Tag: अख्तियार दुरुपयोग अनुसन्धान आयोग

  • अख्तियारद्वारा एक वर्षमा ११४ वटा आरोपपत्र दर्ता, करिव दुई खर्ब बिगो दाबी

    अख्तियारद्वारा एक वर्षमा ११४ वटा आरोपपत्र दर्ता, करिव दुई खर्ब बिगो दाबी

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३१ औँ बार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाएको छ । नेपालको संविधानको धारा २ सय ९४ बमोजिम गत आर्थिक वर्षको प्रतिवेदन शीतल निवासमा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपतिलाई बुझाएका हुन् ।

    दुई सय ८७ पृष्ठ र आठ परिच्छेदको प्रतिवेदनमा आयोगवाट भएका निर्णय, अनुसन्धान र अभियोजनसम्बन्धी कार्यको विश्लेषण गरिएको छ । यस्तै, भ्रष्टाचार नियन्त्रणका निरोधात्मक र प्रवर्द्धनात्मक कार्य, संस्थागत सुदृढीकरणमा आयोगको क्रियाशीलताका विषयहरु समेटिएको आयोगका प्रवक्तासमेत रहेका सहसचिव नाराणप्रसाद रिसालले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार बार्षिक प्रतिवेदन सोमबार नै आयोगका प्रदेशस्थित कार्यालयमार्फत सातवटै प्रदेशका प्रदेश प्रमुखलाई समेत बुझाइएको छ ।

    करिव साढे १४ हजार उजुरी

    आयोगको प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७७-०७८ मा आयोगमा विभिन्न माध्यमबाट १४ हजार चार सय २५ वटा उजुरी परेका थिए । यसका साथै अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ८ हजार दुई सय उजुरीसमेत गरेर कारबाही गर्नुपर्ने जम्मा उजुरीको संख्या २२ हजार ६ सय २५ रहेको थियो ।

    तीमध्ये १४ हजार पाँच सय ३२ उजुरी अर्थात ६४ दशमलव २३ प्रतिशत उजुरी प्रारम्भिक छानबिनबाट फर्छ्यौट भएका छन् । प्रारम्भिक छानबिनबाट फर्छ्यौट भएका उजुरीमध्ये पाँच सय १० वटा उजुरीउपर विस्तृत अनुसन्धान गर्ने निर्णय भएको छ । यस्तै, ८ हजार २ सय ६७ उजुरी तामेली गरिएको, ८ सय ५० उजुरीमाथी सुझाव दिई तामेली गरिएको र चार हजार नौ सय पाँच उजुरीमाथी कानुनबमोजिम अन्य आवश्यक कारबाही भएको आयोगले जनाएको छ ।

    संघीय मामिलासँग सम्बन्धित धेरै

    प्रारम्भिक छानबिनको क्रममा रहेका आठ हजार ९३ उजुरी चालु आर्थिक वर्षमा जिम्मेवारी सरेर आएकामध्ये सबैभन्दा बढी स्थानीय तहसमेत गरेर संङ्‍घीय मामिलासँग सम्बन्धित ३२ दशमलव ७२ प्रतिशत उजुरी रहेका छन् । आयोगका अनुसार त्यसपछि क्रमशः शिक्षा क्षेत्रअन्तर्गत स्थानीय तहसमेत गरेर १५ दशमलव ६१ प्रतिशत, भूमि प्रशासनसँग सम्वन्धित नौ प्रतिशत, वन तथा वातावरण क्षेत्रअन्तर्गत पाँच प्रतिशत छन् । सबैभन्दा कम अर्थमन्त्रालयसँग सम्वन्धित दुई प्रतिशत उजुरी परेका आयोगको प्रतिवेदनले जनाएको छ । त्यस्तै, नक्कली शैक्षिक प्रमाण–पत्रतर्फ पाँच प्रतिशत, गैरकानुनी सम्पत्ति आर्जनतर्फ तीन प्रतिशत र अन्य निकाय÷क्षेत्रअन्तर्गत १२ प्रतिशत उजुरी रहेका छन् ।

    ११४ वटा आरोपपत्र विशेष अदालतमा दर्ता, करिव दुइ खर्ब बिगो माग दाबी

    गत आर्थिक वर्षमा आयोगबाट एक सय १४ वटा आरोपपत्र विशेष अदालतमा दर्ता भएका छन् । जसमध्ये घुससँग सम्बन्धित ७० वटा, सार्वजनिक सम्पत्तिको हानि नोक्सानीसँग सम्बन्धित २० वटा, गैरकानुनी लाभहानिसँग सम्बन्धित १२ वटा रहेका छन् । यस्तै गैरकानुनी सम्पत्ति आर्जन, नक्कली शैक्षिक प्रमाण–पत्र तथा राजस्व हिनामिना, विविध विषयसँग सम्बन्धित तीन÷तीनवटा मुद्दा रहेका छन् । ति आरोपपत्रबाट जम्मा चार सय ४३ जनालाई प्रतिवादी बनाएर एक अर्ब, उनान्नब्बे करोड, सत्चालिस लाख, पैंतीस हजार, चार सय चौंतिस रुपैयाँ बिगो माग दाबी लिइएको छ ।

    प्रतिवेदन अवधिमा विस्तृत अनुसन्धान भएका उजुरीमध्ये आयोगको निर्णय अनुसार सम्बद्ध निकायलाई ८८ वटा सुझाव दिइएको छ भने तामेली गरिएको उजुरीको संख्या दुई सय ६४ र मुल्तबीमा राखिएका उजुरीको संख्या पाँच रहेका छन् ।

    स्ट्रिङ अप्रेसनका मुद्धा ७० वटा मात्रै

    सर्वोच्च अदालतले आयोग आफैले रकम उपलब्ध गराएर स्टिङ अपरेसन गरी संकलन गरेको प्रमाण नमानिने फैसला गरेपछि घुससम्बन्धी उजुरीमा सेवाग्राहीबाट रकम उपलब्ध गराएको अवस्थामा मात्र आयोगले कारबाही गर्न थालेको छ । यो नयाँ व्यवस्थासँगै विगत वर्षको तुलनामा गत आर्थिक वर्षमा घुससम्बन्धी कसुरमा दायर मुद्दा संख्यामा कमी आएको छ । अघिल्लो आर्थिक बर्षमा दुई सय पाँचवटा आरोपपत्र दायर भएकोमा गत आर्थिक बर्षमा ७० वटा आरोपपत्रमात्र दायर भएको छन् ।

    ५८ वटा फैसलामाथी पुनरावेदन गर्ने निर्णय

    प्रारम्भिक छानबिनबाट अघिल्लो आर्थिक वर्षमा १६ हजार नौ सय ५२ उजुरी अर्थात ६७ दशमलव चार प्रतिशत फर्छ्यौट भएकोमा गत आर्थिक वर्षमामा १४ हजार पाँच सय ३२ उजुरी अर्थात ६४ दशमलव २३ प्रतिशत फर्छ्यौट भएका छन् । आयोगबाट विगतका वर्षमा विशेष अदालतमा दायर भएका आरोपपत्रमध्ये गत आर्थिक वर्षमा एक सय १३ वटा मुद्दाको फैसला भएको छ । जसमध्ये ८१ वटा अर्थात् ७१ दशमलगव ६८ प्रतिशत फैसलामा भ्रष्टाचारजन्य कसुर कायम भएको छ । विशेष अदालतबाट भएका फैसलामध्ये गत आर्थिक वर्षमा ५८ वटा फैसलामाथी पुनरावेदन गर्ने निर्णय भएको छ ।

    तीनवटै तहलाई गरी ६० बुँदे सुझाव

    आयोगले वर्षभरिको कामकारबाहीको आधारमा भ्रष्टाचार नियन्त्रणलाई थप प्रभावकारी बनाउनको लागि बार्षिक प्रतिवेदनमार्फत नै सरकारका तीन वटै तहलाई नौ वटा बिषय क्षेत्रमा गरी ६० बुँदे सुझाव दिएको छ । विगतमा आयोगबाट संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहसमेतलाई दिइएका सुझावको कार्यान्वयनको अवस्थाको समिक्षा गर्दै सुझाव दिएको हो ।

    यसमा भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको कार्यान्वयनसम्बन्धी दुई, सुशासन र सदाचार प्रवद्र्धनसम्बन्धी सात, राजस्व चुहावट नियन्त्रणलगायत सार्वजनिक वित्तीय क्षेत्रसम्बन्धी चार, सार्वजनिक सेवाप्रवाह र सेवाग्राही सरोकारका विषयसम्बन्धी छ, सार्वजनिक खरिद तथा आयोजना कार्यक्रम व्यवस्थापनसम्बन्धी १८, कृषि, भूमि, वन तथा वातावरण संरक्षणसम्बन्धी तीन, शिक्ष सुझाव छन् । यस्तै, स्वास्थ्य र सामाजिक सुरक्षासम्बन्धी तीन, सञ्चार, सूचना प्रविधि र पर्यटनसम्बन्धी ११ र विविध विषयसम्बन्धी छ वटा गरेर ६० बुँदामा सुझाव दिइएको छ । तीनै वटै तहका सरकार र सम्बन्धित सार्वजनिक निकायले प्रतिवेदनमार्फत दिइएका सुझावको गम्भीरतापूर्वक सम्बोधन गरी भ्रष्टाचार नियन्त्रणमा सघाउ पुर्याउने विश्वास आयोगले लिएको छ ।

  • जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयमा कार्यरत सव–इन्जिनियर दुई लाख रकमसहित पक्राउ

    जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयमा कार्यरत सव–इन्जिनियर दुई लाख रकमसहित पक्राउ

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय काठमाडौंमा कार्यरत सव–इन्जिनियर दिपेन्द्रकुमार केसीलाई दुई लाख घुससहित पक्राउ गरेको छ । कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम काम सम्पन्न गरेर अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग २ लाख घुस लिएको सूचना तथा उजुरीका आधारमा खटिएको आयोगले टोलीले पक्राउ गरेको हो ।

    केसीलाई सेवाग्राहीबाट लिइसकेको अवस्थामा घुस रकमसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता समेत रहेका सचिव नारायणप्रसाद रिसालले जानकारी दिए ।

  • पत्रकारिता तालिमका नाममा भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

    पत्रकारिता तालिमका नाममा भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

    काठमाडौं । पत्रकारिता तालिमका नाममा भ्रष्टाचार गरेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्षसहित ६ जना विरुद्ध अदालतमा मुद्धा दायर गरेको छ ।

    आयोगले गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान, फिलिंगो मिडियाका सञ्चालक रामकुमार रिजाल र तत्कालिन प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापरीक्षक त्रिलोक थापामगर र सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडेल विरुद्ध बिशेष अदालतका काठमाडौंमा मुद्धा दायर गरेको जनाएको हो ।

    उनिहरुले आर्थिक वर्ष २०७५-०७६ मा आधारभूत पत्रकारिता तालिम र युवा क्षमता विकास तालिम संचालन गरेभन्दा २ लाख ६० हजार ९ सय बढी रकम भुक्तानी गरेको पुष्टि भएको आयोगका प्रवक्ता समेत रहेका सहसचिव नारायणप्रसाद रिसालले जानकारी दिए ।

    उनका अनुसार उक्त कार्यमा गाउँपालिका अध्यक्षसहित ६ जनाकै सहभागिता देखिएकाले आयोगले शुक्रबार बिशेष अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको हो ।

  • पुष्पलाल राजमार्ग आयोजनाका प्रमुख र ठेकेदारसहित पाँच जना बिरुद्ध भ्रष्टाचारको मुद्धा दायर

    पुष्पलाल राजमार्ग आयोजनाका प्रमुख र ठेकेदारसहित पाँच जना बिरुद्ध भ्रष्टाचारको मुद्धा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुष्पलाल अर्थात मध्यपहाडी राजमार्ग योजना धुलिखेल, काभ्रेपलाञ्‍चोकका तत्कालीन योजना प्रमुखसहित पाँच जना बिरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको एक खण्डको ठेक्कामा अनियमितता भएको आरोपमा मंगलबार अख्तियारले मध्यपहाडी लोकमार्ग योजना धुलिखेल कार्यालयका तत्कालिन योजना प्रमुख विजय चापागाईं, ठेकेदार रवि सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको आयोगले विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो ।

    एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्‍काबाट एउटै प्रकृतिको काम ओभरल्याप गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता समेत रहेका सहसचिव नारायणप्रसाद रिसालले जानकारी दिए । उनका अनुसार एउटा ठेक्‍काबाट डीपीआर अनुसारको इष्टिमेट तयार गरेर भएको कामको भुक्तानी भइसकेपछि फेरि सोही चेनेजमा सोही प्रकृतिको आइटमको अर्को ठेक्‍काबाट काम गराई विल तयार पारी भुक्तानी लिने र दिने काम गरी ६८ लाख ९३ हजार सात सय ७८ रुपैयाँ पाँच पैसा हिनामिना गरिएको छ ।

    अख्तियारले योजना प्रमुख विजय चापागाईं, तत्कालिन इन्जिनियर दीपककुमार खड्का, तत्कालिन सब इन्जिनियर गजेन्द्रप्रसाद राउत, ठेकेदार महादेव खिम्ती निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक रवि सिंहसँग ६८ लाख ९३ हजार सात सय ७८ रुपैयाँ पाँच पैसा विगो माग दावी गरेको छ । त्यस्तै तत्कालिन लेखा अधिकृत दुर्णप्रसाद फुयालसँग २१ लाख ४९ हजार आठ सय १८ रुपैयाँ विगो माग गरिएको छ ।

  • प्रहरी हवल्दारसहित दुई जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

    प्रहरी हवल्दारसहित दुई जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी हवल्दारसहित दुई जनाविरुद्ध भ्रष्टाचारको आरोप पत्र दायर गरेको छ। आयोगले मंगलबार विशेष अदालत काठमाडौँमा प्रहरी हवल्दार बाबुराम घिमिरेसहित दुई जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको जनाएको हो ।

    हवल्दार घिमिरेले केन्द्रीय अनुसन्धान ब्युरोमा भएको सुन व्यवसायको मुद्दा मिलाइदिने भन्दै तीन लाख ९९ हजार पाँच सय रुपैयाँ घुस रकम लिएका र अर्का सुन व्यवसायी राजकुमार स्वर्णकारसँग मिलेर घुस लिएको अख्तियारले जनाएको छ ।

    घिमिरेले ब्युरोमा भएको सुन तस्करको मुद्दाको नक्कली फाइल खडा गरी रकम नदिएमा पक्राउ गरी मुद्दा चलाउने धम्की दिई व्यवसायी राजकुमार स्वर्णकारसँग मिलेर घुस लिएको पुष्टि भएको आयोगका प्रवक्ता समेत रहेका सहसचिव नारायणप्रसाद रिसालले जानकारी दिए ।

    उनका अनुसार मुद्धा पुस्ट्याइँसँगै आयोगले हवल्दार घिमिरे र स्वर्णकारसँग तीन लाख ९९ हजार पाँच सय रुपैयाँ बिगो कायम गरी छ महिनादेखि एक वर्ष छ महिनासम्म कैद सजाय दिन माग गरेको छ।

  • नदीजन्य तथा खानीजन्य पदार्थ व्यवस्थापन गर्न  स्थानीय तहलाई अख्तियारले दियाे ६ सुझाव

    नदीजन्य तथा खानीजन्य पदार्थ व्यवस्थापन गर्न स्थानीय तहलाई अख्तियारले दियाे ६ सुझाव

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबै स्थानीय तह र सबै जिल्ला समन्वय समितिलाई नदीजन्य तथा साधारण निर्माणमुखी खानीजन्य पदार्थ व्यवस्थापनका लागि ६ बुदेँ सुझाव दिएको छ । आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत परिपत्र गर्दै ७ सय ५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई सुझाव दिएको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २८ को उपदफा १ को ख र ग बमोजिम कार्यान्वयनका लागि नदी तथा नदीजन्य पदार्थ र खानीबाट ढुंगा, माटो, रोडा, गिट्टी, ग्राभेल तथा वालुवा लगायत प्राकृतिक श्रोतको उत्खनन्, संकलन, प्रशोधन तथा बिक्रीवितरण सम्बन्धि सुझाव दिइएको आयोगका प्रवक्ता नारायण रिसालले नेपाल प्रेसलाई जानकारी दिए ।

    जसमा ढुंगा, गिट्टी, बालुवा उत्खनन् प्रशोधन गर्ने उद्योग दर्ता गर्न अनुमति प्रदान गर्ने निकायले दर्ता गर्दा उल्लेख गरिएका शर्त पालना गरे नगरेको सम्बन्धमा उद्योग मन्त्रालय, उद्योग विभाग र प्रदेश सरकारको उद्योग हेर्ने विभाग वा कार्यालयले अनुगमन तथा निरीक्षण गरी मापदण्ड विपरित सञ्चालन भएको पाईएमा कानूनी कारवाही गर्न सुझाव दिएको छ ।

    खनिज उत्खनन् गर्न अनुमति लिएका योजनाले उत्खनन् गर्दा तोकिएको कार्यविधि, प्रक्रिया र वातावरणीय लगायतका शर्तको पालना गरे नगरेको बारेमा अनुमति दिने निकायले नै शर्त पालना गरे नगरेको बारे निरीक्षण गरी कारवाही गर्न आयोगले सुझाव दिएको छ ।

    आयोगले ढुंगा, गिट्टी, बालुवा उत्खननमा बिभिन्न थ्रेसहोल्ड र सीमाका आधारमा जुन तह वा निकायले वातावरणीय अध्ययनको प्रतिवेदन स्वीकृत गर्ने जिम्मेवारी रहेको तह वा निकायले प्रतिवेदन बमोजिम शर्त पालना गरे नगरेको अध्ययन गरी नगरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गर्न सुुझाव दिएको छ ।

    साथै उत्खनन्, संकलन, प्रशोधन तथा बिक्री वितरण गर्न ठेक्का सम्झौता गर्ने निकायले सम्झौता बमोजिम गरे नगरेको अनुगमन गर्ने र त्यसमा कैफियत देखिएमा कानून बमोजिम कारवाही सम्बन्धित स्थानीय तह आफैले गर्ने वा कानूनबाट तोकिएको निकायमा पठाउन भनेको छ । यसरी कारवाहीको लागि लेखी आएमा त्यस्ता निकायले समेत यथाशिघ्र कारवाही गरी अिघलेख समेत राख्ने व्यवस्था मिलाउन पनि सुझाव दिइएको छ ।

    नदीजन्य पदार्थको ठेक्का, राजस्व संकलन तथा त्यसको उपयोगमा अपारदर्शी रुपमा मिलेमतोमा ठेक्का दिएको तथा अवैधानिक रुपमा सञ्चालित क्रसर उद्योगको दर्ता तथा सञ्चालन गरेको भन्ने विषयमा पारदर्शी ठेक्का सम्झौता तथा दर्ता फर्मको नियमित अनुगमन निरीक्षण गर्न पनि भनेको छ । साथै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा सार्वजनिक खरिद ऐन तथा नियमावली एवम मन्त्रिपरिषद्बाट स्वीकृत ‘ढुंगा, विट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७’ का प्रावधान बमोजिम गराउन सुझाव पनि दिएको छ ।

    ढुंगा, गिट्टी, वालुवा सम्बन्धी नदीजन्य पदार्थको स्थानीय तहबाटै सरकारले तोकेको र प्रचलित कानूनमा उल्लेख भएको मापदण्ड बमोजिम सञ्चालन भए नभएको सम्बन्धमा अनुगमन गर्न जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा अनुगमन समिति रहेको हुदाँ उक्त अनुगमन समितिले प्रभावकारी रुपमा अनुगमन गरी नियमन गर्न मन्त्रालयमार्फत सबै जिल्ला समन्वय समितिलाई परिपत्र गर्न पनि भनेको छ ।

    ढुंगा, गिट्टी, बालुवा, लगायतका विषयमा इजाजत वा अनुमति दिने, ठेक्का पट्टा लगाउने र अनुगमन गर्ने जिम्मेवारी जवाफदेही गर्ने निकायले आ–आफ्नो जिम्मेवारी र जवाफदेही निर्वाह नगरेको कारण राज्यको प्राकृतिक स्रोत साधनको दुरुपयोग, सरकारी सम्पत्तिको हानी नोक्सानी, राजस्व हिनामिना लगायतका विषयमा आयोगमा उजरी गर्न गई अनुसन्धानको क्रममा कैफियत देखिएमा त्यसरी जिम्मेवारी र जवाफदेही लिएका निकायका पदाधिकारीमाथि कानून बमोजिम कारवाही गर्न पनि भनेको छ ।

  • सम्पति विवरण नबुझाउने १८ हजार पदाधिकारी र कर्मचारी कारवाहीका लागि सिफारिस (विवरणसहित)

    सम्पति विवरण नबुझाउने १८ हजार पदाधिकारी र कर्मचारी कारवाहीका लागि सिफारिस (विवरणसहित)

    काठमाडौं । सरकारले तोकिएको समयमा सम्पत्ति विवरण नबुझाउने १८ हजार भन्दा बढी पदाधिकारी र कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । अघिल्लो वर्ष तोकिएको समयमा सम्पत्ति विवरण नबुझाउने १८ हजार १ सय ७० जना पदाधिकारी र कर्मचारीलाई राष्ट्रिय सर्तकता केन्द्रलाई कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरेको हो ।

    ६ लाख ६८ हजार २ सय ९९ पदाधिकारी तथा कर्मचारीमध्ये गत आर्थिक वर्ष २०७६–०७७ मा ६ लाख ५० हजार १ सय २८ जना अर्थात् ९७ दशमलव २८ प्रतिशतले सम्पत्ति विवरण बुझाए पनि १८ हजार १ सय ७० अर्थात २ दशमलव ७२ प्रतिशतले नबुझाएको केन्द्रले जनाएको छ ।

    सम्पत्ति विवरण नबुझाउने पदाधिकारी र कर्मचारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम ५ हजार जरिवाना तिराउन आयोगलाई सिफारिस गरेको हो । सम्पत्ति विवरण नबुझाउनेको संख्यात्मक विवरणमा केहि बढेको देखिए पनि समग्रमा ० दशमलव ०८ प्रतिशतले यस वर्ष घटेको केन्द्रका सूचना अधिकारी समेत रहेका उपसचिव हरी प्रसाद शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।

    तर उनका अनुसार आर्थिक वर्ष २०७५–०७६ को तुलनामा गत आर्थिक वर्ष २०७६–०७७ को सम्पत्ति विवरण बुझाउनेको संख्यामा बढेको छ । आर्थिक वर्ष २०७५–७६ मा ५ लाख ८९ हजार ५ सय २५ जना अर्थात् ९७ दशमलव १९ प्रतिशतले सम्पत्ति विवरण बुझाउदाँ १७ हजार १ सय ८५ अर्थात् २ दशमलव ८१ प्रतिशतले बुझाएका थिएनन् ।

    सम्पत्ति विवरण नबुझाउनेमा आधाभन्दा बढी विद्यालय शिक्षक
    सम्पत्ति विवरण बुझाउनेमा क्षेत्रमा निजामती, नेपाली सेना, नेपाल प्रहरी, विद्यालय शिक्षक र निजामती स्थायी शिक्षक रहेका छन् । जसमा सवै क्षेत्र गरेर गरेर १३ हजार ८ सय ४३ जनाले सम्पत्ति विवरण बुझाएनन् । त्यसमध्ये आधाभन्दा बढी बिद्यालय शिक्षकले ५३ दशमलव ८२ प्रतिशत अर्थात ७ हजार ४ सय ५१ जनाले सम्पत्ति विवरण बुझाएनन् भने दोस्रोमा २४ दशमलव ७७ प्रतिशत अर्थात ३ हजार ४ सय २९ जना निजामती क्षेत्रका पदाधिकारी र कर्मचारीले सम्पति विवरण बुझाएनन् । त्यस्तै २ हजार ८ सय २ निजामती स्थायी शिक्षक र १ सय ६१ जना नेपाल प्रहरीले सम्पत्ति विवरण बुझाएनन् । नेपाली सेनाले भने शतप्रतिशतले बुझाएका छन् ।

    प्रदेश र स्थानीय तहमध्ये ९५ प्रतिशत स्थानीय तह नबुझाउने सूचीमा
    केन्द्रको विवरण अनुसार प्रदेश तह, स्थानीय तह पालिका र स्थानीय तह जिल्ला समन्वय समितिले विवरण पठाएका छन् । जसमा सबै गरेर ४ हजार २ सय २७ जनाले सम्पत्ति विवरण बुझाएनन् । तिमध्येमा पनि सबैभन्दा बढी ९५ दशमलव ४८ अर्थात ४ हजार ३६ स्थानीय तहका पदाधिकारी र कर्मचारीले सम्पत्ति विवरण बुझाएनन् भने २ सय ६३ जना प्रदेश तहका पदाधिकारी र कर्मचारी तथा २८ जना जिल्ला समन्वय समितिका पदाधिकारी र कर्मचारीले विवरण नबुझाएको पाइएको छ ।

    प्रदेश तहमा सम्पत्ति विवरण सम्बन्धी तथ्यांक प्राप्तिको अवस्था कमजोर रहेको केन्द्रले जनाएको छ । सात प्रदेशमा निजामती वाहेक करिव ७ हजार कर्मचारीको मात्र तथ्यांक केन्द्रले प्राप्त गरेको छ ।

    प्रत्येक प्रदेशका ४–४ गरी सातै प्रदेशका २८ वटा मन्त्रालयले अपूर्ण विवरण पठाएको र कतिपयले पठाउदैँ नपठाएकाले उनिहरुलाई सम्पत्ति विवरण समयमै बुझाउन लगाउन पनि केन्द्रले आयोगलाई भनेको छ । केन्द्रले बुझाएका सम्पत्ति विवरण तोकिएको निकायमा पठाउने र सम्पत्ति विवरण बुझाउने र नबुझाउनेको विवरण समयमा नै उपलव्ध गराउने जिम्मेवारी र कर्तव्य सम्बन्धित निकायको प्रमुखको हुने भएकाले त्यसै अनुसार कारवाही गर्न पनि केन्द्रले आयोगमा सिफारिस गरेको छ ।

    जनकपुर उपमहानगर पालिकाका कुनै पनि जनप्रतिनिधिले गत आर्थिक वर्षमा सम्पत्ति विवरण बुझाए नबुझाएको विवरण नआएको भन्दै कन्द्रले आवश्यक कारवाहीका लागि आयोगमा पठाएको छ ।

    अनलाइन रुपमा सम्पत्ति विवरण भर्ने भराउने देखि विवरण अध्यावधिक गर्न केन्द्रकाे सुझाव

    केन्द्रले आयोगलाई अनलाइन रुपमा सम्पत्ति विवरण भर्ने भराउने व्यवस्था गर्ने व्यवस्था मिलाउनका लागि सुझाव दिएको छ । निश्चित श्रेणी र तहभन्दा मुनिका एवं करार र ज्यालादारी तर्फका कर्मचारीको हकमा अलग्गै व्यवस्था गर्न पनि भनेको छ । सम्पत्ति विवरण भर्ने भराउने दायित्व सम्बन्धित कार्यालय प्रमुखको हुने व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने व्यवस्था मिलाउन केन्दैले भनेको छ । सार्वजनिक पद धारण गर्ने पदाधिकारी र कर्मचारीको शुरू नियुक्तिको अवस्थामा नै विस्तृत सम्पत्ति विवरण भराउनु आवश्यक ठहरिएकाले त्यो व्यवस्था गर्न पनि केन्द्रले सुझाव दिएको छ ।

    सबै सरकारी निकायमा रहेका पदाधिकारी र कर्मचारीको विवरण अद्यावधिक नभएको भन्दै मृत्यु भइसकेका, अवकास भइसकेका वा वर्षौँदेखि सम्पर्कमा नरहेका व्यक्तिको विवरण समेत अभिलेखमा रहिरहेकाले यस्तो अवस्था कितावखानामा समेत देखिएको जनाएको छ । यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आवश्इक निर्देशन दिन जरुरी रहेको पनि केन्द्रले औल्याएको छ ।

    सार्वजनिक पद धारण गरी लामो समयसम्म अर्थात ६ महिनाभन्दा बढी वैदेशिक तालिम, गोष्ठी, सेमिनार आदिमा रहेका पदाधिकारी र कर्मचारीले सम्पत्ति विवरण भर्ने नगरेको देखिएकाले यसमा सम्बन्धित कार्यालयलाई नै बढी जवाफदेही तुल्याउनुपर्ने आयश्कयता देखिएको पनि केन्द्रको ठहर छ ।

    सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार शुरूमा नियुक्तिको ६० दिनभित्र र हरेक आर्थिक वषर्मा कानुन बमोजिम सम्पत्ति विवरण पेश गर्नुपर्ने कानूनी व्यवस्था छ । नेपाल सरकारका पदाधिकारी र कर्मचारीले सम्पत्ति विवरण बुझाए नबुझाएको सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रले अनुगमन गर्ने गरेको छ ।

    कुनै व्यक्तिले सम्पत्ति विवरण पेश नगरेमा केन्द्रले त्यस्तो व्यक्तिाथी कारवाहीका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सिफारिस गर्ने गरेको छ । यो व्यवस्था राष्ट्रिय सतर्कता केन्द्र (कार्य सञ्चालन) नियमावली, २०६५ को नियम ९ र १० उल्लेख छ ।

  • धार्चे गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पाण्डेसहित ७ जना विरुद्ध मुद्धा दायर

    धार्चे गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पाण्डेसहित ७ जना विरुद्ध मुद्धा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखाको धार्चे गाउँपालिकाका  तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बाबुराम पाण्डेसहित ७ जना विरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको छ । आयोगले गोरखाको नौलीखोला तेस्रो लघु जलविद्युत आयोजना मर्मत तथा पुनः निर्माण कार्यमा काम गरेको भन्दा बढी रकम भुक्तानी गरेर अनियमितता गरेको उजुरीपछि अनुसन्धान गर्दा सरकारी रकम हिनामिना भएको पाइएकाले उनिहरविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्धा दायर भएको हो ।

    पाण्डेसहित तत्कालीन कार्यरत इन्जिनियर प्रविन वस्ती र सव–इन्जिनियर राम नारायण चौधरीले भुक्तानी दिने चरणमा वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी झुट्ठा बिल भरपाई पेश गरेका थिए । यस्तै स्थलगत रुपमा गई नापजाँच नगरेरै गलत नापी किताव प्रतिवेदन तयार गरेको, कार्य सम्पन्‍न प्रतिवेदन लगायतका कागजात सदर गरेको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्ता समेत रहेका सहसचिव नारायण प्रसाद रिसालले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएका हुन् ।

    उनका अनुसार आयोजना उपभोक्ता समितिका अध्यक्ष दमाई गुरुङ, सचिव हसिमान गुरुङ र कोषाध्यक्ष अनिता गुरुङले उक्त आयोजना निर्माण गर्दा कामभन्दा बढी मूल्याङ्कन गरेर झुट्ठा बिल भरपाई बनाई, नभएको कामको कार्य सम्पन्‍न प्रतिवेदन तयार गरी बढी रकम भुक्तानी लिएर सरकारी रकम हिनामिना गरेको पुष्टि भएको हो ।

    यस्तेै आयोजनासँग सम्बन्धित वडा नम्बर ७ का अध्यक्ष सूर्यमान गुरुङले आफ्नो पदीय दायित्व पूरा नगरी उपभोक्ता समितिका अध्यक्ष र प्राविधिक समेतको मिलेमतोमा राज्यको सम्पत्ति हानिनोक्सानी गर्ने मनसायले बदनियत राखी कार्य सम्पन्‍न भएको भनी गलत अनुगमन प्रतिवेदन तयार गरेको उल्लेख छ ।

  • यातायात कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    यातायात कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौँ । भेरी अञ्चल यातायात व्यवस्था कार्यालय नेपालगञ्जका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पवन सुबेदीसहित १९ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । यातायात व्यवस्था कार्यालय, भेरी अञ्चल, नेपालगञ्जबाट सवारी चालक अनुमतिपत्र बिक्री गरी गैरकानूनीरुपमा रकम आर्जन गरेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अध्यक्ष सुबेदीसहित १९ जना जनालाई पक्राउ गरेको हो ।

    आयोगले अनुसन्धान गर्दा तत्कालीन शाखा अधिकृत ध्रुवराज देवकोटा, नायब सुब्बा ललित बहादुर वली, केशबराज डाँगी, हुतराज पौडेल, सतानन्द उपाध्याय (न्यौपाने), अरुण कुमार गौतम, धर्मदत्त चौलागाई, डिलाराम खरेल, ओम बहादुर बस्नेत, गणेशमान आचार्य, सावित्री पौडेलले लिखित परीक्षाको परिणाम फेरबदल गरिएका उत्तरपुस्तिकाको सनाखत गरी परीक्षण गरेको अभियोगमा अख्तिायरले मुद्दा दायर गरेको हो ।

    यस्तै खरिदार चन्द्रमणी नेपाली, केशर कुमार चपाई, हलुका सबारी चालक ध्रुवराज अर्याल, प्रहरी सहायक निरीक्षक प्रकाश पुन र प्रहरी जवान ओम प्रसाद देबकोटा पनि रहेका छन् । उनिहरुले गैरकानूनीरुपमा रकम आर्जन गरेको पुष्टि भएपछि आयोगले कानुन बमोजिम कारबाहीको माग गर्दै आज विशेष अदालत, काठमाडौँमा मुद्धा दायर गरेको आयोगका प्रवक्ता समेत रहेका सहसचिव नारायण प्रसाद रिसालले जानकारी दिए ।

  • दुई सशस्त्र प्रहरी र फार्मेसी अधिकृतविरुद्व मुद्दा दायर

    दुई सशस्त्र प्रहरी र फार्मेसी अधिकृतविरुद्व मुद्दा दायर

    काठमाडौं । औषधी व्यवस्था विभाग बिराटनगर शाखाका फार्मेसी अधिकृत र सशस्त्र प्रहरी बल वेश क्याम्प, रुपन्देहीका कार्यालय प्रमुखसहित दुई जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

    सिल भएको फार्मेसी पसल खोलिदिने भन्दै विभागका विराटनगर शाखाका फार्मेसी अधिकृत सरोज सुवेदीले सेवाग्राहीसँग २ लाख रकम घुस लिएको अभियोगमा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।

    यस्तै सेवाग्राहीको फर्निचर उद्योग संचालनमा सहजीकरण गरिदिने भन्दै सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीले ५० हजार रकम घुस लिने क्रममा आयोगको बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

    सुवेदी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुुसार दुइ लाख बिगोसहित र पौडेल तथा पासी विरुद्व ५० हजार विगोसहित विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिएका छन् ।

  • काठमाडौं महानगरका वडा सचिव चार लाख घुस रकमसहित पक्राउ

    काठमाडौं महानगरका वडा सचिव चार लाख घुस रकमसहित पक्राउ

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका एकजना वडा सचिवलाई ४ लाख घुस रकमसहित पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर–३० का वडा सचिव भरतकुमार पोखरेललाई ४ लाख घुस रकमसहित पक्राउ गरिएको आयोगले जनाएको हाे ।

    सचिव पोखरेललाई आयोगको स्टिङ अपरेशन टिमले ज्ञानेश्वरस्थित वडा कार्यालयबाट पक्राउ गरेको आयोगका प्रवक्ता समेत रहेका सहसचिव नारायण प्रसाद रिसालले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएका हुन् । उनका अनुसार पाेखरेलले निर्माण सम्पन्न गरेका ठेकेदारको भुक्तानी रोकेर घुस मागेका थिए । घुस रकम पोखरेलको दराजबाट बरामद गरिएको छ ।