Tag: अक्सिजन उत्पादन

  • अक्सिजन उत्पादन गर्नका लागि कम्पनीहरुलाई जग्गा उपलब्ध गराइने

    अक्सिजन उत्पादन गर्नका लागि कम्पनीहरुलाई जग्गा उपलब्ध गराइने

    काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले अक्सिजन उत्पादन गर्नका लागि कम्पनीहरुलाई जग्गा लगायतका पूर्वाधार उपलब्ध गराउने बताएको छ ।

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले सञ्चारकर्मीसँग बोल्दै कुनै कम्पनी अक्सिजन उत्पादनका लागि आए औद्योगिक क्षेत्रको जग्गा, विद्युत, पानी लगायतका पूर्वाधार उपलब्ध गराउने तथा नियमावली छोट्याएर भएपनि उद्योगलाई काम गर्न सहज बनाइदिने बताए ।

    नेपालमा अब अक्सिजन सिलिन्डरको अभाव नहुने भएकाले र माग अनुसारको अक्सिजन उत्पादन गर्न आवश्यक रहेको बताए ।
    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले लगानीकर्ता ब्यबसायीले लिमिटेडको जग्गा रहेको हेटौंडा, मोतिपुर, नेपालगञ्ज, सुदूरपश्चिम लगायतका ठाउँमा अक्सिजन उत्पादनको प्लान्ट राख्न सहजीकरण गर्ने बताए ।

    उनले भने,‘औद्योगिक क्षेत्रको जहाँ जहाँ जग्गा छ । लामो भएको नियमावली छोट्याएर छिटोभन्दा छिटो जग्गा, पानि, बिजुली सबै हामि व्यवस्था गर्छौ ।’

    अध्यक्ष बस्नेतले केही कम्पनीहरुसँग कुराकानी भइरहेको पनि जानकारी दिए । उनले अहिले भईरहेका अक्सिजन प्लान्टले आवश्यकताको पुर्ति गर्न नसकेको भन्दै उनले प्लान्टको क्यापिसिटी वृद्धि गर्नुपर्ने पनि बताए ।

    उनले भने,‘अक्सिजन प्लान्टको क्यापिसिटी वृद्धि गर्नुपर्‍यो । सबै अक्सिजन प्लान्ट फुल फेजमा चलेको छ । अब यसबाट सम्भव छैन । अब सम्भव एउटै मात्रै छ, हामीले लिक्विड अक्सिजन ल्याउने र सिधै भर्ने । लिक्विड अक्सिजन अब नेपालमा सप्लाई गरेर ज–जसले लिक्विड ट्यांक राख्नुभएको छ । उहाँहरुबाट लिक्विड अक्सिजन सप्लाई गर्यौँ‍ भने सहज हुन्छ । अक्सिजनको अभाव हटाउन तत्काल एक हप्ताभित्रमा लिक्विड अक्सिजन भारत÷चिनबाट ल्याएर मात्र समस्या समाधान हुन्छ ।’

    उनले १५ दिन भित्र बालाजु औद्योगिक क्षेत्रमा ५० किलोलिटर क्षमताको लिक्विड अक्सिजन ट्यांक राखिने पनि बताए । अक्सिजन लिक्विडको व्यवस्थापन र अक्सिजन प्लान्टको क्षमता बढाइने पनि उनले बताए ।

  • अक्सिजन उद्योगको विद्युत महसुल छुट गरिने

    अक्सिजन उद्योगको विद्युत महसुल छुट गरिने

  • निजी अस्पताललाई १५ दिन भित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन

    निजी अस्पताललाई १५ दिन भित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन

    काठमाडौं । सरकारले सय वेड भएका सम्पूर्ण निजी अस्पतालहरूलाई १५ दिन भित्र अक्सिजन प्लान्ट जडान निर्देशन दिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै अस्पतालमा अनिवार्य अक्सिजन प्लान्ट जडान गर्न भनेको हो ।

    मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीद्वारा जारी सूचनामा अक्सिजनको आपूर्ति सहज बनाउन कम्तिमा सय बेड भएका सम्पूर्ण निजी पन्ध्रदिन भित्र अक्सिजन प्लान्ट जडान गरी यस मन्त्रालयमा जानकारी गराउनुहुन अनुरोध गरिएको छ ।

    संक्रिमितहरूलाई आवश्यक अक्सिजनको माग दिनानुदिन बढीरहेको र आपूर्ति प्रक्रिया दिनानुदिन थप जटिल बन्दै गएको सूचनामा उल्लेख छ । अस्पतालले अक्सिजन जडान गर्दा लाग्ने सम्पूर्ण भन्सार शुल्क छुट हुने जनाईएको छ ।

  • अक्सिजनको उत्पादन बढाउने सीसीएमसी निर्देशक समितिको निर्णय

    अक्सिजनको उत्पादन बढाउने सीसीएमसी निर्देशक समितिको निर्णय

    काठमाडौं । अक्सिजनको उत्पादन बढाउने कोभिड–१९ संकट व्यवस्थान केन्द्र (सीसीएमसी) को निर्देशक समितिले निर्णय गरेको छ । उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको निर्देशक समितिको मंगलबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको हो ।

    अक्सिजन उद्योगमा बिना व्यवधान २४ सै घण्टा विद्युत र पानीको सुविधा सुनिश्चत गर्ने, उद्योगको सुरक्षाका लागि पर्याप्त व्यवस्था मिलाउने पनि निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता समेत रहेका सहसचिव किरणराज शर्माले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार अक्सिजनको उत्पादनसँग सम्बद्ध कर्मचारी अस्वस्त भएमा तत्काल अस्थायी कर्मचारी वा प्राविधिकमार्फत उत्पादन कार्य सञ्चालन हुनसक्ने वैकल्पिक व्यवस्था गर्ने, विदेशबाट अक्सिजन ट्यांकर आयात गरेर नेपालमा नै भर्ने, तरल अक्सिजन आयात गर्ने, प्रमुख अस्पतालमा हावाबाट अक्सिजन उत्पादन गर्न सक्ने प्रविधियुक्त अक्सिजन प्लान्ट तत्काल आयात गरी जडान गर्ने निणर्य पनि भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसीयू, एचडीयू, भेन्टिलेटर र विरामीको संख्याको तथ्यांक प्रकाशन गर्ने, उद्योगलाई उपलब्ध गराउने अक्सिजनको कोटा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले तोक्ने, यसको अनुगमनका साथै आकस्मिक व्यवस्थापनका लागि समन्वय सीसीएमसीले गर्ने पनि निर्णय भएको छ । यस्तै सम्बद्ध उद्योग २४ सै घण्टा सूचारु गरी अक्सिजन उपलब्ध गराउने, सञ्चित भएका जिल्लाबाट काठमाडौं उपत्यका बाहिरका अक्सिजन उद्योगबाट अक्सिजन भरी उपत्यकामा ल्याउने प्रवन्ध गर्ने, औषधी उपकरण लगायतका मानवीय सहायता हावाईमार्गबाट ल्याउने व्यवस्था मिलाउने लगायतका निर्णय पनि भएका प्रवक्ता शर्माले बताए ।

    उपप्रधानमन्त्री पोखरेलको अध्यक्षतामा बसेको बैठका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, गृह सचिव, उद्योग सचिव, औषधी व्यवस्था विभागका महानिर्देशक, स्वास्थ्य सेवा विभागका महानिर्देशक बैठकमा सहभागि थिए ।

    यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, चेम्बर अफ कमर्शका अध्यक्ष, नेपाल  उद्योग परिसंघका अध्यक्ष, अक्सिजन उत्पादक संघका महासचिव, ललितपुर महानगरपालिकाका प्रमुख, मध्यपुर ठिमी नगरपालिकाका प्रमुख, मेडीसिटी अस्पतलामा निर्देशक, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशकसहित चिकित्सिक एवम पदाधिकारी र वीर अस्पतालका निर्देशकसहित अन्य पदाधिकारी पनि सहभागि भएका थिए ।