Tag: आगजनी

  • राप्रपाका मेयर उम्मेदवारको गाडीमा आगजनी

    राप्रपाका मेयर उम्मेदवारको गाडीमा आगजनी

    विराटनगर । मोरङको बेलबारी नगरपालिकामा मेयरका उम्मेदवारको प्रचारप्रसारमा प्रयोग गरिएको गाडीमा आगजनी भएको छ । राप्रपाबाट मेयरको उम्मेदवार रहेका खेमप्रसाद गौतमले घरमै पार्किङ गरेर राखेको बा १२ च ९३८४ नम्बरको कारमा शुक्रबार बिहानका आगजनी भएको ईलका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमालले जानकारी दिए ।

    पेट्रोल छर्किएर लाइटरले कारको अगाडि र पछाडि आगो लगाएको प्रहरीले जनाएको छ ।

    घटनामा संलग्न भएको आरोपमा सुन्दरहरैँचा नगरपालिका–१२ का २८ वर्षीय सुवास पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी नियन्त्रणमा लिएको पाण्डे मेयरका उम्मेदवार गौतमसँगै चुनवी अभियानमा हिँड्ने युवा हुन् ।

    सीसी क्यामेराको रेर्कड फुटेजमा देखिएका युवासँग हुलिया मिलेपछि पाण्डेलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान थालेको हो ।

    मेयरका उम्मेदवार गौतमले पार्टीको झन्डा तथा मेयर र उपमेयरका उम्मेदवारको फोटोसहितको ब्यानर राखेर उक्त कार चुनाव प्रचारप्रसारमा प्रयोग गर्दै आएका थिए ।

  • अज्ञात समूहद्वारा महोत्तरीको पाँच पसलमा आगजनी

    अज्ञात समूहद्वारा महोत्तरीको पाँच पसलमा आगजनी

    महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिका–३ भटौलिया बजारमा गए राति अज्ञात समूहले एकैसाथ पाँचवटा पसलमा आगजनी गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भटौलिया बजारमा स्थानीय रामएकवालको चिया पसल, राजकुमारी साहको खाजा पसल, योगेन्द्र साहको चिया पसल, शम्भु साहको खाजा पसल र मङ्गल साहको चिया पसलमा अज्ञात समूहले गए राति करिब ९ बजेको समयमा आगजनी गरेका छन् ।

    आगजनीबाट पाँचवटै पसलभित्र रहेका विभिन्न खाद्यान्न, कुर्सी, बेञ्च, टेबुल, फ्रिज, भाँडाकँुडा, ग्यास सिलिण्डर, चुल्हा र घरसमेत जलेर पाँच लाख बढीको क्षति भएको पसलेहरूले बताएका छन् ।

    पसलमा रातिको बेला कोही नभएको अवस्थामा आगजनी गरिएको थियो । आगो नियन्त्रणमा लिन नसक्दा सबैथोक जलेर नष्ट भई लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।