Tag: कुटाकुट

  • टिकट बाँडफाँटमा विवाद हुँदा कांग्रेस नेताबीच कुटाकुट, गाउँपालिका अध्यक्ष घाइते

    टिकट बाँडफाँटमा विवाद हुँदा कांग्रेस नेताबीच कुटाकुट, गाउँपालिका अध्यक्ष घाइते

    धादिङ । स्थानीय तह चुनावका लागि टिकट बाँडफाँटको विषयमा विवाद हुँदा धादिङ कांग्रेसका नेताहरूबीच कुटाकुट भएकाे छ ।  कुटाकुटमा गाउँपालिका अध्यक्ष घाइते भएका छन् ।

    कुटकुटमा नेपाली कांग्रसका नेता तथा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका हुन् । अध्यक्ष तामाङको अनुहारमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    अध्यक्षमाथि कुटपिट गर्ने एकजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

  • वादी समुदायका दुई पक्षबीच कुटाकुट, अगुवाले आर्थिक हिनामिना गरेको आरोप (भिडियोसहित)

    वादी समुदायका दुई पक्षबीच कुटाकुट, अगुवाले आर्थिक हिनामिना गरेको आरोप (भिडियोसहित)

    कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयअघि वादी समुदायका दुई पक्षबीच कुटाकुट भएको छ । सरकारी राहत तथा कार्यक्रम बाँडफाँटबारे विवाद भएपछि मिठू वादी र रामावादी समूहबीच आइतबार कुटाकुट भएको हो ।

    रमावादी नेतृत्वको समूहले यसअघि आर्थिक हिनामिना गरेको मिठुवादी समूहले आरोप लगाएपछि दुई पक्षबीच विवाद सुरु भएको थियो ।

    आइतबार बादी उत्थान समितिकी अध्यक्ष रमा वादी लगायतको टोलीले मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेर विभिन्न मागसहित ज्ञापन पत्र बुझाएका थिए । त्यसपछि मिठुवादी समूहले पनि मुख्यमन्त्रीलाई भेट्न खोजेको तर भेट्न नपाएपछि मुख्यमन्त्री कार्यालयअघि विवाद भएको हो ।

    प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि वादी समुदायका लागि ३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

    ‘वास्तविक वादीका महिलाहरू हामी हौँ । उनीहरु त नेता हुन्’ मिठु वादी पक्षकी कमला वादीले भनिन्, ‘सरकारले हामीलाई ३ करोड रकम दिएको छ । त्यो खान नेताहरुले वादविवाद गरेका छन् ।’

    सुवास वादीले १७ लाख रुपैयाँ हिनामिना गरेको उनीहरुको आरोप छ ।

    महिलाहरूले हातपात गरेपछि सुभाष वादीलाई प्रहरीले नियन्त्रणमा छ ।

    ‘रमा बादीले हाम्रा दिदी बैनीलाई कमाइ खाने भाँडो बनाएकी रहिछन्’ भूमिहीन संघर्ष समितिका अध्यक्ष मिठु वादीले भनिन्, ‘हाम्रो बजेट यिनीहरूले खाए ।’

    वसन्ती वादीले पनि आफूहरूलाई वादीका अगुवाहरूले ठग्ने गरेको बताइन् ।

    ‘वादीका नेता भन्नेहरूले हामीलाई ठगेका छन् । हाम्रो जग्गा छैन । आएको राहत पनि खान्छन्’, उनले भनिन्, ‘हाम्रो छोराछोरीले पढ्न पनि पाएका छैनन् । खान पनि पाएका छैनन् । यिनीहरूले हाम्रो बदनाम गरेर आफ्नो पेट भरिरहेका छन् ।’

    प्रहरीले दुवै पक्षका वादी अगुवालाई मिलाउने प्रयास गरेको छ ।

  • बच्चाले झगडा गरेको विषयलाई लिएर छिमेकीबीच कुटाकुट: एक जनाको मृत्यु

    बच्चाले झगडा गरेको विषयलाई लिएर छिमेकीबीच कुटाकुट: एक जनाको मृत्यु

    रुपन्देही । रुपन्देहीकाे कोटहीमाई गाउँपालिका- २ कालवारीमा बच्चाले झगडा गरेको विषयलाई लिएर छिमेकीबीच कुटपिट हुँदा एक जनाकाे मृत्यु  भएकाे छ । कुटपिटबाट घाइते भएका  ६५ वर्षीय साधु यादवको बिहीबार राति मृत्यु भएको हाे ।

    छिमेकीबीच कुटपिट हुँदा ८ जना घाइते भएको थिए । ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि भिम अस्पताल भैरहवा पठाएकोमा साधुको उपचारको क्रममा मृत्यु भएको हो ।

    कुटपिटमा घाइते भएका अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ५ जनाको अवस्था मध्यम रहेको छ भने २ जनाको सामान्य रहको छ ।

    कुटपिटमा संलग्न ३ जनालाई नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।