Tag: कर्णाली माओवादी

  • माओवादीका शर्मा र बस्नेतले आफ्नै पालिका जोगाउन सकेनन्, एमालेका यामलालले सुधारे

    माओवादीका शर्मा र बस्नेतले आफ्नै पालिका जोगाउन सकेनन्, एमालेका यामलालले सुधारे

    सुर्खेत । स्थानीय तहको निर्वाचनमा कर्णाली माओवादीका हेभीवेट नेताद्वय जनार्दन शर्मा र शक्ति बस्नेतले आफ्नै पालिका पनि जोगाउन सकेनन् ।

    रुकुम पश्चिममा अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्माको पालिकामा कांग्रेसले जित हात पार्यो भने जाजरकोटका पूर्वमन्त्री माओवादी नेता शक्ति बस्नेतको भेरी नगरपालिकामा एमाले विजयी बन्यो ।

    तर सुर्खेतमा एमाले स्थायी कमिटी सदस्य यामलाल कंडेल भने आफ्नो पालिकामा सफल भएका छन् । एमालेले सुर्खेतमा सिम्ता गाउँपालिका, चिङ्गाड गाउँपालिका, भेरीगंगा नगरपालिका र वीरेन्द्रनगर नगरपालिकामा प्रमुख उपप्रमुख जितेको छ भने लेकबेशी नगरपालिकाको उपप्रमुख जित्न सफल भएको छ ।

    २०७४ सालको निर्वाचनमा सिम्ता, चौकुने, लेकबेशी एमालेले जितेको थियो । वीरेन्द्रनगरमा एमालेले उपप्रमुख जितेको थियो । गठबन्धन भएपनि सुर्खेतमा कांग्रेसले सधैं जित्दै आएको चिंगाड गुमाएको छ । भेरीगंगा पनि कांग्रेसले गुमाउँदा लेकबेशी भने जित्न पुग्यो । एक्लाएक्लै चुनाव लड्दा सात पालिका जित्ने दाबी गरेको कांग्रेसले बराहताल, पञ्चपुरी, गुर्भाकोट र लेकबेशीमा विजयी भयो । चौकुने गाउँपालिका भने माओवादीले जित्यो ।

    ‘टिकट वितरणमा सन्तुष्टि भएका कारण एमालेले गठबन्धनका बाबजुद सफलता पाएको हो’, एमाले उपाध्यक्ष कुलमणि देवकोटा भन्छन्, ‘पार्टी लेकबेशीमा भन्दा अन्यत्र चुकेन । वडासम्मै गठबन्धन बनाएका सत्तारुढ दललाई सुर्खेतमा हामीले पराजित गर्न सफल भएका हौं ।’

    ‘सुर्खेतका कम्तिमा पाँच पालिका हामी जित्छौं भनेर पहिले नै भनेका थियौं । प्राविधिक कारण साढे चार पालिका जित्न पुग्यौं’, यामलाल कँडेलले भने ।

  • कर्णाली माओवादीको प्रमुख सचेतकमा शाह, शाही असारमा मन्त्री बन्ने पक्का

    कर्णाली माओवादीको प्रमुख सचेतकमा शाह, शाही असारमा मन्त्री बन्ने पक्का

    सुर्खेत । नेकपा माओवादी केन्द्र संसदीय दल कर्णाली प्रदेशको प्रमुख सचेतकमा जाजरकोटबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य कृष्णा शाह नियुक्त भएकी छिन् । नेकपा माओवादी केन्द्र संसदीय दलको केही साताअघि बसेको वैठकले सो निर्णय गरेको नेकपा माओवादीले जनाएको छ ।

    यस्तै नेकपा माओवादी दलको बैठकले संसदको अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्षमा रुकुम पश्चिमका सांसद रातो कामीलाई सिफारिस गरेको छ ।
    त्यस्तै, डोल्पाका प्रदेशसभा सदस्य वीरबहादुर शाही असार १६ पछि मन्त्री हुने पक्का भएको छ ।

    ११ जना प्रदेशसभा सदस्य रहेको माओवादी संसदीय दलमा यी तीन जनाबाहेक अन्य सबै मन्त्री भइसकेका छन् । डोल्पाका सांसद शाही कात्तिक १६ गते नै मन्त्री बन्ने भएपनि माओवादी अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्माले हुम्लाका गैरसांसद कार्चेन लामालाई मन्त्री बनाएका थिए । त्यसको कडा प्रतिवाद गरेका सांसद शाहीलाई कार्चेनको पद रिक्त भएपछि मन्त्री बनाउने तयारी भएको हो ।

  • तीन सांसदलाई सत्तामा अवसर दिँदै कर्णाली माओवादी

    तीन सांसदलाई सत्तामा अवसर दिँदै कर्णाली माओवादी

    सुर्खेत । कर्णाली माओवादीले तीन सांसदलाई सत्तामा अवसर दिने भएको छ । जाजरकोटका कृष्णा शाह, रुकुम पश्चिमका रातो कामी र डोल्पाका वीरबहादुर शाहीलाई माओवादी मन्त्री, संसदीय समितिको सभापति र दलको प्रमुख सचेतकमा अवसर दिन लागेको हो ।

    प्रमुख सचेतक ठम्मर विष्ट एमाले प्रवेश गरेपछि शाही र कामीलाई मन्त्री वा सचेतकमध्ये एक रोज्न भनिएको छ भने शाहलाई संसदीय समितिको सभापतिमा सिफारिस गर्ने निर्णय भएको माओवादीले जनाएको छ ।

    कार्चेन लामाको ६ महिना अवधि पुगेपछि एकजनालाई असार १६ गते उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री बनाउने तयारी भएको बताइएको छ ।
    कर्णाली माओवादी संसदीय दलका ११ सांसदमध्ये यी तीन सांसदले अहिलेसम्म सत्तामा अवसर पाएका छैनन् ।

  • कर्णालीमा पनि माओवादीको पदाधिकारीबिनाको टिम घोषणा

    कर्णालीमा पनि माओवादीको पदाधिकारीबिनाको टिम घोषणा

    सुर्खेत । नेकपा माओवादी कर्णाली प्रदेशले २११ जनाको प्रदेश कमिटी घोषणा गरेको छ । केन्द्रीय सदस्यबाट अध्यक्ष बनाउन खोजेको माओवादीले पाँचजना दाबेदारबीच तीब्र प्रतिस्पर्धा हुँदा केन्द्रीय सदस्य बाहेकबाट अध्यक्ष चयन गर्न लागेको हो ।

    अबको केही समयमा २११ जनाको बैठक बसेर नेतृत्व चयन गर्ने माओवादी स्रोतले जानकारी दिएको छ ।

  • कर्णाली माओवादी अध्यक्षका पाँच आकांक्षीबीच सहमति जुटेन, विकल्पको खोजी

    कर्णाली माओवादी अध्यक्षका पाँच आकांक्षीबीच सहमति जुटेन, विकल्पको खोजी

    सुर्खेत । मसिर २५ गते उद्घाटन गरिएको कर्णाली प्रदेश सम्मेलनले आजसम्म नेतृत्व चयन गर्न सकेको छैन । अध्यक्षका लागि सुरुमा १४ जना आकांक्षीमध्ये अहिले पाँचजनाले दाबी गरिरहेका छन् । पाँचजनाबीच सहमति गर्ने प्रयास जारी छ ।

    प्रदेश अध्यक्षका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्वमन्त्री नरेश भण्डारी, टेकबहादुर बस्नेत, राजकुमार शर्मा र रामदीप आचार्यले दाबी गरिरहेका छन् । यी पाँचजनामा सहमति नजुटे पार्टी केन्द्रले विकल्प खोज्ने तयारी गरेको स्रोतको दाबी छ ।