Tag: एएफसी

  • एएफसी कप प्रारम्भिक छनोट: श्रीलंका पुलिसलाई ५-१ ले हराउँदै त्रिभुवन आर्मी दोस्रो चरणमा

    एएफसी कप प्रारम्भिक छनोट: श्रीलंका पुलिसलाई ५-१ ले हराउँदै त्रिभुवन आर्मी दोस्रो चरणमा

    काठमाडौं । नवयुग श्रेष्ठको दुई गोलप्रेरित त्रिभुवन आर्मी फुटबल क्लब श्रीलंका पुलिस स्पोर्ट्स क्लबविरुद्ध ५-१ रोमाञ्चक जित निकाल्दै एएफसी कपको प्रारम्भिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । बुधबार दशरथ रंगशालामा भएको पहिलो चरणको खेलमा भ्रमणकारी श्रीलंका पुलिसमाथि पुनरागमनसहित रवाफिलो जित निकाल्दै आर्मीले दोस्रो चरणमा भारतको बेङ्गलुरु एफसीसँगको भेट सुनिश्चित गरेको हो ।

    खेलको सुरुआती ३० मिनेटसम्म घरेलु टोलीमाथि हाबी बनेको श्रीलंका पुलिसले २८औं मिनेटमा इभान्स असान्तेको गोलमार्फत् अग्रता लिएको थियो । तर, ०-१ ले पछि परेसँगै आक्रामक रणनीति अपनाएको घरेलु टोली आर्मीले ४१औं मिनेटमा सन्तोष तामाङको गोलसँगै खेलमा बराबरी गरेको थियो ।

    त्यसको दुई मिनेट नबित्दै नवयुग श्रेष्ठले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारेका थिए । रोमाञ्चक पहिलो हाफमा २-१ को अग्रता बनाएको आर्मीले दोस्रो हाफको सुरुआती पाँच मिनेट नबित्दै तेस्रो गोल गर्‍यो ।

    दोस्रो हाफमा भ्रमणकारी टोलीमाथि हाबी बनेको आर्मीका लागि टंक बस्नेतले ५०औं मिनेटमा तेस्रो गोल गरेका थिए ।

    आर्मीको आक्रमणासामु निरीह बनेको श्रीलंका पुलिसले ८३औं मिनेटमा चौथो गोल खाएको थियो । टंक बस्नेतको स्थानमा ६३औं मिनेटमा मैदान प्रवेश गरेका सब्स्टिच्युट खेलाडी सुदिल राईले  निर्धारित समयको खेल सकिन ७ मिनेट बाँकी रहँदा चौथो गोल गरेका थिए ।

    भ्रमणकारी श्रीलंका पुलिसको रक्षापंक्तिका लागि घातक बनेका नवयुगले खेलको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीका लागि ५-१ को फराकिलो जित सुनिश्चित गरे ।

    कोरोना भाइरस परीक्षण गर्दा नतिजा पोजिटिभ आएसँगै आर्मी केही नियमित खेलाडी बिना मैदानमा उत्रिएको थियो । आर्मीका नियमित गोलकिपर बिकेश कुथु र फरवार्ड जर्ज प्रिन्स कार्की टोलीमा समावेश थिएनन् । नियमित सदस्य रहँदै आएका यी दुई खेलाडी बेन्चमा पनि समावेश नभएकाले कोरोना संक्रमित भएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

    यद्यपि, नियमित खेलाडी बिना नै रवाफिलो जितसँगै छनोटको दोस्रो चरणमा पुगको आर्मीले तेस्रो चरण प्रवेशका लागि बेङ्गलुरु एफसीसँग अप्रिल १४ मा खेल्ने छ ।

    आजै एएफसी कप प्रारम्भिक छनोटको पहिलो चरणको खेलमा भुटानी क्लब थिम्पु सिटीलाई २-० को नतिजामा पराजित गर्दै माल्दिभ्सको इग्लस क्लब पनि दोस्रो चरणमा पुगेको छ ।

    इगल्सले पनि दोस्रो चरणमा अप्रिल १४ मा नै बंगलादेशको अबहानी ढाकासँग खेल्ने छ ।

    यसअघि २०१९ मा मनाङ मर्स्याङ्दी क्लब चेन्नइयिन एफसीसँग अवे २-० र होम २-३ गोलको नतिजामा पराजित हुँदै एएफसी कपको समूह चरणबाटै  बाहिरिएको थियो ।

  • एएफसी छनोट : पहिलो हाफमा श्रीलंका पुलिसविरुद्ध त्रिभुवन आर्मीको अग्रता

    एएफसी छनोट : पहिलो हाफमा श्रीलंका पुलिसविरुद्ध त्रिभुवन आर्मीको अग्रता

    काठमाडौं । एएफसी कप प्रारम्भिक छनौट खेलअन्तरगत त्रिभुवन आर्मी र श्रीलंका पुलिस स्पोट्र्स क्लवको खेल अहिले जारी छ । दशरथ रंगशालामा भइरहेका खेलमा पहिलो हाफमै दुवै तर्फबाट गरी ३ गोल भएका छन् ।

    खेलका २८ औं मिनेटमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलेका लागि इभान्स एसानटिले गोल गर्दै टिमलाइ अग्रता दिलाएका थिए ।

    तर, ४१ मिनेटमा आर्मीका लागि सन्तोष तामाङले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको दुई मिनेटपछि आर्मीका नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई अग्रता दिलाएका छन् ।