Tag: काठमाडौं प्लाजा

  • नेपाल ट्रष्टले गर्‍यो काठमाडौं प्लाजा ‘सिल’ (भिडियो)

    नेपाल ट्रष्टले गर्‍यो काठमाडौं प्लाजा ‘सिल’ (भिडियो)

    काठमाडौं । नेपाल ट्रष्टले काठमाडौं प्लाजा ‘सिल’ गरेको छ ।

    काठमाडौं प्लाजा खाली गर्न दिएको अन्तिम समयसीमा सम्म पनि खाली नभएपछि ट्रष्टले प्लाजा सिल गरेको हो ।

    सिल गरेपछि काठमाडौं प्लाजा सुनसान बनेको छ । प्लाजा भित्रका कार्यालय तथा पसलहरु पूर्ण रुपमा बन्द भएका छन् ।

    प्लाजामा सञ्चालनमा आएको ज्योति विकास बैंकले भने केही दिनमै कार्यालय सार्ने प्रतिवद्धता गरेकाले कार्यालय सञ्चालन गरिरहेको छ भने काठमाडौं प्लाजामै रहेको मुक्तिनाथ विकास बैंकलाई भने त्यहीँ सञ्चालन गर्न दिइने भएको छ ।

    सो भवन नेपाल ट्रष्टले काठमाडौं महानगरपालिकालाई भाडामा दिने सम्झौता गरिसकेको छ ।