Tag: वित्त प्रेस

  • घरजग्गा कारोबारबाट दुई अर्ब ७५ करोड राजस्व सङ्कलन

    घरजग्गा कारोबारबाट दुई अर्ब ७५ करोड राजस्व सङ्कलन

    काठमाडौं । गत असोजमा देशभरका मालपोत कार्यालयले कूल दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार नौ सय २७ बराबरको राजस्व सङ्कलन गरेका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका दुई दर्जनभन्दा बढी मालपोत कार्यालयमा आगजनी र क्षति पुगेको थियो ।

    चाडवाड र आन्दोलनका कारण कार्यालय सञ्चालनमा कठिनाइ भएका कारण राजस्व सङ्कलन सामान्य रहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

    विभागका अनुसार गत असोजमा सेवा कर २१ करोड ३० लाख ७५ हजार दुई सय ६०, रजिष्ट्रेशन शुल्क रु एक अर्ब ४४ करोड १६ लाख ८७ हजार सात सय ५५ संकलन भएको छ । यस्तै, पुँजीगत लाभकर  एक अर्ब छ करोड १९ लाख ३५ हजार पाँच सय ३७ सङ्कलन भएको छ ।

    विभागका अनुसार मालपोत कार्यालय चाबहिल काठमाडौंले २७ करोड ४२ लाख ९६ हजार दुई सय १०, आगलागी र तोडफोडमा परेको कलङ्की मालपोत कार्यालयले रु ४१ लाख ५० हजार तीन सय ७१ बराबरको राजस्व सङ्कलन गरेको छ ।

    यसैगरी मालपोत कार्यालय बुटवलले पाँच करोड तीन लाख ५६ हजार छ सय ३९, मालपोत कार्यालय दमक झापाले दुई करोड ८६ लाख ४१ हजार तीन सय ९०, मालपोत कार्यालय मनमैजु काठमाडौंले चार करोड ७७ लाख २३ हजार तीन सय ६१ बराबरको राजस्व सङ्कलन गरेको विभागले जनाएको छ ।

    गत असोजमा २३ हजार तीन सय ५३ वटा लिखत पारित भएको छ । यस्तै, दुई हजार चार सय ४२ वटा नामसारी, रोक्का २३ हजार नौ सय १४, फुकुवा १७ हजार नौ सय ३० भएको छ । विभागका अनुसार सो महिनामा कूल ७९ हजार सात सय ३९ वटा घरजग्गासँग जोडिएका कारोबार भएका छन् ।

  • चालू आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९ प्रतिशत

    चालू आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९ प्रतिशत

    बागमती । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब ६ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ ।

    प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को साउनदेखि असोजसम्ममा तीन महिनामा कुल बजेटको छ दशमलव १९ प्रतिशत अर्थात् रु चार अर्ब १७ करोड ९१ लाख २६ हजार बजेट खर्च भएको छ ।

    चालु आवका लागि प्रदेश सरकारले रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट ल्याएकामा साउनदेखि असोजसम्ममा रु चार अर्ब १७ करोड ९१ लाख २६ हजार बजेट खर्च भएको उनले बताए । बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उनको भनाइ छ ।

    विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश लोकसेवा आयोगले १९ दशमलव ५५ प्रतिशत, प्रदेशसभा सचिवालयले १७ दशमलव १९ प्रतिशत र मुख्य न्यायाधिवक्ताको कार्यालयले १५ दशमलव ३१ प्रतिशत बजेट खर्च गरेको छभने सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले शून्य दशमलव ८० प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।

    गत भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनीका कारण प्रदेश सरकारका संरचना क्षतिग्रस्त भएको, प्रदेश सरकारका निकायले राम्ररी काम गर्न नसकेको र बजेट कार्यान्वय हुन नसक्दा प्रदेश सरकारको खर्च कम देखिएको सूचना अधिकारी पौडेलले बताए ।

  • आन्तरिक रावश्व कार्यालय भद्रपुरले तीनमहिनामा गर्‍यो ७५ करोड राजश्व सङ्कलन

    आन्तरिक रावश्व कार्यालय भद्रपुरले तीनमहिनामा गर्‍यो ७५ करोड राजश्व सङ्कलन

    झापा । आन्तरिक रावश्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२ र ०८३ को पहिलो तीन महिनामा रु ७५ करोड २७ लाख ४४ हजार राजश्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १६ दशमलव ९० प्रतिशत हो ।

    अन्तरिक राजश्व कार्यालयको चालु आवमा ४ अर्व ४५ करोड ५० लाख राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको प्रमुख कर अधिकृत गोपालबहादुर थापाले जानकारी दिए।

    उनले भने, “चालु आवको पहिलो त्रैमासिकमा ८७ करोड १० लाख २८ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ८६ दशमलव ४२ प्रतिशत राजश्व सङ्कलन भयो ।”

    आन्तरिक राजश्व कार्यालय भद्रपुरले चालु आवको तीन महिनामा आयकरबाट २७ करोड २६ लाख ७५ हजार, मुल्य अभिबृद्धि करबाफत ३१ करोड नौ लाख २४ हजार अन्तःशुल्क बाफत १८ करोड ६९ लाख ५२ हजार रुपायाँ राजश्व सङ्कलन गरेको छ । गत आव २०८१/०८२ को पहिलो त्रैमासिकमा ६९ करोड २८ लाख ५७ हजार रुपयाँ राजश्व सङ्कलन भएको प्रमुख कर अधिकृत थापाले जानकारी दिए ।

    कार्यालयले राजश्व सङकलनको लक्ष्य हासिल गर्न अहिलेको उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै करदातालाई अत्याधिक दबाब नहुने गरी निरन्तर बजार अनुगमन र निगरानी गर्नुका साथै लाभग्रही केन्द्रीत व्यावाहारिक कर शिक्षा प्रदान गरिने प्रमुख कर अधिकृत थापाले बताए।

  • सुम्निमा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल नियुक्त

    सुम्निमा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल नियुक्त

    काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक शेयर निष्काशनका लागि संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्न सम्झौता भएको हो ।

    सुम्निमा हाइड्रोपावर कम्पनीले जारी पुँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको हो ।

    सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था माछापुच्छ्रे क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी सुम्निमा हाइड्रोपावर कम्पनीको तर्फबाट अध्यक्ष आषिश सुवेदीद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरेका हो ।

    सुम्निमा हाइड्रोपावर कम्पनीले भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका भएर बग्ने पिखुवा खोलाको पानीको बहाव सदुपयोग गरी ४.९ मे.वा. क्षमताको माथिल्लो पिखुवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

     

  • ‘एलिका’ को डबल धमाका: सुलभ मूल्यमा चिम्नी, साथमा इलेक्ट्रिक केटल उपहार (भिडिओ)

    ‘एलिका’ को डबल धमाका: सुलभ मूल्यमा चिम्नी, साथमा इलेक्ट्रिक केटल उपहार (भिडिओ)

    काठमाडौं चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले विगत १० वर्षदेखि इटालियन ब्रान्ड एलिकाका सामग्री नेपालमा बिक्री–वितरण गर्दै आइरहेको छ। नयाँ फिचर्स र टेक्नोलोजीलाई आत्मसात् गरेका एलिकाका ब्रान्डेड उत्पादनहरू अन्य ब्रान्डको तुलनामा ग्राहक अनुकूल मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

    एलिका एक इटालियन ब्रान्ड हो, जुन कुकिङ एप्लायन्सेसका लागि विश्वभर नम्बर एक ब्रान्डका रूपमा परिचित छ। सिजी इलेक्ट्रोनिक्सले यी उत्पादनहरू नेपालमा आयात गरी विभिन्न शहरहरूमा बिक्री गर्दै आएको छ।

    नेपाली बजारमा एलिकाको मुख्य उत्पादन किचेन चिम्नी हो। यसबाहेक, एलिकाका अन्य उत्पादनहरूमा कुकिङ हब्स, कुकिङ ग्यास, बिल्ट-इन माइक्रोवेभ ओभन र कुकिङ रेन्जहरू पनि उपलब्ध छन्।

    बजारमा उपलब्ध धेरै लोकल तथा ब्रान्डेड चिम्नीहरूका बीचमा एलिकाले बजार हिस्सामा नेतृत्व गरिरहेको कम्पनीका म्यानेजर प्रदीप भण्डारीले बताए। उनले भने, ‘एलिकाले उपभोक्ताको आवश्यकता र मागलाई सम्बोधन गर्दै नयाँ प्रविधि र आविष्कारलाई आफ्ना उत्पादनहरूमा समावेश गर्दै आएको छ। नयाँ फिचर्स र टेक्नोलोजीका हिसाबले एलिका अहिले सबैभन्दा अगाडि छ। एलिकाले ल्याएको ‘आई-स्मार्ट’ सिरिजमा विशेषतः बीएलडीसी मोटर र अटो क्लिन टेक्नोलोजीको प्रयोग गरिएको छ। बीएलडीसी मोटरको प्रयोगले विद्युत् कम खपत हुने र आवाज पनि कम आउने फाइदा छ। साथै, डिप साइलेन्सर प्रविधिको प्रयोगले किचेनमा चिम्नी चलाउँदा आवाज कम आउँछ।’

    सिजी इलेक्ट्रोनिक्सको सञ्जालमा रहँदा एलिका ब्रान्डलाई विशेष फाइदा पुगेको छ। सिजी इलेक्ट्रोनिक्सको देशभर डिलरहरूको ठूलो सञ्जाल रहेकाले एलिका आफ्ना उत्पादनहरू सबैतिर पुर्‍याउन सक्षम भएको छ। यसका साथै, एलिकाको आफ्नै एक्सक्लुसिभ शोरुम पनि सञ्चालनमा छ।

    बजार प्रतिस्पर्धाको सन्दर्भमा, एलिकाले मूल्य र गुणस्तरलाई प्रभावकारी बनाउन विशेष ध्यान दिएको छ। भण्डारीका अनुसार, एलिका गुणस्तरका लागि उत्कृष्ट ब्रान्ड हुनुका साथै अन्य ब्रान्डेड उत्पादनहरूमध्ये सबैभन्दा कम मूल्यमा उपलब्ध छ।

    उत्पादन बेच्नु मात्र ठूलो कुरा नभएकाले एलिकाले बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस) लाई निकै महत्त्व दिएको छ। सिजीका सर्भिस सेन्टरहरू नेपालभर उपलब्ध छन्, जसले ग्राहकलाई सहजता प्रदान गर्छ।

    आगामी दिनमा बजारले खोजेका नयाँ प्रविधि, मोडेल र लुक्सका उत्पादनहरू ल्याउन एलिका तयार रहेको कम्पनीले जनाएको छ।

    तिहार र छठ योजना

    दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी एलिकाले एक विशेष योजना सञ्चालन गरिरहेको छ। यो योजनाअन्तर्गत एलिकाको कुनै पनि उत्पादन (चिम्नी वा चुलो) खरिद गर्दा ग्राहकले एक थान सिजी इलेक्ट्रिक केटल (१.८ लिटर) निःशुल्क प्राप्त गर्नेछन्।

  • आज तिन सयले बढ्यो सुनको मूल्य

    आज तिन सयले बढ्यो सुनको मूल्य

  • निजी आवास पुनर्निर्माणमा २२ अर्ब २४ करोड आवश्यकता पर्ने अनुमान

    निजी आवास पुनर्निर्माणमा २२ अर्ब २४ करोड आवश्यकता पर्ने अनुमान

    काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले निजी आवास पुनर्निर्माण तथा पुनःस्थापनाका लागि रु २२ अर्ब २४ करोड आवश्यकता पर्ने अनुमान गरेको छ । समितिको आजको बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इञ्जिनियर दिनेशप्रसाद भट्टराईले ८२ हजार ८०० घर निर्माण तथा पुनःस्थापनाको लागत अनुमान गरिएको जानकारी दिए ।

    बैठकमा विपद् व्यवस्थापन कोषको रकम परिचालन गरी विपद् प्रभावित निजी आवास प्रवलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना कार्यक्रम कार्यान्वयन सम्बन्धमा छलफल भएको थियो । भूकम्पबाट क्षतिग्रस्तलाई रु २० अर्ब ८८ करोड, मनसुनबाट क्षतिग्रस्तलाई रु एक अर्ब तीन करोड, प्राविधिक सहयोगका लागि रु २८ करोड र जनशक्ति एकाइका लागि रु पाँच करोड आवश्यकता पर्ने बैठकमा औँल्याइएको छ ।

    पुनर्निर्माणको वित्त व्यवस्थापन तथा निजी आवास पुनर्निर्माणका लागि प्राप्त रकममध्येबाट विपद् व्यवस्थापन कोषमा आर्थिक वर्ष २०८१/८२ मा आम्दानी बाँधिएको रु दुई अर्ब ८७ करोड ६४ लाख १४ हजार २५० रहेको प्राधिकरणका कार्यकारी प्रमुख भट्टराईले जानकारी दिए । उनका अनुसार सो रकम १० हजार ५०० परिवारका लागि छुट्याइएको छ ।

    यसैबीच, अर्थ मन्त्रालयले १८ हजार ५०० परिवारका लागि रु पाँच अर्ब उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । प्राधिकरणका अनुसार ५३ हजार ८०० घरका लागि रु १४ अर्ब ३४ करोड आवश्यक पर्दछ ।

    समितिको बैठकले आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालन कार्यविधि, २०८२ पारित गरेको छ । यस्तै, विपद् जोखिम हस्तान्तरणका लागि विपद् बिमासम्बन्धी छलफल भएको थियो । बैठकले विपद् बिमासम्बन्धी सम्भाव्यता अध्ययन गरी प्रतिवदेन पेस गर्न प्राधिकरणका सहसचिवको संयोजकत्वमा छ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।

  • एनसेलको नयाँ सीईओमा माइकल फोले नियुक्त

    एनसेलको नयाँ सीईओमा माइकल फोले नियुक्त

    काठमाडौं ।  एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा माइकल फोले नियुक्त भएका छन् । उनको यो नियुक्ति यही कार्तिक १५ देखि लागू हुनेछ ।

    नयाँ सीईओ नियुक्तिसँगै कार्यवाहक सीईओका रूपमा समेत कार्यभार सम्हाल्दै आएका सैयद इनामुल कबीरले कम्पनीको प्रमुख वित्तीय अधिकृत (सीएफओ)को आफ्नो महत्वपूर्ण भूमिकालाई निरन्तरता दिनेछन् ।

    दुई दशकभन्दा बढी दूरसञ्चार क्षेत्रमा वरिष्ठ नेतृत्वको अनुभव बोकेका फोलेले यस क्षेत्रका प्रमुख कम्पनीहरूमा कुशल नेतृत्वका साथ सफलता हासिल गरेका उल्लेखनीय रेकर्डहरु रहेका छन् ।

    एनसेलमा आवद्ध हुनु अघि, फोलेले एयरटेलमा फ्रेन्च अफ्रिकाका प्रमुखको रूपमा कार्यरत रहँदै सातवटा फ्राङ्कोफोन अफ्रिकी बजारहरूको सञ्चालन जिम्मेवारी वहन गरेका थिए । त्यसअघि, उनले टेलिनोर पाकिस्तान (टीपी)का सीईओका रूपमा कार्य गर्दै कठिन व्यवसायिक परिस्थितिमा पनि कम्पनीलाई अगाडि बढाउँदै बजारमा अग्रणी वृद्धि, नाफा, र कर्मचारी संलग्नताका साथ उल्लेखनीय सफलता हासिल गरेका थिए ।

    उनका अघिल्ला नेतृत्वदायी भूमिकाहरुमा, ग्रामीणफोन (बंगलादेश) र टेलिनोर (बुल्गेरिया)मा सीईओको पदसमेत समावेश छन्, जहाँ उनले उल्लेखनीय व्यवसायिक परिवर्तनको नेतृत्व गर्दै ग्राहक संख्या ७ करोडभन्दा माथि पुऱ्याए र ईबिट्डामा ६० प्रतिशतभन्दा बढी वृद्धि हासिल गरेका थिए ।

    फोलेले टामीर माइक्रोफाइनान्स (हालको इजीपैसा, पाकिस्तान)का अध्यक्ष र टेलिनोर हेल्थका अध्यक्षको रूपमा पनि काम गरेका छन् । हाल उनी अफ्रिकाको

    अग्रणी एसेट माइक्रोफाइनान्स कम्पनी वाटु (WATU) अन्तर्गतको वाटु डीआरसी एसए (WARU DRC SA)का अध्यक्षका रूपमा कार्यरत छन् ।

    नियुक्ति सम्बन्धी आफ्नो धारणा व्यक्त गर्दै फोलेले भने, “काठमाडौंमा एनसेलको यो जिम्मेवारी लिन पाउँदा म अत्यन्त खुसी र सम्मानित महसुस गरिरहेको छु । एनसेल, देशका लागि महत्वपूर्ण पूर्वाधार हो, जसले नेपाली जनताका लागि नयाँ अवसरहरू सृजना गर्दै, डिजिटल रूपान्तरणलाई अघि बढाउने, आर्थिक प्रतिस्पर्धात्मकता बढाउने र विदेशी लगानी आकर्षित गर्ने अपार सम्भावना बोकेको छ । आजको डिजिटल, एआई पावर्ड (AI Powered) र सामाजिक सञ्जालको युगमा, दूरसञ्चार कम्पनीहरू केवल सेवा प्रदायक मात्र होइनौं, हामी समाजको डिजिटल संरचना बुन्ने भूमिका निभाइरहेका छौं। हामी आधुनिक अर्थतन्त्रको सञ्चालन प्रणाली बनिसकेका छौं । यसैले, राष्ट्रको सेवा गर्न, हाम्रा सेवाहरू सुदृढ बनाउन र सबैभन्दा महत्वपूर्ण रूपमा आगामी पुस्तालाई सशक्त बनाउनका लागि यी महत्वपूर्ण सम्पत्तिहरूलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्नु अत्यावश्यक छ ।”

    एनसेलको सञ्चालक समितीले फोलेको नेतृत्वमा गहिरो विश्वास व्यक्त गर्दै भन्यो, “हामी यस महत्वपूर्ण नेतृत्व भूमिकामा फोलेलाई एनसेलमा स्वागत गर्न पाउँदा अत्यन्त खुशी छौं । उनको विस्तृत अनुभव र रणनीतिक दृष्टिकोण, एनसेलको रूपान्तरणलाई मार्गदर्शन गर्न र हाम्रा समुदायहरूलाई निरन्तर सेवा गर्ने प्रतिबद्धतालाई बलियो बनाउन महत्वपूर्ण हुनेछन् ।”

    फोल म्याकगिल विश्वविद्यालयका स्नातक हुन् र इनसीड (INSEAD)बाट उनले ग्लोबल म्यानेजमेन्ट एन्ड गभर्नेन्स (Global Management and Governance)मा एक्सिक्युटिभ सर्टिफिकेटस् प्राप्त गरेका छन् । उनी क्यानडा–केन्या दुबैको नागरिक हुन् ।

     

     

  • जेनजी आन्दोलनमा भएका क्षतिको २ अर्ब १ करोड बीमा दाबी भुक्तानी

    जेनजी आन्दोलनमा भएका क्षतिको २ अर्ब १ करोड बीमा दाबी भुक्तानी

    काठमाडौं । बीमा कम्पनीहरूले जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको दुई अर्बभन्दा बढी बीमा दाबी गरेको छ । निर्जीवन बीमा कम्पनीहरूले कूल दाबी रकममध्ये २ अर्ब १ करोड ९८ लाख रुपैयाँ बीमितहरूलाई भुक्तानी गरेका हुन् ।

    बीमा प्राधिकरणका अनुसार विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा ३ हजार १६६ वटा बीमा दाबी परेका छन् । जसमा २३ अर्ब २० करोड ९१ लाख रुपैयाँ दाबी रकम रहेको छ ।

    आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको मूल्याङ्कन एवम् अनुगमनका लागि २ हजार ७९१ वटा दाबीका लागि सर्भेवर खटाइएको थियो । सर्भेवरहरूले हालसम्ममा ६५४ को सङ्ख्यामा सर्भे प्रतिवेदन पेश गरेको जनाएका छन् ।

    नेपाल पुनर्बीमा कम्पनीमा निर्जीवन बीमा कम्पनीहरूबाट कूल २ हजार ७३३ वटा पुनर्बीमा दाबी परेको र पुनर्बीमा दाबी रकम करिब १५ अर्ब ७६ करोड ४३ लाख रहेको छ । पुनर्बीमा कम्पनीले हालसम्ममा करिब १ अर्ब ६३ करोड ३५ लाख अग्रिम (पेस्की) भुक्तानी निर्जीवन बीमा कम्पनीहरूलाई दिएको छ।

  • हुलास र अशोक स्टिलले तिर्न थाले डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता

    हुलास र अशोक स्टिलले तिर्न थाले डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता

    काठमाडौं ।  डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेको बाराको सिमरामा सञ्चालित हुलास स्टिल इण्डष्ट्रिजले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न सुरु गरेको छ ।

    उद्योगले २०७२ साल माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्कलाइन प्रयोगबापतको प्रिमियम महसुलको कूल  १४ करोड १२ लाख बक्यौता रकमलाई प्रतिकिस्ता ५० लाख ४३ हजारको एक मासिक किस्ता हुनेगरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट पाएको छ । उद्योगले शुक्रबार पहिलो किस्ता बुझाएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।

    यसैगरी,  १७ करोड ५८ लाख बक्यौता रहेको सिमराकै अर्को अशोक स्टिलले पनि पहिलो किस्ता बुझाएको छ । अशोकले २८ किस्ताको सुविधा लिइ रु ६३ लाख बुझाएको हो ।

  • तिहार नजिकिएसँगै विद्युतीय सामग्रीको व्यापार घटेपछि व्यवसायीहरु चिन्तित

    तिहार नजिकिएसँगै विद्युतीय सामग्रीको व्यापार घटेपछि व्यवसायीहरु चिन्तित

    चितवन । नारायणगढको लायन्सचोकमा रहेको लामिछाने बिजुली पसलका सञ्चालक अशोक लामिछाने गत वर्षको तुलनामा यस वर्षको तिहारमा प्रयोग हुने झिलीमिली बत्ती (विद्युतीय सामग्री) को व्यापार आधा घटेको बताएका छन्। पछिल्लो समय घर निर्माणमा सुस्तता आउँदा व्यापार घटेको उनको बुझाइ छ।

    लामिछानेले भने, “गत वर्ष यतिबेला व्यापार भ्याइनभ्याइ हुने गरेको थियो, वर्ष त्यस्तो हुन सकेको छैन । नयाँ घर बनेनन्, पुराना घर भएकाले अघिल्ला वर्षका झालरहरूबाट काम चलाउन थालेका छन् ।”

    पहिलेपहिले भारतबाट आउने झालर दोस्रो वर्ष प्रयोग गर्दा आधाभन्दा बढी बिग्रिने गरेको भए पनि पछिल्ला वर्षमा चीनबाट आउने झालर दोस्रो वर्ष प्रयोग गर्दा १० प्रतिशत हाराहारी मात्रै बिग्रिने भएकाले पनि नयाँ किन्नेहरू कम भएको उनको भनाइ छ ।

    विद्युत् व्यावसायिक सङ्घ चितवनका अध्यक्ष विष्णुप्रसाद चालिसेले हाल आउनुपर्ने पर्याप्त सामान बजारमा आउन नसकेको र पहिलेको जस्तो उत्साह पनि नभएको बताए।

    नेपालमा तिहारका लागि आवश्यक पर्ने झालर भारत र चीनबाट आउने गर्दछन् । तीमध्ये तातोपानी र केरुङ भन्सारबाट आउने सामान रोकिएको र आएका विद्युतीय झालरसमेत बिक्न छाडेको चालिसेले बताए ।

    “गत वर्षको तुलनामा यस वर्ष ५० प्रतिशत व्यापार घट्ने अनुमान गरेका छौँ। अघिल्लो वर्ष जिल्लामा रु १० करोड हाराहारी करोबार भएकामा यस वर्ष पाँचदेखि छ करोडको व्यवसाय हुने अनुमान गरिएको छ । व्यापार घटेसँगै श्रमिक कटौती गर्नुपर्ने र विद्युत्को काम गर्ने प्राविधिकले समेत काम नपाउने अवस्था छ”, उनले भने ।

    विद्युतीय सामग्रीको बिक्रीका लागि चितवन अग्रणी जिल्लामध्ये एक पर्दछ । काठमाडौं, पोखरालगायत सहरपछि चितवनमा झालरको बिक्री बढी हुने गर्दछ । जिल्लाको सङ्घमा आबद्ध रहेका २४४ वटा व्यवसायी रहेका छन् । पूर्वी चितवनमा विद्युत् व्यवसायी सङ्घमा रहेका १४३ जना व्यवसायीलेसमेत व्यवसाय हुन नसकेको गुनासो गरेको उनले सुनाए । दसैँअघि भएको जेनजी आन्दोलनको प्रभाव व्यवासयमा परेको उनले बताए।

    विद्युत् व्यवसायी महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष तेजनारायण खरेल १० वर्षअघि जति पनि व्यापार नभएको बताए । उनको भनाइमा १० वर्षअघि विदेशबाट ४० करोडभन्दा बढीको सामग्री आयात हुने गरेकाले हरेक वर्ष बढ्नुपर्नेमा उल्टै घट्दै गएपछि व्यवसायीहरू निराश भएका छन् ।

  • स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत लाभांश दिने 

    स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत लाभांश दिने 

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई १९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

    बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांश करसहितको हो ।

    बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकले आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

     

  • कात्तिकका लागि वाणिज्य बैंकहरुको ब्याजदर–६ बैंकले स्थिर राख्दा १४ बैंकले घटाए   

    कात्तिकका लागि वाणिज्य बैंकहरुको ब्याजदर–६ बैंकले स्थिर राख्दा १४ बैंकले घटाए   

    काठमाडौं । कात्तिक महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । असोजको तुलनामा वाणिज्य बैंकहरुको औषत ब्याजदर घटेको छ ।

    बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ५.२० प्रतिशत विन्दुमा झरेको छ । जबकी यस्तो ब्याजदर असोज महिनामा ५.४६ प्रतिशत विन्दु थियो ।

    सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १४ बैंकले ब्याजदर घटाएका छन् । बाँकी ६ बैंकले भने असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

    कात्तिकमा माछापुच्छ्रे बैंक र एनएमबि बैंकले सबैभन्दा बढी ब्याजदर घटाएका छन् । नेपाल बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले ब्याजदर स्थिर राखेका छन् ।

    कात्तिक महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा कम ब्याज नबिल, प्रभु र कृषि विकास बैंकले दिँदा ग्लोबल आइएमई र हिमालयन बैंकले ६ प्रतिशत ब्याज दिने भएका छन् ।

     

  • ललितपुरको युनिराइड अटोले जित्यो टिभीएस आइक्युबको सार्वधिक बिक्रीको अवार्ड

    ललितपुरको युनिराइड अटोले जित्यो टिभीएस आइक्युबको सार्वधिक बिक्रीको अवार्ड

    ललितपुर । ललितपुरमा रहेको युनराइड अटोले  टिभीएस आइक्युबको सार्वधिक बिक्रीको अवार्ड जितेको छ । देशभर रहेका टिभिएस डिलरहरु मध्ये ललितपुरको महालक्ष्मीथानमा रहेको युनिराइड शोरुमले सबैभन्दा धेरै आइक्युव बिक्री गरेको भन्दै अवार्ड जित्‍न सफल भएको हो । उक्त अवार्ड जगदम्बा मोटर्सले प्रदान गरेको छ ।

    जगदम्बा मोटर्सले आयोजना गरेको कार्यक्रममा युनिराइडका प्रबन्ध निर्देशक निर्मल सिग्देलले अवार्ड ग्रहण गरेका छन् । ग्राहकको माया र विश्वासकै कारण युनिराइडले अवार्ड जित्न सफल भएको प्रबन्ध निर्देशक सिग्देलले बताए ।

    अवार्ड समारोहमा टिभिएस मोटर्स कम्पनीका सेल्स हेड विक्रान्त ठाकुर, जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र कुमार मिश्रा, सेल्स हेड सुशान्त आचार्य, सेल्स प्रतिनिधि उद्देश्य रानाको उपस्थितिमा सम्पन्न भएको थियो । सो अवसरमा देशभरका अन्य डिलरहरुले पनि विभिन्न शीर्षकमा अवार्ड प्राप्त गरेका थिए ।

    नेपालमा २ वर्ष अगाडि टिभिएसले विद्युतीय स्कुटर टिभीएस आइक्युब सार्वजनिक गरी बिक्री वितरण सुरु गरेको थियो । नेपालका लागि टिभिएसको आधिकारिक बिक्रता जगदम्बा मोटर्स रहेको छ । टिभिएस आइक्युवप्रति ग्राहकको आकर्षण बढिरहेको कम्पनीले जनाएको छ ।

  • बाढीको वितण्डाले पाँच करोडको धान नष्ट

    बाढीको वितण्डाले पाँच करोडको धान नष्ट

    झापा । यही असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले झापामा ४६३ दशमलव ४२ हेक्टर जमिनको धानबाली नष्ट गरेको छ।

    कृषि ज्ञान कार्यालयका प्रमुख सागर विष्टले ७०३ कृषकको पाँच करोड ७५ लाख २३ हजार बराबरको एक हजार ६४४ दशमलव ३३ मेट्रिक टन धान नष्ट गरेको जानकारी दिए ।

    “बाढीले अन्य कृषिबालीमा पनि क्षति गरेको छ, तर धानमा जति अरुमा छैन”, उनले भने, “पाक्न लागेको धान बाढीले बगाउँदा किसानको बिचल्ली भएको छ।” वर्षाका कारण कनकाई र विरिङ नदीमा आएको बाढीले सबैभन्दा बढी धान खेत बगाएको छ ।

    बाढीले गौरीगञ्ज, झापा गाउँपालिका, भद्रपुर, कनकाई, शिवसताक्षी र गौरादह नगरपालिकाको पाँच हजार १२ दशमलव ६३ हेक्टर जमिनमा लगाएको कृषिजन्य वस्तु बगाएको प्रमुख विष्टले बताए।

    उनले अन्य पालिकाको तुलनामा झापा गाउँपालिकामा धेरै क्षति भएको जानकारी दिनुभयो । यो पालिकाको वडा नं १,२ र ३ का ४३१ किसानको रु पाँच करोड १४ लाख ४७ हजार बराबरको धान, आलु र केरा नष्ट भएको छ ।

  • विश्व बैङ्कको अनुदानमा सडक स्तरोन्नति गरिँदै

    विश्व बैङ्कको अनुदानमा सडक स्तरोन्नति गरिँदै

    कञ्चनपुर । लालझाडी गाउँपालिकामा विश्व बैङ्कको रु २९ करोड ४६ लाख ४३ हजार ७२३ को अनुदानमा सडक स्तरोन्नति कार्य अगाडि बढेको छ ।

    प्रादेशिक तथा स्थानीय सडक पूर्वाधार कार्यक्रमअन्तर्गत सडक स्तरोन्नति तथा कालोपत्रको हुन लागेको हो । गाउँपालिका–६ चानदेवदेखि वडा नं २ काठमाडौँ डाँडासम्मको १३ दशमलव छ किलोमिटर सडक कालोपत्रका लागि कार्य अगाडि बढाइएको गाउँपालिका अध्यक्ष निर्मल रानाले बताए ।

    उनका अनुसार पाँच मिटर चौडाइमा कालोपत्रको कार्य गरिने छ भने सडकको चौडाइ नालासहित आठ मिटरदेखि १० मिटरसम्म हुनेछ । “सडक कालोपत्र कार्यका लागि डुकुचु÷अनक÷जोशी जेभीसँग गत वैशाख महिनामै ठेक्का भइसकेको छ । अब केही दिनभित्रै निर्माणकार्य सुरु हुन्छ”, अध्यक्ष रानाले भने ।

    सडक निर्माणको कार्य आगामी जेठ महिनाभित्रै पूरा गर्ने समयसीमा निर्धारण गरिएको छ ।

    सडक कालोपत्र भएमा पूर्वमा सुदूरपश्चिम प्रदेश सदरमुकामतर्फ जाने सडक र पश्चिममा जिल्ला सदरमुकाम, बेलौरी(कलुवापुर राजमार्गसम्मको पहुँचमा सहज हुनेछ ।

    प्रादेशिक तथा स्थानीय सडक पूर्वाधार कार्यक्रमका व्यवस्थापक रामचन्द्र खत्रीका अनुसार निर्माणकार्य अगाडि बढाउन जग्गाको समस्या भएका क्षेत्रमा प्रभावित परिवारसँग छलफल भई समाधानको प्रयास भइरहेको बताए ।

  • घट्याे पेट्राेलकाे मूल्य

    घट्याे पेट्राेलकाे मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।

    ईण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलको मूल्य बढेर आएपनि नेपालको चाडवाडलाई लक्षित गरेको घटाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    यससँगै पेट्राेल प्रतिलिटर पहिलाे वर्गमा १५६.५०, दाेस्राे १५८ र तेस्राेमा १५९ रुपैयाँ हुने भएकाे छ ।

    नयाँ मूल्य भाेलि राति १२ बजे पछि देखि लागू हुने निगमले जनाएकाे छ ।

     

  • नगद अनुदान कटौतीले निर्यातमुखी उद्योगहरूमा नकारात्मक प्रभाव पार्छ: तयारी पोशाक उद्योग संघ

    नगद अनुदान कटौतीले निर्यातमुखी उद्योगहरूमा नकारात्मक प्रभाव पार्छ: तयारी पोशाक उद्योग संघ

    काठमाडाैं । नेपाल तयारी पोशाक उद्योग संघले नगद अनुदान कटौतीले निर्यातमुखी उद्योगहरूमा नकारात्मक प्रभाव पार्ने जनाएको छ । निर्यातमा नगद अनुदान लगायतका सुविधाहरू कटौती सम्बन्धमा बुधबार संघले विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो ।

    उद्योग विभागले चालु आर्थिक वर्ष २०८२/८३ मा थप दायित्व सिर्जना हुने गरी नगद अनुदानका लागि निवेदन नलिने जानकारी दिएको थियो । निर्यात प्रवर्द्धनका लागि हालसम्म कायम रहेको नगद अनुदानको व्यवस्था पूर्ववत् रूपमा सुचारु गर्न सरकारसँग संघले आग्रह गरेको छ । सुचारु नगरे लगानी विस्तार, उत्पादन, निर्यात र रोजगारीमा गम्भीर असर पार्ने संघको ठहर छ ।

    तयारी पोशाकले विगतको लामो समय देखि तेस्रो मुलुकहरूको निर्यातमा अग्रस्थान हासिल गर्दै आइरहेको छ । छिमेकी मुलुकहरूको तुलनामा नेपालको समुद्री मार्गसम्मको पहुँचमा धेरै लागत पर्ने भएकोमा निर्यातमा नगद अनुदान र मूल्य अभिवृद्धि करको फिर्ताको कारणले अन्तर्राष्ट्रिय बजारहरूमा प्रतिस्पर्धा गर्दै आइरहेको थियो ।

    ‘नगद अनुदानका लागि निवेदन नलिने निर्णयले दीर्घकालीन रूपमा  निर्यातमुखी उद्योगहरूमा नकारात्मक प्रभाव पार्ने निश्चित छ र नेपाली उद्योगहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्ने अवसरबाट वञ्चित गर्नेछ’, संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मूल्य अभिवृद्धि कर फिर्ता प्रक्रिया यथाशीघ्र पेपरलेस र फेसलेस हुनुपर्ने र बन्द अवस्थामा रहेका निर्यात र रोजगारीमूलक उद्योग पुनः सञ्चालन गर्न चाहेमा त्यस्ता उद्योगलाई प्रतिबद्धता सहित सञ्चालन गर्न रुग्ण उद्योगको मान्यता दिने प्रक्रिया पनि अघि बढाइ निर्यात अभिवृद्धिमा सहजता प्रदानका लागि समेत अनुरोध गर्दछौँ ।’

    हाल सम्म कायम रहेका व्यवस्थाहरूको साबिक बमोजिम सुचारु र अन्य व्यवसाय मैत्री उपकरणहरूको माध्यमबाट निर्यात प्रवर्द्धनका लागि थप सहजीकरण गर्नका लागि संघले माग राखेको छ ।

     

  • नेप्सेका कर्मचारी २३ औँ दिनदेखि आन्दोलित– सीईओ खोजिदिन टाँसे सूचना, राजीनामा समेत माग 

    नेप्सेका कर्मचारी २३ औँ दिनदेखि आन्दोलित– सीईओ खोजिदिन टाँसे सूचना, राजीनामा समेत माग 

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीहरू २३ औँ दिनदेखि आन्दोलित छन् । नेप्सेका अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईँको राजीनामा माग गर्दै नेप्से कर्मचारी संघले सुरु गरेको आन्दोलन आज २३ औँ दिनमा पनि जारी रहेको हो ।

    कर्मचारीहरूले सीईओ चापागाईँलाई ‘असक्षम’ भन्दै उनको राजीनामाको माग गरिरहेका छन् । उनको खोजी गरिदिन सूचना समेत टाँसेका छन् ।

    नेप्से कर्मचारी संघले ‘अक्षम सीईओ चूडामणि चापागाईँ राजीनामा दे !’ र ‘अक्षम अध्यक्ष हेमन्त बस्याल राजीनामा दे !’ लेखिएका ब्यानर तथा प्लेकार्डहरू बोकेका छन् । साथै, उनीहरूले सीईओ चापागाईँलाई ‘सम्पर्कविहीन’ भएको भन्दै उनको खोजी गरिदिन सबैमा अनुरोध गरेका छन् ।

    आन्दोलन जारी रहे तापनि नेप्सेको दैनिक सेवा प्रवाह भने सुचारु रहेको कर्मचारी संघका अध्यक्ष नवराज थापाले जानकारी दिए । लगानीकर्ता तथा सेवाग्राहीहरूका लागि कार्यालयबाट प्रदान गरिने सेवाहरूमा कुनै अवरोध नगर्ने समेत उनले बताए ।

    कर्मचारी संघले २३ दिनदेखि निरन्तर आन्दोलन गरिरहे पनि कर्मचारीको सम्पर्कमा सीईओ चापागाईँ छैनन् । कर्मचारीहरू माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने अडानमा छन् ।

     

  • शेयर निष्काशन गर्न नपाउँदा ऊर्जा क्षेत्रले १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ गुमाउनु पर्‍यो : ईप्पान

    शेयर निष्काशन गर्न नपाउँदा ऊर्जा क्षेत्रले १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ गुमाउनु पर्‍यो : ईप्पान

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले शेयर निष्काशन गर्न नपाउँदा ऊर्जा क्षेत्रले खर्बौ रूपैयाँ गुमाउनु परेको जनाएको छ। इप्पानले बुधबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो ।

    पत्रकार सम्मेलनमा महासचिव बलराम खतिवडाले भने, ‘हालसम्म ९७५ मेगावाट बराबरका ४३ कम्पनीले आईपीओ सेयर निष्काशन कुरिरहेका र ७ कम्पनीको राइट सेयर निष्काशन कुरिरहेका गरी ५० कम्पनीको समयमै सेयर जारी नहुँदा २३ अर्ब २७ करोड ८ लाख बराबरको धितोपत्र निष्काशन हुन सकेको छैन भने यसको कारणले ऊर्जा क्षेत्रले १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ गुमाउनु परेको छ । जसमा समयमै जारी नभएको कारण १२ अर्ब ४० करोड ५४ लाख रुपैयाँ ब्याज रकम बढेको छ भने २४ अर्ब ३० करोड ६७ लाख रुपैयाँ लागत बढेको र ७१ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ राजस्व आम्दानी (इप्पानको अध्ययनको आधारमा) गुमेको छ ।’

    उनका अनुसार २०८० सालको जेठपछि अर्थात विगत २८ महिनादेखि जलविद्युत कम्पनीहरुको आइपीओ नियमित रुपमा निष्काशन भएको छैन भने थोरै कम्पनीको मात्र जारी भएको छ । विश्वमा कहिँकतै अभ्यास नभएको र नेपालको कानुनमा समेत कहिँ कतै समावेश नभएको रियल नेटवर्थ भन्ने शब्द र त्यस्तो नेटवर्थ ९० भन्दा माथि हुनुपर्ने कारण देखाएर रिचेत जलविद्युत, बेनी हाइड्रोपावर, युनिक्यू हाईडेल, याम्बलिङ, लाफिङबुद्ध र पुवा खोला जलविद्युत कम्पनीलाई आईपीओ आवेदनबाटै हटाइएको उनले बताए ।

    २८ महिनादेखि आईपीओ र राइट सेयर निष्काशनमा ढिलाईबारे एक जिम्मेवार नागरिक र ऊर्जा उत्पादकको नाताले ऊर्जा क्षेत्रलाई जिम्मेवारी र थप उत्तरदायी बनाउनका लागि २०८० साल भदौ २४ गते धितोपत्र बोर्ड र इप्पानबीच संस्थागत सुशासन अभिवृद्धि गर्ने, ऊर्जा क्षेत्रलाई अझ व्यवस्थित र मर्यादित बनाउनुका साथै जनताको गुनासा र सरोकारहरुलाई सम्बोधन गर्ने उद्देश्यले १२ बुँदे समझदारी भएको थियो ।

    ‘बत्ती नबलुञ्जेलसम्म सेयरको लकिङ पेरियड नखोलिने, राइट सेयर जारी गर्नका लागि सहायक कम्पनीले पीपीए र वित्तिय व्यवस्थापन गरिसकेको हुनुपर्ने, आईपीओ जारी गर्नका लागि ६५ प्रतिशत निर्माण पूरा भैसक्नुपर्ने जस्ता संस्थागत सुशासनप्रति प्रतिवद्ध भई समझदारी भएको जानकारी गराउन चाहान्छौ । तर, यस्तो प्रतिवद्धता व्यक्त गर्दा गर्दै पनि निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने धितोपत्र बोर्डबाट जलविद्युत कम्पनीहरुको धितोपत्र निष्काशन तथा बिक्रीमा भएको ढिलाईले नेपालको ऊर्जा विकास र विस्तारमा गम्भीर असर पर्ने अवस्था सिर्जना भएको छु ।’ उनले भने ।

  • बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वको रकम जेनजी आन्दोलन प्रभावितको हितमा खर्च गर्न सक्ने

    बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वको रकम जेनजी आन्दोलन प्रभावितको हितमा खर्च गर्न सक्ने

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)को रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका प्रभावितलाई खर्च गर्न पाउने भएका छन् ।

    नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ (दोस्रो संशोधन)’ गर्दै बैंक तथा वित्तीय संस्था र पूर्वाधार बैंकले सामाजिक उत्तरदायित्व वापतको रकम जेनजी आन्दोलनका क्रममा घाइते भएका र सहिदका परिवारका हकमा खर्च गर्न पाउने व्यवस्था गरिएको छ ।

    बैंक तथा वित्तीय संस्थाले खुद मुनाफाको एक प्रतिशत बराबरको रकम अनिवार्य रुपमा सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने वाध्यकारी व्यवस्था छ ।

    राष्ट्र बैंकले मागर्दशनमा संशोधन गर्दै भनेको छ, “जेनजी आन्दोलनका क्रममा घाइते भई सरकारी अस्पतालमा उपचाररत गरिब तथा विपन्न वर्गका नागरिकलाई औषधि उपचारका लागि दोहोरो नपर्ने गरी उक्त अस्पताललाई उपलब्ध गराइने खर्च’ गर्न सकिनेछ ।”

    यस्तै जेनजी आन्दोलनमा सहिद भएका व्यक्तिका, आय आर्जनका लागि प्रत्यक्ष रोजगारी नभएका परिवारको आय आर्जनको क्षमता अभिवृद्घि गर्न सहयोग पुर्‍याउन नेपाल सरकार वा नेपाल सरकारबाट स्वीकृति प्राप्त सीपमूलक तालिम प्रदान गर्ने संस्थाबाट त्यस्ता व्यक्तिलाई सीपमूलक तालिम प्रदान गरेको आधारमा तालिम प्रदान गर्ने संस्थालाई प्रदान गर्ने खर्चलाई पनि उल्लेख गर्न सकिने प्रबन्ध गरिएको छ ।

  • यस्तो छ देशको आर्थिक तथा वित्तीय स्थिति (तथ्यांकसहित)

    यस्तो छ देशको आर्थिक तथा वित्तीय स्थिति (तथ्यांकसहित)

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२–८३ को देशको आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मंगलबार आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिना (२०८२ भदौ) को तथ्याङ्कमा आधारित स्थिति सार्वजनिक गरेको हो ।

    उक्त तथ्यांक अनुसार वाार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.८७ प्रतिशत रहेको छ ।

    कुल विदेशी विनिमय सञ्चिति रु. २८८१ अर्ब ३५ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २० अर्ब ४१ करोड पुगेको छ । यो सञ्चिति १६ महिनाको वस्तु तथा सेवा आयात
    धान्न पर्याप्त छ ।

    चालु खाता रु. १३० अर्ब ६९ करोड र शोधनान्तर स्थिति रु. १५३ अर्ब ६८ करोडले बचतमा रहेको छ । यस्तै, विप्रेषण आप्रवाह नेपाली रूपैयाँमा ३३.१ प्रतिशतले र अमेरिकी डलरमा २७.६
    प्रतिशतले बढेको छ । २०८२ भदौ महिनाको विप्रेषण आप्रवाह रु. १७४ अर्ब ६७ करोड रहेको छ ।

    सरकारको खर्च रु.१८० अर्ब १७ करोड र राजस्व परिचालन रु.१५७ अर्ब ५३ करोड रहको छ । विस्तृत मुद्राप्रदाय ०.३ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.४ प्रतिशतले बढेको छ ।

    बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ०.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.९ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.८ प्रतिशतले रहेको छ ।

    बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २.७५ प्रतिशत र ९१–दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.१३ प्रतिशत
    रहेको छ ।

    वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.९६ प्रतिशत र कर्जाको भारित औसत व्याजदर ७.६६ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

     

  • चाल” खाता १३० अर्बले बचतमा, कस्तो छ शोधनान्तर स्थिति ?

    चाल” खाता १३० अर्बले बचतमा, कस्तो छ शोधनान्तर स्थिति ?

    काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा चालू खाता रु. १३० अर्ब ६९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता रु.५४ अर्ब ४१ करोडले बचतमा रहेको थियो ।

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४१ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा ९३ करोडले बचतमा रहेको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा खुद पुँजीगत ट्रान्सफर रु. २ अर्ब २० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु.१ अर्ब २० करोड रहेको थियो ।

    यस अवधिमा शोधनान्तर स्थिति रु.१५३ अर्ब ६८ करोड बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१०१ अर्ब ७७ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको छ ।

    त्यस्तै, २०८२ असार मसान्तमा रु.२६७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ७.६ प्रतिशतले वृद्धि भई २०८२ भदौ मसान्तमा रु.२८८१ अर्ब ३५ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ भदौ मसान्तमा ४.७ प्रतिशतले वृद्धि भई २० अर्ब ४१ करोड पुगेको छ ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा रु.२४१४ अर्ब ६४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा ६.९ प्रतिशतले वृद्धि भई रु.२५८२ अर्ब ३८ करोड पुगेको छ ।

    बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा रु.२६३ अर्ब ४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा १३.७ प्रतिशतले वृद्धि भई रु.२९८ अर्ब ९७ करोड कायम भएको छ ।

    आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.७ महिनाको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ ।

     

  • दुई महिनामा भित्रियो साढे तीन खर्ब रेमिट्यान्स

    दुई महिनामा भित्रियो साढे तीन खर्ब रेमिट्यान्स

    काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भई ३ खर्ब ५२ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.८ प्रतिशतले बढेको थियो ।

    नेपाल राष्ट्र बैंकका अनुसार २०८२ भदौ महिनामा मात्रै रेमिट्यान्स आप्रवाह १ खर्ब ७४ अर्ब ६७ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब २७ अर्ब ९९ करोड रहेको थियो ।

    यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको थियो ।
    यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ३ खर्ब ८४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २ खर्ब ८७ अर्ब ७६ करोड रहेको थियो ।

    यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ७६ हजार ४८५ र ४० हजार ५८३ रहेको थियो ।

  • अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब बढी, वृद्धिदर ४.६१ प्रतिशत

    अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब बढी, वृद्धिदर ४.६१ प्रतिशत

    काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र अर्थतन्त्रको आकार  ६१ खर्ब सात अर्ब २२ करोड बराबर देखिएको छ ।

    अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनअनुसार गत आवमा कुल १८ खर्ब ६० अर्ब ३० करोड बजेट विनियोजन गरिएकामा १५ खर्ब १२ अर्ब ९८ करोड अर्थात् ८१ दशमलव ३३ प्रतिशत खर्च भएको छ ।

    चालु खर्चमा ११ खर्ब ४० अर्ब ६७ करोड विनियोजन भएकामा नौ खर्ब ५६ अर्ब ३६ करोड अर्थात् ८३ दशमलव ८४ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड विनियोजन भएकामा दुई खर्ब २३ अर्ब ९४ करोड अर्थात् ६३ दशमलव ५६ प्रतिशत खर्च भएको छ ।

    यस्तै, वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब २८ करोड विनियोजन भएकोमा तीन खर्ब ३२ अर्ब ६७ करोड अर्थात् ९० दशमलव ५८ प्रतिशत खर्च भएको प्रतिवेदनमा जनाइएको छ ।

    गत आर्थिक वर्षमा कुल ११ खर्ब ९६ अर्ब १८ करोड ९८ लाख राजस्व सङ्कलन भएको छ । जसमध्ये कर राजस्व १० खर्ब ४९ अर्ब ८७ करोड ५४ लाख, गैरकर राजस्व एक खर्ब २८ अर्ब ९४ करोड ४८ लाख र अन्य प्राप्ति १७ अर्ब ३६ करोड ९६ लाख रहेको अर्थ मन्त्रालयले जनाएको छ । बजेटमा लक्ष्य गरिएको राजस्व सङ्कलन लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड ३० लाखको तुलनामा ८४ दशमलव २८ प्रतिशत राजस्व सङ्कलन भएको हो ।

    गत आर्थिक वर्षमा अनुदान २३ अर्ब ५३ करोड र ऋण एक खर्ब २५ अर्ब ४० करोड गरी कुल एक खर्ब ४८ अर्ब ९३ करोड वैदेशिक सहायता प्राप्त भएको छ । गत आवको कुल वैदेशिक सहायतामध्ये अनुदान १५ दशमलव ८० प्रतिशत र ऋण ८४ दशमलव २० प्रतिशत बराबर हो ।

    घाटा बजेट परिपूर्तिका लागि गत आवमा सरकारले तीन खर्ब २९ अर्ब ९९ करोड आन्तरिक ऋण एक खर्ब २५ अर्ब ४० करोड बाह्य ऋण गरी कुल चार खर्ब ५५ अर्ब ३९ करोड बराबरको सार्वजनिक ऋण परिचालन भएको छ।

  • मुस्ताङ भन्सारमा एक महिनामै दुई अर्ब २४ करोड राजस्व सङ्कलन

    मुस्ताङ भन्सारमा एक महिनामै दुई अर्ब २४ करोड राजस्व सङ्कलन

    मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले दुई अर्ब २४ करोड तीन लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ । गत ३१ भदौदेखि पूर्ण रुपमा सञ्चालनमा आएको त्यहाँको कोरलानाकामा सोमबारसम्म उक्त राजस्व सङ्कलन भएको हो ।

    त्यहाँ २०८० कात्तिक २७ गतेदेखि माथिल्लो लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकावासीलाई मात्रै लक्ष्य गरी खुल्ला गरिएको कोरलानाकामा भन्सार गतिविधि आंशिक रुपमा सक्रिय रहेकामा पूर्ण रुपमा नाकामा व्यापारिक कारोबारका लागि आयात/निर्यात खुल्ला गरिएसँगै मुस्ताङ भन्सार कार्यालय सक्रिय बनेको हो । विभागले कोरलानाका सञ्चालनका लागि प्राविधिक जटिलताको अन्त्य गरी जनशक्ति व्यवस्थापन गरेसँगै यहाँ व्यापारिक चहल/पहल बढेको हो ।

    भन्सार सक्रिय भएको एक साता आन्तरिक व्यवस्थापन मिलाउन समय लागेकामा दसैँअघिसम्म कोरलानाकाबाट आयात/निर्यातबाट दुई अर्ब दुई करोड ९६ लाख राजस्व सङ्कलन भएको भन्सार प्रमुख रमेश खड्काले जानकारी दिए । चीनबाट कोरलानाका हुँदै भित्रिएका मालवस्तु वाहक र विद्युतीय कारको जाँचपास चलिरहँदा दसैँ बिदा परेका कारण भन्सार कार्यालय एक साता बढी बन्द हुन पुगेको थियो । दसैँपछि मुस्ताङ भन्सार कार्यालयको सेवा सञ्चालनमा आएको हो ।

    हालसम्म कार्यालयबाट चीनबाट आयात गरिएका मालवस्तु ढुवानीका ३८७ वटाको भन्सार जाँचपास भइसकेर गन्तव्यतर्फ प्रस्थान गरेको प्रमुख खड्काले बताए । यसैगरी, चीनबाट आयात गरिएका विभिन्न कम्पनीका एक हजार १९४ विद्युतीय कारको भन्सार जाँचपास भइसकेको छ । नेपालतर्फबाट भने स्थानीय उत्पादन तथा हस्तकला सामग्री ढुवानी गरिएका पाँचवटा मालवाहक साधन भन्सारमा जाँचपास भई चीनतर्फ निर्यात भएको उनले उल्लेख गरे।

    मुस्ताङ भन्सार कार्यालयमा दसैँपछि थप २२९ विद्युतीय कार र १२ मालवाहकको भन्सार जाँचपास भएको बताइएको छ । कोरलानाकाबाट हुने व्यापारिक आयात/निर्यात तथा मुस्ताङ भन्सार कार्यालयले प्रवाह गर्ने सेवासुविधामा बाह्रै महिना सञ्चालन गर्न कठिन देखिन्छ । समुन्द्री सतहको चार हजार ६१० मिटर अग्लो उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरलानाकाबाट हिउँदयामको मङ्सिरदेखि फागुन मसान्तसम्म चिसोका कारण आयात/निर्यातलगायत भन्सार कार्यालयको सेवा सञ्चालनमा उत्तिकै चुनौती हुने देखिन्छ ।

    नाकामा मालवस्तु ढुवानीका साधन र चीनबाट आयात हुने विद्युतीय कार चिसोले चल्न नसक्ने र ढुवानी साधनका चालक तथा सहचालक र भन्सारका कर्मचारीहरु मौसम प्रतिकूलताका कारण बस्न सक्ने अवस्था रहने भएकाले यहाँको नाकाबाट बाह्रै महिना काम गर्न समस्या देखिने गर्छ । नाकामा अत्यधिक चिसो र हिउँ पर्ने, पानीको स्रोत जम्ने तथा सीमावर्ती क्षेत्रका स्थानीय नागरिक चिसो छल्न बेँसी झने परम्पराले गर्दा नाका सञ्चालनमा अप्ठ्यारो पर्ने देखिन्छ ।

    नेपालतर्फको वातावरणमैत्री पूर्वाधार नहुँदा र न्हेचुङमा रहेको भन्सार कार्यालयमा पर्याप्त भौतिक पूर्वाधार नहुँदा हिउँदयाममा कोरलानाका पूर्ण रुपमा सञ्चालन गर्नमा चुनौती हुने गरेको प्रमुख खड्काले बताए ।

  • पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्जरमा जान राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति 

    पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्जरमा जान राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति 

    काठमाडौं । पोखरा फाइनान्स लिमिटेड मर्जरमा जाने भएको छ । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीच मर्जरमा जान सैद्धान्तिक सहमति दिएको हो ।

    पोखरा फाइनान्सका ना. प्रमुख कार्यकारी अधिकारी राजु मोहन भट्टराईका अनुसार पोखरा र समृद्धि फाइनान्सबीच गाभ्ने, गाभिने (मर्जर) सम्झौता सम्पन्न गरी सैद्धान्तिक सहमति राष्ट्र बैंकमा पेश गरिएको थियो । राष्ट्र बैंकले सोमबार सैद्धान्तिक सहमति दिएको हो ।

    तीन महिनाभित्र आ–आफ्नो साधारण सभाबाट विशेष प्रस्ताव पारितसहित आवश्यक प्रक्रिया पुरा गरी अन्तिम स्वीकृतिका लागि पेश गर्ने सर्तसहित सैद्धान्तिक सहमति राष्ट्र बैंकले दिएको भट्टराईले बताए ।

     

  • पुँजी बजार सुधार गर्न सेबाेनले ल्यायो ९ बुँदे कार्ययोजना, कार्यान्वयनको समयसीमा मंसिर १५ सम्म  

    पुँजी बजार सुधार गर्न सेबाेनले ल्यायो ९ बुँदे कार्ययोजना, कार्यान्वयनको समयसीमा मंसिर १५ सम्म  

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजी बजार सुधार सुझाव कार्यदलले सिफारिस गरेको तत्काल गर्नुपर्ने कार्यको कार्यान्वयन कार्ययोजना ल्याएको छ । सेबोनले तत्काल कार्यान्वयन गर्नुपर्ने सुधारका लागि ९ बुँदे कार्ययोजना ल्याएको हो ।

    सेबोनका अनुसार  सेबोनले तयार पारेको कार्ययोजनामा कार्यान्वयनका लागि ढिलोमा मंसिर १५ सम्म समयसीमा तोकिएको छ । केही कार्ययोजनाहरु तुरुन्तै कार्यान्वयनमा लैजाने समेत सेबोनको तयारी छ ।

    धितोपत्र दलाल व्यवसायी मार्फत मार्जिन कारोबार प्रणाली कात्तिक मसान्तभित्र कार्यान्वयन गरिने भएको छ । आईजीन सम्बन्धी एकरूपता कायम गर्न निश्चित मापदण्ड तय गरी कात्तिक मसान्तभित्रै कार्यान्वयनमा लैजाने सेबोनले जनाएको छ । कात्तिक १५ भित्र लगानीकर्ताले दुई वा सोभन्दा बढी हितग्राही खाता खोल्न सक्ने व्यवस्था गरिने भएको छ ।

    बोनस शेयर वितरणमा लाग्ने लाभांश कर सम्बन्धित संगठित संस्थाले नै मिलान गरी भुक्तानी गर्ने व्यवस्था तुरुन्त लागू गरिने भएको छ । यस्तै, भुक्तानी असमर्थता वा ढिलाइ हुँदा देखिने दायित्व तथा प्रतिफल भुक्तानीसम्बन्धी प्रावधान मंसिर १५ सम्म एकरूप बनाइने सेबोनको कार्यायोजनामा उल्लेख छ ।

     

     

  • राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको ३ अर्ब ३० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने 

    राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको ३ अर्ब ३० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ३० करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो ।

    केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो । बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब ६४ करोड, ‘ख’ वर्गका बैंकले ४९ करोड ५० लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १६ करोड ५० लाख बराबरको रकम मुद्दती निक्षेपमा राख्न खोजेको हो ।

    मुद्दती निक्षेपमा २०२५ अक्टोबर ३० देखि २०२६ अक्टोबर ३० सम्म ३६६ दिनका लाग राखिने समेत राष्ट्र बैंकले जानकारी दिएको छ ।  मुद्दती निक्षेपको रूपमा लिन चाहेको रकम खुलाइ असोज २९ गते बेलुका ७ बजेभित्र ब्याजदर प्रस्ताव आह्वान गर्न भनिएको छ ।

    बैंकको तोकिएको न्यूनतम पुँजीकोष कायम भएको, बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको र निष्क्रिय कर्जा (एनपीएल) अनुपात ८ प्रतिशत र खुद निष्क्रिय कर्जा (खुद एनपीएल) अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने लगायत शर्त राखिएको छ ।

    खुद तरल सम्पत्ति बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको लगायतका शर्त राखिएको छ । बैंक तथा वित्तीय संस्थाले अन्य थप शर्त राखी प्रस्ताव पेश गर्न पाउने छैनन् । यदि थप शर्त राखेर प्रस्ताव भएको अवस्थामा त्यस्तो शर्त मान्य हुने छैन । कोषको रकम लगानी गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंक अवकाश कोष व्यवस्थापन समितिले गरेको निर्णय अन्तिम हुने राष्ट्र बैंकले जनाएको छ ।

  • नेप्सेमा ४४.२५ अंकको वृद्धि, ४ अर्ब ९७ करोडको कारोबार

    नेप्सेमा ४४.२५ अंकको वृद्धि, ४ अर्ब ९७ करोडको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार हरियाली छाएको छ । नेप्से परिसूचक ४४.२५ अंकले बढेर २ हजार ५ सय ४७ दशमलब ६० विन्दुमा बन्द भएको हो ।

    त्यस्तै, सोमबार ४ अर्ब ९७ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा २ सय कम्पनीको शेयरमूल्य बढ्दा ४४ वटाको घटेको छ । यस्तै ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

    आज तीन कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । जसमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल रिइन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स रहेका छन् । यी तीन वटै कम्पनीको शेयरमूल्यमा साकारात्मक सर्किट लागेको छ ।

    कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सर्वाधिक गुमाए । यस कम्पनीको शेयरमूल्य ५.२६प्रतिशतले घटेको छ ।

    एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ३१ करोड ९१ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

  • सुनको मुल्य तोलाकै २ लाख ४० हजार नाध्यो

    सुनको मुल्य तोलाकै २ लाख ४० हजार नाध्यो

    काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला तीन हजार २२० मा खरिदबिक्री हुनेछ।

    हिजो आइतबार सुन प्रतितोला दुई लाख ३८ हजार र चाँदी प्रतितोला तीन हजार एक सय २५ मा किनबेच भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ७१ अमेरिकी डलर हाराहारी कारोबार भईरहेको छ ।

  • सेयर बजारमा ७८ अङ्कले गिरावट, साढे छ अर्ब बढी कारोबार

    सेयर बजारमा ७८ अङ्कले गिरावट, साढे छ अर्ब बढी कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७८ दशमलव ८३ अङ्कले घटेर दुई हजार ५०३ दशमलव ३५ को बिन्दुमा कायम भएको छ। यो तीन दशमलव शून्य पाँच प्रतिशतको गिरावट हो ।

    आज ३२४ कम्पनीको एक करोड ४३ लाख ६४ हजार ६८२ कित्ता शेयर ६७ हजार २०२ पटक खरिदबिक्री हुँदा छ अर्ब ७० करोड ७२ लाख ४५ हजार २६६ बराबरको कारोबार भएको छ । आजको कारोबारमा २४२ कम्पनीको शेयर मूल्य घट्दा नौवटाको मात्रै बढेको हो।

    आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूह चार दशमलव ८४ र अन्य समूह चार दशमलव ७९ प्रतिशतले घटेको छ । बैंकिङ दुई दशमलव ३०, विकास बैंक दुई दशमलव ९३, वित्त तीन दशमलव ६७, जलविद्युत् तीन दशमलव ९७, लगानी तीन दशमलव १३ र जीवन बिमा समूह दुई दशमलव ५५ प्रतिशतले घटेको छ।

    त्यस्तै, उत्पादन तथा प्रशोधन एक दशमलव ९४, लघुवित्त दुई दशमलव ८८, म्युचुअल फन्ड शून्य दशमलव ९९, निर्जीवन बिमा दुई दशमलव ३२ र व्यापार समूह दुई दशमलव ८५ प्रतिशतले घटेको छ ।

    नेपाल माइक्रो इन्स्योरेन्क कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी छ दशमलव शून्य एक प्रतिशतले बढेको छ । सबैभन्दा बढी बुटवल पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नौ दशमलव २७ प्रतिशतको गिरावट देखिएको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ३८ करोड सात लाख ४७ हजार ७२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको सात लाख २६ हजार ६७३ कित्ता शेयर किनबेच भएको छ ।

  • कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा ओझा निर्वाचित

    कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा ओझा निर्वाचित

    कैलाली । कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी पुष्कर राज ओझा विजयी भएका छन् । रुपेश स्वाँरलाई ६१ मतले पराजित गर्दै ओझा विजयी भएका हुन् । ९५० मतले ओझा विजयी हुँदा उनका प्रतिद्वन्द्वी स्वाँरले ८८९ मत पाएका छन् ।

    ओझा यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष पदमा थिए । महासचिवमा पनि ओझा समूहकै दिनेश लम्साल विजयी भएका छन् । लम्सालले ९१२ मत पाएका छन् भने प्रतिद्वन्द्वी सुरेश पाण्डेयले ८३४ मत पाए ।

    वरिष्ठ उपाध्यक्षमा केशवराज जोशी, उपाध्यक्ष (उद्योग) मा लक्ष्मण राज पन्त, उपाध्यक्ष (एसोसिएट) मा मनोज अग्रवाल, उपाध्यक्ष ९वाणिज्य० मा गगन के।सी।, उपाध्यक्ष (वस्तुगत) मा भीमराज ओझा (अबु), कोषाध्यक्षमा तिलक बहादुर बोहरा र सचिवमा प्रकाश चन्द विजयी भएका छन् ।

    सदस्यहरूमा शुभशंकर ठाकुर, तेज बम, अम्बिका भण्डारी, अजय पाण्डेय, ध्रुबराज दाहाल, तर्क राज भट्ट, सुरेश सापकोटा, मन्जु भट्ट, बम बहादुर कुँवर, कमला भट्टराई, प्रेमबहादुर धामी, देवराज जोशी र प्रमीला पाठक विजयी भएका छन् ।

    कुल २,३३५ व्यवसायी मतदाता रहेको कैलाली उद्योग वाणिज्य संघको चुनावमा १,९४० मत खसेको थियो ।

  • दुना टपरीमा महिलाको लगाव, विक्रीबाट आकर्षक आम्दानी

    दुना टपरीमा महिलाको लगाव, विक्रीबाट आकर्षक आम्दानी

    दाङ । घोराही उपमहानगरपालिका–४ कि ६३ वर्षीया राधा आचार्यका लागि दुना टपरी गाँस्ने सीप अहिले आम्दानीको स्रोत बनेको छ । छ वर्षअघि दुना टपरी गाँसेर बिक्री सुरु गरेकी राधाका अनुसार यसबाट राम्रो आम्दानी भइरहेको छ ।

    वनबाट सालको पात ल्याउने र फुसर्दमा हातैले दुना टपरी गाँस्ने उहाँको अहिले दैनिकी बनेको छ । उनी घर खर्चका लागि यसैबाट पैसा जुटाउन सकेको बताउँछिन्।

    “पहिले आफूसँग पैसा नहुँदा अरुको भर पर्नुपर्दथ्यो, तर अहिले यसबाट आम्दानी हुन थालेपछि सामान्य खर्चका लागि अरुसँग माग्नु पर्दैन”, उनले भनिन्।

    आचार्यका अनुसार दुना टपरी बिक्रीबाट मासिक ६/७ हजार आम्दानी भइरहन्छ । आचार्यले गाउँघरमा एक सय वटा टपरीलाई पाँच सयमा बिक्री गर्छन् । बजारमा बिक्री गर्दा भने अलिक सस्तो पर्ने उनको भनाइ छ । दुना भने एक सय वटालाई एक सय २० मा बिक्री गरिरहेका छन् ।

    वनमा सालको पात टिप्न श्रीमानले पनि साथ दिने भएकाले उक्त काम गर्न सजिलो भएको उनको भनाई छ ।

    “शरीर बुढो हुँदै गएको छ, अरु काम गर्न गाह्रो हुन्छ, फुर्सदको समयलाई सदुपयोग गर्ने यो राम्रो अवसर भएको छ, पैसा पनि आउने समय कटाउन पनि सजिलो हुने”, आचार्यले भने ।

    उनले आफैले पैसा कमाउन थालेपछि औषधि किन्न र अरु सामान्य खर्चका लागि सहज भएको बताए। विशेष गरी चाड पर्वमा दुना र टपरीको व्यापार राम्रो हुने उनको बुझाइ छ ।

    अचार्य जस्तै घोराही उपमहानगरपालिका–१६ रातामाटाका शान्ति चौधरी र उनका श्रीमान खुशीराम चौधरी पनि दुना टपरी उत्पादन गर्दै आएकी छिन् । ५१ वर्षिया शान्ति र ५७ वर्षिय खुशीरामले विसं २०६९ बाट दुना टपरी व्यवसाय गर्दै आएकी छन्। घरको काम सकेर बचेको समय यो व्यवसायमा उनीहरुको दैनिकी वित्ने गरेको छ ।

    त्यहाँको साहारा दुना टपरी लघु उद्योगमा स्थानीय १० जना महिला दिदीबहिनीहरुले पनि नियमित रुपमा काम गर्दै आएका छन् ।

    “उद्योगका अध्यक्ष शान्तिले आफूसँगै अन्य दिदीबहिनीहरु पनि जोडिएर आम्दानी गर्दै आएकाले खुशी व्यक्त गर्नुहुन्छ”, उनले भने, “अलि गाह्रो भनेको वनबाट पात टिपेर ल्याउँदा हुने गरेको छ ।”

    बजारीकरणका लागि त्यति समस्या नहुने गरेको बताए । चौधरी दम्पतीले दुना टपरी बिक्रीबाट मात्रै मासिक रु १५ हजार कमाइरहेको उनको भनाइ छ । दुना टपरी आम्दानीको राम्रो स्रोत मात्र नभइ धार्मिक काममा महत्वपूर्ण मानिन्छ । टपरीको प्रयोग धेरै जसो विवाह, व्रतबन्ध, न्वारनलगायतका काममा बढी प्रयोग हुन्छ ।

  • वीरगञ्ज भन्सार: पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड राजश्व सङ्कलन

    वीरगञ्ज भन्सार: पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड राजश्व सङ्कलन

    वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ११ अर्ब १८ करोड सङ्कलन गरेको छ ।

    कार्यालयले चालु आवको दुई महिनामा रु २६ अर्ब ३३ करोड खर्चिएर पाँच थरिका पेट्रोलियम पदार्थ आयात गरेको हो । आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने २८ दशमलव ५६ प्रतिशत रहेको छ ।

    वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार भन्सारको राजस्वमा पेट्रोलियम पदार्थ र सवारीसाधनको योगदान निकै उच्च रहेको जानकारी दिए । “यहाँको भन्सार आयातमा निर्भर रहेको छ । जसमा पनि पेट्रोलियम पदार्थ र सवारीसाधनको हिस्सा भने महत्त्वपूर्ण छ । यस्तै, यातायातका साधन र तिनका पार्टपुर्जा आयातबाट भने रु छ अर्ब १४ करोड अर्थात् १५ दशमलव ६८ प्रतिशत रहेको छ ।

    त्यसैगरी, फलाम तथा फलामबाट बनेका सामानबाट भने रु दुई अर्ब ५४ करोड अर्थात् छ दशमलव ४९ प्रतिशत राजस्वको हिस्सा रहेको छ । सबै प्रकारका कपडाबाट रु एक अर्ब ९८ करोड अर्थात् पाँच दशमलव ०६ प्रतिशत हिस्सा ओगटेको छ । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको दुई महिनामा रु ३९ अर्ब १५ करोड राजस्व सङ्कलन गरेको छ । रासस