Tag: कम्पनीको मूल्य

  • १६ अंकले बढ्यो नेप्से, ५ ओटा कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि

    १६ अंकले बढ्यो नेप्से, ५ ओटा कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि

    काठमाडौं । नेप्से परिसूचक सोमबार उत्तरचढाबका बीच पनि उकालो लाग्ने क्रम रोकिएन । आज भएको कारोबारमा नेप्से १६.०४ अंकले बढ्दै २४४०.८८ विन्दुमा रोकिएको छ ।

    कारोबारमा आएका २०८ ओटा कम्पनीमध्ये ५ ओटा कम्मपनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि भएको छ । यसैगरी, आज भएको कारोबारमा नेपाल लाइफ इन्स्योरेन्सको ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

    यस्तै, नबिल बैंकको ३३ करोड रुपैयाँ, एनसीसी बैंकको ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज भएको एक करोड ९२ लाख ८५ हजार ५०४ कित्ताको किनबेचमा आठ अर्व ९० करोड ३५ लाख ३८ हजार ७३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।