Tag: उपप्रधानमन्त्री ईश्वर पोखरेल

  • परिस्थिति भयावह हुन नदिन बाँकेका सिडियोलाई उपप्रधानमन्त्रीको निर्देशन

    परिस्थिति भयावह हुन नदिन बाँकेका सिडियोलाई उपप्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसका कारण बाँकेमा उत्पन्न पछिल्लो परिस्थितिबारे जानकारी लिँदै स्थिति भयावह हुन नदिन निर्देशन दिएका छन् ।

    बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई आज टेलिफोन गरी कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति (सिसिएमसी) का संयोजक पोखरेलले नागरिकको जीवन रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिएका हुन् ।

    उपप्रधानमन्त्री पोखरेलले स्थिति भयावह हुन नदिनेतर्फ बेलैमा कदम चाल्न निर्देशन दिँदै सिसिएमसीका तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग हुने बताए। कुनै गम्भीर विषय भएमा सिसिएमसीले हेर्ने प्रधानमन्त्री कार्यालयका सचिवलाई सिधै सम्पर्क गर्न उनले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पनि दिए ।

    प्रजिअ गेलालले बाँकेको वस्तुस्थितिका विषयमा जानकारी गराउँदै कोभिडका बिरामीको चाप अस्पतालमा बढिरहेको, अस्पतालमा श्ययाको अभाव भएको, मेडिकल डाक्टरको अभाव भएको तथा नेपाल मेडिकल कलेज कोहलपुरलाई कोभिड अस्पतालका रुपमा अगाडि बढाउने विषय प्रक्रियामै रहेको जानकारी गराएका थिए , उपप्रधानमन्त्री पोखरेलले यी सबै विषयमा तत्कालै सिसिएमसीका तर्फबाट सम्बोधन गरिने बताए ।

    उपप्रधानमन्त्री पोखरेलले कोरोनाका बिरामीको उपचारका लागि पूर्वाधार भएको ठाउँको पहिचान गरी तयारी गर्न, निजी अस्पतालका पूर्वाधारलाई सदुपयोग गर्न, अक्सिजनको पर्याप्त व्यवस्था गर्नसमेत प्रजिअलाई निर्देशन दिए। उनले नेपाल–भारत सीमा नाकामा होल्डिङ सेन्टरको व्यवस्थापनका विषयमा पनि जानकारी लिएको थियो ।

  • निजी क्षेत्रसँगको छलफलले यहाँका समस्या समाधान हुन्छन्: उपप्रधानमन्त्री पोखरेल

    निजी क्षेत्रसँगको छलफलले यहाँका समस्या समाधान हुन्छन्: उपप्रधानमन्त्री पोखरेल

    काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजी क्षेत्रसँगको छलफलले यो क्षेत्रको समस्या समाधान हुने बताएका छन्।

    प्रधानमन्त्री र उद्योगीबीचको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले हाम्रो देश नेपाल गरिब हुनै नपर्ने देश भएको र प्रधानमन्त्रीले पनि देशको समृद्धिका लागि काम गरिरहेको बताए

    ‘देशमा पूर्वाधारको विकास भइरहको छ । हामी समृद्ध नेपाल, खुशी नेपाली बनाउन के-के कुरा परिवर्त गर्न आवश्यक रहेको भन्ने बुझेर  त्यस विषयमा काम भइरहेको छ,’ उनले भने, ‘समृद्ध नेपाल, खुशी नेपाली भन्ने नारा मात्रै होइन् । यसलाई हामीले ठोस तरिकाले अगाडि बढाएका छौं ।’

    निजी क्षेत्रले के-के कुरा ठोस तरिकाले अगाडि बढाउन पर्छ भन्ने कुराको छलफल भइरहेको उपप्रधानमन्त्री पोखरेलले बताए ।

  • वैशाखमा चुनाव हुन्छ, सबै तयार भएर बसौँ : उपप्रधानमन्त्री पोखरेल

    वैशाखमा चुनाव हुन्छ, सबै तयार भएर बसौँ : उपप्रधानमन्त्री पोखरेल

    उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा निर्वाचन हुने बताएका छन् । काठमाडौँ महानगरपालिका- ५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाटन गर्दै उनले यसका लागि चुनावका लागि तयार हुन आग्रह समेत गरे ।

    राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचन गर्नुपरेको उनको भनाइ छ । उनले भने “ चुनावमा जनताले सही व्यक्तिलाई पुरस्कृत र गलतलाई दण्डित गर्ने छन् । जनताभन्दा ठूलो न्यायाधीश अरु कोही हुँदैनन् । यसैले ताजा जनादेशका लागि सबै तयार हुनुपर्छ । ”

    निर्वाचनपछि राजनीतिक स्थिरता कायम हुने तथा विकास र समृद्धिको सपना साकार हुने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ ।

    वाग्मती प्रदेश सरकार र स्थानीय जनसहभागितामा भीमसेनथान मन्दिरको पुनःनिर्माण गरिएको हो । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ क का प्रदेश सांसद नारायण सिलवालले मन्दिर पुनःनिर्माणमा पहल गरेका थिए ।

    सो अवसरमा उनले मन्दिर पुनःनिर्माण गर्न सफल भएकामा खुशी व्यक्त गर्दै हाँडीगाउँवासीको सहयोगकै कारण योजना सफल भएको बताए । स्थानीयको करीब रु १६ लाख सहयोग उपलब्ध भएको उनले जानकारी दिए ।

    कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका सबैखाले विकास निर्माणका कामका लागि आफू प्रतिबद्ध रहेको बताए। संस्कृति र सम्पदा बचाउनका लागि महानगरले धेरै काम गरिरहेको उनको भनाई थियो ।