Tag: उपप्रधानमन्त्री इश्वर पोखरेल

  • देश कोरोना मुक्त गर्न ध्यान केन्द्रित गर्छौंः उपप्रधानमन्त्री

    देश कोरोना मुक्त गर्न ध्यान केन्द्रित गर्छौंः उपप्रधानमन्त्री

    काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले देश कोरोना मुक्त गर्न सरकारले ध्यान केन्द्रीत गर्ने बताएका छन ।

    प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा आज उपप्रधानमन्त्री पदमा पुनः पदभार ग्रहण गर्दै उनले सरकारको सम्पूर्ण ध्यान अब कोरोना संक्रमितको उपचार, रोकथाम र नियन्त्रणमा केन्द्रीत हुने बताए ।

    सिसिएमसीका संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले भने,– ‘अब हामी कोरोना संक्रमितको उपचार, उपकरण तथा अस्पतालहरुको व्यवस्थापन र चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रोत्साहनमा केन्द्रीत हुन्छौं’

    कोरोना संकटबाट जनतालाई मुक्त गर्न उपप्रधानमन्त्री पोखरेलले महामारी विरुद्धको अभियानमा साथ दिन सम्पूर्ण नेपालीहरुलाई आह्वान गरेका छन ।

  • अमेरिकाले नेपाललाई अर्को साता स्वास्थ्य सामग्री सहयोग गर्ने

    अमेरिकाले नेपाललाई अर्को साता स्वास्थ्य सामग्री सहयोग गर्ने

    काठमाडौं । कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि अमेरिकाले नेपाललाई अर्को साता स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । बिहिबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएसमी) निर्देशक समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री इश्वर पोखरेललाई नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले यस्तो जानकारी गराएका हुन् ।

    कोभिड–१९ को दोस्रो लहरको संक्रमणका सन्दर्भमा यसको रोकथाम, नियन्त्रण र उपचार पद्धतिलाई थप प्रभावकारी बनाउने विषयमा उपप्रधानमन्त्री पोखरेलले कोरोना बिरुद्धको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि कुटनैतिक पहलमा तिव्रता दिने क्रममा बिहिबार टेलिफोन सम्वाद भएको हो ।

    उपप्रधानमन्त्री पोखरेल र अमेरिकी राजदूत बेरीबीच टेलिफोन सम्बादमा राजदूत बेरीले अर्को सातासम्म नेपालमा अमेरिकी सरकारका तर्फबाट स्वास्थ्य सामग्रीको सहयोग गर्ने जानकारी दिएका प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।