Tag: कोभिड–१९

  • अमेरिकाले नेपाललाई १ लाख डोजभन्दा बढी फाइजर खोप दिने

    अमेरिकाले नेपाललाई १ लाख डोजभन्दा बढी फाइजर खोप दिने

    काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपाललाई एक लाख ६ सय २० डोज कोभिड-१९ विरुद्धको फाइजर खोप अनुदान दिने भएको छ । अमेरिकी दूतावासले ट्वीटमार्फत दिएको जानकारी अनुसार त्यो खोप भोलि सोमबार नेपाल आइपुग्नेसमेत जानकारी दिएको छ ।

    अमेरिकाले यसअघि १५ लाखभन्दा धेरै जोनसोन एन्ड जोनसोन खोप पनि नेपालाई अनुदानमा दिएको थियो । त्यो खोप गत जुलाईमा नै नेपालमा आइपुगेर लगाइएको थियो ।

     

  • चितवनमा उकालो लाग्दै कोरोना, २०-२९ उमेर समूह बढी संक्रमित

    चितवनमा उकालो लाग्दै कोरोना, २०-२९ उमेर समूह बढी संक्रमित

    चितवन । निषेधाज्ञा खुकुलो बनाएपछि चितवनमा कोभिड–१९को संक्रमण उकालो लागेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार २ महिना ओरालो लागेको संक्रमण असारदेखि फेरि बढेको छ ।

    चितवनमा वैशाख १५ देखि असार १४सम्म पूर्ण लकाडाउन थियो । असार १५ देखि लकडाउनलाई खुकुलो पारिएको थियो । पसल, सार्वजनिक सवारी, होटल, रेष्टुरेण्ट सञ्चालनमा केही खुकुलो व्यवस्था थिए ।

    ‘ओरालो लागेको संक्रमण फेरी बढेको छ’, स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले भने, ‘बैशाख भन्दा पनि बढ्ने अवस्था छ, बढ्दो संक्रमणको चेनलाई तोड्नुपर्छ ।’ भर्चुअल रुपमा गरिएको पत्रकार सम्मेलनमा उनले सक्रिय संक्रमितको संख्या बढ्नु चूनौतिपूर्ण भएको बताए ।

    २०७६ चैतमा पहिलो पटक २ जना संक्रमित बनेका थिए । सो वर्ष भदौदेखि उकालो लागेको संक्रमण कार्तिकपछि विस्तारै ओरालो लागेको थियो । गत चैतमा १ सय ३४ जना संक्रमितहुँदा ३ जनाले ज्यान गुमाए ।

    वैशाखमा संक्रमण उकालो लागेर ४ हजार १ सय ७७ पुगेको थियो । जेठमा ३ हजार ८ सय ८१ जना, असारमा ३ हजार ४२ जना र यो साउनमा ३ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टी भैसकेको छ ।

    चितवनमा हालसम्म २२ हजार ६० जनामा संक्रमण देखिएको छ । जसमध्ये २ हजार ३५४ जना आइसोलेसनमा छन् । १ सय ७६ जना अस्पतालमा र २ हजार १ सय ७० जना होमआइसोलेसनमा छन् ।

    चितवनमा हालसम्म ३ सय ५० जनाले ज्यान गुमाइसकेका छन् । यस्तै ४ सय ३९ जनाले उपचारका क्रममा चितवनमा ज्यान गुमाएका छन् । कोभिड संक्रमणका कारण हालसम्म चितवनमा ७ सय ८९ जनाले ज्यान गुमाए । अस्पतालमा ज्यान गुमाउने ७ सय ६१ जना मध्ये ३ सय २२ जना चितवनका हुन् । २८ जनाले होमआइसोलेसनमा ज्यान गुमाए ।

    यो वर्षमात्रै चितवनका २ सय ३८ जनाले ज्यान गुमाएका छन् । २० महिनाको तथ्यांक केलाउँदा गत कार्तिकमा सबैभन्दा धेरै संक्रमण देखिएको थियो । सो महिना २ हजार १ सय ५८ जना संक्रमित बनेका थिए, ४४ जनाले ज्यान गुमाएका थिए । चितवनमा असार १५ देखि लकडाउन केही खुकुलो पारिएको थियो । उनले पछिल्लो १४ दिनको तथ्यांकलाई आधार मान्दा संक्रमितको संख्या तीव्र गतीले बढेको भन्दै बेलैमा सर्तकता अपनाउन आग्रह गरे ।

    २०–२९ उमेर समूह बढी संक्रमित

    चितवनको २० महिनाको तथ्यांक केलाउँदा सबैभन्दा धेरै २० देखि २९ वर्ष उमेर समूहमा संक्रमण देखिएको छ । यो उमेर समूहका ५ हजार ६२ जनामा संक्रमण देखिएको छ । सबै उमेर समूहमा पुरुष बढी संक्रमित देखिएपनि ३० देखि ३९ वर्ष उमेर समूहमा भने धेरै संक्रमित महिला छन् । १९ वर्ष कम उमेर समूहमा संक्रमण कम देखिन्छ ।

    तर, कम उमेर समूहमा पहिलो चरणकोभन्दा संक्रमण बढेको तिवारीले बताए । बैशाखदेखि साउन २४ सम्म चितवनमा ७४ हजार १ सय ४३ जनाको पिसिआर तथा एण्टीजेन विधिबाट संक्रमण चेकजाँच गरिएको छ ।

    २३ प्रतिशतले पाए खोप

    स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले चितवनका २३ प्रतिशत जनसंख्याले कोभिड–१९ विरुद्धको खोप लगाएको जानकारी दिएका छन् । उनका अनुसार माघ १३ देखि ५ चरणमा हालसम्म १ लाख १९ हजार ९ सय ६० जनाले खोप लगाइसकेका छन् ।

    जसमध्ये पूर्ण खोप लगाउने ७८ हजार ३७ जना छन् । दुबै डोज लगाउने कोभिसिल्डका १३ हजार १ सय ७२ जना, भेरोसेलका २७ हजार ५ सय ६ छन् । जोन्सन लगाउने ३७ हजार ३ सय ५९ जना छन् ।

    ‘चितवनमा करिब ४ लाख ५० हजार जनालाई खोप लगाउने लक्ष्य छ’, उनले भने, ‘अहिलेसम्म २३ प्रतिशतलाई लगाइसक्यौँ, यो देशभरीमै राम्रो तथ्यांक हो ।’

    सिडिओ भन्छन्– भीडभाड रोक्छौँ

    चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले कोभिड रोकथाम गर्ने नयाँ रणनीतिबारे छलफल भैरहेको बताए ।

    ‘अपेक्षा गरेजस्तो नतिजा आएन, नयाँ रणनीतिबारे छलफल गर्दैछौँ’, उनले भने, ‘भीडभाडजन्य गतिविधि रोक्न केही फरक अभ्यास गर्दैछौँ ।’ उनले केही जिम्मेवार पक्षबाटै भीडभाड गरेर कार्यक्रम, विरोधसभा हुने गरेको भन्दै आगामी दिनमा हुन नदिने प्रतिवद्धता जनाए ।

    ‘जिम्मेवारपक्षबाट भीडभाडजन्य काम भए, तत्काल रोक्ने प्रयास भएपनि भएन’, उनले भने, ‘अब फेरी नहोस् भनेर उहाँहरुसँग छलफल गर्दैछौँ ।’ चितवनमा सोमबारमात्रै एमाले चितवनले सुकुम्बासीको पक्षमा चौविसकोठीमा विरोध प्रर्दशन गरेको थियो ।

    यस्तै एमसीसी खारेजी गर्न भन्दै १२ राजनीतिक दलको समर्थनमा जिल्ला समन्वय समितिकै सभाहलमा अन्र्तक्रिया गरिएको थियो ।

     

  • कोरोना तेस्रो लहरको पूर्वतयारी रणनीतिबारे गृहमा छलफल

    कोरोना तेस्रो लहरको पूर्वतयारी रणनीतिबारे गृहमा छलफल

    काठमाडौं । सरकारले कोरोनाको तेस्रो लहर आउनसक्ने भन्दै पूर्वतयारी थालेको छ । गृहमन्त्री बालकृष्ण खाणले कोरोना सम्बन्धमा विशेष बैठक गर्दै खोप, होल्डिङ सेन्टर र अन्य आवश्यक तयारीका लागि निर्देशन दिएका छन् ।

    गृह मन्त्रालयमा आयोजित छलफलमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी लगायत सहभागी थिए ।

    ‘कोरोना नियन्त्रण चुनौतीपूर्ण भएपनि सबैको समन्वयमा काम गर्‍यौं भने असम्भव छैन । कोरोना नियन्त्रणलाई प्राथमिकता दिएर योजनाबद्ध ढंगले काम गरौ’, गृहमन्त्री खाणले भने ।

    उनले होल्डिङ सेन्टर निर्माणको काम सन्तोषजनक नरहेको भन्दै थप प्रभावकारी ढंगले काम गर्न निर्देशन दिए । कोरोनाको तेस्रो लहर आउनुअघि नै कोरोनाविरुद्धका संरचना तयार गर्नुपर्नेमा खाणको जोड थियो ।

    बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सबै सरकारी अस्पतालमा अक्सीजन व्यवस्थापन गर्न तथा कोरोनाविरुद्ध सय दिने विशेष योजना कार्यान्वयन गरिने बताए । सीमा क्षेत्रबाट प्रवेश गर्ने नागरिकलाई खोप दिएर होल्डिङ सेन्टरमा राखिने भन्दै राज्यमन्त्री श्रेष्ठले एक हप्ताभित्र ३२ लाख डोज खोप आउने बताए ।

    ‘हामीले ४० लाख फाइजर खोप किन्न आवश्यक प्रबन्ध गरेका छौं । त्यसमध्ये १६ लाख चीन र १६ लाख डोज जापानबाट यही हप्ता आउनेछ’, श्रेष्ठले भने ।

    बैठकमा सुरक्षा निकायका प्रमुखहरूले स्वास्थ्य मापदण्ड कार्यान्वयनका लागि सक्रियता बढाइएको जानकारी दिएका थिए ।

  • असार २२ गतेदेखि भेरोसेल खोपको दोस्रो डोज लगाइने, ३ लाख ७० हजारलाई लगाउने तयारी

    असार २२ गतेदेखि भेरोसेल खोपको दोस्रो डोज लगाइने, ३ लाख ७० हजारलाई लगाउने तयारी

    काठमाडौं । चीनले पछिल्लोपटक उपलब्ध गराएको कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुलाई असार २२ गतेबाट दोस्रो डोज लगाइने भएको छ । जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई पहिलो मात्रा खोप लगाइएको थियो ।

    स्वास्थ्य सेवा विभागले असार २२ गतेबाट दोस्रो मात्रा लगाइने जनाएको छ । खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले पहिलो डोज लगाएका तीन लाख ७० हजार जनालाई असार २२ गतेबाट दोस्रो डोज लगाइने तय भएको जनाए ।

    अघिल्ला खोप अभियानमा भेरोसेल खोपको बुस्टर डोज अर्थात दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो बुस्टर डोज लगाउन पाउने उनले बताए ।

    उनले भने, ‘यसअघि भेरोसेलको पहिलो डोज लगाएकाले पहिलो मात्रा लगाएको कार्ड देखाएर दोस्रो डोज लगाउन पाउनेछन् ।’

    पछिल्लो पटक ६०-६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए । ६ लाख ६२ हजार ३६७ जना ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउने लक्ष्य रहेकोमा तीन लाख ७० हजार ३९५ जना ज्येष्ठ नागरिकले मात्र भेरोसेल खोपको पहिलो मात्रा लगाएको उनले जनाए ।

  • चीनद्वारा चार कम्पनीलाई कोभिड-१९ को खोप बिक्री अनुमति

    चीनद्वारा चार कम्पनीलाई कोभिड-१९ को खोप बिक्री अनुमति

    बेइजिङ । चीनले कोभिड-१९ विरुद्धको खोप निर्माण गर्ने चार वटा कम्पनीका खोपलाई विदेश निर्यातका लागि खुला गरिदिएको छ । यी खोपहरुलाई चीनभित्र शर्त सहित बजारमा बिक्री गर्न अनुमति प्राप्त भइसकेको छ ।

    चीनले विदेशमा खोप बिक्री गर्न अनुमति दिइएका कम्पनीहरुमा बेइजिङ इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स, सिनोभाक लाइफ साइन्सेज कम्पनी, क्यानसिनो बायोलजिक्स कम्पनी र वुहान इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स कम्पनी रहेका छन् ।

    चीनको वाणिज्य मन्त्रालयका अनुसार बेइजिङ इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स र सिनोभ्याकका दुई किसिमका खोपहरुले विश्व स्वास्थ्य संगठनबाट यसअघि नै आपतकालीन प्रयोगका लागि अनुमति प्राप्त गरिसकेका छन् ।

    यी खोपहरु चीनको ठूलो जनसमूहलाई प्रदान गरिएको छ भने विश्वका १०० भन्दा बढी मुलुकले स्वीकृत गरिसकेका छन्, वाणिज्य मन्त्रालयका वरिष्ट अधिकारी लि झिङक्वीनले बताए ।

    उनले सबै मुलुकलाई खासगरी विकासशील मुलुकहरुलाई सस्तो मूल्यमा गुणस्तरीय खोप उपलब्ध गराउने चीन सरकारको नीतिलाई खोप उत्पादक कम्पनीहरुले पनि ध्यान दिने विश्वास व्यक्त गरे ।

    चिनियाँ अधिकारीहरुले कोभाक्ससँगको साझेदारीलाई अझ सुदृढ गर्न चीनले निरन्तर मद्दत गर्ने पनि बताएका छन् । चीनको वाणिज्य मन्त्रालयले चीनबाट खोप खरिद गर्नका लागि विदेशी मुलुकलाई सहयोग गर्न चीन तत्पर रहेको पनि जनाएको छ ।

  • आइतबार २४ सय कोभिड बिरामी थपिए, ५१ जनाको मृत्यु

    आइतबार २४ सय कोभिड बिरामी थपिए, ५१ जनाको मृत्यु

    काठमाडौं । आइतबार मुलुकमा २,४४२ जना कोभिड-१९ बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १०,९५६ एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    पछिल्लो २४ घण्टामा थप ५१ जनाको मृत्यु भएको छ । ३,४५६ जना डिस्चार्ज भएका छन् ।

    काठमाडौं उपत्यकामा आइतबार ५४८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ४५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ जना बिरामी पत्ता लागेका हुन् ।

    परीक्षण भएकामध्ये संक्रमण पत्ता लाग्ने प्रतिशत २१.३ प्रतिशत छ । मुलुकमा ५५ हजार ५३२ सक्रिय संक्रमित छन् । ४२ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् ।

    १४ दिनमा केही जिल्लामा संक्रमण बढ्दो क्रममा देखिएको मन्त्रालयले जनाएको छ ।

  • कोरोनाको खोपमा लक्षित वर्गको पहुँच सुनिश्चित गर्न मानव अधिकार आयोगको सरकारलाई आग्रह

    कोरोनाको खोपमा लक्षित वर्गको पहुँच सुनिश्चित गर्न मानव अधिकार आयोगको सरकारलाई आग्रह

    काठमाडौं । कोभिड–१९ को महामारी समुदायस्तरमा समेत फैलिँदै जाँदा स्वास्थ्य परीक्षणको दायरामा कमी आएको एवम् नागरिकको स्वास्थ्य जोखिममा पर्न गएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । आयोगले सोमबार एक विज्ञप्ती जारी गर्दै काठमाडौं उपत्यका लगायतका केही सहरमा कोरोना संक्रमितको संख्यामा कमी आउँदै गएको भए पनि रुकुम, रोल्पा, कैलालीलगायतका ठाउँमा गम्भीर बिरामीको संख्यामा कमी नआएको जनाएको छ ।

    गतवर्षदेखि नै कोभिड–१९ तथा यसको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले गर्दै आएको प्रयासका सन्दर्भमा मानव अधिकारको दृष्टिकोणबाट अनुगमन गरी नेपाल सरकारलाई सिफारिस गर्दै आइरहेको आयोगका प्रवक्ता समेत रहेका सहसचिव डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

    आयोगले गरेको पछिल्लो अनुगमनबाट प्राप्त तथ्यअनुसार गाउँमा परीक्षणको दायरा नबढाइएकोले संक्रमण बढेको, समाजमा कोरोना संक्रमितलाई हेर्ने र गर्ने व्यवहार अझै नकरात्मक रहेकोले लक्षण देखिएका बिरामी समेत परीक्षण गर्न नमान्दा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको, अक्सिमिटर र रेम्डिसीभर जस्ता स्वास्थ्य सामग्री चर्को मूल्यमा विक्री भैरहेको पाइएको जनाएको छ ।

    त्यसैगरी, अहिले सरकारले प्रदान गर्दै आएको कोभिड–१९ विरुद्धको खोप लगाउने क्रममा खोप केन्दको व्यवस्थापन हुन नसक्दा संक्रमण झनै फैलिने सम्भावना देखिएको, ज्येष्ठ नागरिक खोप लगाउन लामो समय लाइनमा बस्नु परेको पाइएको छ । यस्तै कतिपय केन्द्रमा दिनभर लाइनमा बस्दा समेत खोप लगाउन नपाएको, कतिपय स्थानमा विवाद भई खोप लगाउने काम अवरुद्ध भएको र लक्षित वर्गभन्दा अन्यले पहँुचका आधारमा खोप लगाएको अनुगमनको क्रममा पाइएको छ ।

    कोभिसिल्ड खोपको पहिलो डोज प्राप्त गरेकाका लागि दोस्रो डोज खोपको सुनिश्चिितता हुन नसकेको भनी आयोगमा गुनासो समेत आएको आयोगले जारी गरेको विज्ञप्तीमा भनिएको छ । यसै सन्दर्भमा आयोगले कोभिड–१९ विरुद्धको खोपको व्यवस्थापनका लागि ध्यानाकर्षण गराउँदै सोमबार नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ ।

    कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै खोप लगाउने कार्यलाई व्यवस्थित गर्न, खोपमा लक्षित वर्गको पहँुच सुनिश्चित गर्न, समुदायस्तरमा परीक्षणको दायरालाई वृद्धि गर्न, कोभिसिल्डको पहिलो डोज लगाएकालाई दोस्रो डोजको व्यवस्था मिलाउन र खोप लगाउनपर्ने सबै नागरिकलाई पर्याप्त हुने गरी कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्न आयोगले सरकारसँग आग्रह गरेको छ ।

  • कोभिड प्रभावित पत्रकारलाई राहत दिन सञ्चारमन्त्रीसँग माग

    कोभिड प्रभावित पत्रकारलाई राहत दिन सञ्चारमन्त्रीसँग माग

    काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापासँग न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले कोभिड-१९ प्रभावित श्रमजीवी पत्रकारलाई राहत, उपचार र क्षतिपूर्तिको व्यवस्थाका लागि आग्रह गरेका छन् ।

    निरीक्षण र ब्रिफिङका लागि आज सञ्चारग्रामस्थित समितिको कार्यालयमा पुगेकी मन्त्री थापासँगको छलफलका क्रममा अध्यक्ष अर्यालले कोरोनापीडित पत्रकारको समस्या समाधान गर्न आग्रह गरेका हुन् । उनले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित पक्षलाई आग्रह गर्दै ऐनको कार्यान्वयन नहुने हो भने ऐन र समितिको औचित्य नहुने भएकाले त्यस्तो अवस्थामा ऐन र समिति नै खारेज गर्न अनुरोध गरे ।

    अध्यक्ष अर्यालले कोभिड भ्याक्सिन लगाउन बाँकी श्रमजीवी पत्रकारलाई तत्काल भ्याक्सिनको व्यवस्था गर्न आग्रह गर्दै संक्रमण भई अस्पतालमा उपचाररत, उपचारबाट निको भएका र ज्यान गुमाएका श्रमजीवी पत्रकार र तिनका परिवारलाई राहात वापत् उपचार खर्च उपलब्ध गराउन, लामो समय उपचार गरिएकाहरुका लागि थप राहातको व्यवस्थाका साथै कोभिड प्रभावित संचारकर्मीका लागि स्थानीय, प्रदेश र केन्द्रिय सरकारले प्याकेजकै रुपमा राहत घोषणा गरी कार्यान्वयन गर्न आवश्यक रहेकामा जोड दिए ।

    सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक श्रमजीवीहरुले पाउन नसकेकोले यसका लागि सरकारले कार्यान्वयनमाा कडाइ गर्न र आगामी आर्थिक वर्ष ०७८÷७९ को बजेटमा सरकारले उल्लेख गरेको, श्रमजीवी पत्रकार ऐन २०५१ को दफा १७ अन्तर्गत र श्रमजीवी पत्रकार नियमावली २०५३ मा व्यवस्था भएको कल्याणकारी कोष स्थापनाका लागि अनिवार्य व्यवस्था गर्नुपर्ने बताए ।

    पत्रकारलाई न्यूनतम पारिश्रमिक नदिने, जागिरबाट हटाउने, वेतलवी विदामा बस्न दबाब दिने, अपायक सरुवा गर्ने र कल्याण्कारी कोष स्थापना नगर्ने सञ्चार प्रतिष्ठानलाई सरकारले दिने सुविधा र लोककल्याण्कारी विज्ञापनमा रोक लगाउन पनि उनले माग गरे ।

    कोरोनाका कारण रोजगारी गुमाएका श्रमजीवीका लागि सरकारले बजेट वक्तव्य मार्फत घोषणा गरेको लेखनवृत्ति कार्यक्रम प्रभावकारी ढंगले तत्काल कार्यान्वयनमा आउन सके राहत मिल्ने बताउँदै अध्यक्ष अर्यालले आमसञ्चार क्षेत्रलाई सरकारले सेवामूलक उद्योगका रुपमा मान्यता दिइसकेकोले यस क्षेत्रलाई कोभिड-१९ प्रभावित क्षेत्र अन्तर्गत पुर्नकर्जाको सुविधा उपलब्ध गराई उक्त कर्जा श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको पारिश्रमिकमा मात्र खर्च गराउन नसक्ने गरी आवश्यक प्रबन्ध मिलाउन पनि आग्रह गरे ।

    अध्यक्ष अर्यालले सरकारले उपलब्ध गराउने लोककल्याणकारी विज्ञापन वापतको रकममा कम्तिमा १५ प्रतिशतले वृद्धि गर्न, सरकारी विज्ञापन समानुपातिक ढंगले वितरण गर्न, अनलाइन सञ्चारमाध्यमलाई व्यवस्थापन र नियमन गर्दै लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन, स–साना कामका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता हटाउन सूचना तथा प्रसारण विभागबाट गरिने कार्यसम्पादन संचारमाध्यम दर्ता नविकरण र परिचय पत्र वितरणसम्बन्धी कार्य जिल्ला हुलाक कार्यालयबाट गर्ने गरी आवश्यक व्यवस्था गर्न जरुरी भएको उल्लेख गर्दै लोककल्याण्कारी विज्ञापन भुक्तानी प्रकृया सरल बनाउन र सञ्चारमाध्यमको वर्गीकरण तत्काल सार्वजनिक गर्न पनि उनले माग गरे ।

    साथै, साना स्वरोजगारमूलक सञ्चारमाध्यमको विकास र संरक्षणका लागि आवश्यक नीति अख्तियार गर्न पनि माग गरे । मन्त्री थापा सञ्चार मन्त्रालयसँग सम्बन्धित निकायको भ्रमणका क्रममा आज समितिको कार्यालयमा पुगेका थिए ।
    -रासस

  • सोमबार र मंगलबार काठमाडौंमा ६० र ६१ वर्षकालाई भेरोसल खोप लगाइने

    सोमबार र मंगलबार काठमाडौंमा ६० र ६१ वर्षकालाई भेरोसल खोप लगाइने

    काठमाडौं । आगामी सोमबार र मंगलबार उपत्यकामा ६० र ६१ वर्ष उमेर समूहका नागरिकलाई कोभिड-१९ विरुद्धको भेरोसेल खोप लगाइने भएको छ ।

    जेठ ३१ गते सोमबार र असार १ गते मंगलबार खोप लगाइने जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि ६२,६३ र ६४ वर्ष उमेरकालाई खोप लगाइएपछि खोप अभियान स्थगित भएको थियो ।

    स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल र निजामती कर्मचारी अस्पतालमा खोप लगाइने जानकारी दिए ।

  • कोभिड-१९ भाइरस पत्ता लाग्नुअघि वुहान प्रयोगशालामा संक्रमण थिएन : चीन

    कोभिड-१९ भाइरस पत्ता लाग्नुअघि वुहान प्रयोगशालामा संक्रमण थिएन : चीन

    वेइजिङ । चीनको हुबेइ प्रान्तको वुहानस्थित प्रयोगशालाका कुनै पनि कर्मचारी वा अनुसन्धानकर्ता कोरोनाभाइरसबाट संक्रमित नरहेको चीनले फेरि एक पटक दोहोराएको छ ।

    अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा सन् २०१९ को अन्त्यतिर चीनमा कोरोनाभाइरसको संक्रमण पुष्टि हुनुभन्दा केही हप्ता पहिले वुहानस्थित प्रयोगशालाका तीनजनामा मिल्दोजुल्दो लक्षण देखिएको भन्ने दावीको खण्डन गर्दै चीनको यो भनाइ आएको हो । अमेरिकी गुप्तचरको रिपोर्टपछि कोरोनाभाइरसको उत्पतिलाई लिएर अमेरिका र चीनका परस्पर भिन्न भनाइ आउने गरेका छन् ।

    प्रयोगशालामा भएको व्यवस्थापकीय असावधानीका कारण चुहावट हुँदै भाइरस मानिसमा सरेको हुनसक्ने आशङ्का अमेरिकी अधिकारीहरूले गर्दै आएका छन् । यसै बिषयलाई लिएर राष्ट्रपति जो बाइडेनलेले अघिल्लो हप्ता विस्तृत अध्ययन गरी ९० दिन भित्र प्रतिवेदन बुझाउन गुप्तचर निकायलाई आदेश दिएका थिए ।

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को संयोजनमा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताले गरेको अध्ययनमा कोरोनाभाइरस प्रयोगशालाबाट चुहावट भएर मानिसमा सरेको हुन सक्ने सम्भावना अति दुर्लभ रहेको तर थप अध्ययन भने गर्नु पर्ने बताएको थियो ।

    पछिल्लो पटक अमेरिकी गुप्तचर निकायको सूचनापछि वुहानको समुद्री खाद्यान्न बजारबाट नभई प्रयोगशालाबाट भाइरस फैलिएको हुन सक्ने आशंकामा बल पुगेको हो। यसलाई नै मध्यनजर गरेर अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले चीनसँग वुहानस्थित प्रयोगशालाका तीन अनुशन्धानकर्तासहित कुल ९ जना चिनियाँ नागरिकको स्वास्थ्यसम्बन्धी विवरण जारी गर्न माग गरेका छन् ।

    शुक्रबार चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ्ग वेनबिनले वुहान इन्स्टिच्यूड अफ भाइरोलोजीमा सन् २०१९ को डिसेम्बर ३० भन्दा पहिले कोरोनाभाइरसको कुनै जानकारी नरहेको दाबी पुनः गरेका छन् ।

    उनले अहिलेसम्म सो प्रयोगशालाका एक कर्मचारी वा विद्यार्थीमा कोरोनाभाइरसको संक्रमण नदेखिएको दावी गरे। स्वास्थ्य विवरणहरु प्रयोगशालाका कर्मचारी र शोधकर्ताहरुमा मात्रै सीमित गरिने भएकाले सार्वजनिक गर्न नसकिने उनले बताए ।

  • कोभिड-१९ उत्पत्तिको अध्ययनलाई ‘राजनीतिकरण नगर्न’ डब्ल्यूएचओको आग्रह

    कोभिड-१९ उत्पत्तिको अध्ययनलाई ‘राजनीतिकरण नगर्न’ डब्ल्यूएचओको आग्रह

    जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले शुक्रबार कोेभिड-१९ भाइरसको उत्पत्तिबारे अध्ययन ‘राजनीतिकरणको बिषय नभएको’ भन्दै यसलाई राजनीतिकरण नगर्न आग्रह गरेको छ ।

    अध्ययनको सम्पूर्ण प्रक्रियालाई राजनीतिले विगारेको संगठनले बताएको हो । जेनेभामा शुक्रवार डब्ल्यूएचओले गरेको पत्रकार सम्मेलनमा बोल्दै डब्ल्यूएचओ स्वास्थ्य सङ्कटकाल कार्यक्रमका कार्यकारी निर्देशक माइक रायनले भने, ‘सम्बन्धित सबैले यस (कोभिड-१९ को उत्पत्ति)को विषयलाई राजनीति होइन वैज्ञानिक तरिकाले हेर्नुपर्छ । अनुसन्धानमा सघाउनुपर्छ र अध्ययनको रिपोर्ट विवादरहित बनाउनुपर्छ ।’

    ‘यदि तपाइँले वैज्ञानिकहरूको कामको अपेक्षा गर्नुहुन्छ भने तपाइँ वैज्ञानिकहरूसँग सहकार्य गर्नसक्नुहुन्छ र यसबाट तपाइँले चाहनुभएको जवाफहरू प्राप्त गर्नुहुन्छ । वास्तवमा भाइरसको उत्पत्ति पत्ता लगाउन दोषारोपणरहित वातावरणको आवश्यक छ । भाइरस उत्पत्तिको विषय राजनीतिक दोष नलागेको हुनुपर्छ ।’

    डब्ल्यूएचओका वरिष्ठ अधिकारीले सार्स-कोभ २ भाइरसको सम्भावित उत्पत्तिसम्बन्धी समाचार, प्रमाण वा नयाँ सामग्रीका साथ ‘सञ्चारमाध्यममा अधिक छलफल भएको’ र यो चिन्ताको विषय भएको छ ।

    सबै मुलुकका सरकारहरूले सँगै मिलेर काम गर्ने र भाइरस मूल अध्ययन सफलतापूर्वक सम्पन्न गर्नका लागि वातावरण सिर्जना गर्न आह्वान गर्दै रायनले भने, ‘यस मुद्दाको वर्तमान राजनीतिकरणले डब्ल्यूएचओलाई जवाफ दिन कठिन बनाएको छ ।’

    भाइरसको उत्पत्ति पत्ता लगाउन धेरै अध्ययन र बहु अभियानहरू आवश्यक पर्दछन् यसका लागि सहयोग, खुलापन र समय आवश्यक रहेको उनको भनाइ थियो ।

  • कोभिड-१९ का संक्रमितको उपचारका लागि महानगरपालिकाको सक्रियता

    कोभिड-१९ का संक्रमितको उपचारका लागि महानगरपालिकाको सक्रियता

    काठमाडौं । कोभिड-१९ बाट संक्रमितको उपचारका लागि काठमाडौंमहानगरपालिकाले सक्रियता बढाएको छ । पछिल्लो समय काठमाडौंमा बिरामीको संख्या बढिरहेको र उपचारमा समस्या हुँदा महानगरपालिकाले अस्पताललाई आवश्यक उपकरण र कर्मचारीसमेत सहयोग गरेर उपचारका लागि सक्रियता देखाएको हो ।

    शुक्रबारदेखि महानगरको अनुदान सहयोगबाट नरदेवी आयुर्वेदिक अस्पतालमा अक्सिजनसहित ५० श्ययाको आइसोलेशन सञ्चालनमा आएको छ । आइसोलेशन सञ्चालन गर्न महानगर र अस्पतालबीच गत वैशाख २७ गते सम्झौता भएको थियो । अस्पतालको क्षमता ११८ श्ययाको हो । शुरुवातमा २५ श्ययाको एचडीयू र २५ श्ययाको आइसोलेशनबाट सेवा थालिएको हो ।

    महानगर प्रमुख विद्यासुन्दर शाक्यले महामारीमा जनताको जीवनरक्षाका लागि विकासका कामलाई रोकी स्वास्थ्य क्षेत्रमा लगानी बढाइएको बताए । अस्पतालले आयुर्वेदतर्फ सात कन्सल्टेन्ट र आधुनिक चिकित्सातर्फ दुई कन्सल्टेन्टसहित १२ आयुर्वेद चिकित्सक, चार मेडिकल अफिसर, २२ नर्सिङ स्टाफ, दुई फिजियो थेरापिस्ट, १५ आयुर्वेद स्वास्थ्यकर्मी, लेखा प्रशासन पाँच र सफाइ तथा सहयोगी कर्मचारी २५ लाई आइसोलेशनका लागि खटाएको छ ।

    त्यसैगरी शुक्रबारदेखि नै सामाखुशीमा रहेको राधास्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर पनि शुरु गरिएको छ । सेन्टर सञ्चालन गर्न विसं २०७७ कात्तिक १४ गते मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । महानगरको आर्थिक अनुदानमा शुरु गरिएको सेन्टर नेपाली सेनाले सञ्चालन गर्नेछ । अहिले ८८ श्यया अक्सिजन र ९६ सामान्यबाट शुरु भएको हो । आवश्यकताका आधारमा ९६ श्ययालाई पनि अक्सिजनसहितको बनाउँदै लगिने बताइएको छ ।

    महानगरपालिकाले अन्य ११ अस्पतालसँग सम्झौता गरी कोरोनाका बिरामीको स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने उपकरण प्रदान गरिरहेको छ । महानगरको स्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरका अनुसार गत शनिबारसम्म स्वाब सङ्कलनका लागि पाँच केन्द्र बनाएर काम गरिरहेको महानगरपालिकाले हरेक दिन संक्रमितको संख्या बढ्दै गएकाले आइतबारदेखि १६ वटा स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ ।

    महानगरका ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये ४२० मा पुष्टि हुने गरेको महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले जनाएको छ । महानगरपालिकाका ल्याब टेक्निसियन राधिका कुइँकेलका अनुसार परीक्षणका लागि आवश्यकताअनुरुप टोली तयारी अवस्थामा रहेका छन् । कुइँकेलले भने, ‘कोरोनाको शङ्का देखिएका र वडाले खटाएअनुसार अहिले परीक्षणको कामलाई व्यापक बनाइएको छ।’

    एम्बुलेन्सको आवश्यकता पर्ने बिरामीका लागि अस्पतालसम्म लैजाने र ल्याउने व्यवस्था पनि महानगरपालिकाले नै गर्दै आएको छ । यसका लागि पनि बिरामीले पैसा तिर्नु पर्दैन । सो सेवा महानगरका ३२ वडामध्ये सात स्थानबाट नागरिकले प्राप्त गर्न सक्नेछन् । कोरोनाका बिरामीले मात्रै होइन अन्य दीर्घ रोग भएका कसैलाई अस्पतालसम्म जान र आउन परेमा पनि महानगरपालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । त्यसका लागि आवश्यक पर्ने जो कोहीले ११८० महानगरपालिकाको हटलाइनमा सम्पर्क गर्नुपर्ने छ ।

  • अक्सिजन अभाव हुन नदिन प्रदेश मन्त्री यादवको संयोजकत्वमा बन्यो समिति

    अक्सिजन अभाव हुन नदिन प्रदेश मन्त्री यादवको संयोजकत्वमा बन्यो समिति

    जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमित विरामीको उपचारमा अक्सिजन अभाव हुन नदिन आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा अक्सिजन अनुगमन व्यवस्थापन समिति गठन भएको छ ।

    प्रादेशिक कोभिड संकट व्यवस्थापन समितिको बैठकले मन्त्री यादवको अध्यक्षतामा अनुगमन व्यवस्थापन समिति बनाएको हो । समितिमा सुरक्षा निकायका प्रमुखहरुलाई राखिने छन् । पछिल्लो समयमा प्रदेशभित्र रहेका प्लान्टहरुले अक्सिजन बाहिर पठाउने गरेको गुनासो आएपछि अनुगमन व्यवस्थापन समिति बनाइएको एक पदाधिकारीले बताए ।

    उनका अनुसार मन्त्री यादव नेतृत्वको समितिले प्रदेशभित्रका प्लान्टबाट दैनिक उत्पादन हुने अक्सिजन र वितरण प्रणालीको निरन्तर अनुगमन हुनेछ । लापरबाही गर्ने अक्सिजन उद्योग तथा प्लान्टलाई कारबाहीको दायरमा समेत ल्याउने काम समितिले गर्नेछ ।

    यस्तै बैठकले कोरोना संक्रमितहरुको उपचार भइरहेको प्रदेशभित्रका सरकारी तथा नीजि अस्पतालहरुको अनुगमनका लागी पनि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको अध्यक्षतामा विज्ञ समूह गठन समेत गरेको छ । उक्त समितिले प्रदेश भित्रका अस्पतालहरुको अनुगमन निरीक्षण गर्नुका साथै अस्पतालहरुलाई दिनु पर्ने सुविधाका सम्बन्धमा प्रदेश सरकारले सुझाव दिनेछ ।

    आवश्यकता अनुसार निजी अस्पतालहरुमा कोरोना संक्रमितहरुको उपचारको व्यवस्था मिलाउनका लागी आइएमओ गर्न प्रदेश सरकारमा सिफारिस गर्ने क्षेत्राधिकार उक्त समितिलाई दिइएको छ ।

    मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न बैठकमा मन्त्रीहरु, प्रमुख सचिव गोकर्ण मणि दुवाडी, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल शाह, नेपाली सेनाका सहायक रथी शिशिर चन्द्र केसी, नेपाल प्रहरीका डिआइजी धिरज प्रताप सिंह, शसस्त्र प्रहरीका डिआजी चन्द्र प्रकाश गौतम, अनुसन्धान निर्देशक हरिहर पौडेलसहितको उपस्थिति रहेको थियो ।

  • स्वाव संकलनको तीन दिनसम्म पाइदैन कर्णालीमा रिर्पोट

    स्वाव संकलनको तीन दिनसम्म पाइदैन कर्णालीमा रिर्पोट

    सुर्खेत । गत शुक्रबार वीरेन्द्रनगर नगरपालिकाले विहानै ६ बजे देखि स्वाव संकलन थाल्यो । कोभिड-१९ सँग मिल्दा जुल्दा लक्षण भएका पाँच सय जनाले उक्त दिन स्वाव दिए । विहान ६ बजेदेखि थालिएको स्वाव संकलन करिब नौ बजेसम्म जारी रह्यो । सकेसम्म सामाजिक दुरी कायम गर्दै स्वाव दिएका नागरिकहरु समयमै नतिजा थाहा नपाउँदा अन्य रोगको औषधी सेवन गर्न थालेका छन् ।

    वीरेन्द्रनगर ८ का अमर नेपाली (नाम परिवर्तन) उनले सोही दिन विहानै स्वाव दिए । उनलाई ज्वरो आउने, खोकी लाग्ने, शरिर पुरै दुख्ने लक्षण देखिँदा उनी स्थानीय एक मेडिकलमा गए । त्यहाँ उनलाई टाईफाईडको औषधी प्रयोग गर्न भनेर भनियो तर उनले कोभिड जाँच गरेर मात्रै औषधी सेवन गर्ने भनेका कारण नगरपालिकाको स्वाव संकलन केन्द्रमा लाईन लागेर स्वाव दिए । उनले स्वाव दिएको तीन दिन वित्दा पनि नतिजा के छ भन्ने थाहा पाएका छैनन् ।

    सोही दिन कमला (नाम परिवर्तन)ले पनि स्वाव दिईन । उनी देउती अस्पतालमा उपचार गराइ रहेकी थिईन । कोभिडसँग मिल्दो जुल्दो लक्षण भएका कारण स्वाव जाँच गर्न अस्पतालले उनलाई भन्यो । उनका श्रीमानसहित उनी शुक्रबार विहानै स्वाव दिएर आएपनि हालसम्म रिर्पोट नपाएको गुनासो गर्छिन् ।

    ‘नगरपालिकाले सबैको स्वाव लिने तर जाँच गर्दा मनोमानी रुपमा गर्ने गरेको पाइएको छ । पालो अनुसार जाँच हुनुपर्नेमा पावर र पहुँचका आधारमा पिसिआर जाँच हुने गरेको पाइयो ।’ कमला भन्छिन्, ‘अस्पतालमा बेड खोज्न पावर, स्वावको रिर्पोट थाहा पाउन पावर चाहिने भएपछि आम नागरिकले कसरी उपचार पाउने ?’ उनले कोभिड भए नभएको समयमै जानकारी पाउनु पर्ने भएपनि कोरोनाले निमोनिया भइसकेपछि मात्रै रिर्पोट पाउने अवसथा आउनु दुखद भएको बताईन् ।

    ‘कोरोना भए नभएको वा औषधी उपचार गर्ने बारेमा आवश्यक चेकजाँचको रिर्पोट चाँडो आइदिएको हुन्थ्यो ।’ अमर भन्छन्, ‘यहाँ त मनलाग्दी गर्ने प्रचलन बढेको छ । कोरोना संक्रमण भएको थाहा पाएको भए परिवारका अन्य व्यक्तिबाट टाढा रहन पनि सकिन्थ्यो तर रिर्पोट नै आउन ढिलाई हुँदा यसले परिवारलाई नै जोखिममा पार्ने गरेको छ । राज्यले यसबारेमा ध्यान नदिँदा कोरोना भयावह अवस्थामा फैलिएको छ ।’

    वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ इत्रामकी कल्पना थापाले सोही दिन दिएको स्वावको रिर्पोट थाहा पाउन पत्रकार देखि डाक्टरसम्मको सहयोग लिएपनि थाहा पाउन सकिनन् । ‘म आफै एक कर्मचारी पनि हो । मलाई कोरोनको लक्षण मिल्दो जुल्दो छ । साना छोरा छोरी छन् । स्वाव दिएको तीन दिन वित्दा पनि रिर्पोट नपाउँदा तनाव व्यहोर्नुपरेको छ ।’ कल्पना भन्छिन्, ‘कम्तिमा स्वाव लिइसकेपछि पोजेटिभ नेगेटिभ के भएको छ भन्ने जानकारी दिनुपर्नेमा जानकारी नै दिइएको छैन । मेरो भन्दा पछि स्वाव लिएकाहरुको रिर्पोट आइसकेपनि मेरो रिर्पोट आएको छैन । यसले कोभिड फैलिने खतरा बढेको छ ।’ समयमै कोभिडको जाँच नहँुदा नीजि अस्पतालमा जानुपर्ने र त्यहाँ औषधी सेवन गर्नपर्ने बाध्यता आइलागेको उनले गुनासो गरिन् ।

    ‘सरकार कोभिडको जाँच गरेर मात्रै अन्य औषधी सेवन गर्नु भनेर भन्छ तर यहाँ तीन दिनसम्म रिर्पोट पाइदैन । के औषधी नखाएर पीडा सहेर नै हामीले बस्नु ?’ उनी भन्छिन्, ‘राज्य नै यसरी लापरवाही रुपमा अघि बढेपछि कसको के लाग्छ र ? हामी नागरिक त राज्यका लागि केहि पनि होइनौं कि जस्तो लाग्न थालिसक्यो ।’

    यता, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काले सामान्यतया एक दिनमै रिर्पोट दिनुपर्ने व्यवस्था रहेको बताए । ‘एक दिनमा नै कोभिडको रिर्पोट दिनुपर्ने हो । हामीसँग पर्याप्त मेसिन नभएका कारण दिन सकिएको छैन ।’ उन भन्छन्, ‘एक दिनमा मुस्किलले साढे चार सयको रिर्पोट निकाल्न सकिन्छ, दैनिक एक हजार बढि स्वाव संकलन भइरहेका छन् । यसले समस्या आएको हो ।’ उनले अटोमेटिक किट नभएको र म्यानुअल स्वाव जाँच गर्नुपर्ने भएका कारण समस्या भएको बताए ।

  • बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न मानव अधिकार आयोगको सरकारसँग आग्रह

    बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न मानव अधिकार आयोगको सरकारसँग आग्रह

    काठमाडौं । कोभिड–१९ बाट उत्पन्न वर्तमान परिस्थितिमा आम नागरिकको स्वास्थ्योपचारको उपलब्धता तथा जीवनको अधिकारबाट वञ्चित हुनुपरेको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । आयोगले एक विज्ञप्ती जारी गर्दै पछिल्लो समय अस्पतालमा शैया र अक्सिजनको अभावमा सैयौँ व्यक्तिले मृत्युवरण गर्नुपरेको आयोगलाई विभिन्न माध्यमबाट जानकारी प्राप्त भएको जनाएको हो ।

    अक्सिजनको अभावमा गत बुधबार मात्रै रुपन्देहीमा ९ जना तथा नेपालगञ्जमा ६ जनाको र विहीबार काठमाडौँका वीर अस्पताल तथा ट्रमा सेन्टरमा १८ जनाको मृत्यु भएकोे सञ्चार अनुगमनबाट पाइएको आयोगका प्रवक्ता समेत रहेका सहसचिव डा. टिकाराम पोखरेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । उनका अनुसार उपत्यकाका मेडिकेयर, मेडिसिटी, ओम, हेल्पिङ ह्याण्डस, दिर्घायु, करुणा, बयोधा, मध्यपुर ठिमी, स्टारलगायतका अस्पताल तथा रुपन्देहीको युनिभर्सल अस्पतालले अक्सिजनको अभाव देखाउँदै नयाँ बिरामी भर्ना गर्न नसकिने बताएको बुझिएको छ ।

    महामारी शुरु भएको एक वर्ष बितिसक्दा समेत अक्सिजन आपूर्ति बढाउन नेपाल सरकारबाट सार्थक पहल नहुँदा आम नागरिकले अक्सिजनको अभावमा जीवन गुमाउन बाध्य भएको आयोगको ठहर छ । औषधि आपूर्तिको अभावमा कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा रोकिएको, भेन्टिलेटर, सघन उपचार कक्ष (आइसियु), संक्रमितलाई आवश्यक पर्ने औषधि रेम्डिसिभर लगायत मेडिकल सामग्रीको अभाव हुँदै गएको र उपलब्ध औषधि तथा मेडिकल सामग्रीको पनि बिरामीले महँगो मूल्य तिर्नु परेको आयोगले अनुगमनबाट पाएको जनाएको छ ।

    निषेधाज्ञाका कारण दैनिक ज्याला मजदुरी गरी खाने श्रमिक पनि भोकै बस्न बाध्य भएको समाचार सञ्चारमाध्यममा प्रकाशन भइरहेको प्रति पनि आयोगको ध्यानाकर्षण भएको जनाइउको छ । यस विषयमा आयोगका सदस्य लिली थापा नेतृत्वको टोलीले नेपाल सरकारका उपप्रधानमन्त्री एवम् कोभिड–१९ संकट व्यवस्थापन केन्द्र उच्चस्तरीय समिति (सिसिएमसी) संयोजक ईश्वर पोखरेललाई भेटी ध्यानाकर्षण गराइसकेको प्रवक्ता पोखरेलले बताए ।

    अहिलेको जटिल परिस्थितिमा कोभिड–१९ लगायत सबै गम्भीर प्रकारका बिरामीको स्वास्थ्योपचारको व्यवस्था मिलाउन, अस्पतालमा अक्सिजन सहितका थप शैयाको व्यवस्था मिलाउन आयोगले सरकारसँग आग्रह गरेको छ । यस्तै बिरामीलाई अत्यावश्यक पर्ने अक्सिजनको उत्पादन तथा आपूर्ति बढाउने सन्दर्भमा प्रभावकारी कदम चाल्न, कोभिड विरुद्धको दोस्रो चरणको खोपको तत्काल व्यवस्था गर्न, भेन्टिलेटर, सघन उपचार कक्ष (आइसियु) लगायत मेडिकल सामग्री, खाद्यान्न तथा अत्यावश्यक सेवा र वस्तुकोे सहज आपूर्तिको व्यवस्था मिलाउन पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

    साथै, अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको मनोवल उच्च राख्न, न्यून आर्जन भएका श्रमिक तथा ज्यालामजदुरी गरी जीवनयापन गर्ने वर्गको लागि जिविकोपार्जनका आवश्यक कार्यक्रमको व्यवस्थापन गर्न गराउन आयोगले विज्ञप्तीमार्फत नै सरकारसँग आग्रह समेत गरेको छ ।

  • भारतमा स्पुतनिक-५ खोप बजारमा बिक्री शुरु, मूल्य प्रति डोज भारु १,०००

    भारतमा स्पुतनिक-५ खोप बजारमा बिक्री शुरु, मूल्य प्रति डोज भारु १,०००

    दिल्ली । भारतको औषधि नियामक निकायले कोभिड-१९ विरुद्धको रुसी स्पुतनिक-५ खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै भारतीय बजारमा बिक्री हुन थालेको छ ।

    डा. रेड्डीज ल्याबोरेटिजको कस्टम फर्मा सर्भिसेजका प्रमुख दीपक साप्राले भारतीय शहर हैदराबादस्थित रेड्डीजको एक औषधि पसलमा पहिलो खोप लगाएर कार्यक्रमको शुभारम्भ गरिएको छ ।

    भारतमा डा. रेड्डीज ल्याबोरेटिजले रुसी स्पुतनिक-५ खोप आयात गरिरहेको छ । स्पुतनिक-५ खोपलाई भारतीय औषधि नियामक निकायले गत मे १ तारिखमा स्वीकृति प्रदान गरेको थियो । डा. रेड्डीजले भारतीय बजारमा उक्त खोपको मूल्य प्रति डोज भारु ९४८ तोकेको छ ।

    कम्पनीले आगामी दिनमा खोपको संख्या अझ बढाउने जनाएको छ । स्पुतनिक-५ खोप भारतमै उत्पादन हुन थालेपछि आपूर्ति पनि बढ्ने कम्पनीको भनाई छ । स्पुतनिक भी खोप भारतमा उत्पादन गर्न छ वटा विभिन्न कम्पनीसँग छलफल चलिरहेको बताइएको छ ।

    डा. रेड्डीज कम्पनीका सहअध्यक्ष एवं प्रवन्ध निर्देशक जी भी प्रसादले भारतमा कोभिड-१९ बाट संक्रमितको संख्या तिब्र रुपमा वृद्धि भइरहेकाले जतिसक्दो चाँडो खोप व्यवस्था गर्न आफूहरुले पनि प्रयास गर्न लागेको बताए ।

  • कोभिड बिरामी उद्धार गर्न हेलिकोप्टरको उद्धार उडान

    कोभिड बिरामी उद्धार गर्न हेलिकोप्टरको उद्धार उडान

  • लुम्बिनी प्रदेशमा १४ संक्रमितको मृत्यु

    लुम्बिनी प्रदेशमा १४ संक्रमितको मृत्यु

    लुम्बिनी । दाङ र बाँकेमा गरी १४ जनाको कोभिड संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये दाङका ६ र बाँकेका ८ छन् ।

    कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा ५, शिक्षण अस्पताल कोहलपुरमा२ र १ जनाको होम आइसोलेशनमा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज ओलीले जानकारी दिए ।

    उनका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत सल्यान कुमाख गाउँपालिका-१ निवासी ६७ वर्षीया महिला, बर्दिया मधुवन नगरपालिका-६ निवासी ५९ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका-६ बाँके निवासी ३५ वर्षीया महिला, खजुरा गाउँपालिका-३ बाँके निवासी ७५ वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका-५ निवासी ६१ वर्षीया महिलाको मृत्यु भएको हो ।

    यसैगरी शिक्षण अस्पताल कोहलपुरमा कोहलपुर नगरपालिका-२ निवासी २८ वर्षीय पुरुष र कैलाली लम्कीचुहा नगरपालिका निवासी ४० वर्षीय पुरुषको मृत्यु भएको छ भने खजुरा गाउँपालिका-१ बाँके निवासी ६४ वर्षीया महिलाको होम आइसोलेशनमा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति ओलीले बताए । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२२ पुगेको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा १६७ को मृत्यु भएको छ ।

     

  • उपत्यकाभित्रका अस्पताललाई अक्सिजन आपूर्तिको व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्ने

    उपत्यकाभित्रका अस्पताललाई अक्सिजन आपूर्तिको व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्ने

    काठमाडौ । काठमाडौं उपत्याकाभित्रका सबै सरकारी अस्पताल तथा स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरेर कोभिड–१९ उपचार गरिरहेका निजी अस्पतालको लागि आवश्यक अक्सिजन सिलिण्डर आपूर्तिको व्यवस्था गर्ने जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिइएको छ । यस्तै काठमाडौं उपत्यका बाहिरका सबै अस्पतालमा आवश्यक अक्सिजन सिलिण्डरको आपूर्तिका व्यवस्था भने अस्पतालको समन्वयमा जिल्ला कोभिड संकट व्यवस्था केन्द्र (डीसीएमसी) ले गर्ने व्यवस्था मिलाइएको छ ।

    बिहिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मुख्यसचिवको कार्यकक्षमा कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका सम्बन्धमा भएको छलफलले यस्तो निर्णय गरेको हो । बैठकले उपत्यकामा मन्त्रालय र उपत्यका बाहिर डीसीसीएमसीलाई ‘मेडिकल अक्सिजनको प्रयोग र आवश्यकता सम्बन्धी मापदण्ड, २०७८’ बमोजिम अक्सिजन सिलिण्डर मिलाउने जिम्मेवारी दिएको हो ।

    बैठकले चिकित्सकको सिफारिस बाहेक कसैले पनि घरमा वा संस्थामा अक्सिजन सिलिण्डर नराख्न, भएका सिलिण्डर नजिकको अस्पताल र स्थानीय प्रशासनमा उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक सूचना आव्हान गर्न पनि निर्देशन दिएको छ ।

    अक्सिजन सिलिण्डर सम्बन्धी सूचनामूलक सन्देश सरकारी सञ्चार माध्यमम र टेलिफोन सेवा प्रदायकले रिंग ब्याक टोनको रुपमा प्रसारण गर्ने गराउने व्यवस्था गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पनि निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता समेत रहेका सहसचिव किरणराज शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।
    उनका अनुसार घरमा अक्सिजन सिलिण्डर राखे नराखेको, सम्बन्धित उद्योगले अस्पताल बाहेक अन्यत्र निजी प्रयोगमा दिए नदिएको अनुगमन स्थानीय प्रशासनमार्फत गर्ने गराउने व्यवस्था गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

    यसका लागि प्रत्येक अक्सिजन ग्यास उद्योगमा प्राप्त सिलिण्डर र वितरण भएका सिलिण्डरको अभिलेख राख्नका लागि सशस्त्र प्रहरी खटाउने र त्यसको नियमित विवरण प्राप्त हुने व्यवस्था मिलाउने व्यवस्था गर्ने पनि बैठकले निर्णय गरेको छ ।

    मापदण्ड विपरित अक्सिजन सिलिण्डर प्रयोग वा वितरण गर्न कसैलाई दवाव नदिने, उद्योग र अस्पतालले पनि कुनै किसिमले मापदण्ड विपरित प्रयोग नगर्ने नगराउने निर्णय बैठकले गरेको छ ।

    नेपालले भन्सरा बिन्दुबाट आफै ढुवानी गर्न सक्ने भए चीनबाट स्थलमार्गबाट अक्सिजन सिलिण्डर ल्याउन सकिने देखिएकोले त्यस बमोजिम ढुवानी गर्न सक्ने कुराको जानकारी परराष्ट्र मन्त्रालयले चिनिया पक्षलाई गराउने र ढुवानी गर्दा सुरक्षाको व्यवस्था गृह मन्त्रालयले मिलाउने तथा ढुवानी खर्च स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भूक्तानी दिने पनि निर्णय भएको छ ।

    सबै अक्सिजन पलान्ट २४ सै घण्टा सञ्चालन हुने व्यवस्था मिलाउने, खाली अक्सिजन सिलिण्डर तत्काल प्लान्टमा पठाउने र प्लान्टले पनि तत्काल भरी फिर्ता पठाउने व्यवस्था गर्ने, यसको समन्वय र अनुगमन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा उद्योग मन्त्रालयले गर्ने र यस कार्यमा आवश्यक सहयोग गृह मन्त्रालय र स्थानीय प्रशासनले गर्ने निर्णय बैठकले गरेको प्रवक्ता शर्माले बताए ।

    बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव, गृह मन्त्रालयका सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र परराष्ट्र मन्त्रालयका सचिव लगायतको सहभागितामा रहेको जनाएको छ ।

  • भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

    भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

    नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा पछिल्ला केही दिनदेखि कमी आएको छैन ।

    भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार १२० जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५८ हजार ३१७ जनाको ज्यान गइसकेको छ ।

    मन्त्रालयका अनुसार दैनिक कोभिड-१९ का संक्रमितको संख्यामा भने केही कमी आएको छ । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ६२ हजार ७२७ जना नयाँ संक्रमित थपिएका छन् भने तीन लाख ५२ हजार संक्रमणमुक्त भएका छन् ।

    भारतमा हालसम्म दुई करोड ३७ हजार व्यक्ति कोभिड-१९ बाट संक्रमित भएका छन् जसमध्ये एक करोड ९७ लाख ३४ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । हाल भारतमा ३७ लाख १० हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् ।

    भारतको राजधानी नयाँ दिल्ली, मुम्बई समेतका ठूला शहरमा कोरोनाभाइरसबाट पीडित बिरामीको उपचारमा ठूलो संकट उत्पन्न भएको छ । विभिन्न प्रमुख शहर एवं राज्यमा स्थानीय तहमा सरकारले पूर्ण लकडाउन, आंशिक लकडाउन, प्रतिबन्ध, कर्फु समेतका उपायहरु घोषणा गरे पनि केन्द्र सरकारले देशव्यापी लकडाउन गर्न अस्वीकार गरेको छ ।

    सरकारले कोभिड-१९ विरुद्धको खोपलाई पनि तिब्र गतिमा अगाडि बढाएको छ । देशव्यापी रुपमा पर्याप्त खोप नभए पनि सरकारले १८ वर्षदेखि माथिका सबै नागरिकलाई खोप उपलब्ध गराउन शुरु गरेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हालसम्म १७ करोड ७२ लाख व्यक्तिले खोप लगाएका छन् ।

  • कोभिड-१९ का कारण बैंकर नीरज श्रेष्ठको निधन

    कोभिड-१९ का कारण बैंकर नीरज श्रेष्ठको निधन

    काठमाडौं । कोभिड-१९ को संक्रमणका कारण बैंकर नीरज श्रेष्ठको निधन भएको छ । प्रहरी अस्पतालमा केही दिन देखी उपचार गराइरहेका श्रेष्ठको बुधबार निधन भएको हो ।

    कोभिडका कारण स्वास्थ्यस्थिति जटिल बन्दै गएपछी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । श्रेष्ठका श्रीमती र एक छोरी रहेका छन् ।

    स्टाडर्ड चार्टड बैंकबाट सन १९८९ बाट आफ्नो बैकिङ करिअर सुरु गरेका श्रेष्ठ माछापुच्छ्रे बैंकका प्रमूख कार्यकारी अधिकृत भएर काम गरेका थिए । उनी सनराइज बैंकको सिइओ समेत नियुक्ती भएपनि बैंकको सञ्चालक समितिभित्रको बिबादका कारण उनले नियुक्ती लिएनन् ।

    नेपालको बैंकिङ क्षेत्रमा राम्रो र स्वच्छ छवी भएका श्रेष्ठको निधनले यस क्षेत्रलाई अपुरणिय क्षति पुगेको बैंकर्सहरुले बताएका छन् ।

  • वैशाखमा निक्षेप संकलन ११ अर्बले ऋणात्मक कर्जा प्रवाह ४२ अर्बले बढ्यो

    वैशाखमा निक्षेप संकलन ११ अर्बले ऋणात्मक कर्जा प्रवाह ४२ अर्बले बढ्यो

    काठमाडौं । कोभिड-१९ को नयाँ भेरियन्टको असर बैंकिङ क्षेत्रमा देखिन सुरु गरेको छ । कोभिडको असरका कारण बाणिज्य बैंकमा निक्षेप संकलन र कर्जा बिस्तार अघिल्लो महिनाहरुको तुलनामा घटेको छ ।

    वैशाख महिनामा बाणिज्य बैंकको निक्षेप संकलन कुल ११ अर्बले ऋणात्मक देखिएको भने कर्जा प्रवाह ४२ अर्ब भएको नेपाल बैंकर्स संघले जनाएको छ ।

    वैशाख महिनाको पहिलो साता १७ अर्ब रुपैयाँले निक्षेप संकलन घटेको थियो भने दोस्रो सातामा ५ अर्बले घटेको थियो । दोस्रो सातामा आएर निक्षेप संकलनमा सुधार हुँदै १ अर्बले बढ्यो भने वैशाख अन्तिम सातामा १० अर्बले निक्षेप संकलन बढेको थियो । कर्जा प्रवाह तर्फ पहिलो साता ८ अर्बले घटेपनि दोस्रोमा १७ अर्ब, तेस्रो सातामा ११ अर्ब र अन्तिम सातामा १६ अर्ब गरी कुल ४४ अर्बले बढेको देखिन्छ ।

    नेपालको बाणिज्य बैंकमा कुल ३९ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन भएको छ भने ३६ खर्ब ९ अर्ब रुपैयाँ बराबरको कर्जा विस्तार भएको छ ।

  • शय्या चाहिएमा यी नम्बरमा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    शय्या चाहिएमा यी नम्बरमा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ संक्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती टोलफ्रि र मोबाइल नम्बरमा सम्र्पक गर्न आग्रह गरेको हो ।

    संक्रमणको दोस्रो भेरियन्ट फैलिएर बिरामी बढ्न थालेपछि अहिले देशभरि शय्याको अभाव रहेको छ । बुधबार मात्र ८ हजार ६५९ जना संक्रमित भएका थिए भने ५८ को निधन भएको थियो । ती नम्बरमा फोन गरे शय्या उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । चौबिसै घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

  • कोरोनाबारे भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह : मन्त्री गुरुङ

    कोरोनाबारे भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह : मन्त्री गुरुङ

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड-१९ बारे अफवाह फैलाउने गरी भ्रामक समाचार प्रकाशन/प्रसारण नगर्न आमसञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।

    मन्त्रालयद्वारा  बिहीबार आयोजित छलफलमा सरकारका प्रवक्ता गुरुङले पछिल्ल्लो समयमा मिडियामा जनतालाई आतङ्कित गर्ने गरी समाचार आउने गरेको बताउँदै सत्यतथ्य मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गरे ।

    सरकारका प्रवक्ताले भने,‘यो बेला भनेको सकारात्मक सोचका साथ काम गर्ने बेला हो तर कोभिडबारे नकारात्मक सन्देश बढी आयो, मानवीय हिसाबले सकारात्मक सन्देश दिनुहोस्’, मन्त्री गुरुङले गोरखापत्र, राष्ट्रिय समाचार समिति, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई कोरोनाबारे सन्देशमूलक र सकारात्मक समाचार र कार्यक्रम सम्प्रेषण गर्नसमेत निर्देशन दिएका छन् ।

    उनका अनुसार मन्त्रालयले कोरोनाबारे जनचेतनामूलक समाचार र कार्यक्रमबारे योजना बनाउन सम्बन्धित संघसंस्थाको सहभागितामा सचिवालय गठन गर्ने भएको छ । मन्त्री गुरुङले कोभिडबारे सकारात्मक भूमिका निर्वाह गर्न प्रेस काउन्सिल नेपाल र सूचना तथा प्रसारण विभागलाई निर्देशन पनि दिएका छन् ।

    कोभिड-१९ न्यूनीकरणबारे नीति बनाउन सञ्चारमाध्यमसँग पनि छलफल गरिने उनको भनाइ थियो । मन्त्री गुरुङले वर्तमान समयमा आमसञ्चारमाध्यमलाई बढीभन्दा बढी कोभिड केन्द्रित हुन अनुरोध पनि गरे ।

    सो अवसरमा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले आमसञ्चारमाध्यमले सरकारले गरेका सकारात्मक कार्यभन्दा पनि हुँदै नभएका भ्रामक र असत्य समाचार सम्प्रेषण गरिरहेको जनाउँदै त्यसो नगर्न सम्बन्धित सबैमा आग्रह गरे ।

  • नेपालमा भाइरस संक्रमण भारतकै जस्तो भयावह बाटोमा  : अन्तर्राष्ट्रिय रेडक्रस

    नेपालमा भाइरस संक्रमण भारतकै जस्तो भयावह बाटोमा : अन्तर्राष्ट्रिय रेडक्रस

    काठमाडौं । रेडक्रसको अन्तर्राष्ट्रिय समितिले नेपालमा कोभिड-१९ संक्रमणको परिस्थिती भयावह भएको उल्लेख गर्दै चाँडै भारतको जस्ता अवस्था आउन सक्ने चेतावनी दिएको छ ।

    रोयटर्सलाई उध्दृत गर्दै जेनेभा मुख्यालय रहेको रेडक्रसका एसिया प्रशान्त निर्देशक अलेक्जेन्डर म्याथ्युले भने- ‘मानवीय क्षति हुने भयावह परिस्थिती आउनुपूर्व नै हामीले तत्काल र चाँडो भाइरसलाई रोक्न काम गर्नुपर्छ ।’

    भारत हुँदै दक्षिण एसियाभर फैलिएको कोभिडको नयाँ भेरिएन्टले नेपाल सबैभन्दा बढी प्रभावित बनेको समेत रेडक्रसले जनाएको छ । रोयटर्सका अनुसार नेपालमा एकमहिना पहिलेभन्दा ५७ प्रतिशतले संक्रमण दर बढिरहेको छ ।

    परीक्षणमध्ये ४४ प्रतिशत नमुना परीक्षण आएको समेत जनाइएको छ । भारतीय सीमा नजिकका नेपाली सहरमा सर्वसाधारणले आवश्यक उपचार पाउन नसकेको र नेपालको १ प्रतिशत जनसंख्याले मात्र खोप लगाएको समेत उल्लेख छ ।

    ‘यदि भाइरसलाई हामीले नियन्त्रण गर्न सकेनौं भने भारतमा अहिले देखिएको भयावह परिस्थिती भोलिको नेपालको भविष्य हुनसक्छ’ नेपाल रेडक्रसका अध्यक्ष नेत्रप्रसाद तिम्सिनाले भने ।

    ‘आफ्ना आफन्त र घरवरिवारलाई अन्तिम बिदाइ भन्नै नपाइकन कोभिडले मृत्यु भएका नागरिकको परिस्थिती दुःखद छ’ तिम्सिनाले भने । रेडक्रसको विज्ञप्तीमा नेपालसहित पाकिस्तान र बंगलादेशमा समेत भाइरस व्यापकरुपमा फैलिएको उल्लेख छ ।

  • खोप आपूर्तिका लागि सरकारले बढायो कूटनीतिक सक्रियता, कुन-कुन देशबाट ल्याइँदैछ ?

    खोप आपूर्तिका लागि सरकारले बढायो कूटनीतिक सक्रियता, कुन-कुन देशबाट ल्याइँदैछ ?

    काठमाडौं । मंगलबार कोभिड-१९ महामारीको परिस्थितीबारे देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले खोप आपूर्तिको जिम्मा परराष्ट्र मन्त्रालयलाई सुम्पिएको बताए ।

    प्रधानमन्त्रीको सम्बोधन लगत्तै बसेको परराष्ट्र मन्त्रालयको आन्तरिक बैठकले खोप आपूर्ति गर्न सबै कूटनीतिक नियोगलाई परिचालन गर्ने निर्णय गर्‍यो । प्रधानमन्त्रीको निर्देशन लगत्तै परराष्ट्रले विदेशबाट खोप आपूर्ति गर्न केही मुलुकसँग ‘एप्रोच’ र ‘प्रोसेस’ सुरु गरेको छ ।

    भारतबाट तत्काल खोप नआउने र विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाबाट पनि आउन ढिलाइ हुने देखेपछि सरकारले रुस, चीन, अमेरिका, दक्षिण कोरिया लगायतका मुलुकबाट खोप ल्याउन सक्रियता बढाएको हो । भारतबाट तत्काल खोप नआउने सम्भावना देखेपछि सरकारले अन्य मुलुकबाट स्वास्थ्य सामाग्री र खोप आपूर्ति गर्ने निर्णय गरेको हो ।

    प्रधानमन्त्रीले सम्बोधनमा चीन र रुसबाट खोप खरिद प्रक्रिया सुरु भएको उल्लेख गरेका थिए । रुसले डिसेम्बरसम्म ८० लाख डोज स्पुतनिक-५ खोप दिने प्रतिबद्धता जनाएको छ । तर, सरकारले चाहिँ तत्काल ४० लाख डोज उपलब्ध गराउन भनेको छ । यद्यपी, मूल्यमा कुरा नमिल्दा अहिले दुईपक्षबीच खरिदको विषयमा सम्झौता हुन सकेको छैन ।

    मंगलबार नेपालमा खोप निर्यातका लागि रुसको एक कम्पनीले परराष्ट्र मन्त्रालयमा प्रस्ताव पेश गरेको छ । गतसाता प्रधानमन्त्री ओलीले रुसी राजदूतसहितको टोलीलाई बालुवाटारमा भेट गर्दै तत्काल खोप आपूर्ति गर्न आग्रह गरे । त्यसको दुई दिनअघि रुसी दूतावासमा टोलीलाई भेट गर्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले खोप खरिद गर्नेबारेमा टुंगो लगाएका थिए ।

    प्रधानमन्त्रीले मंगलबार देशबासीलाई गरेको सम्बोधनमा पनि खोप, अक्सिजन लगायतका स्वास्थ्य सामाग्री सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका थिए । प्रधानमन्त्रीको आग्रह लगत्तै परराष्ट्रले अमेरिका, चीन, रुससँग यसबारे कूटनीतिक सक्रियता पुनः बढाएको छ ।

    ‘हामीले राजनीतिक आग्रहमा खोप बाँड्दैनौं । जीवन जोगाउने सवाल मुख्य कुरा हो । सम्मानका साथ हाम्रा साझेदार मुलुकसँग व्यवहार गर्छौ । हामीले अनावश्यक प्रतिबद्धता गर्दैनौं । सुरक्षित र प्रभावकारी भएको पुष्टि गरेर मात्रै हामीले खोप सहयोगका लागि मद्दत गर्छौ’ अमेरिकी दूतावासद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

    ‘अहिले हाम्रो प्राथमिकता र ध्यान खोप आपूर्तिका लागि कूटनीतिक नियोगहरुलाई सक्रिय तुल्याउनु हो’ परराष्ट्र प्रवक्ता सेवा लम्सालले नेपाल प्रेससँग भनिन्, ‘खोप आपूर्ति गर्ने जिम्मा आइसकेपछि हामीले आन्तरिक बैठक बसेरै नियोगहरुलाई अधिकतम परिचालन गर्ने निधो गरेका छौं ।’ उनले सम्बन्धित मुलुकहरुसँग खरिद प्रक्रिया र आपूर्तिका लागि निरन्तर पहल गरिरहेको बताइन् ।

    उनका अनुसार अमेरिकी राजदूत र्‍यान्डी जे बेरीले आफ्नो देशले वितरण गर्ने भनेको अस्ट्राजेनेका खोप वितरणमा नेपाललाई उच्च प्राथमिकतामा राखेको र आफूले वातावरण बनाइरहेको बताएका छन् ।

    अमेरिकी राजदूत बेरीले गतसाता स्वास्थ्यमन्त्री त्रिपाठीलाई पनि खोप आपूर्ति गर्नेबारे वातावरण बनाएको बताएका थिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि अमेरिकाबाट खोप खरिदका लागि प्रक्रियाको थालनी गरिएको जनाएका छन् ।

    अमेरिकी दूतावासले मंगलबार विज्ञप्ती जारी गर्दै उसले महामारीविरुद्ध लड्न नेपाललाई थप ८५ लाख डलर अमेरिकी नियोगमार्फत प्रदान गर्ने जनाएको छ । विज्ञप्तीमा उसले वितरण गर्ने भनेको अस्ट्राजेनेको खोप वितरणमा नेपाललाई प्राथमिकतामा राखेको र यो कठिन परिस्थितीमा अमेरिका नेपालसँगै उभिएको उल्लेख छ ।

    राष्ट्रसंघीय खोप कार्यक्रम कोभ्याक्समा अमेरिकाले यसअघि २ बिलियन डलर उपलब्ध गराएको र थप २ बिलियन डलर सहयोग गर्ने समेत जनाइएको छ ।

    आगामी दुई महिनाभित्र ६० मिलियन डोज अस्ट्राजेनेका खोप वितरण गर्ने तयारी अमेरिकाको छ । ‘कुन देशलाई खोप दिने भन्ने मापदण्ड हामीले तयार गरिसकेका छैनौं र जसलाई तत्काल आवश्यक छ, सोही देशलाई दिने हाम्रो योजना छ’ दूतावासद्वारा जारी वक्तव्यमा उल्लेख छ । राजनीतिक आग्रहमा नभएर प्रभावकारिता र आवश्यकताको आधारमा अमेरिकाले खोप आपूर्ति गर्ने समेत जनाइएको छ ।

    ‘हामीले राजनीतिक आग्रहमा खोप बाँड्दैनौं । जीवन जोगाउने सवाल मुख्य कुरा हो । सम्मानका साथ हाम्रा साझेदार मुलुकसँग व्यवहार गर्छौ । हामीले अनावश्यक प्रतिबद्धता गर्दैनौं । सुरक्षित र प्रभावकारी भएको पुष्टि गरेर मात्रै हामीले खोप सहयोगका लागि मद्दत गर्छौ’ अमेरिकी दूतावासद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

    धेरै मुलुकहरुले अमेरिकासँग खोप मागिरहेको जनाउँदै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले कोभिड आपतकालले ती मुलुकमा खोपको व्यग्रता बढाएको समेत उल्लेख गरको दूतावासले जनाएको छ ।

    ‘हामीले तिमीलाई सुनेका छौं । म प्रतिबद्धता गर्छुु कि चाँडोभन्दा चाँडो खोप आपूर्ति गर्न हामी तयार छौं’ ब्लिंकेनको भनाई उध्दृत गर्दै दूतावासले विज्ञप्तीमा उल्लेख गरेको छ ।

    भारतको खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले भुक्तानी लिइसकेर पनि थप १० लाख डोज निर्यात गर्न बाँकी छ । घरभित्रै खोप आपूर्तिको अत्याधिक दबाब परेपछि भारतीय विदेश मन्त्रालयले विदेश निर्यात गर्न अस्थायी रोक लगाइरहेको छ ।

    केही अन्तर्राष्ट्रिय संचारमाध्यमले अमेरिकाले खोप स्टकमा राखेको र आपूर्तिको माध्यमबाट उसले खोप कूटनीति संचालनमा मद्दत पुग्ने विश्वास लिएको जनाएका छन् ।

    औषधी व्यवस्था विभागका अनुसार अमेरिकी खोपहरु फाइजर, मोर्डना र जोन्सन एन्ड जोन्सनले आपतिकालीन प्रयोगका लागि नेपालसँग अनुमति मागेका छन् तर, विभागले अहिलेसम्म अनुमति दिएको छैन । प्रवक्ता सन्तोष केसीले ती खोप उत्पादक कम्पनीसँग आवश्यक कागजपत्र मागिएको र अध्ययन भैरहेको जानकारी दिए । विभागले अहिलेसम्म चिनियाँ खोप भेरोसेल, भारतीय खोपहरु कोभिसिल्ड र कोभ्याक्सिन तथा रुसी खोप स्पुतनिक-५ लाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ ।

    बेलायतले पनि विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गत ५५० मिलियन पाउन्ड राशीको अस्ट्राजेनेका खोप प्रदान गर्दैैछ । बेलायतले प्रदान गर्ने उक्त मूल्यको खोपको केही हिस्सा समेत नेपालले प्राप्त गर्दैछ । राजदूत निकोला पोलिटले स्वास्थ्य मन्त्री त्रिपाठीलाई गतसाता भेट गर्दै यसबारे जानकारी दिएकी छिन् । तर, कोभ्याक्समार्फत आउनु पर्ने खोप कहिले आउँछ भन्नेबारेमा केही टुंगो लागेको छैन । उत्पादक कम्पनी र मुलुकले प्रतिबद्धताअनुसारको खोप उपलब्ध नगराउँदा कोभ्याक्स अहिले आफै समस्यामा छ ।

    गत फागुन २३ गते कोभ्याक्समार्फत आएको ३ लाख ४८ हजार डोज अस्ट्राजेनेका खोप नेपालले प्राप्त गरेको छ । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप प्राप्त गर्ने स्वास्थ्य मन्त्रालयले आंकलन गरेको छ । कोभ्याक्समार्फत आउने खोप सुरुमा ३० प्रतिशत जनसंख्यालाई दिने र बाँकी ३० प्रतिशत खरिद प्रक्रियामार्फत ल्याइने जानकारी स्वास्थ्य मन्त्री त्रिपाठीले दिए । मन्त्री त्रिपाठीले संयुक्त अरब इमिरेट्सका राजदूतसँग पनि खोप आपूर्तिबारे कुरा गरेका थिए । युएईले पनि अस्ट्राजेनेका खोप उत्पादन गरिरहेको छ ।

    परराष्ट्रको सक्रियताबीच, खाडीसहित करिब एक दर्जन मुलुकमा रहेका राजदूतले नेपाली कामदारको सुरक्षा र हेरचाहमा सहकार्य गर्ने प्रतिबद्धता गरेका छन् । ओमानकी राजदूत शर्मिला पराजुलीले  गरेको वेविनारमा राजदूतले कोरोनाले पार्ने समस्या र त्यसको रोकथाममा दूतावासको भूमिका र सहकार्यबारे छलफल भएको थियो ।

    गतसाता नेपालले दक्षिण कोरियासँग अस्ट्राजेनेका खोप र केही स्वास्थ्य सामाग्री उपलब्ध गराउन माग गर्दैै कूटनीतिक नोट लेखिसकेको छ । अस्ट्राजेनेकाबाट लाइसेन्स लिएर दक्षिण कोरियाको बायोसाइन्स कम्पनीले खोप उत्पादन गरिरहेको छ । सरकारले ती मुलुकसँग खोप आपूर्तिका लागि पहल गरेपनि कुनैपनि मुलुकले अहिलेसम्म खोप निर्यातका लागि ठोस निधो दिइसकेका छैनन् । यस्तो अवस्थामा सरकारले कूटनीतिक सक्रियता बढाएको हो ।

    भारतको खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले भुक्तानी लिइसकेर पनि थप १० लाख डोज निर्यात गर्न बाँकी छ । घरभित्रै खोप आपूर्तिको अत्याधिक दबाब परेपछि भारतीय विदेश मन्त्रालयले विदेश निर्यात गर्न अस्थायी रोक लगाइरहेको छ । यतिसम्मकी भारतबाट अहिले अक्सिजन लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री आपूर्तिमा रोक छ । यसबारे परराष्ट्रमन्त्री ज्ञवाली र स्वास्थ्य मन्त्री त्रिपाठीले भारतीय समकक्षीसँग पटक–पटक कुरा गरिसकेका छन् । तर, भारत ‘सकारात्मक रहेको’ आशयको जवाफसहित पन्छिएको छ ।

    दिल्लीस्थित नेपाली दूतावासले पनि पटक-पटक कूटनीतिक नोट त पठाएको छ तर, त्यसबारे ठोस जवाफ आएको छैन । पटक-पटक ताकेता गर्दा पनि खोप आपूर्ति नहुने नदेखेपछि नेपालले अन्य मुलुकसँग कूटनीतिक सक्रियता बढाएको हो ।

    परराष्ट्रको सक्रियताबीच, खाडीसहित करिब एक दर्जन मुलुकमा रहेका राजदूतले नेपाली कामदारको सुरक्षा र हेरचाहमा सहकार्य गर्ने प्रतिबद्धता गरेका छन् । ओमानकी राजदूत शर्मिला पराजुलीले मंगलबार दिउँसो गरेको वेविनारमा राजदूतले अन्तर्राष्ट्रिय उडान बन्द भएकाले नेपाली कामदारलाई पर्ने समस्या, कोरोनाले पार्ने समस्या र त्यसको रोकथाममा दूतावासको भूमिका र सहकार्यबारे छलफल भएको थियो ।

    उक्त छलफलमा राजदूतहरु बहराइनका पदम सुन्दास, साउदीका महेन्द्रप्रसाद सिंह, कतारका नारदनाथ भारद्धाज, कुवेतका दुर्गाप्रसाद भण्डारी, यूएईका कृष्णप्रसाद ढकाल, इजरायलका अञ्जान शाक्य, मलेसियाका उदयराज पाण्डे, दक्षिण अफ्रिकाका निर्मलकुमार विश्वकर्मा र पाकिस्तानका तापस अधिकारी सम्मिलित थियो ।

    महामारीको दोस्रो लहर सुरु भएपछि विज्ञहरुले सरकारमाथि खोप अभियानलाई निरन्तरता दिन दबाब बढाएका थिए । लकडाउन सुरु भएपछि सरकारले चिनियाँ खोप लगाउने अभियान अहिले स्थगित गरेको अवस्था छ भने जेष्ठ नागरिकका लागि कोभिसिल्डको दोस्रो डोज लगाउने कार्य पनि रोकिएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म २० लाख ९१ हजार ५११ जनाले पहिलो डोज र ३ लाख ६२ हजार १ जनाले दोस्रो डोज खोप लगाएका छन् ।

  • कोभिड-१९ खोप उत्पादनका अवरोध हटाउन विश्व स्वास्थ्य संगठनको आग्रह

    कोभिड-१९ खोप उत्पादनका अवरोध हटाउन विश्व स्वास्थ्य संगठनको आग्रह

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख एवं महानिर्देशक टेड्रस अधानोम गेब्रेयससले कोभिड-१९ संक्रमणको दर बढ्दै जाँदा र धेरै देशहरूमा खोप अभावको ‘गम्भीर समस्या सामना गर्नुपर्ने भन्दै खोप निर्माताले तत्कालका लागि बढी खोप उत्पादनका लागि बौद्धिक सम्पत्ती अधिकारलाई हटाउन सम्बन्धित कम्पनी र देशहरूलाई आग्रह गरेका छन् ।

    डब्लुएचओका प्रमुख गेब्रेयससले सोमबार पत्रकार सम्मेलनमा भने, ‘यदि धेरै व्यक्तिलाई खोप लगाई सामूहिक प्रतिरोधात्मक क्षमता विकास गर्ने हो भने हामीसँग अहिले उपलब्ध खोप भन्दा धेरै बढी खोप चाहिन्छ ।’

    ‘खोपको उत्पादन क्षमता बृद्धि हुनु पर्दछ र यसका निम्ति बौद्धिक सम्पत्ति (आइपी) अधिकारको माफी अति आवश्यक छ,’ उनले के यो परोपकारी मुद्दा होइन भन्दै खोप निर्माणलाई व्यापकता दिनुपर्नेमा जोड दिए ।

    त्यसैगरी बेलायतका पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनले भने, ‘अफ्रिका र विश्वका अन्य भागहरूमा खोप उत्पादनको लागि खोपको आइपी अधिकारको अस्थायी रूपमा निलम्बन अत्यावश्यक भइसकेको छ ।’

    दक्षिण अफ्रिका र भारतलगायत धेरै देशहरूले विश्वव्यापी रूपमा उत्पादनका लागि कोभिड-१९ खोपहरूको आइपी अधिकार अस्थायी रूपमा निलम्बन गर्न आग्रह गरेका छन् ।

    गत हप्ता विश्व व्यापार संगठनले आइपी अधिकार माफीको बारेमा छलफल चलाएको थियो तर जेनेभामा यस सम्बन्धी अहिलेसम्म कुनै समाचार प्राप्त भइसकेको छैन ।

    बेलायतले सन् २०२१ मा जी-७ राष्ट्रहरुको समूहको अध्यक्षता गरेको छ । आगामी जुन महिनामा बेलायतले जी-७ राष्ट्रको शिखर सम्मेलनको आयोजना गर्नेछ । टेड्रोस र ब्राउन दुबैले जी-७ सम्मेलनले आइपी अधिकारको अस्थायी माफीलाई कार्यान्वयनमा ल्याउने विश्वास व्यक्त गरे ।

    ‘अर्को महिना जी-७ देशका नेताहरूको बैठक इतिहासको सबैभन्दा महत्वपूर्ण बैठक हुन सक्नेछ,’ टेड्रोसले भने । जी-७ देशहरू विश्वका आर्थिक र राजनीतिकरूपमा शक्तिशाली मानिन्छन् । उनीहरू विश्वका धेरै खोप उत्पादन गर्ने मुलुकहरू पनि हुन् ।

    ‘यदि हामी अहिले यसलाई प्रयोग गर्न सक्दैनौं भने कहिले सक्छौं र ?’ भन्ने प्रश्न गर्दै डब्ल्यूएचओ प्रमुखले कोभिड-१९ को खोप उत्पादन जतिसक्दो चाँडो बढाउने सबै विकल्प प्रयोग गर्नु पर्नेमा जोड दिए ।

    ‘आइपी अधिकार माफीको प्रावधान यस्तै आपतकालीन अवस्थाका लागि हो र यो अभूतपूर्व उपाय हो,’ उनले भने ।

    बेलायती पूर्व प्रधानमन्त्री ब्राउनले भने, ‘उनीहरूले सामूहिक रूपमा अस्थायी माफीलाई समर्थन गर्ने निर्णय लिन सकेमा कोभिड-१९ महामारी नियन्त्रणमा यो ठूलो उपलब्धि हुनेछ ।

  • मुलुकभरका दुई तिहाई जिल्लामा निषेधाज्ञा जारी (सूचीसहित)

    मुलुकभरका दुई तिहाई जिल्लामा निषेधाज्ञा जारी (सूचीसहित)

    काठमाडौं । मुलुकभरका ७७ जिल्लामध्ये दुइ तिहाई जिल्लामा निषेधाज्ञा जारी भएको छ । सोमबार साँझसम्म ४५ जिल्लामा निषेधाज्ञा जारी भएकोमा आज थप ६ जिल्लामा निषेधाज्ञा जारी भएसँगै निषेधाज्ञा जारी हुने जिल्लाको संख्या दुइ तिहाइ पुगेको हो ।

    गृह मन्त्रालयका अनुसार मंगलबारबाट रोल्पा, मुगु, बारा, र सिरहामा पुर्ण तथा तनहुँ र म्याग्दीमा आंशिक निषेधाज्ञा जारी भएसँगै निषेधाज्ञा जारी हुने जिल्लाको संख्या ५१ पुगेको हो । अहिलेसम्म ३९ जिल्लामा पुर्ण तथा १२ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव जनकराज दाहालले नेपाल प्रेसलाई जानकारी दिए ।

    गत १३ वैशाखको मन्त्रीपरिषद वैठकले काठमाडौं उपत्यका र तराईका जिल्लामा ५ सयभन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमितको संख्या भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद बैठकले १५ दिनसम्म निषेधाज्ञा जारी गर्न सक्ने अधिकार जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई दिएपछि यसैका आधारमा विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेका हुन् ।

  • भक्तपुरमा बजार अनुगमन

    भक्तपुरमा बजार अनुगमन

    भक्तपुर । नगरपालिकाले कोभिड-१९ को महामारी फैलिएको बेला स्वास्थ्य मापदण्ड अनुसार पसल सञ्चालन भए नभएको र खाद्यवस्तुको मूल्यका बारेमा बजार अनुगमन गरेको छ ।

    नगरपालिकाको अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा सम्पन्न अनुगमनका क्रममा विनायक फुड स्टोरमा मूल्य सूचिमा मूल्य व्यवस्थित गर्नुपर्ने, म्याद नाघेको सामानहरु भ्यासेलिन, चामल,खाने तेल, हल्दी साबुनलगायत जफत गरी नष्ट गरि नगरपालिकामा तीन दिन भित्र उपस्थित हुन निर्देशन दिइएको थियो ।

    बिनायक किराना कन्सर्नमा म्याद नाघेको सामान चिकेन मसला, चिल्ली पाउडर, सुजिपिठो, पेश्ता जफत नष्ट गरी तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिइएको समितिका निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।

    त्यस्तै जमुना किराना पसल, लक्ष्मी किराना पसल, सुन्दर भेज स्टोर, निरजको किराना पसल लगायतमा गरिएको अनुगमनमा मादकपदार्थ पसल नविकरण गर्नुपर्ने लगायत मिति नाघेका विभिन्न खाद्य एवं पेय पदार्थ जफत गरी नष्ट गरिएको छ ।

  • पछिल्लाे २४ घण्टामा प्रहरीले गर्याे २३ हजार भन्दा बढीलाई निःशुल्क मास्क वितरण

    पछिल्लाे २४ घण्टामा प्रहरीले गर्याे २३ हजार भन्दा बढीलाई निःशुल्क मास्क वितरण

    काठमाडौं । कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीले सञ्चालन गरेको तपाईंको मास्क खोई ? कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २३ हजार ४ सय ३७ जनालाई निःशुल्क मास्क वितरण गरेको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण बढ्दै गएक बेला यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई ध्यान दिदैँ प्रहरीले यो अभियान सञ्चालन गरिरहेको छ ।

    संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि प्रहरीले देशव्यापी रप्मा ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै रु’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेको हो । अभियानको क्रममा पछिल्लो २४ घण्टामा मास्क नलगाई हिँडडुल गर्ने १३ हजार ६ सय २१ जनालाई केही समय होल्डिङ गरेर सम्झाई बुझाई छोडेको प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुँवरले नेपाल प्रेसलाई जानकारी दिए ।

    प्रवक्ता कुवँरका अनुसार तोकिएको मापदण्ड उल्लंघन गर्ने ९ सय ७ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना र यसै क्रममा देशभर संचालित सचेतनामूलक कार्यक्रममा ३० हजार ६ सय ९० जना सहभागी भएका छन् । कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले विभिन्न स्थानमा कोभिड–१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देश सहितको माइकिङ, सवारी साधनको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रम गरिरहेकाे छ ।

    कार्यक्रममार्फत भीडभाड नगर्न, अनावश्यक रुपमा घर बाहिर हिँड्डुल नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्ड पालनाका लागि मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोध गर्दै आएको छ । कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालासँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

  • मुलुकभरका ४५ जिल्लामा पूर्ण र आंशिक निषेधाज्ञा (सूचीसहित)

    मुलुकभरका ४५ जिल्लामा पूर्ण र आंशिक निषेधाज्ञा (सूचीसहित)

    काठमाडौं । आइतबार साँझसम्म ४१ जिल्लामा निषेधाज्ञा जारी भएकोमा आज थप ४ जिल्लामा निषेधाज्ञा जारी भएको छ । गृह मन्त्रालयको विवरण अनुसार आजबाट महोत्तरी, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा जारी गर्ने निर्णय जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले गरेका हुन् ।

    ति मध्ये महोत्तरीमा २२ गते बुधबार साँझ ६ बजेदेखि ३१ गते राती १२ बजेसम्म, डोल्पा र डोटीमा भोलि मंगलबार राती १२ बजेदेखि ३१ गते राती १२ बजेसम्म र नवलपरासी पूर्वमा पनि भोलि २१ गते मंगलबार राती १२ बजेदेखि जेठ ४ गते राती १२ बजेसम्म लागू हुनेछ ।

    मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार अहिलेसम्म ४५ जिल्लामा निषेधाज्ञा जारी भएकोमध्ये ९ जिल्लामा मात्र आंशिक, बाँकी ३६ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी भएको छ । आवश्यकता अनुसार जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले निषेधाज्ञा बढाउन सक्ने प्रवक्ता दाहालले नेपाल प्रेसलाई बताए ।

    गत १३ वैशाखको मन्त्रीपरिषद वैठकले काठमाडौं उपत्यका र तराईका जिल्लामा ५ सयभन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमितको संख्या भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद बैठकले १५ दिनसम्म निषेधाज्ञा जारी गर्न सक्ने अधिकार जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई दिएपछि यसैका आधारमा विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेका हुन् ।

  • पूर्वनिर्धारित उडान यथावत् : हवाई सेवा कम्पनी

    पूर्वनिर्धारित उडान यथावत् : हवाई सेवा कम्पनी

    काठमाडौं । मुलुकको आन्तरिक हवाई उडान पूर्वनिर्धारित उडान तालिकाअनुसार सोमबार दिनभर जारी रहने हवाई सेवा प्रदायक कम्पनीले जनाएका छन् ।

    कोभिड-१९ महामारी जोखिम नियन्त्रणका लागि सरकारले यही वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा लागू गरेको निषेधाज्ञा तथा महामारीको जोखिमलाई दृष्टिगत गर्दै सरकारले आज रातिदेखि आन्तरिक उडान स्थगित गर्ने निर्णय गरेको थियो । यात्रुको सुविधालाई दृष्टिगत गर्दै आजका लागि तोकिएका उडान दिनभर यथावत् रुपमा सञ्चालन हुने कम्पनीले जनाएका छन् ।

    यती एयरलाइन्सले आफ्नो कोटामा परेका १० उडान यथावत् सञ्चालनमा रहेको कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । बुद्ध एयरले पनि आफ्ना निर्धारित उडान सञ्चालन भइरहेको जनाएको छ । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले आज २५ उडानमार्फत २ हजार ५०० भन्दा बढी यात्रुले सेवा लिने बताए । यात्रु सङ्ख्याका आधारमा निर्धारित उडान मर्ज हुने सम्भावना रहेको पनि उनले जानकारी दिए ।

    सरकारले आज रातिबाट आन्तरिक तथा यही वैशाख २२ गते मध्यरातिदेखि अन्तरराष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० तथा अन्तरराष्ट्रियमा तीन नेपालीसहित २० हवाई सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

    –रासस

  • काठमाडौंमा एक हजार शय्या थपिने, अत्यावश्यक औषधि तीनदिनभित्र आपूर्ति हुने

    काठमाडौंमा एक हजार शय्या थपिने, अत्यावश्यक औषधि तीनदिनभित्र आपूर्ति हुने

    काठमाडौं । सरकारले सोमबार काठमाडौंमा कोभिड-१९ उपचारका लागि थप १ हजार शय्या थप गर्ने बताएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भिडियो सन्देश जारी गर्दै सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको बताए ।

    मन्त्री त्रिपाठीले कोभिड उपचारका लागि आवश्यक पर्ने औषधीसहरु दुईतीन दिनमै ल्याइने जानकारी दिए । भारतमा संकट गहिरिँदा अक्सिजन आपूर्तिमा समस्या भएपनि आतंकित हुनपर्ने अवस्था नरहेको बताए ।

    ‘सबै जिम्मा सरकारले लिएको छ । सरकार प्रतिबद्धता पुरा गर्न कटिबद्ध छ’ मन्त्री त्रिपाठीले भने ‘बाहिर प्रचार भएजस्तो सरकारले हातखुट्टा छाडेको छैन । जिम्मेवारीका साथ सरकार कर्तव्यपालनमा अघि बढेको छ ।’

    भ्याक्सिन र अक्सिजन जोहो गर्न सरकार दत्तचित्त भएर लागेको जानकारी दिँदै मन्त्री त्रिपाठीले व्यवस्थापनमा भएको त्रुटिको नैतिक जिम्मेवारी मन्त्रीको हिसाबले आफूले लिने बताए ।

    संक्रमणको दरलाई घटना निषेधाज्ञा महत्वपूर्ण रहेको बताउँदै उनले यसमा सहयोग गर्न आग्रह गरे ।

  • मुलुकभरका २९ जिल्लामा निषेधाज्ञा, २२ जिल्ला पूर्णरुपमा बन्द, ७ जिल्ला आंशिक

    मुलुकभरका २९ जिल्लामा निषेधाज्ञा, २२ जिल्ला पूर्णरुपमा बन्द, ७ जिल्ला आंशिक

    काठमाडौं । कोरोना नियन्त्रणका लागि भन्दै देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गर्ने क्रम जारी छ । गृह मन्त्रालयको अहिलेसम्मको विववरण अनुसार शनिबार साँझसम्म मुलुकका ७७ जिल्लामध्ये २२ जिल्ला पूर्णरुपमा र ७ जिल्ला आंशिक रुपमा बन्द गर्ने जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले निर्णय गरिसकेका छन् ।

    मन्त्रालयका अनुसार अहिलेसम्म बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, सुनसरी र प्यूठान गरेर १५ जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ भने आज शनिबार राति १२ बजेबाट जाजरकोट र गुल्मी गरेर २ जिल्लामा निषेधाज्ञा जारी हुदैँछ । यस्तै भोलि आइतबार बिहान ६ बजेबाट सल्यान, रुकुम पश्चिम, डडेल्धुरा र आइतबार राति ८ बजेदेखि उदयपुर र राति १२ बजेदेखि झापा गरेर थप ५ जिल्लामा निषेधाज्ञा जारी हुने मन्त्रालयका प्रवक्ता सहसचिव जनकराज दाहालले नेपाल प्रेसलाई जानकारी दिए ।

    यस्तै बागलुङको बागलुङ नगरपालिकाका वडा नम्बर १२, १३ र १४ साविक अमलाचौर, पैयुपाटा र नारायणस्थान गाविसमा निषेधाज्ञा जारी भइसकेको छ । बर्दियाको गुलरिया नगरपालिकास्थित ५ र ६ नम्बर वडाका सबै क्षेत्र, बाँसगढी नगरपालिकाको बाँसगढी बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर र कतर्निया बजार क्षेत्र, मधुवन नगरपालिकाको लाली बजार ओराली बजार क्षेत्र, ठाकुरबाबा नगरपालिकाको बगनाहा, भूरीगाउँ र ठाकुरद्वारा बजार क्षेत्र, राजपुर नगरपालिकाको राजापुर र मानपुर टपरा बजार क्षेत्र, बढैयाताल गाउँपालिकाको भोलागौडी, मैनापोखर र शीतला बजार क्षेत्र र गेरुवा गाउँपालिकाको शान्तिबजार र पशुपतिनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

    यस्तै दार्चुुलाको मार्मा गाउँपालिका र व्यास गाउँपालिका वडा नम्बर ६, शैल्यशिखर नगरपालिकाको वडा नम्बर १ को बलाँज बजार क्षेत्र, वडा नम्बर २ को देथला बजार क्षेत्र, वडा नम्बर ३ को कर्कले बजार क्षेत्र, वडा नम्बर ५ को महाकाली लोकमार्गमा पर्ने बजार क्षेत्र र वडा नम्बर ९ को गोकुलेश्वर बजार, कठपते, गाँजरी, नायल र घट्टीगाड क्षेत्रमा निषेधाज्ञा जारी भइसकेको छ भने महाकाली नगरपालिकामा भोलि आइतबार बिहान ६ बजेबाट निषेधाज्ञा जारी हुदैँछ ।

    यस्तै मोरङको बिराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका, जहँदा गाउँपालिका, कटहरी गाउँपालिका वडा नम्बर १, २, ३, ४ र सुनसरी तथा भातसँग सीमा जोडिएका क्षेत्रमा आज शनिबार राति १२ बजेबाट निषेधाज्ञा जारी हुदैँछ भने गोरखाको भिमसेनथापा गाउँपालिका वडा नम्बर ७ र ८ मा पनि आज शनिबार राति १२ बजेदेखि निषेधाज्ञा जारी हुदैँछ ।

    काभ्रेपलाञ्चोकको अरनिको राजमार्गको साँगादेखि बनेपा बजार–सदरमुकाम धुलिखेल–पाँचखाल बजार क्षेत्र हुँदै दोलालघाटसम्म सडकको दायाँ–बायाँ ५ सय मिटर, बनेपा तीनदोबाटोदेखि नाला भगवतीस्म्मको सडकको दायाँ–बायाँ ५ सय मिटर, बनेपा–पनौती–खोपासी सडकको ५ सय मिटर दायाँ–बायाँ क्षेत्र विपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रेभञ्ज्याङ–भकुण्डे हुँदै मंगलटारसम्म सडकको दायाँ–बायाँ २ सय मिटरको क्षेत्र र पाँचखाल नगरपालिकाको जिरोकिलोदेखि कुन्तावेशीसम्म सडकको दायाँ–बायाँ २ सय मिटर क्षेत्रमा भोलि आइतबार राति १२ बजेदेखि निषेधाज्ञा जारी हुदैँछ ।

    बाजुराको हिमाली गाउँपालिकामा पनि भोलि आइतबार बिहान ५ बजेदेखि निषेधाज्ञा जारी हुदैँछ । गत १३ वैशाखको मन्त्रीपरिषद वैठकले काठमाडौं उपत्यका र तराईका जिल्लामा ५ सयभन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमितको संख्या भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो । यसैका आधारमा विभिन्न जिल्लाले निषेधाज्ञा जारी गर्दै आएका छन् ।

     

  • सभापति देउवाद्वारा श्रमिकका लागि राहतको कार्ययोजना ल्याउन आग्रह

    सभापति देउवाद्वारा श्रमिकका लागि राहतको कार्ययोजना ल्याउन आग्रह

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड-१९ को संक्रमणका कारण मारमा परेका नागरिक, श्रमिक र साना व्यवसायीलाई आवश्यक राहत र सहयोगको कार्ययोजना ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

    उनले अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शनिवार शुभकामना सन्देश दिँदै कोभिड-१९ को बढ्दो संक्रमणका कारण जनताले भोगिरहेका समस्याबाट पार पाउन संक्रमण रोकथाम र उपचारको समुचित प्रबन्ध मिलाउन आग्रह गरेका छन् ।

    पूर्वप्रधानमन्त्री देउवाले लकडाउनका कारण आर्थिक–सामाजिक मारमा परेका नागरिक, श्रमिक र साना व्यवसायीको जीवन कष्टकर बन्दै गएकाले आवश्यक राहतको कार्ययोजना ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

    उनले संक्रमणबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गएको र बढ्दो संक्रमणसँगै आइसीयू बेड, भेन्टिलेटर र अक्सिजनको अभाव देखिन थालेको बताउँदै यस्तो परिस्थिति आउनामा सरकार जिम्मेवार रहेको आरोप लगाएका छन् ।

    नेपालमा विसं २००३ मा कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरको पहिलो ऐतिहासिक आन्दोलन भएको थियो । तत्कालीन सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दबाउने नीति अख्तियार गरेर जननायक बिपी कोइरालालगायत धेरै नेतालाई पक्राउ गरेको थियो ।

    नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ सालको ऐतिहासिक जनक्रान्तिको प्रस्थानविन्दु त्यही आन्दोलन थियो । उनले कांग्रेस र मजदूर सधैँ एकार्कामा आबद्ध भएर एकार्काका अनन्य सहयोगी भएर रहिआएको जनाउँदै अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमिकमा शुभकामना व्यक्त गरेका छन् ।