Tag: कराते

  • बी-जी कराते च्याम्पियनमा नेपाल सितेरियोलाई चार स्वर्ण

    बी-जी कराते च्याम्पियनमा नेपाल सितेरियोलाई चार स्वर्ण

    काठमाडौं । बंगलादेशमा सम्पन्न बी-जी कराते च्याम्पियनसिप २०२१ मा नेपाल सितेरियो करातेले ४ स्वर्ण पदक हात पार्न सफल भएको छ ।

    मुजिबको सयौं जन्मोत्सवको अवसरमा बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगालदेश बशप संघको आयोजनामा भएको प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा डिजेन डोल्मा लामा रहेकी छिन् । लामाले कुमिते र कातामा गरि २ स्वर्ण प्राप्त गरकी हुन् ।

    यस्तै पासाङ्ग तामाङ्गले ७० केजी तौलको कातामा स्वर्ण हात पारेको टिम व्यवस्थापक रामकुमार श्रेष्ठले जानकारी गराए । श्रेष्ठका अनुसार स्वर्ण प्राप्त गर्ने अन्यमा ग्याल्मो सोमिका लामा पनि रहेकी छिन् । उनले ३५ केजी तौलको कुमितेतर्फ स्वर्ण प्राप्त गरेकी छिन् ।

    यस्तै नेपाली टोलीले २ रजत र ५ कास्य पदक पनि जितेको छ । पासाङ्ग तामाङ्ग ७० केजी र राजदेव बमजन ६५ केजी रहेका छन् । दुवैले कुमितेतर्फ रजत प्राप्त गरेका हुन् । यसैगरि कास्य पदक प्राप्त गर्नेमा रविन्द्र कुँवरले खुल्लातर्फ, युरोडिस रोक्का ६० केजी, उमेश भण्डारी ५५ केजी, रविना ४५ केजी तथा उमङ्ग बुढाथोकी १४ वर्ष मुनि उमेर समूह रहेका छन् ।

    च्याम्पियनसिपमा छत्रबहादुर आले मगर, रामचन्द्र गुरुङ्ग, नारायण श्रेष्ठ, प्रकाश तामाङ्ग लामा, मिङ्गमा तामाङ्ग र गणेशलाल श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

  • मन्डेकाजी र मुकुन्द्र चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते खेल्न जर्मनी जाने

    मन्डेकाजी र मुकुन्द्र चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते खेल्न जर्मनी जाने

    काठमाडौं । कराते खेलाडी मन्डेकाजी श्रेष्ठ र मुकुन्द्र महर्जन चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसीप खेल्न बिहीबार जर्मनी जाने भएका छन् ।

    अक्टोबर २ मा हुने प्रतियोगिताको पुरुष एकल कातातर्फ मन्डेकाजी तथा ७५ केजीमुनि मुकुन्द्र महर्जनले प्रतिस्पर्धा गर्ने छन् । दुवै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन् । सागमा मन्डेले दोहोरो स्वर्ण तथा मुकुन्द्रले कांस्य जितेका थिए ।

    टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल र सदस्य राजेश गुरुङले बुधबार बिदाई गरे ।

    सो अवसरमा पारागन पब्लिक स्कुलका प्रबन्ध निर्देशक साकिर उद्दिन, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, जोमाका प्रबन्ध निर्देशक विश्वास लामाले खेलाडीलाई ट्रयाकसुट प्रदान गरे । साकिरले खेलाडीको खाना, बसोबासको पनि प्रायोजन गरेको मन्डेले जानकारी दिए ।

  • आईएफकेके तौल समूह फुल कन्ट्याक्ट करातेमा सुष्मी च्याम्पियन

    आईएफकेके तौल समूह फुल कन्ट्याक्ट करातेमा सुष्मी च्याम्पियन

    काठमाडौं । क्योकुसिन काइकानकी सुष्मी श्रेष्ठ तेश्रो राष्ट्रिय (आईएफकेके) तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा च्याम्पियन बनेकी छन् ।

    इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आईएफकेके) द्वारा आयोजित प्रतियोगिताअन्तर्गत खुला तौलसमूहको फाइनलमा सुष्मीले आईकेकेएफकी चन्दा भुजेललाई पराजित गरेकी हुन् ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगितको पुरुष ३० केजीमुनि केन्द्रीय डोजो आईएफकेकेका प्रिन्स पुजारी थेचोका रमित महर्जन पहिलो भए ।

    ३५ केजीमुनि केन्द्रीय डोजो आईएफकेकेका शेख रिच्बोन्डले गुड स्टारका सुशान्त सापकोटालाई पन्छाउँदै पहिलो स्थान हात पारे । ४५ केजीमुनि आईकेए एयरपोर्टका अनमोल माझीले केन्द्रीय डोजो आईएफकेकेका सुरज विकलाइ पराजित गर्दै स्वर्ण जिते ।

    पुरुष ५० केजीमुनि आईकेए एयरपोर्टका विजय राईले फाइनलमा आईकेए एयरपोर्टकै अभिषेक माझीलाई पछि पार्दै शीर्ष स्थान हात पारे । ६५ केजीमुनि क्योकुसिन कानका सन्तोष विश्वकर्माले आफ्नै क्लबका सौरव बस्नेतलाई हराउँदै स्वर्ण चुमे ।