Tag: एभर्टन

  • एभर्टनको प्रशिक्षकमा बेनिटेज

    एभर्टनको प्रशिक्षकमा बेनिटेज

    काठमाडौं । एभर्टनले लिभरपुलका पूर्व प्रशिक्षक राफाएल बेनिटेजलाई क्लबमा भित्र्याएको छ । स्पेनिस नागरिक ६१ वर्षीय बेनिटेजले एभर्टनसँग तीन वर्षका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको बिबिसीले बताएको छ ।

    ‘एभर्टनसँग जोडिन पाउँदा म खुसी छु,’ बेनिटेजले भनेका छन्, ‘म यो क्लब नयाँ उचाईमा पुग्नेमा म विश्वस्त छु । म यो क्लबले आफ्नो लक्ष्य हासिल गर्दा महत्त्वपूर्ण भूमिका निर्बाह गर्न तयार छु ।’

    बेनिटेजले प्रिमियर लिगमा अन्तिम क्लब न्युक्यासल युनाइटेडको नेतृत्व सम्हालेका थिए । उनले २०१९ मा न्युक्यासलसँगै प्रिमियर लिग छाडेका थिए । त्यसपछि उनी चीन पुगेर १८ महिना डलियन प्रोफेसनल फुटबल क्लबको नेतृत्व गरेका थिए ।

    एक दर्जनभन्दा धेरै क्लबको नेतृत्व गरिसकेका बेनिटेज युरोपेली फुटबलमा सेलेब्रिटी नाम हो । उनले चेल्सी, लिभरपुल, इन्टर मिलान, रियाल मड्रिड, नापोलीलगायतका क्लबमा मुख्य प्रशिक्षकको रूपमा काम गरिसकेका छन् ।

    पूर्वप्रशिक्षक कार्लो एन्सेलोटी रियाल गएसँगै एभर्टन प्रशिक्षकविहीन थियो ।

  • एभर्टनमाथिको जितसँगै सिटीलाई प्रिमियर लिगमा १० अंकको अग्रता

    एभर्टनमाथिको जितसँगै सिटीलाई प्रिमियर लिगमा १० अंकको अग्रता

    एजेन्सी । एभर्टनका प्रशिक्षक कार्लो एन्सेलोटीले आफ्नो टिम पराति भएपछि म्यानचेस्टस सिटीले चार सिजनमा तेस्रोपल्ट इंिग्लस प्रिमियर लिगको उपाधि जित्ने आंकलन गरेका छन् ।

    एन्सेलोटीका अनुसार पेप ग्वार्डिओला प्रशिक्षित सिटीलाई राक्नु ‘लगभग असम्भव’ हुँदै गइरहेको छ, जो १४ खेल बाँकी रहँदा १० अंकको स्पष्ट अग्रतामा छ ।

    ‘मेरो बिचारमा अहिलेको स्थितिमा उनीहरुबाहेक अरु नाम भन्नु निकै मुस्किल हुनेछ,’ एभर्टन जुन टिमसँग अहिले हारेको छ त्यो टोली प्रिमियर लिग च्याम्पियन बन्नेछ ? भनेर सोधिएको प्रश्नमा उनले थपे, ‘अव उनीहरुलाई रोक्नु लगभग असम्भव छ । अहिलेको समयमा सिटी सर्वश्रेष्ठ टोली हो । उनीहरुसँग क्षमता, शक्ति र विश्वास छ । उनीहरुसँगको प्रतिस्पर्धा निकै नै कठिन हुन्छ ।’

    फावियो फोडेनले ३२ औं मिनेटमा गोल गरे पनि त्यसको ५ मिनेटपछि नै रिचरलिसनले बराबरी गोल फर्काएका थिए । सिटीले खुला खेलमा जनवरी ३ पनि पहिलो गोल खाएको हो ।

    दोस्रो हाफमा रियाद मेहेरेज र बर्नान्डो शिल्भाले गोल गरेपछि सिटीले ३–१ को जित निश्चित गरेको हो । सबै प्रतियोगितामा गरेर सिटीको यो लगातार १७ औं जित पनि हो ।

    एभर्टनलाई हराएसँगै म्यानचेस्टर सिटीले इंग्लिस शीर्ष डिभिजनमा वर्षको सुरुआती १० खेल जित्ने कीर्तिमान पनि कायम गरेको छ । सिटी २४ खेलबाट ५६ अंकसहित समान खेल खेलेको दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा १० अंकले अगाडि छ ।

  • ओल्ड ट्राफोटमा एभर्टनको बहादुरीपूर्ण बराबरी

    ओल्ड ट्राफोटमा एभर्टनको बहादुरीपूर्ण बराबरी

    एजेन्सी । डोमिनिक क्यालभर्ट लेविनले इन्जूरी समयको अन्तिम मिनेटमा गोल गरेपछि एभर्टनले म्यानचेस्टर युनाइटेडबिरुद्ध उसकै मैदानमा नाटकीय रुपमा अंक खोसेको छ ।

    ६ गोलको सनसनी खेलमा दुई पल्ट पछि परेको स्थितिबाट पुनरागमन गर्दै एभर्टनले खेल ३–३ को बराबरीमा सकायो र कम्तिमा १ अंक हासिल गर्न सफल भयो ।

    इडिन्सिन काभानीले २४ औं र बुर्नो फर्नान्डेजले ४५ औं मिनेटमा गोल गरेपछि घरेलु टोली युनाइटेडले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।

    तर दोस्रो हाफको सुरुआती ७ मिनेटभित्र एभर्टनले २ गोल फर्कायो । ४९ औं मिनेटमा डोकोउर र ५२ औं मिनेटमा रोड्रिग्वेजले गोल गरेका हुन् ।

    म्युनिख विमान दुर्घटनाको ६३ औं स्मृति दिवसका दिन ७० औं मिनेटमा म्याकटोमिनेको हेडिङ गोलपछि म्यानचेस्टरको जित निश्चित भएको अनुमान लगाइएको थियो । तीन अंक जोड्न सकेको भए युनाइटेडले शीर्ष स्थानको म्याचनेस्टर सिटीसँग अंक बराबरी गर्ने थियो ।

    लिग लिडर सिटीको भन्दा युनाइटेडको २ अंक कम छ । तर युनाइटेडले छिमेकी प्रतिद्वन्द्वीभन्दा २ खेल बढी खेलेको छ ।

    तालिकामा शीर्ष स्थितिको बारेमा स्काइ स्पोर्टससँग कुरा गर्दै युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले भनेका छन्, ‘हामीले एउटा लामो यात्रा तय गरिसकेका छौं । हामी अहिले उपाधिको बारेमा कुरा गरिरहेका छैनौं । हामीले राम्रो टिम सन्तुलन पाएका छौं र हेरौं कहाँ पुगिन्छ ।’