Tag: इ-कमर्श

  • निषेधाज्ञामा अनलाइन व्यवसाय नरोक्न सर्वोच्चको आदेश (आदेशसहित)

    निषेधाज्ञामा अनलाइन व्यवसाय नरोक्न सर्वोच्चको आदेश (आदेशसहित)

    काठमाडौं । इ-कमर्शलाई नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

    सोमबार न्यायाधीश सपना मल्ल र कुमार चुँडालको संयुक्त इजलासले सोमबार ‘अनलाइन माध्यमबाट खरिद, बिक्री तथा होम डेलिभरीको इ-कमर्शको सेवा प्रदान गर्ने कम्पनीहरुलाई प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्मको लागि सेवा प्रदान गर्ने काम रोक्ने कार्य नगर्ने’ आदेश जारी गरेको हो ।

    अन्तरिम आदेश जारी हुने वा नहुने सम्बन्धमा छलफल गर्न निवेदकका तर्फबाट उपस्थित अधिवक्ताहरु सुभाष पाठक, आवेश अधिकारी, सागर पौडेल, कृष्ण पाल र रक्षा सिंह तथा विपक्षीतर्फबाट उपस्थित सहन्यायाधिवक्ता संजीवराज रेग्मीले बहसका गरेका थिए ।

     

  • इ-कमर्श व्यवसायलाई नियमन गर्न कानुन निर्माण गर्ने

    इ-कमर्श व्यवसायलाई नियमन गर्न कानुन निर्माण गर्ने

    काठमाडौं । सरकारले इन्टरनेटको माध्यमबाट हुने इ-कमर्श व्यवसायलाई नियमन गर्न कानुन निर्माण गर्ने भएको छ । शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले इकर्श सम्बन्धी कानुन तर्जुमा गरिने जानकारी दिए ।
    ‘इ-कमर्श सम्बन्धी कानुन तर्जुमा गरिने छ,’ मन्त्री पौडेलले भने, ‘डिजिटल र आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि लगायत चौथो पुस्ताको औद्योगिक क्रान्तिले ल्याएको अवसरको प्रयोग गरिने छ।’