Tag: काठमाडौं मेडिकल कलेज

  • काठमाडौं मेडिकल कलेजमा संयुक्त विद्यार्थी गठबन्धनको तालाबन्दी

    काठमाडौं मेडिकल कलेजमा संयुक्त विद्यार्थी गठबन्धनको तालाबन्दी

    काठमाडौं । महंगो शुल्क लिएको भन्दै सत्तारुढ गठबन्धन निकट विद्यार्थीले काठमाडौं मेडिकल कलेजमा तालाबन्दी गरेका छन् । आइतबार संयुक्त विद्यार्थी संगठनको बैठक बसी आन्दोलनको कार्यक्रम स्वरुप तालाबन्दी गरिएको हो ।

    गठबन्धन आवद्ध नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, एकीकृत समाजवादी निकट अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (नेत्रविक्रम चन्द्र र मोहन वैद्य) अखिल छैठौं र अखिल नेपाल विद्यार्थी युनियन ९नेकपा० ले संयुक्त रुपमा तालाबन्दी गरेका हुन् ।

    महंगो शुल्कविरुद्ध काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेज विराटनगरका विद्यार्थी गत मंसिर १९ गतेदेखि आन्दोलनमा छन् । उनीहरूको आन्दोलनप्रति संयुक्त विद्यार्थी संगठनसहित एमाले निकट अनेरास्ववियुले पनि ऐक्यवद्धता जनाउँदै आएको छ।

    यसबीचमा समस्या समाधानका लागि शिक्षा मन्त्रीले मेडिकल संचालक, विद्यार्थी र अभिभावकसँग छलफल गरेपनि समस्या समाधान हुन सकेको छैन्।

  • किन आन्दोलनमा उत्रिए काठमाडौं मेडिकल कलेजका कर्मचारी ?

    किन आन्दोलनमा उत्रिए काठमाडौं मेडिकल कलेजका कर्मचारी ?

    काठमाडौं । काठमाडौं मेडिकल कलेजका कर्मचारी मदनलाल श्रेष्ठलाई सरुवा गरिएको विरोधमा कलेजका कर्मचारीहरु आन्दोलित भएका छन् । कर्मचारीहरुले श्रेष्ठलाई कलेज भित्र छिर्न दिनुपर्ने माग गर्दै सोमवार बिहान मेडिकल कलेज अगाडि प्रदर्शन गरेका छन् ।

    काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको स्वामित्व नभएको संस्थामा श्रेष्ठलाई सरुवा गरिएपछि कर्मचारीहरु त्यसको विरुद्धमा आन्दोलित भएका हुन् ।

    अस्पताल प्रशासनले श्रेष्ठलाई कलेज प्रवेशमा रोक लगाएको कर्मचारीहरुले दाबी गरेका छन् । उनीहरुले कर्मचारी बि–नियमावली २०७६ मा भएको सेवा सुविधा व्यवस्थापन परिवर्तन भएपछि सबै सेवा, सुविधा काटिएको र त्यसलाई स्थापित गर्न श्रेष्ठले पहल गरेका कारण उनलाई अस्पताल सञ्चालकले स्वामित्व नै नभएको स्थानमा सरुवा गरेको दाबी गरेका छन् ।

    अस्पताल सञ्चालकले श्रेष्ठलाई अस्पतालाको स्वामित्व नभएको अस्पतालमा सरुवा गरेको कर्मचारीहरुले आरोप लगाउँदै आएका छन् ।