Tag: अनमोल केसी

  • २७ लागे अनमोल, भुवन-निरुताले चखाए केक (तस्विरहरु)

    २७ लागे अनमोल, भुवन-निरुताले चखाए केक (तस्विरहरु)

    काठमाडौं । अभिनेता अनमोल केसी मंगलबार २७ औं जन्मदिन सेलिव्रेट गर्दैछन् । ‘होस्टेल’बाट अभिनेताको रुपमा डेब्यु गरेका अनमोल पछिल्लो छिमलका लोकप्रिय एक्टर हुन् ।

    जन्मदिनमा उनलाई बाबु अभिनेता भुवनले शुभकामना दिँदै चाहना र सपना पुरा गर्न आशिर्वाद दिएका छन् । ‘प्यारो छोरा, तिम्रो जति उमेर बढेपनि हामीलाई जहिल्यै प्यारो र स्मार्ट लाग्छ । जन्मदिनको शुभकामना’ भुवनले फेसबुकमा लेखेका छन् ।

    अनमोलले पुरानो बानेश्वरस्थित घरमै जन्मदिन सेलिव्रेट गरे । भुवन, निरुता सिंह, जिया केसी उपस्थितीमा उनले केक काटे । अनमोल अभिनित जेरी, ड्रीम्स, गाजलु, कृ, क्याप्टेन, ए मेरो हजुर ३ हिट रहे । उनी अभिनित ए मेरो हजुर ४ छायांकनमै छ ।

  • फोक्सुण्डोमा सुहाना-अनमोल रोमान्स, ‘ए मेरो हजुर-४’ टाइटल गीत छायांकन

    फोक्सुण्डोमा सुहाना-अनमोल रोमान्स, ‘ए मेरो हजुर-४’ टाइटल गीत छायांकन

    काठमाडौं । फिल्म ‘ए मेरो हजुर ४’को छायांकन अन्तिम चरणमा पुगेको छ । दुई साताभित्र झरना थापा निर्देशित फिल्मको सुटिङ सकिने तयारीमा छ ।

    फिल्मको शीर्ष गीतको छायांकन डोल्पास्थित फोक्सुण्डो तालमा गरिएको छ । समुन्द्री सतहबाट ३,६११ मिटर उचाइमा रहेको पर्यटकीय थलो फोक्सुण्डोमा दस दिन लगाएर गीत खिचियो ।

    गीत छायांकन सेटबाट अनमोल केसी र सुहाना थापासहित क्रिउका तस्विर सार्वजनिक भएका छन् । उनीहरुको यो अनस्क्रिन जोडीले तेस्रो सिक्वेलमा पनि चर्चा बटुलेको थियो ।

    आगामी भदौ १८ गते फिल्म रिलिजको तयारी गरिएको छ ।

  • नेपाल आइडल बुद्ध लामा र अनमोल केसीबीच टीमअप

    नेपाल आइडल बुद्ध लामा र अनमोल केसीबीच टीमअप

    अभिनेता अनमोल केसी र नेपाल आइडल बुद्ध लामाले नयाँ फिल्मका लागि टीमअप गरेका छन् । सुपर काजल फिल्मसले निर्माण गर्ने नयाँ प्रोजेक्टमा मुख्य भूमिका अनमोलको हुनेछ । बुद्धले यही फिल्मबाट पाश्र्वगायनमा डेब्यु गर्नेछन् ।

    शनिबार सम्पन्न ‘डान्सिङ विथ द स्टार्स नेपाल’ नामक रियालिटी सोमा बुद्ध र उनकी जोडी केबिका खत्रीले फस्ट रनरअप उपाधी हासिल गरेका थिए । उक्त सोको फिनालीमा पुगेका अभिनेता एवं निर्माता भुवन केसीले बुद्ध र केबिकालाई अपकमिङ प्रोजेक्टमा अनुबन्धित गरिएको जानकारी गराए ।

    भुवनका अनुसार बुद्धले एउटा गीत गाउनेछन् भने केबिकाले उक्त गीतलाई कोरियोग्राफ गर्नेछिन् । नेपाल आइडल भएपछि सुस्ताएका बुद्ध यो डान्स रियालिटी सोबाट चर्चामा आएका थिए । सुपर काजल फिल्मसले ‘पारस : द अनलक्की म्यान’ वा ‘एन्टीहिरो’मध्ये कुनै एउटा फिल्मको छायांकन चाँडै सुरु गर्दैछ ।

    भुवनले आफ्नो फिल्ममा यो डान्सिङ जोडीलाई लिने घोषणा गरेपछि बुद्ध र केबिका खुशि देखिए । नयाँ प्रतिभालाई अवसर दिन निर्माण कम्पनीले यस्तो निर्णय गरेको उनले बताए । यी दुबै फिल्ममा अनमोलको मुख्य भूमिका हुने जनाइएको छ ।