Tag: करेन्ट

  • करेन्ट लागेर कर्मचारीको मृत्यु

    करेन्ट लागेर कर्मचारीको मृत्यु

    झापा । विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रका कर्मचारी ६१ वर्षीय कुलबहादुर भट्टराईको करेन्ट लागेर आज बिहान मृत्यु भएको छ ।

    नगरपालिका–८ बाह्रबिघेस्थित रामकुमारी दर्जीको घरमा मिटर जडान गर्नका लागि बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागि भूइँमा लड्दा उनको टाउकामा गम्भीर चोट लागेको थियो ।

    बिर्तामोड नगरपालिका–४ स्थित जात्रुबाडी बस्ने घाइते भट्टराईको उपचारका लागि बी एण्ड सी अस्पताल बिर्तामोड पु‌र्‍याउने बित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

    कैलाली । कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ३ गोकुलपुरका २५ वर्षीय सन्तोष चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

    शनिबार दिउँसो आफ्नै घरमा रहेको पसलमाथि लगाइएको पुरानो होडिङ बोर्ड निकालेर छतबाट तल फाल्ने क्रममा विद्युत्को मूल लाइनमा छोएर करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए ।

  • माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

  • सडक निर्माणका क्रममा करेन्ट लागेर मृत्यु

    गोरखा । करेन्ट लागेर आज बिहान एक युवकको मृत्यु भएको छ । गोरखा नगरपालिका-६ स्थित टेलिकम क्षेत्रमा सडक बाटो ढलानका क्रममा आफैँले समाएको फलामको रडले विद्युत्का तारमा छुन पुग्दा करेन्ट लागेर रुकुम(पश्चिम)को चौरधारे नगरपालिका-१० घर भएका ३२ वर्षीय थलबहादुर विकको मृत्यु भएको हो ।

    ढलान गरेर सडक बनाउन लागिएका ठाउँमा मजदूर विकले फलामको रड ठाडो पार्ने क्रममा विद्युत्को हाइटेन्सन लाइन एक्कासि छुन पुग्दा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए ।

    करेन्ट लागेर गम्भीर घाइते विकलाई नजिकैको एपोलो अस्पतालमा उपचारका लागि पुर्‍याइएकामा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • सिन्धुपाल्चोकमा करेन्ट लागेर एकको मृत्यु

    सिन्धुपाल्चोकमा करेन्ट लागेर एकको मृत्यु

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

    पाँचपोखरी थाङपाल गाउँपालिका -६ स्याले बस्ने २८ वर्षीय सूर्य नारायण गिरीको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको हो ।

    सोही गाउँपालिका -३ ठूलो भोताङमा विद्युत ट्रान्सफर्मको ब्यारेल लगाउने क्रममा अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

  • करेन्ट लागेर बालिकाको मृत्यु

    करेन्ट लागेर बालिकाको मृत्यु

    सिरहा । सिरहाको लहान नगरपालिका- १७ एकरतिया टोलमा १३ वर्षीया बालिकाको करेन्ट लागेर मृत्यु भएको छ ।

    एकरतिया टोलमा बस्ने ब्रहमदेब चौधरीको छोरी १३ वर्षीयाअनिषा चौधरीको करेन्ट लागेर मंगलबार बेलुका मृत्यु भएको हो ।

    कलबाट मोटर लगाई खेतमा पानी पठाउने क्रममा करेन्ट लागि उनको घटनास्थलमै मृत्यु भएको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।