Tag: शेरबहादुर देउवा

  • गुटका पत्रकार बोलाएर देउवाले भने- महाधिवेशनमा सघाउनुपर्‍यो

    गुटका पत्रकार बोलाएर देउवाले भने- महाधिवेशनमा सघाउनुपर्‍यो

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनमा सहयोग गर्न पत्रकारहरूसँग आग्रह गरेका छन् ।
    प्रधानमन्त्री निवास बालुवाटारमा ‘गुट’ का पत्रकारहरू बोलाएर देउवाले दोस्रो कार्यकालका लागि आफू सभापतिको प्रत्यासी बन्ने भएकोले मिडियाबाट ‘यथाशक्य’ सहयोग गर्न आग्रह गरेका हुन् ।

    सो क्रममा प्रधानमन्त्री देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजान आफूले हरसम्भव प्रयास गरेको बताए । ‘मेरो पहिलो कार्यकालमा सबैलाई मिलाएर लैजान प्रयास गरेको हुँ । पार्टीका केही सुधारको प्रयास पनि गरे । त्यो प्रयासलाई सफल बनाउन फेरि एकपटक सभापति बन्छु’, देउवाले भने । उनले लोकतन्त्रमा सञ्चारक्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकोले आफूले पनि पत्रकारहरूको सद्भाव अपेक्षा गरेको बताए ।

    प्रधानमन्त्री एवं कांग्रेस सभापतिको पत्रकार सम्मेलन भएपनि कांग्रेस प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्मा कार्यक्रममा उपस्थित थिएनन् ।

    प्रधानमन्त्री भएपछि देउवाले पहिलोपटक पत्रकारहरूसँग भेटेका हुन् । अनौपचारिक भनेर बोलाइएको भेटघाटमा देउवानिकट ‘गुट’ का अधिकांश पत्रकारहरू बोलाइएको थियो । कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल र सल्लाहकार डा. सुरेश आचार्यले संयोजन गरेको कार्यक्रममा अधिकांश ‘गुट’ निकट पत्रकारहरू उपस्थित थिए ।

  • निर्वाचन केन्द्रित हुन कार्यकर्तालाई देउवाको निर्देशन (भिडिओ)

    निर्वाचन केन्द्रित हुन कार्यकर्तालाई देउवाको निर्देशन (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनैतहको निर्वाचनमा केन्द्रीत हुन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

    बिहीबार नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले केही महिनाभित्रै स्थानीय तह र एक वर्षभित्र संघ र प्रदेशको निर्वाचन हुने भन्दै पार्टीको अधिवेशनलगत्तै चुनावतर्फ केन्द्रीत हुन निर्देशन दिएका हुन् ।

    उनले पार्टीको आन्तरिक चुनावमा हुने हार, जित स्वभाविक र लोकतान्त्रिक अभ्यास भएको भन्दै आगामी दिनमा जनताको विश्वास जित्नेगरी चुनावमा केन्द्रीत हुन आग्रह गरे । उनले भने– हामी केही महिनाभित्रै स्थानीय तहको निर्वाचन, एक वर्ष भित्र संघ र प्रदेशको निर्वाचनमा जादैछौँ । त्यसैले पनि अधिवेशनलगत्तै हाम्रो ध्यान चुनावतर्फ केन्द्रीत हुनुपर्दछ । आगामी दिनमा जनताको विश्वास जित्नेगरी चुनावमा केन्द्रीत हुनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।

  • प्रधानमन्त्री देउवाको जोड- राष्ट्रिय हितको मुद्दामा दलहरू एकजुट हुनुपर्छ

    प्रधानमन्त्री देउवाको जोड- राष्ट्रिय हितको मुद्दामा दलहरू एकजुट हुनुपर्छ

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय हितका मुद्दामा सबै दल मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

    राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले राष्ट्रिय हितका विषयमा सबै राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा जोड दिएका हुन् ।

    तीन दलमा विभाजित राप्रपा एक भएर एकता महाधिवेशन गरेकोमा धन्यवाद दिएका कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले थोरै दल हुनु पनि मुलुकका लागि हित रहेको बताए ।

  • कांग्रेस अधिवेशन : ६१ जिल्लाको परिणाम आउँदा देउवा ३०, पौडेल २९ (सूचीसहित)

    कांग्रेस अधिवेशन : ६१ जिल्लाको परिणाम आउँदा देउवा ३०, पौडेल २९ (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ६१ जिल्लाका सभापतिहरूको नतिजा आएको छ । पछिल्लो परिणाममा संस्थापन र संस्थापनइतर समूहबीच कडा प्रतिस्पर्धा देखिन्छ ।

    सभापति देउवानिकट जिल्ला सभापतिहरू ३० जना निर्वाचित भएका छन् । तीमध्ये २ जना उपसभापति विमलेन्द्र निधिनिकट रहेको बताइन्छ । देउवाइतर समूहबाट ३१ जना जिल्ला सभापति निर्वाचित भएका छन् ।

    तीमध्ये २ जना पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट रहेका छन् । २९ जना वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षनिकट छन् । अधिकांश जिल्लामा देउवा र सिटौला पक्षबीच गठबन्धन भएको थियो ।

    शेरबहादुर देउवा पक्ष (संस्थापन)

    १.शंकर गुरुङ – मनाङ

    २. खडक बोहरा – बझाङ

    ३. गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ

    ४. मोहनविक्रम सिंह – हुम्ला

    ५. कान्छाराम तामाङ – रामेछाप

    ६. ऐनबहादुर शाही – मुगु

    ७. खमबीर गर्बुजा – म्याग्दी

    ८. केशबहादुर विष्ट – सल्यान

    ९. रुपनारायण जबेगु – पाँचथर

    १०. नरेन्द्रबहादुर सिंह – डोटी

    ११. दीपेन्द्रबहादुर शाही – डोल्पा

    १२. कर्णबहादुर शाही – जुम्ला

    १३. तेजेन्द्र खनाल- ओखलढुंगा

    १४. डा.टकराज गुरुङ – लमजुङ

    १५. भीमबहादुर साउद – डडेलधुरा

    १६. रामकृष्ण खाँण – रुपन्देही

    १७. युवराज जोशी – पर्वत

    १८. डम्बर खड्का – इलाम

    १९. किशोरदत्त बराल – कास्की

    २०. तीर्थ लामा – काभ्रे

    २१. पदम बोगटी – कञ्चनपुर

    २२. खड्गबहादुर पोखरेल – सुर्खेत

    २३. जितप्रकाश आले – तनहुँ

    २४. दुर्लभ थापा – भक्तपुर

    २५. हिमाल कार्की – उदयपुर

    २६. अरुणप्रकाश सिंह राठौर – बर्दिया

    २७. वेदराज सिंह – जाजरकोट

    २८. जाङ्बु नाम्गेल शेर्पा – सोलुखुम्बु

    २९. दिनेश राई – धनकुटा

    ३०. पेम्बा छिरिङ तामाङ – रसुवा

    रामचन्द्र पौडेल पक्ष (संस्थापनइतर)

    १. रोमी गौचन थकाली – मुस्ताङ

    २. केशरमान रोका – रुकुम पूर्व

    ३. दीपक खड्का- संखुवासभा

    ४.नन्दप्रसाद न्यौपाने – गोरखा

    ५. विष्णु राई – खोटाङ

    ६.हिमालदत्त श्रेष्ठ -पाल्पा

    ७. राजु थापा – स्याङ्जा

    ८. किशोर आचार्य – रोल्पा

    ९. विष्णुकुमार गिरी – प्यूठान

    १०. अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम

    ११. विनोद बान्तवा – भोजपुर

    १२. केशव श्रेष्ठ – अर्घाखाँची

    १३. चतुरबहादुर चन्द – बैतडी

    १४. बर्मा लामा – दोलखा

    १५. अम्मबहादुर शाही – कालीकोट

    १६. रामसिंह रावल – बाजुरा

    १७. अर्जुनकुमार पोखरेल – नवलपरासी (पश्चिम)

    १८. मणिराम रेग्मी – दैलेख

    १९. शंकरप्रसाद डाँगी – दाङ

    २०. रमेश महत – नुवाकोट

    २१. सबुज कृष्ण बानियाँ – काठमाडौं

    २२. रामनाथ अधिकारी – धादिङ

    २३. खिलध्वज पन्थी – गुल्मी

    २४. जितेन्द्रकुमार श्रेष्ठ – ललितपुर

    २५. ललितसिंह बोहरा – दार्चुला

    २६. केदार भण्डारी – सुनसरी

    २७. अब्दुल कलाम – कपिलवस्तु

    २८. प्रेमप्रकाश ओली – रुकुम पश्चिम

    २९. डिगबहादुर लिम्बु – मोरङ

    कृष्ण सिटौला पक्ष

    १. देउमान थेवे – झापा

    २. जित शेरचन – बागलुङ

  • अमेरिकी राष्ट्रपतिले आयोजना गर्ने ‘समिट फर डेमोक्रेसी’ मा देउवाले भाग लिने

    अमेरिकी राष्ट्रपतिले आयोजना गर्ने ‘समिट फर डेमोक्रेसी’ मा देउवाले भाग लिने

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना एक सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएका छन् । आगामी २३ र २४ मंसिरमा उक्त सम्मेलन भर्चुअलरूपमा हुन लागेको छ ।

    राष्ट्रपति बाइडेनले विभिन्न देशका सरकार, नागरिक समाज तथा निजी क्षेत्रलाई सहभागी गराएर ‘समिट फर डेमोक्रेसी’ आयोजना गर्दैछन् । उक्त सम्मेलनमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल बनाउने निर्णय हिजो बसेको मन्त्रिपरिषदको बैठकले गरेको संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    बैठकले जापानबाट १० अर्ब ३९ करोड रूपैयाँ सहुलियतपूर्ण ऋण लिने सम्बन्धमा प्रक्रिया अघि बढाउन वार्ता टोली गठन गर्ने निर्णयसमेत गरेको छ ।

  • ५६ जिल्लाको परिणाम, देउवा-पौडेल बराबर (सूचीसहित)

    ५६ जिल्लाको परिणाम, देउवा-पौडेल बराबर (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको नतिजा आएको छ । पछिल्लो परिणाममा संस्थापन र संस्थापनइतर समूहबीच कडा प्रतिस्पर्धा देखिन्छ ।

    हालसम्म संस्थापन अर्थात् सभापति शेरबहादुर देउवानिकट २७ जना सभापति निर्वाचित भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापनइतर समूहले पनि २७ जिल्लामा सभापति जितेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट दुईजना जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

    शेरबहादुर देउवा पक्ष (संस्थापन)

    १.शंकर गुरुङ- मनाङ

    २. खडक बोहरा- बझाङ

    ३. गजेन्द्र तुम्याहाङ- ताप्लेजुङ

    ४. मोहनविक्रम सिंह- हुम्ला

    ५. कान्छाराम तामाङ- रामेछाप

    ६. ऐनबहादुर शाही- मुगु

    ७. खमबीर गर्बुजा- म्याग्दी

    ८. केशबहादुर विष्ट- सल्यान

    ९. रुपनारायण जबेगु- पाँचथर

    १०. नरेन्द्रबहादुर सिंह- डोटी

    ११. दीपेन्द्रबहादुर शाही- डोल्पा

    १२. कर्णबहादुर शाही- जुम्ला

    १३. तेजेन्द्र खनाल– ओखलढुंगा

    १४. डा.टकराज गुरुङ- लमजुङ

    १५. भीमबहादुर साउद- डडेलधुरा

    १६. रामकृष्ण खाँण- रुपन्देही

    १७. युवराज जोशी- पर्वत

    १८. डम्बर खड्का- इलाम

    १९. किशोरदत्त बराल- कास्की

    २०. तीर्थ लामा- काभ्रे

    २१. पदम बोगटी- कञ्चनपुर

    २२. खड्गबहादुर पोखरेल- सुर्खेत

    २३. जितप्रकाश आले- तनहुँ

    २४. दुर्लभ थापा- भक्तपुर

    २५. हिमाल कार्की- उदयपुर

    २६. अरुणप्रकाश सिंह राठौर- बर्दिया

    २७. वेदराज सिंह- जाजरकोट

    रामचन्द्र पौडेल पक्ष (संस्थापनइतर)

    १. रोमी गौचन थकाली- मुस्ताङ

    २. केशरमान रोका- रुकुमपूर्व

    ३. दीपक खड्का– संखुवासभा

    ४.नन्दप्रसाद न्यौपाने- गोरखा

    ५. विष्णु राई- खोटाङ

    ६.हिमालदत्त श्रेष्ठ-पाल्पा

    ७. राजु थापा- स्याङ्जा

    ८. किशोर आचार्य- रोल्पा

    ९. विष्णुकुमार गिरी- प्यूठान

    १०. अर्जुनबहादुर तुम्बाहाम्फे- तेह्रथुम

    ११. विनोद बान्तवा- भोजपुर

    १२. केशव श्रेष्ठ- अर्घाखाँची

    १३. चतुरबहादुर चन्द- बैतडी

    १४. बर्मा लामा- दोलखा

    १५. अम्मबहादुर शाही- कालीकोट

    १६. रामसिंह रावल- बाजुरा

    १७. अर्जुनकुमार पोखरेल- नवलपरासी (पश्चिम)

    १८. मणिराम रेग्मी- दैलेख

    १९. शंकरप्रसाद डाँगी- दाङ

    २०. रमेश महत- नुवाकोट

    २१. सबुज कृष्ण बानियाँ- काठमाडौं

    २२. रामनाथ अधिकारी- धादिङ

    २३. खिलध्वज पन्थी- गुल्मी

    २४. जितेन्द्रकुमार श्रेष्ठ- ललितपुर

    २५. केदार भण्डारी- सुनसरी

    २६.अब्दुल कलाम- कपिलवस्तु

    २७. प्रेमप्रकाश ओली- रुकुमपश्चिम

    कृष्ण सिटौला पक्ष

    १. देउमान थेवे- झापा

    २. जित शेरचन- बागलुङ

  • ४५ जिल्लाको नतिजा आउँदा देउवा पक्ष अगाडि

    ४५ जिल्लाको नतिजा आउँदा देउवा पक्ष अगाडि

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनहरुको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ४५ जिल्लाका सभापतिहरूको नतिजा आएको छ । जसमध्ये संस्थापन अर्थात सभापति शेरबहादुर देउवानिकट २२ जना सभापतिहरू निर्वाचित भएका छन् ।

    वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापनइतर समूहले २० जिल्लामा सभापति जितेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट एकजना जिल्ला सभापतिमा निर्वाचित भएका छन् । सर्वसम्मतरूपमा सभापति बनेका २ जिल्ला सभापतिले आफ्नो पक्षधरता खुलाएका छैनन् ।

    शेरबहादुर देउवा पक्ष

    १.शंकर गुरुङ – मनाङ

    २. खडक बोहरा – बझाङ

    ३. गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ

    ४. मोहनविक्रम सिंह – हुम्ला

    ५. कान्छाराम तामाङ – रामेछाप

    ६. ऐनबहादुर शाही – मुगु

    ७. खमबीर गर्बुजा – म्याग्दी

    ८. केशबहादुर विष्ट – सल्यान

    ९. रुपनारायण जबेगु – पाँचथर

    १०. नरेन्द्रबहादुर सिंह – डोटी

    ११. दीपेन्द्रबहादुर शाही – डोल्पा

    १२. कर्णबहादुर शाही – जुम्ला

    १३. तेजेन्द्र खनाल- ओखलढुंगा

    १४. डा.टकराज गुरुङ – लमजुङ

    १५. भीमबहादुर साउद – डडेल्धुरा

    १६. रामकृष्ण खाँण – रुपन्देही

    १७. युवराज जोशी – पर्वत

    १८. डम्बर खड्का – इलाम

    १९. किशोरदत्त बराल – कास्की

    २०. तीर्थ लामा – काभ्रे

    २१. जितेन्द्र श्रेष्ठ – ललितपुर

    २२. पदम बोगटी – कञ्चनपुर

    रामचन्द्र पौडेल पक्ष

    १. रोमी गौचन थकाली – मुस्ताङ

    २. केशरमान रोका – रुकुमपूर्व

    ३. दीपक खड्का- संखुवासभा

    ४.नन्दप्रसाद न्यौपाने – गोरखा

    ५. विष्णु राई – खोटाङ

    ६.हिमालदत्त श्रेष्ठ -पाल्पा

    ७. राजु थापा – स्याङ्जा

    ८. किशोर आचार्य – रोल्पा

    ९. विष्णुकुमार गिरी – प्यूठान

    १०. अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम

    ११. विनोद बान्तवा – भोजपुर

    १२. केशव श्रेष्ठ – अर्घाखाँची

    १३. चतुरबहादुर चन्द – बैतडी

    १४. बर्मा लामा – दोलखा

    १५. अम्मबहादुर शाही – कालीकोट

    १६. रामसिंह रावल – बाजुरा

    १७. अर्जुनकुमार पोखरेल – नवलपरासी (पश्चिम)

    १८. मणिराम रेग्मी – दैलेख

    १९. शंकरप्रसाद डाँगी – दाङ

    २०. रमेश महत – नुवाकोट

    कृष्ण सिटौला पक्ष

    १. देउमान थेवे – झापा

    पक्षधरता नखुलाएका –

    १. प्रेमप्रकाश ओली – रुकुम पश्चिम

    २. वेदराज सिंह – जाजरकोट

  • देउवालाई ओलीले भने- हिजो मलाई काम गर्न नदिनेहरू आज तपाईंका खुट्टा तानिरहेका छन् (भिडिओ)

    देउवालाई ओलीले भने- हिजो मलाई काम गर्न नदिनेहरू आज तपाईंका खुट्टा तानिरहेका छन् (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारमा छँदा अप्ठेरोमा पार्नेहरुले नै अहिले देउवालाई काम गर्न नदिएको हुन सक्ने आशंका गरेका छन् । आफ्नो खुट्टा तान्नेहरूले नै अहिले देउवाको खुट्टा समातिरहेको उनले टिप्पणी गरे ।

    पार्टीको १० औं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै ओलीले भने, ‘प्रधानमन्त्रीज्यू यहीँ हुनुहुन्छ । उहाँलाई अतिथि बनाएर सरकारका विषयमा टिप्पणी गर्नु वाञ्छनीय हुँदैन । तर, प्रधानमन्त्रीजीलाई पनि गाह्रो छ कि ? मलाई अप्ठेरो पार्ने र खुट्टा तान्नेहरू आज उहाँको खुट्टा सामातिराख्या छन् ।’

    ओलीले आगामी चुनावबाट एमालेको सरकार बन्ने सँगै मञ्चमा रहेका देउवालाई सुनाए ।

    ‘प्रधानमन्त्रीजीकै सामु एउटा गोपनियता खुस्काउनुपर्ने भयो,’ ओलीले भने, ‘त्यो के भने आउँदो चुनावपछि एमालेको सरकार बन्छ । स्थानीय तहमा ५० प्रतिशतभन्दा बढी सिट एमालेले हासिल गर्छ ।’

  • ओलीजी र म जेलदेखिका साथी हौं : प्रधानमन्त्री देउवा (भिडिओ)

    ओलीजी र म जेलदेखिका साथी हौं : प्रधानमन्त्री देउवा (भिडिओ)

    चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र आफू ‘जेलमेट’ भएको बताएका छन् ।

    चितवनको नारायणी किनारमा सुरू भएको एमालेको दशौं महाधिवेशनको उद्घाटन सत्रलाई शुभकामना दिँदै देउवाले लोकतन्त्र स्थापनाका लागि ओलीसहित धेरै वामपन्थी नेताहरूसँगै आफू पनि जेल बसेको स्मरण गरे ।

    ‘केपी ओलीजीलगायत धेरै वामपन्थी साथीहरू र हामी सँगै जेलमा थियौं । हामी जेलमेट पनि हौं । हामीले सँगै दुःख भोगेका हौं । हिजोका दिनमा हामीले भोगेका दुःख सम्झेर भोलिका दिनमा कुनै नेपालीले दु:ख नपाउन् भन्नेमा हामी केन्द्रित हुनुपर्छ’, देउवाले भने ।

    नेपालका राजनीतिक दलहरूले मिलेरै संविधानसभाबाट संविधान जारी गरेको स्मरण गराउँदै देउवाले राजनीतिक असहमतिहरूको समाधान संविधानप्रदत्त विधिबाट खोजिनुपर्ने बताए ।

    ‘हाम्रा असहमतिहरुलाई संविधानले निर्धारण गरेका विधिबाटै टुंग्याउनुपर्दछ । त्यसलाई हामी सबैले स्वीकार्नुपर्दछ’, देउवाले भने । उनले कांग्रेस एमालेमा वैचारिक भिन्नता भएकैले अलग-अलग पार्टी रहेको भन्दै जनताका सवाल, राष्ट्रियता र राष्ट्रहितका विषयमा भने सहमति र सहकार्य हुनुपर्ने बताए ।

  • प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने

    प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने

    चितवन । नेकपा (एमाले)को १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा शुक्रबार यहाँ आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

    प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा आइपुग्नेछन्। हेलिकप्टरबाट आउने कार्यक्रम रहेको बताइएको छ ।

    नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेर दिउँसो १ः१५ बजे उनी फर्कनेछन् । तामाङका अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी (लोकतान्त्रिक) का महन्थ ठाकुर वा राजेन्द्र महतो कार्यक्रममा आउने जानकारी प्राप्त भएको छ ।

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने वा नआउने टुङ्गो लागि सकेको छैन । अन्य राजनीतिक दलका नेतासमेत आउने कार्यक्रम रहेको छ । महाधिवेशनलाई सम्बोधन गर्न विदेशबाट विभिन्न दलका नेतासमेत आउँदै छन् ।

    एमालेले अहिलेसम्मको तयारी र पाहुनाका विषयमा आज दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिने जनाएको छ । महाधिवेशन यही मङ्सिर १० गते देखि १२ गतेसम्म हुँदैछ । महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख नेता कार्यकर्ता सहभागी हुने पार्टीले जनाएको छ । बन्दसत्र सौराहामा गरिँदै छ ।

  • कांग्रेस जिल्ला सभापतिमा देउवाको अग्रता, कहाँ कसले जिते (सूचीसहित)

    कांग्रेस जिल्ला सभापतिमा देउवाको अग्रता, कहाँ कसले जिते (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत २५ जिल्लाको नतिजा सार्वजनिक भएको छ ।

    २५ जिल्लाको सभापतिमध्ये सभापति शेरबहादुर देउवानिकट अर्थात संस्थापन पक्षका १३ जना रहेका छन् । त्यस्तै बरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको संस्थापनइतर समूहबाट ११ जना जिल्ला सभापति निर्वाचित भएका छन् । जाजरकोटमा सर्वसम्मत जिल्ला सभापति चयन भएका वेदराज सिंहले आफ्नो आबद्धता खुलाएका छैनन् ।

    १३ औं महाधिवेशनमा देउवा पक्षमा रहेका सिंह पछिल्लो समय संस्थापनइतर समूहमा आवद्ध थिए । सर्वसम्मत सभापति निर्वाचित भएकोले केन्द्रीय महाधिवेशनमा मात्रै आफ्नो मत व्यक्त गर्ने सिंहले बताएका छन् ।

    कुन जिल्लामा कसको सभापति ?

     

  • प्रधानमन्त्रीसँग युरोपेली सङ्घका उच्च अधिकारीको भेट, विकास सहायता नघट्ने

    प्रधानमन्त्रीसँग युरोपेली सङ्घका उच्च अधिकारीको भेट, विकास सहायता नघट्ने

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग युरोपेली सङ्घको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीले भेटवार्ता गरेकी छिन् ।

    त्यस अवसरमा उनीहरुबीच नेपाल-युरोपेली सङ्घबीचको सहकार्य र साझेदारी, व्यापार, नागरिक उड्डयन सुरक्षा, जलवायु परिवर्तनलगायत आपसी हितका क्षेत्रीय र बहुपक्षीय मामिलाका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

    नेपाल–सङ्घ संयृुक्त आयोगको तेह्रौँ बैठकमा भाग लिने तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबारदेखि उनी नेपालमा छिन् । आयोगको बैठक बुधबार पनि बस्दैछ । उनले बैठकको सहअध्यक्षता गर्नेछिन् । नेपाली प्रतिनिधिमण्डलका तर्फबाट परराष्ट्रसचिव भरतराज पौड्यालले सहअध्यक्षता गर्नेछन् ।

    बैठकमा गतवर्ष भएको १२ औँ बैठकका प्रगतिको समीक्षा, नेपाललाई प्राप्त विकास सहायताको प्रगति तथा त्यसका समग्र पक्षको विवेचना, कोरोना महामारीपछिको आर्थिक पुनरुत्थान, व्यापार तथा लगानी, ऊर्जा, विज्ञान तथा प्रविधि, कृषि, मानव संसाधन विकास, पर्यावरण संरक्षण, भूकम्पपछिको पुनःनिर्माण, ग्रामीण विकास, पोषण, शिक्षा, सुशासनबारे छलफल हुनेछ ।

    बैठकमा अल्पविकसित राष्ट्रबाट विकासशील मुलुकमा रुपान्तरण भई मध्यम आययुक्त नेपाल निर्माण गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सङ्घको सहायता, नवीकरणीय ऊर्जा प्रवद्र्धनमा साझेदारी बढाउने तथा लोकतन्त्रको सुदृढीकरण, विकेन्द्रीकरण, विशेष जोड दिइनेछ । नेपालको निर्यात व्यापार विस्तार तथा तुलनात्मक लाभका उत्पादन विकासमा सघाउने, पारस्परिक राजनीतिक साझेदारी, विकास सहायता तथा मानवअधिकार, सम्पर्क सञ्जाल विस्तारलाई सरकारले बैठकको कार्यसूची बनाएको छ ।

    नेपाली पक्षले ‘समृद्ध नेपाल, खुशी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा साकार तुल्याउन तथा शान्ति र स्थायित्वलाई संस्थागत गर्न नेपाल सरकारले विभिन्न अघिसारेका कार्यक्रम तथा नीतिगत व्यवस्थाबारे जानकारी दिनका साथै दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा कार्यान्वयन गर्नुपर्ने दीर्घकालीन योजना र दृष्टिकोण पनि प्रस्तुत गर्नेछ ।

    वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले गरेका सुधार, अघि सारेका नीतिगत योजना, सङ्क्रमणकालीन न्यायप्रतिको नेपालको अटुट प्रतिबद्धता, कोरोना महामारीका कारण केही विलम्ब भएको सहयोगका परियोजना तथा सन् २०२१ देखि २०२७ सम्मको बहुवर्षीय वित्तीय ढाँचामा सङ्घले गर्ने विकास सहायता, आर्थिक, वित्तीय, सामाजिक तथा वातावरणीय दिगोपन, दिगो यातायात विकास, ऊर्जा र ‘डिजिटल’ सञ्जालमा लगानी, जनस्तरको सम्पर्क विस्तारजस्ता रणनीतिक योजनाबारे पनि गहन छलफल हुनेछ ।

    युरोपेली लगानी बैंकले जलवायु परिवर्तनका कु–प्रभाव घटाउन तथा भौतिक पूर्वाधार विकास र अनुकूलनमा ऋण प्रवाहमा आफूलाई केन्द्रित गर्ने विषयका साथै हालै ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलनमा नेपालले व्यक्त गरेका प्रतिबद्धता पूरा गर्न सङ्घबाट हुने सहयोगका विविध पक्षबारे पनि विचार आदानप्रदान हुनेछ ।

    दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को वर्तमान अध्यक्ष नेपालले क्षेत्रीय सहयोगका प्राथमिकताबारे आफ्ना धारणा स्पष्टरुपमा प्रस्तुत गर्नका साथै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) प्रक्रिया र क्षेत्रीय एकता तथा एकीकरणमा पनि जोड दिनेछ । नेपालको सामाजिक–आर्थिक विकासका निम्ति सङ्घले प्रदान गर्दै आएको सहायता रकममा खासै फेरबदल नहुने प्रायः निश्चित छ । सङ्घबाट प्रभावशाली मुलुक बेलायत बाहिरिएपछि नेपाललाई प्रदान गरिने बजेटरी व्यवस्थापनमा केही समस्या भएपनि अन्य वैकल्पिक माध्यमबाट वित्तीय सहायताले निरन्तरता पाउनेछ ।

    बैठकमा नेपाल र युरोपेली सङ्ले संयुक्त राष्ट्रसङ्घ, विश्व व्यापार सङ्गठनलगायत अन्तर्राष्ट्रिय मञ्चमा निकट सम्पर्कमा रहेर सहकार्य र साझेदारी गर्ने, विधि र प्रक्रियामा आधारित विश्वव्यवस्था र बहुपक्षीयतालाई प्रवद्र्धनलाई पनि उच्च महत्वका साथ उठाउने छन् ।

    सङ्क्रमणकालीन न्याय सम्पादनका निम्ति अध्यादेशमार्फत नै भए पनि पीडितलाई न्याय दिने तथा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा सञ्चालक र नियमनकर्ता निकायका रुपमा नराखी दुई छुट्टै निकायका रुपमा विकास गर्न विधेयक पनि अध्यादेशमार्फत ल्याउनुपर्नेमा सङ्घको टोलीले जोड दिनेछ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनले निर्धारण गरेका मापदण्ड पूरा हुने वित्तिकै सङ्घमा आबद्ध २७ मुलुकका आकाश नेपाली विमान सेवाका लागि खुला हुने उनीहरूको अभिमत छ ।

  • देउवाविरुद्ध रणनीति : पहिलो चरणमा दोस्रो, दोस्रो चरणमा पहिलो

    देउवाविरुद्ध रणनीति : पहिलो चरणमा दोस्रो, दोस्रो चरणमा पहिलो

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप एक कार्यकालका लागि कांग्रेस सभापतिमा दोहोरिने तयारीमा छन् । मंसिर २४ गतेदेखि काठमाडौंमा सुरू हुने कांग्रेसको १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने देउवाले बताइसकेका छन् ।

    संस्थापन पक्षको टिमभित्र उपसभापति विमलेन्द्र निधि र पूर्वउपसभापति गोपालमान श्रेष्ठले पनि सभापतिमा दाबी गरेका छन् । यद्यपि देउवाले आफू लड्ने निधो गरिसकेको दुवैलाई बताएका छन् । उपसभापति निधि देउवा लडे पनि आफ्नो उम्मेदवारी कायम रहने भन्दै तयारीमा जुटेका छन् । श्रेष्ठलाई सहमतिमा ल्याउन सक्ने विश्वाससहित देउवाले पनि आफ्नो तयारी थालेका छन् । प्रदेशगतरूपमा नेताहरूलाई नै जिम्मेवारी दिएर देउवाले महाधिवेशन तयारी थालेपनि देउवाविरुद्ध उम्मेदवार बन्न चाहनेहरूको तयारी अझै पुगेको छैन ।

    उपसभापति निधिले बानेश्वरमा सम्पर्क कार्यालय नै खोलेर सभापति लड्ने तयारी अगाडि बढाएका छन् । यद्यपि उनको टिमको टुंगो अझै लागिसकेको छैन । निधिको महामन्त्रीमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको नाम चर्चामा छ । त्यसबाहेक देउवा टिममा नअट्ने अन्य नेताहरूलाई समेट्ने निधिको तयारी छ ।

    देउवालाई नेतृत्वबाट विस्थापन गर्ने साझा एजेण्डा बोकेका प्रत्यासीहरूको रणनीति पनि साझा नै छन् । देउवाबाहेकका सबै उम्मेदवार पहिलो चरणको निर्वाचनमा दोस्रो बन्न चाहन्छन् । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउँनुपर्ने हुन्छ । १३ औं महाधिवेशनमा देउवा, पौडेल र सिटौला उम्मेदवार रहँदा पहिलो चरणमा कसैको पनि ५० प्रतिशत मत नकटेपछि देउवा र पौडेलबीच दोस्रो चरणको निर्वाचन भएको थियो ।

    वरिष्ठ नेता रामचन्द्र पौडेल अघिल्लो महाधिवेशनमा देउवासँग व्यहोरेको हारको बदला लिन चाहन्छन् । त्यसका लागि संस्थापनइतर भनिने समूहलाई आफ्नै नेतृत्वमा एकताबद्ध राख्नुपर्ने चुनौती पौडेलसामु छ । १३ औं महाधिवेशनमा पौडेललाई साथ दिएका पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला तथा नेता डा. शेखर कोइराला आफैं सभापतिको प्रत्यासी बन्ने तयारीमा छन् ।

    पूर्वमहामन्त्री सिंहले पौडेल पक्षको बैठक नै बहिष्कार गरेर सभापति लड्ने तयारी थालेका छन् । शशांक र शेखरबीच जारी संवाद निष्कर्षमा पुगे दुईमध्ये एकजना उम्मेदवार रहन सक्छन् । अर्कोतिर १३ औं महाधिवेशनमा सभापति लडेर तेस्रो धार बनाएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला विस्तारित टिमसहित सभापति लड्ने तयारीमा छन् ।

    साझा एजेण्डा, रणनीति उस्तै

    देउवाबाहेक सभापतिमा दाबी गरिरहेका सबै नेताको एउटा एजेण्डा साझा छ । सबैले नेतृत्व परिवर्तन अपरिहार्य रहेको बताउँदै आएका छन् । आफूलाई देउवाको विकल्पका रूपमा प्रस्तुत गर्ने सबै उम्मेदवार देउवाको नेतृत्वमा कांग्रेस सुदृढ हुन नसक्ने बताउँछन् । यद्यपि देउवाविरुद्ध साझा उम्मेदवार बनाउन भने सफल भएका छैनन् ।

    देउवालाई नेतृत्वबाट विस्थापन गर्ने साझा एजेण्डा बोकेका प्रत्यासीहरूको रणनीति पनि साझा नै छन् । देउवाबाहेकका सबै उम्मेदवार पहिलो चरणको निर्वाचनमा दोस्रो बन्न चाहन्छन् । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउँनुपर्ने हुन्छ । १३ औं महाधिवेशनमा देउवा, पौडेल र सिटौला उम्मेदवार रहँदा पहिलो चरणमा कसैको पनि ५० प्रतिशत मत नकटेपछि देउवा र पौडेलबीच दोस्रो चरणको निर्वाचन भएको थियो । पहिलो चरणमा परिणाम नआए सर्वाधिक मत ल्याउने शीर्ष २ उम्मेदवारबीच दोस्रो चरणको प्रतिस्पर्धा हुने कांग्रेस विधानको व्यवस्था छ । सोही विधान अनुसार देउवाविरुद्ध पहिलो चरणमा दोस्रो हुने र दोस्रो चरणमा पहिलो हुने रणनीति संस्थापनइतर पक्षका सबै उम्मेदवारहरूको रहेको छ ।

    राजनीतिक विश्लेषक पुरञ्जन आचार्य कांग्रेस विधानको विशिष्ट व्यवस्थाका कारण दोस्रो चरणसम्म पुगेर पनि जित्नुपर्छ भन्ने मानसिकता उम्मेदवारमा देखिनु स्वाभाविक रहेको बताउँछन् । देउवाविरुद्ध साझा उम्मेदवार बनाउन सक्रिय आचार्य रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शशांक कोइराला र डा. शेखर कोइराला एकठाउँमा उभिए पहिलो चरणमै देउवाविरुद्ध जित निस्कने दाबी गर्छन् ।

    ‘२ जनाभन्दा बढी उम्मेदवार बन्नेबित्तिकै पहिलो चरणमा नतिजा नआउन सक्छ । हाम्रो समूहमा २ भन्दा बढी उम्मेदवार बन्ने देखिएकोले पहिलो चरणमा दोस्रो बन्ने प्रयास सबैले गरेका छन्’, पौडेल पक्षका एक केन्द्रीय सदस्यले भने । ती सदस्यका अनुसार आन्तरिक बैठकमा सभापतिमा दाबी गरिरहेका नेताहरूले साझा उम्मेदवार भए पहिलो चरणमा नभए दोस्रो चरणमा भएपनि जित्नुपर्ने बताउँदै आएका छन् । ‘समूहको साझा उम्मेदवार बनाएर पहिलो चरणमै जित्ने भन्दा पनि चुनाव लडिहाल्ने र दोस्रो बनेको खण्डमा बाँकी हार्नेहरूको मत आश गर्ने नेताहरू धेरै भए’, ती नेताको भनाइ छ ।

    राजनीतिक विश्लेषक पुरञ्जन आचार्य कांग्रेस विधानको विशिष्ट व्यवस्थाका कारण दोस्रो चरणसम्म पुगेर पनि जित्नुपर्छ भन्ने मानसिकता उम्मेदवारमा देखिनु स्वाभाविक रहेको बताउँछन् । देउवाविरुद्ध साझा उम्मेदवार बनाउन सक्रिय आचार्य रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शशांक कोइराला र डा. शेखर कोइराला एकठाउँमा उभिए पहिलो चरणमै देउवाविरुद्ध जित निस्कने दाबी गर्छन् ।

    ‘नेतृत्व परिवर्तनका लागि १३ औं महाधिवेशमा देउवाविरुद्ध उभिएका नेताहरू १४ औं महाधिवेशनमा पनि एकताबद्ध भए पुग्छ । पहिलो वा दोस्रो जुनसुकै चरणमा भएपनि नेतृत्व परिवर्तन चाहिँ हुन्छ’, आचार्यले भने ।

    सभापति देउवा पक्षका नेताहरू भने पहिलो चरणमै परिणाम ल्याउने गरी काम भइरहेको छ । ‘पहिलो चरणमा होस् वा दोस्रो चरणमा देउवाविरुद्ध लडेर हुने भनेको दोस्रो नै हो’, देउवानिकट एक नेताले भने ।

  • पूर्वराजाप्रति देउवा आक्रोशित, शासन गर्ने मन भए चुनाव लड्न चुनौती (भिडिओसहित)

    पूर्वराजाप्रति देउवा आक्रोशित, शासन गर्ने मन भए चुनाव लड्न चुनौती (भिडिओसहित)

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्रबाट दसैँका अवसरमा व्यक्त भएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । देउवाले पूर्वराजालाई गणतन्त्रविरुद्ध नलाग्न चेतावनी दिँदै शासन गर्ने मन भए चुनाव लड्न चुनौती दिएका छन् ।

    गणेशमान स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवा पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आक्रोशित बनेका हुन् । देउवाले प्रजातन्त्रको पक्षमा आफू उभिँदा तत्कालीन राजाले जेल हालेको भन्दै आफूलाई जेलमा कोचेपछि नेपालमा गणतन्त्रको माहौल सुरू भएको बताए ।

    पूर्वराजाले दसैँका बेला राजा र जनता मिलेरमात्र नेपालमा प्रजातन्त्र जोगिने बताएका थिए ।

  • छठको शुभकामना दिँदै प्रधानमन्त्रीले भने- विविधतामा एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यास

    छठको शुभकामना दिँदै प्रधानमन्त्रीले भने- विविधतामा एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यास

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक र सांस्कृतिक महत्वका साथ उदाउँदो र अस्ताउँदो सूर्यलाई अघ्र्य दिई मनाइने छठ पर्वको अवसरमा सबै नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।

    छठ पर्वका अवसरमा उनले शुभकामना सन्देश दिँदै विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण भएको उल्लेख गरेका छन् ।

    साथै उनले यही सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने उदाहरणीय पर्वमध्येको छठ पर्व पनि एक भएको बताउँदै यस पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे । ।

    विगतमा विशेष गरी तराई क्षेत्रमा मनाइने छठ पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको साझा पर्वको रुपमा नेपालभर विस्तार भएको छ । हाम्रा संस्कृति र संस्कारमा आ–आफ्ना विशिष्ट पहिचानका विशेषता रहेको प्रधानमन्त्री देउवाको शुभकामना वक्तव्यमा उल्लेख छ ।

    कोभिड–१९ नियन्त्रणका लागि अवलम्वन गरेका नीतिहरू प्रभावकारी देखिए पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गर्दै प्रधानमन्त्री देउवाले यस पर्वले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

  • देउवा र पौडेलले अब कांग्रेस हाँक्न सक्दैनन् : नेता सिंह

    देउवा र पौडेलले अब कांग्रेस हाँक्न सक्दैनन् : नेता सिंह

    सिन्धुली । नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी हाँक्न नसक्ने बताएका छन् । सिन्धुली पुगेका पूर्वमहामन्त्री सिंहले कांग्रेसमा नेतृत्व परिवर्तन अपरिहार्य रहेको भन्दै देउवा र पौडेल दुवै सभापति बन्न नहुने बताएका हुन् ।

    ‘अब देउवा र पौडेलजीबाट पार्टी चल्न सक्दैन । कांग्रेसलाई बलियो बनाएर मुलुकलाई नेतृत्व दिन नेतृत्व परिवर्तन अति आवश्यक छ’, सिंहले भने ।

    उनले आसन्न १४ औं महाधिवेशनमा सभापतिका लागि आफू प्रतिस्पर्धामा रहेको भन्दै आफूसँग कांग्रेस हाँक्ने दृढ इच्छाशक्ति, विचार र सही योजनाहरू रहेको बताए । कांग्रेसका कार्यकर्ताले पनि क्षणिक लोभमा नपरी सक्षम र योग्य नेतृत्व चयनका लागि पहल गर्नुपर्ने सिंहले बताए ।

    कांग्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुने भन्दै सिंहले कम्युनिष्टविरुद्ध लड्न बलियो कांग्रेस बनाउनुपर्नेमा जोड दिए ।

  • देउवा-प्रचण्ड वार्तापछि बोलाइयो गठबन्धन बैठक

    देउवा-प्रचण्ड वार्तापछि बोलाइयो गठबन्धन बैठक

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

    आज बिहान बालुवाटारमा भएको छलफलमा पछिल्लो राजनीतिक अवस्था र सरकार सञ्चालनबारे छलफल भएको छ । देउवा र प्रचण्डको छलफलमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्ने सहमति बनेको छ । सोही अनुसार आज साँझ ५ बजेका लागि गठबन्धनको बैठक बोलाइएको छ ।

    बैठकमा न्यायालयमा देखिएको टकराव, गठबन्धन सरकारका काम र राजदूत नियुक्तिलगायतका विषयमा छलफल हुने बताइएको छ । त्यस्तै राष्ट्रियसभाको निर्वाचन, प्रदेशसभा र प्रतिनिधिसभाको रिक्त रहेका स्थानमा उपनिर्वाचनलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

  • प्रधानमन्त्रीको फेसबुक पेजमा पीएसओले आफ्नो फोटो पोष्ट गरेपछि..

    प्रधानमन्त्रीको फेसबुक पेजमा पीएसओले आफ्नो फोटो पोष्ट गरेपछि..

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो निजी सचिवालय गठन नै गरिसकेका छैनन् । प्रमुख स्वकीय सचिवमा भतिज भानु देउवाबाहेक प्रधानमन्त्रीको सल्लाहकार समूह र सचिवालयले पूर्णता पाएको छैन ।

    यहीकारण प्रधानमन्त्री देउवाको नियमित कामकारवाही प्रभावित हुने गरेको छ । सचिवालय गठन नगरेपनि प्रधानमन्त्री देउवाले आफ्नो सुरक्षामा खटिएका प्रहरीलाई नै नियमित काम लगाउने गरेको पाइएको छ ।

    लामो समयदेखि देउवाको सुरक्षामा खटिएका नेपाल प्रहरीका नायब निरीक्षक (सई) मनबहादुर धितालले प्रधानमन्त्रीको फेसबुक दुरुपयोग गरेका छन् । ‘शेरबहादुर देउवा’ नामको भेरिफाइड फेसबुक एकाउण्टबाट धितालले आफ्नो तस्बिर पोष्ट गरेपछि प्रधानमन्त्रीको फेसबुकसमेत प्रहरीले चलाउने गरेको खुलेको छ ।

    प्रधानमन्त्री देउवाको फेसबुकबाट प्रहरी नायब निरीक्षक धितालले ‘इन्फ्रन्ट अफ शेख प्यालेस दुबई’ लेखेर आफ्नो फोटो पोष्ट गरेका छन् । उनले सो पोष्ट केहीबेरमा हटाएका थिए । पोष्ट हटेपनि मुलुकको कार्यकारी प्रधानमन्त्रीको आधिकारीक फेसबुक पेज एक प्रहरी अधिकृतले सञ्चालन गर्नु असामान्य विषय बनेको छ ।

    ‘जुनसुकै प्रयोजनका लागि भए पनि प्रधानमन्त्रीको फेसबुक प्रहरीले चलाउन मिल्दैन । यसमा प्रधानमन्त्री स्वयं, सचिवालय र प्रहरी प्रशासन दोषी देखिन्छ’, प्रधानमन्त्रीको फेसबुक दुरुपयोगबारे एक उच्च सरकारी अधिकारीले भने ।

    बालुवाटार स्रोतका अनुसार सई धिताल एक दशकदेखि देउवाको सुरक्षा टोलीमा छन् । देउवा प्रधानमन्त्री हुनुपूर्व पनि उनी देउवाकै टिममा थिए । विभिन्न जिल्लाका कार्यक्रममा जाँदा प्रधानमन्त्रीको गतिविधि अपडेट गर्न सजिलो होस् भनेर धिताललाई देउवाको फेसबुक पेजको पहुँच दिइएको थियो । ‘यो मानवीय त्रुटी हो । उहाँलाई प्रधानमन्त्रीका कार्यक्रमको फोटो हाल्न एक्सेस दिएकोमा भूलवश आफ्नो फोटो पोष्ट भएछ’, बालुवाटार स्रोतले भन्यो ।

    सामान्यतया प्रधानमन्त्रीको आधिकारिक फेसबुक पेज निजी सचिवालयमार्फत सञ्चालन गर्ने गरिन्छ । प्रहरीलाई नै प्रधानमन्त्रीको फेसबुक चलाउन दिँदा दुरुपयोगसँगै गोपनीयतामाथि पनि गम्भीर प्रश्न उठ्नसक्छ ।

  • विमानस्थलमा देउवा- गठबन्धन चुनावसम्म जान्छ, फ्रेण्ड्ली प्रश्न गरेकोमा पत्रकारलाई धन्यवाद

    विमानस्थलमा देउवा- गठबन्धन चुनावसम्म जान्छ, फ्रेण्ड्ली प्रश्न गरेकोमा पत्रकारलाई धन्यवाद

    काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले सत्ता गठबन्धन चुनावसम्मै जाने भन्दै आफूहरुबीचमा कुनै समस्या नरहेको प्रष्ट पारेका छन् ।

    त्रिभुवन अन्तर्रांष्ट्रिय विमानस्थलका पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीले गठबन्धनको बचाउ गरेका हुन् ।

    कोप २६ सँग सम्बन्धित विषय बाहेक अरु प्रश्न नगर्न शुरुमै आग्रह गरेका देउवाले प्रधानन्यायाधीश प्रकरणमा भने केही बोल्न चाहेनन् । उनले एमसीसी संसदबाट प्रक्रिया पूरा गरेर पास हुने बताए ।

    संक्षिप्त पत्रकार सम्मेलनमा देउवाले आफूले विश्वका नेताहरुबाट सद्भाव पाएको दावी गरे । अन्तिममा आफूमैत्री प्रश्न गरेकोमा उनले पत्रकारहरुलाई धन्यवाद दिएका थिए ।

  • कोप-२६ मा देउवाः समकक्षीहरुको तुलनामा फितलो प्रस्तुतिका ४ कारण

    कोप-२६ मा देउवाः समकक्षीहरुको तुलनामा फितलो प्रस्तुतिका ४ कारण

    एक समय थियो जतिबेला संयुक्त राष्ट्रसंघ लगायतका विभिन्न विश्वस्तरीय मञ्चमा नेपाली राजा, प्रधानमन्त्री जान्थे । यतैबाट पत्रकार लैजान्थे । भ्रमण दलमा रहेकाहरुको कुरा पत्याउनुभन्दा अर्काे विकल्प हुन्थेन ।

    तथ्यले प्रमाणित हुन नसकेको एउटा यस्तै कथन पत्याइएको वर्षौ भएको छ । त्यो हो संयुक्त राष्ट्रसंघमा नेपालले दर्ता गरेको आफ्नो आधिकारिक लिपी ‘रन्जना’ हो भन्ने । संयुक्त राष्ट्रसंघ सदस्य बन्न नेपालले सन् १९४९ मा बिजयशमशेरको हस्ताक्षरमा लेखेको लामो निवेदनमा यो विषय कहीँ कतै भेटिदैन । न त अन्य कुनै आधिकारिक दस्तावेजमा ।

    संयुक्त राष्ट्रसंघको सदस्य बन्न सार्वभौम देशको प्रामाणिकता भए पुग्छ । सुरक्षा परिषदमा एकमत भए वा कसैले भिटो नहाने सदस्य बन्न पाइन्छ । नेपालले निवेदन दिएकै वर्ष सन् १९४९ सेप्टेम्बर ७ मा सोभियत संघले आफ्नो ३१ औं भिटो हानेर नेपाललाई सदस्य बन्न रोकेको थियो ।

    जसको हेडलाइन विश्वभर बनेको थियो । सन् १९४९ सेप्टेम्बर ८ मा न्यूयोर्क टाइम्सले समेत यो समाचार प्रकाशित गरेको थियो । भिटो हान्दा लिपिको कुरै थिएन । कतै जोडिएको छैन । राजनीतिक कारण थियो त्यो । नेपालले अमेरिकी लाइनमा सदस्य बन्न खोजेको थियो । त्यसैले सोभियत संघले तनाव दिएको थियो ।

    राष्ट्रसंघमा लिपीको महत्व हुँदैन । लिपीको महत्व भए बेलायत, अमेरिका, क्यानडा, अस्ट्रेलियादेखि न्यूजिल्यान्डको लिपिमा के दर्ता छ ? सायदै कसैलाई हेक्का होला । खैर, नेपालको आधिकारिक लिपी रञ्जना हो या होइन भनेर त्यो समयमा अमेरिकाको न्यूयोर्क पुगेर भेरिफाइ गर्ने हैसियत नेपाली पत्रकार र सर्वसाधारणको थिएन । अहिले जस्तो अनलाइनबाट पनि खोज्न सकिने जमाना भएको भए त्यो कुरा आउँदैन थियो होला ।

    त्यो बेलाजस्तो अवस्था अहिले छैन । सूचना प्रविधि र खासगरी सामाजिक सञ्जालको व्यापक विस्तारसँगै धेरै कुरा फेरिएको छ । अब संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीले बोल्दा यस्तोउस्तो भयो भनेर भ्रमण दलमा भएकाले दिएको गफ पत्याइँदैन । पुरा भाषण लाइभ हेर्न सकिन्छ । तत्काल नभ्याउनेले फुर्सदमा हेर्न सक्छ । चाहे संयुक्त राष्ट्रसंघको साधारणसभाको कुरा होस वा कोप–२६ जस्ता विश्वमञ्च वा विश्व आर्थिक मञ्च जस्ता कार्यक्रमहरु किन नहुन्, इन्टरनेटबाट सबैले हेर्न सक्छन् । आफ्नो धारणा बनाउन सक्छन् । टिप्पणी गर्न सक्छन् । अखबारमा देखाइएका केही फुटेज र बाइट मात्रै हैन, पुरा दृष्य हेरेर धारणा बनाउन सकिन्छ ।

    यसैको फाइदा उठाउँदै आज यो सामग्रीमा कोप २६ मा प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य दक्षिण एसियाली समकक्षीले गरेको भाषणको तुलना गरिएको छ । कोभिड–१९ प्रोटोकल बिर्सेर बेलायती प्रधानमन्त्री बोरिस जोन्सनदेखि संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेससँग हात मिलाउन खोज्दा उनीहरुले कुहिनो दिएर देउवालाई असहज बनाइदिए । यसमा सिस्टाचार महापालका प्रत्यक्ष कमजोरी छुट्टै चर्चाको विषय हो ।

    यहाँ चाहिँ प्रधानमन्त्री देउवाले कोप २६ मा दिएको मन्तव्यको विषयवस्तु र हाउभाउको कुराको मात्रै तुलनात्मक चर्चा गरिएको छ । मन्तव्यको क्रममा आफ्ना दक्षिण एसियाली समकक्षीभन्दा हाम्रा प्रधानमन्त्री के–के कुरामा पछि परे भन्ने चार बुँदामा चर्चा गरिएको छ ।

    १. भावना नमिसिएको मन्तव्य

    भावना नमिसिएको मन्तव्य कमजोर हुन्छ । स्वास बिनाको अस्थिपञ्जर जस्तो हुन्छ । कोप २६ मन्तव्यमा आफ्ना दक्षिण एसियाली समकक्षीहरुले भावनात्मक कुरा जोडेर आफ्ना मन्तव्य बलियो बनाए । जस्तै माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलिहले आफ्ना टापुहरु खिइँदै गएर अस्तित्व नै नामेट हुने भावुक कुरा गरे । उनले गत महिनामा आफूले ६ टापु भ्रमण गरेर आफै देखेर आएको कुरा गरे । उनले आफ्ना नागरिकहरुको नाम लिइरहे । यसले उनको देशको मुद्धा शक्तिशाली बनायो ।

    भारतीय प्रधानमन्त्री मोदीले अर्को भावनात्मक कुरा गरे । उनले भने, ‘मेरो लागि पेरिसमा भनेको सम्मेलन एक समिट थिएन, सेन्टिमेन्ट थियो ।’ मोदीले हजारौँ वर्ष पहिलेका संस्कृत मन्त्र भन्दै आफ्नो देश संवाद र छलफल अनि सहकार्यमा तयार भएको बताए । ‘सर्वे भवःन्तु सुखीनः’ भन्दै उनले आफुले भारतको लागि मात्रै कोप २६ मा नआएर मानवतावादको लागि आएको उल्लेख गरे ।

    श्रीलंकाली राष्ट्रपति गोबाया राजापाक्षेले बुद्धको आशिर्वादको देश भएको भन्दै जलवायु क्षेत्रमा आफ्ना सांस्कृतिक तथा भावनात्मक पक्ष जोडेर बलियो प्रस्तुति दिए । उनले आफ्नो देशको नीति निर्माणको मुटुमै जलवायुको मुद्धा भएको बताए । मन्तव्य अगाडि उनले अहिलेको समय मानवताको लागि धेरै कठिन भएको समेत भन्दै भावनात्मक सुरुवात गरे । देउवाले यस्तो केही दिन सकेनन । यो उनको मन्तव्य लेख्ने टिमको गम्भीर कमजोरी हो ।

    २. तथ्यांकभन्दा तर्क ज्यादा

    देउवाले स्वच्छ, हरित र वातावरणमैत्री वातावणीय समाधानमा नेपालले काम गर्नेदेखि हिउँ कम पर्ने हुँदै हिमनदी पग्लने कुराहरु उठाए । तर, यी कुराहरुलाई तथ्यांकमा भनेनन् । वार्षिक कति हिउँ पग्लिन्छ, पछिल्ला आधा शताब्दीमा कत्ति पग्लियो, यसको दर कस्तो छ ? कति हिमनदी खुम्चिए ? यता तमाम विश्वले सुन्नुपर्ने तथ्यांक देउवाले दिन सकेनन् । ‘सगरमाथा संवाद’ गर्ने भने, तर त्यो कस्तो संवाद हो खुलाएनन ।

    ८० प्रतिशत नेपाली जलवायु परिवर्तनजन्य विपदको जोखिममा रहेको, पछिल्लो ४० वर्षमा ६० लाख डलर बराबरको क्षति भएकोदेखि नेपालले सन् २०४५ सम्म शून्य उत्सर्जन गर्ने जस्ता तथ्यांकगत कुरा गरे पनि आफ्ना समकक्षीस्तरको तथ्यांक दिन देउवा असफल भए । नेपालको उत्सर्जन प्रतिशत कति र प्रभाव कति जस्ता कुरासमेत अटाएनन् ।

    भारतीय प्रधानमन्त्रीले आफ्नो जनसंख्या विश्वको १७ प्रतिसत भए पनि उत्सर्जन पाँच प्रतिशत मात्रै भएको भन्दै तथ्यांककै कुरा गरे । आफू भारतको कामको फेरिहस्त सहित आएको भन्दै मोदीले तथ्यांकको चाङ प्रस्तु गरे । भारतका ४० प्रतिशत नागरिक रेल चढ्ने भन्दै मोदीले २०३० भित्र रेल क्षेत्रमा शुन्य उसर्जन गर्ने बताउँदै सन् २०७० मा देशमै सुन्य उत्सर्जन गर्ने तथ्यांक दिए ।

    बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले बंगलादेशले ०.४७ प्रतिशतभन्दा कम उत्सर्जन गरे पनि बंगलादेशले धेरै पीडा भोगेको तथ्यांक राखिन् । उनले अन्य महत्वपुर्ण तथ्यांकहरु समेत पेश गरिन् । उनले २०४१ भित्र बंगलादेशले ४० प्रतिशत उर्जा सौर्य उर्जाबाट प्रयोग गर्ने बताइन् ।

    मन्त्रालयदेखि राष्ट्रिय योजना आयोगसम्मका आधा दर्जन सचिव र २० जनाको जम्बो भ्रमण दल भएको नपालका प्रत्यक्ष प्रभाव तथ्यांकमा देखिएन । यो सम्बन्धित सचिव र मन्त्रालयको कमजोरी हो । आफ्नो विशाल उपस्थिति हुँदाहुँदै आफ्नो प्रधानमन्त्रीको तथ्यांकलाई दक्षिण एसियाली समकक्षी जत्तिकै स्तरको पनि नबनाउनु दुुःखद हो ।

    ३. कमजोर चिर्कटो मन्तव्यः आत्मविश्वास र हाउभाउ फितलो

    चिर्कटोमा लेखेको सम्बोधन गर्नेहरुमा नेपालका प्रधानमन्त्री देउवासहित बंगलादेशकी प्रधानमन्त्री शेख हसिना तथा माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलिह थिए । पाकिस्तानी प्रधानमन्त्री समारोहमा आएनन् ।

    तालिवान शाषित अफगानिस्तान सहभागी हुने कुरा भएन । भुटानी मन्तव्य इन्टरनेटमा यो सामग्री तयार गर्दासम्म अहिलेसम्म उपलब्ध भएन । चिर्कटोमा मन्तव्य दिएकामध्ये सबैभन्दा फितलो प्रस्तुती देउवाको देखिन्छ । उनले मन्तव्यभरी त्यही चिर्कटो मात्रै हेरिरहे ।

    पाँचपटक प्रधानमन्त्री भएको अनुभव र आत्मविश्वास उनको मन्तव्यमा झल्किएन । जबकि चिर्कटो लिएरै मन्तव्य गर्ने उनका दक्षिण एयिसाली समकक्षीहरुले तुलनात्मक रुपमा आकर्षक मन्तव्य, आत्मविश्वासी हाउभाउ देखाए ।

    ४. कुरै नगरिएको जलवायु परिवर्तनसँग जुध्ने नेपाली उदाहरण

    भारतिय प्रधानमन्त्री मोदीले इन्स्टल्र्ड नविकरणीय उर्जा क्षेत्रमा भारत विश्वको चौँथो ठुलो देश भएको उदाहरण पेस गरे । एलइडी बल्ब प्रयोग बढाएर उसर्जन लाखौँ टन घटाइएको फेहरिस्त सुनाए । पेरिस सम्झौताको अक्षरश पालना गर्न भारत अगाडि बढेको फेरिहस्त सुनाए ।

    बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले बोरिस जोन्सनले चलाएको सेसनमा बोल्दै आफ्नो देशले तीन करोड रुख रोपेको बताइन् । अर्को मन्तव्यमा उनले बंगलादेशले पछिल्ला सात वर्षमा वातावरण क्षेत्रमा लगानी दोब्बर गरेको बताइन् । उनले म्यानमारबाट आएका १४ लाख शरणार्थीको कारण जंगल फँडानी बढेकोले त्यतातर्फ समेत विश्वको ध्यान तानिन् ।

    श्रीलंकाका राष्ट्रपति गोतावाया राजापाक्षेले श्रीलंकाले रसायनिक मल निषेध गरेको बताए । जलवायु परिवर्तन र माटोको उर्बरा शक्ति नासदेखि जलश्रोतमा असर परेको भन्दै रसायनिक मल पूर्ण बन्द गरेको भन्दै अरु देशले पनि यस्तै गर्न सक्ने बताए ।

    प्रधानमन्त्री देउवाले भने प्रतिद्धताबाहेक नेपालले गरेको विश्व उदाहरण हुने खालका कुनै फेरिहस्त देखाएनन् । यसमा प्रधानमन्त्रीका सल्लाहकार तथा मन्त्रालयहरुको फितलो तयारी देखिन्छ ।

  • संस्थापनइतर समूहमा हरायो हार्दिकता, देउवाविरुद्ध साझा उम्मेदवारको सम्भावना टर्दै

    संस्थापनइतर समूहमा हरायो हार्दिकता, देउवाविरुद्ध साझा उम्मेदवारको सम्भावना टर्दै

    काठमाडौं । आसन्न १४ औं महाधिवेशनमा साझा उम्मेदवार तय गर्ने सार्वजनिक वाचा सुरू गरेको २ महिना नपुग्दै नेपाली कांग्रेसको संस्थापन इतर समूहमा विवाद चुलिएको छ । सभापतिको प्रत्यासी रहेका नेताहरू आपसमै आरोप-प्रत्यारोपमा केन्द्रित भएपछि संस्थापन इतर समूहमा डेढ महिनायता ‘हार्दिक छलफल’समेत हुन सकेको छैन ।

    ‘पार्टी र लोकतन्त्र बचाउनका लागि आगामी महाधिवेशनमा एकताबद्ध भएर सभापतिमा एकजना मात्रै उम्मेदवार हुनेछौं । हाम्रो एकता अटुट रहनेछ भनेर देशभरीका साथीहरूलाई आश्वस्त रहन अपील गर्दछु’, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गत भदौ १७ गते सानेपामा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए ।

    पौडेलको यो भनाइमा संस्थापनइतर समूहका नेताहरू डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, सुजाता कोइराला, गगन थापा, गुरुराज घिमिरेलगायतले भौतिक उपस्थितिमै समर्थन जनाएका थिए । त्यसयता १ दर्जन बढी जिल्लामा कांग्रेसको अधिवेशन सम्पन्न भइसकेको छ भने बाँकी जिल्लामा अधिवेशन सन्निकट छ ।

    मंसिर २४ देखि २६ सम्म महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक भइसकेको छ । कांग्रेस नेताहरू अब महाधिवेशन नसर्ने ‘दाबी’ गर्छन् । यद्यपि सभापति शेरबहादुर देउवाविरुद्ध साझा उम्मेदवार तय गर्ने वाचा गरेका इतर पक्षका नेताहरू बीच ‘संवाद’ समेत टुटेको अवस्था छ ।

    प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएलगत्तै संस्थापन इतर समूहकी नेतृ सुजाता कोइरालाले आफूले रामचन्द्र पौडेल र डा. शशांक कोइरालालाई सहयोग गर्न नसक्ने घोषणा नै गरिन् । उपप्रधानमन्त्री हुने चाहना राखेकी कोइरालाले आफूलाई धोका भएको भन्दै सार्वजनकि रुपमै पौडेल र शशांकविरुद्ध अभिव्यक्ति दिइन् ।

    सभापतिमा दाबी गरिरहेका अन्य नेताहरूले पनि एक अर्कालाई कमजोर देखाउने अभिव्यक्ति दिँदै आएका छन् । महामन्त्री डा. शशांक कोइरालाले चितवन पुगेर ‘देउवालाई हराउने उम्मेदवार आफूमात्रै रहेको भन्दै सभापतिको उम्मेदवारीबाट फिर्ता नहुने’ घोषणा गरे ।

    पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि ‘संसदीय निर्वाचन जित्न नसक्ने र अवसर पाउँदा काम नगर्नेलाई सभापति छाड्न नसकिने’ सार्वजनिक अभिव्यक्ति दिएका छन् । सिंहको सो भनाई संसदीय निर्वाचन हारेका वरिष्ठ नेता पौडेल र डा.शेखर कोइराला तथा महामन्त्री शशांकप्रति लक्षित थियो । सभापतिको प्रत्याशी बनेका डा. शेखर कोइरालाले पनि आफू जुनसुकै अवस्थामा ‘सभापतिको उम्मेदवार रहने’ बताउँदै आएका छन् । संस्थापनइतरका नेताहरूको यस्ता अभिव्यक्तिले आपसी हार्दिकता घटेको देखिन्छ ।

    ‘२ महिनाअघिसम्म साझा उम्मेदवार खोज्ने सम्भावना बलियो थियो । अहिले हरेक नेताले आफूबाहेकलाई गाली गर्न थालेकोले चुनौती बढेको छ’, इतर समूहका एक नेताले भने । ती नेताका अनुसार आफ्नो दाबी प्रस्तुत गर्दा अर्को नेतालाई सार्वजनिकरूपमै ‘खुइल्याउने’ प्रवृत्ति देखिएको छ ।

    समय कम, समस्या धेरै

    कांग्रेस महाधिवेशनको पछिल्लो कार्यतालिकाका कारण पनि संस्थापन इतर समूहमा दवाव बढेको छ । कात्तिक २७ गते सबै जिल्लाको वडा अधिवेशन सकिनेछ । मंसिर ३ गते प्रदेशसभा क्षेत्र र मंसिर ६ गते प्रतिनिधिसभा क्षेत्रको अधिवेशन हुने भएकोले नेताहरू गृहजिल्लामा व्यस्त हुन्छन् । मंसिर १० मा जिल्ला अधिवेशन भएको हप्तादिनमै मंसिर १६ र १७ मा प्रदेश अधिवेशन हुनेछ भने त्यसको हप्तादिनमै मंसिर २४ मा महाधिवेशन हुनेछ ।

    महाधिवेशको निर्वाचन प्रयोजनका कामहरू मंसिर २१ गतेदेखि नै हुनेहुँदा नेताहरूसँग संवादका लागि कम समय छ । एकातिर समय कम छ भने अर्कोतिर नेताहरू आन्तरिक छलफलमा जुट्न सकेका छैनन् । सभापतिमा दावी गरेका नेताहरू महाधिवेशन प्रचारको शैलीमा जिल्ला दौडाहामा व्यस्त छन् । सार्वजनिक मञ्चहरूमा आफूबाहेक सबैलाई ‘बेकार’ भन्दै भाषण गर्न थालेपछि संस्थापनइतर समूहमा साझा उम्मेदवारको खोजी टर्दै गएको छ ।

    रवैया छाडेर संवाद थाल्नुपर्छ : गगन थापा

    संस्थापनइतर समूहमा एकताको आवश्यकता औल्याउँदै आएका युवा नेता गगन थापा सभापतिका प्रत्यासी नेताबीच हार्दिकता घटे झैं देखिएको स्वीकार्छन् । २ महिनाअघि महाधिवेशनमा एकताबद्ध हुने प्रण गर्दा भएका सहमति कार्यान्वयन नभएको थापाले बताए ।

    ‘हामीले सस्थापनइतर समूह एक रहन्छ भनेर तलसम्म सन्देश दिन त सक्यौं तर एकताको सूत्र खोज्न अझै सकेका छैनौ’, थापाले नेपाल प्रेससँग भने । कांग्रेसको शुद्धीकरण र सुदृढीकरणका लागि संस्थापनइतर समूहमा एकता आवश्यक रहेको बताउने थापा नेताहरूसँग अन्तिम अवसर रहेको बताउँछन् । ‘सार्वजनिक मञ्चबाट एकअर्कालाई खुइल्याउने कुराको अर्थ छैन । पार्टी सभापतिमा दाबी गर्ने नेताहरूले एकअर्काको समर्थन जुटाउन सकरात्मक पहल गर्नुपर्‍यो । समर्थन जेसुकै होस लडेरै छाड्छु भनेर भएन । नेताहरूले रवैया छाडेर संवाद थाल्नुको विकल्प छैन । हामीसँग अन्तिम समयसम्म अवसर छ’, थापाले भने ।

  • जलवायु सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा आज बेलायत जाँदै

    जलवायु सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा आज बेलायत जाँदै

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६औं सम्मेलन (कोप–२६)मा भाग लिन आज बेलायत जाँदैछन् । १२ देखि २६ कात्तिकसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने कोपमा सहभागी हुन उनी २० सदस्यीय टोली लिएर बेलायत प्रस्थान गर्न लागेका हुन् ।

    कोप–२६ मा विश्वका राष्ट्रसरकार प्रमुखको सहभागिता रहनेछ । गत असारमा प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवाको पहिलो विदेश भ्रमण हो ।

    टोलीमा वन तथा वातावरणमन्त्री रामसहाय यादव, वन तथा वातावरण सचिव पेमनारायण कँडेल, अर्थ सचिव मधुकुमार मरासिनी, ऊर्जा सचिव देवेन्द्र कार्की, गृह सचिव टेकनारायण पाण्डे, परराष्ट्र सचिव भरतराज पौड्याल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी पनि रहेका छन् ।

    प्रधानमन्त्री देउवाले नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत(नेपाल व्यापार तथा लगानी फोरमले आायोजना गरेको स्वागत कार्यक्रममा भाग लिने कार्यक्रम छ ।

    देउवाले नोभेम्बर १ मा कोप–२६ को औपचारिक उद्घाटनमा भाग लिनेछन् । नोभेम्बर १ को साँझ प्रधानमन्त्री देउवाले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले विश्वका राष्ट्ररसरकार प्रमुखहरूका लागि आयोजना गरेका रिसेप्सनमा सहभागी हुनेछन् । प्रधानमन्त्री देउवा १७ कात्तिकमा नेपाल फर्कनेछन् ।

  • देउवाले भने- ओलीजीले जथाभावी बोल्ने काम छैन, परमादेशले राष्ट्र बचाएको छ

    देउवाले भने- ओलीजीले जथाभावी बोल्ने काम छैन, परमादेशले राष्ट्र बचाएको छ

    काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले आफूलाई प्रधानमनत्री नियुक्त गर्न दिएको परमादेशले संविधान र राष्ट्र बचाएको दाबी गरेका छन् । परमादेश जारी गर्ने सबै न्यायाधीशलाई राजीनामा गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको सुझावलाई देउवाले आलोचना गरे ।

    आज एक कार्यक्रममा उनले भने, ‘ओलीजीले संसद भंग गर्‍यागरै गर्नुभयो । परमादेश जारी गरेर सर्वोच्चले राष्ट्र बचाएको छ । प्रजातन्त्र बचाएको छ । त्यसैले ओलीजीले जथाभावि बोल्ने काम छैन । उहाँले कुरा बुझ्नुपर्छ । परमादेश ल्याउने सबैलाई हटाउनुपर्छ भन्ने गैरजिम्मेवार कुरा हो ।’

    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग भइरहेको सन्दर्भमा हिजो एमाले अध्यक्ष ओलीले टिप्पणी गरेका थिए । उनले प्रधानन्यायाधीश मात्र नभएर परमादेश जारी गर्ने सबै न्यायाधीशले राजीनामा दिनु राम्रो हुने बताएका छन् ।

  • देउवा भन्छन्- हमाल हाम्रो पार्टीको मान्छे हो, बिचरा राजीनामा दिए

    देउवा भन्छन्- हमाल हाम्रो पार्टीको मान्छे हो, बिचरा राजीनामा दिए

    काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले न्यायालयका विषयमा उठेका सवालहरूबारे सत्तारुढ गठबन्धनमा छलफल गर्ने बताएका छन् । प्रधानन्यायाधीशको कोटामा मन्त्री बनाइएको भनिएका गजेन्द्रबहादुर हमाल आफ्नो पार्टीको मान्छे भएको देउवाले स्पष्ट पारे ।

    हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीले परमादेश गर्ने सबै न्यायाधीशलाई राजीनामा गर्नुपर्ने भनी दिएको अभिव्यक्तिको उनले आलोचना गरे ।
    नेपाल तरुण दलले बुधबार बालुवाटारस्थित आफ्नै सरकारी निवासमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै देउवाले अदालतमा देखिएको समस्या समाधान गर्ने काम अदालतकै भएको बताए ।

    देउवाले भने, ‘परमादेश ल्याउने सबैलाई हटाउनु पर्दछ भन्ने गैरजिम्मेवार कुरा गर्नु उचित हुँदैन जस्तो लाग्छ मलाई । अरु कुरा धेरै केही भन्नु छैन तपाईंहरूलाई । हाम्रो गठबन्धन पाँच पार्टीको जो छ, जे उठेका सवालहरू छन्- न्यायालय सम्बन्धमा । सरसल्लाह, छलफल गर्नेछौं । यसमा धेरै कुरा छैन । मैले तपाईहरुलाई भनेको भन्यै छु । हमाल हाम्रो पार्टीको मान्छे हो । विचरा, बस्न नसक्ने भएपछि राजीनामा दिए । यो कुरा सिद्धिसकेको थियो, तर कुरा उठाएका उठाएकै छन् । अदालतको बारेमा हामीले धेरै बोल्ने कुरा छैन । अदालतले जे गर्छ, त्यो अदालतको कुरा हो ।’

    प्रधानमन्त्री देउवाले परमादेशबाट संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको दाबी गर्दै त्यसको विरोध नगर्न पनि एमाले अध्यक्ष ओलीलाई सचेत गराए ।

    उनले नेपाली कांग्रेसको १४ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउने काममा केन्द्रित हुन पनि पार्टीका नेता, कार्यकतालाई आह्वान गरेका छन् ।

  • मंसिरभित्र सक्ने गरी महाधिवेशनको कार्यतालिका बनाउन देउवाको निर्देशन

    मंसिरभित्र सक्ने गरी महाधिवेशनको कार्यतालिका बनाउन देउवाको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिरभित्र सम्पन्न हुने गरी १४ औं महाधिवेशनको कार्यतालिका बनाउन पार्टीको निर्वाचन समितिलाई निर्देशन दिएका छन् ।

    मंगलबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी र निर्वाचन समितिका सदस्यहरुबीचको छलफलमा बोल्दै सभापति देउवाले निर्वाचन समितिलाई मंसिर भित्र पार्टीको महाधिवेशन गरिसक्ने गरी कार्यतालिका बनाउने सम्पूर्ण अधिकार रहेको उल्लेख गर्दै सोही अनुसारको कार्यतालिका बनाउन सचेत गराए ।

    पार्टी सभापतिले मंसिर भित्र पार्टीको महाधिवेशन सम्पन्न हुने गरी निर्वाचन कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिएको पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

    उनले भने,‘पार्टी सभापतिले स्पष्ट रुपमा निर्वाचन समितिलाई सम्पूर्ण अधिकार छ । तपाईँहरुले यो प्रक्रियालाई चाँडोभन्दा चाँडा अगाडि बढाउनुहोस् । र मंसीर भित्र महाधिवेशन गरि सक्नुपर्छ । त्यसकारण यो तलदेखि केन्द्रिय महाधिवेशन जुन छ, यो मंसीर भित्र हुनुपर्छ । र त्यही अनुरुप तपाएईहरुले कार्यतालिका लागि होमवर्क गर्नुस् भनेर सभापतिले स्पष्ट निर्देशन दिनु भएको छ ।’

    यता, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने महाधिवेशन मंसिरभित्र सम्पन्न हुने गरी औपचारिक निर्णय गराउन तत्काल पार्टी केन्द्रिय कार्य समितिको बैठक बोलाउन सभापति देउवासँग माग गरेको छ ।

    महाधिवेशनको कार्यतालिकामा हुने सानोतिनो हेरफेर र महाधिवेशनको अन्य तयारीको लागि पनि तत्काल केन्द्रिय कार्य समितिको बैठक बोलाउन आफूले माग गरेको वरिष्ठ नेता पौडेलले बताए ।

    उनले भने, ‘महाधिवेशनको कार्यतालिकामा केही सानोतिनो हेरफेर गर्नु प¥यो भने कार्य समितिले बनाएको कार्यतालिका हो । र त्यसलाई हेरफेर गर्न पनि केन्द्रिय कार्य समिति बैठक बोलाउनु पर्छ । त्यसलाई फर्मल बनाउन पनि केन्द्रिय कार्य समितिको बैठक बोलाइयोस भनेर मैले माग गरेको छु । सायद बोलाउनु होला ।’

    नेपाली काँग्रेसले १४ औं महाधिवेशन आगामी मंसिर ९ देखि १२ गतेसम्म काठमाडौंमा गर्ने तय गरिएको थियो । तर तल्लो तहको अधिवेशन गर्ने काममा ढिलाई भएपछि सभापति देउवाले मंसिर भित्र गरिसक्ने गरी निर्वाचन कार्यतालिका तय गर्न पार्टीको निर्वाचन समितिलाई निर्देशन दिएको हो ।

     

  • नयाँ कार्यतालिकाबारे पदाधिकारी र निर्वाचन समितिसँग देउवाले थाले छलफल

    नयाँ कार्यतालिकाबारे पदाधिकारी र निर्वाचन समितिसँग देउवाले थाले छलफल

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन कार्यतालिका सुचारु गर्न छलफल थालेका छन् ।

    प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले प्रभावित बनेको १४ औं महाधिवेशनको कार्यतालिका सुचारु गर्न पदाधिकारी र निर्वाचन समितिसँग छलफल थालेका हुन् ।

    सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र निर्वाचन समितिका पदाधिकारीहरू छलफलमा जुटेका छन् ।

    जारी बैठकमा महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल भइरहेको बैठकमा सहभागि एक नेताले जानकारी दिए ।

  • महाधिवेशन हुन नदिने चलखेलमा देउवा नै लागेको सिंहको आरोप (भिडिओ)

    महाधिवेशन हुन नदिने चलखेलमा देउवा नै लागेको सिंहको आरोप (भिडिओ)

    जनकपुरधाम । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा नै समयमा महाधिवेशन हुन नदिने चलखेलमा लागेको आरोप लगाएका छन् ।

    आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो आरोप लगाए । उनले भने, ‘महाधिवेशन तोकिएको समयमा हुनुपर्छ । के गाह्रो छ ? निर्वाचन समिति त तयार छ । पार्टी सभापति ज्युले समितिमाथि समिति गठन गरेर बेकारमा आलटाल गरिरहनु भएको छ ।’

    लामो समयदेखि एउटै व्यक्तिले नेतृत्व गर्दा पार्टीमा बेतिथि देखिएको भन्दै नेता सिंहले समयमै महाधिवेशन हुनुपर्नेमा जोड दिए । क्रियाशिल सदस्यता वितरणमा समेत धांधलीको आरोप लगाउदै उनले पार्टी नेतृत्वको आलोचना गरे ।

    उनले उहिलेदेखि पार्टीको नेतृत्व गरिरहेको वर्गलाई तोड्न सबैले वुद्धि पुर्‍याउनुपर्ने बताए । पार्टीमा देखिएको बेतिथि हटाउन नयाँ पुस्ता एकजुट हुनुपर्ने भन्दै पार्टीमा पुस्तान्तरणका लागि सभापति पदमा उम्मेदवारी दिने बताए ।

    १४ औं महाधिवेशनमा नयाँ अनुहारलाई मौका दिनुपर्ने नेता सिंहको भनाइ छ । उनले भने, ‘नयाँ अनुहारलाई अवसर दिनुपर्छ भनेर मैले अभियान नै चलाएको छु । यो अभियानलाई साथीहरूले सघाइराख्नु भएको छ । १४ औं महाधिवेशनले नेतृत्व फेरिन्छ भन्ने विश्वास छ ।’

  • सुदूरपश्चिम पुगेर देउवाले भने- एमसीसीमा संशोधन गर्नुपर्ने केही छैन

    सुदूरपश्चिम पुगेर देउवाले भने- एमसीसीमा संशोधन गर्नुपर्ने केही छैन

    कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुनुपर्ने अडान दोहोर्‍याएका छन् । बेमौसमी वर्षाका कारण बाढी र पहिरोले पुर्‍याएको क्षति अवलोकन गर्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा एमसीसी अनुदानमा आधारित परियोजना भएको र नेपालको कानून मातहत हुने भएकाले कुनै संशय गर्नु नपर्ने बताए ।

    ‘एमसीसी पास हुन्छ । यसमा संशोधन गर्नुपर्ने कुरै केही छैन । एमसीसीको बारेमा झूठा प्रचार गरिएको छ,’ देउवाले भने, ‘विश्व बैंक र एसियाली विकास बैंकले दिने ऋण सहयोगमा नेपालको कानूनभन्दा अन्तर्राष्ट्रिय कानून लागू हुन्छ । एमसीसी त अनुदान हो । उनीहरुले नै यसमा नेपालकै कानून लागू हुने बताएका छन् ।’

    अनुदानको कार्यक्रममा धेरै होहल्ला गरेकोमा देउवाको असन्तुष्टि थियो ।

    ‘नेपालमा एउटा यस्तो तत्व छ जसले सित्तैमा दिन्छु भन्दा पनि चाहिँदैन भन्छ यार,’ देउवाले भने ।

    प्रधानमन्त्रीले पछिल्लो वर्षापछिको बाढी र पहिरोले पूर्व र पश्चिम क्षेत्रमा धेरै ठूलो क्षति पुर्‍याएकोमा अल्पकालीन र दीर्घकालीन रहत र पुनर्निर्माणको योजनाहरु ल्याउने आश्वासन दिएका छन् । ‘सुदूरपश्चिममा ठूलो संख्यामा मानवीय क्षति भएको छ । पूर्वाधारहरु क्षतविक्षत छन् । बाटो छैन, विजुली छैन । किसानको धानबालीमा ठूलो क्षति भएको छ,’ पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले थपे, ‘पूर्वमा पनि यस्तै क्षति भएको छ । म त्यहाँ पनि जाँदैछु । अहिले उद्धार र राहतको काम भइरहेको छ । दीर्घकालीन योजना बनाएर काम गर्नुपर्नेछ ।’

    नेपाली कांग्रेसको आसन्न महाधिवेशन निर्धारित समयमै हुन्छ त ? भन्ने प्रश्नमा पार्टी सभापतिसमेत रहेका देउवाले निर्वाचन समितिलाई सबै जिम्मेबारी दिइएको भन्दै पन्छिए ।

    ‘निर्वाचन आयोग भनेजस्तै हाम्रो पार्टीभित्र पनि निर्वाचन समिति छ । त्यो स्वायत्त समिति हो । उहाँहरुको निर्णय सबैले मान्ने हो । उहाँहरुले निर्धारित मितिमै गर्नुभयो भने हुन्छ । सार्ने निर्णय गर्नुभयो भने सर्छ,’ उनले भने ।

    साथै अर्ली इलेक्सन को सम्भावनाबारे सोधिएको जिज्ञासामा प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन, गठबन्धनले जे भन्छ, त्यही हुन्छ ।’

    बाढी र पहिरोको क्षति अवलोकन गर्न प्रधानमन्त्री विहीबार सुदूरपश्चिम पुगेका हुन् ।

  • बाढी पहिरोको क्षति अवलोकन गर्न प्रधानमन्त्री आज सुदूरपश्चिम जाँदै

    बाढी पहिरोको क्षति अवलोकन गर्न प्रधानमन्त्री आज सुदूरपश्चिम जाँदै

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अविरल वर्षापछि आएको बाढी र पहिरोका पीडितलाई भेट्न आज गृहप्रदेश सुदूरपश्चिम जाँदैछन् । उनीसँगै पर्यटनमन्त्री प्रेम आले पनि हुनेछन् ।

    प्रधानमन्त्री देउवा डडेलधुरा र पर्यटनमन्त्री आले डोटीका जनप्रतिनिधिसमेत हुन् ।

    आज विहान नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत हुँदै डोटीको दिपायल पुग्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्रीको टोलीले बझाङको थालारा र चैनपुर, बैतडीको ढुंगाड, डडेल्धुरा सदरमुकाम पुग्नेछन् ।

    त्यस्तै जोगबुढा, महेन्द्रनगर, दोधारा चाँदनी लगायतका स्थानमा पुगेर बाढी पहिरोको क्षति अवलोकन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जानकारी दिएको छ ।

    प्रधानमन्त्रीको टोली शुक्रबारमात्र काठमाडौं फर्किनेछ ।

    बेमाैसमी वर्षापछिकाे बाढी र पहिराेमा परि सुदूरपश्चिम प्रदेश र प्रदेश १ मा धेरै क्षति पुगेकाे छ । आइतबारदेखि बुधबारसम्म देशभर वर्षा भएकाे थियाे । बाढी र पहिराेले सुदूरपश्चिम प्रदेशमा २० जनाकाे मृत्यु भएकाे छ भने सयाैं परिवार विस्थापित भएका छन् ।

     

  • प्रधानमन्त्रीले सय दिनसम्म आफ्नै सचिवालय किन बनाउन सकेनन् ?

    प्रधानमन्त्रीले सय दिनसम्म आफ्नै सचिवालय किन बनाउन सकेनन् ?

    काठमाडौं । सरकार गठनको १ सय दिन पुगे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो निजी सचिवालयसमेत गठन गर्न सकेका छैनन् ।

    सत्तारुढ गठबन्धनभित्र भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमै ८८ दिन लगाएका प्रधानमन्त्री देउवाले आफ्नै तजबिजमा गठन हुने निजी सचिवालयसमेत गर्न नसक्नुलाई ‘बालुवाटारको असफलता’ का रूपमा लिइएको छ ।

    प्रधानमन्त्री देउवाले आफ्ना सदाबहार सहयोगी भतिज भानु देउवालाई प्रमुख स्वकीय सचिवमा नियुक्त गरेका छन् । त्यसबाहेक प्रधानमन्त्रीसँग नियमित रहने प्रमुख राजनीतिक सल्लाहकार, आर्थिक सल्लाहकार, परराष्ट्र सल्लाहकार, प्रेस सल्लाहकार, जनसम्पर्क सल्लाहकारजस्ता पदमा कसैलाई जिम्मेवारी दिइएको छैन ।

    प्रधानमन्त्री कार्यालयले सरकारी सञ्चारमाध्यममार्फत १ सय दिनका २४ उपलब्धी सार्वजनिक गराएको छ । सरकारले उपलब्धीका जतिसुकै सूची बनाएपनि आफ्नै सचिवालय गठन गर्न नसक्नु प्रधानमन्त्रीको असफलता नै हो ।

    मन्त्रिपरिषद्लाई पूर्णता दिन आफ्नै दलभित्र र सत्तारुढ दलहरूसँगको समन्वय मिलाउन प्रधानमन्त्रीलाई सकस पर्नु स्वभाविक थियो तर, व्यक्तिगत निर्णयमा गठन हुने सचिवालयसम्म बनाउन नसक्ने प्रधानमन्त्रीका रूपमा देउवा देखिएका छन् ।

    आकांक्षी मिलाउन सकस

    प्रधानमन्त्री देउवाले सचिवालय नै गठन गर्न नसक्नुको पहिलो कारण आकांक्षीहरू धेरै हुनु हो । प्रधानमन्त्रीको सचिवालयमा रहने पदका लागि आकांक्षा राख्नेहरू धेरै भएपछि निर्णय लिन प्रधानमन्त्रीले ढिलाइ गरेका हुन् । परराष्ट्र सल्लाहकारका लागि डा. दिनेश भट्टराई र गेजा शर्मा वाग्लेको नाम चर्चामा छ ।

    प्रेस सल्लाहकारका लागि प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, पूर्वअध्यक्ष समीरजंग शाह र गोविन्द परियार रेसमा रहेका छन् । परियार देउवा अघिल्लोपटक प्रधानमन्त्री छँदा प्रेस संयोजक थिए । प्रमुख राजनीतिक सल्लाहकारका रूपमा देउवानिकट कांग्रेस नेताहरूको नाम चर्चामा भएपनि देउवा स्वयं राजनीतिक सल्लाहकार नियुक्त नगर्ने पक्षमा छन् । प्रधानमन्त्रीको सल्लाहकार समूहबाहेक सचिवालयमा रहने अन्य कर्मचारीको नियुक्ति प्रक्रिया पनि रोकिएको छ ।

    बालुवाटारमा शक्ति संघर्ष

    प्रधानमन्त्रीको सचिवालय गठनमा भएको ढिलाइको दोस्रो कारण बालुवाटारभित्रको शक्ति संघर्ष पनि हो । सचिवालयमा दावी गर्नेमध्ये कोही देउवाका राजनीतिक सहयोगी छन् भने कोही प्रधानमन्त्री पत्नी आरजु राणाका विश्वासपात्र छन् । प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव बन्नेमै देउवाका दुई भतिज प्रकाश देउवा र भानु देउवा प्रतिस्पर्धामा थिए ।

    आरजुको रोजाइमा प्रकाश रहे पनि देउवाले लामो समयदेखि साथ दिएका भानुलाई सो जिम्मेवारी दिए । सल्लाहकार समूहका अन्य पदका आकांक्षीहरू बालुवाटार रिझाउन सक्रिय छन् । ‘बालुवाटारको नियुक्ति धेरैले आश गरेका छन् । तर, कसले कसलाई रिझाएर पाउने निश्चित छैन’, प्रधानमन्त्रीनिकट एक नेताले भने । प्रधानमन्त्री देउवाले राजनीतिक विषयमा महामन्त्री पूर्णबहादुर खड्का र सहमहामन्त्री डा. प्रकाशशरण महतसँग बढी सल्लाह लिने गरेका छन् ।

    सचिवालय नबन्नु निराशाजनक

    प्रधानमन्त्री कार्यालयले सरकारी सञ्चारमाध्यममार्फत १ सय दिनका २४ उपलब्धी सार्वजनिक गराएको छ । सरकारले उपलब्धीका जतिसुकै सूची बनाएपनि आफ्नै सचिवालय गठन गर्न नसक्नु प्रधानमन्त्रीको असफलता नै हो ।

    वरिष्ठ पत्रकार एवं फ्रिडम फोरमका कार्यकारी निर्देशक तारानाथ दाहाल प्रधानमन्त्री देउवालाई चुस्त सचिवालयको आवश्यक रहेको बताउँछन् ।

    संसदीय शासन प्रणाली भएकोले प्रधानमन्त्री पद व्यक्तिमात्रै नभएर मुलुककै कार्यकारी संस्था हो । मुलुकका हरेक स-साना विषयसँग सरोकार राख्नुपर्ने भएकोले प्रधानमन्त्रीका लागि सचिवालयको प्रबन्ध गरिएको हो ।

    सल्लाहकार समूहमार्फत प्रधानमन्त्रीले कुनैपनि विषयमा धारणा निर्माण गर्ने, आवश्यक निर्देशन दिनेदेखि सरकारको प्राथमिकता तय गर्नेसम्मका काम गर्नुपर्छ । त्यस्तै निजी सचिवालयमार्फत प्रधानमन्त्रीको गतिविधि चुस्त र व्यवस्थित हुन्छन् ।

    वरिष्ठ पत्रकार एवं फ्रिडम फोरमका कार्यकारी निर्देशक तारानाथ दाहाल प्रधानमन्त्री देउवालाई चुस्त सचिवालयको आवश्यक रहेको बताउँछन् । ‘प्रधानमन्त्रीजीले योग्य र अनुभवी व्यक्तिहरू समेटेर चुस्त टिम बनाउनुपर्ने हो । त्यस्तो टिमले प्रधानमन्त्रीको पर्फमेन्स राम्रो बनाउन योगदान गर्छ । १ सय दिनसम्म सचिवालय नबन्ने कुराले सबैभन्दा घाटा प्रधानमन्त्रीलाई नै भएको छ’, दाहालले नेपाल प्रेससँग भने ।

    प्रधानमन्त्रीले सरकार र गठबन्धन टिकाउनमात्रै १ सय दिन लगाएको भन्दै दाहालले अब ‘डेलिभरी’ दिनुको विकल्प नरहेको बताए । ‘सरकार टिक्नुमात्रै प्रधानमन्त्रीको सफलता होइन । डेलिभरी दिन सक्नुपर्छ । यतिन्जेल गठबन्धनमा अल्मलिनुभयो होला अब ढिलो नगरी प्रभावकारी टिम बनाएर उहाँले काम देखाउनुपर्छ’, दाहालको भनाइ छ ।

    सचिवालय नहुँदा के फरक पर्छ ?

    प्रधानमन्त्रीको निजी सचिवालयले दैनिक कार्यतालिका तयार पार्ने, भ्रमण कार्यसूची, समय व्यवस्थापन र सुरक्षा व्यवस्थापनको काम गर्छ । प्रधानमन्त्री कार्यालयको वेबसाइटमा राखेका उल्लेखित कामहरू सचिवालय गठन नहुँदा प्रभावित हुन्छन् ।

    – प्रधानमन्त्रीसँग मन्त्री, पदाधिकारी, कूटनीतिज्ञ तथा विभिन्‍न व्यक्तिहरूको सम्पर्क तथा भेटघाटको प्रबन्ध मिलाउने र सोको अभिलेख व्यवस्थापन गर्ने ।

    – सल्लाहकारसँगको समन्वयमा प्रधानमन्त्रीको दैनिक कार्यतालिका तयार गर्ने ।

    – प्रधानमन्त्रीको भ्रमण कार्यक्रम, कार्यसूची तथा समय व्यवस्थापन र सुरक्षासम्बन्धी समन्वय गर्ने ।

    – प्रधानमन्त्रीबाट निर्देशन भएका राष्ट्रिय महत्वको विषयमा श्रव्य दृष्य कार्यक्रम उत्पादन र प्रसारणसम्बन्धी कार्यमा समन्वय गर्ने ।

    – प्रधानमन्त्रीसमक्ष प्राप्त हुने गुनासो, सुझाव तथा अन्य जनसम्पर्कसम्बन्धी व्यवस्थापकीय कार्य गर्ने ।

    – प्रधानमन्त्रीसमक्ष पेस गर्नुपर्ने निवेदन, प्रतिवेदन, ज्ञापनपत्र, फाइल लगायतका कागजातहरू पेस गर्ने र सोको अभिलेख राख्‍ने ।

    – प्रधानमन्त्रीबाट भएको निर्णय तथा निर्देशन कार्यान्वयनको लागि सम्बन्धित महाशाखामार्फत मन्त्रालयहरूमा पठाउने ।

    – प्रधानमन्त्रीको तर्फबाट हुने निर्देशन, सन्देश, शुभकामना तथा वक्तव्यको मस्यौदासम्बन्धी कार्य गर्ने ।

    – प्रधानमन्त्रीको अध्यक्षता वा संयोजकत्वमा हुने विभिन्‍न बैठकको समन्वय र सहजीकरण गर्ने ।

    – नेपाल सरकारका मन्त्रीहरूको आन्तरिक भ्रमणसम्बन्धी कार्यको सहजीकरण गर्ने ।

    – प्रधानमन्त्रीको निजी सचिवालयको पत्राचार, अभिलेख व्यवस्थापन तथा अन्य प्रशासनिक कार्य गर्ने ।

  • देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

    देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

    अविरल वर्षाका कारणले सुदूरपश्चिमसहित देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानका कारण उत्पन्न समस्या समाधानबारे निर्णय लिन मन्त्रिपरिषद् बैठक बोलाइएको बताइएको छ ।

    सरकारको १ सय दिन आज पूरा भएकोले अन्य थप निर्णय पनि हुनसक्ने बालुवाटार स्रोतले जानकारी दिए ।

  • सरकारका सय दिन : महामारी नियन्त्रणदेखि आर्थिक विकासका प्रयाससम्म

    सरकारका सय दिन : महामारी नियन्त्रणदेखि आर्थिक विकासका प्रयाससम्म

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको आज १०० दिन पुगेको छ । यस अवधिमा पूर्ववर्ती सरकारले छाडेर गएको अन्यौलग्रस्त विसङ्गती र अस्थिरताबाट मुलुकलाई मुक्ति दिलाउने गहन जिम्मेवारीका साथ वर्तमान सरकारले मुख्य गरी विकास, शान्ति र सुव्यवस्था तथा सुशासन कायम गरी अघि बढ्नका लागि आधारशीला खडा गरेको महसुश भएको छ ।

    यो अवधिमा सरकारले गरेका धेरै कार्यमध्ये कोभिड-१९ को रोकथाम तथा नियन्त्रण उल्लेखनीय देखिएको छ । देउवा सरकारले आफ्नो प्रमुख प्राथमिकतामा राखेर कोरोनाको रोकथाम, नियन्त्रण र उपचार गरेपछि अहिले कोरोना संक्रमण लगभग नियन्त्रणको चरणमा पुगेको छ । पछिल्लो तथ्याङ्कले कोरोना नियन्त्रण उन्मुख भएको पुष्टिसमेत गरेको छ । एकैदिन तीन लाख मात्रासम्म खोप लगाउन सक्नुलाई पनि सफलताको मापन मान्न सकिन्छ ।

    प्रतिनिधिसभामा विश्वासको मत पाएलगत्तै प्रधानमन्त्री देउवाले नेपाली नागरिकलाई कोभिड-१९ को प्रकोपबाट जोगाउने सरकारको पहिलो प्राथमिकता हुने उद्घोष गरेका थिए । सरकारले आगामी चैतसम्म खोप लगाउन योग्य सबै नेपाली नागरिकलाई खोप दिइसक्ने प्रतिबद्धतासमेत जनाएको छ । सरकारले १८ वर्षमुनिका बालबालिकालाई समेत खोप दिइने सुनिश्चितता गरेको छ ।

    छोटो अवधिमै वर्तमान सरकारले सफल खोप कूटनीतिमार्फत एक करोड ५० लाख खोप व्यवस्थापन गर्नुका साथै लक्षित नागरिकमध्ये ३२ दशमलव ६ प्रतिशतलाई पूर्ण खोप लगाउन सफल भएको छ । सरकारले सन्तुलित ‘नेपाल पहिला’ परराष्ट्र नीति, लगानीमैत्री वातावरणको सिर्जना, निजी क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक स्थिरता कायम, कोभिडको मारमा परेका उद्योगी-व्यवसायीलाई राहत प्याकेज, प्रभावकारी रुपमा कोभिड-१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापनलगायत महत्वपूर्ण काम गरेको छ ।

    यसैगरी चुस्त सुरक्षा व्यवस्था, प्रभावकारी रुपमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि, स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्ने कार्यविधि तथा कोष तयार, विद्युतीय लाइन विस्तार तथा विद्युत्को पहुँचमा वृद्धि, सडक तथा यातायातको पहुँच विस्तार, देशभर निःशुल्क कानूनी सहायता प्रदान गर्ने कानूनी मस्यौदा तयारलगायतका कार्यमा पनि सन्तोषजनक काम भएका छन् ।

    वर्तमान सरकार गठन भएको छोटो समयमै सबै स्थानीय तहलाई इन्टरनेट सञ्जालमा जोडिएको, विद्युतीय माध्यमबाटै कर विवरण हेर्न तथा भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको, सरकारी कागजातको ‘डिजिटल अर्काइभिङ’ सुरु गरिएको, दुर्गम क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि ‘डिस्टेन्स लर्निङ’को प्रक्रिया सुरु गरिएको छ ।

    यस्तै क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक रु पाँच हजार भत्ता दिने निर्णय, अतिविपन्न गरिब घर परिवारलाई प्रतिघर परिवार रु दश हजारका दरले राहत दिने घोषणा, युवा विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै’ कार्यक्रम र नारी समुदाय लक्षित ‘महिला पहिला’ कार्यक्रम घोषणा, साफ च्याम्पियनसिपमा उपविजेता बन्न सफल राष्ट्रिय फुटबल टिमका खेलाडीलाई प्रोत्साहनस्वरुप जनही रु पाँच लाख दिने घोषणालाई पनि वर्तमान सरकारका सकारात्मक कदमका रुपमा लिन सकिन्छ ।

    कोरोनाको खोपसँगै अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई तुरुन्त जोखिम भत्ता उपलब्ध गराउने कदमलाई पनि सकारात्मक रुपमा लिन सकिन्छ । यो निर्णयले मुलुकभरका स्वास्थ्यकर्मीको मनोबल उच्च गराउने काम गरेको छ । कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनःरुत्थान गर्न सरकारले साझा न्यूनतम कार्यक्रममार्फत विशेष प्याकेज पनि सार्वजनिक गरिसकेको छ ।

    सरकारले सीमित स्रोत, साधन र जनशक्तिले बाढी, पहिरो तथा डुबानमा परेका जनताको उद्धार, राहत तथा पुनः निर्माणमा गरेको काम, जनताको समृद्धिका लागि सरकारको साझा न्यूनतम कार्यक्रममार्फत अघि बढाएका कार्यक्रम र योजनाको कार्यान्वयन चरण, राष्ट्रिय हितमा आधारित परराष्ट्र नीति महत्वपूर्ण कार्यक्रम हुन् ।

    हाम्राभन्दा पनि योग्य र राम्रा मान्छे छानेर महत्वपूर्ण निकायमा नियुक्ति प्रक्रियाको थालनी भएको छ । सरकार गठनको प्रारम्भमै भएका त्यस्ता निर्णयले विकास एवं सुशासनका लागि जनमानसमा सकारात्मक सन्देश गएको छ ।

    आन्दोलनमा घाइते भई यथोचित उपचार नपाएकाको उपचार व्यवस्था, अङ्गभङ्ग भएकालाई क्षतिपूर्ति र परिवारका एक जनालाई रोजगारीको व्यवस्था गर्ने योजना अघि बढेको छ । सङ्कटग्रस्त उद्योग, पर्यटन व्यवसाय, सञ्चार, यातायात जस्ता क्षेत्र र श्रमजीवी, विपन्न, बेरोजगार आदिको उत्थानका लागि विशेष आर्थिक प्याकेजको व्यवस्था गर्ने कार्यक्रमले कोभिड सङ्कटले थला परेका बेला अर्थतन्त्रले सन्तोषको सास फेर्ने वातावरण सिर्जना भएको छ । कोरोनाबाट प्रभावित पेसा/व्यवसाय र सर्वसाधारणका लागि कार्यक्रमअनुसार बजेट विनियोजन भइसकेको छ ।

    युवा विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै’ कार्यक्रम र नारी समुदाय लक्षित ‘महिला पहिला’ कार्यक्रमसमेत घोषणा भएको छ । यो कार्यान्वयनमा आएपछि विद्यार्थी र महिलाका लागि उद्यमशीलताको ढोका खुल्ने मात्र होइन सँग–सँगै आत्मनिर्भरता पनि वृद्धि गर्नेछ । यसरी नै अफगानिस्तानमा तालिवानको पुनरोदयपछि सङ्कटमा परेका आफ्ना नागरिकलाई समयमै सकुशल उद्धार गर्न सरकार सफल भएको छ ।

    खासगरी विकास निर्माण र मुलुक समृद्धिको आधार तय गर्नुका साथै पूर्ववर्ती सरकारका गतिविधिले सङ्कटमा परेको संविधान, संसद् र लोकतन्त्रलाई सही ट्रयाकमा ल्याउनु नै यस सरकारको प्रमुख उपलब्धिका रुपमा लिन सकिन्छ ।

    वर्तमान सरकारले आर्थिक कूटनीतिका माध्यमबाट नेपालमा खोप भित्र्याएको मात्र नभएर वैदेशिक लगानीका लागि पनि लगानीमैत्री वातावरण निर्माणको नीति लिएको छ । उता सन्तुलित र सफल परराष्ट्र नीतिका लागि सरकार अग्रसर भएको छ । जस्तो कि अघिल्लो सरकारका समयमा सहज बन्न नसकेको देखिएको नेपाल भारत सम्बन्धमा सुधारका प्रयास सरकारले थालेको छ । यसका लागि भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख विजय चौथाइवालेको नेपाल भ्रमण होस् या भारतीय सत्तारुढ दल भाजपाको निमन्त्रणामा हालै नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतको नेतृत्वको नेपाली कांग्रेसको टोलीले भारतको भ्रमण गरेको विषयलाई पनि लिन सकिन्छ ।

     

    परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच मङ्गलबार मात्र द्विपक्षीय फोनवार्ता भएको छ । त्यस क्रममा नेपाल चीन सम्बन्धका धेरै आयामका साथै व्यापार र अन्य साझेदारीका विषयमा पनि कुराकानी भएको छ । यसलगत्तै हिजो नै चीनले नेपाललाई अनुदानस्वरुप कोरोनाविरुद्धको २० लाख डोज खोप दिने प्रतिबद्धता सार्वजनिक गरेको छ । यसरी नेपाल सरकारले भारत र चीनसँग असल छिमेकी सम्बन्धका रुपमा अघि बढ्ने नीति अख्तियार गरेको छ ।

     

  • प्रधानमन्त्री देउवाले नै सम्हाले उद्योगमन्त्रालय

    प्रधानमन्त्री देउवाले नै सम्हाले उद्योगमन्त्रालय

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी वहन गर्ने भएका छन् । विवादका कारण मन्त्री गजेन्द्र हमालले दिएको राजीनामा स्वीकृत गरेका प्रधानमन्त्री देउवाले तत्कालका लागि सो मन्त्रालय आफैंसँग राखेका हुन् ।

    प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम हमालले राजीनामा दिएकाले सो मन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हाल्ने गरी तोकेकी छिन् ।

  • राष्ट्रपतिलाई भेटेर फर्किए प्रधानमन्त्री देउवा

    राष्ट्रपतिलाई भेटेर फर्किए प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्या भण्डारीलाई भेटेर फर्किएका छन्। मन्त्रिपरिषद् विस्तारको चर्चा चलिरहेका बेला देउवा राष्ट्रपतिलाई भेट्न शुक्रबार बिहान शीतलनिवास पुगेका थिए।

    राष्ट्रपति कार्यालय स्रोतका अनुसार देउवाले आज सपथ हुन सक्नेबारे राष्ट्रपतिसँग सामान्य चर्चा गरे पनि मन्त्रीहरुको नियुक्तिको सूची बुझाइएको छैन ।

    सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादीले आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नामावली टुंग्याइसकेको भए पनि नेपाली कांग्रेस र जसपामा निर्णय हुन नसकेकाले सपथको समय अझै निश्चित भइसकेको छैन।

    हिजो बसेको गठबन्धनको बैठकमा आज मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको थियो ।

  • देउवाकै गढमा सभापति जितेपछि रामचन्द्र उत्साहित

    देउवाकै गढमा सभापति जितेपछि रामचन्द्र उत्साहित

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आसन्न रहँदा वरिष्ठ नेता रामचन्द्र पौडेल उत्साहित देखिएका छन् । सभापति शेरबहादुर देउवाको आधार क्षेत्र मानिने सुदूरपश्चिमको बाजुरामा आफूनिकट रामसिंह रावल सभापतिमा विजयी भएपछि पौडेलले ‘सुदूरपश्चिममा पनि परिवर्तन सम्भव छ’भन्दै ट्वीट गरेका हुन् ।

    पौडेलले सभापति देउवा आफ्नै गृहजिल्ला डडेल्धुरामा निर्विवाद नरहेको तर्फ संकेत समेत गरेका छन् । ‘परिवर्तन सम्भव छ, सुदूरपश्चिममा पनि परिवर्तन सम्भव छ । बाजुरामा रामसिंह रावलको विजयले संकेत गरिसक्यो । डडेल्धुराले सन्देश दिइसक्यो’, पौडेलले लेखेका छन् ।

    बाजुरामा देउवा पक्षका उम्मेदवार कविराज पण्डितलाई पौडेल पक्षका रामसिंह रावलले पराजित गरेका छन् ।