Tag: मूल्यबृद्धि

  • मूल्यवृद्धिको विरोधमा ५ विद्यार्थी संगठनले पेट्रोल पम्प बन्द गरे, थानकोट बिक्री केन्द्रमा धर्ना

    मूल्यवृद्धिको विरोधमा ५ विद्यार्थी संगठनले पेट्रोल पम्प बन्द गरे, थानकोट बिक्री केन्द्रमा धर्ना

    काठमाडौं। आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले मूल्यवृद्धिको विरोधमा पेट्रोल पम्पहरु बन्द गरेका छन् । बुधबार बिहानेदखि उनीहरुले पम्पहरु पेट्रोलियम पदार्थ विरतणमा अबरोध गरेका छन् । त्यस्तै ट्यान्करहरु पनि चल्न दिएका छैनन् ।

    काठमाडौं वितरण केन्द्र थानकोटको मुलगेटमा धार्न दिएको अनेरास्ववियु क्रान्तिकारीका संयोजक रन्तिज तामाङले जानकारी दिए। ‘पाँच विद्यार्थी संगठनका साथीहरु अरु सबै पोट्रल पम्प बन्द गर्न लाग्नु भएको छ,’ तामाङले नेपाल प्रेससँग भने, ‘सरकारलाई बढेको पेट्रोलियम पदार्थ फिर्ता लिन भनेका छौं । आन्दोलन जारी छ ।’

    उनीहरुले नेपाल आयल निगमका विक्री केन्द्रहरु बन्द गर्ने घोषणा गरेका छन्। धनगढी, दिपायल, नेपालगन्ज, सुर्खेत, तुलसीपुर, पोखरा, बुटवल, अम्लेखगन्ज, जनकपुर, विराटनगर, झापा, विरगन्ज विक्री केन्द्रहरु बन्द गर्ने उनीहरुले घोषणा गरेका छन्।

    उनीहरुले मंगलबार पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसन र ढुवानी व्यवसायी महासंघलाई ध्यानाकर्षण पत्र बुझाउँदै पेट्रोल पम्प र ढुवानीमा प्रयोग हुने ट्यांकर बन्द गर्न भनेका थिए।

    आन्दोलित हुने विद्यार्थी संगठनहरुमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव पक्ष, जसपा उपेन्द्र पक्ष र जनमोर्चासम्वद्ध छन्।

  • इन्धनको मूल्य फेरि बढ्यो, ग्यास २५ रुपैयाँ महँगियो

    इन्धनको मूल्य फेरि बढ्यो, ग्यास २५ रुपैयाँ महँगियो

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन: बढाएको छ । यसपटक पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र ग्यास गरी सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आयल निगमले मंगलबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा दुई–दुई रुपैयाँ प्रतिलिटर बढाएको हो ।

    यस्तै अन्तर्राष्ट्रिय वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा १९ डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको छ । मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय २९, डिजेल र मट्टीतेल समान एक सय १२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

    आन्तरिक हवाई इन्धन ८४ रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धन सात सय ५४ डलर प्रतिकिलोलिटर तथा खाना पकाउने ग्यास प्रतिसिलिन्डर एक हजार चार सय २५ रुपैयाँ पुगेको जनाइएको छ ।

  • खानेतेलमा अनियन्त्रित मूल्यबृद्धि, एक वर्षमै सय रुपैयाँसम्म महंगो

    खानेतेलमा अनियन्त्रित मूल्यबृद्धि, एक वर्षमै सय रुपैयाँसम्म महंगो

    काठमाडौं । पेट्रोलियम पदार्थमा एक–दुई रुपैयाँ मूल्यबृद्धि हुँदा विद्यार्थी संगठनहरुले सडक तताउँछन् । तर, अन्य दैनिक उपभोग्य सामग्रीहरुको अनियन्त्रित तवरले मूल्यबृद्धि गरिँदा न विद्यार्थी संगठन बोल्छन् न उपभोक्ताले संगठित प्रतिरोध गर्छन् ।

    दैनिक भान्सामा प्रयोगमा आउने उपभोग्य वस्तुमध्ये एक हो- खानेतेल । गरिबदेखि धनीसम्म सबैले उपभोग गर्ने खानेतेलमा पछिल्लो एक वर्षमा अनियन्त्रित तवरले मूल्यबृद्धि भइरहेको छ ।

    २०७६ सालनमा लकडाउन सुरु भएपछि खाने तेलको मूल्य बढ्न थालेको थियो । त्यसको करिब १ वर्षको अवधिमा खाने तेलको मूल्य प्रतिलिटर १ सय रुपैयाँसम्मले बढेको छ । एक वर्षमा ७० प्रतिशतभन्दा बढी मूल्यबृद्धि हुँदा पनि जिम्मेवार निकायहरुको ध्यान गएको छैन ।

    तेलको मूल्यबृद्धिका विषयमा अध्ययन गरिरहेका छौं भनेर नियामक निकायले भनेको धेरै भयो । तर, उपभोक्ताकर्मी भने सरकारले नै मूल्यवृद्धिमा सरकारले नै सहयोग गरिरहेको आरोप लगाएका छन् ।

    खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले खाने तेलमा १ वर्षमा प्रतिलिटर १ सय रुपैयाँसम्म मूल्यवृद्धि भएको बताए ।

    उनले भने, ‘सनफ्वार तेल, सूर्यमुखी तेल, भटमासको तेल र तोरीको तेललगायत सबै प्रकारका खाने तेलको मूल्यबृद्धि भएको छ । एक लिटरमा ४० रुपैयाँदेखि १ सय रुपैयाँसम्म मूल्यबृद्धि भएको छ ।’

    श्रेष्ठका अनुसार १ वर्षअघि प्रतिलिटर १४० रुपैयाँमा आउने सलफ्लावर तेलको मूल्य बढेर प्रतिलिटर २ सय ४० रुपैयाँ पुगेको छ । तोरीको तेलको मूल्य प्रतिलिटर २४० रुपैयाँबाट बृद्धि भएर २८० रुपैयाँ पुगेको छ । भटमासको तेल प्रतिलिटर १३० रुपैयाँबाट २२० रुपैयाँ पुगेको श्रेष्ठले जानकारी दिए ।

    पसलमा आउने ग्राहकले खुद्रा व्यापारीले मूल्य बढाएको भनेर आक्रोश पोख्ने गरेको श्रेष्ठले बताए ।

    उनले भने, ‘सबै ग्राहकले उद्योगले नै मूल्यबृद्धि गरेको हो भनेर बुझ्दैनन् । कतिपय ग्राहकले खुद्रा व्यापारीले नै तेलको मूल्यबृद्धि गरेको भनेर गाली गर्ने गरेका छन् । हामीले सकेसम्म उपभोक्तालाई बुझाउने प्रयास गर्ने गरेका छौं ।’

    पहिले १ लिटरको प्रतिप्याकेट १० रुपैयाँसम्म नाफा हुने गरेकोमा अहिले ५ रुपैयाँ पनि नाफा राख्न नसकिएको उनको दावी छ । श्रेष्ठका अनुसार होलसेलले खुद्रा व्यापारीलाई एमआरपीभन्दा ५ रुपैयाँ मात्रै कममा तेल दिने गरेका छन् ।

    केही समयअघि खुद्रा व्यापार संघले तेलको मूल्य उत्पादकले आफुखुसी बृद्धि गरेको भन्दै बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी दिएको थियो । विभागले तेल उत्पादकहरुलाई मूल्यबृद्धि हुनुको कारण पेस गर्न निर्देशन दिएको थियो । मूल्यबृद्धि गर्नुको कारण पेस गर्न नसकेका अन्नपूर्ण भेजिटेवल प्रालि र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालिलाई ३/३ लाख जरिवाना गरिएको थियो ।

    उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता ज्योति बानियाँले सरकाले नै खाने तेल लगायतका खाद्य बस्तुको मूल्यबृद्धिमा सहयोग गरेको बताए । बजार अनुगमन गर्नुपर्ने ठाउँमा बाणिज्य विभाग कानमा तेल हालेर बसेको उनको आरोप छ ।

    बानियाँले भने, ‘तेलको मूल्यबृद्धि भयो भनेर हामीले धेरै पटक बाणिज्य विभागलाई जानकारी गराएका थियौं । तर विभागले नदेखेको जस्तो गरिरहेको छ । उपभोक्ताले १ वर्षमा नै ४० देखि १ सय रुपैयाँसम्म धेरै मूल्य तिरेर तेल उपभोग गर्न बाध्य भएका छन् । बजारमा अभाव देखाएर आफुखुसी मूल्य तोक्दै व्यापारीले उपभोक्ताको भान्सा महंगो बनाइदिएका छन् ।’

    सरकारको नै मिलेमतोमै मूल्यबृद्धि गरिएको उनले दावी गरे । तेल उत्पादकहरुको माथिल्लो तहसम्म नै सेटिङ रहेको उनको आशंका छ ।

    वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईले बजारमा भएको मूल्यबृद्धिको विषयमा अध्ययन भइरहेको बताए । बजारमा कुन बस्तुको मूल्य कति बृद्धि भएको छ भनेर अनुगमन कार्य भइरहेको उनको भनाइ छ ।

    उनले भने, ‘विश्व बजारमा तेल उत्पादन हुँदा प्रयोग हुने कच्चा पदार्थको मूल्य बढ्यो भन्ने उहाँहरुको भनाइ छ । हामीले त्यसको अध्ययन गरिरहेका छौं । कच्चा पदार्थको मूल्य विश्व बजारमा कति बढेको छ र त्यसले नेपालमा कति प्रतिशत मूल्यबृद्धि गराउँछ भनेर हेरिनेछ ।’

  • पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य वृद्धि, एलपी ग्यासको यथावत

    पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य वृद्धि, एलपी ग्यासको यथावत

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै पुनः बृद्धि गरेको छ। २ साता अघि २ रुपैयाँ बढाएकाे  निगमले भारतीय आयल निगमबाट प्राप्त मूल्य अनुसार पुन: चैत्र ३ गते राति १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल तथा मट्टितेलमा दुई रुपैयाँ वृद्धि गरेको हो ।

    अब पेट्रोल प्रतिलिटर ११८ रुपैयाँ र डिजेल तथा मट्टितेल १०१ रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जनाएको छ । यस्तै आन्तरिक उडानतर्फ हवाई ईन्धनको ७४ रुपैयाँ प्रतिलिटर कायम गरेको छ ।

    एलपी ग्यास तथा अन्तर्राट्रिय उडान तर्फ हवाई ईन्धनको  मूल्य भने यथावत नै रहेको छ । यो बृद्धिले पनि निगम घाटामै रहेको  निगमले जारी गरेकाे विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

  • पेट्रोल, डिजेल र मट्टीतेलमा प्रति लिटर दुई रुपैयाँ मूल्यबृद्धि

    पेट्रोल, डिजेल र मट्टीतेलमा प्रति लिटर दुई रुपैयाँ मूल्यबृद्धि

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै पुनः बृद्धि गरेको छ ।

    निगमले भारतीय आयल निगमबाट प्राप्त मूल्य अनुसार फागुन १७ गते राति १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल तथा मट्टितेलमा दुई रुपैयाँ वृद्धि गरेको हो ।

    अब पेट्रोल प्रतिलिटर ११६ रुपैयाँ र डिजेल तथा मट्टितेल ९९ सय रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जनाएको छ । यो बृद्धिले पनि निगम घाटामै रहेको छ ।