Tag: उत्तम राई

  • ओखलढुंगाको मोलुङ गाउँपालिकामा गठबन्धन हराउँदै एमाले विजयी

    ओखलढुंगाको मोलुङ गाउँपालिकामा गठबन्धन हराउँदै एमाले विजयी

    काठमाडौं । ओलखढुंगाको मोलुङ गाउँपालिकामा गठबन्धनलाई हराउँदै नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका उत्तम राई ४,०५२ मतसहित विजयी भएका छन् ।

    उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार राजनकुमार दाहाललाई ५९० मतान्तरले पराजित गरेका हुन् । पराजित राजनकुमार दाहालले ३,४६२ मत ल्याएका छन् ।

    उपाध्यक्षमा पनि एमालेकै उर्मिला खतिवडा ४२०० मतसहित विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादी उम्मेदवार कुलबहादुर खत्रीले २०९६ मत पाएका छन् । यसअघि यो पालिकामा एमालेले उपाध्यक्ष गुमाएको थियो ।