Tag: कांग्रेस महाधिवेशन

  • कांग्रेसले तोक्यो सबै नेताको वरीयता, शेखर सुनिल थापाभन्दा पछाडि (सूचीसहित)

    कांग्रेसले तोक्यो सबै नेताको वरीयता, शेखर सुनिल थापाभन्दा पछाडि (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको वरीयतासहितको सूची सार्वजनिक गरेको छ ।

    कांग्रेस केन्द्रीय कार्यालयले सार्वजनिक गरेको सूचीमा सभापति शेरबहादुर देउवा पहिलो, उपसभापति पूर्णबहादुर खड्का दोस्रो र उपसभापति धनराज गुरुङ तेस्रो वरीयतामा रहेका छन् ।

    महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा क्रमशः चौथो र पाँचौ वरीयतामा छन् । उनीहरूपछिको वरीयतामा सहमहामन्त्रीहरू छन् । सहमहामन्त्रीमध्ये फरमुल्लाह मंसुर अघिल्लो वरीयतामा छन् । केन्द्रीय सदस्यहरूमध्ये पूर्वउपसभापति गोपालमान श्रेष्ठले शीर्ष वरीयता पाएका छन् । उनी १४औं वरीयतामा रहँदा निवर्तमान महामन्त्री डा.शशांक कोइराला १५ औं वरीयतामा रहेका छन् ।

    सभापतिका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइराला २०औं वरियतामा रहेका छन् । उनीभन्दा अगाडि सभापति, पदाधिकारी र पूर्वपदाधिकारी रहेका छन् । निवर्तमान सहमहामन्त्री सुनिलबहादुर थापापछि कोइरालाको वरीयता रहेको छ । केन्द्रीय समितिमा थारु महिलातर्फबाट निर्वाचित जीवन राना १ सय ३५ औं वरीयतामा रहेकी छिन् ।

    हेर्नुस् कांग्रेस केन्द्रीय समितिको वरीयतासहितको सूची:

  • कांग्रेस केन्द्रीय समितिमा ६१ जिल्लाको प्रतिनिधित्व, १६ जिल्ला नील

    कांग्रेस केन्द्रीय समितिमा ६१ जिल्लाको प्रतिनिधित्व, १६ जिल्ला नील

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा ६१ जिल्लाको प्रतिनिधित्व सुनिश्चित भएको छ । महाधिवेशनअन्तर्गत निर्वाचनबाट सभापति, पदाधिकारी र केन्द्रीय सदस्यहरु गरी १ सय ३४ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ । जसमा ६१ जिल्लाका नेता समेटिदा १६ जिल्लाको प्रतिनिधित्व भने शून्य रहेको छ ।

    कांग्रेस केन्द्रीय समितिमा काठमाडौं र कैलालीबाट सबैभन्दा धेरै ७-७ जनाको प्रतिनिधित्व भएको छ । काठमाडौंबाट महामन्त्री गगन थापासहित केन्द्रीय सदस्यहरू अम्बिका बस्नेत, ध्यानगोविन्द रञ्जित, राजेन्द्रकुमार केसी, प्रतिमा गौतम, नानु बास्तोला र हरिशरण नेपालीले केन्द्रीय समितिमा प्रतिनिधित्व गरेका छन् ।

    त्यस्तै कैलालीबाट ७ जना नै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । डडेलधुराबाट महाधिवेशन प्रतिनिधि भए पनि डा. आरजु राणा देउवाको राजनीतिक कार्यथलो कैलाली ५ हो । उनीसहित डा. रणबहादुर रावल, ईश्वरी न्यौपाने, राजनम चौधरी, नृपबहादुर वड, सुशिला मिश्र भट्ट र जीवन राना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

    काठमाडौं र कैलालीपछि केन्द्रीय समितिमा धनुषा, झापा र चितवनको प्रतिनिधित्व बढी छ । धनुषाबाट सहमहामन्त्री महेन्द्र यादवसहित ५ जना केन्द्रीय समितिमा छन् । आनन्दप्रसाद ढुंगाना, मुक्ताकुमारी यादव, मिनाक्षी झा र डा.चन्द्रमोहन यादव धनुषाबाट केन्द्रीय सदस्य बनेका छन् । त्यस्तै झापाबाट महामन्त्री विश्वप्रकाश शर्मासहित केन्द्रीय सदस्यहरू सरिता प्रसाइँ, केशवकुमार बुढाथोकी, महेन्द्रकुमारी लिम्ब र सुशिला ढकाल आचार्य निर्वाचित भएका छन् ।

    कांग्रेस केन्द्रीय समितिमा काठमाडौं र कैलालीबाट सबैभन्दा धेरै ७-७ जनाको प्रतिनिधित्व भएको छ ।

    चितवनबाट टेकप्रसाद गुरुङ, दिनेश कोइराला, अञ्जनी श्रेष्ठ, उमेश श्रेष्ठ र शान्ति परियार केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । परियार चितवन क्षेत्र नम्बर २ की हुन् भने बाँकी ४ जना चितवन क्षेत्र नम्बर ३ का हुन् ।

    कांग्रेस केन्द्रीय समितिमा प्रतिनिधित्व सुनिश्चत नभएका जिल्लाहरु भने १६ वटा छन् । रामेछाप, पर्वत, पाल्पा, रौतहट, रोल्पा, लमजुङ, कालीकोट, डोटी, ताप्लेजुङ,पूर्वी रुकुम, बैतडी, मुगु, मुस्ताङ, म्याग्दी, सर्लाही र सल्यानबाट कांग्रेस केन्द्रीय समितिमा शून्य प्रतिनिधित्व रहेको छ । ती जिल्लाबाट प्रतिनिधित्व गराउन अब सभापति देउवाले केन्द्रीय सदस्यमा ती जिल्लाका महाधिवेशन प्रतिनिधिबाट छनोट गर्नुपर्ने हुन्छ ।

    कांग्रेस विधानले सभापतिलाई ३३ जना केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार दिएको छ । विगतको परम्परा हेर्दा मनोनयनपछि पनि केही जिल्लाबाट कोही पनि केन्द्रीय सदस्य नबन्ने सम्भावना धेरै छ ।

  • त्रिविको चेतावनीपूर्ण सूचनापछि सरस्वती क्याम्पसका उपप्राध्यापक गुरागाईद्वारा राजीनामा

    त्रिविको चेतावनीपूर्ण सूचनापछि सरस्वती क्याम्पसका उपप्राध्यापक गुरागाईद्वारा राजीनामा

    काठमाडौं । सरस्वती बहुमुखी क्याम्पसका उपप्राध्यापकबाट प्रमोदहरि गुरागाईले राजीनामा दिएका छन् ।

    मानवशास्त्र विभागमा कार्यरत गुरागाईले आफूले उक्त पदमा रहेर त्रिवि सेवालाई निरन्तरता दिन अनुपयुक्त मनन गरी राजीनामा पेस गरेको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

    हालैमात्र त्रिभुवन विश्वविद्यालयले राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि नबन्न शिक्षक तथा कर्मचारीलाई सचेत गराएको थियो ।  महाधिवेशन वा विधान अधिवेशनमा प्रतिनिधिको रूपमा भाग लिएको भनी समाचारहरू सार्वजनिक भएको भन्दै त्रिविले त्यस्ता कर्मचारी तथा शिक्षकलाई विभागीय कारबाही अघि बढाउने चेतावनीसमेत दिएको छ ।

    यो पनि पढ्नुहोस् : दलको उम्मेदवार तथा प्रतिनिधि बन्ने शिक्षक र कर्मचारीलाई कारबाही गर्ने त्रिविको चेतावनी

    गुरागाईले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । शेखर कोइराला प्यानलबाट उठेका गुरागाई महाधिवेशनमा पराजित भए ।

     

  • कांग्रेसको कोषाध्यक्षमा विनोद चौधरीको सम्भावना, चर्चामा चित्रलेखा पनि

    कांग्रेसको कोषाध्यक्षमा विनोद चौधरीको सम्भावना, चर्चामा चित्रलेखा पनि

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोषाध्यक्षको जिम्मेवारी कसलाई देलान् ? कांग्रेस वृत्तमा अहिले चासोको विषय छ ।

    कांग्रेस विधानको दफा २१ को ४ मा ‘केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिबाट निर्वाचित कोषाध्यक्ष’ रहने व्यवस्था छ । १३ औं महाधिवेशनमा १ सभापति, १ महामन्त्री र १ कोषाध्यक्षको निर्वाचन हुने व्यवस्था थियो ।

    यसपटक संशोधित विधानअनुसार सभापतिसहित उपसभापति, महामन्त्री र सहमहामन्त्री निर्वाचनबाटै चयन भइसकेका छन् । विधानले दिएको अधिकार प्रयोग गरेर सभापति देउवाले अब निर्वाचित केन्द्रीय सदस्यमध्ये १ जनालाई कोषाध्यक्षको जिम्मेवारी दिनुपर्नेछ ।

    कोषाध्यक्षका लागि अहिले सबैभन्दा बढी चर्चामा छन्, केन्द्रीय सदस्य विनोद चौधरी । नेपालका एकमात्रै डलर अर्बपतिसमेत रहेका चौधरीलाई यसअघि नै देउवाले कोषाध्यक्ष मनोनीत गर्ने वचन दिइसकेको बताइन्छ । अघिल्लो कार्यकालमा प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरीलाई देउवाले लगानी, पूर्वाधार र रोजगारसम्बन्धी विशेष समितिको संयोजक बनाएका थिए ।

    कांग्रेस विधानले कोषाध्यक्षलाई पार्टीका निम्ति आवश्यक आर्थिक स्रोत-साधनको व्यवस्था गर्ने, त्यसको संरक्षण सम्वद्र्धन गर्ने तथा सम्पूर्ण आयव्ययको अद्यावधिक अभिलेख राख्ने लगायतका जिम्मेवारी दिएको छ । चौधरीलाई कोषाध्यक्षको जिम्मेवारी दिदा पार्टी सञ्चालन, लेखा प्रणाली व्यवस्थापन र स्रोत जुटाउनसमेत सहज हुने देउवाको बुझाइ छ । तीनवटै तहको निर्वाचन नजिकिएका कारण उद्यमी व्यवसायीसँग सहकार्य गर्नपनि चौधरीलाई जिम्मेवारी दिन उचित हुने देउवाको बुझाइ रहेको निकटस्थहरू बताउँछन् ।

    ‘अहिलेसम्मको अवस्था हेर्दा कोषाध्यक्षमा विनोदजीकै सम्भावना बढी छ । टिमभित्र अधिकांशको सहमति पनि छ’, देउवानिकट एक नेताले भने । चौधरीले मधेशी खुला तर्फबाट देउवा प्यानलको उम्मेदवार रहँदै केन्द्रीय सदस्यमा विजयी भएका हुन् । निवर्तमान महामन्त्री डा. शशांक कोइरालाको साथ समेत चौधरीलाई रहेको छ ।

    देउवा समूहमा कोषाध्यक्षमा चौधरीको विकल्पको रुपमा चित्रलेखा यादवलाई लिइएको छ । उनी सुशिल कोइराला नेतृत्वको कार्यसमितिको कोषाध्यक्ष समेत हुन् । पूर्व पदाधिकारी भएपनि यादव यसपटक प्रदेश २ तर्फको महिला केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । मधेशी महिलालाई पदाधिकारीमा अवसर दिँदा सकरात्मक सन्देश जाने भन्दै कोषाध्यक्षमा चित्रलेखाको नामसमेत चर्चामा रहेको हो ।

  • देउवाको दोस्रो इनिङ तयारी : पहिलो बैठकदेखि मनोनयनसम्म

    देउवाको दोस्रो इनिङ तयारी : पहिलो बैठकदेखि मनोनयनसम्म

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दोस्रो कार्यकाल शुक्रबारदेखि सुरू गर्दैछन् । केन्द्रीय निर्वाचन समितिले विहीबार बेलुकीसम्म मतगणना सम्पन्न गरि शुक्रबार निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्ने तयारी गरेको छ । त्यसपछि सभापति देउवा नेतृत्वको नयाँ कांग्रेस केन्द्रीय समितिले आफ्नो काम थाल्नेछ ।

    पहिलो बैठकको तयारी

    सभापति देउवाले पुस १० गते शनिबार पहिलो बैठक बोलाउने तयारी गरेका छन् । पदभार लगत्तै बोलाइने केन्द्रीय समितिको बैठकबाट महाधिवेशन सफल पार्न सहयोग पुर्‍याउनेलाई धन्यवाद ज्ञापन गरिनेछ । कांग्रेस विधानको दफा २१ को १२ हरेक २ महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने उल्लेख छ । केन्द्रीय समितिको आकार विगतभन्दा झण्डै दोब्ब भएको छ । सभापति देउवाले तत्कालका लागि पहिलो केन्द्रीय समिति बैठकको तयारी गर्न सचिवालयलाई निर्देशन दिएका छन् ।

    ‘हामीलाई शनिबार नै बस्नेगरी बैठकको तयारी गर्न भन्नुभएको छ । निर्वाचन समितिको काम सकिनेवित्तिकै बैठक आह्वान हुन्छ’, कांग्रेस केन्द्रीय कार्यालयको भनाई छ ।

    मनोनयनमा कसलाई प्राथमिकता ?

    कांग्रेस विधानले सभापति देउवालाई बढीमा ३३ जनासम्म केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार दिएको छ । कांग्रेसको विगतको परम्परा हेर्दा केन्द्रीय समितिमा निर्वाचन नलडेका र पराजय व्यहोरेका केही शीर्ष नेताहरुलाई समेट्ने देउवाको तयारी छ ।

    कांग्रेस विधानको दफा २१ को उपदफा १० मा ‘कम्तीमा दश वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट केन्द्रीय सभापतिले कार्यसमितिमा एक तिहाई सदस्य महिला हुनु पर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसङ्ख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी तेत्तीस जना सदस्य मनोनीत गर्ने’ उल्लेख छ ।

    महाधिवेशनको प्रतिस्पर्धा अनुसार कांग्रेस केन्द्रीय समितिमा १ पदाधिकारीसहित ४१ महिला निर्वाचित हुँदैछन् । १ सय ६८ सदस्यीय कांग्रेस केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ । त्यसका लागि सभापति देउवाले कम्तीमा १५ जना महिलालाई मनोनीत गर्नैपर्ने अवस्था छ । बाँकी १८ जना केन्द्रीय सदस्यमा पनि समावेशीतालाई ध्यान दिनुपर्ने हुन्छ ।

    सभापति देउवासामु वरिष्ठ नेता रामचन्द्र पौडेल , नेता कृष्णप्रसाद सिटौला, सभापतिमा पराजित प्रत्याशीहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ, उपसभापमिा पराजित विजयकुमार गच्छदार, महेश आचार्य र सुजाता कोइराला, डा. चन्द्र भण्डारी, महामन्त्रीमा पराजित डा. प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाल र प्रदीप पौडेललाई मनोनीत गर्नैपर्ने दबाब छ ।

    देउवाले निर्वाचन नलडेरै सहयोग गरेका डा. नारायण खड्का, मीन विश्वकर्मालगायतका नेताहरूलाई पनि केन्द्रीय समितिमा ल्याउनुपर्ने अवस्था छ । सभापतिका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइराला भने कांग्रेस विधानकै व्यवस्थाअनुसार स्वत: केन्द्रीय सदस्य हुनेछन् ।

    पहिलो केन्द्रीय समिति बैठकअघि देउवाले सबै नेतालाई मनोनीत गर्नसक्ने सम्भावना कम छ । यद्यपि वरिष्ठ नेता पौडेल, पूर्व महामन्त्रीद्वय सिटौला र सिंहलाई पहिलो बैठकअघि नै देउवाले मनोनीत गर्नेछन् । यद्यपि पहिलो बैठकअघि नै आफ्नै टिमबाट पराजित गच्छदार, महत र पौडेललाई केन्द्रीय सदस्य मनोनीत गर्नपनि देउवालाई दबाब छ ।

    हार्नेजति सबै मनोनीत नहुने

    देउवाले अघिल्लो कार्यकालमा पदाधिकारीमा पराजित सबैलाई केन्द्रीय समितिमा मनोनीत गरेका थिए । यसपटक भने सबैलाई मनोनीत गर्नसक्ने अवस्थामा देउवा छैनन् । पदाधिकारीमा पराजित नेताहरूको संख्यामात्रै डेढ दर्जन बढी रहेको छ ।

    ‘देउवालाई सभापति बनाउन निर्वाचन छाडेर सक्रिय भएका नेताहरुको संख्या नै एक दर्जन छ । निर्वाचन हारेका सबैलाई समेट्दा वचन दिएका साथीहरू छुट्नुहुन्छ’, देउवा पक्षका एक नेताले भने । ती नेताका अनुसार पार्टीभित्र प्रभाव भएका सिनियर नेताहरुलाई मात्रै मनोनीत गर्ने सम्भावना धेरै छ ।

  • कांग्रेस चुनाव : खस आर्यतर्फको ‘टप सेभेन’ मा लम्किँदै यी नेता (मतसहित)

    कांग्रेस चुनाव : खस आर्यतर्फको ‘टप सेभेन’ मा लम्किँदै यी नेता (मतसहित)

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य खस-आर्यतर्फको मतगणना जारी छ । सातजना पुरुषतर्फको कोटामा हालसम्म १४१० मतगणना सकिएको छ ।

    अहिलेसम्मको परिणामअनुसार प्राप्त मत परिणाम यस प्रकार छ:

    १. गोबिन्द बहादुर शाह -६०३

    २.केशब कुमार बुढाथोकी -५९३

    ३.भीम पराजुली -५७१

    ४.श्याम कुमार घिमिरे -५३९

    ५.नारायण बहादुर कार्की -५३१

    ६.मधु आचार्य -५२८

    ७.विष्णु कुमार कार्की -५०७

    ८.गेहेन्द्र गिरि -४९१

    ९.हरिबोल भण्डारी -४७३

    १०.कमल बहादुर शाह -४५७

    ११.तारा बहादुर कोइराला -४४०

    १२.मेदनी प्रसाद सिटौला -४२५

    १३.प्रकाश शर्मा पौडेल -३६२

    १४.हरि प्रसाद न्यौपाने -३१८

  • कांग्रेस अधिवेशनः झोला वितरणमा झेला भएको गुनासो

    कांग्रेस अधिवेशनः झोला वितरणमा झेला भएको गुनासो

    जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ अधिवेशनमा झोला वितरणमा विवाद भएको छ । झोला वितरणमा अधिवेशन आयोजकले लापरबाही गरेको आरोप प्रतिनिधीहरूले लगाएका हुन् ।

    प्रदेश अधिवेशनको आयोजक धनुषा जिल्ला कमिटीले सबै प्रतिनिधिका लागि झोलाको व्यवस्था गरेको थियो । प्रदेश अधिवेशनमा १ हजार ९८० प्रतिनिधि छन् । तर, सिरहा, पर्सा र सर्लाहीका प्रतिनिधिहरूले झोला पाएनन् ।

    प्रतिनिधिसँग इन्ट्री फि दुई हजार लिए पनि झोला नदिएको पर्साका प्रतिनिधि जयमंगल कापरले गुनासो गरे । उनले भने, ‘कसैले २/३ वटासम्म झोला पायो, हामीलाई एउटै दिएनन् । झोला वितरणमा आयोजक मनपरी गरेछन् ।’

    उनले कतिपय प्रतिनिधिले अहिलेसम्म कार्डसमेत नपाएको बताए । आयोजकले प्रतिनिधिका लागि कुनै कुराको व्यवस्थापन नगरेको पनि उनले सुनाए ।

    स्रोतका अनुसार धनुषाका प्रतिनिधिहरूले २/३ वटासम्म झोला लिएका छन् । काँग्रेस धनुषा सभापति महेश शंकर गिरीले २०/२५ जना प्रतिनिधीले २/३ वटासम्म झोला लिएर गएपछि केहिले नपाएको स्वीकारे । यो कसको लापरबाही भन्ने विषयमा उनले केही बोलेनन् ।

    जनकपुरधामको गोपाल धर्मशालामा मतदानको तयारी गरिए पनि अहिलेसम्म निर्वाचन सुरू भएको छैन । ७४ सदस्यीय प्रदेश कमिटीका लागि १८० जना चुनावी मैदानमा छन् ।

  • कांग्रेस निर्वाचन : ९७ पदको नतिजा आउँदा देउवाका ८० प्रतिशत

    कांग्रेस निर्वाचन : ९७ पदको नतिजा आउँदा देउवाका ८० प्रतिशत

    काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत हालसम्म पदाधिकारीसहित ९७ जनाको परिणाम सार्वजनिक भएको छ ।

    १ सय ३४ पदका लागि भएको निर्वाचनमा ९७ जनाको परिणाम आउँदा सभापति शेरबहादुर देउवा पक्षले ८० प्रतिशत पदमा जित हासिल गरेको छ ।

    पदाधिकारीतर्फ सभापति देउवा समूहले १ उपसभापति र ६ सहमहामन्त्री जितेको छ । डा. शेखर कोइराला पक्षले उपसभापति १, महामन्त्री १ र २ सहमहामन्त्री जितेको छ । प्रकाशमान सिंह नेतृत्वको प्यानलबाट महामन्त्रीमा १ जना विजयी भएका छन् ।

    केन्द्रीय सदस्यतर्फ डा. शशांक कोइराला, राजेन्द्रकुमार केसी र मुक्ताकुमारी यादव साझा प्यानलमा परेका थिए । कोइराला सबै समूहमा, केसी प्रकाशमान र शेखरको समूहमा तथा यादव देउवा र शेखर दुवैको समूहमा परेकी थिइन् । यी तीनजनाबाहेक पनि परिणाम आएका ९७ मध्ये ७७ जना देउवा प्यानलका विजयी भएका छन् । त्यस्तै शेखर पक्षबाट उम्मेदवार बनेका १७ जना केन्द्रीय समितिको पदाधिकारी र सदस्यमा निर्वाचित भएका छन् ।

    शेखर समूहबाट उपसभापतिमा धनराज गुरुङ, महामन्त्रीमा गगन थापा, सहमहामन्त्रीमा बद्री पाण्डे र जीवन परियार पदाधिकारीमा विजयी भएका छन् । शेखर पक्षबाट खुल्ला केन्द्रीय सदस्यमा नौ जना विजयी हुँदा प्रदेश १ र गण्डकी प्रदेशबाट १-१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

    खुला महिला र मधेशी खुलातर्फ पनि शेखर पक्षका १-१ जना मात्रै निर्वाचित भएका छन् । त्यसबाहेक सबै क्लष्टरमा देउवा पक्षका उम्मेदवारहरु विजयी भएका छन् ।

  • कांग्रेसको मतगणना आज सकिँदै, ३७ केन्द्रीय सदस्यको छिनोफानो बाँकी

    कांग्रेसको मतगणना आज सकिँदै, ३७ केन्द्रीय सदस्यको छिनोफानो बाँकी

    काठमाडौं । नेपाली कांग्रेसको नयाँ केन्द्रीय समितिको लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आज बेलुकीसम्म अन्तिम मतपरिणाम सार्वजनिक हुने जनाएको छ ।

    अब खसआर्य खुल्ला र महिला, जनजाति खुल्ला र महिला तथा दलित खुल्ला र महिला तर्फका केन्द्रीय सदस्यहरूको मतगणनामात्रै बाँकी छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा ती सबै क्लष्टरको मतगणना भइरहेको छ ।

    कांग्रेस विधानअनुसार खसआर्य खुल्लामा ७ जना, खसआर्य महिलामा ६ जना , आदिवासी जनजाति खुल्लामा ८ जना, आदिवासी जनजाति महिलामा ७ जना, दलित खुलामा ५ जना र दलित महिलामा ४ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । जारी मतगणनाको प्रारम्भिक नतिजामा सबै क्लष्टरको अधिकांश पदमा सभापति शेरबहादुर देउवा प्यानलका उम्मेदवारहरुले अग्रता दिएका छन् ।

    कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि मंसिर २७ गते निर्वाचन भएको थियो । हालसम्म पदाधिकारीसहित ९७ जना निर्वाचित भइसकेका छन् ।

  • शशांकलाई उछिन्दै मुक्ताकुमारी यादवलाई सर्वाधिक मत

    शशांकलाई उछिन्दै मुक्ताकुमारी यादवलाई सर्वाधिक मत

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भएको निर्वाचनमा मुक्ताकुमारी यादवले सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएकी छन् । उनले ३९६० मत ल्याएकी हुन् । उनी मधेशी महिला समूहतर्फबाट सदस्यमा निर्वाचित भएकी हुन् ।

    यसअघि केन्द्रीय सदस्यमा सर्वाधिक मत शशांक कोइरालाले ल्याएका थिए । तर, कोइरालाले ल्याएको ३८३६ मतभन्दा १२४ मत बढी ल्याइन् ।
    पदाधिकारीको मत परिणाम आउँदा गगनकुमार थापाले सर्वाधिक मत पाएका थिए । उनले ३०२३ मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका थिए ।

    तर, खुला केन्द्रीय सदस्यको परिणाम आउँदा गगनलाई उछिनेर शशांकले ३८३६ मत ल्याए । मधेशी महिला समूहको परिणाम आउँदा शशांकलाई मुक्ताकुमारीले उछिनेर सर्वाधिक मतसहित सदस्यमा निर्वाचित भएकी हुन् ।

  • कांग्रेस महाधिवेशन : निर्वाचनको अन्तिम परिणाम भोलिसम्म आइसक्ने

    कांग्रेस महाधिवेशन : निर्वाचनको अन्तिम परिणाम भोलिसम्म आइसक्ने

    काठमाडौं । नेपाली कांग्रेस १४औँ महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको अन्तिम परिणाम बुधबारसम्म आइसक्ने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

    पदाधिकारीसहित १३४ पदका लागि भएको निर्वाचनको हालसम्म ६३ पदको मतपरिणाम सार्वजनिक भएको छ । जसमा १३ जना पदाधिकारीको पनि मतपरिणाम आइसकेको छ । हाल वागमती, कर्णाली, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशको मतगणना भइरहेको छ । यी प्रदेशको मतगणना अन्तिम चरणमा पुगेकाले आजै बाँकी रहेको थारु, खसआर्य, मुस्लिम, जनजातिलगायत क्लस्टरको मतगणना पनि सुरु गर्न लागिएको समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए ।

    अहिले विभिन्न क्लस्टरका ७१ केन्द्रीय सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ । बुधबारसम्म १३४ पदकै अन्तिम मतपरिणाम सार्वजनिक गर्ने गरी गणना भइरहेको उनले बताए । विद्युतीय मतदान प्रक्रियामा पार्टीभित्र सहमति नजुटेकाले मत परिणाम सार्वजनिक गर्न एक साताभन्दा लामो समय लागेको हो ।

    रासस

  • खुला महिला केन्द्रीय सदस्यमा १६ सय मत गन्दा आरजु तेस्रो स्थानमा

    खुला महिला केन्द्रीय सदस्यमा १६ सय मत गन्दा आरजु तेस्रो स्थानमा

    काठमाडौं । नेपाली कांग्रेसको खुल्ला महिला केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ । हालसम्म १ हजार ६ सय मत गणना भएको छ ।

    अहिलेसम्मको परिणाममा डा.डिला संग्रौलाले अग्रता लिएकी छिन् । उनले १ हजार १४ मत पाउँदा पुष्पा भूसाल ९ सय ७० मतसहित दोस्रो स्थानमा रहेकी छिन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा ९ सय १ मतका साथ तेस्रो स्थानमा रहेकी छिन् ।

    त्यस्तै अम्बिका बस्नेत ८ सय ११ मतसहित चौथो स्थानमा रहँदा ईश्वरी न्यौपाने ७ सय ८६ मतसहित पाँचौ स्थानमा रहेकी छिन् । त्यस्तै सरिता प्रसाइँ ७ सय ६८ मतसहित छैटौ स्थानमा रहेकी छिन् ।

    खुला महिला केन्द्रीय सदस्यतर्फ ९ जना विजयी हुनेछन् ।

  • कांग्रेस महाधिवेशनः लुम्बिनीका वेटिङ मुख्यमन्त्री पार्टीभित्रै पराजित*

    कांग्रेस महाधिवेशनः लुम्बिनीका वेटिङ मुख्यमन्त्री पार्टीभित्रै पराजित*

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा लुम्बिनी प्रदेशका वेटिङ मुख्यमन्त्री वीरेन्द्रप्रसाद कनौडिया केन्द्रीय सदस्यमा पराजित भएका छन् ।

    लुम्बिनी प्रदेशसभा सदस्य समेत रहेका कनौडिया कांग्रेसको खुला केन्द्रीय सदस्यमा पराजित भएका हुन् । उनले १५१९ मत प्राप्त गरे ।

    साउन अन्तिममा लुम्बिनी प्रदेशमा एमालेविरुद्धको गठबन्धन दलको भागवण्डामा ८ महिनापछि मुख्यमन्त्री बन्ने सहमतिमा परेका कनौडिया पनि देउवा समूहबाट उम्मेदवार थिए ।

    संस्थापन समूहका धेरै नेताहरु निर्वाचित हुँदा पनि कनौडिया पराजित भएका हुन् । लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यमा संस्थापन समूहभन्दा इतर समूहका धेरै जना निर्वाचित भएका छन् ।

    लामो समय गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिव रहेका रूपन्देहीका गोकर्ण पौडेल पनि केन्द्रीय सदस्यमा हारेका छन् ।

    पाल्पाका हरि नेपाल पनि कांग्रेसको केन्द्रीय सदस्य पदमा दोहोरिन सकेनन् । गुल्मीका पूर्वसांसद त्रैलोक्यप्रताप सेनले १३ औं र १४ दुवै महाधिवेशनमा निर्वाचन जित्न सकेनन् ।

    २०५६ सालयता निरन्तर केन्द्रीय सदस्य रहेका रूपन्देही गृहजिल्ला भएका गृहमन्त्री बालकृष्ण खाँण भने खुला केन्द्रीय सदस्यतर्फ तेस्रो बढी मतसहित विजयी भए ।

    त्यस्तै सहमहामन्त्रीमा पहिले नै उम्मेदारी घोषणा गरेका संस्थापनइतर समूहका दाङका दीपक गिरी आफ्नो प्यानलबाट पदाधिकारीमा नपरेपछि कांग्रेसको केन्द्रीय सदस्यमा दोहोरिएका छन् ।

    बर्दियामा वामदेव गौतमलाई हराएर चर्चामा आएका सञ्जयकुमार गौतम, योजना आयोगका पूर्वउपाध्यक्ष प्युठानका डा. गोविन्दराज पोखरेल पहिलोपटक केन्द्रीय सदस्य बनेका छन् । उनीहरु दुवै इतर समूहका हुन् ।

    लुम्बिनी प्रदेशअन्तर्गतकै दाङ जिल्लाका कृष्णकिशोर घिमिरे पनि १७०७ मतका साथ ३५औं नम्बरमा रहेर कांग्रेस केन्द्रीय सदस्य बन्न सफल भएका छन् । उनी देउवाको प्यानलमा थिए ।

    कांग्रेस पदाधिकारीमा संस्थापन समूहबाट बर्दियाका किशोरसिंह राठौर सहमहामन्त्रीमा विजयी भएका छन् । पदाधिकारीमा लुम्बिनीबाट जाने उनी मात्रै परेका छन् ।

    उपसभापतिमा इतर समूहबाट गुल्मीका चन्द्र भण्डारी तथा सहमहामन्त्रीमा संस्थापन समूहबाट अर्घाखाँचीका मानबहादुर विक उम्मेदार भए पनि विजयी हुन सकेनन् ।

    * यसअघि पूर्वमन्त्री सुरेन्द्र हमालको नाम र तस्बिर हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । स.

  • सिटौलाको घर पुगेर विश्वप्रकाशले लिए आशीर्वाद

    सिटौलाको घर पुगेर विश्वप्रकाशले लिए आशीर्वाद

    काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग भेटेर आशीर्वाद लिएका छन् ।

    लामो समयदेखि तिक्ततापूर्ण सम्बन्ध रहेको भनिएका सिटौलालाई भेट्न शर्मा निवासमै पुगेका थिए । चण्डोलस्थित सिटौला निवासको आँगनमा सिटौलाले शर्मालाई खादा र अबिर लगाइदिएर शुभकामना दिए । सो क्रममा सिटौलाले सफल कार्यकालको शुभकामना दिए ।

    कांग्रेसको आन्तरिक राजनीतिमा सिटौला-शर्मा सम्बन्ध सुमधुर छैन । सिटौलाकै कारण शर्माले सुशिल कोइराला नेतृत्वको टिम छाड्न बाध्य भएको बताइन्छ । १४ औं महाधिवेशनमा शर्मालाई रोक्नकै लागि सिटौलाले शेरबहादुर देउवासँग सहमति गरेपछि शर्मा प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए ।

    महामन्त्रीमा निर्वाचित भएपछि शर्माले सिनियर नेताहरुलाई भेटेर आशीर्वाद लिइरहेका छन् ।

  • कांग्रेस सहमहामन्त्री अपडेट : खस/आर्यमा राठाैरकाे अग्रता

    कांग्रेस सहमहामन्त्री अपडेट : खस/आर्यमा राठाैरकाे अग्रता

    काठमाडौं । नेपाली कांग्रेसको बाँकी पाँच सहमहामन्त्रीको मतगणना भइरहेको छ ।

    मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारु, खस/आर्यको मतगणना सुरु भएको निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

    खस/आर्यतर्फ देउवा समूहका किशोरसिंह राठौरले अग्रता लिएका छन् । उनले शेखर समूहका देवराज चालिसेलाई पछि पारेका हुन् । अहिलेसम्म दुई सय मत गनिसकिएको छ । जसमा राठौरले १०७ र चालिसेले ९१ मत पाएका छन् ।

  • कांग्रेस ५ सहमहामन्त्रीको गणना बाँकी रहदा पदाधिकारीमा दुवै पक्ष बराबर

    कांग्रेस ५ सहमहामन्त्रीको गणना बाँकी रहदा पदाधिकारीमा दुवै पक्ष बराबर

    काठमाडौं । नेपाली कांग्रेसका सभापतिसहित ८ पदाधिकारी निर्वाचनको मतगणना सकिँदा संस्थापन पक्ष र इतर पक्ष बराबरी संख्यामा निर्वाचित भएका छन् । १३ पदाधिकारीका लागि भएको निर्वाचनमा अब ५ सहमहामन्त्रीको गणना हुन बाँकी छ ।

    सभापतिसहित ४ जना पदाधिकारी संस्थापन पक्षबाट जितेका छन् भने उपसभापति र महामन्त्रीसहित ५ पदाधिकारी इतर समूहका छन् । सभापति शेरबहादुर देउवा पक्षबाट उपसभापति पूर्णबहादुर खड्का र सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना तथा भिष्मराज आङ्देम्बेले जितेका छन् ।

    इतर समूहबाट डा.शेखर कोइराला समूहका उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री जीवन परियारले जितेका छन् भने प्रकाशमान सिंह समूहबाट उठेको महामन्त्री विश्वप्रकाश शर्माले जितेका छन् ।

    अब मतगणना हुन बाँकी रहेका सहमहामन्त्रीमध्ये खसआर्य क्लस्टरबाट देउवा पक्षका किशोर सिंह राठौर र कोइराला पक्षका देवराज चालिसे मुख्य प्रतिस्पर्धी रहेका छन् ।

    त्यस्तै मधेशी क्लस्टरबाट देउवा पक्षका महेन्द्र यादव र कोइराला पक्षका रामकृण यादवबीच प्रतिस्पर्धा छ भने मुस्लिम क्लस्टरबाट देउवा पक्षका फरफुल्लाह मन्सुर र कोइराला पक्षका शेख वकिलबीच प्रतिस्पर्धा हुँदैछ ।

    त्यस्तै पिछडिएको क्षेत्रबाट देउवा पक्षका जीवनबहादुर शाही र वद्री पाण्डे तथा थारु क्लस्टरबाट देउवा सिटौला समूहका उमाकान्त चौधरी तथा कोइराला पक्षका तेजुलाल चौधरीबीच प्रतिस्पर्धा हुँदैछ ।

    थारु र पिछडिएको क्षेत्रको क्लस्टरको बाहेक अन्यको मतगणना केन्द्रीय कार्यालय सानेपामा सुरू भएको छ ।

  • तस्बिरमा गगन-विश्वप्रकाशको विजयोत्सव

    तस्बिरमा गगन-विश्वप्रकाशको विजयोत्सव

    काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी भएका छन् ।

    कांग्रेस महामन्त्रीमा गगनकुमार थापा सर्वाधिक मत ल्याएर विजयी भए । उनीसँगै विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा विजयी भए । उनीहरू दुवैजनाले कार्यकर्तासँग खुसी साटेका छन् ।

    निर्वाचन समितिका अनुसार ४६८२ मत गणना हुँदा गगनकुमार थापा ३०२३ मत प्राप्त गरे। १९८४ मत ल्याएर विश्वप्रकाश शर्मा दोस्रो बने । गगन शेखर कोइराला र विश्वप्रकाश प्रकाशमानको प्यानलबाट महामन्त्री लडेका थिए । ४३ मत बदर भएको छ ।

    सभापतिमा विजयी शेरबहादुर देउवा प्यानलका उम्मेदवारहरू प्रकाशशरण महतले १५५६ र प्रदीप पौडेलले १३९३ मत ल्याए ।
    उनीहरू दुवैजना देउवाइतरको छुट्टाछुट्टै प्यानलबाट उठेका थिए । नेतृत्व परिवर्तनको वकालत गरिरहेका नेताहरू नै दोस्रो चरणको चुनावमा देउवाका लागि भोट माग्न उभिए । तर, कम्तीमा महामन्त्री पद युवा पुस्तामा सरेको छ ।

     

  • राजीनामापछि रिजालले भने- अब सक्रिय राजनीतिभित्र नरहन पनि सक्छु (भिडिओ)

    राजीनामापछि रिजालले भने- अब सक्रिय राजनीतिभित्र नरहन पनि सक्छु (भिडिओ)

    काठमाडौं । रक्षामन्त्री पदबाट राजीनामा दिएका कांग्रेस नेता डा. मीनेन्द्र रिजालले आफू राजनीतिमै रहने वा नरहने निष्कर्षमा नपुगेको बताएका छन् । राजीनामा निर्णय आफूले भावावेशमा नगरेको उनको भनाइ छ ।

    राजीनामापछि आयोजना गरिएको पत्रकार सम्मेलनमा रिजाललाई पत्रकारले सोधेका थिए, ‘कतै राजनीतिबाटै अलग हुने संकेत गर्न खोज्नुभएको त होइन ?’

    डा. रिजालले जवाफ दिए, ‘मैले त्यस्तो संकेत गरेको होइन । तर, सम्भावना छँदैछैन भन्दिनँ ।’

    अब के गर्ने भन्ने विषयमा गम्भीर रुपमा सोच्ने रिजालले बताए।

    ‘म सावर्जजनिक जीवनमा नै हुनेछु । तर, राजनीतिभित्र हुन्छु वा बाहिर हुन्छु भन्ने थाहा छैन । जहाँ भए पनि तपाईंहरुसँग भेटघाट हुन्छ,’ उनले भने ।

  • कांग्रेसमा विवेकको भोट ! ‘बुढो’ पार्टीलाई दुई तन्नेरीको बलियो काँध

    कांग्रेसमा विवेकको भोट ! ‘बुढो’ पार्टीलाई दुई तन्नेरीको बलियो काँध

    काठमाडौं । नेपाली कांग्रेसका दुई तेजिला युवा नेता गगन थापा र विश्वप्रकाश शर्मा एकसाथ पार्टीको महामन्त्रीमा निर्वाचित भएका छन् । उनीहरूको विजयले कांग्रेसभित्र मात्र नभएर नेपाली राजनीतिमै सकारात्मक तरंग पैदा गरेको छ ।

    युवा भएकाले मात्र होइन, क्षमताका कारणले पनि यी दुई नेतालाई ‘कांग्रेसको भविष्य’ का रूपमा हेरिँदै आएको थियो । सभापतिमा भारी मतले जितेको संस्थापन पक्षका उम्मेदवारलाई हराउँदै गगन र विश्वप्रकाशले महामन्त्रीमा बाजी मारेका हुन् । कांग्रेसमा महामन्त्रीलाई सभापतिपछिको प्रभावशाली पद मानिन्छ ।

    गगन र विश्वप्रकाशको जित यस अर्थमा महत्वपूर्ण छ कि उनीहरूले पार्टीभित्र वर्चश्वशाली रहेको संस्थापन पक्षलाई पन्छाउँदै जित हासिल गरेका छन् । गुटबन्दीको रोगले आक्रान्त कांग्रेसमा सभापतिका लागि प्यानलगत प्रतिस्पर्धा भएको थियो । गगन र विश्वप्रकाशले फरक-फरक प्यानलबाट प्रतिस्पर्धा गरेका हुन् ।

    गगन र विश्वप्रकाश पार्टीभित्र मात्र नभएर बाहिर पनि लोकप्रिय युवा नेता हुन् । कांग्रेस प्रतिपक्षमा छँदा गगन थापाले संसदभित्र पार्टीको प्रतिपक्षी इमेजलाई केही हदसम्म रक्षा गरेका थिए । विश्वप्रकाशले प्रवक्ताको हैसियतमा देशमा कांग्रेस भन्ने पार्टी छ भन्ने वोध गरेका थिए । यी दुई नेता नहुँदा हुन् त कांग्रेस कतै पनि उपस्थिति देखाउन नसक्ने रुग्ण पार्टीको हैसियत पुग्थ्यो भन्ने कांग्रेसजनहरू विश्वास गर्छन् ।

    विश्वप्रकाशको जित अझै विशेष यसकारणले छ कि उनले संस्थापन समूहबाट टिकट नपाएपछि प्रकाशमान सिंहको कमजोर प्यानलबाट उम्मेदवारी दिएका थिए । शेरबहादुर देउवाले कृष्ण सिटौलासँग लेनदेन गर्ने क्रममा महामन्त्रीमा प्रदीप पौडेललाई उठाउँदा विश्वप्रकाश कोपभाजनमा परेका थिए । बलियो प्यानलको साथ नहुँदा उनलाई चुनावमा अप्ठेरो पर्न सक्ने आँकलन गरिएको थियो । तर, कांग्रेस कार्यकर्ताले गुट विर्सेर विश्वप्रकाशलाई भोट गरेका छन् ।

    देउवाको शक्तिशाली प्यानलबाट उठेका डा. प्रकाशशरण महत र प्रदीप पौडेल पराजित भए । प्रदीप पनि कांग्रेसका आशा गरिएका नेता हुन् । यद्यपि, उनको महामन्त्री बन्न बेला भएको छैन भन्ने अभिमत कांग्रेसमा देखियो । गुट मिलाएर महामन्त्री पड्काउने उनको रणनीति फेल खाएको छ ।

    यसअघि उपसभापतिको चुनावमा पनि क्रस प्यानल भोटिङ भएको थियो । कांग्रेसका पुराना हस्ति विजय गच्छेदारलाई युवा नेता धनराज गुरुङले कडा प्रतिस्पर्धामा पराजित गरे । यसरी पार्टीका चार महत्वपूर्ण पदमध्ये तीन पद संस्थापनइतर पक्षको पोल्टामा गएको छ । यसको अर्थ सभापति देउवाका लागि आगामी दिनहरू सहज हुने छैनन् ।

    कांग्रेसमा गगन-विश्वप्रकाशको उदयले नेपाली राजनीतिमा लामो समयदेखि चर्चा गर्ने गरिएको पुस्तान्तरणको बहसलाई पनि केही हदसम्म न्याय गरेको छ । सभापतिमा नेतृत्व परिवर्तन हुन सकेन । नेतृत्व परिवर्तनको वकालत गरिरहेका नेताहरू नै दोस्रो चरणको चुनावमा देउवाका लागि भोट माग्न उभिए । तर, कम्तीमा महामन्त्री पद युवा पुस्तामा सरेको छ । यसपाली नभए पनि अर्को महाधिवेशनमा कांग्रेसले युवा नेतृत्व पाउने बाटो खुलेको छ ।

    गगन र विश्वप्रकाश पार्टीभित्र मात्र नभएर बाहिर पनि लोकप्रिय युवा नेता हुन् । कांग्रेस प्रतिपक्षमा छँदा गगन थापाले संसदभित्र पार्टीको प्रतिपक्षी इमेजलाई केही हदसम्म रक्षा गरेका थिए । विश्वप्रकाशले प्रवक्ताको हैसियतमा देशमा कांग्रेस भन्ने पार्टी छ भन्ने वोध गरेका थिए । यी दुई नेता नहुँदा हुन् त कांग्रेस कतै पनि उपस्थिति देखाउन नसक्ने रुग्ण पार्टीको हैसियत पुग्थ्यो भन्ने कांग्रेसजनहरू विश्वास गर्छन् ।

    कांग्रेस अहिले देशको सत्तारुढ पार्टी हो । सभापति शेरबहादुर देउवा स्वयम्ले सरकारको नेतृत्व गरिरहेका छन् । संसदीय प्रजातान्त्रिक प्रणालीमा सरकारलाई सँध पार्टीले दिशानिर्देश गर्नुपर्ने हुन्छ । गगन र विश्वप्रकाशले महामन्त्रीको भूमिकामा रहेर पार्टीलाई सही दिशााम लैजाने मात्र होइन, सरकारलाई सही दिशा निर्देश गर्ने कुरामा पनि भूमिका खेल्न सक्छन् ।

    दुवै नेताको अबको चुनौती भनेको सभापतिसँग तालमेल मिलाएर कांग्रेसलाई देशको प्रमुख पार्टीका रुपमा स्थापित गर्ने हो । अब विभिन्न चुनावहरू नजिकिएका छन् । यो चुनावमा कांग्रेससँग धेरै किसिमका अनुकूलता छन् । कम्युनिष्ट पार्टीहरू फुटेर तितरबितर भएको अवस्थामा कांग्रेसले आगामी निर्वाचनमा बहुमतको आशा लिएको छ ।

    तर, देउवाको अनुहार हेरेर मतदाताले कांग्रेसलाई भोट दिने अवस्था छैन । कांग्रेसले देखाउने अनुहार भनेको गगन-विश्वप्रकाशहरू नै हुन् ।

    राजनीतिमा भाषण गरेजस्तो काम गर्न सजिलो हुँदैन । गगन-विश्वप्रकाशले भाषणबाटै लोकप्रियता आर्जन गरेकोमा दुईमत छैन । अब उनीहरूले आफूलाई व्यवहारमा प्रमाणित गर्नुपर्ने चुनौती छ ।

  • जित निश्चित भएसँगै विश्वप्रकाशको विजयोत्सव, कार्यकर्ताले काँधमा उचाले (तस्बिरहरू)

    जित निश्चित भएसँगै विश्वप्रकाशको विजयोत्सव, कार्यकर्ताले काँधमा उचाले (तस्बिरहरू)

    काठमाडौं । कांग्रेस महामन्त्रीको निर्वाचन परिणाम आउनुअगावै गगन थापा र विश्वप्रकाश शर्माको विजय निश्चित भएको छ । दुवै नेताका समर्थकहरु अहिले खुशीयाली मनाइरहेका छन् ।

    मतगणना आधाउधि हुनासाथ गगनका समर्थकको हर्षोल्लास सुरू भइसकेको थियो । अहिले मतगणना सकिन लाग्दा विश्वप्रकाशका समर्थकहरु पनि विजयी मुडमा छन् । अब थोरै मत गन्न बाँकी रहे पनि गगन र विश्वप्रकाशलाई अरुले उछिन्न सक्ने अवस्था छैन ।

    मतगणना स्थलमा खुशीयाली मनाउँदै कार्यकर्ताहरुले विश्वप्रकाशलाई काँधमा उचालेका छन् । उनीहरुले विश्वप्रकाशको समर्थनमा हुटिङ र नारावाजी गरेका थिए ।

    विश्वप्रकाशका लागि यो जित विशेष छ । संस्थापन पक्षबाट टिकट नपाएपछि उनले प्रकाशमान सिंहको कमजोर प्यानलबाट उम्मेदवारी दिएका थिए । तर, पनि संस्थापन पक्षका उम्मेदवारलाई पछि पार्दै जित हासिल गर्न सफल भएका छन् ।

    तस्बिरहरू : सरोज बैजु । 

  • धनराज गुरुङ : देउवाले संसदमा पत्याएनन्, कार्यकर्ताले उपसभापतिमा पत्याए

    धनराज गुरुङ : देउवाले संसदमा पत्याएनन्, कार्यकर्ताले उपसभापतिमा पत्याए

    काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा २ मतको अन्तरले धनराज गुरुङ विजयी भए । पार्टीभित्र रुपान्तरण र पुस्तान्तरणको अभियान अगाडि बढाएका गुरुङले पाएको सफलता कांग्रेसको आन्तरिक राजनीतिमा चानचुने होइन ।

    उपसभापतिमै विजयी पूर्णबहादुर खड्का कांग्रेसको निवर्तमान महामन्त्री, पूर्वसहमहामन्त्री र पूर्वगृहमन्त्रीसमेत हुन् । तर, गुरुङ निवर्तमान केन्द्रीय सदस्य मात्रै हुन् । संविधानसभामा सदस्य रहेका गुरुङ नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष हुन् ।

    विद्यार्थी राजनीतिबाट उदाएका गुरुङ सरल नेता मान्छिन् । सार्वजनिक कार्यक्रमहरूमा जाँदा माला खादा लगाउँदैनन् । जिल्लाका कार्यक्रममा जाँदा महंगा होटलमा बस्दैनन् । कार्यकर्ताकै भान्छाको खान्छन्, तिनकै घर सुत्छन् । संविधानसभाको दुवै कार्यकालमा उनले सक्रियता देखाए । लेखा समितिमा रहँदा भ्रष्टाचार र अनियमितताका फाइलहरू खोल्न लगाए । संसदीय समितिमार्फत गुरुङले राज्यस्रोतको दोहनविरुद्ध निरन्तर खबरदारी गरे ।

    डा. शेखर कोइरालाको प्यानलबाट प्रतिस्पर्धा गरेका गुरुङले कांग्रेसको आन्तरिक राजनीतिमा अब शेखर पक्षको नेतृत्वसमेत गर्नेछन् । उपसभापतिमा निर्वाचित भएसँगै गुरुङले पार्टीलाई विधानसम्मत ढंगले सञ्चालन गर्न भूमिका खेल्ने बताएका छन् ।

    १२ औं महाधिवेशनमा जनजाति तर्फबाट केन्द्रीय सदस्य जितेका गुरुङले १३ औं महाधिवेशनमा आरक्षणमा प्रतिस्पर्धा गरेनन् । एकपटक आरक्षणबाट लडिसकेकोले अघिल्लो महाधिवेशनमा उनी खुलातर्फको केन्द्रीय सदस्यको प्रत्यासी बने । अधिकांशले धनराजको निर्णय प्रत्युत्पादक हुने चेतावनी दिएका थिए तर उनी २५ मध्ये सातौं नम्बरमा रहँदै केन्द्रीय सदस्यमा विजयी भए ।

    २०७४ सालको संसदीय निर्वाचन उनका लागि सुखद भएन । संस्थापनइतर समूहमा सक्रिय गुरुङलाई सभापति देउवाले सांसदको टिकट समेत पत्याएनन् । गृहजिल्ला स्याङ्जामा गोपालमान श्रेष्ठ र राजु थापाले टिकट पाउँदा गुरुङ रोकिए । केन्द्रीय सदस्य भइसकेका उनलाई कांग्रेसले समानुपातिकमा समेत राखेन । युवापुस्तामा लोकप्रिय रहेका गुरुङलाई सभापति देउवाले सांसदको टिकटसमेत नपत्याउँदा धेरैले आश्चर्य मानेका थिए । गुरुङझै टिकट रोकिएका बद्री पाण्डे, सुरेन्द्रराज पाण्डेलगायतका नेताले राष्ट्रियसभामा अवसर पाए तर उनले पाएनन् ।

    तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुने भयो । स्याङ्जासँगै पोखरामा समेत बसोबास भएका गुरुङलाई उपनिर्वाचन लड्न दबाब आयो । उपनिर्वाचनमा कांग्रेसले गुरुङलाई उम्मेदवार बनाउने चर्चा तीब्र थियो तर त्यसमा पनि उनी रोकिए । सभापति देउवा असहमत देखिएपछि बुढानिलकण्ठबाटै गुरुङले ‘आफू रेसमा नरहेको’ बताएका थिए । बारम्बार रोकिएका गुरुङ अब उपसभापतिका रुपमा कांग्रेस केन्द्रीय कार्यालय प्रवेश गर्नेछन् ।

    कांग्रेसमा दोस्रो वरीयतामा रहने पदमा धनराजको ईन्ट्री सभापति देउवाका लागि ‘स्वभाविक’ हुनेछैन । यद्यपि महाधिवेशन प्रतिनिधिहरुको मन जितेर धनराजले कांग्रेस राजनीतिको केन्द्रमा आफूलाई स्थापित गरिसकेका छन् ।

    डा. शेखर कोइरालाको प्यानलबाट प्रतिस्पर्धा गरेका गुरुङले कांग्रेसको आन्तरिक राजनीतिमा अब शेखर पक्षको नेतृत्वसमेत गर्नेछन् । उपसभापतिमा निर्वाचित भएसँगै गुरुङले पार्टीलाई विधानसम्मत ढंगले सञ्चालन गर्न भूमिका खेल्ने बताएका छन् ।

    महाधिवेशनअघि शेखर समूहले जिते ‘भ्रष्टाचारका सबै फाइल खुल्ने’ अभिव्यक्ति दिएका गुरुङले उपसभापतिका रूपमा निर्वाह गर्ने भूमिका बहुप्रतिक्षित छ ।

  • कांग्रेसको महामन्त्री दौडः सहज जितको बाटोमा गगन, विश्वप्रकाश पनि लम्किँदै

    कांग्रेसको महामन्त्री दौडः सहज जितको बाटोमा गगन, विश्वप्रकाश पनि लम्किँदै

    काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा जितको यात्रामा देखिएका छन् । आधाभन्दा बढी मतगणना भइसक्दा प्रतिस्पर्धीहरुसँग उनको स्पष्ट अन्तराल छ ।

    शेखर कोइराला प्यानलबाट उठेका गगनले मतगणनाको सुरुदेखि नै अग्रता बनाएका थिए । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन । यही रुझान कायम रहेमा उनले सहज जितको स्वाद चाख्नेछन् । अघिल्लो महाधिवेशनमा उनी महामन्त्रीमै पराजित भएका थिए ।

    दोस्रो महामन्त्रीमा विश्वप्रकाश शर्माको दावेदारी बलियो बनेको छ । सुरूआती मतगणनामा दोस्रो स्थानका लागि त्रिपक्षीय प्रतिस्पर्धा देखिएको थियो ।

    विश्वप्रकाशसहित संस्थापन पक्षका दुई उम्मेदवार प्रदीप पौडेल र डा. प्रकाशशरण महतबीच तीब्र प्रतिस्पर्धामा थिए । तर, पछिल्लो अवस्थामा विश्वप्रकाशले संस्थापनका उम्मेदवारहरुसँग स्पष्ट अन्तराल कायम राखेका छन् ।

    यदि गगन र विश्वप्रकाश दुवैले जितेमा त्यो संस्थापन समूहका लागि गतिलो धक्का हुनेछ । संस्थापन समूहबाट टिकट नपाएपछि विश्वप्रकाशले प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएका थिए । कांग्रेस प्रतिनिधिहरुले प्यानल हेरेर भन्दा पनि उम्मेदवार हेरेर क्रस भोटिङ गरेको देखिएको छ ।

    शेखर कोइरालाको प्यानलबाट उठेका डा. मिनेन्द्र रिजालको दावेदारी भने कमजोर बन्दै गएको छ । कांग्रेसमा महामन्त्रीका लागि ४ वटा प्यानलबाट ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये विमलेन्द्र निधिको प्यानलबाट उठेका राजाराम कार्कीले उल्लेख्य मत प्राप्त गर्न सकेका छैनन् ।

  • रक्षामन्त्रीबाट राजीनामा दिने मीनेन्द्र रिजालको घोषणा

    रक्षामन्त्रीबाट राजीनामा दिने मीनेन्द्र रिजालको घोषणा

    काठमाडाै‌ं। रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री पदमा उठेका रिजालले मतगणनामा पछि परेपछि राजीनामा दिने घोषणा गरेका हुन् ।

    फेसबुकमा स्टाटस लेख्दै उनले मतगणनाको अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गर्ने बताएका छन् ।

    उनले लेखेका छन्, ‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। ‘

    अहिले कांग्रेस महामन्त्री पदको मतगणना जारी छ । शेखर कोइरालाको प्यानलबाट उठेका मिनेन्द्र पाँचौ स्थानमा छन् ।

  • कांग्रेस महामन्त्रीको दौडः अघिअघि गगन, दोस्रोमा त्रिपक्षीय प्रतिस्पर्धा

    कांग्रेस महामन्त्रीको दौडः अघिअघि गगन, दोस्रोमा त्रिपक्षीय प्रतिस्पर्धा

    काठमाडौं । नेपाली कांग्रेस महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक रुझान हेर्दा संस्थापनइतर समूहका उम्मेदवार गगन थापा जितको यात्रामा देखिएका छन् ।

    मतगणनाको सुरूदेखि नै ठूलो अन्तरालका साथ गगनले अग्रता लिइरहेका छन् । यही रुझान कायम रहे उनले सहज जित हासिल गर्ने देखिएको छ । निकट प्रतिस्पर्धीभन्दा उनी झण्डै डेढ गुणा बढी मतले अगाडि छन् ।

    दोस्रो स्थानका लागि भने तीब्र प्रतिस्पर्धा देखिएको छ । प्रकाशमान सिंहको प्यानलबाट उठेका विश्वप्रकाश शर्मासित शेरबहादुर देउवा प्यानलका प्रदीप पौडेल र प्रकाशशरण महतले कठिन संघर्ष गरिरहेका छन् ।

    कांग्रेस महामन्त्रीका लागि ६ उम्मेदवार खडा भएका थिए । शेखर कोइरालाको प्यानलबाट उठेका दोस्रो उम्मेदवार डा. मिनेन्द्र रिजाल प्रतिस्पर्धामा पछि परेका छन् । विमलेन्द्र निधिको प्यानलबाट खडा भएका राजाराम कार्कीको उल्लेख्य मत आएको छैन ।

  • कांग्रेस महाधिवेशनः महामन्त्रीको मतगणना सुरू (तस्बिरहरु)

    कांग्रेस महाधिवेशनः महामन्त्रीको मतगणना सुरू (तस्बिरहरु)

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत २ जना महामन्त्रीका लागि भएको निर्वाचनको मतगणना सुरू भएको छ।

    केन्द्रीय निर्वाचन समितिको बैठकपछि मतगणना थालिएको हो । उपसभापतिको मतगणना भएकै स्थल पार्टी केन्द्रीय कार्यालय सानेपामै  मतगणना जारी छ ।

    दुई महामन्त्रीका लागि ६ जनाबीच प्रतिस्पर्धा छ। सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट डा. प्रकाशशरण महत, प्रदीप पौडेल छन् ।

    डा. शेखर कोइराला नेतृत्वको प्यानलबाट डा. मिनेन्द्र रिजाल र गगन थापा, प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्मा तथा विमलेन्द्र निधिको प्यानलबाट डा. राजाराम कार्की महामन्त्रीको दौडमा रहेका छन् ।

    यसअघि सम्पन्न मतगणनाबाट सभापतिमा शेरबहादुर देउवा तथा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् ।

  • शेखर पक्षका उम्मेदवार बजगाईंलाई सरकारी पक्षले किन दियो सास्ती ?

    शेखर पक्षका उम्मेदवार बजगाईंलाई सरकारी पक्षले किन दियो सास्ती ?

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य पदका उम्मेदवार राजेन्द्र बजगाईंलाई सादा पोशाकका प्रहरी लगाएर दुःख दिने काम भएको आरोप कांग्रेस नेताहरुले लगाएका छन् ।

    सभापतिका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाद्वारा आयोजित धन्यवाद सभामा युवा नेता गुरुराज घिमिरेले सरकारले सुनियोजित रुपमा आफूपक्षीय नेताहरुलाई दुःख दिएको आरोप लगाएका हुन् । बजगाईं कोइराला नेतृत्वको प्यानलबाट खुला केन्द्रीय सदस्यको उम्मेदवार रहेका थिए ।

    पर्यटन व्यवसायीसमेत रहेका बजगाईंलाई राजनीतिक प्रतिशोधका आधारमा दुःख दिइएको भन्दै कोइराला पक्षले आपत्ति जनाएको हो । ‘हाम्रो टिमको केन्द्रीय सदस्यको उम्मेदवार राजेन्द्र बजगाईंलाई १५ दिनदेखि सादा पोशाकका प्रहरीले पिछा गरेर दुःख दिइरहेका छन् । सत्ताले विभिन्न ढंगबाट दु:ख दिइरहेको छ । यसमा हाम्रो आपत्ति छ’, घिमिरेले भने ।

    बजगाईंले महाधिवेशन निर्वाचनको प्रचारका क्रममा रहँदा शंकास्पद व्यक्तिहरुले आफ्नो पिछा गरेको, प्रहरीले पटक-पटक गाडी रोकेर खानतलासीका नाममा दुःख दिएको र मनोवैज्ञानिक रुपमा त्रसित बनाउन खोजेको आरोप लगाए ।

    ‘राजनीतिक आवद्धताकै कारण सत्ताका मान्छेहरुले मलाई ह्यारेस गरेका छन् । मेरो गल्ती र कैफियत नहुँदासमेत दुःख दिने नियत राखेर सरकारी मान्छेले प्रयत्न गरेका छन्’, उनले नेपाल प्रेससँग भने ।

  • शेखर कोइरालाले भने- गुटबन्दी गर्दैनौं, भागबण्डा चाहिँदैन (भिडिओ)

    शेखर कोइरालाले भने- गुटबन्दी गर्दैनौं, भागबण्डा चाहिँदैन (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले भागबण्डा र गुटबन्दीको राजनीति नगर्ने उद्घोष गरेका छन् । महाधिवेशनबाट सभापतिमा निर्वाचित हुन नसकेपनि गुटबन्दी गरेर भाग खोज्ने काम आफूबाट नहुने प्रष्ट पारेका छन् ।

    ‘हामी भागबण्डा र गुटबन्दीको राजनीतिमा लाग्दैनौं । हामी राम्रो काम गर्दै जान्छौं । कार्यकर्ताको घरदैलोमा पुगिरहन्छौं । यस्तो अवस्था बन्छ कि हाम्रोबारेमा सोच्न नेतृत्व बाध्य हुनेछ’, कोइरालाले भने ।

    उनले सभापतिमा निर्वाचित भएकोमा शेरबहादुर देउवालाई शुभकामना दिँदै चार वर्षको कार्यकालमा विगतका कमजोरी नगर्न सुझावसमेत दिएका छन् । ‘शेरबहादुरजीलाई म चार वर्षको लागि शुभकामना दिन्छु । विधानअनुसार सभापतिको कार्यकाल पनि ४ वर्ष नै हो’, कोइरालाले भने ।

    उनले पार्टीभित्र बेथिति र विसंगति दोहोरिए सशक्त प्रतिवाद हुनेपनि उल्लेख गरे । ‘सभापति नजितेपनि हाम्रो राजनीतिक एजेण्डा ओझेलमा परेको छैन । पार्टीमा फेरी बेथिति भयो भने हामी सशक्तरूपले प्रस्तुत हुनेछौ’, उनले भने ।

    कोइरालाले निर्वाचनमा सहयोग गर्न नसक्ने नेताहरुसँग कुनै गुनासो नरहेको बताए । ‘हो मैले चुनाव हारेको छु । कतिपय नेताले सहयोग गर्नसक्नुभएन । यसमा मेरो कुनै गुनासो पनि छैन, कुण्ठा पनि छैन । निर्वाचनमा हारजित सामान्य हो । मैले हारेपनि पार्टीभित्र युवापुस्ताका लागि अवसरको ढोका खोल्न सफल भएका छौ’, कोइरालाले भने ।

    उनले सभापतिमा पराजित भएपनि कांग्रेस रुपान्तरणको अभियान नरोकिने बताए । ‘म आजैदेखि नेपाली कांग्रेसको रुपान्तरणको लागि लागिसकेको छु । निरन्तर रुपमा म तपाईहरुको घरदैलोमा आइपुग्छु । मेरो राजनीतिक यात्रा नयाँ ढंगले सुरु गर्छु’, उनले भने ।

  • शेखरजीले प्रशंसनीय मत ल्याउनुभयो : डा. महत

    शेखरजीले प्रशंसनीय मत ल्याउनुभयो : डा. महत

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले १४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित हुन नसकेपनि डा.शेखर कोइरालाले प्राप्त गरेको मत प्रशंसनीय रहेको बताएका छन् ।

    कोइराला समूहले आयोजना गरेको धन्यवाद सभामा बोल्दै महतले नेतृत्व परिवर्तनको पक्षमा उभिनुपर्ने नेताहरुले अन्तिम अवस्थामा असहयोग गरेकै कारण जित हासिल हुन नसकेको बताए । ‘शेखरजीले जति मत ल्याउनुभएको छ त्यो प्रशंसनीय छ । राम्रो मत ल्याउन नसकेका साथीहरुले शेरबहादुरजीलाई सहयोग गरेकाले मात्रै उहाँले जित्न सक्नुभएन’ महतले भने ।

    उनले निर्वाचनको तीतोमिठो बिर्सेर बृहत्तर पार्टी एकताका पक्षमा सबैजना उभिनुपर्ने महतले बताए । निर्वाचित सभापतिले पार्टीभित्र क्षमता र योगदानका आधारमा अवसर दिनुपर्ने महतको भनाई छ ।

    ‘पार्टीभित्र क्षमताका आधारमा अवसर दिने हो भने गुटबन्दी गर्नै पर्दैन । पार्टी एकताका लागि निर्वाचित सभापतिले अग्रसरता लिनुपर्नेछ’, महतले भने ।

  • कांग्रेस महाधिवेशनः उपसभापतिको मतगणना केहीबेरमै, महामन्त्रीको भोलि

    कांग्रेस महाधिवेशनः उपसभापतिको मतगणना केहीबेरमै, महामन्त्रीको भोलि

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापतिको मत गणना आजै शुरु हुने भएको छ।

    कांग्रेको केन्द्रीय निर्वाचन समितिको सदस्य सीताराम केसीले उपसभापतिको १ घण्टापछि र महामन्त्रीको भोेलिदेखि मत गणना शुरु हुने जानकारी दिए ।

    सभापतिको मत परिणाम भने आइसकेको छ । सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन्।

  • कांग्रेसमा फेरि ६०/४० को समीकरण, रोकिएला त भागबण्डा ?

    कांग्रेसमा फेरि ६०/४० को समीकरण, रोकिएला त भागबण्डा ?

    काठमाडौं । नेपाली कांग्रेसमा नेताहरूको गुट अदलबदल तीब्र भए पनि आन्तरिक शक्ति समीकरण यथावत देखिएको छ । २०६४ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको नेपाली कांग्रेस र शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस (प्रजातान्त्रिक) बीच एकीकरण भयो । एकीकरणलाई लागि तय गरिएको फर्मुला थियो, ६०/४० ।

    केन्द्रदेखि तल्लो संरचनासम्म कोइरालाले ६० प्रतिशत र देउवाले ४० प्रतिशत पद बाँडफाँड गरेर एकताप्रक्रियालाई टुंग्याएका थिए । त्यसयता संसदीय निर्वाचनको टिकटदेखि पार्टीका हरेक निर्णयमा तत्कालीन संस्थापन पक्षले ६० र देउवा पक्षले ४० प्रतिशत भाग लिएका थिए । पार्टी एकतापछि २०६७ सालमा सम्पन्न १२ औं महाधिवेशनले ६०/४० को समीकरण अन्त्य गर्ने विश्वास लिइएको थियो । यद्यपि महाधिवेशनको परिणामले समीकरण बदल्न सकेन ।

    शेखरले परिणामलाई सहजरूपमा स्वीकार गर्ने, गुटबन्दी नगर्ने र विधानअनुसार पार्टी चलाउन सहयोग गर्ने बताएका छन् । यद्यपि राजनीतिक रुपमा ६०/४० को समीकरण कांग्रेसभित्र अझ संगठित हुने देखिएको छ । पहिलो चरणमा खसेको मतको विश्लेषण गर्दा पदाधिकारीतर्फ मिश्रित परिणाम आउने देखिन्छ । देउवासँग सुविधाजनक बहुमत हुने भएपनि पार्टीलाई एकताबद्ध सञ्चालन गर्न कोइराला पक्षसँग शक्ति बाँडफाँडको विकल्प देखिदैन ।

    सुशिल कोइराला सभापतिमा निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी शेरबहादुर देउवाले ४२ प्रतिशत मत ल्याए । त्यसपश्चात पार्टीका हरेक संरचनामा कोइरालाले देउवालाई ४० प्रतिशत हिस्सा दिए । पदाधिकारी नियुक्तिमै देउवाले भाग खोजेपछि सुशिलले पनि ६०/४० को शक्ति समीकरणलाई निरन्तरता दिए ।

    पार्टीभित्र एकता कायम गर्नका निम्तिपनि संस्थापन र गैरसंस्थापन पक्षबीचको शक्ति बाँडफाँडलाई कांग्रेसले संस्थागत गर्‍यो । १३ औं महाधिवेशनले पनि यस अवस्थाको अन्त्य गर्न सकेन । सभापतिमा शेरबहादुर देउवा निर्वाचित भए र निकटतम प्रतिस्पर्धी थिए रामचन्द्र पौडेल । महाधिवेशनपछि भागबण्डाको राजनीति अन्त्य हुने दाबी त गरियो तर व्यवहारमा लागू भएन । संसदको टिकटदेखि नेविसंघको पदाधिकारीसम्म पौडेलले भाग लिए । आजपर्यन्त कांग्रेसमा ६०/४० को राजनीतिक समीकरण र भागबण्डा टुटेको छैन । १४ औं महाधिवेशनको परिणामले पनि यसैलाई निरन्तरता दिने देखिन्छ ।

    १४ औं महाधिवेशनको अन्तिम नतिजामा देउवाले डा. शेखर कोइरालालाई पराजित गरे । कुल खसेको ४ हजार ६ सय २३ मध्ये देउवाले २ हजार ७ सय ३३ मत प्राप्त गरे । जुन खसेको मतको ५९ दशमलव ११ प्रतिशत हो । कोइरालाले १ हजार ८ सय ५५ मत प्राप्त गरे । जुन खसेको मतको ४० दशमलव १२ मत हो । यो आधारमा सभापति देउवाले करिब ६० प्रतिशत पार्टी जनमतसहित दोस्रो कार्यकालको सुरूआत गर्नेछन् । अर्कोतिर ४० प्रतिशत मतसहित कोइराला पार्टीभित्र प्रतिपक्षको कित्तामा हुनेछन् ।

    कांग्रेसवृत्तमा ६०/४० भन्नाले भागबण्डाको विम्वको रुपमा बुझ्ने गरिन्छ । महाधिवेशनको मैदानमा सबैजसो नेताहरूले भागबण्डा र गुटबन्दी अन्त्य गर्ने घोषणा गरेका थिए । त्यसको व्यवहारिक कार्यान्वयन कसरी होला ? कांग्रेसवृत्तमा चासोकै विषय छ ।

    शेखरले परिणामलाई सहजरूपमा स्वीकार गर्ने, गुटबन्दी नगर्ने र विधानअनुसार पार्टी चलाउन सहयोग गर्ने बताएका छन् । यद्यपि राजनीतिक रुपमा ६०-४० को समीकरण कांग्रेसभित्र अझ संगठित हुने देखिएको छ । पहिलो चरणमा खसेको मतको विश्लेषण गर्दा पदाधिकारीतर्फ मिश्रित परिणाम आउने देखिन्छ । देउवासँग सुविधाजनक बहुमत हुने भएपनि पार्टीलाई एकताबद्ध सञ्चालन गर्न कोइराला पक्षसँग शक्ति बाँडफाँडको विकल्प देखिदैन ।

    पदाधिकारी र केन्द्रीय सदस्यतर्फको अन्तिम मत परिणाम आउन बाँकी रहेका कारण कांग्रेसको केन्द्रीय समितिको शक्ति समीकरण निश्चित भइसकेको छैन । यद्यपि १ सय ६७ सदस्यीय केन्द्रीय समितिमा ३३ जना सभापतिले नै मनोनीत गर्ने हुँदा देउवा आरामदायी बहुमतमै रहनेछन् । पहिलो कार्यकालमा बहुमतभन्दा अधिकतम सहमतिका आधारमा निर्णय लिने अभ्यास सभापति देउवाले गरेका थिए ।

    पदाधिकारी र केन्द्रीय सदस्यतर्फको अन्तिम मत परिणाम आउन बाँकी रहेका कारण कांग्रेसको केन्द्रीय समितिको शक्ति समीकरण निश्चित भइसकेको छैन । यद्यपि १ सय ६७ सदस्यीय केन्द्रीय समितिमा ३३ जना सभापतिले नै मनोनीत गर्ने हुँदा देउवा आरामदायी बहुमतमै रहनेछन् ।

    दोस्रो कार्यकालका लागि निर्वाचित हुन देउवाले प्रकाशमान सिंह, विमलेन्द्र निधि, सुजाता कोइराला लगायतका नेताहरूको प्रत्यक्ष सहयोग लिएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता डा.शशांक कोइरालाको मौनतापनि देउवा जितको मुख्य कारक बनेका छन् । दोस्रो कार्यकालमा आफूलाई स्वीकार गरेका नयाँ पुराना नेताहरूको व्यवस्थापनका साथै ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको मतसहित स्थापित शेखर समूहलाई साथमा लिनुपर्ने देखिन्छ ।

    कांग्रेसवृत्तमा ६०/४० भन्नाले भागबण्डाको विम्ब रुपमा बुझ्ने गरिन्छ । महाधिवेशनको मैदानमा सबैजसो नेताहरूले भागबण्डा र गुटबन्दी अन्त्य गर्ने घोषणा गरेका थिए । त्यसको व्यवहारिक कार्यान्वयन कसरी होला ? कांग्रेसवृत्तमा चासोकै विषय छ ।

  • कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित, ल्याए २७३३ मत

    कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित, ल्याए २७३३ मत

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

    मंसिर २४ गतेबाट राजधानीमा जारी महाधिवेशन अन्तरगत सभापतिको अन्तिम मतपरिणाम अनुसार देउवाले विजयी हासिल गरेका हुन् ।

    मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा कुल खसेको ४६२३ मतमध्ये देउवाले २७३३ मत प्राप्त गरे ।

    यस्तै डा. शेखर कोइरालाले १८५५ मत ल्याए । ३५ मत बदर भएको छ । यद्यपि निर्वाचन समितिले आधिकारिक घोषणा गर्न बाँकी रहेको छ ।

    सोमबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि सभापतिका उम्मेदवारहरुले ५० प्रतिशत कटाउन नसक्दा दोस्रो चरणमा निर्वाचन भएको थियो । दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने देउवा र कोइरालाको प्रतिस्पर्धा थियो ।

    दोस्रो चरणको मतदानमा देउवालाई प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गरेका थिए ।

  • दिग्विजयी देउवा – दोस्रो चरणमा सहज जित, कांग्रेसको कसरी होला हित ?

    दिग्विजयी देउवा – दोस्रो चरणमा सहज जित, कांग्रेसको कसरी होला हित ?

    काठमाडौं । देशको सबैभन्दा जेठो पार्टी नेपाली कांग्रेसको १४ औं महाधिवेशनले शेरबहादुर देउवालाई निर्विकल्प नेता निर्वाचित गरेको छ । पाँचौ पटक मुलुकको प्रधानमन्त्री बनेका देउवा दोस्रो पटक कांग्रेस सभापतिमा निर्वाचित भएका छन् ।

    कुल खसेकाे मतकाे ५० प्रतिशत मत कटाएपछि देउवा विजयी भएका हुन् । ३८१९ मत गणना गर्दा उनले २२८८ मत गरे भने, शेखर काेइरालाले १५०१ मत प्राप्त गरेका छन् । सबै मत गणना गर्नु अगाडी नै देउवा विजयी भएका हुन् । अहिलेसम्म  ३० बदर भएकाे छ ।

    १३ औं महाधिवेशनमा पनि दोस्रो चरणको मतदानबाट सभापति निर्वाचित भएका देउवा १४ औं महाधिवेशनमा चुनौति सामना गरिरहेको थिए । तर दोस्रो चरणमा प्रवेशसँगै सभापतिका तीन प्रत्यासी प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरुङको समर्थन पाएपछि उनको विजय सुनिश्चित भएको थियो ।

    नेपाली कांग्रेसमा गिरिजाप्रसाद कोइरालापछि सर्वाधिक शक्तिसाली नेता बन्ने मौका देउवाले पाएका छन् । नेतृत्व परिवर्तनको एजेण्डा बोकेर चुनावी मैदानमा उत्रिएका दोस्रो पुस्ताका नेताहरुले देउवासामु सरेन्डर गरेपछि उनको विजय पूर्व सुनिश्चित थियो ।

    देउवा सभापतिमा निर्वाचित भएका छन् । तर शेखर कोइरालाको नेतृत्वमा कांग्रेसका ‘क्रिम लिडर’हरु पदाधिकारी र केन्द्रीय सदस्यको प्रतिस्पर्धामा छन् । देउवाले दोस्रो पटक कांग्रेस सभापति निर्वाचित हुँदै गर्दा कांग्रेसलाई भावनात्मक रुपमा एक गराउने चुनौति पनि सँगै वरण गरेका छन् । किनकी अब बैशाखदेखि मुलुकमा तीनै तहको निर्वाचन प्रारम्भ हुनेछ ।

    कांग्रेसका यसपटक नेतृत्व परिवर्तनको जबर्जस्त एजेण्डा थियो । गगन थापा लगायतका नेताले थपिएका २० लाख नयाँ मतदातालाई आकर्षित गर्न नेतृत्व परिर्वतनको एजेण्डा उठाएका थिए ।

    देउवाको सहज जितले उनको टिमलाई खुसी तुल्याए पनि कांग्रेसप्रति नयाँ मतदाताको आकर्षणका लागि भने कुनै योगदान नहुने टिप्पणी नेताहरुले नै गरिरहेका छन् ।

    सभापतिको निर्वाचनपछि पदाधिकारी र अन्य सदस्यको मतगणना शुरु हुनेछ । तर सभापतिको निर्वाचन परिणामले कांग्रेसमा परिवर्तन चाहनेहरु भने निराश भएका छन् ।

    महाधिवेशन प्रतिनिधिहरुको रोजाइमा देउवा नै लोकप्रिय बनेका छन् ।

     

  • सभागृहमा निधि र सिंह देउवाको भोट माग्दै (तस्बिरहरू)

    सभागृहमा निधि र सिंह देउवाको भोट माग्दै (तस्बिरहरू)

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापति चयन गर्न दोस्रो चरणको मतदान जारी छ ।

    पहिलो चरणमा सभापतिमा प्रतिस्पर्धा गरेका उम्मेदवारहरू विमलेन्द्र निधि र प्रकाशमान सिंहले देउवाका लागि मत मागेका छन् । उनीहरूले दोस्रो चरणमा देउवालाई समर्थन जनाइसकेका छन् ।

    राष्ट्रिय सभागृह परिसरमा मत माग्दै गरेका देउवासँगै उभिएर निधि र सिंहले पनि समर्थकहरुलाई मतदानका लागि अनुरोध गरेका हुन् ।

  • देउवाको लेनदेनः सिंहलाई उपप्रधानमन्त्री, सुजातालाई उपसभापति बनाउन तयार

    देउवाको लेनदेनः सिंहलाई उपप्रधानमन्त्री, सुजातालाई उपसभापति बनाउन तयार

    काठमाडौं । नेपाली कांग्रेसमा लामो समयदेखि नेतृत्व परिवर्तनको अभियान थालेका नेताहरू एकाएक नेतृत्व निरन्तरताकै पक्षमा उभिएका छन् । उनीहरु सबैले एकगठ भएर समर्थन गरेपछि सभापतिमा शेरबहादुर देउवाकै निरन्तरता हुने निश्चितप्राय देखिएको छ ।

    हिजोसम्म देउवाबाट पार्टी उँभो नलाग्ने निस्कर्षमा पुगेकाहरू एकाएक कसरी यू-टर्न भए ? सत्ता राजनीतिका माहिर खेलाडी देउवाले प्रकाशमान सिंह र विमलेन्द्र निधिको समर्थन जित्न लेनदेनको सम्झौता गरेको स्रोत बताउँछ ।

    देउवानिकट स्रोतका अनुसार प्रकाशमानलाई उपप्रधानमन्त्री बनाउने वचन देउवाले दिएका छन् । परिआए गृहमन्त्रालय नै सिंहलाई छाड्न आफू तयार रहेको वचन खाणले समेत दिएको स्रोतको दाबी छ ।

    दोस्रो चरणको निर्वाचन निश्चित भएसँगै गृहमन्त्री बालकृष्ण खाण सभापतिका पराजित उम्मेदवार सिंहलाई भेट्न चाक्सीबारी पुगेका थिए । त्यसको केही समयमै प्रधानमन्त्री देउवा आफैं सिंह निवासमा पुगे । खाणले सहमतिका लागि तयार पारेपछि वचन पक्का गर्न देउवा आफैं पुगेका थिए ।

    देउवानिकट स्रोतका अनुसार प्रकाशमानलाई उपप्रधानमन्त्री बनाउने वचन देउवाले दिएका छन् । परिआए गृहमन्त्रालय नै सिंहलाई छाड्न आफू तयार रहेको वचन खाणले समेत दिएको स्रोतको दाबी छ ।

    त्यस्तै महाधिवेशनपछि विधान संशोधन गरेर महिला उपसभापतिको व्यवस्था गर्ने सहमति पनि भएको छ । सिंहको टिमबाट उपसभापति लडेकी सुजाता कोइरालालाई विधान संशोधनपछि महिला उपसभापति बनाउने सहमति बनेको बताइन्छ । रिक्त रहेको उद्योग-वाणिज्य मन्त्रीका लागि पनि सुजातालाई वचन दिइएको छ ।

    मधेशमा निधिको प्रभाव जोगाइदिने वाचा

    देउवासँग विद्रोह गरेका निधिले दोस्रो चरणमा देउवालाई सघाउने सार्वजनिक घोषणा गरेका थिए । यद्यपि दोस्रो चरणको निर्वाचनमा देउवाको पहिलो आग्रहमै निधि नतमस्तक बने ।

    देउवाले निधिलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने वचन दिएका छन् । त्यस्तै प्रदेश नम्बर २ मा धर्मराएको निधिको राजनीतिक संरक्षणको अभिभारा पनि देउवाले लिएका छन् । निधिको उम्मेदवारीकै कारण संस्थापन इतर समूहमा विभाजन ल्याउन सफल भएको विश्लेषण देउवाको छ । त्यहीकारण निधिलाई साथमा लिन देउवा तयार छन् । प्रदेश २ को अधिवेशनमा निधिनिकट रामसरोज यादवलाई सभापति बनाउन पनि देउवा तयार भएका छन् ।

    विश्व र कल्याणलाई मनोनीत गर्ने

    सभापतिमा दोहोरिन देउवाले विश्वप्रकाश शर्मा र कल्याण गुरुङलाई केन्द्रीय राजनीतिबाट ओझेल पर्न नदिने वाचा गरेको बताइन्छ । पदाधिकारीमा पराजित भएको खण्डमा केन्द्रीय समितिमै नपर्ने अवस्था हुन नदिन देउवाले दुवैलाई केन्द्रीय सदस्यमा ल्याउने र उपयुक्त भूमिका दिने बताएका छन् ।

    बिलायो नेतृत्व परिवर्तनको एजेण्डा

    १४ औं महाधिवेशनअन्तर्गत पहिलो चरणको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन सकेनन् । दोस्रो कार्यकालका लागि सभापतिको उम्मेदवार बनेका शेरबहादुर देउवाले ८२ मत नपुगेर पहिलो रोकिएका थिए । देउवाविरुद्ध डा.शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङले प्रतिस्पर्धा गरेका थिए ।

    महाधिवेशनपछि विधान संशोधन गरेर महिला उपसभापतिको व्यवस्था गर्ने सहमति पनि भएको छ । सिंहको टिमबाट उपसभापति लडेकी सुजाता कोइरालालाई विधान संशोधनपछि महिला उपसभापति बनाउने सहमति बनेको बताइन्छ । रिक्त रहेको उद्योग-वाणिज्य मन्त्रीका लागि पनि सुजातालाई वचन दिइएको छ ।

    देउवाबाहेक सबै उम्मेदवारको एजेण्डा नेतृत्व परिवर्तन थियो । यद्यपि पहिलो चरणको निर्वाचन परिणाम आएलगत्तै निधि, सिंह र गुरुङले नेतृत्व परिवर्तनको अभियानको भारी बिसाएका छन । पहिलो चरणमा खसेको मतमा देउवाबाहेकका उम्मेदवारहरुले पाएको मतको योग बहुमत थियो ।

    पहिलो चरणको निर्वाचनमा मत माग्दै दोस्रो चरणमा देउवाविरुद्ध उभिने उद्घोष निधी र सिंहले गरेका थिए । तर, देउवासँगको एक भेटमै उनीहरुले दोस्रो चरणमा देउवालाई समर्थन गर्ने वचन दिए । निधि, सिंह र गुरुङको समर्थनले देउवाको दाबेदारी बलियो बनेको छ । यद्यपि नेतृत्व परिवर्तनको गुड्डी हाँकेका नेताहरु देउवामै विलय हुनुको कारण अहिले चासोको विषय बनेको छ ।

  • मतदानअघि गगनको आह्वान- नेतृत्व परिवर्तनका लागि असाधारण निर्णय गरौं

    मतदानअघि गगनको आह्वान- नेतृत्व परिवर्तनका लागि असाधारण निर्णय गरौं

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं महामन्त्रीका उम्मेदवार गगन थापाले पहिलो चरणको निर्वाचनमा व्यक्त अभिमतले नेतृत्व परिवर्तनको अभियानलाई अनुमोदन गरेको बताएका छन् ।

    १४ औं महाधिवेशनअन्तर्गत सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुनुपूर्व अपील जारी गर्दै थापाले पार्टी नेतृत्व परिवर्तनका लागि असाधारण निर्णय लिन महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेका छन् ।

    महाधिवेशनलगत्तै सुरू हुने तीनै तहको निर्वाचनका लागि कांग्रेस नेतृत्वमा परिवर्तन आवश्यक रहेको थापाले उल्लेख गरेका छन् ।

    ‘संविधान कार्यान्वयनको सफल नेतृत्व गर्न, राजनीतिमा देखिएका अनेकन वेथितिको अन्त्य गर्न र पार्टीलाई विधि र थितिमा वदल्न पनि नेतृत्वमा परिवर्तन अपरिहार्य छ । के अहिलेकै शैली र नेतृत्वको निरन्तरताबाट त्यो भूमिका संभव होला त ? हामी सँग धेरै अलमल गर्ने समय छैन, तत्काल हामीले निर्णय लिनुपर्नेछ ’, उनले भनेका छन् ।

    थापाको आह्वानको पूर्णपाठ –