Tag: कैदी

  • कैदी फरार प्रकरण : जेलर युवराज परियार पक्राउ

    कैदी फरार प्रकरण : जेलर युवराज परियार पक्राउ

    दाङ । आफ्नै गर्भवती प्रेमिकाको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका कैदी यामराज परियार फरार भएपछि कारागारका जेलर पक्राउ परेका छन् ।

    प्रहरीले घोराही कारागारका जेलर युवराज परियारलाई आइतबार बेलुकी पक्राउ गरेको हो । परियारलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । पुस ६ गतेदेखि १३ गतेसम्म बिदा बसेका जेलर ८ गते कार्यालय आएर परियारलाई अस्पताल जान अनुमति दिएकाले उनको मिलेमतो भएको ठहर गर्दै प्रजिअको सहमतिमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

    दाङका प्रहरी प्रमुख एसपी सुरेस काफ्लेले जेलर पक्राउका विषयमा बोल्न चाहेनन् । ´अनुसन्धान जारी छ’,एसपी काफ्लेले भने,´अनुसन्धान भइरहेको विषयमा नबोल्दा राम्रो हुन्छ ।’

    प्रहरी स्रोतका अनुसार जेलर परियारलाई म्याद थप गर्न लैजाने तयारी भइरहेको छ ।