Tag: कञ्चनपुर

  • विना मगरको जिल्ला कञ्चनपुरमा गठबन्धनबाट कांग्रेस आउट, नेकपा एस र माओवादीको बेग्लै सहमति

    विना मगरको जिल्ला कञ्चनपुरमा गठबन्धनबाट कांग्रेस आउट, नेकपा एस र माओवादीको बेग्लै सहमति

    कैलाली । स्थानीय तह निर्वाचनका लागि केन्द्रमा पाँच दलीय गठबन्धनको सहमति भए पनि माओवादी नेतृ विना मगरको जिल्ला कञ्चनपुरमा भने दुई दलीय गठबन्धन हुने भएको छ । कञ्चनपुरमा नेपाली कांग्रेसलाई बाहिर राखेर एकीकृत समाजवादी र माओवादी केन्द्रले मात्रै गठबन्धन गर्ने सहमति गरेका हुन् ।

    ९ स्थानीय तह रहेको कञ्चनपुरमा ५ स्थानीय तहमा माओवादी केन्द्रले प्रमुख र ४ स्थानीय तहमा एकीकृत समाजवादीले प्रमुख पाउने गरी सहमति भएको हो । उनीहरूले वडासम्मै तालमेल गर्ने गरी सहमति गरेका छन् ।

    हेर्नुहोस् नेकपा एस र माओवादीको सहमति

  • व्यापारीलाई धम्क्याएर पैसा लिएको आरोपमा दुई ‘पत्रकार’ पक्राउ(भिडिओ)

    व्यापारीलाई धम्क्याएर पैसा लिएको आरोपमा दुई ‘पत्रकार’ पक्राउ(भिडिओ)

    कैलाली । व्यापारीसँग धम्काएर पैसा लिएको आरोपमा कञ्चनपुरमा दुई जना पत्रकार पक्राउ परेका छन् । नाइस टेलिभिजका रिपोर्टर वताउने गोबिन्द बिसी र सन्तोष भट्टलाई व्यापारीसँग बार्गेनिङ गरेर २५ हजार रुपैया लिएको आरोपमा कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो ।

    उनीहरुले महेन्द्रनगरको साई मोवाईल केयरका सञ्चालक अवदेश श्रीवास्तवलाई धम्काएर २५ हजार रुपैया लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनीहरुले मोवाईल ग्यालरीबाट पैसा नदिएरै दुई ओटा पावर बैंक समेत लगेको प्रहरीले जनाएको छ ।

    ‘व्यापारीले बताएपछि हामीले उहाँलाई नियन्त्रणमा लिएका छौँ’ , जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्तासमते रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपाले भने, ‘घटनाबारे हामी पनि अनुसन्धान गरिरहेका छौँ । ’

    पसल दर्ता भए-नभएको छानबिन गर्न आएको भन्दै उनीहरुले पैसा मागेको प्रहरीले जनाएको छ । उनीहरुले बार्गेनिङ्ग सहित रकम लिएको सिसिटिभि क्यामेरामा समेत कैद भएको थियो ।

  • कञ्चनपुरकी किशोरीको अपहरणपछि ‘सामुहिक बलात्कार’

    कञ्चनपुरकी किशोरीको अपहरणपछि ‘सामुहिक बलात्कार’

    कैलाली । कञ्चनपुरमा एक किशोरीमाथि अपहरणपछि ‘सामुहिक बलात्कार’ भएको छ । प्रहरीका अनुसार जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर २ मोतिबस्ती बस्ने १४ वर्षीया किशोरीको शुक्रवार अपहरणपछि सामुहिक बलात्कार भएको हो ।

    शुक्रवार साँझ साढे ७ बजेतिर कलम किन्न नजिकैको पसलमा जाने क्रममा किशोरी बेपत्ता भएकी थिइन् । आफन्तले प्रहरीलाई खबर गरेपछि राति ११ बजे किशोरी फेला परेकी छिन् ।

    मोटरसाइकलमा आएका ३ जना युवकहरूले आफूलाई अपहरण गरी अज्ञात स्थलमा लगेर बलात्कारपछि मध्यरातमा सोही ठाउँमा छोडेर गएको किशोरीले प्रहरीलाई बयान दिएकी छिन् ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भने, ‘उहाँले आफूमाथि सामुहिक बलात्कार भएको भन्नुभएको छ । घटनाबारे हामी थप अनुसन्धान गरिरहेका छौं ।’