Tag: खोप आपूर्ति

  • सिरमले भन्यो : यसवर्षको अन्त्यदेखि मात्र विदेशमा खोप आपूर्ति गछौं

    सिरमले भन्यो : यसवर्षको अन्त्यदेखि मात्र विदेशमा खोप आपूर्ति गछौं

    दिल्ली । भारतीय खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले सन् २०२१ को अन्त्यदेखि मात्र खोपको आपूर्ति सुरु हुनसक्ने बताएको छ ।

    कोभिसिल्ड खोप उत्पादन गर्दै आएको कम्पनीले विज्ञप्ती जारी गर्दै सरकारसँगको सघन छलफलपछि तत्काललाई विदेशमा खोप आपूर्ति हुन नसकेको जनाएको हो ।

    सिरमका प्रमुख कार्यकारी अधिकृत आधार पुनेवालाले विज्ञप्ती जारी गर्दै तत्काललाई भारतभित्रै खोप आपूर्ति गर्नुपर्ने अवस्था रहेको जनाएका छन् । ‘यसवर्षको अन्त्यदेखि खोप आपूर्ति सुरु हुनसक्ने हाम्रो विश्वास छ’ उनले भनेका छन् ।

    साथै, सिरमले सिंगो विश्वलाई खोप लगाउनको लागि अझै २ देखि ३ वर्ष लाग्ने समेत उल्लेख गरेको छ ।

    सिरम इन्स्टिच्युटले अस्ट्राजेनेका र अक्सफोर्डले विकास गरेको खोपलाई भारतीय नाम ‘कोभिसिल्ड’मा उत्पादन गर्दै आएको छ । नेपालले समेत सिरमले उत्पादन गरेको उक्त खोपको २० लाख डोज नेपाल ल्याइसकेको छ ।

    भारतबाट अझै १० लाख डोज खोप आउन बाँकी छ । सिरमले तत्काल खोप नदिँदा नेपालको खोप अभियान प्रभावित बन्ने भएको छ ।

  • अस्ट्राजेनेका खोप आपूर्तिका लागि सरकारले पठायो दक्षिण कोरियालाई कूटनीतिक नोट

    अस्ट्राजेनेका खोप आपूर्तिका लागि सरकारले पठायो दक्षिण कोरियालाई कूटनीतिक नोट

    काठमाडौं । दक्षिण कोरियाले नेपाललाई कोभिड-१९ विरुद्ध स्वास्थ्य सामाग्री र आवश्यक सहयोग प्रदान गर्ने भएको छ ।

    सरकारले अस्ट्राजेनेका खोप आपूर्तिको लागि दक्षिण कोरियाली उत्पादक कम्पनीलाई कूटनीतिक नोट पठाएको पृष्ठभूमिमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र दक्षिण कोरियाली राजदूत पार्क चोङ सकबीच भेट भएको हो ।

    दूतावासका अनुसार सरकारले कोभिड-१९ को अस्ट्राजेनेका खोपको आपूर्तिका लागि आग्रह गरेको थियो । दक्षिण कोरियाली कम्पनी एसके बायोसाइन्स कम्पनीले अक्सफोर्ड र अस्ट्राजेनेका खोप उत्पादन गर्दै आइरहेको छ ।

  • भारतद्वारा खोप आपूर्तिमा अस्थायी रोक, चिनियाँ खोप सोमबार काठमाडौं आइपुग्ने

    भारतद्वारा खोप आपूर्तिमा अस्थायी रोक, चिनियाँ खोप सोमबार काठमाडौं आइपुग्ने

    काठमाडौं । भारतले अक्सफोर्ड र अस्ट्राजेनेकाले विकास गरेको कोभिसिल्ड खोपको आपूर्तिमा अस्थायी रोक लगाएको छ । भारतीय विदेश मन्त्रालय स्रोतका अनुसार विहिबारदेखि उसले खोप वितरण रोकेको हो ।

    भारतीय विदेश मन्त्रालय स्रोतलाई उध्दृत गर्दै बीबीसीले समाचार लेखेको छ । भारतभित्रै कोभिड–१९को संक्रमण बढिरहेको र घरेलु माग बढेकाले भारतले अस्थायीरुपमा आपूर्ति रोकेको जनाइएको छ ।

    भारतको यो निर्णयपछि कोभ्यास योजनाअन्तर्गत रहेका १९० देशलाई असर पर्ने ठानिएको छ । जसमा नेपाल समेत छ । खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले दुई साताअघि नेपाललाई पनि पत्राचार गर्दै तत्काल खोप आपूर्ति गर्न नसक्ने जनाएको थियो ।

    भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोडभन्दा बढी खोप निर्यात गरिसकेको छ र यसमा अस्ट्राजेनेका खोपको हिस्सा बढी छ । भारतभित्रै तीव्र रुपमा संक्रमण बढिरहेको बेला उसले यस्तो निर्णय गरेको हो ।

    भारतले अप्रिल १ देखि ४५ वर्ष माथिकालाई पनि खोप अभियान सुरुवात गर्न लागेकाले पनि आपूर्ति रोकेको जनाइएको छ । ‘निर्यात रोक्ने यो अस्थायी उपाय हो । घरेलु मागले पहिलो प्राथमिकता पाउनुपर्छ’ विदेश मन्त्रालयका एक अधिकारीले बीबीसीलाई भनेका छन् ।

    रोयटर्सका अनुसार भारतको अवस्था स्थिर नहुँदासम्म खोप बाहिरी मुलुकमा निर्यात नहुने भएको छ ।

    चिनियाँ खोप सोमबार आउने
    चीनले सहुलियतमा दिने भनेको ८ लाख डोज सिनोफार्म खोप आगामी सोमबार मात्रै काठमाडौं आइपुग्ने भएको छ । सरकारले खोप ल्याउन आइतबार नेपाल वायुसेवा निगमको चार्टड विमान बेइजिङ पठाउँदैछ । गत आइतबार चिनियाँ राजदूत होउ यान्छी र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीबीच छलफल भएपछि खोप आउने टुंगो लागेको हो ।