Tag: केपी शर्मा ओली

  • बालुवाटारमा सर्वदलीय बैठक जारी, माओवादीद्वारा बहिस्कार

    बालुवाटारमा सर्वदलीय बैठक जारी, माओवादीद्वारा बहिस्कार

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक बालुवाटारमा शुरु भएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुलाई बोलाइएको बैठक नेकपा (माओवादी केन्द्र)ले भने बहिस्कार गरेको छ ।

    बैठकमा एमालेबाट अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री बिष्णु पौडेल लगायत सहभागी छन् । त्यस्तै कांग्रेसबाट सभापति शेरवहादुर देउवासहित बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, प्रमुख सचतेक बालकृष्ण खाँण लगायतका नेता सहभागी छन् ।

    जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ल लगायतका नेता बैठकमा सहभागी छन् । जसपाका बाबुराम भट्टराई र उपेन्द्र यादवलाई भने बोलाइएको छैन ।

    सर्वदलीय बैठकमा राप्रपा, मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका नेता पनि सहभागी छन् ।

  • एमसीसी संसदमा निर्णयार्थ पेस नगरिएकोमा प्रधानमन्त्रीको असन्तुष्टि

    एमसीसी संसदमा निर्णयार्थ पेस नगरिएकोमा प्रधानमन्त्रीको असन्तुष्टि

    काठमाडौं । प्रधामनमनत्री केपी शर्मा ओलीले एमसीसी संसदमा निर्णयार्थ पेस नगरिएको भन्दै सभामुख अग्नी सापकोटाप्रति असन्तुष्टि जनाएका छन् ।

    नयाँ वर्षका अवसरमा सिंहदरबारबाट प्रत्यक्ष टेलिभिजन सम्वोधन गर्दै उनले सभामुखको नाम नलिइकन सापकाेटाले संविधान नमानेको आरोप लगाए ।

    ओलीले भने, ‘नेपाली कांग्रेस र नेकपा माओवादी सरकारमा हुँदा सम्झौता गरिएको थियो । त्यसलाई संसदमा टेबल गरेका छौं । निर्णयार्थ प्रस्तुत गर्न हामीले माग गरिरहेका छौं । सरकारले प्रस्तुत गरिसकेपछि राेक्ने संवैधानिक अधिकार कसैसँग हुँदैन । तर, संविधानै नमान्ने र जिद्दी गर्ने काम भइरहेको छ ।’

     

  • प्रधानमन्त्रीको सम्वोधनः कोभिडका बाबजुद २०७७ साललाई निरर्थक हुन दिएनौं

    प्रधानमन्त्रीको सम्वोधनः कोभिडका बाबजुद २०७७ साललाई निरर्थक हुन दिएनौं

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ को सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिएका छन् । टेलिभिजनबाट प्रत्यक्ष सम्वोधन गर्दै उनले कोभिड-१९ ले पूर्णरुपमा प्रभावित बनाए पनि २०७७ साललाई निरर्थक हुन नदिइएको दावी गरे ।

    प्रधानमन्त्री ओलीले भने, ‘हामीले कोभिड १९ को प्रतिकुल अवस्थामा पनि हामीले धेरै महत्वपूर्ण उपलब्धी हासिल गरेका छौं । यसलाई असफल होइन, सफल वर्ष नै मान्नुपर्छ ।’

    उनले हिंसाको बाटो लिइरहेको समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा फर्काइएको, मेलम्चीलाई काठमाडौंवासीका धारामा पुर्‍याइएको लगायत कुराहरुलाई सरकारको सफलताको रुपमा चर्चा गरे ।

    सरकारले सही नीतिहरुको अवलम्बनबाट कोभिड १९ को क्षति न्यूनीकरण गर्न सफल भएको पनि उनले बताए ।

    ‘हामीले धेरै आशा जगाउने काम गरेका छौं । केही पनि भएन भनेर जनतामा असन्तुष्टि जगाउने प्रयास भए पनिसरकार विचलित भएन । सरकारका क्रियाकलापप्रति भरोसा जगाउने कामहरु लगातार गर्‍यौं,’ आलीले भने ।

    कोभिडको महामारी न्यूनीकरण हुँदै गए पनि चैतबाट फेरि यसको प्रभाव बढ्न थालेको भन्दै प्रधानमन्त्रीले जनतालाई सजकता अपनाउन आग्रह गरे ।

    ‘७७ सालको पीडा यस वर्ष दोहोरिन नपाओस । तीव्र संक्रमण र जनधनको क्षति हुन नपाओस, अर्थतन्त्रलाई प्रतिकुल असर पार्न नपाओस भनेर हामी सजग हुनुपर्छ । त्यसैले सरकारले जारी गरेका मापदण्डहरुका पालना गर्न म सबैमा आग्रह गर्छु,’ ओलीले भने ।

  • उद्योग र व्यवसायका लागि नीतिगत र प्रक्रियागत झन्झट अन्त्य हुन्छ: प्रधानमन्त्री ओली

    उद्योग र व्यवसायका लागि नीतिगत र प्रक्रियागत झन्झट अन्त्य हुन्छ: प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशासनिक झन्झट अन्त्य गर्दै, उद्योगी–व्यवसायीले व्यहोर्नुपरेका कठिनाइ चिरेर छाड्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्शको ७०औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले रोजगारीका अवसरका साथै उत्पादन र उत्पादकत्व बढाउनेतर्फ स्रोत परिचालन गर्नुपर्नेमा जोड दिनुपर्ने बताएका हुन् ।

    अन्य उद्यमी–व्यवसायीलाई पनि उत्पादकत्व वृद्धिका निम्ति अभिप्रेरित गर्न तथा त्यसकै लागि लगानी बढाउन आग्रह गर्दै प्रधानमन्त्रीले नीतिगत एवं प्रक्रियागत झन्झट झेल्ने परिस्थितिको अन्त्य गर्न आफू लागिपरेको बताएका छन् । ‘प्रक्रियाको जञ्जालबाट सरलीकरणतर्फ जान जरुरी छ, एकद्वार प्रणालीलाई प्रभावकारी बनाउँछौँ, प्रशासनिक झन्झट पनि अन्त्य गर्छौँ।’ उद्योगी–व्यवसायीले व्यहोर्नुपरेका कठिनाइबारे जानकार प्रधानमन्त्रीले त्यस्ता व्यवधान चिरेर छाड्ने दृढता व्यक्त गरे ।

    एकद्वार प्रणालीलगायत सरकारले उद्योग तथा लगानीमैत्री वातावरण बनाउन अवलम्बन गरेका सुधारका कार्यक्रमलाई अझ सरल र सहज तुल्याइने उनले बताए । अत्यावश्यक उपभोग्य वस्तु मात्र आयात गर्न तथा निर्यातमूलक सामग्रीको उत्पादन बढाउन सुुझाउँदै प्रधानमन्त्रीले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनबाटै व्यापार असन्तुलन घटाउन सकिने बताए ।

    ‘देश निर्माण गर्ने सङ्कल्प र आत्मविश्वासका साथ अघि बढ्नुहोस्, तपाइँहरुलाई सघाउन सरकार तयार छ’, उनले भने, ‘राष्ट्रको औद्योगिक विकासका लागि सरकार स्पष्ट दृष्टिकोणका साथ अघि बढिरहेको तथा त्यसलाई कार्यान्वयन गर्न निजी क्षेत्रको साथ र सहयोग अपरिहार्य छ ।’ देशको विकास र विकासको समुचित प्रतिफल नेपाली जनतामा पुर्याउने वर्तमान सरकारको लक्ष्यलाई साकार पार्न आफू क्रियाशील रहेको उनले बताए ।

    कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले देशको आर्थिक विकासका लागि अग्रपङ्तिमा रहेर काम गरिरहेको निजी क्षेत्रको प्रवद्र्धनमा सरकारले सघाउने प्रतिबद्धता व्यक्त गर्दै सरकारका लागि विश्वासिलो साझेदार तथा नेपाली जनताका लागि उन्नत भविष्यको सारथीका रुपमा चेम्बरले आफ्नो परिचय बनाएकामा खुशी व्यक्त गरे ।

    कार्यक्रममा  नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोभिड सङ्कटका कारण मुलुकको अर्थतन्त्र नराम्ररी प्रभावित भएको तथा यसले गति लिन नसकेको बताउँदै पर्यटनलगायत कतिपय क्षेत्रमा भएको खर्बौं लगानी जोखिममा परेको उद्यमी–व्यवसायीका पीडा सुनाउनु भरेको छ । ‘३९ खर्ब ४३ अर्बको हाम्रो अर्थतन्त्रको आकार आफैँमा त्यति ठूलो नभएकाले अर्थतन्त्रलाई कोरोना र यस्तै महामारीबाट जोगाउन साधन स्रोतको अभावभन्दा पनि इच्छाशक्ति जरुरी देखिन्छ’ अध्यक्ष श्रेष्ठले भने ।

  • बाढी–पहिरोमा परेका घर पुनःनिर्माणका लागि ५० करोड दिइने

    बाढी–पहिरोमा परेका घर पुनःनिर्माणका लागि ५० करोड दिइने

    काठमाडौं । अघिल्लो वर्ष सिन्धुपाल्चोक, बाग्लुङसहितका जिल्लामा बाढी र पहिरोका कारण क्षति पुगेका घरको पुनःनिर्माणका लागि सरकारले ५० करोड दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् बैठकले पहिलो किस्ता स्वरुप ५० करोड दिने निर्णय गरेको हो ।

    विपद् व्यवस्थापन कोषमा रहेको रकममध्ये ५० करोड रुपैयाँबाट तीन हजार घर पुनःनिर्माणका लागि रकम दिने निर्णय भएको परिषद्का सदस्य सचिव समेत रहेका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनले भने । ‘रकम यस अघि नै दिइसक्नुपर्ने हो । तर बजेट अभावका कारण रकम पठाउन सकेका थिएनौं । आजको परिषद् बैठकले निर्णय गरेको छ । अब तत्काल हामी पहिलो किस्ता रकम दिन्छौ ।’ ‘मनसुनजन्य विपद्का कारण घरमा क्षति पुगेका परिवारका लागि पुनःनिर्माण गर्न सहयोग सम्बन्धी कार्यविधि’ अनुसार घर पुनःनिर्माणका लागि हिमाली जिल्लामा पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख रुपैयाँ प्रति घर दिइने भनिएको छ ।

     

     

  • अदालतको अवहेलना सम्बन्धी प्रधानमन्त्रीविरुद्धको मुद्दा पेशीमा, सुनुवाइको सम्भावना कम

    अदालतको अवहेलना सम्बन्धी प्रधानमन्त्रीविरुद्धको मुद्दा पेशीमा, सुनुवाइको सम्भावना कम

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अदालतको अवहेलना सम्बन्धी मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालतमा आज पेशी चढेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयालको इजलासमा परेको सो मुद्दा अन्तिममा रहेकाले सुनुवाई हुने सम्भावना भने कम छ ।

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ चलिरहेका बेला प्रधानमन्त्रीले दिएका अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र कुमार आचार्य लगयतले अवहेलना मुद्दा दायर गरेका थिए ।

    सो रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न भनेको थियो र प्रधानमन्त्रीले सोही बमोजिम जवाफ पेश गरिसकेका छन् ।

    यस्तै अवहेलना मुद्दा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी,कल्याण श्रेष्ठ,अनुपराज शर्मा र सुशीला कार्कीका साथै पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध पनि छन् ।

  • कम्युनिस्ट नेता मानन्धरको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

    कम्युनिस्ट नेता मानन्धरको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट नेता विष्णुबहादुर मानन्धरको निधनप्रति दुःख व्यक्त  गरेका छन् ।  उनले आज एक समवेदना सन्देश जारी गर्दै दिवंगत मानन्धरले नेपालको कम्युनिष्ट आन्दोलनमा पु¥याएको स्मरणसमेत गरेका छन् ।

    ‘पितृवियोगमा पर्नुभएका तपाई‌‌, पारिवारिक वियोगले मर्माहित तपाईको परिवार आफन्तजनप्रति म गहिरो समवेदन व्यक्त गर्दछु,’ प्रधानमन्त्री ओलीले जारी गरेको समवेदना सन्देशमा भनिएको छ । जहाँनियाँ राणा शासन विरुद्धको संघर्षमा समेत सक्रिय रहेका मानन्धरले नेपाल कम्युनिष्ट पार्टीको स्थापना कालदेखि नै पार्टीमा संगठित रहेर पुर्याएको योगदानको पनि उनले स्मरण गरेका छन् ।

    ‘२०४६ सालको संयुक्त जनआन्दोलन सफल पार्न नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) को अध्यक्षका रुमा बाममोर्चा गठनमा उहाँले निर्वाह गर्नुभएको भूमिका स्मरणीय छ । उहाँको निधनबाट नेपालको कम्युनिष्ट जनआन्दोलनले निष्ठावान र इमान्दार नेतालाई गुमाएको छ । नेपालको बाम लोकतान्त्रिक र प्रगतिशील आन्दोलतमा उहाँको चिरकालसम्म स्मरणीय रहने छ,’ समवेदना सन्देशमा उल्लेख छ ।

    प्रधानमन्त्री ओलीले शोकाकुल परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

  • ओलीको चेतावनी- प्रचण्डजी ! ती दिन त गए, तपाईंसँग न हतियार न सेना

    ओलीको चेतावनी- प्रचण्डजी ! ती दिन त गए, तपाईंसँग न हतियार न सेना

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आफ्नो उमेर र समयलाई ध्यान दिन आग्रह गरेका छन् । पहिलेको जस्तो ह्याकुलाले मिचेर हिँड्ने शैली त्याग्न उनले प्रचण्डलाई सुझाव दिए ।

    रिपार्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा ओलीले नेकपाको दर्ता खारेज गर्ने अदालतको फैसलाको बचाउ गर्ने क्रममा यस्तो सुझाव दिएका हुन् ।

    उनले भने, ‘अदालते नमागेको न्याय दियो भन्नुभएको छ । तपाईंले नमागेको थियो होला, ऋषि कट्टेलले त मागेको थियो नि त । अर्काको नाममा पार्टी दर्ता गरेर ह्याकुलाले मिच्न खोज्ने ?’

    ओलीले थपे, ‘उहाँहरूको मिच्ने बानी परेको क्या । जे गरे पनि हुने, विनाश गरे पनि हुने, लुटे पनि हुने, कुटे पनि हुने, काटे पनि हुने । जुरो हल्लाको छ, हिँडेको छ । बानी बिग्रेको ।’

    ‘ती दिन गए प्रचण्ड जी, त्यो अब चल्दैन थ्यो । एउटा समय थियो ममात्रै बोल्थेँ । तपाईंका हतियार, लडाकुसँग डराउने समय थियो । तर, म नडराइ बोल्थेँ, लल्कार्थेँ । आज त तपाईंका कथित सेना पनि छैन । हतियार पनि छैन । ती दिन त गए त अब ।’

    ‘एकजना हजुरबा हुनुहुन्थ्यो । केटाहरुले छेलो फ्याँकेको देखेर यति जाबो डुंगा त म फुत्त फ्याक्दिन्छु भनेर अघि सर्नुभयो तर फुत्त फ्याँक्दा कम्मर सड्किएर ढल्नुभयो । उहाँले आफू बुढो भएको थाहा पाउनुभएन छ । प्रचण्डजीलाई पनि म उमेर सम्झिन आग्रह गर्न चाहन्छु । उमेर सम्झिएर छेलो फ्याक्न नखोज्नुस, ढाड सड्किन्छ । त्यो जमाना गयो । समय यस्तो चिज हो त्यो फर्केर आउँदै, आउँदैन । अगाडिमात्रै जान्छ ।’

  • ओलीले भने- यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थको सती जानुपर्ने हो ? (भिडियो)

    ओलीले भने- यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थको सती जानुपर्ने हो ? (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीको एकता भंग गर्ने अदालतको निर्णयप्रति गरिएको पुनरावलोकनलाई लिएर प्रचण्डको आलोचना गरेका छन् । पार्टी एकता पहिल्यै भंग भइसकेकाले अदालतले पार्टी फुटाएको भन्नु नै गलत हुने उनको टिप्पणी छ ।

    रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा बोल्दै ओलीले अदालतले गरेको फैसलाको बचाउ गरे ।

    उनले भने, ‘तपाईंहरूले एउटा क्लासमा जाँच दिएर फेल भएपछि उही क्लासमा फर्किनुहुन्छ नि । अदालतले हाम्रो दर्ता खारेज भयो भनेपछि पहिलेकै ठाउँमा आयो । आदालतले निर्वाचन आयोगलाई १५ दिनको म्याद देउ भनेको थियो । नयाँ नाम लिएर फेरि एउटै पार्टी बनाउन सकिन्थ्यो नि ? एकता गर्नै खोजेको हो भने नयाँ नाम लिएर जाँदा हुन्थ्यो ।’

    उनले पुनः एकताको विषयमा कुरा गर्न आफूले प्रचण्डलाई फोन गरेको बताए ।

    ओलीले भने, ‘मैले प्रचण्डजीलाई फोन गरेँ । पार्टी अलग-अलग भयो । हामी बसेर कुरा गरौं भने । उहाँले केन्द्रीय समितिको वैठक छ, सकिएपछि फोन गर्छु भन्नुभयो । एकछिनपछि अनलाइनमा आयो, ‘ओलीले फोन गरेका थिए, मैले भेट्न मन छैन भनेर टार्दिएँ । उहाँले यसमा अखबारवाजी गर्नुभयो ।’

    ओलीले नेकपाको एकता सर्वोच्चको फैसला अघि नै तोडिएको बताए ।

    ‘एकता बाँकी थियो र अदालतले भंग गर्ने ? जहाँ अध्यक्षलाई दलको नेताबाट, पार्टीको साधारण सदस्यबाट समेत हटाइन्छ, त्यहाँ एकता थियो भनेर ढाँट कुरा गर्ने ? तैपनि मैले कुरा गर्नलाई फोन गरेँ । उहाँले मजाक बनाएर अखबारवाजी गर्नुभो । अहिले एकताको कुरा गर्दै हुनुहुन्छ । दिँदा नखाने राति गएर कोल चाट्ने ?’

    ओलीले प्रचण्डको स्वार्थका पछाडि देश सती जान नसक्ने बताए । प्रचण्डसँग आधा-आधा प्रधानमन्त्री चलाउने पूर्वसहमति प्रचण्डले नै च्यातेको बताए ।

    ‘आधा-आधा भनेको थियो खोइ त भन्छन् ? त्यो सहमति बिचैमा च्यातेर पाँच वर्षै तपाईं गर्नुस् भनेको होइन उहाँले ? यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थको सती जानुपर्ने हो ?’

  • खोप बुझ्दै प्रधानमन्त्रीले भने- नेपाल र चीन सम्बन्ध एक कदम अघि बढ्यो (भिडियो)

    खोप बुझ्दै प्रधानमन्त्रीले भने- नेपाल र चीन सम्बन्ध एक कदम अघि बढ्यो (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-चीन सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् ।

    बालुवाटारमा सोमबार आयोजित चिनियाँ खोप हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले दुई मुलुकबीचको सम्बन्ध एक कदम अगाडि बढेको बताएका हुन् ।

    ‘कोभिडविरुद्धको लडाइमा नेपाल र चीनका नीति समान छन्’ उनले भने, ‘जनताको जीवन छ भने देश पनि चल्छ भन्ने मान्यता हामी अडिग छौं ।’ चीनबाट प्राप्त आठ लाख डोज खोपले नेपालको खोप कार्यक्रमलाई अगाडि बढाउने उनले बताए ।

    भारतबाट समेत प्राप्त खोपलाई मिश्रण नगरिकन दुबै डोज खोप लगाइने स्पष्ट पार्दै प्रधानमन्त्रीले खोपको प्रभावकारितालाई लिएर कतिपयले अवरोध सिर्जना गर्न सक्ने आंशका गरे । ‘उनीहरुको आशंकालाई मेट्न जानकारी दिनुपर्ने हुन्छ’ उनले भने ।

    उनले दुबै छिमेकी मुलुकबाट प्राप्त खोपहरु प्रभावकारी रहेको समेत बताए । प्रधानमन्त्रीले खोपका लागि चीन सरकारलाई धन्यवाद समेत दिए । प्राकृतिक विपत्तिमा दुबै मुलुक मिलेर अगाडि बढ्नुपर्ने उनले बताए ।

    खोपको औपचारिक हस्तान्तरण कार्यक्रममा चिनियाँ राजदूत होउ यान्छी र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली समेत उपस्थित थिए । चिनियाँ राजदूत यान्छीले नेपालको विकासमा मित्रराष्ट्र चीन सँधै उभिने बताउँदै चीनको पञ्चवर्षिय योजनामा मित्रराष्ट्रको हित पनि समावेश भएको बताइन् ।

    चीनले सिनोफार्मले विकास गरेको ८ लाख डोज भेरोसेल नेपाललाई उपलब्ध गराएको हो । सरकारले आपतकालिन प्रयोगका लागि अनुमति दिएपनि सार्वजनिक प्रयोगका लागि भने सरकारले विश्व स्वास्थ्य संगठनको अनुमति कुरेर बसिरहेको छ ।

  • थ्री नेशन्स कपको फाइनल हेर्न प्रधानमन्त्री रंगशाला जाने

    थ्री नेशन्स कपको फाइनल हेर्न प्रधानमन्त्री रंगशाला जाने

    काठमाडौं । थ्री नेशन्स कपमा नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज दशरथ रंगशाला जाने भएका छन् ।

    अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले फाइनल खेलको अवलोकन तथा पुरस्कार वितरणका लागि प्रधानमन्त्री आउने निश्चित भएको जानकारी दिए ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले प्रधानमन्त्री ओली सवा ५ बजेसम्म रंगशाला पुगिसक्ने र खेल अवधिभर रहने जानकारी दिए ।

    किर्गिस्तान यू–२३ टिमसमेतको सहभागितामा एन्फाले आयोजना गरेको थ्री नेशन्स कपको फाइनल खेल आज साँभ साढे ५ बजेदेखि दशरथ रंगशालामा सुरु हुँदैछ ।

    लिग चरणमा दुई बराबरी खेलेको नेपाल र एक जित तथा एक बराबरी खेलेर बंगलादेशले फाइनलमा स्थान बनाएका थिए ।
    नेपाली राष्ट्रिय टोली लिग चरणका दुई खेलमा गोल नगरिकनै फाइनलमा पुगेको हो ।

    विश्वकप तथा एसियन कप छनोटको तयारीमा रहेको नेपालले छनोट प्रतियोगिताको पूर्व निर्धारित खेल स्थगित भएपछि एन्फाले थ्री नेशन्स कप आयोजना गरेको हो ।

  • बैठक बोलाउन ओलीसमक्ष आग्रह गर्ने माधव नेपाल पक्षको तयारी

    बैठक बोलाउन ओलीसमक्ष आग्रह गर्ने माधव नेपाल पक्षको तयारी

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक माग गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई निवेदन दिने भएको छ ।

    विधानअनुसार एक चौथाई केन्द्रीय सदस्यले बैठक माग गर्न पाउने भएकाले सोही बमोजिम केन्द्रीय कमिटी बैठकको माग गर्न लागिएको एक नेताले नेपाल प्रेसलाई बताए ।

    माधव नेपाल पक्षले एमाले पुनःस्थापनापछि फागुन २८ र चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकलाई स्वीकार गरेको छैन । फागुन २८ को बैठकमा खबर नै नभएको र चैत ७ गतेका बैठक बहिष्कार गरेको नेपाल पक्षले विधान बमोजिम बैठक माग गर्न लागिएको हो ।

    त्यसअघि माधव नेपाल पक्षधरको काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको छलफल शुक्रबार हुनेछ । सो छलफलले थप रणनीति तय गर्ने बताइएको छ । यसैबीच माधव नेपालसहित चार नेताले आज स्पष्टीकरण पेश गर्ने भएका छन् ।

  • सातै प्रदेशमा एमालेको नयाँ टिम, डढेलोपछि पलाएका पालुवा नमास्ने ओलीको उद्घोष

    सातै प्रदेशमा एमालेको नयाँ टिम, डढेलोपछि पलाएका पालुवा नमास्ने ओलीको उद्घोष

    काठमाडौं । माधव नेपाल पक्षले २०७५ जेठ २ गतेअघिको अवस्थामा पार्टीका सबै संरचना फर्काउनुपर्ने सर्त राखिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीका सातै प्रदेशका सारथीहरूले आफ्नो काम थालिसकेका छन् ।

    माधव नेपाल पक्षले फागुन २८ को निर्णय खारेज गर्नुपर्ने भनेको थियो । तर, अध्यक्ष ओलीले फागुन २८ बाट पनि अघि बढेर चैत ७ गते गरेको कार्यविभाजन गरेसँगै अब एमालेमा माधव पक्षसँग सम्झौताको सम्भावना सकिएको छ ।

    एकातिर माधव नेपालसहितका नेताहरूलाई कारवाहीको तयारीका लागि स्पष्टीकरण सोधिएको छ भने अर्कोतिर सातै प्रदेशमा एमालेले इन्चार्ज,अध्यक्ष र सचिवसहित सांगठानिक गतिविधि अघि बढाएको छ ।

    ओलीले पुस ५ गतेपछि आफूलाई प्रचण्ड-माधव पक्षले पार्टी सदस्यबाट समेत हटाएका बेला साथ दिएका नेता कार्यकर्ता र कमिटीहरू नचलाउने प्रष्ट संकेत गरिसकेका छन् ।

    नेपाल प्रेससँगको अन्तर्वार्तामा ओलीले भनेका छन्, ‘उहाँहरूले छोडेपछि पार्टी बचाउने पंक्ति त रहेछ । त्यो कमिटी पार्टी बचाउन बसेको स्वयम्भु हो । जब-जब पार्टी संकटमा पर्छ तब हामी छौं भनेर उठेका कार्यकर्ता स्वयम्भु बनेर आएका छन् र ती रहन्छन् । पार्टीमा डढेलो लागेका बेला उम्रेका बिरुवा मासेर फेरि सुकेका ठेउकाहरू लगेर गाड्छ कसले त्यहाँ ?

    ओलीले यसबीचमा बनेका कमिटीहरू विस्थापित गरेर माधव नेपाल पक्षका मान्छे व्यवस्थापन गर्ने कुनै सम्भावना नरहेको निकट स्रोतले जनाएको छ । कमिटीहरू पुनर्गठन नभइसकेका ठाउँमा समायोजन गर्नेसम्मको लचकता अपनाउन सकिने ओलीनिकट नेताहरू बताउँछन् ।

    नेकपा विभाजनपछि ओलीले गठन गरेको जम्बो केन्द्रीय कमिटीका सदस्यहरूलाई राष्ट्रिय प्रतिनिधि परिषद्‍मा समेट्ने तयारी भइरहेको छ । एमालेमा प्रतिनिधि परिषद् एमालेको केन्द्रीय कमिटी र महाधिवेशनबीचको संयन्त्र हो ।

    प्रदेशमा पनि ओलीले धेरै सम्झौता गर्ने सम्भावना छैन । २०७५ जेठअघि तत्कालीन एमालेमा प्रदेश कमिटीका अध्यक्ष र सचिव थिएनन् । संयोजक र सहसंयोजकको व्यवस्था गरिएको थियो ।

    यसबीचमा नेकपा बनेपछि इन्चार्ज, सहइन्चार्ज,अध्यक्ष र सचिवको व्यवस्था गरिएको थियो । एमाले पुनःस्थापनासँगै ओलीले सातै प्रदेशमा इन्चार्ज, अध्यक्ष र सचिवको चयन गरिसकेका छन् । हालै सम्पन्न बैठकले गरेका ती पदाधिकारी नै अब अर्को महाधिवेशनसम्म आधिकारिक हुने एमालेले जनाएको छ ।

    जस अनुसार प्रदेश १ को इन्चार्ज सुवास नेम्वाङ भएका छन् भने अध्यक्ष देवराज घिमिरे र सचिव विनोद ढकाल छन् । घिमिरे साबिक नेकपामा पनि प्रदेश अध्यक्ष थिए भने ढकाल केन्द्रीय सदस्य तथा विद्यार्थी सहइन्चार्ज ।

    प्रदेश २ को इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेल साबिक नेकपाकै टिम एमालेको प्रदेश कमाण्डमा रुपान्तरित बनेको छ । साह माओवादीबाट एमाले भएका हुन् ।

    वागमतीको भने टिम नै परिवर्तन भएको छ । इन्चार्ज रामवहादुर थापा बादल छन् भने अध्यक्षमा आनन्द पोखरेल र सचिव खेम लोहनी बनेका छन् । पोखरेल साबिक नेकपामा सचिव थिए ।

    गण्डकीमा इन्चार्ज पृथ्वीसुब्बा गुरुङ र सचिव गोविन्द नेपाली यथावत रहेका छन् भने अध्यक्षमा जगत विश्वकर्मा चयन भएका छन् ।

    त्यस्तै लुम्बिनीमा इन्चार्ज शंकर पोखरेल, अध्यक्ष लिला गिरी र सचिव खेममान खड्का छन् । गिरी पुस ५ मा नेकपा फुटेपछि तत्कालिन ओली पक्षले अध्यक्ष चयन गरिसकेको थियो । उनलाई नै एमालेको अध्यक्ष बनाइएको छ भने राष्ट्रियसभा सदस्य खेममान खड्का सचिव बनेका छन् ।

    कर्णालीमा इन्चार्ज यमलाल कँडेल बनेका छन् । अध्यक्ष भने केपी ओली पक्षकै रहे पनि गोरख बोगटीलाई सहइन्चार्ज बनाएर उनको ठाउँमा गुलावजंग शाहलाई अध्यक्ष बनाइएको छ । सचिवमा माओवादीका प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई बनाइएको छ ।

    त्यस्तै सुदूरपश्चिम प्रदेशको इन्चार्ज माओवादीबाट एमाले बनेका लेखराज भट्ट छन् भने अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्रसिंह रावल चयन भएका छन् । अब यी प्रदेश कमिटीहरूले जिल्लाको बाँकी पुनर्गठन गर्ने भएका छन् ।

    एमाले माओवादी एकीकरण हुनुअघि प्रदेश १ को संयोजक भीम आचार्य थिए । प्रदेश २ मा सत्यनारायण मण्डल, वागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा किरण गुरुङ, लुम्विनीमा विष्णु पौडेल, कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेशको संयोजक भीम रावल थिए ।

  • केपी ओलीको ‘कथित’ स्पष्टीकरणबाट तर्सिनेवाला छैनौं : माधव नेपाल

    केपी ओलीको ‘कथित’ स्पष्टीकरणबाट तर्सिनेवाला छैनौं : माधव नेपाल

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणबाट आफूहरू नतर्सिने बताएका छन् ।

    मंगलबार आफूपक्षीय विद्यार्थीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले स्पष्टीकरणलाई कथित भन्दै त्यसको सामना गर्न तयार रहेको बताए। ‘कथित स्पष्टीकरणबाट तर्सिनेवाला छैनौं, सामना गर्न तयार छौं,’ उनले भने, ‘घुँडा टेक्ने बाटोमा जाने हो ? आत्मसमर्पणको बाटोमा जाने हो ? यो किमार्थ मन्जुर छैन ।’

    पार्टी अनुशासनविपरीत काम गरेको भन्दै ७ चैतमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेता नेपालसहित चारजना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार सोमबार नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई बेग्ला-बेग्लै स्पष्टीकरण पत्र पठाइएको छ ।

    नेता नेपालले अध्यक्ष ओलीलाई राजतन्त्रसँग साँठगाँठ गरेको आरोप लगाउँदै त्यसलाई सफल हुन नदिने दाबी गरे। उनले भने, ‘केपी ओलीले जतिसुकै साँठगाँठ गरुन, अप्रत्यक्ष सहयोग गरुन हामी राजतन्त्र फर्किन दिँदैनौं ।’

    अध्यक्ष ओलीलाई पुराना कम्युनिष्ट नेता केशरजंग रायमाझीसँग तुलना गर्दै कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न लागेको आरोप लगाए। ‘त्यस्तै भयो नवौं महाधिवेशनमा,’ उनले भने, ‘विचार हाम्रो पारित भएको थियो । नेता चुनिए केपी ओली। अहिले उनी कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न कोसिस गर्दै छन् ।’

    नेता नेपालले ओली र जबजबीच कहिल्यै भेट नभएको समेत टिप्पणी गरे। ‘जबज र केपी ओलीको कहिले भेट भएको थियो ?,’ उनको प्रश्न थियो, ‘अहिले केपी ओली जबजको भावना अनुसार चलेका छन् ? जबजको पहिलो कुरा बहुमतको कुरा मान्ने हो । उनले बहुमतको निर्णय मानेका छैनन् ।’

  • केपी ओली- जिरोबाट हिरो, चित्त अलि साँघुरो

    केपी ओली- जिरोबाट हिरो, चित्त अलि साँघुरो

    राजनीतिलाई सामान्यतया चेस खेलसँग तुलना गरिन्छ । विपक्षीका चालहरुको पूर्वानुमान गर्दै ‘स्टेपबाइ स्टेप’ रणनीतिक कदम चाल्नसक्ने ‘खेलाडी’ चेस र राजनीति दुबैमा सफल हुन्छ ।

    तर, नेपाली राजनीतिको पछिल्लो परिदृष्य भने चेसभन्दा ‘लुँडो’ सँग मिल्दोजुल्दो देखिएकोे छ । लुँडोमा कुनै गोटी सर्पले निलिदिएर एकाएक सिरानबाट फेदमा पुग्छ, अनि फेदमा रहेको गोटी लामो भर्‍याङ उक्लिन पायो भने एकैपटक सिरानमा उक्लिन्छ । ठ्याक्कै त्यही शैलीमा प्रधानमन्त्री शर्मा ओली र उनका विरोधी खेमाको राजनीतिक हैसियत उथलपुथल भएको छ ।

    धेरै होइन, मात्र १७ दिनपछाडि फर्केर हेर्ने हो भने ओलीको राजनीति टिठलाग्दो अवस्थामा थियो । आफूले गरेको संसद विघटनलाई सर्वोच्चले उल्टाइदिएपछिको परिस्थितिमा उनी खल्ती रित्तिएको जुवाडे झैं बनेका थिए । पदबाट राजीनामाका लागि उनीमाथि चौतर्फी दबाब थियो ।

    पार्टीभित्रको विपक्षी समूह र प्रमुख प्रतिपक्षी दल मात्र होइन, उनीहरुसँग लय मिलाउँदै ‘स्वतन्त्र बुद्धिजीवी’ देखि ‘स्वतन्त्र मिडिया’ सम्मले प्रधानमन्त्रीको तत्काल राजीनामा मागिरहेका थिए । अन्यथा माओवादीले समर्थन फिर्ता लिइहाल्ने वा कांग्रेसले अविश्वास प्रस्ताव ल्याएर सरकार गर्ल्याम्म ढालिहाल्ने चर्चा गरम थियो ।

    अर्कोतिर ओलीकोे दल नेकपा दुई फ्याक भएको थियो । पूर्वएमालेका थुप्रै नेतासहित एउटा ठूलो फ्याक प्रचण्डले गुट्मुटाएर लगेका थिए । बबुरा ओलीसँग पार्टी फुटाउनका लागि चाहिने संख्या पनि थिएन । यसप्रकारले उनी टेक्ने हाँगो भाँच्चिएको र समात्ने हाँगा पनि नुहेको दयनीय अवस्थामा थिए ।

    त्यसबेला कतिले ओलीको राजनीतिक भविष्य नै समाप्त भएको घोषणा गरे । कसैले उनी नयाँ कम्युनिष्ट पार्टीको सानो नाङ्लेपसल थापेर सीपी मैनालीको आडैमा बस्ने अनुमान गरे । यता, प्रचण्ड–माधव नेपालको समूह जितको उल्लासमा थियो । नेताहरु लड्डु खुवाएर खुशी मनाइरहेका थिए भने कायकर्ता दीपावली गरिरहेका थिए । तर, फागुन २३ गते अदालतको अर्को ‘गेमचेञ्जिङ’ फैसला आएपछि कथाले नयाँ मोड लियो । ओली भुईंबाट धुलो टक्टक्याउँदै उठे र जुँगामा ताउ लगाउँदै विरोधीहरुको लिस्ट बनाउन थाले ।

    अर्कोतर्फ प्रचण्ड-माधव खेमातर्फ कोलाहल सुरु भयो । पेरिसडाँडाबाट माओवादीले माधव नेपाल समूहलाई अन्माएर धुम्बाराही पठायो । तर, पेरिसडाँडा छोडेको माधव नेपाल समूह केपी ओलीलाई गर्ल्याम्म अंगालो हाल्न सकिरहेको छैन । न ओलीसँग वैधानिकरुपमा अलग्गिन नै सकेको छ । भाषणमा जति चर्को स्वर गरे पनि अन्तरवार्तामा जति कडा कुराहरु गरे पनि यतिबेला माधव नेपाल समूह बाटो भुलेको यात्रीजस्तो विलखबन्द अवस्थामा देखिन्छ ।

    माधव नेपाल समूह मात्र होइन, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसदेखि नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसमेत किंकर्तव्यविमूढ बनेका छन् । सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन कोही अघि सरेको छैन । फलतः ओलीलाई एकछिन पनि प्रधानमन्त्रीको कुर्सीमा देख्न नचाहने राजनीति बाहिरको एउटा बौद्धिक समूहमा चिड्चिडाहट बढ्दो छ ।

    शक्ति केन्द्रीकरणमा ओली

    लामो समयदेखि नेपाली राजनीतिको केन्द्र भागमा बिराजमान छन् केपी ओली । पछिल्लो करिब एक दशक उनकै वरिपरी घुमिरहेको राजनीति । चर्चा, सफलता, विवाद, प्रशंसा, गाली केको मात्र कमी छ उनलाई ? अहिले यो छ कि, कुनै पनि राजनीतिक टिप्पणी लेख्नुपर्‍याे भने ओलीबाट सुरु गर्नुपर्ने र ओलीमै अन्त्य गर्नुपर्ने अवस्था छ । कुनै पनि नेताका भाषण सयाैंपटक ओलीको नाम नलिई पूरा हुँदैनन् ।

    नेपालमा प्रजातन्त्र पुन:स्थापनायता यो तहको राजनीतिक प्रभूत्व कायम गरेका नेताहरु कमै थिए । गिरिजाप्रसाद कोइरालाले लामो सत्तामा रजाईं गरे, तर ओलीजति समाचारमा उनी छाएनन् । पछिल्लो कालखण्डमा अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा चर्चा पाएका नेपाली नेता पनि उनै हुन् । नाकाबन्दीयता नेपालको छिमेकी देश भारतका लागि उनी एउटा हाउगुजी नै बनेका छन् । ओलीका अन्तरवार्ताहरु भारतीय मिडियाका लागि ठूलै खुराक बन्छन् ।

    प्रधानमन्त्रीका रुपमा ओलीले जस्तो शक्ति अभ्यास पनि यसअघिका प्रधानमन्त्रीले सायदै गरेका थिए । दोस्रोपटक प्रधानमन्त्री भएदेखि सत्ताका महत्वपूर्ण अवयवहरु उनले आफ्नो मातहतमा राखेका छन् । राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति सुद्धीकरण, सतर्कता केन्द्र, र राजश्व अनुसन्धानजस्ता महत्वपूर्ण निकायहरुलाई आफ्नो मातहतमा ल्याएका छन् । रक्षा मन्त्रालयको कार्यभार उनी आफैंले सम्हालेका छन् । नेकपा एकीकृत हुँदासम्म सरकारका कामकारवाहीमा पार्टीको अड्चन थियो । अहिले त त्यो पनि छैन । सरकारका नियुक्ति, सरुवा–बढुवादेखि विभिन्न विकास आयोजनाका कामहरु ओलीको तजविजमा भइरहेको छ ।

    सरकारमा मात्र नभएर पार्टीमा पनि ओलीको एकाधिकार स्थापित भएको छ अहिले । एमाले ब्यूँतिएपछि माधव नेपाल नेपाल समूहलाई थाहै नदिइकन उनले बालुवाटारमा वैठक राखे । पूर्वमाओवादीका २३ जना नेतालाई केन्द्रीय समितिमा प्रवेश गराएर नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसे । अस्ति फेरि केन्द्रीय समिति वैठक डाकेर थप शक्ति हातमा लिएका छन् । समानुपातिकको बन्दसूची आफूले हेरफेर गर्न सक्ने देखिलिएर पार्टीका कमिटीहरु चलाउने सम्मका कामहरु उनले अब आफ्नो एकल निर्णयमा गर्न सक्छन् ।

    पार्टीमा असन्तुष्ट समूह अनुपस्थित हुँदा ओलीको बोली नै पार्टीको विधानसरह हुने अवस्था आएको छ । उनको कार्यशैली हेर्दा उनी अब विरोधीहरुलाई पार्टीमा ठाउँ दिन चाहँदैनन् भन्ने देखिन्छ । एमालेमा आफ्नो प्राधिकार स्थापित गर्नेतर्फ उनी अग्रसर छन् । परम्परागत कम्युनिष्ट पार्टीमा जस्तो ‘चेयरम्यानसिप’ को अभ्यास उनले गर्न थालेका छन्, जुन अभ्यास जनयुद्धकालमा प्रचण्डले गरेका थिए ।

    लोकप्रियताको पुनर्स्थापना

    राजनीतिकरुपमा शक्ति आर्जन गरेका ओलीले आफ्नो गुम्दै गएको जनविश्वास र लोकप्रियतालाई पनि केही हदसम्म पुनर्स्थापन गर्न सफल भएका छन् । उनका लागि अहिले सर्वाधिक सन्तोषको पाटो यही नै हो ।

    मूलधारका सबैजसो सञ्चारमाध्यमले लगातार खलनायकको रुपमा प्रस्तुत गर्दा पनि ओलीलाई ‘अलोकप्रिय’ बनाउन नसकेकै हुन् । अब नेपालमा कथित मुलधारका सञ्चारमाध्यमले जनमत निर्माण गर्न सक्दैनन् भन्ने निश्कर्ष यसबाट निकाल्न सकिन्छ । बरु पछिल्लो समय देशको युवापुस्तामा ओलीको क्रेज अनायास बढेको छ । कुनै राजनीतिक दलप्रति झुकाव नराख्ने युवाहरु उनको भाषण-अन्तरवार्ता चाख लिएर सुन्न थालेका छन् ।

    टिकटकदेखि यूट्यूवसम्मा आउने कमेन्टहरु हेर्ने हो भने ओलीको पक्षमा बलियो जनमत खडा भएको मान्नुपर्ने हुन्छ । अधिकांश नेताका भाषण अन्तरवार्तामा नकारात्मक प्रतिक्रिया दिने जमातले ओलीलाई प्रशंसा गर्न थालेको छ । ओलीको कतिपय हठ र बलमिच्याइँपूर्ण कार्यशैलीलाई पनि सकारात्मकरुपमा हेर्न थालिएको छ । साथै, विकास–निर्माणका कामहरुमा देखाइरहेको तदारुकता र सक्रियताले पनि उनको सकारात्मक छवि निर्माणमा मद्दत गरेको छ । यही माहोलले गर्दा मूलधारकै सञ्चारमाध्यम पनि पहिलेजस्तो ओलीविरुद्ध ‘हार्डलाइन’ मा जान सकिरहेका छैनन् ।

    आफूविरुद्ध जनसमर्थनको भेउ पाएर ओलीको मनोबल उच्च भएको छ । मनोबल मात्र होइन, उनको दम्भ पनि बढेको छ । झन् हौसिएर पार्टीका विरोधीहरुलाई घोचपेच र प्रहार गरिरहेका छन् । अभिव्यक्ति तथा व्यवहारमा नरमपनाको अभाव झन् टड्कारो देखिएको छ । यही शैलीले उनलाई देशको एउटा ‘टावरिङ फिगर’ बन्न दिइरहेको छैन ।

    रणनीति बदल्ने बेला

    यावत् अनुकुलताका बाबजुद ओलीका आगामी दिनहरु सहज भइसकेका छैनन् । उनको सामू सरकार जोगाउने सबैभन्दा ठूलो र तत्कालीक चुनौति छ । ओलीका अभिव्यक्तिहरुबाट उनी सरकारको आयू दुई वर्ष लम्ब्याउन इच्छुक छन् भन्ने स्पष्ट देखिन्छ । तर, यसका लागि स्पष्ट र सही रणनीति उनले अंगीकार गर्न सकेका छैनन् । फलतः सर्वोच्चको फैसलाले आफूलाई प्राप्त भएको लाइफलाइन सदुपयोग गर्न उनी चुकिरहेका छन् ।

    केही दिनअघि नेपाल प्रेससँगको अन्तरवार्तामा ओलीले भनेका थिए, ‘उहाँहरु वाम गठवन्धनको कुरा गरिरहनु भएको छ, यो वाम गठवन्धनकै सरकार त हो नि । यही सरकारलाई निरन्तरता दिए भइगो नि ।’

    निश्चय पनि ओलीलाई सत्ता लम्ब्याउने सजिलो र छोटा बाटो भनेको माओवादीसँगको यही वाम गठवन्धनलाई निरन्तरता दिनु हो । यही नै राजनीतिक स्थिरताको पक्षमा पनि हुन्छ । तर, ओलीले उल्टो माओवादीलाई समर्थन फिर्ता लिन उक्साउने खालको अभिव्यक्ति दिइरहेका छन् ।

    उनी भनिरहेका छन्, ‘खोइ माओवादीले मलाई दिएको समर्थन फिर्ता लिएको ? एक महिना भइसक्यो त । सक्ने भए लिइहाल्थे नि ।’

    अर्कोतर्फ ओलीमा सरकार ढलिहाल्ने त्राश पनि देखिन्छ । यो सरकार यदि ढल्यो भने आगामी चुनावमा फेरि दुई तिहाइ बहुमत ल्याएर प्रधानमन्त्री बन्ने धक्कु पनि लगाइरहेका छन् उनी । सरकार जोगाउनका लागि कुनै अवाञ्छित सम्झौता नगर्ने बताइरहेका छन् । तर, सँगसँगै जनता समाजवादी पार्टीलाई संविधान संसोधनदेखि रेशम चौधरीलाई रिहाइ गर्ने सम्वन्धमा सकारात्मक आश्वासन पनि दिइरहेका छन् । यस्तो विरोधाभाषबाट उनी चाँडै मुक्त हुन आवश्यक छ । किस्तीमा प्रधानमन्त्री पद बाँडेको भनेर माधव-प्रचण्डलाई उडाएका ओलीले अहिले आफैं मन्त्री पदको पसल थाप्नु अमिल्दो देखिएको छ ।

    खासमा एमाले ब्यूँतिएलगत्तै पार्टीभित्रका विरोधि समूहलाई विश्वासमा लिएर ओलीले माओवादीसँग संवाद थालिहाल्नुपर्थ्याे । माधव नेपाल र प्रचण्ड दुवै ‘पराजित’ मानसिकतामा रहेका बेला ओलीसँग सहजै सम्झौता गर्न सक्थे । संसद वैठकबाट निस्किँदा झलनाथ खनालले पत्रकारसँग स्पष्ट शब्दमा भनेका थिए, ‘अब हामी एमाले भयौं, र थप दुई वर्ष एमालेको सरकार जोगाउन लाग्छौं ।’

    ओलीले माधव-झलनाथ समूहलाई साथमा लिएर माओवादीसँग सहकार्यको हात बढाएको भए त्यो प्राकृतिक हुन्थ्यो । तर, उनले वैचारिक हिसाबले धेरै टाढा रहेको जनता समाजवादी पार्टीसँग सहकार्य गर्न चाहे । जसपालाई फुटाएर सरकारमा ल्याउने गलत योजनामा उनी लम्किएका छन् । त्यसका लागि पार्टी विभाजनसम्वन्धी अध्यादेश ल्याउन पनि उनी तयार देखिएका छन् । जुन अस्त्रले ओलीलाई विगतमा आलोचित बनायो फेरि त्यही अस्त्र झिके भने उनी आलोचनाको अर्को भूमरीमा फस्ने पक्का छ । कुनै अमूक पार्टी फुटाउनकै लागि देशको कानून नै बदल्ने कुरा नैतिक पनि हुँदैन ।

    मिलनबिन्दू के ?

    माधव-झलनाथ समूहलाई केवल ‘फेससेभिङ’ चाहिएको थियो, जुन ओलीले दिन चाहेका छैनन् । आफ्नो सत्ता दाउमा राखेर भए पनि उनीहरुलाई पाठ सिकाउने मुडमा देखिएका छन् ओली । आफूलाई साधारण सदस्यताबाट हटाएको भन्दै त्यसको गम्भिर प्रतिशोध लिने उनको चेस्टा प्रकट भएको छ । यो गलत प्रवृत्ति हो ।

    माधव-झलनाथहरु प्रचण्डलाई छोडेर लु्रुलुरु ओलीसँग आउनु नै उनीहरुका लागि ठूलो सजाय थियो । ‘पोइल गएकी’ श्रीमती पूर्वश्रीमान खोज्दै घर फर्केको भन्दा कम लाचारी होइन यो । तर, ओली भने थप सजाय दिन खोजिरहेका छन् । त्यसो त माधव नेपालसँग अब साथ हिँड्न नसक्ने निस्कर्षमा पुगिसकेको उनका अभिव्यक्ति तथा उनले चालेका कदमहरुबाट बुझ्न सकिन्छ ।

    ओलीले बुझ्नुपर्ने के हो भने अहिले जति दयनीय अवस्थामा भए पनि माधव नेपालसँग एमालेको एउटा हिस्सा छ । माधव नेपाललाई पन्छाउँदा त्यो हिस्सा ओलीले गुमाउने छन् । नेपालसँगै नेता र कार्यकर्ताको एउटा पङ्ति गुमाउनु भनेको एमाले कमजोर हुनु हो । ओली कमजोर पार्टीको अध्यक्ष हुनु हो । यसले उनलाई फाइदा गर्दैन । अहम्ता र प्रतिशोधको भावनाले ग्रस्त बनेका ओली पार्टीलाई एकजुट बनाउन चुकिरहेका छन् ।

    त्यसो त माधव नेपाल समूहका हर्कतहरु पनि ठीक छैनन् । एमालेमा फर्किने निर्णय सँगसँगै गुट भेला सुरु गरेर उनीहरुले ओलीलाई उत्तेजित तुल्याएकै हुन् । त्यसयता उनीहरुका गतिविधि फुटपरस्त नै छन् ।

    नेपाल प्रेसले ओलीलाई माधव नेपाललाई भित्तामा पुर्‍याउनै खोज्नुभएको हो ? भन्ने प्रश्न गर्दा उनले जवाफ दिएका छन्, ‘कहाँ मैले भित्तामा पुर्याउनु, उहाँहरु आफैं भित्तामा गएर उभिनुभएको हो ।’

    ओलीको यो जवाफमा केही हदसम्म सत्यता छ । एमालेमा भित्रिनु अगावै गुटगत गतिविधि गरेर उनीहरु भित्तामा उभिन पुगेका थिए । एउटै पार्टी भइसकेपछि पनि प्रधानमन्त्री ओलीप्रति उनीहरुको आक्रमकता विपक्षी पार्टीहरुको भन्दा बढी छ ।

    यसका बाबजुद पनि अहिले पार्टीमा एकता कायम गर्न पहलकदमी लिनुपर्ने ओलीले नै हो । देशलाई नै समेट्नुपर्ने भूमिकामा रहेका उनले आफ्नै पार्टीलाई समेट्न सकेनन् भने त्यो उनको असफलता ठहर्छ । त्यसैले उनले आफ्नो चित्त साँघुरो बनाउनु हुँदैन । एकताको पक्षधर पार्टीको ठूलो पंतिलाई निराश बनाउनु हुँदैन । अझै पनि समय घर्किसकेको छैन । दुवै पक्षले पार्टी एकताका निम्ति केही न केही लचकता देखाउनैपर्छ ।

    यो सरकारको पक्षमा यदि एमाले एकजुट भयो भने त्यसले अहिलेको गठवन्धन निरन्तरताका लागि वातावरण बन्न सक्छ । पाँच वर्षको म्यान्डेट पाएका सरकार बीच बाटोमा भत्किनु देश हितमा छैन । त्यसले अस्थिरताको नयाँ श्रृंखला आरम्भ हुन सक्छ । प्रदेशदेखि स्थानीयतहरु सम्म हल्लिन्छन् । कर्मचारीतन्त्रमा नयाँ उथलपुथल सुरु हुन्छ । र, आगामी दुई वर्ष यस्तै व्यवस्थापनमा बित्छ । त्यसैले सरकार जोगाउनका लागि पनि एमालेको एकता आवश्यक छ ।

    यही सरकारलाई निरन्तरता दिने शर्तमा ओलीले पार्टीको विपक्षी समूह र माओवादीसँग पहलकदमी अगाडि बढाउनुपर्छ । यसका लागि २८ गते वैठकबाट गरिएका निर्णयबाट ब्याक हुन पर्छ भने पनि उनले त्यसमा हिच्कचाउनु हुँदैन । त्यो वैठकले गरेका निर्णयकाे वैधानिकतामा प्रश्न उठाउने ठाउँ छन् नै । ओलीले २८ गतेका निर्णय निस्क्रिय बनाउने र नेपाल पक्षले यो बीचमा गरेका विभाजनजन्य क्रियाकलापका लागि आत्मालोचना गर्ने हो भने मिलनविन्दू भेटिन सक्छ । विपक्षी समूहको फेस सेभिङ गरिदिएर पार्टीमा एकता कायम गर्न सफल भए भने त्यसले ओलीको उचाई घट्दैन, बढ्छ ।

  • एमालेका ४१ समानुपातिक सांसदमध्ये १२ जना उभिए माधवको पक्षमा

    एमालेका ४१ समानुपातिक सांसदमध्ये १२ जना उभिए माधवको पक्षमा

    काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक सांसद तथा उम्मेदवारहरूको सूची हेरफेर गर्ने र आवश्यक पत्राचारको अधिकारसमेत अध्यक्ष केपी शर्मा ओलीलाई दिएपछि समानुपातिक सांसदहरूबीच खैलाबैला हुन थालेको छ ।

    नेकपा विभाजनमा प्रचण्ड-माधव पक्षमा लागेका र पुन.स्थापनापछि एमाले बनेका माधव नेपाल पक्षका सांसदहरू प्रतिनिधिसभामा ३८ जना थिए । यसबीचमा कृष्णभक्त पोखरेल, गोपाल बम र माया ज्ञवाली संस्थापन पक्षमा खुलेका छन् ।

    माधव नेपाल पक्षमा अहिले पनि प्रतिनिधिसभाका १२ जना समानुपातिक र २३ जना प्रत्यक्ष निर्वाचित सांसदहरू छन् । समानान्तर कमिटीहरू गठन गर्न भेला बोलाएको र पार्टी फुटाउन खोजेको भन्दै केन्द्रीय कमिटी बैठकले माधव नेपालसहित चारजना नेतासँग स्पष्टीकरण माग्ने निर्णय गरिसकेको छ ।

    स्पष्टीकरण मागिने चारैजना नेता माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे,भीम रावल र घनश्याम भुसाल प्रत्यक्ष निर्वाचित हुन् । रामकुमारी झाँक्रीलाई पनि स्पष्टीकरण सोध्ने प्रसंगमा अध्यक्ष ओलीले स्पष्टीकरणका लागि ‘वजन’ नपुगेको र समानुपातिकलाई पार्टीले हटाउन सक्ने जवाफ दिएको बताइन्छ ।

    यदि पार्टी विवाद बढ्दै गएर अलग हुने अवस्था वा संसदमा ह्वीप उल्लंघन हुने अवस्था आएमा ओलीले समानुपातिकतर्फका सांसदहरूलाई पार्टी निर्णय अनुसार हटाएर यसअघि निर्वाचन आयोगमा रहेको बन्दसूचीभित्रका अन्य उम्मेदवारलाई जिताउने अधिकार लिएका छन् ।

    एमालेबाट निर्वाचित ४१ जना समानुपातिक सांसदमध्ये क्लस्टर अनुसार पुरुषतर्फ जनजातिबाट विजय सुब्बा र खस आर्यबाट मुकुन्द न्यौपाने हुन् । सुब्बा संस्थापन पक्षका हुन् भने न्यौपाने माधव नेपाल पक्षमा छन् ।

    खसआर्यतर्फ बन्दसूचीमा मुकुन्द न्यौपानेपछि सोमनाथ प्यासीको नाम थियो । उनी प्रदेश प्रमुख भइसकेका छन् । तेस्रो नम्बरमा डा.पुष्प कडेलको नाम बन्दसूचीमा छ । उनी अहिले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुन् ।

    आदिवासी जनजाति महिलाबाट निर्वाचित १० जना समानुपातिक सांसदमध्ये माधव नेपालको पक्षमा रामकुमारी झाँक्री र बिनादेवी बुढोथोकी मगर छन् ।

    त्यस्तै खस आर्य महिलाबाट निर्वाचित ११ जनामध्ये माधव नेपालको पक्षमा कल्याणीकुमाारी खड्कामात्र छिन् । थारु क्लस्टरबाट जितेका तीनजनामध्ये दुई लक्ष्मीकुमारी चौधरी र गंगा चौधरी सतगौंवा माधव नेपाल पक्षमा छन् ।

    त्यस्तै दलित महिलाबाट जितेका समानुपातिकतर्फका ६ जनामध्ये माधव नेपाल पक्षमा निरादेवी जैरु र पार्वतीकुमारी विसुंखे उभिएका छन् ।

    मधेशी महिलाबाट निर्वाचित चार समानुपातिक सांसदमध्ये डा.पुष्पाकुमारी कर्ण र सरलाकुमारी यादव माधव नेपाल पक्षमा उभिएका छन् ।

    एमालेबाट निर्वाचित दुवै मुस्लिम महिला कलिला खान र समिना हुसेन माधव नेपाल पक्षमा छन् ।

    माधव नेपाल पक्षका समानुपातिक सांसद

    १. रामकुमारी झाँक्री, गुल्मी

    २. बिनादेवी बुढाथोकी मगर, कञ्चनपुर

    ३. मुकुन्द न्यौपाने, काठमाडौं

    ४. कल्याणीकुमारी खड्का, रौतहट

    ५. लक्ष्मीकुमारी चौधरी, कैलाली

    ६. गंगा चौधरी सत्गौवा, दाङ

    ७. निरादेवी जैरु, डडेलधुरा

    ८. पार्वतीकुमारी विसुङ्खे, दैलेख

    ९. पुष्पाकुमारी कर्ण यादव, पर्सा

    १०. सरलाकुमारी यादव, रौतहट

    ११. कालिला खान, तनहुँ

    १२. समिना हुसेन, रौतहट

    २०७४ सालमा एमालेका निर्वाचित ८० जना प्रत्यक्ष निर्वाचित सांसदमध्ये माधव नेपालको पक्षमा प्रतिनिधिसभा विघटनपछिसम्म पनि २७ जना थिए । यसबीचमा शेरवहादुर तामाङ, कृष्णभक्त पोखरेल, लालबाबु पण्डित र गोपाल बम संस्थापन पक्षमा लागेका छन् ।

    माधव नेपाल पक्षका सांसद

    प्रत्यक्ष निर्वाचित

    १. योगेश भट्टराई, ताप्लेजुङ

    १. झलनाथ खनाल, इलाम १

    ३. पवित्रा निरौला खरेल, झापा २

    ४. जयकुमार राई,सुनसरी १

    ५. भवानी खापुङ,तेह्रथुम

    ६. यज्ञराज सुनुवार, ओखलढुंगा

    ७. गणेश पहाडी, सिन्धुली १

    ८. माधवकुमार नेपाल,काठमाडौं २

    ९. जीवनराम श्रेष्ठ,काठमाडौं ८

    १०.नारायण खतिवडा, नुवाकोट १

    ११. विरोध खतिवडा,मकवानपुर २

    १२. सुरेन्द्र पाण्डे,चितवन १

    १३. घनश्याम भुसाल,रुपन्देही ३

    १४. गोकर्ण विष्ट,गुल्मी २

    १५. मेटमणी चौधरी,दाङ १

    १६. हिराचन्द्र केसी, दाङ ३

    १७. ध्रुव शाही,सुर्खेत १

    १८. राजवहादुर बुढा,दैलेख २

    १९. झपट रावल, कैलाली २

    २० . भीम रावल, अछाम १

    २१ . कृष्णलाल महर्जन, ललितपुर २

    २२ . सोमप्रसाद पाण्डे, पाल्पा २

    २३ . दिपकप्रकाश भट्ट,कञ्चनपुर ३

  • प्रधानमन्त्री ओलीद्वारा पाकिस्तानी समकक्षीलाई स्वास्थ्य लाभको कामना

    प्रधानमन्त्री ओलीद्वारा पाकिस्तानी समकक्षीलाई स्वास्थ्य लाभको कामना

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसबाट संक्रमित पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

    ट्वीटरमार्फत उनले खानप्रति शुभेच्छा व्यक्त गरेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रधानमन्त्री खानको स्वास्थ्य लाभको कामना गरेका छन् ।

    कोभिडविरुद्धको चिनियाँ सिनोफार्म खोप लगाएको दुई दिनमै खानलाई कोरोना पुष्टि भएको पाकिस्तानी संचारमाध्यमले जनाएका छन् ।

  • ओलीले भने: मुटुमाथि ढुंगा राखी विश्वासको मत दिनुहुनेछ

    ओलीले भने: मुटुमाथि ढुंगा राखी विश्वासको मत दिनुहुनेछ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परिआए संसदबाट विश्वासको मत सजिलै देखाउने दावी गरेका छन् । बालुवाटारमा जारी केन्द्रीय समिति वैठकमा बोल्दै उनले कथंकदाचित सरकार परिवर्तन भए चुनावबाट स्पष्ट बहुमत ल्याउने बताए ।

    प्रधानमन्त्री ओलीले वैठकमा भने, ‘राजीनामा दिनु पर्दैन ? भन्ने भन्नेहरुलाई म भन्छु- पर्दैन ! तपाईंहरु अविश्वासको प्रस्ताव ल्याउन सक्नु हुन्न ? बिस्वासको मत फिर्ता लिन सक्नुहुन्न ?’

    उनले मुटुमाथि ढुंगा राखी विश्वासको आफूलाई दिने दावी गरे ।

    ‘नत्र चुनाबमा जानु पर्नेछ । चुनावमा जाँदा जनताको चाहना बुझ्नुभएकै छ । तसर्थ हामी संमयमताका साथ सबै दलसँग गर्दैछौ । परिआए विश्वासको मत सजिलै देखाउछौं । तर सरकारको लागि मरिहत्ते गर्दैनौं । सरकार परिवर्तन भए चुनाबबाट स्पष्ट बहुमत ल्याउने छौं ,’ उनले भने ।

  • गुटगत गतिविधि गर्ने सांसदलाई स्पष्टीकरण सोध्ने एमाले संसदीय दलको निर्णय

    गुटगत गतिविधि गर्ने सांसदलाई स्पष्टीकरण सोध्ने एमाले संसदीय दलको निर्णय

    काठमाडौं । नेकपा एमालेको संसदीय बोर्डले गुटगत गतिविधि गर्ने सांसदहरूलाई स्पष्टिकरण सोध्ने भएको छ । संसदीय दलको शनिबार बसेको बैठकले माधव नेपाल लगायत गुटगत भेला र गतिविधि गर्ने सांसदहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको सांसद महेश बस्नेतले जानकारी दिए ।

    सो निर्णय भइरहदा माधव नेपाल पक्षका सांसदहरु सोमप्रसाद पाण्डे,जीवनराम श्रेष्ठ र यज्ञराज सुनुवार बैठकमा उपस्थित नहुनुको कारणसहितको पत्र बोकेर बालुवाटार पुगेका थिए ।

    उनीहरूको पत्र बुझ्दै ओलीले कुनै गुटगत र सामूहिक रूपमा आएका प्रस्ताव स्वीकार नगरिने बताए ।

    ओलीले भने- र सामूहिक रूपमा आएका प्रस्ताब स्वीकार गरिँदैन। व्यक्तिगत ढङ्गले आएर आफ्नो कुरा लिखित मौखिक रूपमा राख्नुस्, सबैलाई मौका दिन्छु । गुटहरूसँग अब कुनै सम्झौता र संवाद हुँदैन ।

  • प्रधानमन्त्री भन्छन्- सभामुख सरकार विरोधी सेटिङमा छन्

    प्रधानमन्त्री भन्छन्- सभामुख सरकार विरोधी सेटिङमा छन्

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा सरकार विरोधी सेटिङमा चलिरहेको आरोप लगाएका छन् । एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले संसदलाई सरकारविरुद्ध प्रयोग गर्न सभामुख सापकोटा सिपालु रहेको बताए ।

    सरकारले सदनलाई बिजनेश दिएन भन्ने कुरा गगलत रहेको भन्दै अध्यादेश तथा विधेयक प्रशस्तै रहे पनि सभामुखले सहयोग नगरेको ओलीले बताए ।

    प्रधानमन्त्रीले भने- हिजो सदन चलेको होइन, भाषण चलेको हो । सभामुख सरकार विरोधी सेटिङमा छन् । सभामुख र मुद्दा लडेर आउने साथीहरुको पनि दायित्व हो संविधान कार्यन्वयन गराउने । तर यो संसद चल्न सक्दैन भन्ने देखिइसकेको छ ।

  • एमालेको केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज, माधव नेपाल पक्ष नजाने

    एमालेको केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज, माधव नेपाल पक्ष नजाने

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज बस्दै छ । तर, एमालेको माधव नेपाल पक्षले शनिबारको केन्द्रीय कमिटी र संसदीय दलका दुवै बैठक बहिस्कार गर्ने तयारी गरेको छ । शुक्रबार बानेश्वरमा बसेको माधव नेपाल पक्षीय स्थायी कमिटीको बैठकले दुवै बैठकमा सहभागी नहुने निर्णय गरेको थियो ।

    विगतमा संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबार वा संसद् भवन बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने निर्णय गरिएको एक नेताले बताएका थिए ।

    बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरिए विचार सहभागिताको बारेमा विचार गर्न सकिने नेपाल पक्षको निष्कर्ष छ।

    त्यस्तै, आजै बस्ने केन्द्रीय कमिटी बैठकमा पनि भाग नलिने निर्णयमा नेपाल पक्ष यथावत छ । अध्यक्ष केपी शर्मा ओलीले शनिबारको बैठकमा सहभागी हुन सार्वजनिक रूपमा समेत आह्वान गरेका छन् ।

    तर, नेपाल पक्षले भनेको छ- केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरिएकाले उक्त कथित बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने भएकाले भोलिका लागि प्रचारित बैठकमा सहभागी नहुने ।

    संस्थापन पक्षले भने पार्टीका आधिकारिक बैठकमा भाग नलिने सांसदहरूमाथि कारवाही गरिने चेतावनी दिइसकेको छ ।

  • उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष सहित २३५ उद्योगपति एमालेमा प्रवेश (भिडियो)

    उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष सहित २३५ उद्योगपति एमालेमा प्रवेश (भिडियो)

    काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स मारवाडी संघ लगायतका २ सय ३५ भन्दा बढी उद्योगी ब्यवसायी नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले प्रवेश गर्नेमा उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधान समेत छन् ।

    उनी गत निर्वाचनमा महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालसँग पराजित भएका थिए । उनी कांग्रेसको समर्थनमा उम्मेदवार बनेका थिए । त्यस्तै गोल्छा अर्गनाइजेशनका सन्चालक तथा दिवाकर गोल्छाका छोरा हितेश गोल्छा पनि एमाले प्रवेश गरेका छन् । स्वर्गीय दिवाकर नेपाली कांग्रेसबाट संविधानसभा सदस्य थिए ।

    त्यस्तै उद्योगी ललित अग्रवाल,नेपाल टेलिभिजनका पूर्व अध्यक्ष सिताराम अग्रवाल,कृष्ण प्रसाई लगायत एमाले प्रवेश गरेका छन् । विशाल बजार सन्चालक समितिका अध्यक्ष नरेन्द्र गुप्ता,ओमप्रकाश बंशल,जुगल किशोर धनावत लगायत विशेषगरि मारवाडी समुदायका व्यवसायी एमाले प्रवेश गरेका हुन् ।

    उनीहरुलाई प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोति दुगडको अगुवाईमा एमाले प्रवेश गराइएको हो । एमाले प्रवेश गर्नेलाई अध्यक्ष केपी शर्मा ओली र महासचिव इश्वर पोखरेलले खादा र माला लगाएर स्वागत गरेका थिए ।

     

     

  • प्रधानमन्त्रीको प्रश्न: अहिले सडकमा मान्छे लडिरहेको र कागले घाउ ठुँगिरहेको देख्नुहुन्छ ?

    प्रधानमन्त्रीको प्रश्न: अहिले सडकमा मान्छे लडिरहेको र कागले घाउ ठुँगिरहेको देख्नुहुन्छ ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सडक बालबालिका र बेसहारा नागरिक कोही नरहेको दावी गरेका छन् । सरकारले सबैको व्यवस्थापन गरेको भन्दै उनले सडकमा मान्छे लडिरहेको दृष्य देखिन छोडेको बताए ।

    उद्योगी व्यापारीसँगको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘पहिले जसलाई खाते भनिन्थ्यो, त्यो अहिले छैन,’ ओलीले भने, ‘कसैले माइतीघरमा कसैलाई गाली गर्न त्यो शब्द प्रयोग गर्यो भने छुट्टै कुरा हो, नत्र सडकमा बालबालिकाहरु अहिले छैनन् ।’

    उनले थपे, ‘पहिले सडकमा मान्छेहरुको बेहाल देखिन्थ्यो । बेसहारा अवस्थामा मान्छेहरु लडिरहेका हुन्थे । शरीरभरि घाउ हुन्थ्यो । सम्पन्न र दयालु मान्छेले चाहेर पनि उनीहरुलाई घर लैजान सक्दैनथे । त्यसैले देखेर पनि नदेखेजस्तो गरेर हिँड्न्पथ्र्यो ? अहिले त्यस्तो कसैले देखेको छ ?

    सडकमा मान्छे लडेको र कागले घाउ ठुँगिरहेको कहिँ देख्नुहुन्छ ? कडा डिप्रेसन भएको मान्छे एक्लै बोल्दै हिँडिरहेको देख्नुहुन्छ ? अहँ त्यस्तो देख्नु्हुन्न । अहिलेको सरकारले त्यो हटाएको छ ।’

  • माधव पक्षलाई आत्मालोचनासहित फर्किन निर्देशन, नत्र स्पष्टीकरणसहित कारबाही थालिने

    माधव पक्षलाई आत्मालोचनासहित फर्किन निर्देशन, नत्र स्पष्टीकरणसहित कारबाही थालिने

    काठमाडौं । नेकपा एमालेले गुटगत भेला गर्ने नेताहरूलाई स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न सांसदहरूलाई आह्वान गरेको छ ।

    बैठकले आत्मालोचनासहित संसदीय दल र पार्टीको कार्यक्रम सहभागी हुन सांसदहरूलाई आह्वान गरेको हो । दलका नेता केपी शर्मा ओलीको अध्यक्षमा बसेको बैठकले अन्यथा विधान अनुसार स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको छ ।

    माधव नेपाल पक्षका केही सांसद बैठकमा सहभागी भएपनि अरु बाटोबाटै फर्किएका थिए । सो पक्षका सांसदहरुले अबदेखि बैठकमा भाग लिने बताएका छन् । दलको बैठकले आत्मालोचनासहित फर्किन आग्रह गरेको छ ।

  • चियापानमा सहभागी नेताहरुले भने- पार्टी जोगाउन अध्यक्ष ओलीको पहलकदमी ठीक छ

    चियापानमा सहभागी नेताहरुले भने- पार्टी जोगाउन अध्यक्ष ओलीको पहलकदमी ठीक छ

    काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित चियापान समारोहमा सहभागी नेकपा (एमाले)का केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको पहल गरेको भन्दै बचाउ गरेका छन्।

    चियापानमा सहभागि शेरबहादुर तामाङले एमाले भित्रको विवाद मिलाउन प्रधानमन्त्री ओलीले पहलकदमी लिएकोको बताए। । चियापान कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता तामाङले अदालतको फैसला अघि निषेधको तहसम्म पुगका नेता कार्यकर्तालाई मिलाउन समय लाग्ने भएपनि प्रधानमन्त्री ओलीले विवाद कम गर्न पहल गरेको बताए।

    अर्का केन्द्रीय कमिटी सदस्य पासाङ शेर्पाले विभिन्न खालका झगडियाहरुको भेलामा बस्नुभन्दा सबल नेतृत्वको पछाडि लाग्दा जनताको विकास र समृद्धिको अपेक्षा पुरा गर्न सकिने निष्कर्षका साथ आफूले केपी ओली नेतृत्वको एमाले रोजेको बताए। त्यस्तै केन्द्रीय कमिटी सदस्य देवी ज्ञवालीले पार्टी भित्रको मतमतान्तर सिद्धान्त भित्रै रहेर राख्नुपर्ने बताए।

    शेरबहादुर तामाङ
    अदालतको फैसला अगाडि हामी एकदम निषेधकै तहमा उभिएका थियौँ । तर अदालतको फैसला पछाडि पूर्ववत् अवस्थामा एमाले र माओवादी केन्द्र भइसकेपछाडि त्यो फैसला अगाडिका हाम्रा गतिविधिलाई आकार लिनलाई टाइम लाग्छ । त्यही टाइम लाग्ने भाको हुनाले पार्टी अध्यक्षको तर्फबाट उहाँले पहलकदमी शुरु गर्नुभा’छ । यो खालको विवाद नहोस्, सबै टुंगियोस् भनेर पहलकदमी जुन गर्नुभा’छ यो पहलकदमीले पार्टीलाई फेरिपनि एक ठाउँमा लिएर आउँछ ।

    पासाङ शेर्पा
    नेपाली जनताले अपेक्षा गरेको राजनीतिक स्थिरता, विकास र समृद्धिको लागि राजनीतिक स्थिरता हो । र मैले आफ्नो लामो विश्लेषणपछि राजनीतिक स्थिरतालाई कायम गर्न सक्ने नेतृत्वको साथमा बस्न पाए हुन्थ्यो भन्ने सोचेरै एमालेमा रहने निर्णय गरेँ । खासगरी पहिले पनि नेकपा(एमाले) सम्बद्ध रहेको नेपाल कम्युनिष्ट पार्टीमा रहियो । त्यसपछि पार्टी सर्वोच्च अदालतले पूर्ववत् अवस्थामा फर्कायो । तर यहाँ काम गरिरहँदाको मेरो अनुभुति वर्तमान केपी ओलीको सरकार र नेतृत्वले मुलुकमा शान्ति, स्थायित्व, विकास, समृद्धिको मुद्धा बोकेको हुँदाखेरी र नेपाली जनताको पनि सर्वाधिक अपेक्षा केपी ओलीबाटै गरेको हुनाले केपी ओलीकै नेतृत्वमा रहेको नेकपा(एमाले)मा जोडिन पुगें । विभिन्न खालको झगडियाहरुको भेला भएको भेलाभित्र बस्नुभन्दा एउटा सवल नेतृत्वको पछाडि लागेर जाँदाखेरी नै नेपाली जनताको विकास र समृद्धिको अपेक्षालाई पुरा गर्न सकिन्छ भन्ने निष्कर्ष निकालेर म यहाँ पुगेको छु ।

    देवी ज्ञवाली
    हामी हाललाई हाम्रो एमाले संगठनलाई व्यवस्थित, पुर्नगठित र नयाँ गतिका साथ सामूहिक दायित्वहरुलाई, राष्ट्रिय दायित्वलाई निर्वाह गर्नेगरी एमाले अगाडी बढ्नुपर्छ भन्ने हामीले सोचिरहेका छौँ । विगतमा केही खालका एउटा गतिशिल पार्टीमा मत मतान्तर हेर्ने दृष्टिकोणहरुका विविधता पनि हुन्छन् तर ति विविधता भनेका आधारभुत मुल मर्म सँग अन्र्तनिहित हुन्छन् । आधारभुत लाइन, आधारभुत सिद्धान्तभित्र रहेर नै मत मतान्तरहरु रहनुपर्छ। त्यो मत मतान्तरका सन्दर्भमा केही साथीहरु अहिले बाहिर रहनुभयो ।

    समिना हुसेन
    म एमाले बाट निर्वाचित सांसद प्रधानमन्त्रीले बोलाएको चियापानमा जाँदा केही गुटगत मानसिकता बोकेका ले माधवको सांसद वलीको चियापानमा भनेर नाम प्रचार प्रसार गरेकोमा घोर आपत्ति छ मैले बाल्यकालमा देखेको एमाले खोई कहाँ छ? म जहाँ थिएँ त्यही छु र रहिरहन्छु। कोही भ्रममा नपरे हुन्छ ।

  • ओलीको सन्देश- समानान्तर गतिविधि गरिए माधव नेपालमाथि कारबाही (भिडियो रिपोर्ट)

    ओलीको सन्देश- समानान्तर गतिविधि गरिए माधव नेपालमाथि कारबाही (भिडियो रिपोर्ट)

    काठमाडौं । प्रतिनिधिसभा विघटनका एक दिनअघि प्रधानमन्त्री तथा तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली अचानक प्रचण्ड निवास खुमलटार पुगेका थिए । उनले अन्तिमपटक प्रचण्डलाई आफूमाथिको अभियोगपत्र फिर्ता लिए पार्टी एकता जोगिने बताए ।

    वामदेव गौतम साक्षी रहेको सो भेटमा ओलीले प्रचण्डले आफ्नो आग्रह नमाने अर्को स्टेप चाल्न बाध्य हुने संकेत पनि दिएका थिए । ओलीले आफूले प्रधानमन्त्री छाड्ने र वामदेवलाई बनाउने सार्वजनिक प्रतिबद्धता जनाउने भन्दापनि प्रचण्डले अहिल्यै राजीनामा चाहिन्छ र बहुमतले कारबाही गर्छ भनेपछि ओली खुमलटारबाट बाहिरिएका थिए ।

    त्यसको भोलिपल्ट पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरे । प्रचण्ड हस्याङ्-फस्याङ् गर्दै बालुवाटार पुगेर यो रोक्नुस्, सहमति गरौं भन्दै थिए । तर, ओलीले आफूविरुद्ध अविश्वास प्रस्ताव तयार भइसकेको थाहा पाएकाले प्रचण्डले भनेको मानेनन् र नेकपा पनि फुट्यो ।

    ओलीले पार्टी जोगाउन र प्रतिनिधिसभा विघटन नगर्न आफूले अन्तिमपटक प्रयास गरेको र खुमलटारमै पुगेर आग्रह गर्दा प्रचण्डले नमानेपछि अरु विकल्प नभएको कुरा बताउँदै आएका छन् । अब नेकपा नै नरहेपछि त्यो प्रसंग टुंगिएको छ ।

    लगभग त्यस्तै प्रकृतिको दृष्य सोमवार धुम्बाराहीमा देखियो । बिहान अचानक एमालेका दुवै पक्षबीच धुम्बाराहीमा वार्ता हुने खबर आयो । ओली आफैं बालुवाटारबाट निस्केर पार्टी कार्यालय पुगे । माधव नेपाललाई आफूसँगै ससम्मान राखेर वार्ता पनि गरे तर असहमतिको वार्ता ।

    दुई घण्टा १० मिनेटको वार्तापछि दुवै पक्षका अभिव्यक्तिहरू सुन्दा कतै एमाले मिलाउन ओलीले सोमवार अन्तिम प्रयास गरेका त होइनन् ? यो प्रश्नसमेत उठेको छ । ओलीले मंगलबार बालुवाटारमा आयोजित चियापान कार्यक्रममा दिएका अभिव्यक्तिले माधव नेपाल पक्षले राष्ट्रिय भेलामार्फत समानान्तर गतिविधि चलाएमा हिजो ओलीमाथि चलाइएको बहुमतको डण्डा आज तीनै नेताहरूमाथि फर्किने संकेत देखिएको छ ।

    ओलीले प्रष्टरूपमा भनेका छन्- ‘जंगलको राज चलाउने अनि विधि पद्धतिका कुरा गर्ने ? लोकतान्त्रिक मुल्य मान्यता, पद्धति, विधि, नियम, कानुन, देशको संविधान केहीको पनि कुनै मतलब छैन । अंहकार स्वेच्छाचारिता । अब पार्टी २०७५ जेठ ३ भन्दा अगाडिको स्थितिमा फर्कियो भनेपछि पनि केही मानिसहरू छुट्टै भेला, छुट्टै बैठक गरिरहेका छन् । निहुँ खोजिरहेका छन् । ७ गते फेरि केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । उहाँहरू भोलि राष्ट्रिय भेला बोलाउने राष्ट्रिय भेलाबाट प्रतिवेदन पास गर्ने अरे । राष्ट्रिय भेलाबाट के-के समानान्तर कमिटी बनाउने अरे । समानान्तर होइन अर्को कमिटी बन्ला । कसैले पनि अर्को कमिटी बनाउँछ कि पार्टी बनाउँछ कि त्यो त के गर्न सकिन्छ ? तर, यो एउटै पार्टीमा बसेर यस पार्टीमा अब उप्रान्त अराजकता , अनुसासनहिनता, उछृंखलता जस्ता कुराहरू , विधि विधानविपरीतका कामकारबाहीहरू, पार्टीको एकताविरोधी क्रियाकलापहरूमा छुट हुनेछैन । ती कुराहरू मान्य हुन सक्तैन । त्यस्ता कुराहरूलाई हामी सहेर बसिरहन सक्दैन । पार्टीलाई पार्टीको रूपमा चल्न नदिने । भाँडभैलो मच्चाउने । जहिले पनि भाँडभैलो मच्चाउने कुरा चाँही हुन सक्तैन ।’

    ओलीले चियापान बहिष्कार गर्नेहरूप्रति कटाक्ष गरे । उनले भोलिको राष्ट्रिय भेलामा को-को जान्छन् नजर लाइनेछ भनेर कारबाहीको चेतावनी दिएका छन् ।

    ओलीले भनेका छन्, ‘एकथरि अनुहारका साथीहरू चियापानमा देखिनुभएन । हिजो बेलुका मैले सुनेँ बैठक बसेर निर्णय गर्नुभयो अरे । पार्टीको चियापानमा नजाने । कसका चियापानमा पाए जानुहुन्छ ? पार्टी अध्यक्षको प्रधानमन्त्रीको निमन्त्रणामा नजाने कसको निम्ता पाए जानुहुन्छ ? हुन त सबैलाई थाहा छ तर नभनौ । थाहा त छ नि सबैलाई कसको निम्ता पाए जानुहुन्छ भनेर ? एकथरि अनुहारहरू देखिएन आज । राम्रो लक्षण होइन । कुनै कारणवस आउन भ्याउनुभएन होला भन्ने म ठान्छु । उहाँहरूले त्यस्तो निर्णय गर्नुभयो भन्ने होइन होला भन्ने म ठान्छु । अझै केही समय बाँकी छ । भोलीको भेला गर्नुहुन्छ कि गर्नुहुन्न उहाँहरू र कति तमासा गर्नुहुन्छ । एक नजर चाँही त्यता राखेको छु । पार्टीलाई धम्क्याएर, घुर्काएर ठेगान लगाउँछु भन्ने सोच्या छ भने त्यस्तो होइन । पार्टी विधि विधान र तरिका अनुसार चल्छ । नचाहिने कुराको अगाडि लत्रिने कुरा छैन । सत्यसंग नलड्ने निहुँ खोजुवाहरूसंग नझुक्ने । हाम्रो नीति त्यही हो ।’

    प्रधानमन्त्री ओली सभामुखप्रति पनि असन्तुष्ट देखिएको छ । आफूले जुन कारणले प्रतिनिधिसभा विघटन गरेको हो, त्यसको औचित्य पुष्टि हुने चरण शुरू भएको ओलीले बताए । मुद्दा लडेर प्राप्त गरेको प्रतिनिधिसभा बैठक झगडियाहरूले नै सञ्चालन गर्न नदिएबाट आफूले प्रतिनिधिसभा विघटन गर्नुको औचित्य पुष्टी हुँदै गएको ओलीले बताए ।

    ओलीले भने, ‘अधिवेशन प्रारम्भ भएको पहिलो दिनको बैठकमा नै अध्यादेश प्रस्तुत गर्नुपर्छ । संविधान अनुसार । त्यो सरकारलाई प्रस्तुत गर्न दिइएन । अथवा संविधान कार्यान्वयन गर्न दिइएन । संविधान कार्यान्वयन गर्न व्यवधान खडा गरियो । कार्यसूची बदलेर सभामुखजीले मन्त्रीजी एकछिन पख्नुहोस् भनेर रोकेर पछि एकछिन स्थगित भनेर , फेरि एकछिन पछि अर्को दिनलाई सर्‍यो भनेर संविधानले संविधानले पहिलो दिन नै पेश गर्नुपर्ने संबैधानिक दायित्व पनि सरकारले पुरा गर्न पाएन । त्यो जिम्मेवारीबाट सरकारलाई व्यवहान खडा गरेर बञ्चित गरियो । संविधानको कार्यान्वनयप्रति सभामुखको जुन प्रतिवद्धता हुन पथ्र्यो । संविधान कार्यान्वयन प्रति उहाँको जुन कर्तव्य थियो त्यसभन्दा पर भिन्न प्रकारका सहमति, भिन्न प्रकारका सेटिङ्गबाट संविधानको कार्यान्वन हुन नदिनु, अझ एसिड आक्रमणका विरुद्ध, त्यो पर्खिरहन नहुने, कडा कानून ल्याउनुपर्ने पीडीतहरूको माग , सम्पूर्ण महिला समुदायको माग अनुसार कडा कानून ल्याउनुपर्ने माग र संसदबाट कानून ल्याएर प्रक्रियाबाट जाँदाखेरी ‘तुरुन्तै गर्नुपर्ने कुरालाई ध्यानमा राखेर अध्यादेश ल्याइएको थियो । त्यो पेश गर्न दिइएन भनेपछि संसदलाई कति कामकाजी कति प्रभावकारी बनाउन खोजिएको रहेछ भन्ने त्यसबाट स्पष्ट हुन्छ । संसदलाई निष्प्रभावी बनाउने चेष्टा भईरहेको छ ।

    ओलीले माधव नेपाल पक्षप्रति नरम हुन नसकिने संकेत बुधबारबाट गरेका छन् । ठाउँ पाउँदा आफूलाई सिध्याउन कुनै कसर बाँकी नराखेको र अध्यक्ष तथा महासचिवलाई बाटोबाटै निष्कासन गरिएको प्रसंगसमेत उनले उठाएका छन् ।

    ओलीले भने, ‘एकढंगले पार्टी फुटाईएको थियो । अध्यक्ष निष्कासन गरिएको थियो । महासचिव निष्कासन गरिएको थियो । संसदीय दलको नेताबाट हटाइएको थियो । कहाँबाट हटाएको हो ? बाटाबाट हटाएको । उहाँहरू पद्धति, विधि अनुसार चल्ने मान्छे भएको हुनाले बाटैमा विधि पुर्‍याइदिनुहुन्छ । बाटैमा पद्धति पुर्‍याइदिनुहुन्छ । बाटैमा विधान पुराईदिनुहुन्छ । बाटैबाटैबाट अध्यक्ष हटाइदिनुभयो । बाटबाटैबाट दलको नेता हटाइदिनुभयो । बाटैबाटैबाट दलको उपनेता हटाइदिनुभयो । बाटैबाटैबाट अनेक आदेश फरमानहरू ……म त कति विचरा भएको हुँला हेर्नुहोस् त ? म त साधारण सदस्यताबाट पनि निष्कासित । तपाईंहरू त कमसेकम पार्टी सदस्य त हुनुहुन्छ होला । म त साधारण सदस्यताबाट पनि निष्कासित । बाटैबाटैको विधि पद्धति अनुसार । ”

    आज नेकपा एमालेको केन्द्रीय कमिटीमा ओलीको बहुमत छ । संसदीय दलमा दुई तिहाई बहुमत छ । हिजो नेकपामा ओली सबै कमिटीमा अल्पमतमा थिए । माधव नेपाल पक्षले राखेका कुनैपनि शर्त ओलीले नमान्ने संकेत गरिसकेका छन् । यसले गर्दा ओली र माधव नेपाल पक्ष तीन महिनाको बीचमा दोस्रोपटक फुट्ने संकेत देखिन थालेको छ ।

  • ओलीको चियापानमा जाने माधव नेपाल पक्षका चार सांसद को-को हुन् ?

    ओलीको चियापानमा जाने माधव नेपाल पक्षका चार सांसद को-को हुन् ?

    काठमाडौं । बालुवाटारमा आयोजना गरिएको चियापान कार्यक्रम बहिष्कार गरेपनि माधव नेपाल पक्षका केही नेता उपस्थित भएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार केन्द्रीय सदस्य र सांसदहरूका लागि चियापान आयोजना गरेका थिए ।

    माधव पक्षमा खुलेका सांसदहरू गोपाल बम, नजमा खातुन, माया ज्ञवाली, समिना हुसेन, गंगा चौधरी ‘सत्गौवा’ र केन्द्रीय सदस्य केशवलाल श्रेष्ठ बालुवाटार गएका हुन् ।

    यसअघि प्रधानमन्त्रीविरुद्ध प्रचण्ड-माधव पक्षले दर्ता गरेको अविश्वास प्रस्तावमा बम, हुसेन र ज्ञवालीले हस्ताक्षर गरेका थिए ।

  • ओलीको चेतावनी- एमालेमा भाँडभैलो चल्दैन, अन्यथा कानून र विधान अनुसार हुनेछ

    ओलीको चेतावनी- एमालेमा भाँडभैलो चल्दैन, अन्यथा कानून र विधान अनुसार हुनेछ

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षको राष्ट्रिय कार्याकर्ता भेला पार्टीविरोधी रहेको भन्दै त्यस्ता गतिविधिमा संलग्न हुनेलाई संविधान,कानून र पार्टीको विधान बमोजिम कारबाही गर्ने चेतावनी दिएका छन् ।

    केन्द्रीय सदस्य तथा सांसदहरूलाई बालुवाटारमा सम्बोधन गर्दै अध्यक्ष ओलीले बुधवारबाट हुने भनिएको माधव नेपाल पक्षको भेलामा सहभागी नहुन एमाले नेता कार्यकर्तालाई सचेत समेत गराए । ओलीले अब एमालेमा जंगली राज र भाँडभैलो स्वीकार्य नहुने बताए ।

    ओलीले भने, ‘अनुशासनहीन भएमा देशको कानून, संविधान, पार्टीको विधान, संसदको नियमावली, राजनीतिक दल सम्बन्धी ऐन छ । यी सबै कुरातिर म ध्यानाकर्षण गर्न चाहान्छु । भोलिको गुटगत भेलामा सरिक नहुन, नजान र सहभागी नबन्न म सबै नेता कार्यकर्तालाई सचेत गराउँछु ।’

    एमालेमा कसैमाथि अन्याय नहुने र विधि पद्धतिका नाममा बाटोबाटै अध्यक्ष र संसदीय दलको नेता हटायौं भन्ने छुट पनि नहुने ओलीले बताए । हिजो एकदमै अपराध गर्नले आज पनि तमासा देखाउन खोजेको भन्दै ओलीले त्यतातिर पनि एक नजर रहने उनले चेतावनी दिए ।

    ओलीले भने, उनीहरुले त अध्यक्ष र महासचिवलाई निष्कासन गरे । दलको नेतालाई बाटोबाटै हटायौं भने । उनीहरु यस्ताखाले विधि पद्धति रुचाउँछन् । तर, एमालेमा अब त्यो छुट कसैलाई छैन । अब उप्रान्त अराजकता, उच्छृखंलता, एकताविरोधी क्रियाकलापमा छुट हुने छैन, यी कुरा मान्य हुने छैनन् ।

              

     

  • ‘तपाईंहरूले बच्चालाई ढुंगामा बजारेजस्तै गर्नुभयो, अदालतले मेरो राजनीतिक जीवन जोगायो’

    ‘तपाईंहरूले बच्चालाई ढुंगामा बजारेजस्तै गर्नुभयो, अदालतले मेरो राजनीतिक जीवन जोगायो’

    काठमाडौं । आइतवार साँझ माधव नेपालसहित एमालेका ११ जना स्थायी कमिटी सदस्यहरूको संयुक्त वक्तव्य आएपछि अब केपी ओली र माधव नेपाल पक्ष तीन महिनाको बीचमा दोस्रोपटक विभाजित हुँदैछन् भन्ने धेरैको आँकलन थियो ।

    जसरी असोज तेस्रो साता माधव नेपालहरूसहितको सहभागितामा प्रचण्डले ओलीविरुद्ध प्रस्तुत गरेको लिखित ‘अभियोगपत्र’ ले अन्ततः नेकपा फुटेको थियो, लगभग त्यही अवस्थातिर पुनःस्थापित एमाले पुग्न लागेको बेला अचानक दुवै पक्ष एकै ठाउँमा बस्ने वातावरण ओलीले नै तयार पारे ।

    शुरूमा दुवै पक्षबाट चार-चारजना नेता बसेर छलफल गर्ने भनिएपनि धुम्बाराही पुग्दा त्यो संख्या बढेको थियो । झलनाथ खनालको अनुपस्थितिलाई अर्थपूर्णरूपमा लिइए पनि झलनाथसँग नजिक मानिने नेताहरूको समेत सहभागिताले एमाले फुट्न नदिने पहलको शुरूआतका रूपमा लिन सकिन्छ ।

    वार्तामा सहभागी दुवै पक्षका नेताहरूले अनौपचारिक कुराकानीका क्रममा एउटै कुरा भने- हामी भौतिक रूपमा पुस ७ गते केपी ओलीलाई नेकपाका अध्यक्षबाट हटाएको घोषणा गरेकै दिनदेखि फुटिसकेका हौं । अदालतको फैसलाले कानुनी रुपमा एमाले बनाए पनि राजनीतिकरूपमा अहिलेपनि फुटकै अवस्थामा छौं भन्ने आजको वार्तामा पनि प्रकट भयो ।

    एक नेताका अनुसार माधव नेपाल पक्षका अन्य नेताहरू विभाजनको बाटोमा जानु हुँदैन, केही न केही उपाय निकालेर एमाले एकढीक्का राख्नुपर्छ भन्नेमा सकारात्मक देखिए । बरु नेपाल आफैं चाहिँ धुम्बाराहीको वार्तामा आक्रामक रूपमै प्रस्तुत भएको वार्तामा सहभागी नेताले बताए ।

    ती नेताले नेपाल प्रेससँग भने, ‘अरु साथीहरू मिल्ने ठाउँ खोजौं भन्नेमा सकारात्मक रूपमै आउनुभयो । तर माधव कमरेड चाहिँ एकदमै ‘इरिटेटिङ’ ढंगले प्रस्तुत हुनुभयो । उहाँमा कति पनि रियलाइजेशन देखिएन । बरु हार्डलाइनर भनिएका साथीहरूले सकारात्मक उपाय खोजौं भनेर चिन्तित रूपमा कुरा राख्नुभयो ।’

    वार्तामा महासचिव ईश्वर पोखरेल माधव नेपाल पक्षलाई ‘ह्युमिलियट’ गर्ने ढंगले प्रस्तुत भएको अर्को पक्षको नेताले बताए । पोखरेलले आफ्नो अध्यक्ष र प्रधानमन्त्रीविरुद्ध फौजदारी अभियोग लगाइएकोमा माफी माग्नुपर्ने भन्दै अब एमालेमा बहुकेन्द्र बनाउने र फेरि नेकपाकै बेलाको ‘ल्याङल्याङ’ स्वीकार्य नहुने बताएका थिए ।

    २ घण्टा १० मिटेको छलफलमा ओली र नेपालबीच पटक-पटक सवाल-जवाफ र घोचपेच चलेको थियो । ओलीले बोलिरहँदा नेपालले पटक-पटक आपत्ति जनाएका थिए ।

    प्रधानमन्त्रीको मार्मिक मन्तव्य

    वार्तामा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले केही समय लिएर लामै कुरा राखेका थिए । वार्तामा सहभागी नेताका अनुसार ओलीले मार्मिकरूपमा आफूमाथि प्रचण्डसँग मिलेर माधव नेपाल पक्षले सकेजति सबै ज्यादती गरेको भन्दै तर अब बिगत सम्झेर बदला लिने सोच आफूमा नरहेको बताएका थिए ।

    ओलीको भनाइ उदृत गर्दै ती नेताले भने, ‘तपाईंहरूले त सक्ने भए मलाई के बाँकी राख्नुहुन्थ्यो । एउटा बच्चालाई लगेर ढुंगामा बजारेको जसरी तपाईंहरूले केही बाँकी राख्नुभएन । अदालतको फैसलापछि एउटा स्थितिले मेरो राजनीतिक जीवन जोगिएको हो नत्र सिध्याउनै लाग्नुभएको थियो । मैले तपाईंहरूबाट अपेक्षा गर्ने भनेको त्यो गल्तीको रियलाइजेशन हो । सबै कुरा कोट्याएर जान चाहान्न ।’

    ओलीले अदालतको फैसलाबाट एमाले पुनःस्थापित नभएको भए आफ्नो राजनीतिक जीवन नै धरापमा परेको सुनाएका थिए । आफ्नै अध्यक्षलाई चार-चारपटक निष्कासनको घोषणा गरेको, फौजदारी अभियोग लगाइएकाजस्ता प्रसंग उठाउँदै ओलीले सक्नेजति गरेर पनि नसकेपछि अदालतको फैसलाबाट नयाँ ठाउँमा पुगिएको बताए ।

    वार्तामा सहभागी एमाले संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले प्रधानमन्त्रीले हिजो आफूमाथि गरिएका भद्दा कारबाहीहरूको प्रसंग उठाएपनि ती कुरा बिर्सेर पार्टीलाई एकताबद्धरूपमा अघि बढाउन तयार रहेको बताए । नेपाल प्रेससँग कुरा गर्दै नेम्वाङले हिजो अर्को पक्षसँग मिलेर गरिएका त्यस्ता कुराप्रति आत्मालोचित हुनु राम्रो हुने बताए ।

    नेम्वाङले भने, ‘साथीभाइहरूले सक्नेजति त गरेकै हुन् । हिजो गल्ती भयो भनेर आउनु धेरै राम्रो हुन्छ । तरपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्षले हिजोका कुरा बिर्सेर अघि बढौं भन्नुभएको छ । सर्वोच्च अदालतले एमाले पार्टी फिर्ता आएको छ, यसलाई एकताबद्ध बनाउँ भन्नुभयो । तर, उहाँहरू सहमत भइसक्नुभएको छैन ।’

    वार्तामा सहभागी एमाले उपाध्यक्ष भीम रावलले भने तीन महिनापछि एकै ठाउँमा बसेर वार्ता गर्ने बाहेक ठोस कुनै प्रगति नभएको प्रतिक्रिया दिए । नेपाल प्रेससँग कुरा गर्दै रावलले अध्यक्ष ओली फागुन २८ को निर्णयबाट पछि नहट्ने देखिएकाले आफूहरू राष्ट्रिय भेलासहितका गतिविधिमै रहने बताए ।

    एमाले प्रवक्ता प्रदीप ज्ञवालीले वार्ता हुनु आफैंमा सकारात्मक रहेको र यसले पार्टीलाई एकताबद्ध राख्नुपर्छ भन्ने पंक्तिलाई बल पुगेको बताए । तर, फागुन २८ गतेको विशेष केन्द्रीय कमिटीको निर्णय भने कार्यन्वयनमा गइसकेको ज्ञवालीको भनाइ छ ।

    फागुन २८ को निर्णयबाट आफू पछि नहट्ने ओलीले प्रष्ट पारेपछि नेपाल पक्ष अब एकताको सम्भावना नरहेको निष्कर्षमा पुगेको छ । यद्यपि छलफल जारी राखिने रावलले बताए ।

  • संसद विघटनपछि पहिलोपटक माधव समूह धुम्बाराही कार्यालयमा (तस्बिरहरू)

    संसद विघटनपछि पहिलोपटक माधव समूह धुम्बाराही कार्यालयमा (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमालेको माधव समूह धुम्बाराहीस्थित एमाले पार्टी कार्यालयमा प्रवेश गरेको छ । तीन महिनायता पहिलोपटक माधव नेपाल लगायतका नेताहरुले धुम्बाराही कार्यालयमा पाइला टेकेका हुन् ।

    धुम्बाराहीमा नेताहरू आउने क्रम शुरू भएको छ ।अध्यक्ष ओली, माधव नेपाल, विष्णु पौडेल सुवास नेम्वाङ, भीम रावललगायतका नेता आइपुगेका छन् । पार्टी कार्यालय वरपर सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

    प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ५ पुसमा संसद विघटन गरेकी थिइन् । त्यसले तत्कालीन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा अनौपचारिक विभाजन ल्यायो र दुई समूह अलगअलग भए ।

    विभाजनसँगै आ-आफ्नो लिगेसीअनुसार नेकपाको धुम्बाराही कार्यालय ओली पक्षले र पेरिसडाँडा कार्यालय प्रचण्ड-माधव पक्षले प्रयोग गर्दै आएको थियो । त्यसयता ओली समूहका नेता पेरिसडाँडा पुगेका छैनन् भने माधव नेपाल समूह धुम्बराही धाएको थिएन ।

    सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी ब्यूँताइदिएपछि फेरि ओली-नेपाल-खनाल एउटै पार्टीमा आइपुगेका छन् । एमाले अध्यक्ष ओली हुन् भने नेपाल-खनाल वरिष्ठ नेता छन् । फेरि फुटतर्फ अग्रसर भएको एमालेलाई आजको बैठकले एकतातर्फ मोड्ने अपेक्षा नेता-कार्यकर्ताले लिएका छन् ।

  • नेपाल पक्षका ११ स्थायी कमिटी सदस्यको वक्तव्य- बालुवाटार भेला अवैध भन्दै सबै निर्णय रद्द गर्न माग

    नेपाल पक्षका ११ स्थायी कमिटी सदस्यको वक्तव्य- बालुवाटार भेला अवैध भन्दै सबै निर्णय रद्द गर्न माग

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका ११ स्थायी कमिटी सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संयुक्त वक्तव्य जारी गरेका छन् ।

    केन्द्रीय कमिटीको विशेष वैठक भनी बालुवाटारमा गरिएको भेला अवैध रहेको विज्ञप्तिमा उल्लेख छ ।

    ‘नेकपा एमालेलाई एकतावद्ध र सुसंगतरुपमा अगाडि बढाउनका लागि केपी ओलीबाट गत फागुन २८ गते गुटको भेलाबाट भए–-गरिएका पार्टी विधानविपरीतका सबै काम-कारबाही रद्द गरी विधान, पद्धति र विधि अनुरुप स्थायी कमिटी र केन्द्रीय कमिटीका वैठक हुनुपर्ने स्वयं स्पष्ट छ,’ विज्ञप्तिमा भनिएको छ ।

    वक्तव्यमा प्रधानमन्त्री ओलीमाथि दक्षिणपन्थी र विर्सजनवादीको आरोप लगाइएको छ ।

  • प्रधानमन्त्रीले भने- माओवादीको समर्थन ममाथि कायम छ, विश्वासको मत किन लिने ?

    प्रधानमन्त्रीले भने- माओवादीको समर्थन ममाथि कायम छ, विश्वासको मत किन लिने ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई माओवादी केन्द्रले २०७५ सालमा दिएको समर्थन कायम रहेको भन्दै तत्काल विश्वासको मत लिन आवश्यक नरहेको बताएका छन् । उनले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने आशा पनि व्यक्त गरे ।

    एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा बोल्दै ओलीले भने, ‘मलाई २०७४ सालको फागुन २७ गते माओवादी केन्द्रले दिएको समर्थन वापस भएको छैन । यो माओवादी केन्द्रले थाहा नपाएको कुरा पनि होइन । मैले फिर्ता गर्नुस वा नगर्नुस केही भनेको छैन । त्यसैले संयुक्त सरकारको हैसियत कायम छ ।’

    माओवादी केन्द्रले आफ्ना मन्त्री फिर्ता बोलाएको विषयमा भने उनले आश्चर्य प्रकट गरे । ओलीले भने, ‘संविधानको धारा ७६ को उपधारा २ अनुसार समर्थनप्राप्त सरकार चलेको छ । त्यसैले न राजीनामा दिन आवश्यक छ, न विश्वासको मत आवश्यक छ । मलाई जरुरी नै छैन ।

    ममाथि विश्वास छँदैछ त किन लिने ?’ कसैले समर्थन फिर्ता लियो भने आफूसँग विश्वासको मत लिने वा राजीनामा दिने विकल्प रहने ओलीले बताए । उनले थपे, ‘म कति पपुलर रहेछु भने मलाई सबैभन्दा मन नपराउनेले पनि ममाथिको समर्थन फिर्ता लिएको छैन ।’

    उनले जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरलाई प्रधानमन्त्री पदको अफर गरेको चर्चाका खण्डन गरे । ओलीले भने, ‘मैले उहाँलाई त्यस्तो अफर गरेको छैन र गर्दिनँ पनि । त्यो जनादेश विपरित हुन्छ ।’

    जनता समाजवादीसँग संवाद जारी रहेको भन्दै उनले कुनै गलत सहमति भने नगरिएको बताए । रेशम चौधरीको सम्वन्धमा अरु नेतालाई सोध्न उनले आग्रह गरे ।

  • सन् २०३० अघि नै दीगो विकासको लक्ष्य पूरा हुने प्रधानमन्त्रीकाे दावी

    सन् २०३० अघि नै दीगो विकासको लक्ष्य पूरा हुने प्रधानमन्त्रीकाे दावी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले दीगो विकास लक्ष्यका मापदण्ड सन् २०३० अघि नै पूरा गरिने बताएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आज आयोजित ‘प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम’ शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लक्ष्यअघि नै दीगो विकास पूरा हुने बताएका हुन् ।

    नेपाल अहिले विकासशील देशमा सिफारिश भइसकेको बताउँदै उनले भने, ‘यो शुभारम्भ कार्यक्रम राष्ट्रिय अभियान हो, ऐतिहासिक क्षण र गौरवको अभियान हो । परिपक्व ढंगले तीव्रताका साथ अघि बढाएर अभियान सफल बनाउन संघ, प्रदेश तथा स्थानीय तहलाई आग्रह गर्दछु ।’

    प्रधानमन्त्री ओलीले जनताको जीवन सुरक्षित, खुशी र सुखी हुने चाहनालाई केन्द्र भागमा राखेर दुःखकष्ट समाप्त पार्ने र सुखानुभूतिको सिर्जना गर्ने उद्देश्यले सरकारले प्रादेशिक तथा स्थानीय सडक निर्माण र सुधार कार्यक्रम शुभारम्भ गरेको बताए । तीन सय ९२ ठाउँबाट आवेदन प्राप्त भएको जनाउँदै उनले पक्की सडको स्तरवृद्धि गर्ने र नयाँ सडक निर्माण गर्ने बताए ।

    प्रधानमन्त्री ओलीका अनुसार अब बन्ने सडक फराकिला र सुरक्षित हुने छन् । प्राविधिक कारण सडक निर्माणमा हुने त्रुटिले दुर्घटना हुने भएकाले अब त्यस्तो नहुने गरी योजना अघि बढाइएको उनले बताए ।

    उनले हवाई यातायात, सडक, केबुलकार, मैदान सुधार विस्तारलाई अघि बढाएर हरेक पालिकामा हेलिप्याड र पोखरी बनाउने काममा जोड दिइएको जनाउँदै कृषिको आधुनिकीकरण, स्वास्थ्य र पर्यटनका लागि पनि सरकार अघि बढिरहेको बताए ।

    नेपाललाई खुला दिसामुक्त देश बनाइसकिएको बताउँदै प्रधानमन्त्री ओलीले भौतिक विकासका माध्यमबाट सामाजिक विकासलाई नयाँ उचाइमा उठाउन सकिने विश्वास व्यक्त गरे । दक्षिण एशियामा नेपाल पहिलो डिजिटल देशमा परिणत भएकाले नेपाल आधुनिक प्रविधिमा अघि बढेको उनले बताए ।

    सो अवसरमा संघीय मामिलामन्त्री गणेश ठगुन्नाले ३९२ स्थानीय तहबाट सडक निर्माणको माग भएको र छानबिन प्रक्रियालाई अघि बढाइएको बताए । राष्ट्रिय सडक सञ्जालसँग जोड्न चार हजार किलोमिटर पक्की सडक निर्माण हुने मन्त्री ठगुन्नाले जानकारी दिए ।

    पक्की सडक नपुगेका ११० स्थानीय तह, प्रदेश जनप्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच आज मुलुकका सातै प्रदेशमा समझदारीपत्रमा हस्ताक्षर गरिएको उनले बताए । दुई सय ८३ स्थानीय तहका केन्द्रलाई प्रदेश तथा राष्ट्रिय सडक सञ्जालमा जोड्नुपर्ने, ६१ स्थानीय तहसँग केन्द्रसम्म जोड्दै नजोडिएको र १६३ स्थानीय तहमा नयाँ कच्ची सडक निर्माण भएको जनाउँदै उनले सबै सडकलाई पक्की सडकमा रुपान्तरण गरिने बताए ।

    सबैभन्दा बढी सुदूरपश्चिममा एक हजार १०० र सबैभन्दा कम २७९ किलोमिटर सडक निर्माण गर्नुपर्ने जनाउँदै उनले प्रदेश एवं स्थानीय सडक निर्माण तथा सुधारका लागि दुई खर्ब रुपैयाँ बजेट अनुमान गरिएको बताए उनका अनुसार राष्ट्रिय महत्वको सो कार्यक्रमले मुलुकको सामाजिक तथा आर्थिक विकासमा ठूलो भूमिका पुग्नाका साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’को दीर्घकालीन सोच पूरा गर्न सहयोग पुग्नेछ ।

  • विभाजन रोक्न नेपाल समूहका तीन शर्त, ७ गते हुन सक्छ वार कि पार

    विभाजन रोक्न नेपाल समूहका तीन शर्त, ७ गते हुन सक्छ वार कि पार

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकताको सम्भावना लगभग समाप्त भएको निस्कर्ष निकाले पनि संस्थापन पक्षसित अनौपचारिक रूपमा तीन शर्तहरू पेश गरेको छ । ती शर्तहरू पूरा भए फेरि केपी ओलीसँग मिल्नेबारे सोच्न सकिने नेताहरूले बताएका छन् ।

    संस्थापन पक्षले हिजो नेपालपक्षीय नेताहरूको जिम्मेवारी खोस्ने एकतर्फी निर्णय गरेपछि शनिबार काठमाडौंमा केन्द्रीय कमिटी सदस्य र प्रतिनिधिसभाका सांसदहरूबीच बैठक डाकिएको थियो । सो बैठकमा नेताहरूले ओलीले पार्टीलाई विभाजनतर्फ लगेको धारणा राखे ।

    अब तीन वटा शर्तमा मात्र एकता कायम हुन सक्नेबारे बैठकमा छलफल भएको थियो । नेपालपक्षीय नेताहरूका अनुसार पहिलो शर्त हो- पार्टीलाई २०७५ जेठकै संगठन संरचनामा फर्काउनुपर्ने । सर्वोच्च अदालतको २३ फागुनको फैसलाले एमाले पुनर्स्थापित भएको र पार्टी पुन: नेकपा माओवादी केन्द्रसँगको एकतापूर्वको अबस्थामा फर्किएको बुझाइ माधव नेपाल पक्षको छ ।

    त्यसअनुसार २०७५ जेठ अघिको एमालेको संगठन संरचना अहिले कायम भएको भन्दै त्यसलाई हुबहु मान्न ओली पक्ष तयार हुनुपर्ने अडान नेपाल पक्षका नेताहरूले राखेका छन् । एमालेको पुरानो संरचना तलमाथि भए त्यो कुनै पनि हालतमा स्वीकार नगर्ने नेता भीम रावलले बताए । माधव पक्षले यसो भनेको भए पनि ओली पक्ष भने यसलाई मान्न तयार छैन ।

    नेपाल पक्षको दोस्रो शर्त हो, वाम गठबन्धनको सरकार । अन्तरक्रियाले वाम एकतालाई छाड्न नुहनेमा जोड दिएको छ । वाम गठबन्धनको सरकारको कुरा गर्दा ओली हट्नु पर्ने या नपर्नेबारे आफूहरूले अहिले केही पनि नभनेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।

    उनले भने- ‘पहिले हाम्रो माग ओली सरकारबाट बाहिरिनु अनिवार्य छ भन्ने थियो । तर, हामीले वाम गठबन्धनको कुरा गर्दा ओली हुँदै-हुँदैन वा ओलीबाहेक भन्ने कुरा राखेका छैनौं ।’

    कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन वाम एकता आवश्यक भएको भन्दै सबै वामलाई एक ठाउँमा ल्याउनुपर्ने शर्त नेपाल पक्षको छ । तर, ओली पक्षले भने माओवादी केन्द्रसँग भने पुन: एकता नहुने बताएको छ ।

    तेस्रो शर्त भने प्राविधिक छ । पार्टीका बैठकहरू प्रधानमन्त्री निवास बालुवाटारमा बस्न नहुनेमा नेपाल पक्षका नेताहरू एकमत भएका छन् । माधव नेपाल पक्षले बालुवाटारमा राखिने कुनै पनि बैठकमा नजाने अडान लिएको छ । बैठक पार्टी कार्यालय धुम्बाराहीमै हुनुपर्ने शर्त उनीहरूको छ ।

    ओली पक्ष भने बैठक आवश्यकता अनुसार जहाँ पनि राख्न सकिने बताउँछ । ‘अध्यक्ष र महासचिवले बैठकको मिति र स्थान तय गर्नुहुन्छ,’ प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई भन्छन्, ‘यहाँ बसे हुने, त्यहाँ बसे नहुने भन्ने कुरा हुँदैन । बैठक जहाँ सहज र सजिलो हुन्छ त्यहाँ बस्छ ।’

    ७ गते बोलाइएको केन्द्रीय कमिटी बैठकको स्थान भने अझै तोकिएको छैन । मुलतः यी शर्त पुरा नभए केपी ओलीसँग कुनै पनि हालतमा नझुक्ने नेपाल पक्षको अडान छ ।

    कार्यकर्ताको ‘मुड’ बुझ्ने

    नेपाल पक्षले दुई दिने राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । नेता भीम रावलका अनुसार काठमाडौंमा हुने उक्त भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्यहरू, संघीय संसद र प्रदेश सभामा रहेका सबै सांसद, प्रदेश कमिटीका सबै पदाधिकारी र सदस्य, जिल्ला कमिटीका पदाधिकारी, सबै पालिकाका निर्वाचित प्रमुख र उपप्रमुखलाई बोलाइएको छ ।

    नेपाल पक्ष पार्टी विभाजनबारे महत्वपूर्ण निर्णय लिनुअघि कार्यकर्ताको मुड बुझ्ने पक्षमा छ । करिब तीन हजार कार्यकर्ता सहभागी हुने उक्त भेलापछि महत्वपूर्ण निर्णय लिइने केन्द्रीय सदस्य बलराम बास्कोटा बताउँछन् ।

    ‘४ र ५ गते जुन राष्ट्रिय कार्यकर्ता भेला छ, त्यसले जसरी निर्देश गर्छ, त्यसरी जान्छौं,’ उनी भन्छन्, ‘किनभने हाम्रो पार्टी जनआधारित पार्टी हो । यो संकटलाई कसरी समाधान गर्ने भन्नेबारे चाहिँ आम कार्यकर्ताको राय लिएर नै भावी कार्यदिशा तय गर्छौं ।’

    चैत ७ निर्णायक

    एमाले विभाजनमा आगामी चैत ७ निर्णायक हुने देखिएको छ । ओली पक्षीय केन्द्रीय कमिटीको विशेष बैठकले ७ चैतमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । उक्त बैठकमा माधव नेपाल पक्षलाई पनि बोलाइएको छ ।

    ओली पक्षले बालुवाटारमै केन्द्रीय कमिटीको बैठक बोलाउने र नेपाल पक्ष त्यहाँ नजाने सम्भावना बलियो छ । त्यस्तो भए नेपाल पक्षलाई कारबाही गर्ने संकेत प्रधानमन्त्री केपी ओलीले दिइसकेका छन् ।

    एमालेको विधानमा ‘लगातार तीनपटक बैठकमा अनुपस्थित भएमा कारबाही हुने’ व्यवस्थातर्फ संकेत गर्दै ओलीले नेपाल पक्षलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

    शनिबार भृकुटीमण्डपमा आयोजित अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले भने- ‘उहाँहरू पेरिसडाँडाबाट भर्खर अर्याल होटलमा आइपुग्नुभएको छ रे । एक दुई रात त्यहाँ बास बसेर आउनुहोस् भनेर चैत ७ गते बालुवाटारमा बैठक बोलाएको छु । कसैले थाहा पाइनँ नभन्नुहोला, अनुपस्थित रहँदै जानुभयो भने विधान व्यवस्थाअनुसार हुँदै जानेछ ।’

    नेपाल पक्ष अध्यक्ष र महासचिव बाहेकका पदाधिकारीलाई ओलीले हिजोको बैठकबाटै हटाएकोमा सशंकित छ । हिजोको बैठकमा कोरम नपुगेकाले त्यो वैधानिक नहुने डरले ओली पक्षले निर्णय सार्वजनिक नगरेको र त्यसलाई ७ चैतको बैठकमा अनुमोदनका लागि अघि सारिने आशंका माधव नेपाल पक्षले गरेको छ ।

    पदाधिकारीमा नेपाल पक्ष बुहमतमा छ । यदि त्यस्तो भएमा एमाले विभाजनमा त्यो ‘टर्निङ प्वाइन्ट’ सावित हुने नेपाल पक्षका नेताहरूको भनाइ छ ।

  • माधव नेपाल पक्षलाई ओलीको चेतावनी– बैठकमा नआए विधान बमोजिम हुँदै जानेछ (भिडियो)

    माधव नेपाल पक्षलाई ओलीको चेतावनी– बैठकमा नआए विधान बमोजिम हुँदै जानेछ (भिडियो)

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पेरिसडाँडाबाट रुवावासी गर्दै विदावारी भएर हिंडेकाहरुलाई पार्टीमा आउन प्रशस्त समय मिलोस् भनेर आफूले चैत ७ गते केन्द्रीय कमिटी बैठक बोलाएको बताएका छन् ।

    भृकुटीमण्डपमा शनिबार आयोजित अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले ७ गतेको बैठकको जानकारी पाइएन भन्न कसैले नपाउने भन्दै सार्वजनिक रुपमा बैठकको मिति र स्थान घोषणा गरे ।

    ओलीले भने– उहाँहरु पेरिसडाँडाबाट भर्खर अर्याल होटलमा आइपुग्नुभएको छ रे । एक दुई रात त्यहाँ बास बसेर आउनुहोस् भनेर चैत ७ गते बालुवाटारमा बैठक बोलाएको छु । कसैले थाहा पाइनँ नभन्नुहोला, अनुपस्थित रहँदै जानुभयो भने विधान व्यवस्थाअनुसार हुँदै जानेछ ।

    माधव नेपाल पक्षले बालुवाटरमा बस्ने बैठकमा नजाने निर्णय गरिसकेको छ । एमालेको विधानमा लगातार तीनपटक बैठकमा अनुपस्थित भएमा कारबाही हुने व्यवस्था छ । ओलीले त्यसतर्फ संकेत गरेका हुन् ।

    प्रधानमन्त्री ओलीले आफूलाई माधव नेपालहरुले तीनपटक साधारण सदस्यबाट र अध्यक्षबाट निकालेको स्मरण गर्दै ‘सक्ने भए के के गर्ने रहेछन्’ भन्ने पुष्टि भइसकेको बताए ।

    ओलीले भने– बाटा बाटामा अध्यक्षको पगरी गुथेर हिंडेका छन् । यिनीहरुले मलाई तीन तीनपटक अध्यक्षबाट मात्र होइन, साधारण सदस्यबाट समेत निकालेका हुन् । देख्नुभयो नि, यिनीहरुले सक्ने भए के के गर्ने रहेछन् ।