Tag: एमाले समाजवादी

  • प्रदेश २ संसदमा एमाले समाजवादी बलियो, कुन सांसद कता ? (सूचीसहित)

    प्रदेश २ संसदमा एमाले समाजवादी बलियो, कुन सांसद कता ? (सूचीसहित)

    जनकपुरधाम । प्रदेश २ को प्रदेशसभामा नेकपा एमालेभन्दा माधव नेपालको गवगठित एमाले समाजवादी बलियो देखिएको छ । प्रदेशसभामा एमालेबाट प्रतिनिधित्व गर्ने कुल २१ सांसदमध्ये १३ जना माधव पक्षमा खुलेका छन् भने एमालेमा ८ जना मात्रै बाँकी बसेका छन् ।

    माधव नेपाल पक्षका सांसद प्रमोद यादव भन्छन्– संसदीय दल एमाले समाजवादीको कब्जामा छ । यहाँ हामीलाई कसैले हल्लाउन सक्दैन ।
    एमाले संसदीय दलका नेता शत्रुधन मण्डल, उपनेता रवीन्द्र बैठा धोबी र सचेतक सुन्दर बहादुर विश्वकर्मा पनि एमाले समाजवादीमा लागेको उनले बताए ।

    माधव नेपालले नयाँ पार्टी गठन गरेपछि नेकपा एमालेका सांसद सत्यनारायण मण्डल पुनः संसदीय दलका नेता बनेका छन् ।

    एमालेका कुन सांसद कता ?

    एमाले समाजवादीमा खुलेका

    १. अशोककुमार यादव, सिरहा
    २. गोविन्दबहादुर न्यौपाने, सप्तरी
    ३. डिल्लीप्रसाद उप्रेती, सर्लाही
    ४. नागेन्द्र राय यादव, रौतहट
    ५. प्रमोदकुमार यादव, सिरहा
    ६. मदनसेन प्रसाद श्रीवास्तव, सिरहा
    ७. मन्जुकुमारी यादव, महोत्तरी
    ८. रवीन्द्र बैठा धोवी, सर्लाही
    ९. बेची लुंगेली, सर्लाही
    १०. शत्रुधन महतो, धनुषा
    ११. सीता गुरुङ, बारा
    १२. सुन्दरबहादुर विश्वकर्मा, बारा
    १३. हसिमा खातुन, रौतहट

    एमालेमै रहेका सांसद

    १. सत्यनारायण मण्डल, सप्तरी
    २. त्रिलोकी प्रसाद, बारा
    ३. अनिता कुमारी यादव, धनुषा
    ४. शारदादेवी थापा, महोत्तरी
    ५. लगनलाल चौधरी, सिरहा
    ६. डा. मनोज कुमार सिंह, सप्तरी
    ७. जगतारैन देवी सुडीन, सिरहा
    ८. किशोरी साह कमल, धनुषा

  • माधव पक्षमा रहेका लुम्बिनीका दुईमात्र सांसद पनि एमाले समाजवादीमा नजाने

    माधव पक्षमा रहेका लुम्बिनीका दुईमात्र सांसद पनि एमाले समाजवादीमा नजाने

    रुपन्देही । लुम्बिनी प्रदेशसभाका माधवपक्षीय दुई सांसदले आफूहरु नयाँ पार्टीमा नजाने प्रष्ट पारेका छन् ।  माधव नेपाल समूहमा रहेर पनि निरन्तर पार्टी एकताको पक्षमा रहेका लुम्बिनी प्रदेशसभाका नेपाल निकट दुई सांसदले तत्काल नयाँ दलमा नजाने बताएका छन् ।

    नेपाल पक्षमा रहेका कपिलवस्तुबाट निर्वाचित प्रदेश सभा सदस्य विष्णु पन्थी र पाल्पाबाट समानुपातिक सांसद बनेकी रमा घर्ती तत्काल नयाँ दलमा नजाने प्रतिक्रिया दिएका छन् ।

    कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर १ को (क) बाट निर्वाचित सांसद पन्थी लामो समयदेखि नेपाल पक्षमा रहे पनि पार्टी विभाजनको पक्षमा नरहेको बताए ।

    कपिलवस्तुमा समानान्तर ओली समूहकविरुद्ध नेपाल समूहको समानान्तर समितिका अध्यक्ष भएका पन्थीले भने, ‘म पार्टी विभाजनको पक्षमा छैन ।’

    उनले एमालेभित्रै रहेर १० बुँदे सहमति कार्यान्वयन गर्न पहल गरिराख्ने र त्यो कार्यान्वयन भए एमालेमै बस्ने बताए । अर्का सांसद रमा घर्तीले आफू विभाजनको पक्षमा नरहेको बताइन् ।

    नयाँ दल दर्ता गरे पनि पार्टी एकता हुनेमा आफू आशावादी रहेको उनको भनाइ छ ।

    याे पनि पढ्नुहाेस्

    प्रभावशाली नेताले साथ छाडेपछि लुम्बिनीमा माधव नेपाल झनै कमजोर

  • एमाले केन्द्रीय सदस्य- जसले अन्तिम घडीमा माधवको साथ छाडे (सूचीसहित)

    एमाले केन्द्रीय सदस्य- जसले अन्तिम घडीमा माधवको साथ छाडे (सूचीसहित)

    काठमाडौं । फागुन २३ गते सर्वोच्च अदालतबाट नेकपा एमाले ब्युँतिदा ८९ जना केन्द्रीय सदस्यको साथ पाएका माधवकुमार नेपालले बुधवार पार्टी विभाजन गर्दा स्थायी कमिटीका अधिकांश नेतासहित ३७ जना केन्द्रीय सदस्यको साथ गुमाएका छन् ।

    नेपालले दल दर्ताका लागि निवेदन दिएको एमाले समाजवादीको ९५ सदस्यीय केन्द्रीय समितिमा साबिक एमालेका ५८ जना केन्द्रीय सदस्य समेटिएका छन् । यसबीचमा पशुपति चौलागाईंको निधन र गणेश पहाडी, बिष्णु रिजाल तथा सोम मिश्रले माधव गुट छाडेपछि पनि उनीसँग ८६ जना केन्द्रीय सदस्य थिए ।

    पार्टी विभाजनको बेला आइपुग्दा नेपालसँग रहेका दोस्रो र तेस्रो पुस्ताका प्रभावशाली नेताहरु रहेनन् । पार्टीभित्रको अन्तरसंघर्षमा माधव नेपालका मुख्य भरोसा बन्दै आएका देशब्यापी प्रभाव भएका नेताहरु किन विभाजनमा गएनन् ?

    उनीहरु अझै पनि एमाले एकताको पक्षमा क्रियाशील हुने भनिरहेका छन् । तर दल नै अर्को बनिसकेपछि उनीहरुको एकता अभियान ठहराबमा पुगेको छ । अब दश बुँदे सहमति अनुसार एमालेमा सक्रिय हुने कि माधव नेपालको पार्टीमा लाग्ने ? हाल माधवको पार्टी विभाजनमा साथ नदिएका नेताहरुसँग दुई विकल्पमात्र छन् ।

    यी हुन् माधव नेपालको साथ छाड्नेहरु :

    यी पनि पढ्नुस्

    यस्तो छ माधव नेतृत्वको एमाले समाजवादीको केन्द्रीय समिति (सूचीसहित)

    उत्तरार्धमा माधव नेपालले लिएको कठिन निर्णय

    नयाँ पार्टी गठनपछि नेपालले भनेः कम्युनिष्ट आन्दोलनको विसर्जन रोक्न वैधानिक विद्रोह

    वागमतिमा एमालेको नयाँ सरकार, माधव नेपाललाई छाड्नेले पाए मुख्यमन्त्री र मन्त्री

  • यस्तो छ माधव नेतृत्वको एमाले समाजवादीको केन्द्रीय समिति (सूचीसहित)

    यस्तो छ माधव नेतृत्वको एमाले समाजवादीको केन्द्रीय समिति (सूचीसहित)

    काठमाडौं । माधव कुमार नेपालले नेकपा एमाले विभाजन गरेर एमाले समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेका छन् ।

    नयाँ पार्टीको अध्यक्षमा माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेता रहनेछन् भने बाँकी सबै सदस्य रहने गरी ९५ सदस्यीय केन्द्रीय कमिटी रहने नेता राजेन्द्र पाण्डेले बताए ।

    साविक एमालेका ५८ जना केन्द्रीय सदस्य नयाँ पार्टीमा समेटिएका छन् । निवेदनमा चुनाव चिन्ह भने अहिले प्रस्ताव नगरिएको पाण्डेले जानकारी दिए ।