमा बढुवाका लागि सह–सचिव दामोदर रेग्मी, डा.मुकुन्द प्रसाद पौडेल र गणेश प्रसाद पाण्डेको नाम सिफारिस हुने जनाइएको छ ।

    रेग्मी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा, पौडेल राष्ट्रिय सूचना आयोगमा र पाण्डे उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्रालयमा छन् ।

  • गण्डकीमा जनमोर्चाको दरिलो भर, मुख्यमन्त्रीलाई छैन डर !

    गण्डकीमा जनमोर्चाको दरिलो भर, मुख्यमन्त्रीलाई छैन डर !

    पोखरा । सर्वोच्च अदालतको फैसलाले तत्कालीन एमाले र माओवादी केन्द्र पार्टी ब्युँताइदिएपछि प्रदेश सरकारको अंकगणित फेरबदल भइरहेका बेला गण्डकी प्रदेशमा भने खासै फरक नहुने देखिएको छ ।

    एकता गरिसकेका २ पार्टी ब्यूँतिएसँगै गण्डकी प्रदेश सरकारको दुई तिहाइको बहुमत पनि गुमेको छ । ६० सदस्यीय प्रदेशमा तत्कालीन समयमा नेकपाबाट ३९ सांसद थिए ।

    स्वतन्त्रबाट विजयी भएका दीपक मनाङेलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराएसँगै गण्डकीमा नेकपाको दुई तिहाइ पुगेको थियो । पार्टी प्रवेश गरे पनि मनाङे अहिले पनि स्वतन्त्रकै हैसियतमा नै छन् ।

    पुस ५ गते संसद विघटनपछि उनी आफू कुनै पक्षमा नलाग्ने भन्दै बामदेवको एकता समूहसँग जोडिएका थिए । तर, तत्कालीन समयमा एमालेको समर्थनमै चुनाव लडेकाले हालको स्थितिमा उनले नेकपा एमालेलाई नै समर्थन गर्ने दाबी स्रोतको छ ।

    गण्डकी प्रदेशमा एमालेबाट मनाङेसहित २८ सांसद छ । तर, बहुमत हुनका लागि ३१ जना सांसदको समर्थन जरुरी हुन्छ । यसरी हेर्दा मुख्यमन्त्री गुरुङ पदमा रहिरहन थप ३ जना सांसदको मात्रै समर्थन जरुरी छ ।

    एकता बदर भएर साविककै पार्टी ब्यूँतिएपनि गण्डकी प्रदेशमा कुनै डर नभएको नेकपा एमालेका सांसद राजीव पहारी बताउँछन् । ‘सर्वोच्चले जनपक्षीय भावनाअनुसार फैसला गरेको छ । हामी त्यसलाई मान्छौं,’ उनले भने, ‘अहिलेको स्थितिमा मुख्यमन्त्री गुरुङकै नेतृत्वमा पूरा ५ वर्ष कार्यकाल हुनेमा हामी ढुक्क भयौं ।’

    सांसद पहारीका अनुसार माओवादी केन्द्रले समर्थन फिर्ता लिए पनि जनमोर्चाले साथ कायम राख्ने हुँदा मुख्यमन्त्री ढुक्क हुने अवस्था छ । उनले भने, ‘यो सरकार ढलपल हुँदैन । एकता नभएपनि हामी ठीक बहुमतमा छौं । मनाङे कमरेड अहिले स्वतन्त्र छु भन्नुहुन्छ । तर, अन्ततः उहाँ हामीलाई नै समर्थन गर्नुहुन्छ ।’

    मुख्यमन्त्री असुरक्षितमै सुरक्षित !

    एकता भंगपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको बहुमत गुमेको छ । तर, उनी असुरक्षित भने छैनन् । उनलाई शुरुआती समयदेखि नै जनमोर्चाले समर्थन गर्दै आएको छ । प्रदेश सभामा जनमोर्चाको ३ जना सांसद छन् । यसअर्थ पनि गण्डकीमा नेकपा एमालेकै नेतृत्व हुनेमा ढुक्क मान्न सकिन्छ ।

    नेकपा विभाजन भएर प्रचण्ड-माधव पक्ष बिरोधमा हुँदा पनि मुख्यमन्त्री सुरक्षित नै थिपए । एकता बदरपछि पनि जनमोर्चाले मुख्यमन्त्रीको साथ छोडेको छैन । जनमोर्चाका सांसद कृष्ण थापाले नेपाल प्रेससँग भने, ‘तपाईंहरू ढुक्क हुनुस् । सुरुदेखि नै हामी मुख्यमन्त्रीसँग छौं । समर्थन फिर्ता लिने कुरा हुँदैन ।’

    संसद विघटनपछि पनि तत्कालीन प्रचण्ड-माधव पक्षले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहँदा जनमोर्चाको साथ पाएरै मुख्यमन्त्री बलियो बनेका थिए । आफ्नो पक्ष बहुमत नपुग्ने देखिएपछि नै तत्कालीन समयमा प्रचण्ड-माधव पक्षले ‘गियर ब्याक’ गरेको थियो ।

    एकता भंगपछि ब्यूँतिएको माओवादी केन्द्रका सांसद दीपक कोइरालाले अहिलेको सरकारलाई राजनीतिक रुपमा समर्थन गर्न नमिल्ने बताए । ‘समर्थन फिर्ता लिने कि गर्ने प्रष्ट निर्णय लिइसक्या छैनौं । आज केन्द्रीय कमिटीको बैठक बस्दै छ । त्यसबाट केही निर्देशन होला,’ उनले भने, ‘तर, अहिलेको सरकारलाई राजनीतिक रुपमा समर्थन गर्न भने सकिँदैन ।’

    तत्कालीन समयमा नेकपा एमाले र माओवादी मिलेर बनेको गण्डकी प्रदेश सरकारका ७ मन्त्रीमध्ये ५ जना नेकपा एमालेकै छन् । मुख्यमन्त्रीसहित सामाजिक विकास मन्त्रालय, अर्थ मन्त्रालय, पर्यटनमन्त्रालय, भौतिक विकासमन्त्रालय नेकपा एमालेकै नेतृत्वमा छ ।

    माओवादी केन्द्रको मातहतमा कृषि मन्त्रालय र आन्तरिक मामिला तथा कानून गरी २ मन्त्रालयमात्र छन् ।

    गण्डकी प्रदेशमा नेकपा एमालेबाट २८ माओवादी केन्द्र १२ सांसद छन् । नेपाली कांग्रेसबाट १५ जना, जनमोर्चाबाट ३, जनता समाजवादी पार्टीबाट २ जना सांसद छन् ।

  • गण्डकी प्रदेशको ३ वर्ष: १ सय ३७ किलोमिटर सडक कालोपत्रे, कतिपय योजना अलपत्र

    गण्डकी प्रदेशको ३ वर्ष: १ सय ३७ किलोमिटर सडक कालोपत्रे, कतिपय योजना अलपत्र

    पोखरा । गण्डकी प्रदेश सरकार गठन भएको मंगलबार ३ वर्ष पूरा भएको छ । प्रदेश सरकार ३ वर्ष पूरा गरेको अवसरमा आफ्ना उपलब्धीहरु मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरे ।

    तीनवर्षे उपलब्ध सुनाउँदै मुख्यमन्त्री गुरुङले कुनै काममा सरकारले उदाहरणीय प्रगति भएको, कुनै काममा चाहेर पनि सुरुआत गर्न नसकेको बताए । उनले गण्डकी प्रदेशले ऐन बनाउनेदेखि, उत्पादन बढाउन गरिएको जग्गा चख्लाबन्दीसम्मको उदाहरणीय काम गरेको दाबी गर्छन् ।

    गण्डकी प्रदेश सरकारले अहिलेसम्म ४६ वटा ऐन र १० वटा नियमहरुको सूचि बनाएको छ । मुख्यमन्त्री गुरुङ ऐन निर्माण कार्यमा गण्डकी प्रदेश अरु प्रदेशभन्दा पछाडि रहेको स्वीकार्छन् । ‘ऐन बनाउन अरु प्रदेशभन्दा केही कम भएको हो । तर, संख्या धेरै भएर राम्रो भन्ने हुँदैन । संख्याभन्दा ऐनहरुको महत्वबको ख्याल राख्नुपर्छ,’ प्रदेश सरकार ३ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा प्रदेशको ३ वर्षे कार्य प्रगति सुनाउँदै उनले भने ।

    मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले ३ वर्षमा वित्तीय संस्थामा लगानी पनि अघिल्लो वर्षभन्दा १९.८७ प्रतिशतले वृद्धि भएको सुनाए । प्रदेशभरिका ८५ स्थानीय तहमध्येका ८७ वटा गाउँमा जलवायुमैत्री नमुना कृषि गाउँ कार्यक्रम सञ्चालन भइरहेको र त्यसले जनताको आर्थिक स्थिति सुधार गर्न उल्लेख्य भूमिका खेलिरहेको दाबी गरे ।

    ‘जनतासँग नजिक हुनुपर्छ भनेर हामीले हेल्लो मुख्यमन्त्री कार्यक्रम चलायौं । त्यसले जनतासँग प्रत्यक्ष नजिक हुन धेरै सजिलो भयो,’ मुख्यमन्त्री गुरुङले भने, ‘प्रदेशको नामाकरण ग¥यौं । कार्यालय संरचना नपुगेको ठाउँमा संरचना पु¥यायौं ।’ उनले विभिन्न जिल्लामा कृषि ज्ञान केन्द्र, खानेपानी केन्द्रको संरचना पुर्याएको सुनाए ।

    गण्डकी प्रदेश सरकारले ३ वर्षमा १ सय ३७ किलोमिटर सडक कालोपत्रे गरेको कार्य प्रगति विवरण प्रस्तुत गरेको छ । गरिबी निवारणका लागि होमस्टे सञ्चालनदेखि नयाँ व्यवसाय दर्ता गर्नमा समेत उल्लेख्य प्रगति गरेको मुख्यमन्त्री गुरुङले बताए ।

    ‘जनतालाई आत्मनिर्भर बनाउन र गरिबी निवारण गर्न सरकारी तवरबाटै अनुदान दिएर होमस्टे सञ्चालनमा ल्यायौं । सुरुमा ५ सय वटा होमस्टे भनेका थियौं । तर, पछि ३ सय वटामात्रै होमस्टे सञ्चालनमा ल्यायौं,’ उनले भने, ‘होमस्टे अरु प्रदेशमा पनि छन् । तर, गण्डकी प्रदेशलेमात्रै सरकारी तवरबाटै अनुदान दिएर सहयोग गरेको छ ।’

    कोभिड प्रभावित प्याकेज ल्याउने पहिलो प्रदेश बनेको पनि मुख्यमन्त्री गुरुङले सुनाए । ‘व्यवसायीलाई बचाउन निब्र्याजी ऋण दिने गरी प्रदेश सरकारले प्याकेज ल्याएको छ । यस्तो प्याकेज अरु प्रदेशले ल्याएको छैन । केन्द्रीय सरकारपछि हामी नै पहिलो हो,’ उनले भने ।

    ‘ऊर्जामा संघीयता आएन, जग्गाप्राप्ति सहज भएन’

    मुख्यमन्त्री गुरुङले ०७४ फागुन ४ गते सपथ लिएका थिए । सपथ लिएकै दिन बसेको मन्त्रिपरिषद्को बैठकले २ वर्षभित्र प्रदेशलाई बिजुलीको पहुँचमा पु¥याएर उज्यालो दिने निर्णय गरेको थियो । तर, उक्त निर्णय प्रदेश सरकार ३ वर्ष भइसक्दा पनि पूरा भएको छैन ।

    गण्डकी प्रदेश सरकार गठन हुँदा नै प्रदेशभरि जम्मा ९ प्रतिशतमात्रै उज्यालोबाहिर थिए । ३ वर्षमा पनि सबैको घरमा उज्यालो पुर्याउन नसकेपछि मुख्मन्त्री गुरुङले तथ्यांक प्राप्तिमै ढिलो भएको बताए ।

    ‘सुरुको वर्ष हामीलाई तथ्यांक संकलन गर्दै लाग्यो । अर्को वर्ष काम गर्ने भन्दाभन्दै कोभिड महामारी आयो,’ मुख्यमन्त्री गुरुङले भने, ‘अर्को वर्ष प्रदेश उज्यालो हुन्छ । दोस्रो चौमासिकसम्म हामी लक्ष्यमा पुग्छौं ।’ उनले ५ वर्षभित्र गर्ने भनेका विभिन्न योजनामा भने प्रदेश सरकार चुकेको स्वीकारे ।

    मुख्यमन्त्री ऊर्जामा संघीयता नआएकाले पनि काममा ढिलाइ भइरहेको सुनाए । ‘ऊर्जामा संघीयता आएकै छैन । सबै काम केन्द्रबाटै हुन्छ । त्यही पनि सबै योजना, पैसा, ठाउँ हाम्रो ऊर्जामामात्रै सहयोग गरिदिनुस् भनेर आग्रह गरेर अघि बढिरहेका छौं,’ उनले भने ।

    गण्डकी प्रदेशको वार्षिक १५ अरब बराबरको ऊर्जा खरिद गरिरहेको मुख्यमन्त्री गुरुङ बताउँछन् । गण्डकी प्रदेश ऊर्जा उत्पादन सम्भावनामा पहिलो भए पनि लक्ष्य अनुरुप उत्पादन गर्न नसकिरहेको उनी बताउँछन् । उनले भने, ‘हाम्रो प्रदेशले ११ हजार मेघावाट विजुली उत्पादन गर्न सक्छ । तर, अहिले १ हजार मेघावाट बिजुली पनि उत्पादन गर्न सकिरहेका छैनौं ।’

    पोखरामा चक्रपथ बनाउने, अन्तर्राष्ट्रिय बैठक हल बनाउने, बसपार्क बनाउने, रंगशाला, बहुसांस्कृतिक ग्राम बनाउने लगायत काम पनि प्रदेश सरकारले सुरु नै गर्न सकेको छैन । प्रदेश सरकार ३ वर्ष पूरा भइसक्दा पनि सुरु नै गर्न नसकेपछि प्रदेश सरकारको आलोचना पनि भइरहन्छ ।

    तर, मुख्यमन्त्री गुरुङ ती काम जग्गा प्राप्तिमा समस्या भएकाले चाहेर पनि पूरा गर्न नसकेको बताउँछन् । उनले सबै कामका लागि हामी सुरुदेखि नै जग्गाको खोजी गरिरहेको तर, जग्गा प्राप्तिमा केन्द्र सरकार र स्थानीय सकारबीच समन्वय नहुँदा जग्गा प्राप्त गर्न नसकेको सुनाए ।

    बहुसांस्कृतिक ग्राम पहिलो वर्षमै प्रदेश सरकारले जग्गा पहिचान गरेपनि हालसम्म प्राप्त हुन नसकेको मुख्यमन्त्री गुरुङको भनाइ छ । ‘बहुसांस्कृतिक ग्रामका लागि ४, ५ ठाउँ हेर्यौं । त्यसमध्ये पाउँदुर कोट उत्तम थियो । सरकारले निर्णय पनि गरेको हो । तर, त्यो आजका दिनसम्म पनि जग्गा प्राप्त गर्न सकेको छैनौं,’ उनले भने, ‘धेरै जग्गा वन क्षेत्र पर्छ भनेर हामीलाई हस्तान्तरण गर्न आनाकानी भइराखेको छ ।’

    अन्तर्राष्ट्रिय कन्फ्रेन्स हल पनि जग्गाकै कारण रोकिएको प्रदेश सरकारले जनाएको छ । ‘त्यो ठाउँका लागि अहिलेसम्म जग्गा किटानी गर्न सकेका छैनौं । योवर्षचाहिँ जग्गा किटानी गर्ने छौं । यो वर्ष नक्सा निकालेर काम सुरु गर्ने हामी सोचिराख्या छौं,’ उनले भने ।

    गण्डकी प्रदेश सरकारले ५ वर्षभित्र सुरु गर्ने भनेको पोखरा चक्रपथको कामसमेत अझै सुरु भएको छैन । रिङरोडका लागि प्रतिवेदन पेश भइसकेको तर, लकडाउनका कारण काम सुरु हुन नसकेको मुख्यमन्त्री गुरुङले बताए ।

    ‘पोखरा रिङरोड चाइनिज कम्पनीको सहयोगमा पीपीई मोडलमा गर्ने भनेका थियौं । यसको प्रारम्भिक प्रतिवेदन पनि पेश भइसकेको छ,’ उनले भने, ‘करिब १८ अरब लागत आएको छ । तर, लकडाउन सुरु भयो । लकडाउनले गर्दा चिनिया कम्पनी आउन नसकेकाले रोकिराखेको छ ।’

  • गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप

    गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप

    पोखरा । गण्डकी प्रदेशमा कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप आइपुगेको छ ।

    भारतले नेपाललार्ई अनुदानमा उपलब्ध गराएको खोप आइतबार साँझ पोखरा आइपुगेसँगै गण्डकी प्रदेशमा पहिलो चरणमा १७ हजार ३९६ अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई कोरोनाविरुद्धको खोप दिइने भएको हो ।

    सो खोप आज प्रदेशका अन्य जिल्लामा पुर्याइने र जिल्लाबाट पनि लगाउन शुरु गरिने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

    पोखरा ल्याइएको खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको ‘कोल्ड स्टोर’मा राखिएको छ । चिकित्सकको प्रत्यक्ष निगरानीमा जिल्लास्थित सरकारी अस्पतालमा खोप लगाइने निर्देशनालयले जनाएको छ ।

    गण्डकी प्रदेशको राजधानी शहर पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल र प्रदेश सरकारको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा खोप दिइने छ । खोपका लागि जिल्लामा १० जना प्रशिक्षकलाई तालीम दिइएको निर्देशक शर्माले बताए ।

    उनले भने, ‘कोभिड–भ्याक्सिन आएसँगै हामीले पहिलो चरणमा ‘फ्रन्टलाइनर्स’लाई खोप दिने तयारी गरेका छौँ, आजै जिल्लामा खोप पुर्याउन शुरु गर्दछौँ, खोप दिने जनशक्तिलाई तालीम दिएर तयारी अवस्थामा राखेका छौँ ।’

    सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिएपछि दोस्रो चरणमा सर्वसाधारणलाई दिने योजना बनाएको छ । अहिले गण्डकी प्रदेशमा ४० हजार डोज खोप आएको बताइन्छ ।

    कोरोना खोप एक व्यक्तिले दुई पटक लगाउनुपर्दछ । एकपटक खोप लगाएपछि एक महिनाको अन्तरमा अर्को डोज दिइने निर्देशनालयले जनाएको छ । १० प्रतिशत हाराहारीमा खोप खेर जाने अनुमान गरी हाललाई सो १७ हजार हाराहारीमा खोप लगाउने व्यक्ति छानिएको हो ।

    सरकारले कोरोना खोप आए पनि जोखिम कम नभएकाले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरको छ ।

    निर्देशक शर्माले भने, ‘अहिले गण्डकी प्रदेशमा सङ्क्रमणको दर कम भएको छ तर जोखिम कम भएको छैन, जोखिमका हिसाबले सबै नागरिकले दूरी कायम गर्ने र सरसफाइमा ध्यान दिनुर्दछ । खोप आयो भनेर जोखिम कम भयो भनेर सोच्नु हुँदैन अझै चनाखो हुनुपर्दछ ।’

  • गण्डकीमा पिएस र किरण हावी, जिल्ला अध्यक्ष यसरी भए विभाजित

    गण्डकीमा पिएस र किरण हावी, जिल्ला अध्यक्ष यसरी भए विभाजित

    पोखरा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विभाजनसँगै जिल्ला र स्थानीय तहसम्म नेता कार्यकर्ताको कित्ताकाट भइसकेको छ । गण्डकी प्रदेशमा दुवै पक्षले आफ्नो शक्ति मजबुत बनाउने प्रयास गरिरहेका बेला यहाँको सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको शक्ति पार्टीमा पनि बलियो देखिँदैछ ।

    ओली र प्रचण्ड-माधव दुवै समूह आफ्नो पक्षमा बहुमत देखाउन दौडधुपमा लागेका छन् । अन्य प्रदेशमा बहुमत जुटाएर दाहाल-नेपाल समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराइरहेका बेला गण्डकी प्रदेश सरकारमा भने ओली पक्ष बलियो देखिएको छ ।

    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ओली समूहका हुन् । उनीसहित ५ जना मन्त्री ओली समूहसँग छन् । प्रदेशका अर्थमन्त्री किरण गुरुङ, पर्यटनमन्त्री विकास लम्साल, भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत र सामाजिक विकासमन्त्री नरदेवी पुन ओली समूहको पक्षमा उभिएका छन् ।

    ओली समूहमा लागेका अर्थमन्त्री किरण गुरुङ पहिले वामदेव पक्षमा थिए । गुरुङ गण्डकी प्रदेशका मुख्यमन्त्रीका दाबेदार थिए । तर, ओली पक्षीय पृथ्वीसुब्बा गुरुङलाई मुख्यमन्त्रीमा समर्थन गरेर आफू मन्त्री बने । त्यसयता उनी ओली समूहमै छन् ।

    गण्डकी प्रदेश सरकारमा प्रचण्ड-माधव नेपाल समूहसँग २ जनामात्रै मन्त्री छन् । पूर्वमाओवादीबाट विजयी भएका कानुनमन्त्री हरिबहादुर चुमान र कृषिमन्त्री लेखबहादुर थापामगरमात्रै प्रचण्ड-नेपाल पक्षमा उभिएका हुन् ।

    अन्य प्रदेशमा प्रचण्ड-माधव पक्षका मन्त्रीहरूले राजीनामा दिएर ओली पक्षका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरे पनि गण्डकी र लुम्बिनीमा भने सरकार छाडेका छैनन् ।

    प्रदेशसभामा २६/१३, दिपक मनाङे तटस्थ

    गण्डकी प्रदेश सभामा ओली पक्षको बहुमत देखिएको छ । स्पष्ट दुई तिहाई सिट पाएको नेकपासँग कुल ६० मध्ये ४० जना सांसद थिए । पार्टी विभाजनतर्फ मोडिएपछि नेकपा सांसदहरुले पनि आफ्ना ‘कित्ता स्पष्ट’ पारेका छन् ।

    गण्डकी प्रदेश सभामा बहुमत देखिएको ओली पक्षसँग २६ जना सांसद छन् । दाहाल-नेपाल पक्षसँग जम्मा १३ जना सांसद छन् । १३ मध्ये इन्द्रलाल सापकोटा बाहेक १२ जना तत्कालीन माओवादीबाट निर्वाचित हुन् ।

    मनाङ ‘ख’ बाट स्वतन्त्र चुनाव जितेका दिपक मनाङे बीचमा प्रवेश गरेपछि नेकपाले स्पष्ट दुई तिहाइ मत पुर्‍याएको थियो ।

    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नै पार्टी प्रवेश गराएका मनाङे हाल पार्टी विभाजनको विपक्षमा रहेको भन्दै वामदेब समूहतिर लागेका छन् । प्रदेश सभामा नेकपाबाट वामदेव पक्षमा उभिएका उनी एक्ला सांसद हुन् ।

    ‘योबेला पार्टी विभाजन ठीक होइन । सकेसम्म मिलेर जाने हो । वामदेवजीले दुवै समूहलाई मिलाउने अभियान चलाउनु भएको रहेछ । मिलाउने कुरा ठिकै हो नि !’ पत्रकारहरुसँग कुरा गर्दै मनाङेले प्रष्‍ट्याएका छन् ।

    जिल्ला अध्यक्ष र सचिव को कसको पक्षमा ?

    पार्टी विभाजनतर्फ गएपछि नेकपा जिल्ला अध्यक्ष र सचिव को कसको पक्षमा भन्ने विषयमा पनि चासो शुरू भएको छ । गण्डकीका प्राय जिल्लामा ओली पक्षकै वर्चश्व देखिएको छ ।

    जिल्लागत रुपमा हेर्दा जिल्ला अध्यक्षमा ओली पक्षको बहुमत देखिन्छ भने सचिवमा भने दाहाल-नेपाल समूहको वर्चश्व छ ।

    जिल्ला अध्यक्षमा ओली पक्षसँग ७ जना छन् भने दाहाल-नेपाल पक्षमा ४ जना छन् । जिल्ला सचिवमा ओली समूहसँग ३ जना र दाहाल-नेपाल समूहसँग ८ जना छन् ।

    ११ वटा जिल्लामध्ये स्याङ्जामा जिल्ला अध्यक्ष र सचिवमा ओली पक्षका छन् भने बाग्लुङ भने दाहाल-नेपाल पक्षमा परेको छ । स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैरे तत्कालीन माओवादीका हुन् । उनी विभाजनपछि ओलीतर्फ लागेका छन् ।

    गण्डकीमा नेकपाका तीन शीर्ष गुरुङ नेतामध्ये पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ ओली पक्षमा रहेपछि देव गुरुङको प्रभाव कमजोर बनेको छ । उनको जिल्लाका माधव नेपालनिकट प्रभावशाली नेता जमिन्द्रमान घलेसमेत पछिल्लो समयमा पृथ्वीसुब्बाको नेतृत्वमा लागेका छन् ।

    प्रचण्ड-माधव पक्षले प्रदेश इन्चार्जबाट पिएस गुरुङलाई हटाएर देवेन्द्र पौडेललाई नियुक्त गरिसकेको छ भने प्रदेश सचिवबाट गोविन्द नेपालीलाई हटाएको छ ।

  • गण्डकी प्रदेशका मुख्यमन्त्रीले प्रचण्ड–माधव पक्षका मन्त्री नहटाउने

    गण्डकी प्रदेशका मुख्यमन्त्रीले प्रचण्ड–माधव पक्षका मन्त्री नहटाउने

    पोखरा। केन्द्रमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा विभाजन आएपछि त्यसको असर प्रदेश सरकारमा पनि देखिएको छ । वागमती र प्रदेश नम्बर१ का मुख्यमन्त्रीविरुद्ध प्रचण्ड–माधव पक्षले अविश्वास प्रस्ताव पेस गरिसकेको छ । तर, गण्डकी प्रदेशमा बलिएका देखिएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रचण्ड–माधव समूहका मन्त्रीहरुलाई नहटाउने बताएका छन्।

    पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलको एउटा सत्रमा बुधबार भाग लिंदै मन्त्री गुरुङले यस्तो बताएका हुन्। उनले भने, ‘उहाँहरुले आफैं राजीनामा दिए मेरो केही लाग्दैन तर मैले उहाँहरुलाई हटाउँदिनँ ।’

    गुरुङले आफू अझैं पनि पार्टी एकताको पक्षमा रहेकाले प्रचण्ड–माधव पक्षका मन्त्रीहरुलाई नहटाएको दावी गरे।

    ६० सदस्यीय गण्डकी प्रदेशसभामा तत्कालीन एमालेले २८ र माओवादीले जितेका १२ गरी नेकपाको एक्लै ४० सिट थियो ।

    तत्कालीन एमालेका २८ मध्ये २७ जना सांसद अहिले पनि केपी ओली पक्षमा छन् ।

    प्रचण्ड–माधव नेपाल पक्षका १३ मध्ये सभामुख नेत्रराज अधिकारीबाहेक १२ जना सांसद मात्र रहेकाले चाहेर पनि अविश्वास प्रस्ताव दर्ता गर्न सक्दैनन् । उनीहरुलाई नेपाली कांग्रेसको साथ चाहिन्छ ।

    प्रदेशसभामा ३ सांसद रहेको राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई साथ दिनासाथ कांग्रेससँग मिलेर पनि प्रचण्ड–माधव पक्षले सरकार ढाल्न सक्दैन ।

    त्यसैले अहिले अविश्वास प्रस्ताव ल्याउने तयारी नरहेको स्रोतले जनाएको छ। प्रदेशका गृहमन्त्री हरिवहादुर चुमान जो प्रचण्ड पक्षका हुन्, उनलेनै यही सरकार निरन्तर रहने बताएका छन् ।