Tag: अभियान

  • एनआरएनले थाल्यो ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान, कुुन देशबाट कति स्वास्थ्य सामाग्री आउँदैछ  ?

    एनआरएनले थाल्यो ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान, कुुन देशबाट कति स्वास्थ्य सामाग्री आउँदैछ  ?

    काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए)ले ‘नेपालमा अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔ’ अभियान थालेको छ ।

    उक्त अभियानअन्तर्गत नेपालको लागि अक्सिजनसहितका अत्यावश्यक स्वास्थ्य सामाग्री खरिदका लागि आर्थिक संकलन गरिने भएको छ ।

    उसले विभिन्न मुलुकमा रहेका आफ्ना सदस्य संस्थाबाट नेपालमा अत्यावश्यक सामाग्री नेपाल पठाउने तयारी पनि गरेको छ । ओमानबाट ५५० थान अक्सिजन सिलिन्डर आज बेलुका काठमाडौं आइपुग्ने एनआरएनएले जनाएको छ ।

    उक्त सिलिन्डर नेपाल ल्याउन लाग्ने ७५ लाख रुपैयाँ गैरआवसीय नेपालीहरुले जुटाउने र ढुवानीको खर्च सरकारले व्योहर्ने भएको छ ।

    चीनबाट १७० थान अक्सिजन कन्सन्ट्रेटर केही दिनमा नेपाल आइपुग्ने भएको छ । यसका लागि १ करोड ३७ लाख खर्च हुने भएको छ । एनसीसी अष्ट्रेलियाले १ करोड र एनसीसी चीनले ७० अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने भएको छ ।

    अफ्रिकामा रहेका गैरआवसीय नेपालीबाट १५ लाख बराबरको अक्सिजन सिलिन्डर अस्पतालहरुमा वितरण गरिएको छ । कतारबाट मात्र १७८ थान सिलिण्डरको मूल्य बराबरको रकम कुल १ लाख ४ हजार २ सय कतारी रियालभन्दा बढी उठेको छ।

    अक्सिजन सिलिन्डर नेपाल पठाउने अभियानका मध्यपूर्व संयोजक आरके शर्माले दिएको जानकारी अनुसार १ थान अक्सिजन सिलिन्डरको मूल्य नेपाल पुग्दासम्म १२० अमेरिकी डलर बराबर पर्ने र सोहि अनुसार सहयोग जुटाउन उनले अपील गरे बमोजिम कतारबाट मात्र उक्त रकम संकलन भएको हो।

  • कोरोना संक्रमितलाई अक्सिजन जुटाउन सुर्खेती युवाको ‘१ हजार’ अभियान

    कोरोना संक्रमितलाई अक्सिजन जुटाउन सुर्खेती युवाको ‘१ हजार’ अभियान

    सुर्खेत । कोरोना भाइरसको नयाँ भेरियन्टले देशभर आक्रान्त पारेको छ । संक्रमितको दर बढिरहेको छ भने अस्पतालमा शय्यासँगै अक्सिजनको अभाव हुन थालेको छ ।

    अक्सिजनको अभाव भएर कोरोना संक्रमितलाई थप समस्या हुन नदिन सुर्खेतका युवाहरुले आर्थिक सहयोगको एउटा अभियान सुरु गरेका छन्- अक्सिजन सिलिन्डरका लागि मेराे १ हजार । उनीहरु आर्थिक सहयोगको याचना गरिरहेका छन्, त्यस सहयोग कोरोना संक्रमितलाई अक्सिजन खरिदका लागि खर्च गरिने विश्वास दिलाउँदै हिँडेका छन् ।

    प्रदेश तथा संघीय सरकारको ध्यान कर्णालीको स्वास्थ्य क्षेत्रमा पर्याप्त नपुगेको अवस्थामा नागरिकको ज्यान बचाउन सुर्खेती युवाको यो प्रयास सुरु भएको हो ।

    ‘हामीले अहिलेलाई कम्तिमा अक्सिजन सिलिण्डरको व्यवस्था गरेर अक्सिजन नपाएकै कारण गरिब र निमुखा नागरिकको ज्यान नगुमोस भनेर यो अभियान चलाएका हौं । अभियानमा सबै क्षेत्रका युवाहरुको सहभागिता छ,’ नेपाल पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष सुदीप पुरी भन्छन्, ‘हाम्रो यो अभियानमा सबैको उत्साहजनक सहभागिता छ । हामीले एक सिलिण्डर भर्ने रकम बराबरको एक हजार सहयोग गर्न अपिल गरेका थियौं । हालसम्म साढे तीन लाख भन्दा बढि रकह जम्मा भइसकेको छ ।’

    सुर्खेती कोभिड–१९ सेल्फ हेल्प समूह नाम दिइएको अभियानकर्ताले बीस हजारका दरमा धरौटी राखेर दश वटा सिलिण्डरसमेत ल्याइसकेका छन् । रकम पारदर्शी होस भन्नका लागि सनराईज बैक सुर्खेतमा खाता सञ्चालन गरेका छन् ।

    ‘अक्सिजनको लागि नेपालगन्जमा समस्या छैन । सिलिण्डरको समस्या कर्णालीमा देखिएको छ,’ उनी भन्छन्, ‘खाना पकाउने एलपी ग्याँस जस्तै भरेर स्टक राख्ने गरिएको छ । यसले गर्दा यहाँ थप समस्या सिर्जना भएको हो । खाली सिलिण्डर नहुँदा समस्या भएको छ । सुर्खेतका अधिकांश व्यक्तिहरुसँग सिलिण्डर छन् । खाली सिलिण्डर उपलब्ध गराई दिन हामीले अनुरोध गरेका छौं ।’

    अभियान्ताहरुले कोरोनाका कारण मृत्यु भएका प्रेम विकको परिवारलाई किरिया खर्च उपलब्ध गराई सकेका छन् भने २१ जनालाई सिलिण्डर प्रदान गरिसकेका छन् ।

    अभियान्ताहरुले सहयोग गर्न चाहने महानुभावलाई मिलन श्रेष्ठको नाममा रहेको खाता नम्बर ०६५०८७७४८१२०५००१, सनराईज बैंक सुर्खेतमा रकम जम्मा गर्न आव्हान गरेका छन् ।