Tag: एमाले वार्ता टोली

  • एमाले वार्ता टोली निष्क्रिय, बेग्लै संयन्त्रबाट एकताको प्रयास भइरहेको प्रवक्ता ज्ञवालीको भनाइ

    एमाले वार्ता टोली निष्क्रिय, बेग्लै संयन्त्रबाट एकताको प्रयास भइरहेको प्रवक्ता ज्ञवालीको भनाइ

    काठमाडौं । नेकपा एमालेले पार्टी एकताको पहल गर्न गठित कार्यदल पुनर्गठन नभएसम्म अन्य संयन्त्रबाट छलफल चलाउने भएको छ ।

    स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदिप ज्ञवालीले एकताको लागि अन्य संयन्त्रबाट पहल भइरहेको बताए ।
    अहिले वार्ता टोली क्रियाशील नरहेको उनले बताए ।

    वार्ता टोलीमा रहेका कतिपय नेता कारवाहीमा परेकाले अर्को निर्णय नभएसम्म अन्य संयन्त्रबाट एकताको पहल भइरहेको ज्ञवालीले बताए ।

    वार्ता टोलीमा माधव नेपाल पक्षको संयोजक रहेका भीम रावल साधारण सदस्यबाटै निष्कासित भइसकेका छन् । यसबीचमा दुवै पक्षबीच भएका वार्तामा भीम रावल बाहेकका नेताहरु बस्ने गरेका छन् ।

    प्रवक्ता ज्ञवालीले एमालेका उम्मेदवारलाई हराउन भूमिका खेलेर गर्व गर्ने प्रवृति माधव नेपाल पक्षमा देखिए पनि आफूहरु पार्टी विभाजन हुन नदिन हदैसम्मको लचिलो बनेको बताए ।

  • एमाले वार्ता टोलीको बैठक सिंहदरबारमा शुरु

    एमाले वार्ता टोलीको बैठक सिंहदरबारमा शुरु

    काठमाडौं । नेकपा एमाले एकताका लागि गठित वार्ता टोलीको बैठक सिंहदरबारमा शुरु भएकाे छ ।

    वैकल्पिक सरकार गठनका लागि शेरबहादुर देउवाको पक्षमा माधव नेपाल पक्षका २७ सांसदले हस्ताक्षर गरेर शीतल निवास गए लगत्तै वार्ता टोलीका नेताहरु अर्थ मन्त्रालयमा जम्मा भएका छन् ।

    वार्ता टोलीको बैठक शुरु  भएकाे हाे ।