Tag: गगन थापा

  • बैठकमा गगन गर्जिएपछि देउवाले भने–महामन्त्रीज्यू,फोन चाहिँ उठाउने गर्नुस् न

    बैठकमा गगन गर्जिएपछि देउवाले भने–महामन्त्रीज्यू,फोन चाहिँ उठाउने गर्नुस् न

    काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्य समिति बैठकमा महामन्त्री गगन थापा सभापति शेरवहादुर देउवा र उनको टिमप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । महामन्त्री थापाले निर्वाचित महामन्त्रीले पार्टी र सरकारका कामबारे बाहिरबाट थाहा पाउनुपरेपछि प्रतिक्रिया पनि बाहिरबाटै दिनुपरेको बताए ।

    थापाको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भने–सभापतिले महामन्त्रीहरुको जिम्मेवारी र हैसियतबारे प्रष्ट पार्नुस् । केन्द्रीय सदस्य साथीहरुले सभापति खुसी बनाउँन हामीलाई गाली गर्ने कुराले पार्टी र सभापति दुवैलाई फाइदा गर्दैन । गुटको भेला पार्टी प्यालेसमा राखियो भन्ने सन्दर्भमा ठूलो घर हुनेले बुढानिलकण्ठमा घरमै गरेको पनि हो । ठूलो घर नहुनेले पार्टी प्यालेसमा गर्छन् । महामन्त्री थापाले लगातार आलोचना गरेपछि देउवाले ‘महामन्त्रीज्यू,फोन चाहिँ उठाउने गर्नुस् न’ भन्ने जवाफ थिए ।

    महामन्त्री थापाले पार्टी सञ्चालन प्रक्रियामा आपत्ति जनाउँदै निर्वाचित महामन्त्रीको भूमिका सभापति र उपसभापतिले गरेका निर्णयमा ताली बजाउँनेमात्र नभएको बताएका थिए । उनले कांग्रेसमा एक्लै लडेर चुनाव जितिन्छ भन्ने आत्मविश्वास गुम्दै गएकोमासमेत टिप्पणी गपरेका थिए ।

    उनले भने– अहिले ३ सय भन्दा धेरै जित्यौ भनेर दम्भ प्रकट भएको छ। त्यो नराखेको राम्रो । ठूला सहरमा धक्का लागेको छ । लघुताभाषका साथ हामी एक्लै लड्न सकिन्छ ? ०६८ सालमा सुशील कोइरालालाई राजिनामा बुझाएर शेरबहादुर देउवा हिँड्दा आफूहरुले फकाएको भन्दै थापाले आज एजेण्डामा आफूहरुले छलफल गर्दा खेद्ने काम भएको बताए ।

  • गगनलाई भ्याइनभ्याइ: पाँच दिनमै ५० चुनावीसभालाई सम्बोधन गर्ने

    गगनलाई भ्याइनभ्याइ: पाँच दिनमै ५० चुनावीसभालाई सम्बोधन गर्ने

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाँच दिनमै ५० भन्दा बढी चुनावीसभालाई सम्बोधन गर्ने भएका छन् ।

    प्रभावशाली वक्ता थापालाई ६० भन्दा बढी जिल्लामा सम्बोधन गर्न निम्तो आएको थियो । त्यसमध्ये सम्भव हुने जति स्थानमा पुग्ने तयारी थापाले गरेका छन् ।

    महामन्त्री थापाको सचिवालयका अनुसार वैशाख २३ गते रौतहटमा पाँचवटा सभामा थापा सहभागी हुनेछन् । वैशाख २४ गते रामेछाप, सोलुखुम्बु र भोजपुरका चुनावी सभालाई थापाले सम्बोधन गर्नेछन् ।

    वशाख २५ गते महोत्तरीका चारवटा चुनावी सभालाई महामन्त्री थापाले सम्बोधन गर्नेछन् भने वैशाख २६ गते उदयपुर, सप्तरी, सुनसरी र मोरङ पुग्नेछन् ।

    वैशाख २७ मा काठमाडौं, भक्तपुर र ललितपुरका स्थानीय तहहरुमा आयोजना हुने चुनावीसभालाई महामन्त्री थापाले सम्बोधन गर्नेछन् । उपत्यकाका सबैजसो पालिकामा चुनावीसभाका लागि पुग्ने तयारी थापाको सचिवालयले गरिरहेको छ ।

    चुनावी प्रचारका लागि कम समय भएकोले निम्तो आएका अधिकांश जिल्ला पुग्न भने थापाले भ्याउने छैनन् । कांग्रेसले निर्धारण गरेको चुनावी सभाअन्तर्गत थापाले बुटवलमा आयोजना हुने सभालाई पनि सम्बोधन गर्नेछन् ।

    ‘६० भन्दा बढी जिल्लाबाट एकपटक भएपनि आइदिनुपर्यो भन्ने निम्तो छ । तर समय कम भएकाले मौन अवधि सुरु हुनुअगाडिसम्म भ्याउने जति जिल्ला पुगे ५०–६० वटासम्म सभालाई सम्बोधन गर्ने तयारी छ’, थापाको सचिवालयले जनायो ।

  • उच्च शिक्षा ऐन बनाउन गगन थापाको प्रस्ताव (भिडिओ)

    उच्च शिक्षा ऐन बनाउन गगन थापाको प्रस्ताव (भिडिओ)

    काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उच्च शिक्षा ऐन बनाउनुपर्ने सार्वजनिक रुपमा प्रस्ताव गरेका छन् । कीर्तिपुरमा बुधबार त्रिवि कर्मचारी संघ केन्द्रीय समितिको १२औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले उच्च शिक्षा ऐन बनाएर शिक्षामा देखिएका अन्योलता चिर्नुपर्ने बताएका हुन् ।

    उच्च शिक्षामा कसले लगानी गर्ने भन्ने विषयमा बहस गरेर टुंग्याउनुपर्ने बताएका उनले देशमा राजनीतिक परिवर्तन भए पनि शिक्षामा व्यवहारिक रुपमा परिवर्तन गर्न नसकिएको बताए ।

    शिक्षालाई संविधानमा मौलिक हकसहितका व्यवस्था गरिए पनि विश्वविद्यालयमा सुधारको आवश्यक रहेको उनको भनाइ छ । त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधान गरेर अघि बढ्नुपर्ने भन्दै महामन्त्री थापाले यसमा आफ्नो पनि सहयोग रहने बताए ।

    आफू पनि त्रिविको पूर्वकर्मचारी भएकाले अहिले यस विद्यालयको रङ उडेको देख्दा मन दुखेको बताउँदै उनले सबैजना मिलेर विश्वविद्यालयको समस्या समाधान गर्नुपर्ने बताए । ‘आफूले पाएको जिम्मेवारी सम्झिएर काम गर्नुपर्छ । अब विश्वविद्यालयको समस्या समाधान गर्न ढिलो गर्नु हुँँदैन,’ उनले भने, ‘यसबारे कुलपति, प्रधानमन्त्रीसँँग पनि कुरा गर्छु । सबै मिलेर समाधान गरौँ ।’

    विद्यालय, प्राध्यापक तथा कर्मचारी कुनै राजनीतिक दलसँँग आवद्ध हुनु नराम्रो नभए पनि, समस्या समाधान गरेर शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने उनको भनाइ छ ।

  • अन्ततः गगनकै लाइनमा गठबन्धन

    अन्ततः गगनकै लाइनमा गठबन्धन

    काठमाडौं । बहुचर्चित अमेरिकी अनुदान सहयोगसम्बन्धी सम्झौता एमसीसी अन्ततः प्रतिनिधिसभाबाट पारित हुने भएको छ ।

    लामो समयदेखिको अलमललाई चिर्दै सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूले ‘व्याख्यात्मक टिप्पणी’ सहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेका छन् । एमसीसीमा सहमति जुटेसँगै गठबन्धन भत्कने खतरा तत्कालका लागि टरेको छ ।

    गठबन्धनको समन्वय समितिका संयोजक एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार एमसीसी सम्झौतालाई विकास अनुदानका रुपमा स्वीकार गर्ने निर्णय भएको बताए । ‘एमसीसीबारे उठेका सवालहरू सम्बोधन गर्नेगरी व्याख्यात्मक टिप्पणीसमेत एट्याच गरेर पारित गर्ने निष्कर्षमा पुगेका छौं’, पौडेलले भनेका छन् ।

    गठबन्धनमा आवद्ध दलहरूमध्ये नेपाली कांग्रेसले प्रारम्भदेखि नै एमसीसी पारित हुनुपर्ने अडान लिएको थियो । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षमा रहँदापनि एमसीसीको पक्षमा उभिएको उदाहरण दिँदै एमसीसी पारित गर्नुपर्ने अडान राख्दै आएका छन् । एमसीसीबारे नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीमा विगतदेखि नै अन्तरविरोध रहँदै आएको थियो ।

    ती पार्टीका अधिकांश नेता कार्यकर्ता एमसीसीको विपक्षमा उभिदै आएका छन् । एमसीसीमा एकै ठाउँमा उभिन नसक्दा गठबन्धन टुट्ने खतरा बढेपछि माओवादी र समाजवादीले विवादका बुँदाबारे व्याख्यात्मक टिप्पणी गरेर एमसीसी पारित गर्न सहमत भएका हुन् ।

    गगनको बाटोमा गठबन्धनमा

    माओवादी र नेकपा एसले औपचारिक रुपमै एमसीसीको विपक्षमा उभिने निर्णय गरेपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘व्याख्यात्मक टिप्पणी’ सहित एमसीसी पारित गरेर जान सकिने प्रस्ताव ल्याएका थिए ।

    गत फागुन ५ गते बालुवाटारमा बसेको गठबन्धन बैठकमा कांग्रेस महामन्त्री थापाले एमसीसीबारे जनस्तरमा उठाइएका प्रश्नहरूलाई प्रष्ट पार्ने गरी एमसीसीसँगै ‘व्याख्यात्मक टिप्पणी’ गर्न सकिने प्रस्ताव गरेका थिए । सो बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘विषय त्योभन्दा अगाडि बढिसकेको’ भन्दै गगनको प्रस्तावमा असहमति जनाएका थिए ।

    यो पनि पढ्नुस् : एमसीसीसँगै संकल्प प्रस्ताव पारित गर्ने कांग्रेसको प्रस्ताव, प्रचण्डले अस्वीकार गरेपछि ओलीसँग संवाद सुरू

    त्यसयता गगनकै अग्रसरतामा कांग्रेसले एमालेसँगको छलफललाई तीव्र बनाएको थियो । प्रधानमन्त्री देउवाले पनि ‘संविधान निर्माणको बेलामा जस्तै’ सहकार्यका लागि एमालेसँग प्रस्ताव गरेका थिए । माओवादी र समाजवादीले नमानेको अवस्थामा एमालेसँग सहमति हुने वातावरण बनिसकेको थियो । यहीबीचमा महामन्त्री थापाले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालसँग छुट्टाछुट्टै भेट गरे ।

    अन्ततः गठबन्धन टुट्दा हुने राजनीतिक क्षति रोक्न गगनकै प्रस्तावमा सहमत हुँदै एमसीसी पारित गर्ने दिशामा प्रचण्ड-माधव आइपुगेका छन् । गगनले एमसीसी सम्झौताका कारण नेपालमाथि अमेरिकी स्वार्थ हाबी नहुने , आर्थिक सहायताका रूपमा मात्रै स्वीकार गर्ने र अमेरिकी हस्तक्षेपको गुञ्जायस रहेमा सम्झौता नै खारेज गरिनेसम्मको प्रावधानसहित ‘व्याख्यात्म टिप्पणी’ पारित गर्न सकिने बताएका थिए ।

    कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएयता राष्ट्रिय राजनीतिमा थापाको सक्रियता बढ्दो छ । एमसीसी पारित गराउने सन्दर्भमा प्रधानमन्त्री देउवालाई थापाले पर्याप्त सहयोग गरेका छन् ।

    वैकल्पिक प्रस्ताव निर्माण, दलहरूसँगको संवाद र निकासको खोजीमा थापाको सक्रियताले कांग्रेसको आन्तरिक एकतासमेत प्रस्तुत भएको छ ।

  • स्थानीय निर्वाचन सार्नु असंवैधानिक र अलोकतान्त्रिक हुनेछ : महामन्त्री थापा

    स्थानीय निर्वाचन सार्नु असंवैधानिक र अलोकतान्त्रिक हुनेछ : महामन्त्री थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहलाई रिक्त राखेर संसदीय निर्वाचन हुननसक्ने बताएका छन् ।

    सत्तारुढ गठबन्धनमा स्थानीय निर्वाचनभन्दा पहिले नै संसदीय निर्वाचन गर्नेबारे विषय प्रवेश भएको बेला सत्तारुढ दल कांग्रेसका महामन्त्री थापाले भने वैशाखमा स्थानीय तहको निर्वाचन नहुनु असंवैधानिक र अलोकतान्त्रिक हुने बताए ।

    नेपाल प्रेससँग कुराकानी गर्दै महामन्त्री थापाले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको कार्यकाल ५ वर्षको हुने सुनिश्चितता संविधानले नै गरेको भन्दै ऐनको व्यवस्था देखाएर स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुने बताए ।

    ‘प्रतिनिधिसभाको कार्यकाल ५ वर्षको हुन्छ भनेजस्तै स्थानीय सरकारको कार्यकाल पनि ५ वर्षको हुन्छ । हाम्रो संविधानले स्थानीय सरकार रिक्त हुने परिकल्पना गरेको छैन त्यसैले स्थानीय निर्वाचनको मिति तत्काल घोषणा गर्नुपर्छ’, थापाले भने ।

    उनले विगतमा केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भनेर आन्दोलन गरेको बिर्सन नहुने भन्दै सत्तामा पुगेपछि संविधानविपरीत गर्ने छुट कांग्रेसलाई नभएको बताए ।

    ‘हिजो हामीले आन्दोलन गरेर संविधान जोगायौ भन्ने अनि आजै संविधानविपरीत जाने कुरा राम्रो होइन । मेरो प्रष्ट कुरा स्थानीय सरकार जनप्रतिनिधिविहीन हुनुहुँदैन भन्ने हो । बाँकी कुरा त्यसपछि छलफल गरौंला’, थापाले भने ।

    उनले वैशाखको अन्तिमसम्म स्थानीय निर्वाचन गरेपछि प्रतिनिधिसभा निर्वाचनलगायतका विषयमा प्रवेश गर्न सकिने बताए ।

    ‘स्थानीय तहलाई रिक्त राखेर स्थानीय निर्वाचन सार्ने कुरा असंवैधानिक र अलोकतान्त्रिक हुन्छ । स-साना छिद्र खोजेर आफू अनुकुल व्याख्या गरेर संविधानको मर्म बिगार्न पाइँदैन’, थापाले भने ।

    उनले संविधानअनुसार नै अगाडि बढ्नेबाहेकको विषयमा कांग्रेस सहमत नहुने स्पष्टसमेत पारे ।

  • संविधान पक्षधर शक्तिबीच मेलमिलाप हुनुपर्छ : महामन्त्री थापा

    संविधान पक्षधर शक्तिबीच मेलमिलाप हुनुपर्छ : महामन्त्री थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान पक्षधर शक्तिबीच सहकार्य र मेलमिलाप आवश्यक रहेको बताएका छन् ।
    राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले संविधानको सफल कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि एकताबद्ध कांग्रेस आवश्यक रहेको बताएका हुन् ।

    ‘हामीले बनाएको संविधानको सफल कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि संविधानका पक्षधर राजनीतिक शक्तिबीचको सहकार्य र मेलमिलाप आजको आवश्यकता हो । सुदृढ र एकताबद्ध कांग्रेसले मात्र त्यो आवश्यकता अनुरूपको जिम्मेवारी पूरा गर्नसक्छ’, थापाले भनेका छन् ।

    उनले कांग्रेसको हालै सम्पन्न महाधिवेशनमा दु:खेका मनहरूलाई टाल्दै पार्टीलाई एकताबद्ध बनाउनुपर्ने समेत उल्लेख गरेका छन् ।

  • गगन-विश्वले के गर्न सक्छन्, के सक्दैनन् ?

    गगन-विश्वले के गर्न सक्छन्, के सक्दैनन् ?

    नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट मूल नेतृत्व परिवर्तन नभएपनि पुस्तान्तरणको सन्देश गएको अधिकांशको आँकलन छ । खासगरी पदाधिकारी र केन्द्रीय समितिमा युवा नेताहरूको वर्चस्वले कांग्रेस रुपान्तरणको प्रक्रिया प्रारम्भ भएको दाबी गर्नेहरूलाई बल पुगेको छ ।

    पुस्तान्तरण र रुपान्तरणको चर्चाको केन्द्रभागमा कांग्रेसका नवनिर्वाचित २ जना महामन्त्री रहेका छन् । कांग्रेसबाहिर पनि चर्चा कमाएका गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएका छन् । उनीहरूको जितले कांग्रेसभित्र नयाँ तरंग पैदा गरेको छ । यद्यपि मिडिया, नागरिक समाज र सामाजिक सञ्जालमा ‘टक अफ दी टाउन’ बनेका महामन्त्रीद्वयको कार्यसम्पादनको वास्तविक परीक्षण भने अब सुरू हुनेछ ।

    गगन-विश्वको परीक्षा

    आजसम्म मूल नेतृत्वलाई प्रश्न गर्ने भूमिकामा रहेका २ युवा नेता कांग्रेसको शीर्ष नेतृत्वमा पुगेका छन् । कांग्रेसको आन्तरिक जीवनमा महामन्त्रीलाई प्रभावशाली र कार्यकारी पदका रूपमा लिइन्छ । निर्वाचित दुवै महामन्त्री चुनावी प्रतिस्पर्धामा सभापति शेरबहादुर देउवाविरुद्धको प्यानलमा थिए । निर्वाचित भएपछि दुवैले सभापतिसँग सहकार्य गरेर कांग्रेसलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    भावी नेतृत्वका लागि प्रत्यासी रहेका कारण महामन्त्रीका रूपमा आफ्नो शक्ति सञ्चय र सुदृढ गर्ने प्रयत्न दुवैले गर्नेछन् । दुवै नेताको ‘सार्वजनिक छवि’ उस्तै खालको भएकाले पनि ‘व्यक्तित्वको टकराव’ नआउला भन्न सकिँदैन ।

    राजनीतिक वृत्तमा कांग्रेसले मात्रै नभएर समाजले नै अपेक्षा गरेका नेतामध्येमा गगन-विश्व पर्दछन् । उनीहरूले राजनीतिमा निर्माण गरेको भाष्यप्रति आम नागरिकको चासो बढेको पाइन्छ । राजनीति नरुचाउने मात्रै होइन कांग्रेस नै नरुचाउनेले पनि गगन-विश्वको कामलाई धैर्यताका साथ मूल्यांकन गर्नेछन् । यसर्थ गगन-विश्व दुवैले कांग्रेस महामन्त्रीका रुपमा अबका ४ वर्ष व्यक्तिगत र पार्टी दुवैको राजनीतिक जीवनलाई उपलब्धीपूर्ण बनाउने गरी काम देखाउनुपर्नेछ ।

    के गर्न सक्छन् गगन-विश्वले ?

    पार्टीभित्र विधि पद्दतिबारे सवाल उठाउँदै आएका दुवै नेता महामन्त्रीको जिम्मेवारीमा छन् । महामन्त्रीका रूपमा अब सवाल उठाउने होइन कि ‘सवाल नउठ्नेगरी’ काम गर्नुपर्ने अवस्था महामन्त्रीद्वयलाई छ । त्यस्तो काम व्यक्तिगत रुची वा लहडबाट नभइ कांग्रेसको विधानद्वारा निर्देशित हुनुपर्नेछ ।

    कांग्रेस विधानले दिएका १२ काम, कर्तव्य र अधिकार नै महामन्त्रीद्वयको जिम्मेवारीको वैधानिक आधार हो । कांग्रेस विधानले पार्टीको केन्द्रीय कार्यालय महामन्त्री मातहत रहने व्यवस्था गरेको छ । त्यस्तै महाधिवेशन, महासमिति, केन्द्रीय समिति र कार्यसम्पादन समितिलगायतको निर्णय कार्यान्वयन गर्ने अधिकार पनि विधानले महामन्त्रीलाई दिएको छ ।

    त्यस्तै दैनिक कार्यसञ्चालमा सभापतिलाई सघाउने र आवश्यक जानकारी र सुझाव दिने जिम्मेवारी पनि महामन्त्रीकै हो । कांग्रेस विधानले महामन्त्रीलाई संगठनसँग सम्बन्धित बढी जिम्मेवारी प्रदान गरेको छ । पार्टीको केन्द्रीय समिति, महासमिति र महाधिवेशनमा प्रतिवेदन र प्रस्ताव पेश गर्ने दायित्व पनि महामन्त्रीकै हो ।

    कांग्रेसवृत्तमा गगन-विश्वको जितलाई रुपान्तरणको सुरूआतका रूपमा व्याख्या गर्ने गरेको पाइन्छ । यद्यपि कांग्रेसजस्तो पार्टीमा व्यक्तिको प्रयत्न रुपान्तरणका लागि काफी हुँदैन । कुनै व्यक्तिको हार वा जितले कांग्रेसको पतन वा उत्थानको निर्धारण गर्न सक्दैन । यसर्थ जितको उन्मादभन्दा जिम्मेवारीको आत्मबोधसहित अघि बढ्नु नै दुवै नेताका लागि हितकर हुनेछ ।

    यो अर्थमा पार्टीको आन्तरिक समीक्षा र राजनीतिक धार निर्माणमा महामन्त्रीले योगदान गर्न सक्छन् । विधानले महामन्त्रीद्वयलाई पार्टीको केन्द्रीय निकायका निर्णयहरू प्रमाणित गर्ने अधिकार दिएको छ भने क्रियाशील सदस्यताबारे विशेष अधिकार दिएको छ ।

    कांग्रेस विधानमा सभापतिले तोकेको महामन्त्रीको संयोजकत्वमा तीनजना केन्द्रीय सदस्य सम्मिलित ‘सदस्यता व्यवस्थापन केन्द्रीय समिति’ रहने व्यवस्था गरेको छ । सो समितिले देशभरीको सदस्यको अभिलेख राख्ने, सम्बन्धित निकायलाई अभिलेख राख्न लगाउने, सदस्यता वितरण र नवीकरणको अनुगमन गर्ने र आवश्यक निर्देशन दिने विधानमा उल्लेख छ । मुख्यतः यसबाहेकका अधिकारहरू तोकिएबमोजिम हुने व्यवस्था कांग्रेस विधानले गरेको छ ।

    विधानले दिएका अधिकारहरुको कार्यान्वयनले कांग्रेसको आन्तरिक व्यवस्थान, सदस्यता प्रणाली र संगठ सुदृढीकरणमा महामन्त्रीद्वयले योगदान गर्न सक्छन् । त्यसबाहेक कांग्रेसको पदाधिकारीका हैसियतले उनीहरूले राष्ट्रिय राजनीतिक र सार्वजनिक जीवनमा प्रस्तुत गर्ने व्यवहारले पनि पार्टीप्रति जनताको ‘छवि’ निर्माण हुन मद्दत पुग्दछ ।

    सभापति नरिझाइ सुखै छैन

    कांग्रेस विधानमा बहुपदको व्यवस्था भए पनि सभापति सबैभन्दा शक्तिशाली छन् । सामुहिक नेतृत्व भनिए पनि सभापतिको तजविजी अधिकारले त्यसलाई सहज हुन दिँदैन । पदाधिकारी र केन्द्रीय सदस्यहरूको कार्यविभाजनको मुख्य अधिकार नै सभापतिमा निहित रहेको छ । कांग्रेस विधानको दफा २५ को ४ मा ‘केन्द्रीय कार्यसमितिका पदाधिकारीको कार्य विभाजन गर्ने अधिकार’ सभापतिलाई दिइएको छ ।

    जसअनुसार विधानले महामन्त्रीलाई दिएका मुख्य अधिकारहरू गगन र विश्वमध्ये कसलाई प्रत्यायोजन गर्ने भन्ने अधिकार सभापति देउवामै निहित छ ।

    यसकारण ‘पर्फमेन्स’ देखाउन महामन्त्रीले सभापतिलाई रिझाउनुको विकल्प छैन ।

    अघिल्लो कार्यसमितिमा सभापति देउवाले निर्वाचित महामन्त्री डा. शशांक कोइरालालाई भन्दा मनोनीत महामन्त्री पूर्णबहादुर खड्कालाई बढी जिम्मेवारी प्रत्यायोजन गरेका थिए । यसपटक दुवै महामन्त्री निर्वाचनबाट आएकाले जिम्मेवारी लिनकै लागि पनि सभापतिलाई रिझाउन जरुरी छ ।

    महामन्त्रीमा मात्रै होइन उपसभापतिमा पनि त्यस्तै अवस्था छ । कांग्रेस विधानमा उपसभापतिको काम, कर्तव्य र अधिकारसमेत उल्लेख छैन । उपसभापतिको नेतृत्वमा रहने नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुख २ मध्ये कुन उपसभापतिलाई तोक्ने भन्ने अधिकार सभापतिमै छ ।

    गगन-विश्व सहकार्य कि टकराव ?

    १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित दुवै युवा नेतालाई भविष्यमा कांग्रेस हाँक्ने नेताको रुपमा कांग्रेस वृत्तमा चित्रण गर्ने गरिन्छ । विद्यार्थी राजनीतिदेखि नै अघिपछि गर्दै आएका दुईमध्ये को पहिले पार्टी सभापति बन्लान् ? भन्नेमा धेरैको चासो छ ।

    दुवै नेतालाई १५ औं महाधिवेशनमा सभापतिको आकांक्षीका रूपमा हेरिएको छ । दुवैले अलग-अलग गुटको अगुवाइसमेत गर्दै आइरहेका छन् । महामन्त्री भएपछि दुवै नेताले एक-अर्कासँग सहकार्य गरेर अगाडि बढ्ने बताएका त छन् तर त्यसमा ढुक्क हुनसक्ने अवस्था छैन ।

    भावी नेतृत्वका लागि प्रत्यासी रहेका कारण महामन्त्रीका रूपमा आफ्नो शक्ति सञ्चय र सुदृढ गर्ने प्रयत्न दुवैले गर्नेछन् । दुवै नेताको ‘सार्वजनिक छवि’ उस्तै खालको भएकाले पनि ‘व्यक्तित्वको टकराव’ नआउला भन्न सकिँदैन ।

    पार्टीभित्र विधि पद्दतिबारे सवाल उठाउँदै आएका दुवै नेता महामन्त्रीको जिम्मेवारीमा छन् । महामन्त्रीका रूपमा अब सवाल उठाउने होइन कि ‘सवाल नउठ्नेगरी’ काम गर्नुपर्ने अवस्था महामन्त्रीद्वयलाई छ । त्यस्तो काम व्यक्तिगत रुची वा लहडबाट नभइ कांग्रेसको विधानद्वारा निर्देशित हुनुपर्नेछ ।

    अन्त्यमा, कांग्रेसवृत्तमा गगन-विश्वको जितलाई रुपान्तरणको सुरूआतका रूपमा व्याख्या गर्ने गरेको पाइन्छ । यद्यपि कांग्रेसजस्तो पार्टीमा व्यक्तिको प्रयत्न रुपान्तरणका लागि काफी हुँदैन । कुनै व्यक्तिको हार वा जितले कांग्रेसको पतन वा उत्थानको निर्धारण गर्न सक्दैन । यसर्थ जितको उन्मादभन्दा जिम्मेवारीको आत्मबोधसहित अघि बढ्नु नै दुवै नेताका लागि हितकर हुनेछ ।

    ‘पब्लिक एटेन्सन’ भन्दा माथि उठेर कांग्रेस र राष्ट्रिय राजनीतिमा योगदान गर्ने अवसरलाई महामन्त्रीद्वय गगन-विश्वले सदुपयोग गरेमात्रै गगनले भनेझैं ‘कांग्रेसमा पुनर्जागरण’ वा विश्वले भनेझैं ‘राजनीतिमा रुपान्तरण’ हुनसक्छ ।

  • एमसीसीबारे तोडिएला गगन थापाको मौनव्रत ?

    एमसीसीबारे तोडिएला गगन थापाको मौनव्रत ?

    काठमाडौं । नेपाली कांग्रेसका चर्चित युवा नेता तथा नवनिर्वाचित महामन्त्री गगनकुमार थापा हिजो शीर्ष नेताहरूसहितको सर्वदलीय वैठकमा सहभागी भए । उक्त वैठकको मुख्य एजेन्डा थियो, एमसीसी अर्थात् मिलिनियम च्यालेन्ज कर्पोरेशन ।

    पार्टीको महामन्त्रीका रूपमा सहभागी भएको पहिलो महत्वपूर्ण बैठक नै गगनका लागि पेचिलो पर्‍यो । एमसीसी वर्षौंदेखि गिजोलिएर अति विवादित बनेको मुद्दा हो, जसलाई लिएर देशमा तीब्र ध्रुवीकरण छ । राजनीतिक वृत्त दुई कित्तामा बाँडिदा जनताको ठूलो हिस्सा एमसीसीको विरोधमा छन् । एमसीसीका पक्षमा रहेका नेताहरू पनि आलोचनाको डरले सार्वजनिकरूपमा बोल्न डराउँछन् । गगन थापाको दु:ख पनि यही हो ।

    एमसीसीमा केन्द्रित हिजोको बैठकमा गगनले के बोले भन्ने चासो धेरैलाई हुन सक्छ । उनी नेपाली कांग्रेसको प्रतिनिधिका रूपमा बैठकमा सहभागी भएका हुन् । कांग्रेस एमसीसी पारित गर्ने पक्षमा स्पष्ट छ । कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गर्न हतारिएका छन् । यसकै लागि उनले वैठक राखेका थिए । सरकारले बोलाएको चालु अधिवेशनको मुख्य टास्क पनि एमसीसी नै हो ।

    बुझिएअनुसार वैठकमा गगनले आफ्नो पार्टीको नीतिविपरित कुनै फरक राय राखेनन् । उनी खासै बोलेनन् पनि । देउवा स्वयम् वैठकमा सहभागी रहेकाले गगनले बोल्नैपर्ने बाध्यता पनि थिएन । तर, आगामी निमा गगनलाई नबोली उम्किने सुविधा सधैँ नमिल्न सक्छ, किनकी उनी अब कांग्रेसको उच्च पदमा छन् । आफ्नो पार्टीका सभापति तथा प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्न अन्तिम बल लगाइरहँदा उनी तटस्थ बसिरहन मिल्दैन ।

    देशका हरेक जल्दाबल्दा विषयमा तत्काल प्रतिक्रिया दिइहाल्ने नेता हु्न् गगन । सार्वजनिक सरोकारका मुद्दामा व्यक्तिगत धारणा राख्नुअघि पहिले संसदमा आवस भनेर पर्खि बस्दैनन् उनी । कहिलेकाहीँ महत्वहीन खुद्रा विषयमा पनि फेसबुक टिप्पणी गर्न भ्याइरहेका हुन्छन् । तर, एमसीसीजस्तो जनस्तरमै व्यापक बहस भइरहेको र अनेकन भ्रमहरू फैलाइएको मुद्दामा उनले निराशाजनरूपमा मौनव्रत धारण गरिरहेका छन् । संसदमा गएपछि मात्रै बोल्छु भन्नु उनको ‘काइते’ प्रतिक्रिया हो ।

    त्यसो त गगन स्वयम् एमसीसीका पक्षधर हुन् । उनी सुरूदेखि नै एमसीसी पारित हुनुपर्नेमा स्पष्ट रहेको निकटस्थहरू बताउने गर्छन् । तर, सार्वजनिकरूपमा अहिलेसम्म उनले कतै पनि एमसीसीको वकालत गरेको सुनिएको छैन । न त आलोचना नै गरेका छन् । एमसीसीको विषयलाई सकेसम्म पन्छाउने, त्यो सम्भव नभए अमूर्त जवाफ दिएर फुत्किने चेष्टा उनले गर्दै आएका छन् ।

    करिब दुई वर्षअघि एक कार्यक्रममा एमसीसीबारेको प्रश्नले गगन अप्ठेरोमा परेका थिए । कान्तिपुर दैनिकले आयोजना गरेको ‘कान्तिपुर कन्क्लेभ’ मा सहभागी गगनलाई प्रश्नकर्ताले एमसीसीको विषयमा धारणा मागेका थिए ।

    गगनले जवाफ दिए, ‘यो विषयमा बोल्न समय चाहिन्छ, म संसदमा नै आफ्ना धारणा राख्छु ।’

    यसरी प्रश्नबाट फुत्किएका गगनले संसदमा एमसीसीबारे बोल्ने दिन भने कहिल्यै आएन । त्यसपछि उनले पूरै मौनता साँधे । गत वर्ष एसीसीको विवाद उत्कर्षमा पुग्दा सामाजिक सञ्जालमा गगनको खोजी तीब्र भएको थियो । ‘गगन हराएको सूचना’ ह्यासट्याग नै चल्यो । त्यसपछि गगनले एउटा विज्ञप्ति निकालेर आफूमाथि उब्जेका प्रश्नहरूलाई थामथुम पार्ने प्रयास गरे । यद्यपि, त्यस विज्ञप्तिमा पनि उनको धारणा उल्लेख थिएन ।

    एमसीसीबारे टिप्पणी गर्नै नचाहने गगनको दुई महिनाअघि पत्रकार ऋषि धमलाले मुख खुलाएका थिए । प्राइम टिभीमा प्रसारित अन्तर्वार्तामा गगनले आफ्नो स्वभावविपरीत एकदमै घिसिपिटी जवाफ दिएका छन् । उनी न पक्षमा खुलेका छन् न विपक्षमा ।

    अन्तर्वार्तामा ऋषिले गगनलाई सिधा सोधेका थिए- एमसीसी पारित गर्ने देउवाको अडान छ, तपार्इं पक्षमा कि विपक्षमा, जनतालाई बताउनुस ।

    गगनको जवाफ यस्तो थियो-

    म यो देशको सांसद हुँ । यो विषय पहिले नेपाल सरकारले संसदभित्र ल्यावस् । त्यसपछि संसदको विषय बन्छ । अनि बल्ल मेरो पनि विषय हुन्छ । नेपालको हितमा हुन्छ भन्ने लागेमा छाती ठोकेर पास गर्छौं । होइन, यसमा समस्या छ भन्ने लाग्यो भने रोक्छौं । त्यसैले तपाईंले यो प्रश्नको उत्तर कहाँ मात्रै पाउनुहुन्छ भने जुन दिन यो विषय संसदमा आउँछ । नआउँदासम्म मेरो टाउको दुखाइ होइन ।

    धमला प्रतिप्रश्न गर्छन्-

    तर, जनमत त एमसीसीको पक्षमा छैन नि गगन थापाजी ?

    गगनले अलि ठोस जवाफ दिँदै भन्छन्- एमसीसीको बहस अलि बरालिएको छ । जनमत निर्माण गर्ने काम पनि हामी नेताहरूकै हो । जनताले आफूले चुनेर पठाएको सांसदलाई विश्वास गर्नुपर्छ ।

    धमलाको सोधाइ- त्यसको मतलव तपाईं एमसीसी पास गर्ने पक्षमा हुनुहुन्छ ?

    गगन फेरि पनि खुल्दैनन्

    म सांसद हो । एमसीसी यदि राष्ट्रघाती हो, जनविरोधी हो भने फेल हुन्छ । राष्ट्रको पक्षमा छ भने संसदबाट पास हुन्छ । म भएको संसदले देशको अहित हुने कुरा पास गर्दैन । हित हुने कुरा छ भने कसले डाँडामा उक्लेर के भन्यो भन्नेले अर्थ राख्दैन । पहिले संसदमा आवस् । हामी पढ्छौं । सांगोपांगो हेर्छौं । दूई–चार महिना लगाउँला । शब्द–शब्दमा बहस गरौंला । टेबुलमा ल्याउँला । अनि निर्णय गरौंला ।

    देशका हरेक जल्दाबल्दा विषयमा तत्काल प्रतिक्रिया दिइहाल्ने नेता हु्न् गगन । सार्वजनिक सरोकारका मुद्दामा व्यक्तिगत धारणा राख्नुअघि पहिले संसदमा आवस भनेर पर्खि बस्दैनन् उनी । कहिलेकाहीँ महत्वहीन खुद्रा विषयमा पनि फेसबुक टिप्पणी गर्न भ्याइरहेका हुन्छन् । तर, एमसीसीजस्तो जनस्तरमै व्यापक बहस भइरहेको र अनेकन भ्रमहरू फैलाइएको मुद्दामा उनले निराशाजनरूपमा मौनव्रत धारण गरिरहेका छन् । संसदमा गएपछि मात्रै बोल्छु भन्नु उनको ‘काइते’ प्रतिक्रिया हो ।

    एमसीसी सम्झौताको अध्ययन गरेर बोल्ने गगनको भनाइ पनि हास्यास्पद छ । एमसीसी सम्झौता सार्वजनिक भएको उहिल्यै हो । वेवसाइटमै यो उपलब्ध छ । उनीजत्तिको अध्ययनशील नेताले अहिलेसम्म पढ्नै नपाएर प्रतिक्रिया नजनाएको भनेर कसैले पत्याउँदैन ।

    एमसीसीबारे गगनले सार्वजनिकरूपमा नबोल्नुको एउटा मात्रै कारण छ, विवादमा पर्ने डर । उनी एमसीसीको विरोधमा छैनन् । तर, खुल्ला समर्थन गर्दा आजका दिनसम्म गरिरहेको लोकरिझ्याईंको राजनीतिमा धक्का पुग्ने बुझाइ उनको छ । एमसीसीबारे सामाजिक सञ्जालको प्रवृत्ति उनलाई राम्ररी थाहा छ । एमसीसीको पक्षधरता लिनेहरूले खेप्नुपरेका निन्दा र भर्त्सनालाई उनले नियालेका छन् ।

    गगनमाथि आलोचकहरूको आरोप छ, उनी जता हावा बग्छ, त्यतै कुद्छन् । भीड जता छ, त्यहीँ घुसेर चर्को भाषण गर्छन् । ‘एन्टीकरेन्ट’ अभिव्यक्ति दिन उनको हिम्मत पुग्दैन । एमसीसीबारे गगनको तटस्थताले यस्तै आरोपलाई बल पुर्‍याइरहेको छ । उनले सही भनेका हुन्, नेताले जनमतका आधारमा आफूलाई हिँडाउने मात्र होइन, जनमत निर्माण गर्ने वा बदल्ने पनि क्षमता देखाउनुपर्छ । आफ्नो यो सिद्धान्तलाई व्यवहारमा अपनाउन भने आफैं चुकिरहेका छन् ।

    एमसीसीबारे गगनले सार्वजनिकरूपमा नबोल्नुको एउटा मात्रै कारण छ, विवादमा पर्ने डर । उनी एमसीसीको विरोधमा छैनन् । तर, खुल्ला समर्थन गर्दा आजका दिनसम्म गरिरहेको लोकरिझ्याईंको राजनीतिमा धक्का पुग्ने बुझाइ उनको छ । एमसीसीबारे सामाजिक सञ्जालको प्रवृत्ति उनलाई राम्ररी थाहा छ । एमसीसीको पक्षधरता लिनेहरूले खेप्नुपरेका निन्दा र भर्त्सनालाई उनले नियालेका छन् ।

    हिजोका दिनसम्म गगन पार्टीको केन्द्रीय सदस्यको हैसियतमा मात्र थिए । तर, अब उनी कांग्रेसका महामन्त्री हुन् । सरकारको नेतृत्व गरिरहेको पार्टीको शक्तिशाली ओहदामा पुगेका उनले कुनै पनि मुद्दामा आफूलाई निरपेक्ष राखिरहन सक्दैनन् । एमसीसीबारे उनको अभिव्यक्तिले यसअर्थमा महत्व राख्छ कि गगनलाई पछ्याउनेहरूको जमात देशमा ठूलो छ । त्यो कांग्रेसभित्र मात्र नभएर बाहिर पनि छ ।

    एमसीसीको बारेमा जेजस्ता भ्रमहरू फैलाइएका छन्, तिनीहरूलाई चिर्दै वास्तविकता जनतासमक्ष ल्याउने हिम्मत गरे भने तत्कालका लागि उनका लागि फाइदाजनक नदेखिन सक्छ, तर कालान्तरमा गगनले आफूलाई साँचो अर्थमा ‘नेता’ प्रमाणित गर्न सक्नेछन् ।

  • गगन-विश्वको विजय: बुढो रुखलाई फिस्टाको काँध

    गगन-विश्वको विजय: बुढो रुखलाई फिस्टाको काँध

    सत्तारुढ गठबन्धन आफ्नो कुरुप अनुहार छोप्ने मुकुण्डको खोजीमा थियो । शेरबहादुर देउवा र रामचन्द्र पौडेलको लालची राजनीतिको छिद्रहरुको भरपूर उपयोग गरी विश्वप्रकाश शर्मा र गगनकुमार थापा कांग्रेसको महामन्त्री चुनिएपछि सत्तारुढ गठबन्धनले एमालेको करिश्मालाई विषयान्तर गर्ने मेलो भेटाएको छ ।

    एमालेसँग भएको सुदृढ वैचारिक एकता र कांग्रेसमा झांगिएको आत्मकेन्द्रित गुटबदलु प्रवृत्तिले देखाउँछ कि एमालेको उत्थान र कांग्रेसको पतन कसैले रोक्न सक्ने छैन ।

    नेपाली कांग्रेसको ओरालो यात्रा र एमालेको विजययात्राका आधार र जराहरु एकाएक टुसाएका होइनन् । एक शक्ति केन्द्रको निर्माण, उत्थान र पतनमा लामो सिलसिलाले काम पाएको हुन्छ । कांग्रेसको पतनको मूल जरो देउवा–पौडेलको पुस्तामा रोपिएको छ ।

    २०४६ सालको परिवर्तनपछि कांग्रेसले देशको पोल्टामा समृद्धि, सामाजिक न्याय, तीव्र विकास, सुशासनको सौभाग्य थमाउन सक्ने सुन्दर अवसर थियो । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसादलाई मिल्न नदिएर, कांग्रेस-एमालेको सहकार्य हुन नदिएर, माओवादीलाई जंगल पठाएर, देशका उद्योगहरु बेचेर, भ्रष्टाचार गरेर, देशको राजनीतिक अस्थिरताको प्रमुख कारक तत्व बनेर, भारतको दलाली गरेर, वैदेशिक हस्तक्षेप निम्त्याएर, एमालेको जनपक्षीय छवि र जनप्रिय कामबाट जलेर देउवा-पौडेलको पुस्ताले नेपाली कांग्रेसलाई जनताको कोपको भुँग्रोमा हाल्यो ।

    नेपाली कांग्रेस नेपाली जनताको सुखदुःखको सहारा, उकालीको बिसौनी बन्न सक्थ्यो तर राजनीतिको खोल ओढेर नाफा कमाउन आएको कांग्रेसको यही पुस्ताका कारण जनताले पटक पटक धोका मात्र पाए ।

    एमाले र नेपाली जनताको योग, एकता, मेहनत, निष्ठा, साधना, हिम्मत, योजना र सपनामा पानी खन्याउन कांग्रेस युगदेखि युगसम्म अग्रसर रह्यो । देशका लागि अवान्छित तत्वको जोहो गर्ने अपराध सिलसिला पचासको दशकदेखि कांग्रेसले गर्दै आएको छ ।

    एमालेको नेतृत्वमा जनताको चिसो चुल्होमा आगो बलेकोमा कांग्रेसको चित्त दुख्छ, मन रुन्छ र ह्रदय जल्छ । लोकतन्त्र र राज्य आम जनताको बनेकोमा संकीर्ण सोचको कांग्रेसलाई मन पर्दैन । एमालेको उदय देखेर कांग्रेसलाई छटपटी हुन्छ । देशको उन्नति, लय र प्रगति रोक्न कांग्रेसले एमालेका विरुद्धमा देशको सीमाभित्र र बाहिरका अवान्छित तत्वलाई आमन्त्रित गर्छ, कपटमा उत्रिन्छ र खलनायकी चरित्र देखाउँछ ।

    एमालेको एकतामा छिनो चलाउन कांग्रेस कहिलै चुकेको छैन । आफ्नो सामर्थ्यले नपुगेपछि विदेशी ‘प्रभु’ बोलाउँछ । देशको स्वाभिमान बन्धकीमा राख्छ । आफ्नो यसप्रकारको आदर्शच्युत, विवेकशून्य, देशघाती अनुहार लुकाउन र विषयान्तर गर्न कांग्रेस अफ्ना नेताहरुको महिमा मण्डन गर्ने गर्छ ।

    केही दशक कांग्रेसले बीपी, गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसादको नाम भजाएर खायो । गत तेह्रौं महाधिवेशनबाट शशांक कोइराला महामन्त्री निर्वाचित भएपछि शशांकको नाम उछालियो । यसपटक पुस्तान्तरणको तुष्टिकरणमा कांग्रेस लठ्ठिएको छ ।

    ढल्न लागेको रुखलाई फिस्टाको काँध

    देउवा र पौडेलको जुम्ल्याहा ठग जोडीको अगाडि कांग्रेसका नवनिर्वाचित महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको नियति निवर्तमान महामन्त्री डा. शशांक कोइरालाको भन्दा भिन्न हुने छैन । यसरी नै अपेक्षा त शशांकबाट पनि धेरैले धेरै नै राखेका थिए । यसरी नै हौवा पिटिएकै हो ।

    त्यस्ता भन्दा कस्ता खायो बनका बाघले भनेझै सेटिङ र चिटिङ मिलाएर दुईतिहाई बहुमतको सरकार, ओली जस्तो लौहपुरुष र शक्ति पृथकीकरणको सर्वव्यापी सिद्धान्तको चीरहरण गर्न सक्ने, लाजपचाइसकेका खल्लीसँग शर्मा र थापाको सीप नचल्ने निश्चित छ ।

    शर्मा, थापा र देउवा(एसटीडी) त्रिकोण कांग्रेसका लागि देखाउने दाँत मात्र हुनेछ । देउवाको चपाउने दाँत सत्तारुढ गठबन्धनको माधव, रामचन्द्र र प्रचण्ड(एमआरपी) त्रिकोण नै हुनेछ । सत्तारुढ गठबन्धनको लक्ष्य र उद्देश्य गृह निमार्ण होइन दुःखी आत्माहरुको क्लबको रुपमा रहेको एमआरपी गुटको अतिरिक्त आकांक्षा पूरा गर्नु हो ।

    राम्रो राम्रो मिलेर खाँण र कपुर नराम्रो नराम्रो मिलेर भांङधतुर । देउवा, रामचन्द्र, प्रचण्ड र माधवको साँठगाँठको भांङधतुरोबाट देश र कांग्रेसलाई चाहिएको उन्मुक्ति दिने आँट र चेत विश्वप्रकाश शर्मा र गगन थापासँग छैन । यसैले शर्मा र थापाको उफ्रिपाफ्रीबाट कांग्रेसको ओरालो यात्रा र अनिबार्य पतन रोकिने छैन । घरमूली बाबु होस् कि छोरो महत्वपूर्ण कुरा होइन, महत्वपूर्ण कुरा घर साधुको हो कि चोरको, उद्यमीको हो कि अल्छीको कसको भन्ने हुन्छ ।

    मकै पिस्दा घुन पिसिएझै देउबा र पौडेलको पुस्ताका कारण कांग्रेसदेखि जनताले पालेको कोपको भागेदार कांग्रेसको सबै पुस्ताले हुनुपर्ने छ । यसैले समस्याको पोको कांग्रेसको उद्धार गर्ने शर्मा र थापाको हुटहुटी ढल्न लागेको थोत्रो र जर्जर रुखलाई फिस्टे चराले थापेको काँध भन्दा भिन्न छैन ।

    देखाउने दाँत एसटीडी, चपाउने दाँत एमआरपी

    शर्मा, थापा र देउवा(एसटीडी) त्रिकोण कांग्रेसका लागि देखाउने दाँत मात्र हुनेछ । देउवाको चपाउने दाँत सत्तारुढ गठबन्धनको माधव, रामचन्द्र र प्रचण्ड(एमआरपी) त्रिकोण नै हुनेछ । सत्तारुढ गठबन्धनको लक्ष्य र उद्देश्य गृह निमार्ण होइन दुःखी आत्माहरुको क्लबको रुपमा रहेको एमआरपी गुटको अतिरिक्त आकांक्षा पूरा गर्नु हो ।

    सत्तारुढ गठबन्धनले जनता रिझाउनु छैन । बल मिच्याईं गरेर लिपुलेकदेखि लिम्पियाधुरा कब्जा गरिरहेको छिमेकीलाई हरहर महादेव गरेर रिझाउनु रहेको छ । महाधिवेशनबाट कांग्रेस नयाँ जोश र नयाँ सोचका साथ आएको खुबै ढोल पिट्ने देखिन्छ । एसटीडी त्रिकोणको आवरणमा सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली काग्रेसले नयाँ बोतलमा पुरानो रक्सी खपत गर्ने चलाखी गर्ने छ । परिणती भने देश र जनताले माधव, रामचन्द्र र प्रचण्ड(एमआरपी) त्रिकोणको कष्टसाध्य बोझ बोक्नु हुनेछ ।

    के अब अनन्तकालसम्म प्रचण्डले ओलीका रिसले आलोपालो सत्ता साझेदारीको माग दाबी छोड्लान् त ? या त एउटाको रिसले अर्काेलाई बोक्ने प्रचण्ड र त्यति नै पदलोलुप माधव नेपालको तृष्णा मेट्न सिंगो कांग्रेस राजी होला ? जता सत्ता त्यतै विग्रहको नियतिले काग्रेसलाई लपेट्ने संभावना पनि बलियो छ ।

    देउवाको प्राथमिकतामा कांग्रेस महाधिवेशनको म्याण्डेट हृुनेछैन । नेपालको राष्ट्रिय समस्या एमआरपी गुट नै पर्ने देखिन्छ । किनकी सत्ता राजनीतिका धुर्त खेलाडी देउबाले शर्मा र थापाको संभावनालाई गोडमेल गर्ने छैनन् । माधव, रामचन्द्र र प्रचण्डको मन दुःखाउनु नै आफ्नो निष्कण्टक सत्ता यात्रा तगारो हुन् भन्ने देउबालाई राम्रैसँग थाह छ ।

    माधव नेपाल एमालेद्वेषी भैदिनु, कांग्रेसमा रामचन्द्रले देउवाा बिरोधी खेमाको अगुवाई गर्न नसक्नु र प्रचण्डलाई ओलीदेखि रिस उठ्नु परिणाम राज्यसत्ता र कांग्रेस पार्टी सत्ता देउवाको पोल्टामा परेको छ । यी मध्ये प्रचण्डको रिसको पारो र अस्थिर चरित्र नै देउवाको प्रमुख टाउको दुःखाई हुनेछ ।

    कसैलाई मन पराएको आधारमा समबन्ध निर्माण नगरी एउटाको रिसले अर्काको भर्‍याङ बन्न पछि नपर्ने जटिलपुरुष प्रचण्डको प्रवृत्ति रहेको छ । एमालेको रिसले दरबार, दिल्लीको चरणचुम्बन गर्नु, कांग्रेस, त्यसमा पनि कोइराला खेमाको रिसले २०७२ सालमा ओलीलाई प्रधानमन्त्रीका लागि समर्थन गर्नु र ओलीको रिसले दुई दुई पटक देउवालाई वामपन्थी सरकार सुम्पिनु दृष्टान्तहरु हुन् ।

    के अब अनन्तकालसम्म प्रचण्डले ओलीका रिसले आलोपालो सत्ता साझेदारीको माग दाबी छोड्लान् त ? या त एउटाको रिसले अर्काेलाई बोक्ने प्रचण्ड र त्यति नै पदलोलुप माधव नेपालको तृष्णा मेट्न सिंगो कांग्रेस राजी होला ? जता सत्ता त्यतै विग्रहको नियतिले काग्रेसलाई लपेट्ने संभावना पनि बलियो छ ।

    कृष्णप्रसाद, गिरिजाप्रसादबाट सत्ता खोस्ने देउवा, पालो पर्खी रहेका अन्य कांग्रेसी हस्तीहरुलाई के निराश नपार्लान् त ? ठगिएका र रिसाएका प्रचण्डले लिने यु टर्न मोड कस्तो होला ? हेर्दा लाग्छ, आगामी चुनावमा सत्तारुढ गठबन्धनबाट जनताले स्थिरताको आशा गर्ने ठाउँ छैन ।

    उत्तरकुमारको हालत

    भन्नु र गर्नुमा आकाश जमिनको अन्तर छ । अहिले कांग्रेसका दुई महामन्त्रीको डंका पिटाई र गरिएको अपेक्षा यथार्थमा आधारित छैन । शर्मा र थापाको हौसला महाभारतमा पाइने उत्तरकुमारको मिथकसँग मेल खान्छ ।

    पाण्डवहरु विराटनगरमा गुप्तबासमा रहँदा द्रौपदीमाथि आँखा लगाएकाले भीमले किचकको वध गर्छन् । कौरवहरुले किचकको बध गर्ने सामर्थ्य राख्ने मध्ये एक जना भीम भएकाले पक्कै पनि पाण्डवहरु विराटनगरमा लुकेको हुनुपर्ने अनुमान लगाउँछन् ।

    सत्तारुढ गठबन्धनका पतनका लागि एमाले यज्ञ, ओली लहर र जनताको सत्तारुढ गठबन्धनकाप्रतिको कोप पाण्डवहरुको जस्तै महाभारत युद्धको व्यवस्थित तयारी हो । एमाले यज्ञलाई छायामा पार्ने गरी शर्मा र थापाले हाँक्ने गरेका गुड्डीहरु महिला गणको अगाडि उत्तरकुमार गरेको फुर्तीजस्तै हो ।

    गुप्तवासको एक वर्ष नपुग्दै पाण्डवहरु भेटिएमा फेरि बाह्र वर्ष वनवास जाने शर्त भएकाले कौैरवहरुले विराटनगरमा हमला गर्छन् । कौरव सेनाको एक टुकडीले गौशालाबाट गाई हरण गर्छ । राजा विराट त्यसको प्रतिरोधमा जान्छन् । अर्कोपट्टिबाट राजधानी हमला गर्न कौरव महारथिहरु आएको सूचना आउँछ ।

    महिला गणको बीचमा कौरव महारथीको मुकाबिला आफूले गर्न सक्ने भन्दै किशोर अवस्थाका युवराज उत्तरकुमार कौरव महारथिहरुको मुखले तेजोवध गर्छन् । जब युद्ध मैदानमा आम्नेसाम्नेको घडी आउँछ, भीष्म, द्रोण, कर्ण, दुर्योधन, अश्वस्थामा, दुःशासन जस्ता महारथिका अगाडि म बालकको सीप चल्दैन भन्दै उत्तरकुमार मैदान छोड्दै भाग्छन् । वृहन्नलाको रुपमा छिपिएर रहेका अर्जुनले छोपेर उत्तरकुमारको शाख जोगाउँछन् ।

    सत्तारुढ गठबन्धनका पतनका लागि एमाले यज्ञ, ओली लहर र जनताको सत्तारुढ गठबन्धनकाप्रतिको कोप पाण्डवहरुको जस्तै महाभारत युद्धको व्यवस्थित तयारी हो । एमाले यज्ञलाई छायामा पार्ने गरी शर्मा र थापाले हाँक्ने गरेका गुड्डीहरु महिला गणको अगाडि उत्तरकुमार गरेको फुर्तीजस्तै हो ।

    कांग्रेसी महाभारत र महारथिहरुको लेखाजोखा

    आन्तरिक प्रतिष्पर्धाका दौरानमा कांग्रेसी हस्तीहरुको निर्वस्त्रीकरण यस महाधिवेशनमा जति कहिलै देखिएन । कांग्रेसी महाभारतका महारथिहरुको नैतिक निर्वस्त्रीकरण, अवसरवाद, नग्नता र झुर प्रदर्शनको बिस्कुन लागेको छ । रणमैदानमा देउवाको प्रदर्शन भेडाहरुको बथानको महाशेर सेनापतिको जस्तो रहन गयो ।

    गिरिजाप्रसाद र सुशील कोइरालाबाट प्रशिक्षित र संगठित कांग्रेसको दह्रो साथ र समर्थन पाएर पनि नेता पौडेलको झुर राजनीति सिंहको बथानको भेडो सेनानायक सरहको टिठलाग्दो देखियो । पिता बीपी, छोरा धोती न टोपी होलान् भन्ने कसैले नगरेको अनुमान वास्तविकता भएर आयो ।

    पिता गिरिजा, पुत्री देउबा क्याम्प जा भएको देखियो । गणेशमान पुत्र प्रकाशमानलाई महाबेइमानका रुपमा लोकले चिन्यो । महेन्द्रनारायण निधिका पुत्रका गतिविधि पनि पिताले छोडेको विरासत अनुकूल रहेनन् । यस कांग्रेसी महाभारतको शल्य सेनापतिको फेटा गिरिजाप्रसादबाट पुल्पुल्याइएका कृष्णप्रसाद सिटौलाई परेको देखियो ।

    देउबा क्याम्पका आधा दर्जन मन्त्रीले विराटनगरमा बसेर प्रदेश नम्बर १ को सभापति निर्वाचनमा चक्रब्युह रचे र गुरुराज घिमिरेलाई कांग्रेसी महाभारतको अभिमन्यु बनाए । मनी, मशल, धनवाद, डनवाद, गनवाद जस्ता एमालेलाई उडाउन बुनिएका शब्दहरु काग्रेसका दैनिकी, जीवनशैली र पहिचान बने ।

    विश्वको विश्वास छैन, गगनको ठेगान छैन

    यी तीन महाधिवेशनमा गगन थापाले बदलेका तीन वटा क्याम्प र गएको एक हप्तामा विश्वप्रकाश शर्माले हानेको तीन घुम्ती हेर्दा कांग्रेसका नवनिर्वाचित महामन्त्रीद्वयको नियती पनि निवर्तमान महामन्त्री शशांक कोइरालाको भन्दा भिन्न नहुने देखिन्छ ।

    गणेशमान सिंहले प्रधानमन्त्री पद कृष्णप्रसाद भट्टराईलाई दिएको देखेका देउवाले यसपाली रामचन्द्रलाई यदि सभापतिका रुपमा अघिसार्दा हुन् त देउबाको उचाईँ र महिमा बीपी र गणेशमानको हाराहारीमा पुग्ने थियो ।

    बाह्रौं महाधिवेशनमा कोइराला र देउबा दुबै क्याम्पको दोहोरो लिष्टमा नाम परेर केन्द्रीय सदस्यमा डेब्यु गरेका थापा तेह्रौं महाधिवेशनमा सिटौला पक्षबाट महामन्त्री उठ्नु र यस पटक शेखर कोइराला पक्षमा घुस्नु खपतका लागि गरिएको अवसरवाद थियो । नाकाबन्दीलाई नाकाबन्दी नभन्ने, भारतका लागि कम्फरटेबल हुने प्रचण्डको लहडमा सहीछाप लगाउने कांग्रेसको युवापुस्ता पनि हो ।

    सेटिङ र परमादेशको सरकारको रक्षा र वकालतमा कांग्रेसको युवा पुस्ता झन् अगाडि छ । मुद्दा, मूल्य, नैतिकता, साधना र निष्ठालाई तपशीलमा राखेर प्राप्त भएको सफलता दिगो हुँदैन । अबका दिनमा आफ्नै अविश्वासी छवि र प्रवृति शर्मालाई भारी पर्न सक्छ र खपतका लागि समूहहरुसँगको समन्ध निर्माण र विग्रहको रफ्तार थापालाई महंगो पर्न सक्छ ।

    न नियन्त्रण न नेतृत्व हस्तान्तण

    एमालेमा अध्यक्ष ओलीका प्रतिको विश्वास, भरोशा र श्रद्धालाई खिल्ली उडाउने कांग्रेस आफू भने न नेतृत्व युवा पुस्तामा हस्ताहरण न नियन्त्रणको घनचक्करमा फसेको छ । त्यागी र दूरदर्शी नेतृत्वले मात्र पार्टीमा सकारात्मक नियन्त्रण, अनुशासन र अदप कायम गर्न सक्छ ।

    यस्तो विलक्षण क्षमता बीपीमा थियो । सुरुवाती अवस्थामा बीपीले डिल्लीरमण रेग्मीसँग कांग्रेस सभापतिको पदका लागि टसल पर्दा आफु पछि हटेर मात्रिकाप्रसाद कोइराला, महेन्द्रविक्रम शाह र सुवर्ण समशेरलाई क्रमशः सभापति, महामन्त्री र कोषध्यक्ष बनाउनु, पछि सुवर्ण समशेर र गणेशमान सिहंलाई प्रतिष्पर्धा गर्न दिएर आफू बारम्बार सभापति नहुने निष्कर्षमा पुग्नु बीपीको त्याग र दूरदर्शिताका उदाहरण थिए ।

    गणेशमान सिंहले प्रधानमन्त्री पद कृष्णप्रसाद भट्टराईलाई दिएको देखेका देउवाले यसपाली रामचन्द्रलाई यदि सभापतिका रुपमा अघिसार्दा हुन् त देउबाको उचाईँ र महिमा बीपी र गणेशमानको हाराहारीमा पुग्ने थियो ।

    देउबा र रामचन्द्र दुबै माग्न जान्ने दिन नजान्ने रसायनले बनेका हुनाले न कांग्रेसमा अनुशासन छ न कांग्रेसका दुबै खेमामा मर्यादा र शर्म छ ।

    एमाले अध्यक्ष ओलीले त्याग गर्ने दिनमा त्याग र अनुशासन र नियन्त्रण कायम गराउनु पर्ने दिन सफल नेतृत्व प्रदान गर्न सकेकाले एमालेको आन्तरिक जीवन अन्य दलको तुलनमा सरल, सहज र सफल छ । मदन, मनमोहन, सीपी, माधव, झलनाथ सबैलाई साथ दिएर, काँध थापेर तथा प्रचण्ड, माधव, झलनाथ र वामदेवहरुको घेराबन्दी ब्यूहको बहादुरीका साथ भेदन गरेर आएकाले एमालेमा ओलीको मान, शान, नियन्त्रण, विश्वास, भरोशा र श्रद्धा चरम उत्कर्षमा छ ।

    यसरी जनताको समर्थन, विचारको राजनीति, गृह निर्माणको हुटहुटी, सुखी नेपाली र समृद्ध नेपालको योजना र सपना, देशलाई स्वाभिमानको मेरुदण्ड दिन सक्ने नेता पाएकाले एमाले निरन्तर उदय, उत्थान र उत्कर्षमा छ भने उसका जोरिपारीहरु भिरको डिलमा पुगेको स्थिति छ ।

    जसको सिंंङ छैन उसको नाम तिखे

    विचार, जनमत, निष्ठा, त्याग, संंघर्ष, आदर्शको वलमा कुनै बेला कांग्रेस नेपाल नायकको भूमिकामा थियो । अस्ताचलमा पुगेको आजको कांग्रेसले भोग्नु परेको सबैभन्दा ठूलो क्षति उसले गुमाएको नेपाल नायकको धर्म हो । जसको सिंङ छैन उसैको नाम तिखे भनेझै कांग्रेस आफुलाई विचार र आदर्शबाट निर्देशित पार्टी रहेको दाबी गर्छ । जबकी कांग्रेस बासी विचार, थोत्रा तर्क र सन्दर्भ गुमेका शब्दजालमा जकडिएको छ ।

    प्रजा शब्दले सार्वभौमसत्ता सम्पन्न जनता जनार्दनको शान, मान, सर्वोपरिता, ओज र अर्थलाई बोक्न नसक्ने हुनाले हामीले प्रजातन्त्र शब्दलाई लोकतन्त्र शब्दमा संस्करण गर्‍यौं । नेपाली कांग्रेस मात्र यस्तो जडभगत पार्टी हो जसले उहिल्यै बीपीले भनेको प्रजातान्त्रिक समाजवादको पुनव्र्याख्या गरी लोकतान्त्रिक समाजवाद नामाकरण गरेर अपडेट गर्न सकेको छैन ।

    एमालेले मार्क्सवादको पुनर्व्याख्या गरी नेपाली संस्करणको मार्क्सवादका रुपमा जनताको बहुदलीय जनवाद अघि सारी जनसमुदाय र विश्व समुदायलाई विश्स्त पारिसक्तासम्म प्रदीप गिरी जस्ता कांग्रेसी चिन्तकहरु कुम्भकर्ण निद्रामा सुकला रहेको स्थिति छ । यसले देखाउँछ एमालेको तेज र तीक्ष्णता र कांग्रेसको सुस्तता र जडता ।

    जुन पार्टीका महाधिवेशन प्रतिनिधि वडा, पालिका, जिल्ला, प्रदेशका अधिवेशन र महाधिवेशनको दुई चुनाव गरी दश पटक बिक्री हुन्छन् त्यो पार्टीप्रति जनताको मोहभंग हुनु स्वभाविक छ । पैसाको लागि देश र धर्म बेच्न तयार रहेको पार्टी भनेर आफूमाथि लागेको आक्षेपलाई कांग्रेसले नाकाबन्दी र धर्म निरपेक्षताको बहसको बेला खण्डन गर्न सकेन । कुनै बेला कांग्रेस महानायकीय भूमिकामा अवश्य थियो । यी यस्ता संकेतहरु हुन् जसले कांग्रेसको पुनरुत्थानको प्रयासलाई विफल पार्ने छन् ।

    (शाही नेकपा एमालेका केन्द्रीय सदस्य हुन्)

  • तस्बिरमा गगन-विश्वप्रकाशको विजयोत्सव

    तस्बिरमा गगन-विश्वप्रकाशको विजयोत्सव

    काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी भएका छन् ।

    कांग्रेस महामन्त्रीमा गगनकुमार थापा सर्वाधिक मत ल्याएर विजयी भए । उनीसँगै विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा विजयी भए । उनीहरू दुवैजनाले कार्यकर्तासँग खुसी साटेका छन् ।

    निर्वाचन समितिका अनुसार ४६८२ मत गणना हुँदा गगनकुमार थापा ३०२३ मत प्राप्त गरे। १९८४ मत ल्याएर विश्वप्रकाश शर्मा दोस्रो बने । गगन शेखर कोइराला र विश्वप्रकाश प्रकाशमानको प्यानलबाट महामन्त्री लडेका थिए । ४३ मत बदर भएको छ ।

    सभापतिमा विजयी शेरबहादुर देउवा प्यानलका उम्मेदवारहरू प्रकाशशरण महतले १५५६ र प्रदीप पौडेलले १३९३ मत ल्याए ।
    उनीहरू दुवैजना देउवाइतरको छुट्टाछुट्टै प्यानलबाट उठेका थिए । नेतृत्व परिवर्तनको वकालत गरिरहेका नेताहरू नै दोस्रो चरणको चुनावमा देउवाका लागि भोट माग्न उभिए । तर, कम्तीमा महामन्त्री पद युवा पुस्तामा सरेको छ ।

     

  • देउवालाई बधाई दिँदै गगनले भने- रुपान्तरणका मुद्दामा सहकार्य हुनेछ

    देउवालाई बधाई दिँदै गगनले भने- रुपान्तरणका मुद्दामा सहकार्य हुनेछ

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी रुपान्तरणका मुद्दामा नवनिर्वाचित सभापति शेरबहादुर देउवासँग सहकार्य हुने बताएका छन् ।

    १४ औं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएकोमा देउवालाई बधाई दिँदै थापाले पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरूआत गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

    सभापतिमा पराजित डा. शेखर कोइराला नेतृत्वको प्यानलबाट महामन्त्रीको उम्मेदवार रहेका थापाले आम कार्यकर्तामा रहेको एकताको अपेक्षालाई आत्मसात गर्नसमेत सभापति देउवालाई आग्रह गरेका छन् ।

  • समुन्नत नेपालको नाराप्रति गोकुलको व्यंग्य– पानीट्यांकी मतपेटिकामा आविष्कारकको ढ्वाङ भरियोस्

    समुन्नत नेपालको नाराप्रति गोकुलको व्यंग्य– पानीट्यांकी मतपेटिकामा आविष्कारकको ढ्वाङ भरियोस्

    काठमाडौं । नेकपा एमालेका युवा नेता गोकुल बास्कोटा र कांग्रेसका युवा नेता गगन थापाबीच शब्दमा जुहारी चल्ने सिलसिला केही वर्षदेखि चलिरहेको छ । गोकुल र गगनबीच घोचपेच र जुहारी चल्ने क्रम गोकुल सरकारको प्रवक्ता भएका बेलादेखि नै हो ।

    पछिल्लोपटक गगनले एमालेको ‘समृद्ध नेपाल,सुखी नेपाली’नारा अपूर्ण भएको भन्दै गगनले कांग्रेस महामन्त्रीमा आफ्नो उम्मेदवारी पेश गर्ने क्रममा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने नारा अघि सारेका थिए ।

    गगनको सो नारालाई व्यंग्य गर्दै गोकुलले प्रविधिको जमानामा विद्युतीय मतदानमा विश्वास नगरी पानी ट्यांकीमा मतदान गरेर समुन्नत नेपाल निर्माण गर्न लागेको बताएका छन् ।

    उनले भने– जे होस कांग्रेस महाधिवेशनमा समुन्नत नेपालको चामत्कारिक भावी रंगिन चित्र पानीट्यांगकीका मतपेटिकामा सानदार रुपमा प्रदर्शन भैरहेको छ।कमसेकम यस्का आविष्कारकको ढ्वाङ भरियोस। भव्य सफलताको शुभकामना !

  • देशभरका कार्यकर्तालाई गगनको अपील- आज सही निर्णय गरेमात्रै भोलि पार्टीले गति लिनेछ

    देशभरका कार्यकर्तालाई गगनको अपील- आज सही निर्णय गरेमात्रै भोलि पार्टीले गति लिनेछ

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले देशभरका क्षेत्रीय प्रतिनिधिहरुलाई पार्टीको नवनिर्माणका लागि संकल्प र विवेकसम्मत निर्णय गर्न आह्वान गरेका छन् ।

    देशभर आज हुने क्षेत्रीय अधिवेशनको सन्दर्भमा अपील जारी गर्दै नेता थापाले आज सही निर्णय लिनसके मात्रै महाधिवेशनबाट पार्टीले सही गति लिने बताएका छन् ।

    १४ औं महाधिवेशनमा महामन्त्री पदका आकांक्षी रहेका थापाले गरेको आह्वान यस्तो छ:

  • कांग्रेस एक्लै लड्नुपर्छ, बहुमत ल्याउनुपर्छ : गगन थापा

    कांग्रेस एक्लै लड्नुपर्छ, बहुमत ल्याउनुपर्छ : गगन थापा

    सिन्धुली । नेपाली कांग्रेसका नेता गगन थापाले आगामी संसदीय निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दाबी गरेका छन् ।

    सिन्धुलीमा आयोजित कार्यक्रममा बोल्दै नेता थापाले महाधिवेशन सकिएलगत्तै एकतावद्ध भएर चुनावको तयारीमा जुटेको खण्डमा कांग्रेसलाई कसैले हराउन नसक्ने बताएका हुन् । उनले संसदको सबैभन्दा ठूलो दल बन्नका लागि कांग्रेसले कसैसँग गठबन्धन गर्न आवश्यक नरहेको पनि उल्लेख छ ।

    ‘अधिवेशन सकिएको भोलिपल्टदेखि नै चारतारे झण्डा लिएर गाउँगाँउमा कांग्रेस पुग्नुपर्छ । कांग्रेसको स्वभाव भनेकै एक्लै लड्ने हो । हामी आपसमा मिल्यौ र चुनाव लड्यौ भने कसैले हराउन सक्दैन’, थापाले भने । उनले विगतमा कांग्रेसले चुनावी गठबन्धनको प्रयास गरेपनि असफल भएको बताए ।

    ‘पहिला माओवादीसँग गठबन्धन गरेकै हौ । चितवनमा माओवादीलाई छाड्दा काठमाडौंमै कांग्रेसको भोट घट्यो । त्यसैले कांग्रेसले एक्लै लड्ने तयारी गर्नुपर्छ’, थापाले भने । उनले संसदको पहिलो दल बन्न आवश्यक ४२ लाख भोट कांग्रेसले ल्याउन सक्ने र गठबन्धन गर्दा भोट घट्नसक्ने बताए ।

    फरक सन्दर्भमा नेता थापाले न्यायालयमा देखिएको समस्या समाधानका लागि कांग्रेस सही ठाउँमा उभिनुपर्ने बताए । ‘अदालतको विषयमा कांग्रेस सही ठाउँमा उभिनुपर्छ । न्यायालयको जोगाउन कांग्रेसले स्पष्ट धारणा राखेर अगाडि जानुपर्छ’,थापाले भने ।

  • गगनलाई भक्तपुरबाटै ओलीको जवाफः बाबु, भ्याकुम लगाएर एमाले सिध्याउने सपना नदेख

    गगनलाई भक्तपुरबाटै ओलीको जवाफः बाबु, भ्याकुम लगाएर एमाले सिध्याउने सपना नदेख

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले कसैले चाहँदैमा एमाले पार्टी सिध्याउन नसक्ने बताएका छन् । कांग्रेसका युवा नेता गगन थापालाई लक्ष्यित गर्दै उनले भ्याकुम लगाएर एमाले बढार्ने सपना नदेख्न आग्रह गरे ।

    केही दिन अघि थापाले भक्तपुरमा भाषण गर्दै एमालेलाई चुनावमा भक्तपुरबाट क्लीन स्वीप गर्ने बताएका थिए । कतै कुनाकाप्ची बाँकी रहेमा ‘भ्याकुम’ लगाएर बढार्नेसमेत उनको दावी थियो । ओलीले भक्तपुरमै पुगेर गगनलाई जवाफ दिएका हुन् ।

    एउटा पुस्तक बिमोचन कार्यक्रममा बोल्दै ओलीले भने, ‘हिजो हो कि कहिले, एकजना बाबु घुम्दै यतै भक्तपुर आएछन् । भ्याकुम क्लिनर लिएर आएका । अनि, भ्याकुम क्लीनर लगाएर एमाले सिध्याउने रे । बिचरा । सिंगै कांग्रेस कहाँ पुग्यो हेक्का छैन, एमाले भ्याकुम क्लिनरले सिध्याउने सपना तिनीहरुका ।’

    ओलीले माओवादी अध्यक्ष प्रचण्डले आफूलाई गणतन्त्रको विरोधी भनि गरेको टिप्पणीको पनि ओलीले जवाफ दिए । उनले भने, ‘प्रचण्डले गणतन्त्र भन्नुभन्दा २५ वर्षअगाडि नै हामीले गणतन्त्रको अभियान थालेका थियौं । २२ वर्षअगाडि नै गणतन्त्रको आन्दोलनमा जेल परेको थिएँ । कसैले धाक नदेखाए हुन्छ ।’

  • महेश बस्नेतको टोलबाट गगनको गर्जन : सिंगल-सिंगल भिडेरै एमालेलाई हराउने हो

    महेश बस्नेतको टोलबाट गगनको गर्जन : सिंगल-सिंगल भिडेरै एमालेलाई हराउने हो

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले एमालेसँग एक्लै चुनाव लडेरै कांग्रेसले बहुमत ल्याउने दावी गरेका छन् । भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा नेता थापाले एक्लै चुनाव लड्न आउन एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको चुनौतीको जवाफ दिएका हुन् ।

    ‘सिंगल-सिंगल चुनाव लड्न आउन भनेको होइन ? पहिले पनि सिंगल नै लडेर कांग्रेस सबैभन्दा ठूलो पार्टीको भएको थियो । अब त झन् एमालेलाई कुचो लगाएर बढार्ने हो । कतै धुलो अड्केको रहेछ भने भ्याकुम लगाउने हो’, थापाले भने । उनले एमाले राजनीतिक पार्टी नभएर ‘केपी ओलीको प्राइभेट लिमिटेड’ भइसकेको आरोप लगाए ।

    गुण्डु एमालेका युवा नेता महेश बस्नेतको गाउँ हो । उनी साबिक गुण्डु गाविसबाट २०५४ मा गाविस अध्यक्ष निर्वाचित भएका थिए भने अहिले सो क्षेत्रका सांसद छन् । यसअघि कांग्रेसले महेश बस्नेतकै गाउँमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत लगेर भाषण गराएको थियो ।

    देउवाले त्यसबेला महेश बस्नेतलाई आफूसँग होइन भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापालाई हराएर देखाउन चुनौती दिएका थिए ।

    ‘एमालेमा फरक मत राख्ने भीम रावल र धनश्याम भूसाल छन् । उनीहरूको पनि त्यहाँ केही चल्दैन । एमाले पार्टी होइन ओली प्राइभेट लिमिटेड भइसकेको छ’, थापाले भने । जनताले विश्वास गरेर दिएको मतको सम्मान गर्न नसकेर संविधानमाथि प्रहार गरेकाले एमाले हराउनुको विकल्प नभएको थापाको भनाइ छ ।

    फरक प्रसंगमा थापाले कांग्रेसले मंसिरमा महाधिवेशन सकेर पुस २ भित्र निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने बताए ।

  • संस्थापनइतर समूहमा हरायो हार्दिकता, देउवाविरुद्ध साझा उम्मेदवारको सम्भावना टर्दै

    संस्थापनइतर समूहमा हरायो हार्दिकता, देउवाविरुद्ध साझा उम्मेदवारको सम्भावना टर्दै

    काठमाडौं । आसन्न १४ औं महाधिवेशनमा साझा उम्मेदवार तय गर्ने सार्वजनिक वाचा सुरू गरेको २ महिना नपुग्दै नेपाली कांग्रेसको संस्थापन इतर समूहमा विवाद चुलिएको छ । सभापतिको प्रत्यासी रहेका नेताहरू आपसमै आरोप-प्रत्यारोपमा केन्द्रित भएपछि संस्थापन इतर समूहमा डेढ महिनायता ‘हार्दिक छलफल’समेत हुन सकेको छैन ।

    ‘पार्टी र लोकतन्त्र बचाउनका लागि आगामी महाधिवेशनमा एकताबद्ध भएर सभापतिमा एकजना मात्रै उम्मेदवार हुनेछौं । हाम्रो एकता अटुट रहनेछ भनेर देशभरीका साथीहरूलाई आश्वस्त रहन अपील गर्दछु’, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गत भदौ १७ गते सानेपामा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए ।

    पौडेलको यो भनाइमा संस्थापनइतर समूहका नेताहरू डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, सुजाता कोइराला, गगन थापा, गुरुराज घिमिरेलगायतले भौतिक उपस्थितिमै समर्थन जनाएका थिए । त्यसयता १ दर्जन बढी जिल्लामा कांग्रेसको अधिवेशन सम्पन्न भइसकेको छ भने बाँकी जिल्लामा अधिवेशन सन्निकट छ ।

    मंसिर २४ देखि २६ सम्म महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक भइसकेको छ । कांग्रेस नेताहरू अब महाधिवेशन नसर्ने ‘दाबी’ गर्छन् । यद्यपि सभापति शेरबहादुर देउवाविरुद्ध साझा उम्मेदवार तय गर्ने वाचा गरेका इतर पक्षका नेताहरू बीच ‘संवाद’ समेत टुटेको अवस्था छ ।

    प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएलगत्तै संस्थापन इतर समूहकी नेतृ सुजाता कोइरालाले आफूले रामचन्द्र पौडेल र डा. शशांक कोइरालालाई सहयोग गर्न नसक्ने घोषणा नै गरिन् । उपप्रधानमन्त्री हुने चाहना राखेकी कोइरालाले आफूलाई धोका भएको भन्दै सार्वजनकि रुपमै पौडेल र शशांकविरुद्ध अभिव्यक्ति दिइन् ।

    सभापतिमा दाबी गरिरहेका अन्य नेताहरूले पनि एक अर्कालाई कमजोर देखाउने अभिव्यक्ति दिँदै आएका छन् । महामन्त्री डा. शशांक कोइरालाले चितवन पुगेर ‘देउवालाई हराउने उम्मेदवार आफूमात्रै रहेको भन्दै सभापतिको उम्मेदवारीबाट फिर्ता नहुने’ घोषणा गरे ।

    पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि ‘संसदीय निर्वाचन जित्न नसक्ने र अवसर पाउँदा काम नगर्नेलाई सभापति छाड्न नसकिने’ सार्वजनिक अभिव्यक्ति दिएका छन् । सिंहको सो भनाई संसदीय निर्वाचन हारेका वरिष्ठ नेता पौडेल र डा.शेखर कोइराला तथा महामन्त्री शशांकप्रति लक्षित थियो । सभापतिको प्रत्याशी बनेका डा. शेखर कोइरालाले पनि आफू जुनसुकै अवस्थामा ‘सभापतिको उम्मेदवार रहने’ बताउँदै आएका छन् । संस्थापनइतरका नेताहरूको यस्ता अभिव्यक्तिले आपसी हार्दिकता घटेको देखिन्छ ।

    ‘२ महिनाअघिसम्म साझा उम्मेदवार खोज्ने सम्भावना बलियो थियो । अहिले हरेक नेताले आफूबाहेकलाई गाली गर्न थालेकोले चुनौती बढेको छ’, इतर समूहका एक नेताले भने । ती नेताका अनुसार आफ्नो दाबी प्रस्तुत गर्दा अर्को नेतालाई सार्वजनिकरूपमै ‘खुइल्याउने’ प्रवृत्ति देखिएको छ ।

    समय कम, समस्या धेरै

    कांग्रेस महाधिवेशनको पछिल्लो कार्यतालिकाका कारण पनि संस्थापन इतर समूहमा दवाव बढेको छ । कात्तिक २७ गते सबै जिल्लाको वडा अधिवेशन सकिनेछ । मंसिर ३ गते प्रदेशसभा क्षेत्र र मंसिर ६ गते प्रतिनिधिसभा क्षेत्रको अधिवेशन हुने भएकोले नेताहरू गृहजिल्लामा व्यस्त हुन्छन् । मंसिर १० मा जिल्ला अधिवेशन भएको हप्तादिनमै मंसिर १६ र १७ मा प्रदेश अधिवेशन हुनेछ भने त्यसको हप्तादिनमै मंसिर २४ मा महाधिवेशन हुनेछ ।

    महाधिवेशको निर्वाचन प्रयोजनका कामहरू मंसिर २१ गतेदेखि नै हुनेहुँदा नेताहरूसँग संवादका लागि कम समय छ । एकातिर समय कम छ भने अर्कोतिर नेताहरू आन्तरिक छलफलमा जुट्न सकेका छैनन् । सभापतिमा दावी गरेका नेताहरू महाधिवेशन प्रचारको शैलीमा जिल्ला दौडाहामा व्यस्त छन् । सार्वजनिक मञ्चहरूमा आफूबाहेक सबैलाई ‘बेकार’ भन्दै भाषण गर्न थालेपछि संस्थापनइतर समूहमा साझा उम्मेदवारको खोजी टर्दै गएको छ ।

    रवैया छाडेर संवाद थाल्नुपर्छ : गगन थापा

    संस्थापनइतर समूहमा एकताको आवश्यकता औल्याउँदै आएका युवा नेता गगन थापा सभापतिका प्रत्यासी नेताबीच हार्दिकता घटे झैं देखिएको स्वीकार्छन् । २ महिनाअघि महाधिवेशनमा एकताबद्ध हुने प्रण गर्दा भएका सहमति कार्यान्वयन नभएको थापाले बताए ।

    ‘हामीले सस्थापनइतर समूह एक रहन्छ भनेर तलसम्म सन्देश दिन त सक्यौं तर एकताको सूत्र खोज्न अझै सकेका छैनौ’, थापाले नेपाल प्रेससँग भने । कांग्रेसको शुद्धीकरण र सुदृढीकरणका लागि संस्थापनइतर समूहमा एकता आवश्यक रहेको बताउने थापा नेताहरूसँग अन्तिम अवसर रहेको बताउँछन् । ‘सार्वजनिक मञ्चबाट एकअर्कालाई खुइल्याउने कुराको अर्थ छैन । पार्टी सभापतिमा दाबी गर्ने नेताहरूले एकअर्काको समर्थन जुटाउन सकरात्मक पहल गर्नुपर्‍यो । समर्थन जेसुकै होस लडेरै छाड्छु भनेर भएन । नेताहरूले रवैया छाडेर संवाद थाल्नुको विकल्प छैन । हामीसँग अन्तिम समयसम्म अवसर छ’, थापाले भने ।

  • प्रधानमन्त्रीलाई गगनको सुझाव- विपद्‍मा परेका जनताको अभिभावक बनेर देखाउनुस्

    प्रधानमन्त्रीलाई गगनको सुझाव- विपद्‍मा परेका जनताको अभिभावक बनेर देखाउनुस्

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्राकृतिक विपद्का कारण समस्यामा परेका जनताप्रति उत्तरदायी बन्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका छन् ।

    सामाजिक सञ्जालमार्फत नेता थापाले लगातारको वर्षाका कारण देशका कयौं ठाउँमा समस्यामा परेका जनतालाई सरकारले अभिभावक भएको आभास दिलाउने बेला आएको बताएका हुन् ।

    ‘यो बेला नै हो सरकारले अभिभावक भएको आभास दिलाउने । प्रधानमन्त्रीज्यू, आफन्त गुमाएका, विस्थापित भएका, खेतीबाली नष्ट भएका, जोखिममा रहेका हरेकलाई बलियो ढाडस दिनुस्, दुःखमा समानुभूतिको महसुस गराउनुहोस्’, थापाले भनेका छन् ।

  • मेरो प्राथमिकता मन्त्री होइन, महामन्त्री : गगन थापा

    मेरो प्राथमिकता मन्त्री होइन, महामन्त्री : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य गगन थापा वर्तमान सरकार गठनदेखि नै मन्त्री बन्ने चर्चामा रहेका थिए । विगतमा छोटो समय स्वास्थ्य मन्त्रीको रूपमा काम गरेका गगनलाई सोही मन्त्रालयमा जिम्मेवारी दिन कांग्रेसवृत्तमा आवाज पनि उठेको थियो । यद्यपि आज पूर्णता पाएको मन्त्रिपरिषद्‍मा थापा अटेका छैनन् ।

    चर्चामा रहेर पनि मन्त्री नभएका थापा भने अहिले आफ्नो प्राथमिकता मन्त्री नभएर महामन्त्री रहेको बताउँछन् । कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदको प्रत्याशी बन्ने घोषणा गरेका गगनले आफ्नो ध्यान पार्टी सुदृढ गर्नेतर्फ केन्द्रीत रहेको बताए ।

    ‘मन्त्रिपरिषद्ले ढिलै भएपनि पूर्णता पाउनु राम्रो हो । कांग्रेस सांसदका रूपमा सरकारलाई आवश्यक सहयोग र खबरदारी दुवै गर्नेछु । मेरो ध्यान चै मन्त्रीमा होइन महामन्त्रीमा छ’, गगनले नेपाल प्रेससँग भने ।

    महामन्त्रीको प्रत्याशीका रूपमा पार्टीको अधिवेशनमा व्यस्त रहेको बताउने थापा कांग्रेसको रुपान्तरण आफ्नो सरोकार रहेको बताउँछन् । ‘म अहिले सम्पूर्णरूपमा महाधिवेशनमा केन्द्रित छु । देशभरका साथीहरूसँग संवादमा रहेको छु । यतिबेला म सरकारमा भन्दा पार्टीमा आफ्नो योगदान बढाउने सोचमा छु’, थापाले भने ।

    उनले गठबन्धन सरकारमा मन्त्री बनेका सबैले जनताको हित र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताए । ‘यो विषम परिस्थितिमा बनेको सरकार हो । मन्त्रिपरिषद्ले पूर्णता पाएपछि अब पर्फमेन्स देखिने गरी काम होस् । यो सरकारको सफलतासंग कांग्रेसको पनि भविष्य जोडिएको छ । त्यसैले सरकार सफल होस् भन्ने शुभकामना छ’, थापाले भने ।

  • सिटौलाको बैठकमा गएनन् गगन, चाक्सीबारीमा प्रकाशमानसँग छुट्टै छलफल

    सिटौलाको बैठकमा गएनन् गगन, चाक्सीबारीमा प्रकाशमानसँग छुट्टै छलफल

    काठमाडौं । नेपाली कांग्रेसभित्र ‘तेस्रो धार’ भनिने कृष्णप्रसाद सिटौला नेतृत्वको समूहको बैठकमा केन्द्रीय सदस्य गगन थापा अनुपस्थित भएका छन् । सिटौलानिकट नेताहरूले बैठकमा थापालाई बोलाइएको भएपनि नआएको जनाएका छन् ।

    पूर्वमहामन्त्री सिटौलाले मन्त्रिपरिषद विस्तार र महाधिवेशनको सन्दर्भमा आफूनिकट नेताहरूसँग छलफल गर्न बैठक डाकेपनि थापा अनुपस्थित भएका हुन् । यसअघि नै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका बैठकमा नियमित सहभागी हुँदै आएका थापाले काठमाडौंको स्थानीय अधिवेशनमा पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग गठबन्धन गरेका थिए ।

    काठमाडौं महानगरसहित अधिकांश पालिकामा सिंह-थापा गठबन्धनका उम्मेदवारले जितेका छन् । संस्थापन पक्षसँग सिटौला पक्षले काठमाडौंलगायत अधिकांश स्थानमा तालमेल गरेको छ । औपचारिकरूपमा सिटौला समूह छाडेको उद्घोष नगरेपनि थापा संस्थापनइतर समूह एक हुनुपर्ने पक्षमा उभिँदै आएका छन् ।

    यसैबीच सिटौलाले जमलमा बोलाएको बैठकमा नगएका थापा चाक्सीबारीस्थित सिंह निवासमा ‘अलग बैठक’ मा उपस्थित हुँदै छन् । ‘काठमाडौंको पालिका अधिवेशन समीक्षा गरी क्षेत्र र जिल्लाका उम्मेदवारको व्यवस्थापन गर्ने विषयमा प्रकाश दाइ र गगन दाइसहित नेताहरू छलफलमा जुट्दै हुनुन्छ’, बैठकमा एक नेताले नेपाल प्रेससँग भने ।

    १३ औं महाधिवेशनमा सिटौला नेतृत्वको टिमबाट थापा महामन्त्रीको उम्मेदवार रहेका थिए । लामो समय सिटौलाको साथ रहेका थापाले १४ औं महाधिवेशनमा महामन्त्रीमा लड्ने घोषणा गरिसकेका छन् । सिटौलाले भने थापाको विकल्पमा प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवारको रूपमा अघि बढाउने तयारी गरेका छन् ।

  • गगनको गर्जन– कांग्रेस एक्लै चुनाव लड्छ, सबै कम्युनिस्ट मिलेर आए पनि बहुमत ल्याउँछौं (भिडिओ)

    गगनको गर्जन– कांग्रेस एक्लै चुनाव लड्छ, सबै कम्युनिस्ट मिलेर आए पनि बहुमत ल्याउँछौं (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगरी एक्लै बहुमत ल्याउने बताएका छन् ।

    काठमाडौं महानगरपालिकाको कांग्रेस अधिवेशन उद्घाटन समारोहमा बोल्दै केन्द्रीय सदस्य थापाले १४ औं महाधिवेशनबाट पार्टीलाई सुदृढ बनाएर आगामी निर्वाचन एक्लै जित्नसक्ने अवस्थामा पुर्याउनुपर्ने बताए ।

    ‘कसैसंग मिलेर होइन एक्लै लडेर अबको चुनाव जित्ने हो । कम्युनिष्ट, मधेसवादी वा राप्रपा कसैसंग मिल्ने होइन । उनीहरु मिले भने पनि जित्नसक्ने कांग्रेस बनाउन पार्टीभित्र सुधारको खाँचो छ’, थापाले भने ।

    स्थानीय अधिवेशनले कांग्रेसलाई नयाँ ऊर्जा दिएको भन्दै नेता थापाले कांग्रेसले यथास्थितिबाट मुलुकलाई नेतृत्व गर्न नसक्ने बताए । ‘अहिलेकै अवस्थाबाट हामीले देश र जनतालाई ढुक्क बनाउन सक्दैनौं । त्यसका लागि पार्टीभित्र शुद्धीकरण गर्नुपर्छ, सुधार गर्नुपर्छ’, थापाले भने ।

     

  • जरा बलियो भए कांग्रेसको रुख बलियो हुन्छ : गगन थापा

    जरा बलियो भए कांग्रेसको रुख बलियो हुन्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले जग बलियो भएमात्रै घर बलियो हुने भन्दै पार्टीको स्थानीय तहको अधिवेशनबाट काबिल नेतृत्व चुनिने विश्वास व्यक्त गरेका छन् ।

    ६० भन्दा बढी जिल्लामा पालिका अधिवेशन भइरहेको सन्दर्भमा सामाजिक सञ्जालबाट सन्देश जारी गर्दै नेता थापाले स्थानीय तहको नेतृत्व सक्षम भएमात्रै कांग्रेस बलियो हुने बताएका हुन् । ‘जग बलियो भयो भने मात्रै घर बलियो बन्नसक्छ, जरा बलियो भयो भने मात्रै कांग्रेसको रुख सिंगो देशको छहारी बन्नसक्छ’ थापाले भनेका छन् । उनले पालिका अधिवेशनबाट स्थानीय तहको विकास , संगठनको सबलीकरणसंगै पार्टी पुननिर्माणको लागि काबिल नेतृत्व चयन हुने विश्वास व्यक्त गरेका छन् ।

    देश संघीयतामा गइसकेपछि कांग्रेसको पहिलो स्थानीय तह अधिवेशन प्रारम्भ भएको भन्दै थापाले स्थानीय तह पार्टी र जनतासंगको पहिलो संवाद विन्दु रहेको उल्लेख समेत गरेका छन् ।

  • नेतृत्वप्रति गगनको प्रहार- विधि र थितिमा नबस्नेले कांग्रेसको बेहाल बनाए

    नेतृत्वप्रति गगनको प्रहार- विधि र थितिमा नबस्नेले कांग्रेसको बेहाल बनाए

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीभित्रको बेथिति हटाउन कांग्रेस पुनर्निर्माण गर्नुपर्ने बताएका छन् ।

    कांग्रेस महाधिवेशन सार्ने विषयले पदाधिकारी बैठकमा प्रवेश पाएको तर्फ संकेत गर्दै थापाले नेतृत्वमा बस्नेले कहिल्यै विधिमा चल्नुनपर्ने र बेथितिको जिम्मा लिनु नपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका हुन् ।

    सामाजिक सञ्जालमार्फत थापाले नेताले आदेश दिए पुग्ने र कार्यकर्ताले आदेश कुरेर बस्नुपर्ने अवस्थाप्रति आपत्ति जनाएका छन् । ‘नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने ! अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ? सोचौं । कांग्रेस पुनर्निर्माण ’, थापाले लेखेका छन् ।

  • गगन थापाको कित्ता परिवर्तन, महाधिवेशनको मुखैमा रामचन्द्र पक्षमा खुले

    गगन थापाको कित्ता परिवर्तन, महाधिवेशनको मुखैमा रामचन्द्र पक्षमा खुले

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापा औपचारिकरूपमा रामचन्द्र पौडेल नेतृत्वको समूहमा खुलेका छन् । थापाले यसअघि नै आसन्न महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

    सानेपास्थित पार्टी कार्यालयमा संस्थापतइतरको भेलामा गगन पुगेका छन् । यसअघि अनौपचारिक बैठकहरूमा कृष्ण सिटौला सहभागी हुन्थे । तर, आज भने छैनन् । अघिल्लो महाधिवेशनमा गगन सिटौला पक्षबाट महामन्त्री लडेका थिए ।

    अघिल्लो महाधिवेशनमा महामन्त्रीमा लडेका शशांक, अर्जुननरसिंह र गगन अब एकै ठाउँमा उभिएका हुन् ।

  • कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा

    कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आसन्न महाधिवेशनमा आफूले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौंको आफ्नो निर्वाचन क्षेत्रमा आयोजित एक कार्यक्रमकाबीच थापाले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

    ‘हामी १४ औं महाधिवेशनको प्रारम्भमा छौं,’ थापाले भने, ‘मैले यो भन्दा अघिल्लो महाधिवेशनमा महामन्त्रीमा प्रतिष्पर्धा गरेँ । मेरो वडाका अग्रज र मेरो साथीहरूको बीचमा गौरवका साथ १ ४ औं अधिवेशनमा म नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु ।’

    थापा यसअघि पनि महामन्त्रीका उम्मेदवार थिए । कांग्रेसको कृष्णप्रसाद सिटौलाको खेमाबाट उठेका थापा पराजित भएका थिए। यस पटक सर्वसम्मत रुपमा चयन हुने प्रयत्न गर्ने थापाले बताए।

    नेपाली कांग्रेसले मंसिर ९–१३ मा १४ औं महाधिवेशन गर्ने घोषणा गरेको छ।

  • परीक्षा रोक्नुपर्ने विषयमा प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराएँः गगन थापा

    परीक्षा रोक्नुपर्ने विषयमा प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराएँः गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले हाल सञ्चालन भइरहेका त्रिविका परिक्षाहरु सम्वन्धमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै ध्यानाकर्षण गराएको बताएका छन् ।

    प्रधानमन्त्रीले तत्काल पहलकदमी लिइ ठोस निर्णय लिने विश्वास दिलाएको उनको भनाइ छ ।

    सामाजिक सञ्जालमा स्टाटस लेख्दै थापाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी परीक्षा सञ्चालन भइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
    ‘एकातिर स्वास्थ्य मन्त्रालयले तेस्रो लहरबारे बताइरहने अर्कोतर्फ यसरी परीक्षा सञ्चालन गरेर संक्रमणको जोखिम बढाइरहनेरुकि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराऊ नत्र वैकल्पिक माध्यमबाट परीक्षा चलाऊ । तर,विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगर।’

    बैकल्पिक माध्यमबाट परीक्षा हुनुपर्ने उनको माग छ । ‘यस बारेमा हिजो साँझ प्रधानमन्त्रीज्यूलाई भेटेरै ध्यानाकर्षण गराएको छु। उहाँले यो विषयलाई गम्भीरताका साथ लिनुभएको छ र तत्काल पहलकदमी लिई ठोस निर्णय लिने कुराको विश्वास दिलाउनु भएको छ,’ थापाले भनेका छन् ।

  • प्रधानमन्त्रीले चाहेमा फेरि स्वास्थ्यमन्त्री बन्न तयार छु : गगन थापा (भिडियो)

    प्रधानमन्त्रीले चाहेमा फेरि स्वास्थ्यमन्त्री बन्न तयार छु : गगन थापा (भिडियो)

    चितवन । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहे आफू स्वास्थ्यमन्त्री बन्न तयार रहेको बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै थापाले देश कोरोना महामारीसँग लडिरहे पनि सरकारले स्वास्थमन्त्री बनाउन नसकेको टिप्पणी गरे ।

    ‘संसदमै बस भने पनि ठीक छ, सरकारमा आएर काम गर भने बकाइदा काम गरिनेछ’, थापाले भने, ‘प्रधानमन्त्रीले फ्रि ह्याण्ड भएर काम गर्नुपर्छ ।’ उनले अहिले गठबन्धनको सरकार भएकाले मन्त्री बन्न आफूले कुनै दबाब नदिएको बताए । गठबन्धनको घटक माधव नेपाल समूहको सरकारमा सहभागता टुंगो नलागेकाले मन्त्रिपरिषद् विस्तारमा ढिला भएको थापाको भनाइ छ ।

    थापाले सरकारको न्यूनतम साझा कार्यक्रम आएँगै २-३ दिनभित्र सरकारले पूर्णता पाउने विश्वास व्यक्त गरे । कांग्रेस अहाधिवेशन सार्न नहुनेमा अडिग रहँदै नेता थापाले भने, ‘सदस्यता विवाद देखाएर महाधिवेशन सार्न हुँदैन, केही दिन तलमाथि भए पनि पर सार्नुहुँदैन । तत्काल केन्द्रीय समिति बैठक राख्नुपर्छ, महाधिवेशन नभए कांग्रेसकै सामूहिक असफलता हुन्छ ।’

    सदस्यता विवाद सुल्झाउन जिम्मेवारी पाएका पदाधिकारीले समयमै सम्पन्न नगर्दा कार्यतालिका प्रभावित बनेको थापाको आरोप छ । भारतीय सुरक्षाकर्मी एसएसबीले तुइन काटिदिँदा महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको अनुसन्धानमा सरकार डराउन नहुने थापाको भनाइ छ । ‘नागरिकको जीवन रक्षा सरकारको आधारभूत जिम्मेवारी हो, अनुसन्धान गरेर सरकारले पुष्टि गर्नुपर्छ’, नेता थापाले भने, ‘सरकार न्यायका लागि लडोस्, नडराओस् ।’

    भूमि सम्बन्धी समस्या समाधान आयोगमा ओली सरकारले कार्यकर्ता भर्ती गरेकाले खारेज गरिएको गगनको तर्क छ । ‘संसदमा छलफल नगरी आयोगमा कार्यकर्ता भर्ती गरे, त्यसैले रुने कराउने काम बेकारको हो’, उनले भने, ‘सुकुम्बासी समस्या हाम्रो पनि हो, जति छिटो यो समस्या हल गर्नुपर्छ ।’

  • गगनले भने- संसद सरकारसँग होइन सरकार संसदसँग डराउनुपर्छ

    गगनले भने- संसद सरकारसँग होइन सरकार संसदसँग डराउनुपर्छ

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले अघिल्लो सरकार संसदलाई हेप्ने र अदालतालई हप्काउने परिचय बनाएर बिदा भएको भन्दै यो सरकारलाई त्यस्तो गर्ने छुट नभएको बताएका छन् ।

    ‘संसदलाई हेप्ने, अदालतलाई हप्काउने, न विधि मान्ने, न विज्ञानलाई पत्याउने, स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने, जनताको दुहाइ दिने तर आसेपासेलाई पोस्ने, बाहिर सिंहजस्तो गर्जिने, भित्र लम्पसार पर्ने,’ प्रतिनिधिसभाको मंगलबारको बैठकमा थापाले भने, ‘यस्तै-यस्तै परिचय बनाएर बालुवाटारबाट बालकोटको बार्दली पुगेको छ, अघिल्लो सरकार ।’

    उनले नयाँ सरकारलाई यस्तो गर्न नदिने बताए । थापाले भने, ‘नयाँ सरकारलाई कुनै पनि अपराध गर्न छुट छैन् । यस्तो हुन नदिन संसदले पनि संकल्प गर्नुपर्ने छ । न त यो संसदलाई बेवास्ता गर्न दिइने छ। न त कामविहीन बनाउन दिइनेछ, न त छल्न ।’

    अहिलेको सरकार संसदसँग डराउनुपर्ने भन्दै थापाले भने, ‘यो संसद सरकारसँग डराउने होइन, सरकार यो संसदसँग डराउनुपर्छ,’ उनले भने, ‘संसदको प्रश्नसँग, संसदको निगरानीसँग डराउनुपर्ने छ । परीक्षा प्रधानमन्त्रीको मात्रै होइन, सभामुखको पनि छ । यो संसद जोगाउन लाग्ने हामी प्रत्येक सांसदको पनि छ ।’

    पुन:स्थापित प्रतिनिधिसभाप्रति गुमेको जनविश्वासलाई पनि पुन:स्थापित गर्नुपर्ने थापाको भनाइ छ । ‘संविधानको धाराले प्रतिनिधिसभा पुन:स्थापित भयो अनि सांसदको अधिकारले सरकार,’ उनले भने, ‘सभामुख र हाम्रो कर्मले यो प्रतिनिधिसभाप्रति गुमेको जनविश्वासलाई पुन:स्थापित गर्नुपर्छ ।’

  • देउवाले झलनाथको उपचार खर्च व्यहोर्ने आश्वासन दिएकोमा गगन थापाको असन्तुष्टि

    देउवाले झलनाथको उपचार खर्च व्यहोर्ने आश्वासन दिएकोमा गगन थापाको असन्तुष्टि

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्नु गैरकानूनी हुने दोहोर्‍याएका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले नेता झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने भनी दिएको आश्वासनका सन्दर्भमा गगनको यस्तो प्रतिक्रिया आएको हो ।

    उनले सामाजिक सञ्जालमा अघिल्लो सरकारले कानूनविपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्नु नहुने उल्लेख गरेका छन् ।

    गगन लेख्छन्, ‘कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो र अघिल्लो सरकारले कानूनविपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईंको भनाइ उद्धृत गर्दै आएका समाचार गलत हुन् भन्ने विश्वास छ।’

    यसअघि ओली सरकारले झलनाथको उपचार खर्च व्यहोर्ने भएपछि गगनले सामाजिक सञ्जालमार्फत विरोध जनाएका थिए । अहिले देउवाले पनि झलनाथसँग फोनमा कुराकानी गर्दै सरकारले खर्च व्यहोर्ने बताएका छन् ।

  • गगन थापा समेत झुक्किने प्रतिनिधिसभाको २ मतको रहस्य के थियो ?

    गगन थापा समेत झुक्किने प्रतिनिधिसभाको २ मतको रहस्य के थियो ?

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ जना सांसदको लिस्टमा कृष्णलाल महर्जनको नाम पनि छ । एमाले कार्यकर्ताले गद्दार २२ जना भन्दै कारवाहीको माग गरेकाहरूमा उनी पनि छन् ।

    तर, संघीय संसद सचिवालयको विश्वासको मतका पक्षमा मतदान गर्ने सांसदहरूको सूचीमा १६३ जनामात्र छन् । १६५ जनाले विश्वासको मत दिएकोमा १६३ मात्र किन भयो ?

    यो संख्याले कांग्रेस सांसद गगन थापालाई समेत झुक्याएको थियो । उनले संसदमा मतदान सकिएलगत्तै मत सच्याउन सभामुखले समय दिनुअघि ट्वीट गरे- १६३ ।

    कतिपय मिडियाले समेत गगनलाई आधार मानेर देउवालाई १६३ सांसदले विश्वासको मत दिएको भनेर समाचार प्रकाशन प्रसारण गरे । तर, अन्तिम मत परिणाम सुनाउँदा सभामुखले विश्वासको मतको पक्षमा १६५ सांसद रहेको बताए ।

    आखिर २ जना कहाँबाट थपिए ? यसको खास कारण थियो कोभिड संक्रमित दुई सांसदलाई अलग्गै मतदानको व्यवस्था । १६३ जना विश्वासको मत दिने सूचीमा सत्तारुढ माओवादीकी सांसद धर्मशीला चापागाईले पनि हस्ताक्षर गरेकी छन् ।

    माधव नेपाल पक्षधर ललितपुर २ बाट निर्वाचित सांसद कृष्णलाल महर्जनले नेपाल प्रेससँग कुरा गर्दै आफू र धर्मशीला चापागाई कोभिड संक्रमित भएकाले अलग्गै मतदान गरेकाले शुरूमा १६३ को समाचार प्रवाह भएको बताए ।

    उनले भने, ‘मैले देउवालाई नै विश्वासको मत दिएको हुँ । संक्रमित भएकाले माओवादी सांसद धर्मशीलाजी र मलाई अलग्गै व्यवस्था गरिएको थियो । त्यसैले शुरूमा १६३ मात्र गणना हुँदा धेरै झुक्किएछन् ।’

  • बालुवाटारमा पार्टीको बैठक नराख्न देउवालाई गगन थापाको अनुरोध

    बालुवाटारमा पार्टीको बैठक नराख्न देउवालाई गगन थापाको अनुरोध

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छन् ।

    प्रधानमन्त्री देउवाले आफू सरकारी निवासमा सरेको भोलिपल्टै कांग्रेस पदाधिकारीको बैठक बालुवाटारमा बोलाएपछि त्यसको आलोचना भएको थियो ।

    आज विहान सामाजिक सन्जालमार्फत नेता थापाले आफूहरुले पार्टीका कामहरु बलुवाटारबाट नगर्न अनुरोध गरेको र त्यसमा प्रधानमन्त्री सकारात्मक रहेको जनाएका छन् ।

    उनले भनेका छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको बैठक नराख्न अनुरोध गरेका छौं । उहाँले पार्टी कार्यालयमा धर्ना भएका कारण बालुवाटारमा गरेको हो, अवदेखि त्यस्टो हुँदैन भनेर विश्वास दिलाउनुभएको छ । प्रधानमन्त्री ज्यू यो विश्वासलाई कायम राखिदिनुहोला ।’

    यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको बैठकदेखि मन्त्रिपरिषद बैठकसमेत बालुवाटारमै राखेकोमा आलोचना हुँदै आएको थियो ।

  • देउवालाई विश्वासको मत दिन गगन थापा हेलिकप्टरबाट फर्किए

    देउवालाई विश्वासको मत दिन गगन थापा हेलिकप्टरबाट फर्किए

    काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनका लागि हेलिप्टरबाट काठमाडौं आएका छन् । पोखरामा रहेका थापा सडकबाट काठमाडौं आउँदै थिए ।

    तर, पृथ्वी राजमार्गमा पहिरोका कारण सडक अवरुद्ध भएपछि हेलि एभरेष्ट बोलाएर थापा काठमाडौं आएका हुन् । सडक खुलेर काठमाडौं आउँदा संसदको कारवाही नभेटिने भएकाले उनी हेलिकप्टरबाट आएका हुन् ।

    तस्बिर : पवन पौडेल

  • तानातानमा गगन, कसलाई देलान् वचन ?

    तानातानमा गगन, कसलाई देलान् वचन ?

    काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको सरगर्मी बढ्दै गर्दा धेरैको नजर भावी सभापतिको प्रतिस्पर्धामा केन्द्रित छ । कांग्रेस सभापतिका लागि ९ जना नेताहरुले आकांक्षा देखाइसकेका छन् ।

    अहिलेसम्म दावी गरेका आधारमा हेर्दा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा केन्द्रीय सदस्यद्वय डा.शेखर कोइराला र कल्याण गुरुङ सभापति दौडमा सामेल भइसकेका छन् ।

    सभापतिपछि कांग्रेसमा शक्तिशाली पद हो महामन्त्री । कांग्रेस महाधिवेशनले एक सभापतिसँगै दुई उपसभापति, दुई महामन्त्री र ८ सहमहामन्त्री निर्वाचित गर्दैछ । यी पदहरूमा हुने प्रतिस्पर्धाको सम्पूर्ण चित्र प्रष्ट भइसकेको छैन । यद्यपि, केही नामहरू चर्चामा छन् । सभापतिबाहेक पदाधिकारीका आकांक्षीको संख्या कम्तीमा ३ दर्जन पुग्ने देखिन्छ । यीमध्येका एक हुन् गगन थापा, जसले दोस्रोपटक महामन्त्रीका लागि उम्मेदवारी दिने प्रबल सम्भावना छ ।

    कांग्रेसको अघिल्लो महाधिवेशनमा पदाधिकारीतर्फ सभापति, एक महामन्त्री र १ कोषाध्यक्षका लागि निर्वाचन भएको थियो । देउवा, पौडेल र सिटौला टिम नै बनाएर मैदानमा उत्रिदा महामन्त्रीमा डा. शशांक कोइराला, अर्जुननरसिंह केसी र गगन थापाले प्रतिस्पर्धा गरेका थिए । त्यस्तै कोषाध्यक्षमा सीतादेवी यादव, चित्रलेखा यादव, उमाकान्त चौधरी र कृष्ण कार्कीले प्रतिस्पर्धा गरेका थिए । विधान संशोधनपछि कांग्रेसमा निर्वाचित पदाधिकारीको संख्या बढेको छ । यहीकारण केन्द्रीय सदस्यको भूमिकामा रहेका अधिकांश नेताहरु पदाधिकारी बन्न इच्छुक छन् । यद्यपि सभापतिकै अन्तिम उम्मेदवार को हुने भन्ने तय नहुँदासम्म पदाधिकारीको उम्मेदवार टुंगो लाग्ने देखिँदैन ।

    गगन थापा नेपाली कांग्रेसका मात्र नभएर समग्र नेपाली राजनीतिकै चर्चित पात्र हु्न् । उनलाई क्षमतावान र बौद्धिक नेताको रूपमा समर्थकहरुले चित्रण गर्ने गर्छन् । उनी प्रखर वक्ता पनि हुन् । प्रतिनिधिसभाभित्र प्रतिपक्षी भूमिकामा कांग्रेस छ भन्ने आभास गगन थापाले नै गराएका थिए ।

    सभापतिमा दावी गरेका अधिकांश नेताले सन्तुलित टिम बनाउने दावी गर्दै आएका छन् । पदाधिकारीमध्ये पनि महामन्त्रीमा सबैको चासो छ । यही चासोको बीच सबैको तानातानमा परेका छन् गगन । अघिल्लो महाधिवेशनमै महामन्त्रीमा प्रतिस्पर्धा गरेका उनले ५ सय ८४ मत प्राप्त गरेका थिए । सिटौलाको टिमबाट महामन्त्रीमा पराजित भए पनि त्यसयता गगनले आफूलाई संस्थापनइतर समूहको साझा नेता बनाउन प्रयास गरिरहेका छन् ।

    आसन्न महाधिवेशनमा सभापतिमा जो-जो उम्मेदवार भएपनि महामन्त्रीमा गगनको दावेदारी र चर्चा बढी छ । अघिल्लो महाधिवेशनमै महामन्त्रीमा लडिसकेको, पार्टीभित्र आफ्नै समूह भएको र जनमत प्रभावित पार्नसक्ने क्षमता भएका कारण सभापतिका दावेदारहरु गगनलाई आफ्नो समूहमा तान्न प्रयासरत छन् ।

    गुटहरूको तानातान

    १३ औं महाधिवेशनमा महामन्त्रीका लागि प्रतिस्पर्धा गर्ने गगनको प्रयासलाई धेरैले सामान्य रूपमा लिए । कतिपयले टिममा नपरे महामन्त्री लड्न गगनले हिम्मत नगर्ने समेत बताए । अन्तिममा वीपीपुत्र डा.शशांक कोइराला र आफ्नै ससुरा अर्जननरसिंह केसीविरुद्ध गगनले उम्मेदवारी दिए ।

    कोइराला पौडेल नेतृत्वको टिमबाट, केसी देउवाको टिमबाट र गगन सिटौलाको टिमबाट मैदानमा उत्रिएका थिए । शशांक १ हजार ४ सय १७ मत ल्याएर बिजयी हुँदा केसीले १ हजार १७ र थापाले ५ सय ८४ मत ल्याएका थिए ।

    महामन्त्रीमा प्रतिस्पर्धा गरिसकेका कारण गगनले यसपटक त्योभन्दा तलको आकांक्षा राख्ने छैनन् । उम्मेदवारीको औपचारिक घोषणा नगरे पनि उनले महामन्त्रीकै लागि तयारी अगाडि बढाएका छन् । सभापतिमा दावी गर्ने देउवादेखि डा. शेखर कोइरालासम्मले गगनलाई आफ्नो टिममा महामन्त्री बन्न प्रस्ताव गरिसकेको बुझिएको छ ।

    वरिष्ठ नेता पौडेल, उपसभापति निधि, महामन्त्री कोइराला र पूर्व महामन्त्री सिंहसँग पनि गगन निरन्तर संवादमा छन् । आफ्नै समूहका नेता सिटौलाले पनि हालै गगनलाई आफू सभापतिमा प्रतिस्पर्धा गर्ने जानकारी दिएका छन् । सभापतिमा दावी गरिरहेका शेखरले त सार्वजनिक रुपमै गगनलाई महामन्त्री बनाएर अन्य युवालाई पनि समेटेर जान तयार रहेको बताए । सबै नेताले आफ्नो टिममा राख्न खोजे पनि गगन भने खुल्न बाँकी नै छ ।

    ‘हुन त उहाँको आफ्नै टिम छ । तर यसपटक संस्थापनइतर समूहभित्र एकताको खाँचो भएकाले उहाँ आफू उम्मेदवार बन्नेभन्दा पनि सभापतिका उम्मेदवारहरुबीच सहमति जुटाउन सक्रिय हुनुहुन्छ’, गगननिकट एक नेताले भने । ती नेताका अनुसार महाधिवेशनको चर्चा चुलिएयता सभापतिका सबैजसो दावेदारसँग गगनले छुट्टाछुट्टै छलफल गरिसकेका छन् ।

    राजनीतिक विश्लेषक जुगल भूर्तेल कांग्रेसमा गगनको भूमिका बढोत्तरी होस् भन्ने चाहना बढ्दै गएको बताउँछन् ।

    ‘गगनजीले आन्दोलनदेखि संसद हुँदै सरकारमा समेत आफूलाई प्रमाणित गर्नुभएको छ । तुलनात्मक रूपमा पार्टीभित्र र बाहिर धेरैले नेतृत्वमा देख्न चाहेको नेता भएकाले यो महाधिवेशनमा उहाँको भूमिका निर्णायक देखिन्छ’, भूर्तेलले नेपाल प्रेससँग भने ।

    भुर्तेलका अनुसार परम्परागत संगठन र इतिहासले मात्रै अब कांग्रेसलाई प्रतिफल दिन सक्दैन । त्यसका लागि पार्टीभित्र र बाहिर रहेका ‘डेमोक्रेट’ लाई तान्न सक्ने नेतृत्व पनि चाहिन्छ ।

    गगनका आलोचकहरूको पनि देशमा कमी छैन । एमसीसी सम्झौता, नागरिकता विधेयक जस्ता राष्ट्रियतासँग जोडिएका मुद्दाहरूमा मौनता साँध्ने गरेको आरोप उनीमाथि छ ।

    ‘मुलुकका लागि कांग्रेसको भूमिका बढेजस्तै कांग्रेसभित्र कार्यकर्ता मात्रै होइन मतदातासमेत आकर्षित गर्नसक्ने नेतृत्वको खाँचो छ । त्यस्तो भूमिका गगनजी र उहाँको पुस्ताका नेताहरुले निर्वाह गर्नसक्नुपर्छ,’ भूर्तेलले भने ।

    गगनको सभापति को ?

    महामन्त्रीका दावेदार गगन कसको टिमबाट प्रतिस्पर्धामा उत्रिएलान् ? कांग्रेसवृत्तमा यो चासो गर्माएको छ । राजनीतिकरूपमा कांग्रेसको वर्तमान संस्थापनसंग गगनको निकटता कम छ । यद्यपि देउवा र निधि दुवै गगनको ‘आवश्यकता’ बारे जानकार छन् ।

    प्रत्यक्ष-अप्रत्यक्ष रूपमा दुवै नेताले ‘सँगै जान’ गगनलाई प्रस्ताव गरेकै छन् । अघिल्लो महाधिवेशनमा सहकार्य नभए पनि पार्टीको आन्तरिक ध्रुवीकरणमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्व महामन्त्रीद्वय सिंह र सिटौला तथा नेता शेखर कोइरालासंग गगनको सहकार्य हुँदै आएको छ ।

    अहिलेसम्म सभापतिका कोही पनि प्रत्याशीलाई वचन दिइनसकेका गगन संस्थापनइतर समूहलाई एकताबद्ध बनाउने प्रयासमा छन् । तर, त्यो सम्भावना झिनो भएकाले महाधिवेशनको तिथि नजिकिँदै गर्दा आफ्नो कित्ता क्लियर गर्न गगनलाई दबाब छ ।

    सवल र दुर्वल पक्ष

    गगन थापा नेपाली कांग्रेसका मात्र नभएर समग्र नेपाली राजनीतिकै चर्चित पात्र हु्न् । उनलाई क्षमतावान र बौद्धिक नेताको रूपमा समर्थकहरुले चित्रण गर्ने गर्छन् । उनी प्रखर वक्ता पनि हुन् । प्रतिनिधिसभाभित्र प्रतिपक्षी भूमिकामा कांग्रेस छ भन्ने आभास गगन थापाले नै गराएका थिए ।

    विद्यार्थी राजनीतिदेखि नै उनले एक किसिमको सेलिब्रिटी छवि निर्माण गर्न सफल भए । कांग्रेसभित्र गणतन्त्रको नारा पहिलोपटक घन्काउने युवा नेताहरुमध्ये एक हुन् उनी । राष्ट्रिय राजनीतमिा छिटो राइजमा आए पनि कांग्रेसभित्र उनले गतिलो भूमिका अहिलेसम्म पाउन सकेका छैनन् । सार्वजनिक ओहदाको कुरा गर्दा एकपटक स्वास्थ्यमन्त्री भए, तर छोटो कार्यकाल भएकाले उनले ‘फुल पफर्मेन्स’ दिन पाएनन् ।

    गगनका आलोचकहरूको पनि कमी छैन । एमसीसी सम्झौता, नागरिकता विधेयक जस्ता मुद्दाहरूमा मौनता साँध्ने गरेको आरोप उनीमाथि छ । भीड जहाँ छ आफूलाई त्यहीँ उभ्याउन चाहने उनको शैलीको पनि आलोचना हुने गर्छ । सामाजिक सञ्जालमा कांग्रेसविरोधिबाट सबैभन्दा बढी निशानामा पर्नेमध्ये पर्छन् गगन ।

    गगन भन्छन् – उपयुक्त समयमा निर्णय लिन्छौं

    महाधिवेशनमा प्रतिस्पर्धाबारे उपयुक्त समयमा निर्णय लिने गगनले प्रतिक्रिया दिएका छन् । महाधिवेशन केन्द्रित छलफल भर्खरै शुरू हुन थालेकोले भावी नेतृत्वको चित्र प्रष्ट हुन अझै केही समय लाग्ने उनको भनाइ छ ।

    ‘मैले सबै नेताहरूसँग छलफल गरेको कुरा सत्य हो । अहिले नै समीकरण के बन्छ भन्ने तय भएको छैन । यसपटक मजस्ता धेरै साथीहरुलाई चासोका साथ हेरिएको छ । हामीमाथि गरिएको अपेक्षामा आघात नपुग्ने गरी उपयुक्त समयमा निर्णय लिनेछौं,’ उनले नेपाल प्रेससँग भने ।

  • गगन र प्रदीपबिनै सिटौला समूहको भेला जारी

    गगन र प्रदीपबिनै सिटौला समूहको भेला जारी

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट नेता कार्यकर्ताहरुको भेला अहिले बत्तीसपुतलीस्थित सम्पर्क कार्यलयमा जारी छ ।

    १३ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका नेता सिटौलाले आसन्न महाधिवेशनबारे रणनीति बनाउन आफ्नो समूहका नेता कार्यकर्तालाई छलफलमा बोलाएका हुन् ।

    भेलामा सिटौलासहित नेताहरू उमाकान्त चौधरी, शिव हुमागाई, भीमसेन दास प्रधानलगायत उपस्थित छन् । त्यस्तै उनी निकटका अन्य नेता, भ्रातृसंस्थाका पदाधिकारीहरू पनि छन् ।

    कांग्रेसमा तेस्रो धार भनेर चिनिने सिटौला समूहबाट आगामी महाधिवेशनमा समूहगत दावेदारी दिने विषयमा भेलामा छलफल हुने बताइएको छ । ‘तल्लो तहका अधिवेशनमा कसरी प्रस्तुत हुनेदेखि महाधिवेशनमा कसरी जाने भन्नेमा छलफल भइरहेको छ’, भेलामा सहभागी एक नेताले भने ।

    सिटौला समूहका प्रभावशाली नेताहरू गगन थापा र प्रदीप पौडेल भने भेलामा सहभागी छैनन् । कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवरको निधनपछि परिवारसँग भेटघाट गर्न थापा पोखरा गएका कारण भेलामा अनुपस्थित रहेका हुन् । पौडेल भने क्रियाशील सदस्यता छानविन समितिको काममा व्यस्त भएका कारण भेलामा सहभागी नभएका हुन् ।

  • जातीय विभेदको घटनामा किन्तु परन्तु स्वीकार्य छैन : गगन थापा

    जातीय विभेदको घटनामा किन्तु परन्तु स्वीकार्य छैन : गगन थापा

    कलाकार एवं दलित अधिकारकर्मी रूपा सुनारमाथि भएको जातीय विभेदको घटनापछि न्याय निरूपणको स्वाभाविक प्रक्रिया अघि बढिरहेको अवस्थामा सरकारका मन्त्रीको गैरजिम्मेवार हस्तक्षेप प्रति आक्रोश र असहमति व्यक्त गर्यौं ।
    तर फेरि पनि जातीय विभेदको कुनै एउटा घटनापछि आक्रोशित बहस हुने,र तुरुन्तै सेलाएर जाने अनि विभेदका घटनाचाहिँ दोहोरिइरहने त होइन भन्ने तर्फ सचेत रहनुपर्ने छ। यस्तो हुन नदिन विभेदको कुनै पनि घटनामा राज्य कहाँ उभिने भन्ने प्रश्नमा निरन्तर बहस चलाइरहनुपर्ने भएको छ।

    सबै लिङ्ग, वर्ग, जाति, क्षेत्रका प्रतिनिधिहरूको लामो विमर्श र अथक मेहनेत पछि लेखिएको हाम्रो नयाँ संविधानले जातीय भेदभावलाई गम्भीर सामाजिक अपराध मानेको छ । त्यस्तो भेदभाव दण्डनीय रहने संवैधानिक प्रबन्ध अनुसारका कानून हामीले बनाएका छौँ ।

    अतः जातीय विभेदको कुनै पनि घटनामा बिना कुनै आग्रह, कुनै किन्तु परन्तु विना, निष्पक्ष रूपमा संविधान र कानूनको यो प्रबन्धको कार्यान्वयन गर्नु गराउनु राज्यको निर्विकल्प दायित्व हो ।

    संविधानमा यो पनि लेखेका छौं- परम्परा, रीति तथा संस्कारका नाममा हुने सबै प्रकारको विभेदको अन्त्य गरी सभ्य समाज निर्माण गर्ने राज्यको नीति हुनेछ। यो नीतिलाई वास्तविकतामा अनुवाद गर्न विभेदको घटनामा संलग्न व्यक्ति वा संस्थालाई सजाय त आवश्यक हुन्छ नै तर त्यति मात्र पर्याप्त हुँदैन ।

    हाम्रो समाजमा जातीय विभेद अपवादमा हुने घटना हुँदै होइन भन्ने यथार्थ लाई स्वीकारे मात्र हामी संविधानले परिकल्पना गरेको उत्पीडनमुक्त समता मूलक समाजको निर्माणका लागि पहिलो पाइला चाल्न योग्य हुनेछौँ ।

    सयौँ वर्ष देखि प्रश्रय पाएको यस्तो अमानवीय परम्पराको सामाजिक, मनोसामाजिक, राजनीतिक र आर्थिक लगायत जटिल आयाम छन्। त्यसैले सरकारले जातीय विभेदलाई न्यायालयबाट हुनुपर्ने निरूपणको विषय सँगै आर्थिक, सामाजिक मुद्दाको रूपमा पनि हेर्नु पर्छ र सोही अनुसार निरन्तर सम्बोधन गरिरहनु पर्छ ।

    राज्यको यस्तो पहललाई सार्थक बनाउन धेरै भन्दा धेरै नागरिकलाई सहभागी गराउन सक्नुपर्छ। यसका लागि विभेदको घटनामा प्रवेश गर्ने बित्तिकै सामाजिक सद्भाव खलबलिने होइन बरु यस्तो घटनालाई लुकाउने/पन्छाउने गर्यो भने मानवीय र सद्भावयुक्त समाज कहिल्यै बन्न सक्दैन भन्ने सचेतना जगाउन जरुरी छ।

    पश्चिमी देशहरूमा पछिल्लो समय उत्पन्न भएको जातीय र नश्लीयद्वन्द्वका घटनाले हामीलाई दिएको शिक्षा के हो भने विभेदका अवशेष बाँकी नै रहेको समाज जतिसुकै वैभवशाली भए पनि शान्त र सद्भावयुक्त हुन नसक्ने रहेछ। समृद्ध त होला तर सुखी र खुसी हुन नसक्ने रहेछ अर्थात् समुन्नत नहुने रहेछ।

    तसर्थ समुन्नत नेपाल निर्माण गर्ने हाम्रो यात्राको यो प्रथम पाइलामै विभेदयुक्त सामाजिक संरचनाका कारण युगौँदेखि पछाडि परेको जाति र समुदायसँग हातेमालो गर्दै संगै हिँडाउने अठोट उदारता र कानूनको दृढ कार्यान्वयन गर्न सकियो भनेमात्र हाम्रो भविष्य उज्यालो र द्वन्द्वमुक्त हुनेछ।

    पछिल्ला घटनाक्रमको पृष्ठभूमिमा जातीय विभेद लगायत सबै विभेद अन्त्य गर्ने सम्बन्धमा राज्यको यो गुरुत्तर दायित्वभित्रको आफ्नो जिम्मेवारी मन्त्रीले नबुझेको मात्र होइन आफ्नो भूमिकाले विभेदको अझ पक्षपोषण भएको नदेखियोस् भन्ने सामान्य शालीनतासमेत प्रदर्शनगर्न आवश्यक नठानेको बुझिन्छ।

    सरकारले आफ्नो दायित्व बिर्सिएर द्वन्द्व चर्काउन गरेको यस्तो धृष्टताको विरोध गर्दै जातीय विभेदको घटनामा राज्यलाई सही ठाउँमा उभाउनुपर्ने त छ नै सँगै सबैखाले विभेदको अन्त्य भएको समाज निर्माण गर्न नागरिकलाई विभेद नगर्ने र विभेद नसहने नागरिकमा रुपान्तरणको सत्प्रयास पनि गरिरहनुपर्नेछ।