Tag: उषाकला राई

  • केन्द्रीय सदस्यमा उम्मेदवारी दिने एमाले नेतृ उषाकला राईको घोषणा

    केन्द्रीय सदस्यमा उम्मेदवारी दिने एमाले नेतृ उषाकला राईको घोषणा

    खोटाङ । एमाले नेतृ उषाकला राईले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । प्रदेश १ पूर्वसामाजिक विकास मन्त्रीसमेत रहेकी राईले मंगलबार दिक्तेलमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेकी हुन् ।

    एमालेको १०औं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि सम्म चितवनमा हुँदैछ । जिल्लाका अन्य आकांक्षीले भने हालसम्म उम्मेदवारी घोषणा गरेका छैनन् । केन्द्रीय कमिटी सदस्यको उम्मेदवारीका विषयमा जिल्लाका नेतारूबीचमा थप छलफल गर्ने उनले बताएकी छन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेकी नेतृ राई कोदोको लोकल रक्सीलाई व्याण्ड होईन ब्राण्ड बनाइनु पर्ने ‘व्याण्ड भर्सेस ब्राण्ड’का अभियानकर्ता हुन् । खोटाङबाट पहिलो महिला मन्त्रीको इतिहास रचेकी उषाकला २०६४ सालमा पनि संविधानसभा सदस्य बनेकी थिइन् । एमालेको राष्ट्रिय अधिवेशनमा खोटाङका १४ जना प्रतिनिधि सहभागी हुँदैछन् ।

  • कोदोको रक्सीलाई ‘ब्राण्ड’ बनाउने प्रदेश मन्त्री राईको उद्घोष

    कोदोको रक्सीलाई ‘ब्राण्ड’ बनाउने प्रदेश मन्त्री राईको उद्घोष

    विराटनगर। प्रदेश एककी नवनियुक्त सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्ड बनाउन आवश्य तयारीमा जुटेको बताएकी छिन्। लामो समयदेखि कोदोको रक्सीलाई ब्राण्ड बनाउन पर्ने बहस चलाउदै आएकी मन्त्री राईले बुधबार पत्रकार सम्मेलन गरी कोदोको रक्सीलाई ब्राण्ड बनाउन तयारीमा आफू जुटेको बताइन् ।

    सामाजिक विकास मन्त्रालयमा अयोजित पत्रकार सम्मेलनमा मन्त्री राईले भनिन्‘ कोदोको रक्सीलाई अब ब्राण्ड दिएर बेचविखन गर्नुपर्छ । त्यसका लागि कानून र व्यवहारिक पक्षको बारेमा अध्ययन शुरू गरिसकेको छु।’ स्थानीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको अवस्थामा ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नारा लिएर कानूनी रूपमा मान्यता दिनुपर्ने मन्त्री राइको भनाइ छ।

    ‘कानून भनेको जनताको हात बाध्ने हुनुहदैन,’ उनको भनाइ छ, ‘कोदोको रक्सीलाई ब्राण्ड बनाउने कुरा मुख्यमन्त्री मात्र होइन, प्रधानमन्त्रीलाई पनि भनेको छु। उहाँहरू सकारात्मक हुनुहुन्छ।’ स्वदेशमा रोजगारी सिर्जना नहुदा हजारकौ संख्यामा युवा विदेश पलायन भएको भन्दै मन्त्री राइले भनिन्, ‘स्वदेशी उत्पादनलाई प्रवद्धन गर्दै रोजगारको बातवरण सिर्जना गरिनुपर्छ।’