Tag: अधिवेशन

  • निर्माण व्यवसायीको अधिवेशन शुक्रबारदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने

    निर्माण व्यवसायीको अधिवेशन शुक्रबारदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने

    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २३ औं साधारण सभा तथा १२औं अधिवेशन फागुन २७, २८ र २९ गते राजधानीमा हुने भएको छ ।

    साधारण सभा तथा अधिवेशन उदघाटन प्रधानमन्त्री शेरबहादुर देउवाबाट हुनेछ । महासंघले बुधवार राजधानीमा गरेको पत्रकार सम्मेलनमा साधारण सभा तथा अधिवेशनमा करिब एक हजार दुई सय प्रतिनिधि र त्यही संख्यामा पर्यवेक्षकको सहभागिता रहने जनाइयो ।

    अधिवेशनले आगामी तीन वर्षका लागि महासंघमा नयाँ कार्य समिति चयन गर्नेछ । महासंघको ५९ सदस्यीय कार्य समितिमध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एसोसिएट सहित ८ उपाध्यक्ष, महासचिव १ उपमहासचिव २, कोषाध्यक्ष, सहकोषाध्यक्षसहित ४६ पदमा निर्वाचन हुनेछ ।

    साधारण सभा तथा अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न महासंघका अध्यक्ष रवि सिंहको अध्यक्षतामा मुल आयोजक समिति र यस मातहत विभिन्न उपसमितिहरू गठन गरिएका छन् ।

    सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको एघारौ संशोधनले निर्माण उद्योगमा देखिएका धेरै समस्या समाधान गर्ने बताए । महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले समस्याग्रस्त रहेको निर्माण उद्योग सुधारका लागि एघारौं संशोधन आवश्यक रहेको बताए ।

  • विवादका कारण स्थगित कांग्रेस कपिलवस्तुको अधिवेशन बुधबार

    विवादका कारण स्थगित कांग्रेस कपिलवस्तुको अधिवेशन बुधबार

    रूपन्देही । विवादका कारण स्थगित नेपाली कांग्रेस कपिलवस्तुको संघीय निर्वाचन क्षेत्रको अधिवेशन बुधबार हुने भएको छ ।

    मंगलबार बिहान जिल्ला सभापति आचार्य र जिल्ला निर्वाचन अधिकृत घनश्याम पन्तले सूचना जारी गर्दै तयारी नपुगेकाको भन्दै अधिवेशन स्थगित भएकाे बताएका थिए ।

    पौडेल पक्षमा रहेका जिल्ला सभापति सुरेन्द्रराज आचार्य समूहले विवाद झिकेकाले अधिवेशन स्थगित भएको संस्थापन पक्षले आरोप लगाएको छ ।

    जिल्ला निर्वाचन अधिकृत पन्तले क्षेत्र नम्बर ३ मा उम्मेदवारमाथि दाबी विरोध र क्षेत्र नम्बर १ मा मतदानस्थलको विषयमा विवाद भएका अधिवशेन स्थगित गरिएको बताए ।

    क्षेत्र नम्बर १ मा आचार्य पक्षले मतदानस्थल पायक नपर्ने भन्दै विवाद निकालेको छ । मतदान केन्द्र मायादेवी गाउँपालिकाको पकडीमा सार्नुपर्ने भन्दै विवाद उत्पन्न भएको थियो ।

    क्षेत्र नम्बर १ मा देउवा पक्षबाट अब्दुल मन्नान र पौडेल पक्षबाट टेकबहादुर शाहीले सभापति पदमा उम्मेदवारी दिएका थिए । यो क्षेत्र दीपकुमार उपाध्याय र संघीय सांसद अतहर कमाल मुसलमानको प्रभाव रहेको क्षेत्र मानिन्छ । दुवै नेता संस्थापन पक्षमा खुल्दै आएका छन् ।

    संस्थापन पक्षका उम्मेदवार ब्रह्मानन्द उपाध्यायलाई पौडेल पक्षका हरि पोख्रेल पक्षले लेबी नतिरेको भन्दै उजुरी गरेपछि विवाद सुरु भएको थियो ।

    अघिल्लो स्थानीय निर्वाचनमा शिवराज नगरपालिकाको उपमेयर पदमा बागी उम्मेदवारी दिएका पोख्रेललाई अनुशासन समितिले कारबाही गरेकाले मतदाता नामावली सूचीबाट नाम हटाउन उजुरी परेको थियो । भदौमा उजुरी परे पनि पोख्रेलले जिल्ला अध्यक्षको तर्फबाट उम्मेदवारी दिएका थिए ।

  • यी हुन् राप्रपाका नवनिर्वाचित ७६ जिल्ला अध्यक्ष, भक्तपुरमा अधिवेशन बाँकी (सूचीसहित)

    यी हुन् राप्रपाका नवनिर्वाचित ७६ जिल्ला अध्यक्ष, भक्तपुरमा अधिवेशन बाँकी (सूचीसहित)

    काठमाडौं । आसन्न महाधिवेशनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भक्तपुरबाहेक सबै जिल्लामा अधिवेशन सकाएको छ ।

    मंसिर ११ देखि १३ गतेसम्म महाधिवेशन गर्न लागेको राप्रपाले कात्तिक २८ गते सातवटै प्रदेशको अधिवेशन गर्ने केन्द्रीय कार्य सम्पादन समिति सदस्य तथा महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठले जानकारी दिए ।

    भक्तपुरबाहेक सबै जिल्लामा राप्रपाले नयाँ नेतृत्व पाएको भए पनि संखुवासभा, सिन्धुपाल्चोक, सर्लाही, रौतहटलगायतका जिल्लामा भने विवाद छ । त्यहाँ छानविन भइरहेको छ ।पर्वतमा पनि प्रभु गुरुङ र दुर्गाबहादुर मल्लको दुईवटा समिति घोषणा भएको छ ।

    श्रेष्ठका अनुसार राप्रपाका क्रियाशिल सदस्य एक लाख २० हजार पुगेका छन् ।

     

  • खोटाङ कांग्रेस अधिवेशन : ऐसेलुखर्कमा तामाङ, दिक्तेलमा श्रेष्ठ

    खोटाङ कांग्रेस अधिवेशन : ऐसेलुखर्कमा तामाङ, दिक्तेलमा श्रेष्ठ

    खोटाङ । नेपाली कांग्रेसको नगर/गाउँपालिका अधिवेशनअन्तर्गत जिल्लाका १० पालिकामध्ये चारमा सर्वसम्मत, पाँचमा निर्वाचन मार्फत नेतृत्व चयन भएका छन् भने एक पालिकामा निर्वाचन स्थगन भएको छ ।

    ऐसेलुखर्कमा सन्तवीर तामाङ, बराहपोखरीमा दीपक राई (खिलाराज), साकेलामा विजय गुरुङ र रावाबेँसी गाउँपालिकामा फटिककुमार श्रेष्ठ सर्वसम्मत सभापति पदमा चयन हुनुभएको कांग्रेस जिल्ला कार्यसमितिका सचिव ज्ञानेन्द्र जोशीले बताए । ती चार स्थानीय तहमा सहमतिमै नेतृत्व चयन गरिएको उनले जानकारी दिए ।

    दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा केपिलासगढी, जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढीमा प्रकाश श्रेष्ठ, हलेसी तुवाचुङमा चक्रकुमार राई, केपिलासगढीमा हेमन्त राई, जन्तेढुङ्गामा बाजिन्द्र विष्ट र खोटेहाङमा प्रेम थापा सभापतिमा निर्वाचित भएका छन् ।

    दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अधिवेशन भने विवादका कारण एक दिनपछि सारिएको जनाइएको छ । वडा नं १ याम्खाको वडा अधिवेशनको विषयलाई लिएर विवाद भएपछि शनिबारका लागि तय गरिएको गाउँपालिका अधिवेशन आज हुन लागेको हो ।