Tag: कतार

  • उपकप्तान सीताको अर्धशतकमा नेपालद्वारा कतारलाई १६५ रनको लक्ष्य

    उपकप्तान सीताको अर्धशतकमा नेपालद्वारा कतारलाई १६५ रनको लक्ष्य

    काठमाडौं । उपकप्तान सीता रानामगरको अर्धशतक प्रेरित टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तगर्त कतारविरुद्धको अन्तिम खेलमा नेपालले कतारलाई १ सय ६४ रनको लक्ष्य दिएको छ । दोहाको वेस्टइन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार जारी तेस्रो तथा अन्तिम खेलमा नेपालले ३ विकेट गुमाएर १ सय ६४ रनको योगफल तयार पारेको हो ।

    नेपालका लागि ओपनिङमा आएकी सीताले ७२ बलमा अविजित ८२ रन जोडिन् । टस जितेर ब्याटिङ रोजेको नेपालका लागि काजल श्रेष्ठ ७ तथा ज्योति पाण्डे २४ रन बनाएर पेभेलियन फर्केका थिए । त्यस्तै, डोली भट्टले १२ तथा सरिता मगरले अविजित १७ रन जोडिन् ।

    कतारका लागि एन्जेलिन मेर र साची डडुवाल र आयसाले १/१ विकेट लिएका छन् । यसअघिका दुई खेलमा शानदार जित निकालेको नेपालले एक खेल अगावै शृंखला आफ्नो पक्षमा पारिसकेको छ ।

    आईसीसी विश्वपको एसियाली छनोटको तयारीका लागि मिडिल इस्ट भ्रमणमा रहेको नेपाल भोलि उतैबाट युएई जानेछ ।

  • कतार सरकारद्वारा १४ नेपालीलाई आममाफी दिने घोषणा

    कतार सरकारद्वारा १४ नेपालीलाई आममाफी दिने घोषणा

    दोहा । विभिन्न आरोपमा सजाय भोगिरहेका १४ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको छ ।

    रमादान पर्वको अवसरमा कतार सरकारले उक्त निर्णय गरेको दोहास्थित नेपाली नियोगद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

    कोरोना संक्रमणलाई समेत मध्यनजर गरी नेपाली कैदीबन्दीको रिहाइका लागि सरकारले कतार सरकारलाई आग्रह गरेको थियो ।

    आममाफी पाएका नेपाली नागरिकहरुको नेपाल फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकाहरुसँग दूतावासले समन्वय गर्ने समेत विज्ञप्तीमा उल्लेख छ ।

  • कतार जाने नेपालीलाई १० दिन क्वारेन्टिन अनिवार्य

    कतार जाने नेपालीलाई १० दिन क्वारेन्टिन अनिवार्य

    काठमाडौं । नेपाल र भारतसहितका दक्षिण एसियाली मुलुकबाट कतार जाने व्यक्तिले अबदेखि १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको छ ।

    कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले सोमबार गरेको निर्णयमा कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र फिलिपिन्सबाट जाने यात्रु क्वारेन्टिनमा बस्नुपर्ने उल्लेख छ ।

    दोहास्थित नेपाली दूतावासका अनुसार अप्रिल २९ देखि यो नियम लागु हुनेछ । ती मुलुकबाट कतार प्रवेश गर्ने यात्रुहरुले ४८ घण्टा अगाडिको कोभिड–१९ को नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने भएको छ ।

    कतारमा कोभिड खोप लगाइसकेका व्यक्तिमा समेत यो नियम लागु हुने जनाइएको छ । कतारलाई ट्रान्जिट बनाई अन्य देशमा यात्रा गर्ने यात्रुले पनि पीसीआर परीक्षण गरेको हुनुपर्ने उल्लेख छ ।

  • कतारस्थित नेपाली दूतावासद्वारा कोभिड एड्भाइजरी जारी

    कतारस्थित नेपाली दूतावासद्वारा कोभिड एड्भाइजरी जारी

    काठमाडौं । कोरोना संक्रमण बढेको भन्दै कतार सरकारले जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्न विदेशी नागरिकलाई समेत निर्देशन दिएको छ ।

    बुधबार बसेको कतारी मन्त्रिपरिषद् बैठकले भाइरसबाट सतर्कता र सुरक्षाका सम्बन्धमा ३३ बुँदे निर्देशन जारी गरेको हो । बुधबारदेखि लागु हुने गरि नियम कार्यान्वयनमा ल्याइने सरकारले जनाएको छ ।

    सरकारी एवं नीजि क्षेत्रमा काम गर्ने कर्मचारीले बैठक गर्नुपर्दा ५ जनाभन्दा बढी उपस्थित हुन नपाइने, अनावश्यकरुपमा सामाजिक भेटघाट नगर्न र बन्द घरभित्र पनि पाँचजना भन्दा बढी भेला हुन नपाइने उल्लेख छ ।

    कतारमा रहेका सबै सार्वजनिक पार्क, सामुन्द्रिक किनार, कर्निस लगायतका थलोलाई बन्द गर्ने र ती स्थानमा एकैपरिवारका २ भन्दा बढी भेला हुन नपाइने भएको छ ।

    १२ वर्षभन्दा कम उमेरका बालबच्चालाई व्यापारिक भवनमा जान बन्देज लगाइएको छ । सवारी साधन वा गाडी प्रयोग गरि सार्वजनिक थलोमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न भनिएको छ ।

    घरबाट कुनै पनि कामका लागि बाहिर निस्कँदा एतिराज एप्लिकेसन (ट्रयाकिङ प्रणाली) साथमा हुनैपर्ने उल्लेख छ । प्रस्तुत बुँदाहरु पालना नभए दण्ड अथवा जरिवाना समेत कतार सरकारले जनाएको छ । दोहास्थित नेपाली दुतावासले मापदण्ड पालना गर्न नेपाली नागरिकलाई आग्रह गरेको छ ।