Tag: इजलास

  • शम्भु थापाको आरोप- इजलासमा फर्कने न्यायाधीश दुषित (भिडिओ)

    शम्भु थापाको आरोप- इजलासमा फर्कने न्यायाधीश दुषित (भिडिओ)

    काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खाली भइसकेको बताएका छन् । बुधबार नेपाल बार एसोसिएसनले गरको सर्वोच्च अदालतमा धर्नाको कार्यक्रम सकिएपछि एसोसिएसनको प्रांगणमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खालि भइसकेको बताएका हुन् ।

    उनले नयाँ प्रधानन्यायाधीश नियुक्ती गर्ने जिम्मा सरकार र प्रतिपक्ष दलको भएको भन्दै बारले नयाँ प्रधानन्यायाधीशको नियुक्तीको लागि आन्दोलन गरेको बताए ।

    उनले भने,‘आज प्रधानन्यायाधीशको सिट खाली छ । प्रधानन्यायाधीशको सिट खालि भइसकेको छ । कसरी मनोनयन गर्ने, कसरी नियुक्ति गर्ने, यो सरकार र संविधान चलाउने, सरकार र प्रमुख प्रतिपक्षी दलको जिम्मा हो । तपाई र मैले खाली गरिसक्यौ, कसरी खालि ग¥यौँ, खाली भइसक्यो । खाली अर्को मनोनयन गरेका छैनन् । तपाई र मैले अर्को मनोनयनका लागि कराइराख्नु परेको छ । राम्रो प्रधानन्यायाधीश मनोनयन गर भनेर हामीले भनिराख्नु परेको छ ।’

    वरिष्ठ अधिवक्ता थापाले कानुन व्यवसायीहरुको उपस्थिति बिना न्यायालय चल्न नसक्ने बताए । केही न्यायाधीशहरु इजलाश बस्न लागेको तर्फ इंकित गर्दै उनले न्यायाधीशहरुले मात्रै अदालत चलाउन नसक्ने बताए ।

    प्रधानन्यायाधीशले भ्रष्टाचार गरेको भन्दै बारले आन्दोलन गरिरहेको बखत इजलाशमा बस्ने न्यायाधीश दुषित भएको टिप्पणी उनले टिप्पणी गरे । उनले प्रधानन्यायाधीशले भ्रष्टाचार गरेको हो कि होइन सोध्नका लागि न्यायाधीशहरुलाई आग्रह पनि गरे ।

    उनले भने,‘तपाईहरु चार जना वा पाँचजना हुनुहुन्छ एउटै प्रश्न सोधिदिनुस्, प्रधानन्यायाधीसज्यू तपाईले घुस खानु भएको छ कि छैन ? यत्ति सोधिदिनुस् । आज फुलकोर्ट बस्ने कुरा छ, तपाईलाई त भ्रष्टाचार गर्नुभयो, घुस खानु भो भन्या छ सोधिदिनुस् न एकचोटी । उहाँले खानु भो भन्नुहुन्छ कि खानुभएन भन्नुहुन्छ । खानुभएन भन्नुभए बोलाउनुस् । पहिलो जो इजलाशमा बस्छु भन्नुहुन्छ उहाँले तोकेर यदी घुस खाएको प्रधानन्यायाधीशको इजलाशमा बस्नुहुन्छ भने तपाई दुषित हो । फेरी सेटिङको कुरा आउँछ, हतार नगर्नुहोला ।’

    उनले आफुहरु भ्रष्टाचारीको पछि लागेर बहस नगर्ने स्पष्ट पारे । वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीशले गरेको भ्रष्टाचारको विवरणसहित संसदमा कागज दर्ता गर्नुपर्ने बताए । उनले भने,‘संसदमा एउटा कागज दर्ता गर्नुपर्छ । त्यो ऐतिहासिक हुन्छ । भ्रष्टाचार गरेका कुरासहित दर्ता गर्नुपर्छ । भ्रष्टाचार गरेको कागजसहित दर्ता गर्नुपर्छ । संसदमा पुरा पोइन्टसहित बुलेटमा, यिनका घरजग्गासहित ।’

    उनले आफुहरुले प्रधानन्यायाधीशको राजीनामा माग्दैगर्दा अन्य न्यायाधीशको पनि राजीनामा माग्ने र कानुन व्यवसायीहरुलाई समेत आरोप लगाइएको भन्दै अर्को प्रधानन्यायाधीश नियुक्त भएसँगै कानुन व्यवसायीहरुले भ्रष्टाचार गरे नगरेको सम्बन्धमा छानविन गर्न चुनौती दिए । उनले सिरकभित्र टाउको नलुकाई बारको आन्दोलनमा ऐक्यवद्धता जनाउन पनि सम्पूर्ण कानुन व्यवसायीहरुलाई आग्रह गरे ।

    उनले भने ‘हामीले भनेका छौँ त अर्को प्रधानन्यायाधीश आउने, अर्को प्रधानन्यायाधीशले को – को वकिल भ्रष्टाचार गर्नेछ, को को न्यायाधीश भ्रष्टाचार गर्नेछ, को को अयोग्य छ खोज । त्यो भित्र अध्यक्ष पर्छ कि पूर्व अध्यक्ष पर्छ कि, वर्तमान अध्यक्ष पर्छ कि त्यसकारण त्यो सुतुरमुर्गजस्तो केही कानुन व्यवसायीहरु यस्तो आन्दोलन चलेको बेलामा म सुरक्षित छु भनेर टाउको सिरकभित्र लुकाएर नबस्नुस् । लज्जावति झार जस्तो नबस्नु । आन्दोलन चलाउँदै गर्दा कहिलेकाहीँ गलगाँडहरु सडकमा आउँछन् एकहजार लिएर । घरी लेख्छन् । तिनीहरुलाई आफ्नो प्रकारको मुद्दाको चिन्ता छ । हामीलाई चिन्ता छैन । गलगाँडहरुलाई मेरो उत्तर छ, मुल गाँडको अप्रेसन यसपाली गर्नैपर्छ । त्यो गरिसकेपछि अनि भन्छ त्यसले यहाँ–यहाँ छ है ।’

    वरिष्ट अधिवक्ता थापाले नेपाल बार एसोसिएसनलाई नसोधिकन प्रधानन्यायाधीशले नियुक्त गर्ने कुनैपनि नियुक्ति नगर्न न्याय परिषद्का सदस्यहरुलाई खबरदारी गरे।

    नेपाल बार एसोसिएसनले आज (बुधवार) पनि सर्वोच्च अदालतमा धर्ना दिएको छ । बारले सर्वोच्च अदालतको मुल गेटमा धर्ना दिएपनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराभने बैकल्पिक गेटबाट सर्वोच्च अदालत परिसर प्रवेश गरेका थिए। प्रधानन्यायाधीशविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरेको बारले प्रधानन्यायाधीशको राजिनामा नआउञ्जेलसम्म आन्दोलनलाई अझ सशक्त र देशभर फैलाएर लैजाने बताएको छ ।

     

  • प्रधानन्यायाधीशले निवासबाटै गठन गरे आठ इजलास, २२३ मुद्दाका लागि पेसी

    प्रधानन्यायाधीशले निवासबाटै गठन गरे आठ इजलास, २२३ मुद्दाका लागि पेसी

    काठमाडौं । नेपाल बार एसोसिएसनको निषेध आन्दोलनका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मुद्दा सुनुवाइका लागि इजलास गठन गरेका छन् ।

    राजीनामा माग्दै सर्वोच्च अदालत प्रवेशमा रोक लागउने नेपाल बारको घोषणापछि जबराले बालुवाटारस्थित सरकारी निवासबाटै मुद्दा सुनुवाइका लागि इजलास गठन गरेका हुन् ।

    नेपाल बारको नेतृत्वमा प्रधानन्यायाधीशलाई अदालत प्रवेश गर्न नदिन कानून व्यवसायीहरू यतिबेला सर्वोच्च अदालतको मुल गेटमा धर्नामा छन् ।

    तर, जबराले भने बालुवाटास्थित प्रधानन्यायाधीश निवासबाटै आठवटा इजलास गठन गरेर २२३ मुद्दा सुनुवाइका लागि पेसी तोकेका छन् । उनले आफूबाहेकका आठवटा संयुक्त इजलास गठन गरेका छन् ।

    जसमा दीपककुमार कार्की र कुमार चुडाल, मीरा खड्का र प्रकाशमानसिंह राउत, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र सुस्मलता माथेमा, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा, प्रकाश कुमार ढुंगाना र नहकुल सुवेदी तथा तेज बहादुर केसी र कुमार रेग्मीका संयूक्त इजलास इजलास छन् ।

  • एकल इजलास नबस्ने भएपछि एमाले अध्यक्ष ओलीको रिटमाथिको सुनुवाइ आज नहुने

    एकल इजलास नबस्ने भएपछि एमाले अध्यक्ष ओलीको रिटमाथिको सुनुवाइ आज नहुने

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको रिटमाथि आज सुनुवाइ नहुने भएको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासमा पेसी तोकिएको थियो ।

    आजै खड्काको संयुक्त इजलास पनि रहेको र शुक्रबार परेकाले एकल इजलास नबस्ने जानकारी दिइएको पूर्वमहान्यायाधिवक्ता रमेश बडालले बताए ।

  • जसपा आधिकारिकता टुंग्याउन निर्वाचन आयोगमा इजलास गठन, साउन ३ देखि सुनुवाइ

    जसपा आधिकारिकता टुंग्याउन निर्वाचन आयोगमा इजलास गठन, साउन ३ देखि सुनुवाइ

    काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्न पाँच सदस्यीय इजलास गठन गरेको छ।

    आयोग पदाधिकारीको बुधबार बसेको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा सबै आयुक्त रहेको इजलास गठन गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

    इजलासले साउन ३ गते आइतबारदेखि सुनुवाइ गर्नेछ । साथै पक्ष विपक्षी दुवै तर्फकाले कानून व्यवसायी पनि राख्न पाउने श्रेष्ठले जानकारी दिए ।  जसपका दुवै पक्षले आफूहरु नै आधिकार रहेको दावी गरेपछि आयोगले सहमतिका लागि हिजो दुवै पक्षलाई बोलाएको थियो ।

    तर, सहमतिको प्रयास सफल हुन नसकेपछि आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार आधिकारिता विवाद निरुपण गर्न लागेको हो ।

  • प्रचण्डको पुनरावलोकन निवेदन प्रधानन्यायाधीश राणाको इजलासमा,निस्सा दिने वा नदिने निर्णय हुने

    प्रचण्डको पुनरावलोकन निवेदन प्रधानन्यायाधीश राणाको इजलासमा,निस्सा दिने वा नदिने निर्णय हुने

    काठमाडौं । एमाले-माओवादी साबिककै अवस्थामा फर्काउने सर्वोच्च अदालतको फागुन २३ को फैसला पुनरावलोकनका लागि माओवादी अध्यक्ष प्रचण्डले दायर गरेको निवेदन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नै इजलासमा राखेर हेर्ने भएका छन् ।

    पुनरावलोकन निवेदनलाई निस्सा दिने कि नदिने भन्ने निर्णय अब राणा सहित तेजवहादुर केसी र प्रकाश ढुंगानाको पूर्ण इजलासले गर्नेछ ।

    न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले फागुन २३ गते नेकपाको आधिकारिकता ऋषि कट्टेलाई दिदै केपी ओली र प्रचण्डलाई १५ दिनभित्र अर्को नाम लिएर निर्वाचन आयोगमा जान वा साबिककै पार्टीमा फर्किन आदेश दिएको थियो ।

  • सभामुखले दायर गरेको रिटको सुनुवाइ आज

    सभामुखले दायर गरेको रिटको सुनुवाइ आज

    काठमाडौं । संवैधानिक परिषद्ले गरेका नियुक्ति र शपथग्रहण समेत गैरकानूनी तथा असंवैधानिक भन्दै सभामुख अग्नि सापकोटाले दायर गरेको रिटको आइतबार (आज) सुनुवाइ हुँदैछ । शुक्रबार दायर रिटको पेशी सर्वोच्चले आज तोकेको थियो ।

    न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलास सुनुवाइका लागि तोकिएको छ ।

    बुधवार राष्ट्रपति कार्यालयमा शपथग्रहण गरेका ३२ जना संवैधानिक अंगका प्रमुख, राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रियसभा अध्यक्ष, मुख्यसचिवलगायत नियुक्ति प्रक्रिया र शपथमा संलग्न निकायहरूसमेत ३९ जनालाई विपक्षी बनाई सभामुखले शुक्रबार रिट निवेदन दर्ता गराएका थिए ।

    सभामुख सापकोटासहित विभाजित नेकपाका शशि श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापालगायतका विघटित प्रतिनिधिसभाका सदस्यहरू पनि शपथग्रहण र नियुक्ति बदर गर्न माग गर्दै आफैं अदालत पुगेका थिए ।