Tag: नेकपा एमाले

  • एमालेले संसद अवरोधलाई निरन्तरता दिने

    एमालेले संसद अवरोधलाई निरन्तरता दिने

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरोधलाई निरन्तरता दिने भएको छ । संसदको हिउँदे अधिवेशनको बैठक सुरू हुनुअघि बसेको एमाले संसदीय दलको बैठकमा दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले संसदमा विरोध प्रदर्शन जारी राख्ने बताएका हुन् ।

    सांसद निरु पालले विरोध र अवरोध कायम राख्ने जानकारी अध्यक्षले जानकारी गराएको बताइन् । ‘सभामुखले षड्यन्त्र गर्दै जाने, हामी मान्दै जाने हुँदैन,’ ओलीको भनाइ उद्धृत गर्दै पालले भनिन्, ‘सरकार संसदमा आएको गतिरोधका विषयमा कुरा गर्दैन । प्रतिपक्ष लतारिएर जाँदैन ।’

    नयाँ दल एकीकृत समाजवादी अवैध भएको र त्यसमा सभामुख अग्नि सापकोटाले सघाएको भन्दै एमालेले संसद निरन्तर अवरोध गर्दै आइरहेको छ ।

  • भीम रावलको टिप्पणी- ओलीको अगुवाइमा हुँदै आएको गुटबन्दीले छलाङ मार्‍यो

    भीम रावलको टिप्पणी- ओलीको अगुवाइमा हुँदै आएको गुटबन्दीले छलाङ मार्‍यो

    काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले पार्टीको केन्द्रीय कमिटीले गरेको सदस्य मनोनयन र कार्यविभाजनप्रति असन्तुष्टि जनाएका छन् । अध्यक्षमा पराजित भएपछि कुनै पनि कमिटीमा नरहेका रावलले अध्यक्ष केपी शर्मा ओलीको अगुवाइमा भएको गुटबन्दीले छलाङ मारेको टिप्पणी गरेका छन् ।

    ‘एमालेमा भर्खरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाइमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलाङ मारेको देखियो,’ रावलले ट्वीटरमा लेखेका छन्, ‘यो देश र जनताप्रति प्रतिबद्ध पार्टी निर्माणको प्रक्रिया नभइ गुटस्वार्थप्रेरित अहं तुष्टीको नमूना हो । यस्तो प्रवृत्ति हट्नु पार्टी हितमा हुन्छ ।’

    अध्यक्षमा पराजित रावल हाल गृहजिल्लाका विभिन्न कार्यक्रममा सहभागी छन् ।

  • एमाले पोलिटब्यूरोमा गोकुलदेखि गोरख बोगटीसम्म, अरु को-को परे (सूचीसहित)

    एमाले पोलिटब्यूरोमा गोकुलदेखि गोरख बोगटीसम्म, अरु को-को परे (सूचीसहित)

    काठमाडौं । नेकपा (एमाले)को पोलिट ब्युरो सदस्यको नाम प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गरिएको नाममा गोकुल बाँस्कोटादेखि गोरख बोगटीसम्म छन् । ९९ सदस्यीय पोलिटब्यूरोमा घनश्याम भुसाल, महेश बस्नेत, सूर्य थापालगायतको नाम छ ।

    पोलिटब्यूरोमा पदाधिकारी र स्थायी कमिटी सदस्यहरू पदेन सदस्य हुन्छन् ।

    हेर्नुहोस् सूची :

    गोकुल बाँस्कोटा
    महेश बस्नेत
    अरुण नेपाल
    देवी ज्ञवाली
    पर्शु मेघी गुरुङ
    पुरुषोत्तम पौडेल
    आनन्द पोखरेल
    लिला गिरी
    जगत विश्वकर्मा
    कमलप्रसाद चौलागाईं
    बालकृष्ण ढुंगेल
    ईश्वरबहादुर रिजाल
    जितबहादुर गौतम
    विनोद श्रेष्ठ
    सुमन प्याकुरेल
    भैरवसुन्दर श्रेष्ठ
    राम दयाल मण्डल
    दलबहादुर राना
    गोकुल घर्ती
    वैजनाथ चौधरी
    टुकराज सिग्देल
    लिलानाथ श्रेष्ठ
    खेममान खड्का
    राजेन्द्र रावल
    नारादमुनि राना
    लिलबहादुर थापा मगर
    सुजिता शाक्य
    ज्वालाकुमारी साह
    मोहन बानियाँ
    मञ्जुकुमारी चौधरी
    अच्युत मैनाली
    विशाल भट्टराई
    गणेश ठगुन्ना
    खिमलाल भट्टराई
    दधिराम न्यौपाने
    देवेन्द्र दाहाल
    रामेश्वर फुँयाल
    ठाकुर गैरे
    तिलकुमार मेयाङ्बो
    जुलीकुमारी महतो
    गौरी वली
    निरुदेवी पाल
    विमला घिमिरे
    लीलाकुमारी भण्डारी
    शान्त चौधरी
    सीता गिरी वली
    नन्दलाल चौधरी
    कृष्णबहादुर राई
    गुलावजंग शाह
    लक्ष्मी पोखरेल
    सूर्यबहादुर थापा
    मनकुमार जैसी
    सुशिला नेपाल
    पार्वत गुरुङ
    घनश्याम भुसाल
    गुरु बराल
    देवराज घिमिरे
    भीम आचार्य
    लालबाबु पण्डित
    खगराज अधिकारी
    किरण गुरुङ
    काशीनाथ अधिकारी
    रघुजी पन्त
    भानुभक्त ढकाल
    मणिचन्द्र थापा
    शेरधन राई
    कृष्णगोपाल श्रेष्ठ
    यमलाल कँडेल
    अग्नि खरेल
    प्रम्भु साह
    डा राजन भट्टराई
    सीता पौडेल
    विन्दा पाण्डे
    गोरखबहादुर बोगटी
    कर्णबहादुर थापा
    राजेन्द्र गौतम
    थममाया थापा
    शेरबहादुर तामाङ
    हिक्मत कार्की

    शिवमाया तुम्बाहाङ्फे

  • विशाल भट्टराईदेखि दुर्गा प्रसाईसम्म एमाले केन्द्रीय सदस्य मनोनीत, लालबाबु पनि समेटिए (सूचीसहित)

    विशाल भट्टराईदेखि दुर्गा प्रसाईसम्म एमाले केन्द्रीय सदस्य मनोनीत, लालबाबु पनि समेटिए (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्यमा केही नेताहरूलाई मनोनीत गरेको छ । विधानत: ५ प्रतिशत केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था अनुसार जारी केन्द्रीय कमिटी बैठकले उनीहरूलाई मनोनीत गरेको हो ।

    एमालेको मनोनयनमा परेकाहरूमा दुर्गा प्रसाई, विशाल भट्टराई, लालबाबु पण्डितलगायतका नेताहरू छन् । अध्यक्षमा पराजित भीम रावल भने मनोनीतमा परेनन् । केन्द्रीय सदस्यमा मनोनीत हुन उनले नमानेको बताइएको छ । महाधिवेशनमा केन्द्रीय सदस्य चुनिएका उनले केन्द्रीय सदस्यको जिम्मेवारी अस्वीकार गरेका थिए ।

    त्यस्तै एमालेको कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका लालबाबु पण्डितलाई पनि केन्द्रीय सदस्य मनोनीत गरिएको छ । उनी महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । तर, पदमा बस्न अस्वीकार गरेका थिए ।

    1. दल फडेरा
    2. मानवीर राई
    3. ऐन महर
    4. चन्द्रमोहन गौचन
    5. रतननाथ योगी
    6. रमेश पौडेल
    7. पदम गिरी
    8. सूर्य पाठक
    9. यज्ञबहादुर बोगटी
    10. हरि घिमिरे
    11. युवराज बास्कोटा
    12. विशाल भट्टराई
    13. उद्धव रेग्मी
    14. बद्रि न्यौपाने
    15. रुपनारायण श्रेष्ठ
    16. प्रेम दंगला
    17. हरिकृष्ण व्यञ्जनकार
    18. सुवास देवकोटा
    19. भीम केसी
    20. लालबाबु पण्डित
    21. इन्दिरा गौतम
    22. सरस्वती चौधरी
    23. यमुना रोका
    24. उमा कोइराला
    25. कल्पना चापागाईं
    26. आशा विक
    27. नैनकला ओझा
    28. मञ्जु गुरुङ
    29. विमला अर्याल
    30. इन्दिरा सञ्जेल
    31. गीता कार्की
    32. शान्ति अधिकारी
    33. रुक्मिणी राना
    34. सविता याजव
    35. तारादेवी गुरुङ
    36. विषमलाल अधिकारी
    37. रेशम लामा
    38. दुर्गा प्रसाई.
    39. गोविन्द दुवाल
    40. सहदेव बोटी
    41. बालसिंह काउछा
    42. कृष्ण केसी
    43. चन्द्रबहादुर विश्वकर्मा
  • एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक जारी

    एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक जारी

    काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक आज पनि जारी छ । बैठक हिजोबाट भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा सुरू भएको थियो । हिजोको बैठकमा नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई निर्वाचन आयोगले प्रमाण पत्र दिएको थियो ।

    त्यस्तै सल्लाहार परिषद्को अध्यक्षमा अमृत बोहरालाई नियुक्त गरिएको थियो भने विधान सम्पादन र नियमावली संशोधनका लागि तीन सदस्यीय कार्यदल बनाइएको थियो ।

    आजको बैठकमा स्थायी कमिटी र पोलिटब्यूरो गठनका साथै नेताहरूको कार्यविभाजनबारे निर्णय हुनेछ ।

  • परमादेश राजनीतिक लेनदेनमा थियो भन्ने अदालतबाटै पुष्टि भइसक्यो : महासचिव पोखरेल

    परमादेश राजनीतिक लेनदेनमा थियो भन्ने अदालतबाटै पुष्टि भइसक्यो : महासचिव पोखरेल

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतभित्र देखिएको विवादले केपी ओलीलाई सत्ताच्युत गर्ने असार २८ को परमादेश असंवैधानिक र राजनीतिक लेनदेनमा आधारित थियो भन्ने पुष्टि भइसकेको दाबी गरेका छन् ।

    एमालेको दशौं राष्ट्रिय महाधिवेशबाट निर्वाचित केन्द्रीय कमिटी र आयोगका पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिन वागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले संसद विघटनमा प्रचण्ड-माधवको महत्वाकांक्षा दोषी रहेको बताए ।

    पोखरेलले भने, ‘हामी कुनै दुविधामा पर्नु पर्दैन संसद विघटन सही थियो । त्यसको पुष्टि अहिले हुँदैछ । अहिले अदालतमा जे भइरहेको छ त्यो परमादेशको कारण हो । परमादेश राजनीतिक लेनदेनमा आधारित थियो भन्ने कुरा पुष्टि भएको छ ।’

    पोखरेलले एमाले पार्टी र नेतृत्वविरुद्ध आक्रमण बढेको भन्दै एमालेको पक्षमा जनमत बढेपछि सबै शक्ति एमालेलाई कमजोर पार्न लागिरहेको बताए । पोखरेलले अब एमाले सांगठानिक अराजकता अन्त गर्दै सबै लोकतन्त्रवादी शक्तिहरुको साझा पार्टी बन्ने बताए ।

    राजनीतिक लेनदेनमा आधारित थियो भन्न पुष्टि, अदालतमा देखिएका घटनाक्रमले परमादेश असंवैधानिक थियो । पार्टी र नेतृत्वविरुद्ध आक्रमण बढेको छ, एमालेको पक्षमा जनमत बढेपछि । आगामी केन्द्रीय कमिटी बैठकमा एमाले एकताबद्ध भएर अघि बढ्ने र तीनै तहका निर्वाचनमा एमाले पहिलो शक्ति बन्ने दाबीसमेत उनले गरे ।

  • स्थायी कमिटी र पोलिटब्यूरो गठनमा मापदण्ड बनाइनुपर्छ : घनश्याम भुसाल

    स्थायी कमिटी र पोलिटब्यूरो गठनमा मापदण्ड बनाइनुपर्छ : घनश्याम भुसाल

    रुपन्देही । नेकपा एमालेका नेता घनश्याम भुसालले स्थायी कमिटी र पोलिब्यूरो गठनका लागि मापदण्डमा जोड दिएका छन् । महाधिवेशनपछि पहिलोपटक लुम्बिनी आएका उनले विधिमा टेकेर नेतृत्व अगाडि बढ्दा सबैको हित हुने बताए ।

    एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक भोलिदेखि बस्दैछ । सो बैठकमा स्थायी कमीटी, पोलिटब्यूरो गठनलगायतका एजेण्डा छन् ।

    भुसालसँगको भेटघाट गरेका बुटवल नगर अध्यक्ष किसन ज्ञवालीले नेकपा एमालेको भलो नचाहनेहरूले उनको विषयमा गलत प्रचार गरेको र पार्टीप्रतिको निष्ठा र इमान्दारितामा भुसाललाई अझ बलियो पाएको बताएका छन् ।

    स्थानीय नेताहरुले पार्टीभित्र र अध्यक्षसँग रहेका असहमति अध्यक्ष ओलीसँग वान टु वान बसेर अगाडि बढ्न गरेको आग्रहलाई भुसालले टाउको हल्लाएर मुस्कुराउँदै प्रतिबद्धता व्यक्त गरेको ज्ञवालीले बताए ।

  • ओली अस्वस्थ, तर पनि महतलाई दिए कांग्रेस महाधिवेशनमा उपस्थित हुने आश्वासन

    ओली अस्वस्थ, तर पनि महतलाई दिए कांग्रेस महाधिवेशनमा उपस्थित हुने आश्वासन

    काठमाडौं । अस्वस्थ भएर प्रेस चौतारी नेपालले आयोजना गरेको साक्षात्कारमा सहभागी नभएका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार उद्घाटन हुने कांग्रेस महाधिवेशनलाई शुभकामना दिन जालान् ? विहीबार ओली अस्वस्थ भएको समाचारपछि संशय उत्पन्न भएको छ ।

    यद्यपि बुधबार विहान महाधिवेशनमा आइदिनका लागि अनुरोध गर्न बालकोट पुगेका कांग्रेस सहमहामन्त्री तथा प्रधानमन्त्री शेरबहादुर देउवाका प्रतिनिधि डा. प्रकाशशरण महतलाई भने ओलीले आफू भृकुटीमण्डपको उद्घाटन समारोहमा आउने आश्वासन दिएका थिए ।

    यसअघि कांग्रेसको औपचारिक निम्तो लिएर गएका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई पनि अध्यक्ष ओलीले महाधिवेशनमा आउने बताएका थिए । ओलीको आतिथ्य निश्चित गर्न गएका महतले पनि एमाले अध्यक्ष सहभागी हुने बताएका छन् ।

    एमालेको महाधिवेशनमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित भएर शुभकामना दिएका थिए । एक वर्षअघि तत्कालीन नेकपामा आफूलाई अध्यक्ष तथा प्रधानमन्त्रीबाट हटाउन प्रचण्ड-माधव समूहले निर्णायक कदम चालेदेखि यी तीन नेता एकै मञ्चमा उपस्थित भएका छैनन् ।

    शुक्रबार कांग्रेस महाधिवेशनमा ओली उपस्थित भए भने प्रचण्ड-माधवसँग पहिलोपटक एकै मञ्चमा भेटिनेछन् । ओलीको स्वास्थ्यमा रुघाका कारण समस्या भए पनि कांग्रेस महाधिवेशनमा जाने निर्णय रद्द नभएको सचिवालयले जनाएको छ ।

  • प्रधानन्यायाधीश हटाउने खेलमा एमाले लाग्दैन : प्रदीप ज्ञवाली

    प्रधानन्यायाधीश हटाउने खेलमा एमाले लाग्दैन : प्रदीप ज्ञवाली

    काठमाडौं । नेकपा एमालेले एउटालाई हटाएर अर्को व्यक्तिलाई ल्याउँदैमा न्यायालयमा सुधार नआउने भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हटाउने पक्षमा नरहेको बताएको छ ।

    प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानन्यायाधीश हटाउने या नयाँ बनाउने खेलमा एमाले नरहेको बताए । उनले न्यायालयमा नेतृत्व परिवर्तनले मात्र समस्याको समाधान नहुने बताउँदै न्यायपालिकामा आमूल परिर्वतन जरुरी रहेको उल्लेख गरे ।

    सर्वोच्च अदालतबाट एमाले सबैभन्दा पीडित भएको भन्दै ज्ञवालीले प्रधानन्यायाधीशको राजीनामा माग्दै न्यायाधीश र कानून व्यवसायीले गरेको आन्दोलनका एजेण्डाबाट न्यायालयको सुधार नहुने बताए । उनले एमाले न्यायिक नेतृत्व हटाउने या राख्ने खेलमा सहभागी नहुने भन्दै स्वतन्त्र र सक्षम न्यायपालिकाको एजेण्डा उठाउनेलाई मात्र समर्थन रहने बताए ।

    आगामी २८ मंसिरबाट सुरू हुने संसद् अधिवेशनमा एमालेको अवरोध कायम राख्ने उनको भनाइ छ । संसदमा आफहरूले उठाएका एजेण्डाको सम्बोधन नभएसम्म संसद् चल्नै नसक्ने ज्ञवालीको भनाइ छ ।

    पार्टीले कारबाही गरेका सांसद संसद भवनमा रहेसम्म संसद् नचल्ने उनको भनाइ छ । उनले १०औं महाधिवेशनबाट एमालेभित्र गुट र उपगुट सकिएको भन्दै अबको तीन महिनाभित्र एमालेले सरकारका नराम्रा कामको भण्डाफोर र पार्टी सदस्यता विस्तारमा केन्द्रित हुने बताए ।

  • एमाले केन्द्रीय कमिटी बैठकका १५ एजेण्डा तय (सूचीसहित)

    एमाले केन्द्रीय कमिटी बैठकका १५ एजेण्डा तय (सूचीसहित)

    काठमाडौं । नेकपा (एमाले) को १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा यही मंसिर २५-२६ गते बस्ने भएको छ । यसअघि एमालेका स्थायी कमिटी र केन्द्रीय कमिटीका बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्दै आएको थियो ।

    केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले केन्द्रीय सदस्यको संख्या बढेकाले पार्टी प्यालेस रोजेको बताए । यसअघि २ सयको हाराहारीमा एमाले केन्द्रीय कमिटी थियो । तर, १० औं महाधिवेशनबाट ३ सय १ जनाको केन्द्रीय कमिटी निर्वाचित भएको छ ।

    तामाङका अनुसार स्थायी कमिटी र पोलिटब्यूरो गठन, जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण लगायत बैठकका १५ एजेन्डा छन् ।

    पहिलो बैठक भने महाधिवेशनस्थल चितवनमै बसेको थियो ।

    यस्तो छ- १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठकको एजेण्डा :

  • अछाम पुगेर भीम रावलले भने- कोही निराश नहुनू, राजनीतिमा अनेक घुम्तीहरू आउँछन्

    अछाम पुगेर भीम रावलले भने- कोही निराश नहुनू, राजनीतिमा अनेक घुम्तीहरू आउँछन्

    काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले गृहजिल्ला अछाम पुगेर आफ्ना कार्यकर्ताहरुलाई निराश नहुन आग्रह गरेका छन् । चितवन महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका रावलले पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन् ।

    ‘हाम्रा तपाईंहरू कोही पनि निराश नहुनुहोला,’ श्रीमतीसहित पुगेका रावले भने, ‘राजनीतिमा अनेक घुम्तीहरू आउँछन् । उच्च मनोवल राख्नुहोस् । समाज र देशका लागि हामीले यी पाइला चालेका हौं भनेर अठोटका साथ अघि बढ्नुहोस् । मेरो साथ तपाईंहरूलाई छ।’

    रावलले आफूले अध्यक्ष पदमा प्रतिष्पर्धा गरेको र हारेको बताउँदै त्यसमा मन खुम्च्याउनुपर्ने कारण नरहेको बताए। उनले भने, ‘मैले अध्यक्ष पदमा प्रतिष्पर्धा गरेको हो । जितिनँ । त्यसमा मन खुम्च्याउनुपर्ने कुनै कारण छैन ।’

    चुनावमा अध्यक्ष केपी शर्मा ओलीले जिते पनि नैतिकरूपमा भने आफूले जितेको उनको भनाइ छ । ‘मैले नैतिकरुपमा हारेँ भन्ने मेरो मनमा छैन,’ रावलले भने, ‘मैले झण्डा बिसाएर कसैको लट्ठी समाएर हिँडेको छैन ।’

    अध्यक्ष केपी शर्मा ओलीले पार्टीको उपाध्यक्ष र केन्द्रीय सदस्य प्रस्ताव गर्दा पनि अस्वीकार गरेको रावलले बताए ।

  • एमाले नेताहरुमाथि झुण्ड्याइएको ‘उमेरको पासो’

    एमाले नेताहरुमाथि झुण्ड्याइएको ‘उमेरको पासो’

    नेकपा (एमाले)को दशौं महाधिवेशन सम्पन्न भएको छ । पार्टी विधानबमोजिम भएको निर्वाचनबाट केपी शर्मा ओली अध्यक्षमा दोहोरिएका छन् भने महासचिवमा शंकर पोखरेलले बाजी मारेका छन् ।

    पार्टीको केन्द्रीय समितिमा ३३ प्रतिशत महिलासहित संविधानले व्यवस्था गरेबमोजिम दलित, जनजातिहरुलाई पनि केन्द्रीय समितिमा ल्याइएको छ । संसद्मा सबैभन्दा ठूलो पार्टीको रुपमा रहेको एमालेको महाधिवेशनबारेमा विभिन्न पक्षबाट व्याख्या, विश्लेषणहरु भइरहेका छन् । महाधिवेशनमा एमालेको राजनीति भन्दा नेताहरुको चर्चा धेरै भएको छ । यसले विचारको भन्दा व्यक्तिको बहसलाई प्रमुखता दिएको देखिन्छ ।

    लेखक पाेखरेल ।

    देशको राजनीतिमा कतिपय गैरराजनीतिक मुद्दालाई मूलधारमा ल्याउनको लागि नेकपा (एमाले)का नेताहरु माहिर देखिएका छन् ।

    उनीहरुले गैरराजनीतिक मुद्दालाई यसरी सतहमा ल्याइदिएका छन् कि त्यसले आम जनतालाई पनि रनभुल्लमा पारिदिएको छ ।

    पार्टी फुटेको अवस्थामा पनि एमाले नेताहरुले एकताको महाधिवेशन नामाकरण गरेका छन् । एमालेमा ७० वर्षका उमेर हदले ठूलो तरंग सिर्जना गरेको छ ।

    सिद्धान्तबाट स्खलित हुँदै गएपछि एमालेभित्र कैयौं यस्तै गैरराजनीतिक मुद्दाहरुले स्थान ओगटेका छन् ।

    मदन भण्डारीको बहुदलीय जनवादलाई नै माथ खुवाउने गरी उनीहरुले ल्याएका मुद्दाहरुले दीर्घकालीन रुपमा आफैलाई दुःख दिने निश्चित छ ।

    प्रस्तुत लेखमा एमालेले अगाडि सारेको उमेरसम्बन्धी गैरराजनीतिक प्रावधानले दीर्घकालीन रुपमा पार्नसक्ने असरका बारेमा चर्चा गर्न खोजिएको छ ।

    उमेरको छायाँमा राजनीति

    राजनीति मानव समाजमा श्रेष्ठ र विशिष्ट योगदान हो । राजनीतिले उचाइ लिंदै गर्दा राजनीतिज्ञको उमेर छायाँमा पर्नुपर्ने हो । एमालेमा उमेरको छायाँ राजनीतिमा पर्ने देखिएको छ ।

    उमेरले मान्छेको जीवन, उसले अपनाएको पेशा र सेवाका क्षेत्रमा धेरै अर्थ र महत्व राख्दछ । प्रत्येक मान्छेको जीवनमा उमेर बेग्लाबेग्लै उद्देश्य, कार्य, सोचाइ आदि धेरै पक्षबाट महत्वपूर्ण हुन्छ । कतिपय यस्ता क्षेत्रहरु पनि छन्, ती क्षेत्रमा काम गर्नको लागि उमेरले ठूलो बाधा हाल्दैन ।

    एमालेको ‘कोर टिम’को राजनीति उमेरको गोलचक्करमा फस्न सक्ने खतरा छ । अब ५५-६० वर्षबाटै एमालेमा उमेरको हिसाबकिताब हुनेछ । उमेरको हिसाबकिताबले पार्टी र राजनीतिको हिसाबकिताबलाई तासको महल जस्तै ढाल्नेछ ।

    युवा उमेरमै परिवक्व राजनीति होस् वा वृद्ध उमेरमा युवाको जस्तै जोशले भरिपूर्ण राजनीति- यी दुवैको संयोजनले देशको विकास र राजनीतिलाई अगाडि लैजान मद्दत गर्दछन् । अहिले पनि एमालेमा ७० वर्षका केपी शर्मा ओली भन्दा ४० वर्ष पनि नपुगेका अल्छी युवाहरु सयौंको संख्यामा छन् भन्न सकिन्छ ।

    उमेरले मान्छेको जीवन, उसले अपनाएको पेशा र सेवाका क्षेत्रमा धेरै अर्थ र महत्व राख्दछ । प्रत्येक मान्छेको जीवनमा उमेर बेग्लाबेग्लै उद्देश्य, कार्य, सोचाइ आदि धेरै पक्षबाट महत्वपूर्ण हुन्छ । कतिपय यस्ता क्षेत्रहरु पनि छन्, ती क्षेत्रमा काम गर्नको लागि उमेरले ठूलो बाधा हाल्दैन ।

    कला, साहित्य, खोज, अध्ययन, अनुसन्धान, राजनीति जस्ता क्षेत्रमा काम गर्नको लागि उमेरले बाधा हाल्न सक्दैन । पोखराकी प्रेन्सा रेग्मीले ८–९ वर्षको उमेरमा समाजसेवाको क्षेत्रमा महत्वपूर्ण योगदान गरेकी छिन् । त्यस्तै अन्य बालबालिकाहरुले पनि सामाजिक क्षेत्रमा, बालविवाहका विरुद्ध, अन्धविश्वासका विरुद्धमा समूह बनाएर योगदान गरेका छन् ।

    एउटा टेलिभिजनबाट हालै प्रसारण भइरहेको बालबालिकाहरुको गायन प्रतियोगिता निकै रोचक बनेको छ । ८-९ वर्षका बालबालिकाहरुले आफ्नो अद्भुत कला देखाइरहेका छन् । संगीतको क्षेत्रमा निकै बृद्ध उमेरका व्यक्तिहरुले संगीत भरिरहेका छन् । ‘सयौं थुङ्गा फूलका हामी’ राष्ट्रिय गानको संगीत भर्ने समयमा अम्बर गुरुङ ७० वर्ष पुगिसकेका थिए ।

    कलाकार रत्नकुमार राईले वृद्ध उमेरमा पनि निकै आकर्षक चित्रहरु कोरिरहेका छन् । एक सय वर्ष पुग्न लागेका माधवप्रसाद घिमिरेले मृत्युको समयसम्म महाकाव्य लेख्दै थिए । एक सय तीन वर्ष पुगेका सत्यमोहन जोशी अहिले पनि कला र संस्कृतिका क्षेत्रमा सक्रिय भइरहेका छन् । ८६ वर्ष पुगेका मोहनविक्रम सिंहले एक हजार भन्दा धेरै पेजको उपन्यास तयार गरिरहेका छन् । उनी राजनीतिमा पनि उत्तिकै सक्रिय रहँदै आएका छन् ।

    वृद्ध उमेरकै महेशराज पन्तले इतिहासको उत्खनन् गरिरहेका छन् । गिरिजाप्रसाद कोइरालाले राजाको प्रतिगमनका विरुद्धको आन्दोलनको मोर्चाको अगुवाई गर्दा ८० वर्षका भइसकेका थिए । विश्वमा ८० वर्षका राजनीतिज्ञ धेरै भेटिन्छन् । नेपाल त्यसको अपवाद हुने कुरा रहेन । प्रमुख पदमा बस्ने वा नबस्ने त्यो सम्बन्धित पार्टीले निर्णय गर्ने कुरा हो । तर ७० वर्षको उमेर पुग्दा वित्तिकै अयोग्यको प्रमाणपत्र भिराउने जुन व्यवस्था एमालेले गरेको छ, त्यो अव्यवहारिक, अपमानजन्य र अवैज्ञानिक छ भन्ने कुरा माथि दिइएका उदाहरणहरुले पनि पुष्टि गर्दछ ।

    सारा दुनियाँको राजनीतिलाई कुनै बाधा नहालेको उमेरले एमालेको राजनीतिमा मात्रै कसरी बाधा हाल्यो भन्ने कुरा एमालेका नेताहरुले बुझ्न समय लाग्ने देखिन्छ । संसारमा ७० वर्ष उमेर पुगेका कति राजनीतिज्ञहरु क्रियाशील छन् भन्ने कुरा पनि एमालेका नेताहरुलाई थाहा छ । एक जना बाराक ओबामा ५० वर्ष नपुग्दै अमेरिकाको राष्ट्रपति भएका थिए भन्दैमा संसारका सबै नेताहरुलाई त्यत्तिकै उमेरमा त्यहाँको राष्ट्रपति, प्रधानमन्त्री, सभामुख वा पार्टी प्रमुख हुने अवसर प्राप्त हुन सक्दैन ।

    मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा ७४ वर्षका थिए भने पार्टी एकतापछिको अध्यक्ष हुँदा ७० वर्षका थिए । उनी एमालेमा सर्वस्वीकार्य नेताको रुपमा क्रियाशील थिए । एमालेको अहिलेको विधानमा गरिएको उमेरसम्बन्धी व्यवस्थाले सर्वस्वीकार्य व्यक्तिको भूमिकालाई नियोजन गर्दछ ।

    निरन्तरको क्रियाशीलता, त्याग, तपस्या र योगदानले मात्रै नेतृत्व प्राप्त हुन सक्दछ । एमालेले विश्व राजनीतिमा प्रयोग भएका सत्यतालाई उमेरको रङ्गीचङ्गी जामा पहि¥याएर खोपीमा लुकाइरहेको छ । उसले सत्यलाई कुनै दिन खोपीबाट निकाल्नै पर्नेछ र राजनीतिमा प्रयोग भइरहेको सत्यलाई स्वीकार गर्नुपर्नेछ । त्यतिबेला उसको विधानमा व्यवस्था गरिएको धारा ६४ हटाउनुपर्नेछ ।

    एमालेमा ७० वर्ष पुग्नु अपराध हो ?

    कहिलेकाहीं देशलाई पाका, अनुभवी र सर्वस्वीकार्य नेतृत्व आवश्यकता पर्न सक्छ । एमालेको निर्माणमा मनमोहन अधिकारी सर्वस्वीकार्य नेता बनेका थिए । मनमोहन अधिकारीको भूमिका तत्कालीन माले र माक्र्सवादी एकताको अध्यक्ष र मध्यावधि निर्वाचनपछि प्रधानमन्त्रीको रुपमा सर्वस्वीकार्य रहेको थियो । त्यतिबेला अन्य नेताको हकमा त्यस्तो नहुन पनि सक्थ्यो ।

    मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा ७४ वर्षका थिए भने पार्टी एकतापछिको अध्यक्ष हुँदा ७० वर्षका थिए । उनी एमालेमा सर्वस्वीकार्य नेताको रुपमा क्रियाशील थिए । एमालेको अहिलेको विधानमा गरिएको उमेरसम्बन्धी व्यवस्थाले सर्वस्वीकार्य व्यक्तिको भूमिकालाई नियोजन गर्दछ ।

    केही वर्ष पहिले मलेसियामा ९२ वर्षका मोहम्मद महाथीर प्रधानमन्त्री बनेका थिए । उनको चाहनाले भन्दा पनि त्यहाँको आवश्यकता यस्तो आइदियो कि ९२ वर्षमा पनि उनलाई प्रधानमन्त्री हुनुपर्ने भयो । गत वर्ष मात्रै निर्वाचित अमेरिकाका राष्ट्रपति जो बाइडेन ७८ वर्षका भइसकेका छन् । अटलविहारी बाचपेयी भारतीय प्रधानमन्त्री रहँदा ८० वर्षका थिए । नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पनि ८२ वर्षका थिए ।

    नेपालको संविधानमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, आदि पदहरुको लागि कुनै उमेर हद तोकिएको छैन । ती पदहरुमा जानको लागि विधानले बाधा हालेको छैन भन्ने तर्क पनि गरिएला । तर खेलाडीलाई मैदानबाट बाहिर राखेपछि उसले गोल गर्ने, छक्का हान्ने वा बलिङ गर्ने अवसर प्राप्त गर्दैन । त्यसैले सक्रिय राजनीतिमा संलग्न पदाधिकारीहरुले ती पदहरुमा आफै दाबी गर्ने गर्दछन् र राजनीतिबाट उमेर हदको कारण अवकाश पाइसकेका व्यक्तिहरुलाई अगाडि आउन नदिइन पनि सक्छ ।

    नेपालजस्तो व्यक्ति केन्द्रित राजनीति भएको देशमा पार्टी राजनीतिबाट अलग व्यक्ति अन्य पदहरुमा जाने सम्भावना अत्यन्तै न्यून हुन्छ । विभिन्न पार्टीका समकालीन नेताहरुको उचाइले जुनसुकै पार्टीको राजनीतिलाई ठूलो असर गर्दछ ।

    एमालेको पहिलो पुस्ताका झलनाथ खनाल, माधव नेपाल, केपी ओलीले पार्टीको प्रमुख पद प्राप्त गरिसकेका छन् । किनभने तिनीहरु पहिलो पुस्ताका भएको हुनाले त्यो अवसर प्राप्त भएको थियो । उनीहरु युवा अवस्थाको सुरुआती वर्षमै पार्टीको केन्द्रीय समितिमा पुगेका थिए । त्यही कुरा अन्य नेताहरुको हकमा लागू हुन सकेको छैन ।

    ईश्वर पोखरेल, सुवास नेम्बाङ, अष्टलक्ष्मी शाक्यजस्ता एमालेको राजनीतिमा योगदान गरेका व्यक्तिहरु एमालेको राजनीतिबाट योग्यता र क्षमता नभएको कारण होइन, उमेरकै कारण बाहिरिनुपर्ने अवस्था सिर्जना भएको छ ।

    अब पार्टीको केन्द्रीय समितिमा पुग्नको लागि युवा अवस्थाको अन्तिम दिनहरुमा पुग्नुपर्ने हुन्छ । युवाअवस्थाको मध्यतिर विद्यार्थी राजनीतिको केन्द्रीय नेतृत्वमा पुग्ने अवस्थामा पार्टी राजनीति टाढाको विषय भएको छ । एमालेको केन्द्रीय समितिमा पुग्नकै लागि ५० वर्षको हाराहारीमा पर्खनुपर्ने भएको छ । यो अवस्थामा एमालेका नेताहरुले उमेरसम्बन्धी व्यवस्थालाई सहज रुपमा लिन सक्ने देखिंदैन ।

    महिला नेताहरुप्रति अत्याचार

    नेपालको संविधानले पुरुषहरुलाई सरकारी जागिर सुरुआत गर्ने अन्तिम उमेर ३५ वर्ष तोकिदिएको छ भने महिलाहरुको हकमा ४० वर्ष तोकिदिएको छ । महिलाहरुलाई प्रतिस्पर्धा गर्ने समय बढी होस्, उनीहरुलाई बढीभन्दा बढी सरकारी सेवामा प्रवेश गराउन सकियोस् भन्ने उद्देश्य लिइएको हो । यद्यपि कर्मचारी, सेना, प्रहरी, शिक्षणजस्ता संस्थाहरुलाई सक्रिय व्यक्तिहरुको आवश्यकता पर्ने भएको हुनाले अवकाशको उमेर हद एउटै लागू गरिएको छ । किनभने त्यहाँ शारीरिक रुपमा पनि सक्रिय हुनुपर्दछ । राजनीतिमा यो प्रावधान पूर्णरुपमा लागू हुन सक्दैन । यदि सरकारीसरह उमेर नै लागू गरिने हो भने एमालेमा ५८ वा ६० वर्ष किन लागू गरिएन भन्ने प्रश्न उठाउन सकिन्छ ।

    एमाले विधानमा उत्तेजना र भावनाको प्रयोग भएको छ तर विवेकको प्रयोग भएको छैन । विवेक प्रयोग नभएका प्रावधानहरु सतही हुन्छन् भन्ने कुरा एमाले नेताहरुलाई थाहा नभएको होइन ।

    महिलाहरु नेपाली राजनीतिमा आउन, सक्रिय हुन, नेतृत्व लिन कठिन छ भन्ने कुरा सबै राजनीतिक दलको अवस्था हेर्दा प्रमाणित हुन्छ । औसत आयुको दृष्टिकोणले हेर्ने हो भने नेपालमा महिलाहरुको धेरै छ ।

    नेपाली पुरुषको औसत आयु ६९ वर्षको छ भने महिलाहरुको तीन वर्ष धेरै अर्थात् ७२ वर्ष रहेको छ । एमालेले औसत आयुलाई नै विचार गरेर उमेर हद तोकेको हो भने महिलाहरुलाई ७२ वा ७५ वर्षको प्रावधान किन राखेन ? एमालेले माथि उल्लेख गरिएका धेरै विषयहरुबारे पार्टीमा आवश्यक छलफल नगरीकन पार्टी विधान संशोधन गरेको थियो ।

    एमाले विधानमा उत्तेजना र भावनाको प्रयोग भएको छ तर विवेकको प्रयोग भएको छैन । विवेक प्रयोग नभएका प्रावधानहरु सतही हुन्छन् भन्ने कुरा एमाले नेताहरुलाई थाहा नभएको होइन । सबैजसो पुरुष प्रतिस्पर्धी भएको पार्टीमा अष्टलक्ष्मी शाक्यजस्ता जुझारु, पञ्चायतकालदेखि नै योगदान गर्दै आएका महिलाहरु उपाध्यक्षबाटै बाहिरिनुपर्ने अवस्थाको सिर्जना घाँटीमा झुण्ड्याइएको उमेरको पासोले गरिदिएको छ ।

    अहिले प्रतिस्पर्धामा देखिएका पद्मा अर्याल, विन्दा पाण्डे, शिवमाया तुम्बाहाम्फे आदि महिलाहरु पुरुषको तुलनामा थोरै संख्या हो । पदाधिकारीहरुमा ३३ प्रतिशत पुर्‍याउनै पर्ने कुनै बाध्यात्मक अवस्था नभएको हुनाले उनीहरु छिटै बाहिरिन सक्ने सम्भावना रहन्छ ।

    विधानको धारा ६४ मा उमेरसम्बन्धी व्यवस्था गरिएको छ । व्यक्तिको ‘कट अफ एयर’ कति हो ? त्यसबारेमा गरिएको व्यवस्थाले कोही व्यक्ति ६९ वर्षमा निर्वाचित भयो भने ७४ वर्षसम्म पदमा रहेर क्रियाशील हुन पाउने, कोही व्यक्ति ६६ वर्षमा निर्वाचित भयो भने ७१ वर्षमै अवकास लिनुपर्ने विचित्रको व्यवस्था छ ।

    एमालेको विधानले महिलाहरुको नेतृत्वमा पुग्ने ढोका पनि बन्द गरिदिनेछ । यो पनि स्मरणीय छ कि अहिले युवा भनिएका नेताहरु कुनै दिन हामी पनि ७० वर्ष पुग्नेछौं र त्यतिबेला यो कुरा गलत हुन सक्छ भन्ने कुरा बोध गर्न सकिरहेका छैनन् । युवा नेताहरुमा पनि अदूरदर्शीता देखिएको छ ।

    धारा ६४- कार्यान्वयन कि खारेजी ?

    महाधिवेशनको समयमा ६९ वर्ष ११ महिना भएको व्यक्ति निर्वाचित भएपछि थप पाँच वर्ष क्रियाशील हुन पाउने व्याख्या विधानको उल्लंघन र दुनियाँलाई जग हसाउँने तरिका हो । यसले के कुराको पुष्टि गर्दछ भने एमालेको विधान सही ढंगले लागू हुने छैन ।

    विधानको धारा ६४ मा उमेरसम्बन्धी व्यवस्था गरिएको छ । व्यक्तिको ‘कट अफ एयर’ कति हो ? त्यसबारेमा गरिएको व्यवस्थाले कोही व्यक्ति ६९ वर्षमा निर्वाचित भयो भने ७४ वर्षसम्म पदमा रहेर क्रियाशील हुन पाउने, कोही व्यक्ति ६६ वर्षमा निर्वाचित भयो भने ७१ वर्षमै अवकास लिनुपर्ने विचित्रको व्यवस्था छ ।

    एमाले विधानमा गरिएको व्यवस्थालाई अहिलेको जस्तै व्याख्या गर्ने हो भने कोही व्यक्ति ७० वर्ष पुगेर एक दिन बढी भयो भने अवकाश लिन्छ भने कोही व्यक्तिको लागि ७५ वर्ष पुग्ने समयसम्म पदमा रहेर क्रियाशील हुने अवसर प्राप्त हुन्छ ।

    उमेरका व्याख्यामा गरिएको योभन्दा ठूलो भद्रगोल, अपव्याख्या र अन्याय अरु हुन सक्दैन । एमालेमा भएका कानूनका विज्ञहरुले यस्तो विचित्रको व्यवस्थामा किन बोलेनन् होला भन्ने आठौं आश्चर्य हो । वर्षसम्बन्धी व्याख्या संविधानमा एउटा र एमालेको विधानमा अर्काे कसरी हुन गयो ? केन्द्रीय समितिमा रहेका र महान्यायाधिवक्तासमेत भएका अग्नि खरेलहरु पनि चकित परेको हुनुपर्छ । एमालेका नेताहरु एकमत भएरै विधान पारित गरिएको होला । तर यो प्रावधानले उनीहरु आफैलाई गिज्याइरहेको छ ।

    एमाले विधानमा गरिएको व्यवस्था र अपव्याख्याले एमालेका सयौं नेताहरुले आफू अन्यायमा परेको महसुस गर्नेछन् । विधानमा गरिएको व्यवस्था क्रान्तिकारी जस्तो देखिए पनि यसले भविष्यमा एमालेभित्र ठूलो विग्रहको वातावरण निर्माण गर्ने सम्भावना हुनेछ ।

    श्रेष्ठ र विशिष्ट योगदानको रुपमा रहेको राजनीतिलाई एमालेले उमेरको घानमा हालेर गोलचक्करमा फसाउने काम गरेको छ । यसले एमालेको कच्चा, उत्तेजित र भावनात्मक राजनीतिलाई उजागर गरेको छ । सम्भवतः एमालेहरुले विधानको धारा ६४ लाई भविष्यमा खारेज गर्नेछन् ।

  • दशगजा क्षेत्रमा एमालेको बैठक, भारतीय हस्तक्षेपको विरोध

    दशगजा क्षेत्रमा एमालेको बैठक, भारतीय हस्तक्षेपको विरोध

    इलाम । भारतीय पक्षबाट पटक-पटक भइरहेको सीमा अतिक्रमणको विरोध गर्दै नेकपा एमाले सन्दकपुर गाउँ पार्टी कमिटीले जंगे पिलरमा बैठक गरेको छ । इलामको सन्दपुर गाउँपालिका-५ जौबारीमा रहेको ६३ (१५) नम्बरको पिलरमा बैठक गरेको हो ।

    बैठकले भारतीय पक्षबाट भइरहेको सीमा अतिक्रमणको भत्सर्ना गर्दै वार्ता टोली बनाएर यथाशीघ्र सीमा क्षेत्रमा देखिएको समस्या समाधानको लागि संघीय सरकारको ध्यानाकर्षण गराएको छ ।

    ‘नेपालतिर दशगजाभन्दा धेरै यता संरचना बनाउँदा एसएसबीले रोक्छ, भारततिर भने दशजगाभित्रै संरचना बनाइएको छ’, एमाले सन्दकपुर गाउँपालिका कमिटीका अध्यक्ष गिरीराज खनालले भने, ‘भारतले पटक पटक नेपाली भूमिमा अतिक्रमण गरिरहेको छ, त्यसको विरोधस्वरूप जंगे पिलरमा बैठक बसेका हौं ।’

    इलामको पशुपतिनगर-२ मा भारतीय पक्षले दशजगाभित्रै गुम्बा बनाएको छ । नेपाली पक्षको विरोधको बाबजुद पक्की संरचनाको एकतले टाँसी छोइलिङ गुम्बा बनाएको हो । पुरानो गुम्बा मर्मत गर्ने नाममा भारतले दशगजाभित्रै गुम्बा बनाएको हो । भारतले दशगजामै संरचना बनाउने गरे पनि नेपालतर्फ भने दशगजाभन्दा बाहिर संरचना बनाउँदासमेत अवरोध गर्ने गरेको छ ।

    इलामको सन्दकपुरमा पर्यटन प्रवर्द्धनका लागि प्रदेश १ सरकारले भ्युटावर निर्माण थालेको थियो । भ्युटावर बनाउन थालिएको ठाउँ दशगजाभित्र पर्ने भन्दै भारतीय सीमा सुरक्षा बलले अवरोध गर्‍यो । भारतीय सीमा सुरक्षा बलले निर्माण कार्यमा अवरोध गरेपछि टावर बन्न सकेको छैन ।

    भारतीय टोलीले सरकारी योजना मात्रै होइन । निजी क्षेत्रले घर, शौचालय बनाउनसमेत अवरोध गर्ने गरेको छ । सन्दकपुर गाउँपालिका-५ कैयाकट्टामा दशगजाभन्दा ४५ मिटरभित्र स्थानीय यादिकी शेर्पालाई घर बनाउन भारतीय सीमा सुरक्षा बल एसएसबीले त्यही आएर रोकेको थियो । घर बनाउन रोक लगाएको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि एसएसबी पछि हट्यो । त्यसपछि शेर्पाले घर बनाएकी छन् ।

    यस्तै कालपोखरी बजारमा शौचालय निर्माण पनि रोकेको थियो । एसएसबीले सीमा क्षेत्रमा गाडिएका पिलरसमेत सार्ने गरेको सीमा क्षेत्रका बासिन्दा बताउँछन् । एसएसबीले तरकारीजन्य वस्तुको बेच्न लैजाँदासमेत अवरोध गर्ने गरेका छ । एसएसबीले खाद्य सामग्री, निर्माण सामाग्रीमा समेत अवरोध गर्ने गरेको सन्दकपुर गाउँपालिकाको प्रवत्ता समेत रहेका गिरीराज खनाल बताउँछन् ।

    एमालेको बैठकमा केन्द्रीय सदस्य राम राना र एमाले इलामका अध्यक्ष महेश बस्नेत पनि सहभागी थिए । केन्द्रीय सदस्य रानाले राष्ट्रियता र मुलुकको अखण्डता बचाइराख्ने एमालेको अभियानअन्तर्गत सीमा क्षेत्रमा बैठक राखिएको बताए । उनले एमाले राष्ट्रियता र मुलुकको अखण्डताको पक्षमा दह्रो गरी उभिएकाले देशी विदेशी शक्तिले एमालेमाथि आक्रमण गरिरहेको दाबी गरे ।

    एमाले इलामका अध्यक्ष महेश बस्नेतले पार्टीको सरकारकै बेला लिम्पियाधुरा लिपुलेकसहितको नक्सा जारी भएकाले अतिक्रमित भूमि फर्ता गर्न लाग्नुपर्नेमा जोड दिए । उनले सीमा क्षेत्रमा हुने अतिक्रमण रोक्नको लागि कार्यकर्ता चनाखो हुनुपर्नेमा जोड दिए ।

  • चोलेन्द्र हटाएपछि एमालेको पालाका नियुक्ति खारेज गर्ने सेटिङ भइसकेको ओलीको दाबी

    चोलेन्द्र हटाएपछि एमालेको पालाका नियुक्ति खारेज गर्ने सेटिङ भइसकेको ओलीको दाबी

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई हटाएपछि आफ्नो सरकारका पालाका संवैधानिक नियुक्तिहरू खारेज गर्ने लगायतका सेटिङ मिलाइ सकिएको सूचना आफूले पाएको बताएका छन् ।

    बार पदाधिकारी र वरिष्ठ अधिवक्ताहरूसँगको छलफलमा ओलीले असार २८ को परमादेशदेखि नै सेटिङ भएको र अहिले आफू अनुकुल प्रधानन्यायाधीश बनाएर मुद्दाहरू मिलाउन खोजिएको समेत बताए ।

    ओलीले भने, ‘एकजना वरिष्ठ अधिवक्ता (शम्भु थापा) ले भन्नुभयो हामीले न्यायाधीश हटाई हटाई अर्का न्यायाधीश राखेर तिम्रो पक्षमा फैसला पार्देको गुन तिर्नु पर्दैन ? अर्को श्रीमान्‌को कुरा पनि आयो संविधानबाहिर गएर केपी ओलीलाई हटाउनुपर्‍यो । अर्को चाहिँ एक पक्षका वकिलहरूमात्र बस्नुभयो अबका मुद्दा के के गर्ने ?, कसलाई राजीनामा गराउने ? त्यसपछि त्यो बेला भएका नियुक्ति यसो-यसो गर्ने भनेर बसेको होइन ? सेटिङ के-के कुरामा थियो ? कुन-कुन वस्तुका लेनदेन भए ? तपाईंहरूले नै पोल खोलाखोल गरिरहनुभएको छ ।’

    प्रधानन्यायाधीश चोलेन्द्र हटाएर के-के गर्ने भन्ने तय भइसकेकोले आफू व्यक्तिको पछि नलाग्ने उनले प्रष्ट पारे । ओलीले बारको माग न्यायपालिका सुधारको लागि २० प्रतिशतमात्र रहेको भन्दै १०० पुर्‍याएर ल्याउन सुझाव दिए । उनको संकेत परमादेश जारी गर्ने पाँचै न्यायाधीशविरुद्ध महाअभियोगको माग ल्याउनुपर्ने बुझिन्छ ।

  • कालीकोटका कांग्रेस नेता मल्ल एमालेमा प्रवेश

    कालीकोटका कांग्रेस नेता मल्ल एमालेमा प्रवेश

    सुर्खेत । नेकपा एमाले कालीकोटले पार्टी प्रवेश अभियान सुरू गरेको छ । कालीकोट खाडाच्रक नगरपालिका- ८ साविक पाँखा गाविसका नेपाली कांग्रेसका पूर्वसभापति मानबहादुर मल्ल एमाले प्रवेश गरेका छन् ।

    उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीमा स्वागत गरे ।

    केन्द्रीय सदस्य नागेन्द्र शाही नेशनलका अनुसार एक महिने अभियानअन्तर्गत काली ब मल्ल, बाटु मल्ल, नन्द बहादुर मल्ल, कृष्ण मल्ल, हर्षबहादुर मल्ल, तुलसी मल्ललगायत उनका परिवारका सदस्यलाई पनि स्वागत गराउने कार्यक्रम छ ।

  • पदबहाली गर्दै ओलीले भने- एमालेले निकालेका व्यक्ति संसदमा स्वीकार्दैनौं (भिडिओ)

    पदबहाली गर्दै ओलीले भने- एमालेले निकालेका व्यक्ति संसदमा स्वीकार्दैनौं (भिडिओ)

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फेरि पनि संसद अवरुद्ध गर्ने संकेत गरेका छन् । शुक्रबार दोस्रोपटक पार्टी अध्यक्षको कार्यभार सम्हाल्दै ओलीले संसद चल्न नदिने बताए ।

    ‘हामीले निष्कासन गरेका व्यक्तिहरू संसदभित्र राखेर कसरी संसद चल्न सक्छ ?,’ ओलीले भने, ‘हामीले निष्कासन गरेका व्यक्तिहरु फेरि संसदमा आउँछन् भने हामी स्वीकार गर्न सक्दैनौं ।’ सरकारले २८ गते संघीय संसदका बैठक आह्वान गरेको छ।

    एकीकृत समाजवादीका सांसदहरुलाई अवैध भन्दै एमालेले यसअघि लामो समय संसद अवरोध गरेको थियो।

    ओलीले अहिलेको गठबन्धनबाट देश र सरकार दुवै नचलिरहेको समेत आरोप लगाए। उनले भने, ‘गठबन्धनको सरकारबाट देश चलिरहेको छैन् । सरकार चलिरहेको छैन् । यस्तोलाई चलेको भन्ने हो भने त नचलेको कस्तोलाई भन्ने रु यस्तो अर्कमन्यता लम्ब्याउनु हुँदैन भनेर हामीले चाँडै आमचुनावमा जानुपर्छ भनेर भनेका छौं ।’

    सर्वोच्चमा अहिले व्यवधान सिर्जना गरिएको भन्दै ओलीले पाँच दलीय गठबन्धनका कारण विकृति आएको आरोप लगाए। ‘अदालतको हुर्मत लिने काम भइरहेको छ,’ उनले भने, ‘गलत फैसला गराएर हुर्मत लिने काम भएको छ। त्यो आफैं उहाहरु भन्नुहुन्छ । समाधानका लागि उहाँहरु गलत प्रेस्कृपिस्न दिइरहनु भएको छ।’

  • ओलीले सम्हाले दोस्रोपटक एमाले अध्यक्षको पदभार (तस्बिरहरू)

    ओलीले सम्हाले दोस्रोपटक एमाले अध्यक्षको पदभार (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पदभार सम्हालेका छन् । चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ओलीले थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदबहाली गरेका हुन् ।

    उनीसँगै उपाध्यक्ष, महासचिव, सचिवलगायतका पदाधिकारी तथा अनुशासन, निर्वाचन र लेखा आयोगको कार्यकक्ष पनि तयार गरिएको छ ।

    प्रतिस्पर्धी भीम रावललाई भारी मतान्तरले हराउँदै ओली अध्यक्षमा निर्वाचित भएका हुन् । एमालेमा दोस्रोपटक अध्यक्ष बनेका ओलीको कार्यकाल पाँच वर्षको हुनेछ ।

  • जब जीवनले आफ्नै आँगनमा मदन भण्डारी भेटे (भिडिओसहित)

    जब जीवनले आफ्नै आँगनमा मदन भण्डारी भेटे (भिडिओसहित)

    ‘सर एकैछिन यता आउनुहोस् त, कुरा गर्नु छ’ मधुसुधनले जीवनलाई बोलाए ।

    ‘के कुरा हो भन्नुहोस् न’

    ‘माओत्से तुङका बारेमा तपाईंसँग पुस्तक छ रे, मलाई दिनुस् न’

    आफूसँग भएका केही पुस्तक जीवन राईले मधुसुधनलाई बुझाए ।

    ‘योबारेमा तपाईंसँग थप छलफल गर्नु छ’ मधुसुदनले फेरि जीवनसँग भने ।

    ‘गरौंला नि !’ जीवनको जवाफ ।

    आफ्नो संक्षिप्त जवाफले मधुसुधनको मनमा ठेस लागेको जस्तो आभास भयो जीवनलाई ।

    ‘तपाईंभन्दा अलि बढी बुझेका मान्छेलाई ल्याउनुहोस् न, म बुझाउँछु नि !’

    जीवनले मधुसुधनलाई सार बुझाउन नसक्ने भएपछि केही बुझेको मान्छेलाई बुझाउने र उसले मधुसुधनलाई बुझाउने योजना बनाए ।

    ‘हुन्छ म एक जना कमरेडलाई तपाईंसँग भेटाउँछु’ मधुसुदन फर्किए ।

    केही दिनपछि ढाकाको कालो टोपी र हाफ पाइन्ट लगाएका एक व्यक्ति जीवनको घरमा पुगे । जीवनको मुटुमा चिसो पस्यो ।

    उनले आफूले लगाएको कालो ढाकाको टोपी देखाउँदै भने ‘यस्तै कालो टोपी थियो ट्याकसँगले लगाएको जुँगा पाल्नु भएको, प्रहरीको हल्दार, सइ जस्तो, खरदार बैदार हो कि जस्तो । चट्ट हाफ पाइन्ट लगाउनु भएको थियो । पछि थाहा भयो उहाँ त मदन भण्डारी हुनुहुँदो रहेछ ।’

    मधुसुदनले एक जना अलि कम्युनिस्ट बुझेको व्यक्ति लिएर आउँछु भनेका थिए । उनले जीवनको घरमा त मदन भण्डारीले लिएर पुगेछन् ।

    २०३३ साल असारमा पहिलोपटक मदनसँग मदुमल्लामा जीवनको भेट भयो ।

    उनीहरू बीच लामो वैचारिक संवाद चल्यो । दर्शनशास्त्रका विषयमा विश्लेषण भए । नयाँ क्रान्तिका विषयमा छलफल भयो ।

    ‘नौलो जनवादी क्रान्तिबारेमा हाम्रो छलफल भएको थियो’ जीवनले त्यतिबेलाको क्षण सम्झँदै भने, ‘म उहाँदेखि निकै प्रभावित भएँ, उहाँ मदेखि प्रभावित भएँ भन्नुहुन्थ्यो ।’

    त्यहाँ मदनलाई खतरा हुने देखेर जीवनले धर्म केसीको घरमा आउन भने र पूरै एक रात राजनीतिक छलफलमा बिताए ।

    ‘नेपालमा क्रान्तिकारी एकता कमिटी (कोर्डिनेसन केन्द्र) गठन भएको छ । हामीले मोरङमा पनि त्यो गठन गर्नुपर्छ उहाँ(मदन भण्डारी)ले भन्नुभयो उनले भने, ‘तर मैले यो किन गठन गर्ने भन्ने विषयमा अन्योलता प्रकट गरें । ’

    जीवनले त्यो बेलामा कोर्डिनेसन केन्द्र गठन गर्ने विषयमा सकारात्मक प्रतिक्रिया दिए पनि त्यसबारे उनलाई त्यति धेरै जानकारी भने थिएन ।

    ‘सुरुमा मैले पनि हुन्छ भनें । तर, क्रान्तिकारी एकता केन्द्र किन गठन गर्ने भन्ने जानकारी थिएन’ उनले भने ‘मैले किन गठन गर्ने भन्नेबारे पनि उहाँलाई सोधें । ’

    मदन भण्डारीले ‘मुक्ति केन्द्रको मुक्ति मोर्चा’ भन्ने एउटा किताब उनलाई दिए । झापाको वर्गसंघर्ष समेटिएको ‘लालटिन’ पनि थपिदिए । त्यो पढेपछि जीवनलाई कोर्डिनेसन केन्द्रको शाखा खोल्न उपयुक्त लाग्यो । जीवन शाखा खोल्न तयार भए । त्यसको जिम्मा भण्डारीले राईलाई दिए ।

    मलुमल्लाबाट राई, इटहरीबाट भण्डारी, कुमार निरौला मधुसुदन न्यौपाने लगायतले २०३४ साल भदौ ४ गते मोरङ जिल्ला एकता केन्द्र गठन गरे । त्यो बेला महासचिव सिपी मैनाली थिए ।

    २०३५ सालमा मोरङमा एकता केन्द्रले संगठन विस्तारलाई तीव्रता दियो । मोरङमा तत्कालीन अवस्थामा ४८ जना भूमिगत कार्यकर्ता थिए ।

    ‘हामी भूमिगत थियौं । त्यसको लागि सेल्टर बनायौं । भुवनसिंह राईले ठूलो घर बनाउनु भयो । त्यहीं बस्यौं’, उनले भने, ‘पुस ११ गते मोरङमा मालेको प्रथम सम्मेलन भयो ।’

    राई मोरङमा गुरिल्ला सर्कल कमन्डर थिए । उनले सुरक्षा कमान्डको जिम्मेवारी पाएका थिए ।

    त्यसपछि मदन भण्डारीसँग उनको भेट बढ्दै भयो । ‘त्यो बेला हामीले नयाँ जनवादी क्रान्ति गर्नुपर्छ भन्ने गरेका थियौं । कार्यकर्ताहरूलाई चेतना दिन थालेका थियौं ।’

    पूर्वी नेपालमा कम्युनिस्टको गतिविधि बढिरहेको भए पनि पश्चिम नेपालमा भने शून्य थियो ।

    दार्शनिक चेतना भएका कमरेडलाई पश्चिम पठाइदिन केन्द्रीय कमिटीमा भएको छलफलबारे जीवनले थाहा पाए । त्यो बेला झलनाथ खनाल महासचिव थिए ।

    केन्द्रीय कमिटीको निर्देशनपछि आफ्ना सन्तानहरूलाई मदन भण्डारीको साथमा छोडेर उनी २०३८ साल माघ १८ गते मोरङबाट सुर्खेत आए ।

    पुष्पलालको पालाका बालाराम शर्मा लिलाधर गौतम, भक्तबहादुर केसीसँग जीवनले पार्टी विस्तारलाई अघि बढाए ।

    सुर्खेतबाट २०४२ सालमा उनी कैलालीको फूलबारीमा पनि पार्टी विस्तारको लागि झरे । त्यसपछि उनी अछाम पुगे ।

    ‘त्यो बेला भीम रावल कहाँ हुनुहुन्थ्यो त ?’ अछाम भन्नासाथ भीम रावलको प्रशंग याद आयो ।

    ‘उहाँ काठमाडौँको घट्टेकुलोमा हुनुहुन्थ्यो । उहाँको युएनमा जागिर थियो’, उनले भने, ‘उहाँ त्योभन्दा पहिले नै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । अनेरास्वयूको अध्यक्ष पनि हुनुहुन्थ्यो ।’

    पश्चिममा गएपछि केन्द्रीय नेतृत्वसँग राईको भेटघाट कम भएको थियो । तर, भेट हुँदा बदलिँदो राजनैतिक विषयमा भन गम्भीर छलफल हुने गरेको थियो ।

    ‘मदन भण्डारी धनगढीको एउटा कार्यक्रममा आउनु भएको थियो, त्यतिबेला उहाँ जबज लेख्दै हुनुहुन्थ्यो’ उनले भने । मदन भण्डारीले जनताको बहुदलीय जनबादबारे लेख्दै गर्दा जीवनलाई सुनाएका थिए । उनले कुरा सुने तर, प्रस्ट भएनन् ।

    ‘उहाँले मलाई सुनाउनु भयो । मैले नौलो जनवादको कुरा लिएर जनतामा गइरहेका छौं । जहिले पनि नेपाली क्रान्तिमा कार्यनीतिको सवालले गर्दा पार्टी विभाजन भइरहेको छ । फेरी जबज लिएर जाँदा आघात पर्ने त होइन ? पार्टी फुटाउने त होइन !’ उनले मदनलाई प्रतिप्रश्न गरेका थिए ।

    मदनको तर्कले जीवन पनि सन्तुष्ट भए । पाँचौं अधिवेशनले मदनको सिद्धान्त पारित गर्‍याे । मदन महासचिव भए । त्यसपछि उहाँको कहिल्यै मदन भण्डारीसँग भेट भएन ।

    ‘मदन भण्डारी भनेको सशक्त क्रान्तिकारी कम्युनिस्ट हुनुहुन्थ्यो । खास क्रान्तिकारीमा हुने गुण थियो उहाँमा’ उनले मदन सम्झँदै भने ‘मदन भण्डारीसँग जसले कुरा गर्थे, लट्ठ हुन्थे ।’

    मदन भण्डारीसँग जनताको बहुदलीय जनवाद र जनताको नौलो जनवादका विषयमा छलफल गर्ने उनी २०२८ सालदेखि कम्युनिस्ट भएको बताउँछन् ।

    पाको उमेरमा पनि उनी सक्रिय राजनीतिमा छन् । अहिले उनी राष्ट्रिय परिषद् सदस्य छन् । लामो राजनैतिक इतिहास भएर पनि उनले कुनै लाभको पद हासिल गरेनन् ।

    तस्बिर र भिडिओ- उमेश कार्की/ नेपाल प्रेस

  • एमाले नयाँ नेतृत्व कति समावेशी ?

    एमाले नयाँ नेतृत्व कति समावेशी ?

    काठमाडौं । चितवनमा सम्पन्न नेकपा एमालेको १० औं महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले १९ सदस्यीय पदाधिकारी चयन गरेको छ भने तीन सय एक सदस्यीय केन्द्रीय समिति र २५-२५ सदस्यीय विभिन्न अयोग पनि गठन गरेको छ ।

    राजनीतिक दलको नेतृत्व तहमा ३३ प्रतिशत महिला अनिवार्य हुने राजनीतिक दलसम्बन्धी ऐनमा व्यवस्था भएअनुसार नै पहिलोपटक नेकपा (एमाले)को पदाधिकारी र केन्द्रीय समितिमा महिलाको सहभागिता ३३ प्रतिशत पुगेको छ । पदाधिकारीमा महिलाको संख्या बढेको छ भने दलित र मधेसीको पनि उपस्थिति भएको छ ।

    पदाधिकारीमा महिला १०, दलित र मधेसी ५-५ प्रतिशत

    एमालेको १९ सदस्यीय पदाधिकारीमा २ महिला, १ दलित र १ जना मधेसी समुदायका नेताको उपस्थिति भएको छ । यो हिसाबमा पदाधिकारीमा महिलाको सहभागिता १० प्रतिशत देखिएको छ भने दलित र मधेसीको सहभागिता ५-५ प्रतिशत देखिएको छ । संख्यात्मक हिसावले महिला, दलित र मधेशीको संख्या पदाधिकारीमा कम देखिए पनि यसअघिको तुलनामा सुधार भएको छ ।

    २ जना महिला पदाधिकारीमा उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा पद्मा अर्याल निर्वाचित भएका हुन् । त्यस्तै, दलित समुदायको तर्फबाट सचिवमा छविलाल विश्वकर्मा र मधेसी समुदायबाट रघुवीर महासेठ पनि निर्वाचित भएका हुन् ।

    ३०१ सदस्यीय केन्द्रीय समितिमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित भएको छ । उनीहरूमध्ये अधिकांश निर्विरोध निर्वाचित भएका हुन् भने कतिपय निर्वाचनमार्फत केन्द्रीय समितिमा निर्वाचित भएका छन् ।

    भूगोलका ६७ केन्द्रीय सदस्यमा एकमात्र दलित

    भौगोलिक क्षेत्रअन्तरगत सातवटै प्रदेशबाट ६७ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । जसमा प्रदेश एकबाट ६ जना निर्वाचित भएकोमा जनजातितर्फ ४ जना निर्वाचित भए ।

    प्रदेश एकबाट भौगोलिक क्षेत्रमा खुलामा एकजना पनि महिला र दलित निर्वाचित भएनन् । भूगोलअन्तरगत नै प्रदेश एकबाट ३ जना महिला निर्वाचित भए । जहाँ १ जना जनजाति महिला निर्वाचित भए भने बाँकी २ जना खस आर्यबाटै महिला निर्वाचित भए । दलित र मधेसी समुदायबाट एकजना पनि महिला निर्वाचित भएनन् ।

    प्रदेश दुईमा भने खुलातर्फ ६ जना निर्विरोध निर्वाचित भए, जसमा सबै मधेसी र जनजातिबाटै निर्वाचित भए । खुलातर्फ भने एकजना पनि महिला र दलित निर्वाचित भएनन् । प्रदेश २ कै महिलातर्फ भने ३ जना निर्वाचित हुँदा एकजना पनि दलित महिला परेनन् ।

    वाग्मती प्रदेशमा ६ जना खुलातर्फ निर्विरोध निर्वाचित हुँदा १ जनामात्र जनजातिबाट निर्वाचित भए । दलितबाट एकजना पनि निर्वाचित भएननन् । वाग्मतीबाटै तीनजना महिला निर्वाचित हुँदा १ जना महिला जनजातिबाट परे । बाँकी २ महिला खसआर्यबाटै निर्वाचित भए । यहाँ पनि दलित महिला निर्वाचित भएनन् ।

    गण्डकी प्रदेशबाट ६ जना खुला निर्विरोध निर्वाचित हुनेमा ५ जना खस आर्यबाट निर्वाचित भए भने दलितबाट जगत विश्वकर्मा निर्विरोध भए । गण्डकी प्रदेशकै तीनजना महिला निर्विरोध निर्वाचित हुँदा १ जना खस आर्य महिला निर्वाचित भए । २ जना जनजातितर्फका महिला निर्वाचित भए । दलित महिला भने एकजना पनि आएनन् ।

    लुम्बिनी प्रदेशमा ६ जना खुलातर्फ निर्वाचित भएकामा ५ जना खस आर्यबाटै निर्विरोध भए । एकजना नवीन रोकामगर जनजातिबाट निर्वाचित भए । दलित भने एकजना पनि आएनन् । महिलातर्फ पनि ३ जना निर्विरोध निर्वाचित भएकोमा तीनै जना खस आर्यबाट निर्वाचित भए । महिला भित्र पनि जनजाति र दलित महिला अटाएनन् ।

    कर्णाली प्रदेशबाट खुलातर्फ ६ जना निर्वाचित हुनेमा शतप्रतिशत खस आर्यबाट निर्विरोध निर्वाचित भए । ३ जना महिलातर्फ पनि तीनैजना खस आर्यबाट निर्वाचित भए ।

    सुदूरपश्चिम प्रदेशमा ६ जना खुलामा निर्वाचित भएकोमा चारजना खस आर्यबाट परे । दलितबाट अफिलाल ओखेडा र जनाजातिबाट नारदमुनि राना निर्विरोध भए । महिलातर्फ भने तीनैजना खस आर्य निर्वाचित भए ।

    उपत्यका विशेषबाट भने एक खुला सदस्यमा खसआर्य पुरुष र महिलामा भने जनाजातितर्फ बिनाकुमारी श्रेष्ठ निर्विरोध निर्वाचित भए । सम्पर्क समन्वयतर्फ एकजनामा जनजाति समुदायबाट र महिलातर्फ खस आर्यबाटै निर्विरोध निर्वाचित भए ।

    जनजातिको सहभागिता ३२ प्रतिशत

    समावेशीतर्फ ७८ मध्ये आदिवासी जनजातिबाट खुलातर्फ १७ जना निर्विरोध भएकामा सबै पुरुष परे । आदिवासी जनजाति महिलातर्फ ८ जना निर्वाचित भए । समावेशीतर्फकै मधेसीतर्फ खुलाबाट १३ जना सबै पुरुष निर्वाचित भए भने मधेसी महिलातर्फ ६ जना महिला निर्वाचिन भए ।

    समावेशी दलिततर्फ ८ जना निर्वाचित हुनेमा सबै पुरुष परे । महिलातर्फ भने चारजना निर्वाचित भए । समावेशीकै थारुतर्फ पाँचजना खुलामा निर्वाचित हुनेमा सबै पुरुष नै निर्वाचित भए भने महिला दुईजना निर्विरोध भए ।

    मुस्लिमबाट चारजना खुलामा सबै पुरुष नै निर्विरोध निर्वाचित भए भने महिलामा एकजना निर्विरोध भए । यस्तै श्रमिकतर्फ चारजनामा एकजना जनजातिबाट निर्वाचित भए भने बाँकी तीन जना खस आर्यबाटै निर्वाचित भए ।

    महिलातर्फ २ जना जनजातिबाटै निर्वाचित भए । पिछडिएको क्षेत्रबाट ३ जना खुलामा एकजना जनजातिबाट निर्वाचित भए भने बाँकी २ जना खस आर्यबाट परे । पिछडिएको महिलामा पनि खसआर्यबाटै निर्वाचित भए ।

    ८४ खुला केन्द्रीय सदस्यमा ८६ प्रतिशत खसआर्य

    केन्द्रीय सदस्य खुलाअन्तरगत ८४ जनामा १० जना जनजाति, एकजना मधेसी निर्वाचित भए भने बाँकी सबै खसआर्यबाटै आए । महिला र दलित समुदायबाट खुलातर्फ एकजना पनि निर्वाचित भएनन् । खुलातर्फ नै ५३ जना महिला निर्वाचित हुनेमा ६ जना जनजाति, दुई थारु, १-१ मधेसी र दलित महिला निर्विरोध निर्वाचित भए भने बाँकी सबै खस आर्य महिला नै निर्वाचित भए ।

    नेकपा एमालेको नवौं महाधिवेशनमा पनि २ जना महिला पदाधिकारीमा निर्वाचित भएका थिए । जसमा उपाध्यक्षमा विद्यादेवी भण्डारी र अष्टलक्ष्मी शाक्य थिए ।

    भण्डारी राष्ट्रपति भएकी थिइन् । त्यतिबेला पदाधिकारीमा दलित र मधेसी समुदायको भने उपस्थिति शून्य नै थियो । नवौं महाधिवेशनबाट एमालेको केन्द्रीय कमिटीमा ३० जनामात्रै महिलाको सहभागिता थियो ।

  • भीम रावलको दाबी- पार्टीलाई विधि, पद्धतिमा हिँडाउँन अन्तिमसम्म प्रयास गरेँ

    भीम रावलको दाबी- पार्टीलाई विधि, पद्धतिमा हिँडाउँन अन्तिमसम्म प्रयास गरेँ

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टीलाई विधि पद्धतिमा हिँडाउँन आफूले प्रयास गरेको दाबी गरेका छन् ।

    १०‍औं महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँगको प्रतिस्पर्धामा पराजित रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत एमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिडाउन मैले अन्तिमसम्म प्रयास गरेको उनले जिकिर गरेका हुन् ।

    त्यसका लागि महाधिवेशनमा आवाज उठाउनुका साथै अध्यक्ष पदमा उम्मेदवारी दिएको उनले प्रष्टोक्ति छ ।

    आफूलाई साथ, समर्थन, सहयोग, मत र उत्साह दिने सबैलाई रावलले धन्यवाद दिएका छन् ।

  • एमाले नेतृत्वमा लुम्बिनीबाट ७ पदाधिकारीसहित ६० जना निर्वाचित (सूचीसहित)

    एमाले नेतृत्वमा लुम्बिनीबाट ७ पदाधिकारीसहित ६० जना निर्वाचित (सूचीसहित)

    रुपन्देही । नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित १९ सदस्यीय पदाधिकारीमा लुम्बिनीका ७ जना निर्वाचित भएका छन् ।

    उपाध्यक्षमा विष्णु पौडेल र युवराज ज्ञवाली, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली र सचिवमा गोकर्ण विष्ट, टोपबहादुर रायमाझी तथा छविलाल विश्वकर्मा निर्वाचित भएका हुन् ।

    यसअघि उपमहासचिव रहेका नेता घनश्याम भुसाल उपाध्यक्षमा प्रतिस्पर्धा गरे पनि पराजित भए । तर, केन्द्रीय सदस्यमा भने निर्वाचित भएका छन् ।

    केन्द्रीय अनुशासन आयोगको उपाध्यक्षमा रूपन्देहीका नेत्र पन्थी र केन्द्रीय लेखा आयोगको उपाध्यक्षमा कपिलवस्तुका विष्णु पन्थी चयन भएका छन् ।

    लुम्बिनीबाट ६० जना केन्द्रीय कमिटीमा समेटिएको प्रचार विभागका सदस्य डीआर घिमिरेले बताए ।

    एमालेले लुम्बिनी प्रदेशलाई आधार इलाका मान्दै आएकाले पनि पदाधिकारीमा ठाउँ पाएको नेताहरूको विश्लेषण छ ।

    नवौं महाधिवेशनमा उपमहासचिवमा निर्वाचित रुपन्देहीका विष्णु पौडेल अन्तिम समयसम्म महासचिवमा प्रमुख दाबेदार रहेका थिए । तर, अध्यक्ष केपी ओलीकै प्रस्तावमा उनी विष्णु पौडेल उपाध्यक्ष बनेका छन् । उनी दुईपटक अर्थमन्त्री बनेर लोकप्रिय बजेट ल्याएका कारण र नेकपाकालमा महासचिवको जिम्मेवारी कुशलतापूर्वक निभाएका कारण पार्टीभित्र थप बलियो बनेका हुन् ।

    समन्वयकारी भूमिकामा अग्रभागमा देखिने पौडेल यसअघि संगठन विभाग प्रमुख रहेकाले पनि आन्तरिक संगठनमा बलियो बनेका हुन् । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई पराकिलो मतान्तरले हराएर चर्चामा आएका पौडेल रूपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । रूपन्देहीमा पौडेलले अगाडि बढाएको विकासले एमालेको जनआधार बलियो छ ।

    उपाध्यक्षमै दाङका युवराज ज्ञवाली निर्वाचित भएका छन् । सरल र सादगी नेताको पहिचान बनाएका ज्ञवाली यसअघि ९ औं महाधिवेशनमा पनि उपाध्यक्षमै विजयी भएका थिए । लामोसमय माधव नेपाल समूहमा रहेका उनी पार्टी विभाजनको बेला एमालेको बलियो खम्बा बनेर मूलधारमै रहेका हुन् ।

    पार्टीभित्र अध्यक्षपछिको शक्तिशाली पद मानिने महासचिवमा लुम्बिनी प्रदेशकै दाङबाट शंकर पोखरेल निर्विरोध भएका छन् ।

    उनी लुम्बिनी प्रदेशको निर्वतमान मुख्यमन्त्रीसमेत हुन् । केपी ओलीको विश्वासपात्र पोखरेललाई ओलीले महासचिव बन्ने संकेत विधान महाधिवेशनमै गरेको धेरैले आंकलन गरेका थिए । पार्टीभित्र सैद्धान्तिक बहस गर्ने र जबजको व्याख्याताका रुपमा पहिचान बनाएका पोखरेल ९ औं महाधिवेशनमा उपमहासचिवमा पराजित भएपनि स्थायी कमिटीमा रहेर महत्वपूर्ण काम गरेका थिए ।

    वैचारिक नेता मानिने गुल्मीका प्रदीप ज्ञवाली उपमहासचिव बनेका छन् । ज्ञवाली एमाले सचिव थिए । त्यस्तै गुल्मीकै गोकर्ण विष्ट पनि सचिव बनेका छन् । उनी यस अगाडि पनि सचिव नै थिए । गुल्मीमा मात्र नभई लुम्बिनी प्रदेशमै ज्ञवाली र विष्ट लोकप्रिय मानिन्छन् । विष्टले लोकप्रिय मत प्राप्त गरे ।

    त्यस्तै रूपन्देहीकै छविलाल विश्वकर्मा सचिवमा निर्वाचित भएका छन् । लामो समयदेखि ओलीलाई साथ दिँदै आएका विश्वकर्मा यसअगाडि स्थायी कमिटी सदस्य थिए । एमालेको पदाधिकारीमा पहिलोपटक दलित समुदायबाट उनले प्रतिनिधित्व गरेका छन् । सचिवमै अर्घाखाँचीका टोपबहादुर रायमाझी निर्वाचित भए । अर्घाखाँचीमा जनआधार राम्रो बनाएका उनी पूर्वमाओवादी नेता हुन् । विकासप्रेमी नेताको पहिचान बनाएका रायमाझी एमालेमा रहेपछि साविकको लुम्बिनीका धेरै माओवादी नेता-कार्यकर्तालाई एमालेमै राख्न सफल भए ।

    माओवादी जनयुद्धका कमाण्डरमध्येका एक रायमाझी शान्ति प्रकृयामा आएपछि कुनै निर्वाचनमा पराजित भएका छैनन् । यसअघि माओवादीले लुम्बिनीका सबै जिल्लाबाट पराजय हुँदा उनीमात्र विजयी भएका थिए ।

    केन्द्रीय आयोगको मुख्य पदमा पनि लुम्बिनी छुटेको छैन । अनुशासन आयोगको उपाध्यक्षमा रूपन्देहीका नेत्र पन्थी चयन भएका छन् । उनी यसअघि पार्टीको सल्लाहकार थिए । त्यस्तै केन्द्रीय लेखा आयोगको उपाध्यक्षमा कपिलवस्तुका विष्णु पन्थी चयन भएका छन् । आयोगका केन्द्रीय सदस्यमा पनि लुम्बिनीबाट धेरै सदस्यहरू निर्वाचित भएका छन् ।

    नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा निर्वाचित हुने लुम्बिनीका पदाधिकारी तथा सदस्यहरू :

    उपाध्यक्ष :

    विष्णु पौडेल
    युवराज ज्ञवाली

    महासचिव :

    शंकर पोखरेल

    उपमहासचिव :

    प्रदीप ज्ञवाली

    सचिव :

    गोकर्ण विष्ट
    छबिलाल विश्वकर्मा
    टोपबहादुर रायमाझी

    लुम्बिनी प्रदेश भुगोल

    खुल्लातर्फ : 
    १. लिला गिरी
    २. खेममान खड्का
    ३. दिनेश पन्थी
    ४. नवीन रोका मगर
    ५. भुमिश्वर ढकाल
    ६. हरिप्रसाद रिजाल
    महिला तर्फ : 
    १. साबित्रा अर्याल
    २. मेनका पोखरेल
    ३. सरिता खनाल भुसाल
    आदिवासी जनजाति खुल्ला 
    गोकुलप्रसाद घर्ती मगर
    दलबहादुर राना
    महिला : 
    ईश्वरी घर्ती
    तराई मधेश खुल्ला : 
    पसुपती दयाल मिश्र
    शुशिलकुमार श्रीवास्तव
    दलित समुदाय खुल्ला : 
    बमवहादुर विश्वकर्मा
    जंग नेपाली
    थारु समुदाय खुल्ला : 
    बैजनाथ चौधरी
    नरुलाल चौधरी
    महिला  : 
    गङा चौधरी सतगौवा
    मुस्लिम समुदाय खुल्ला :  
    महम्मत हारुन हलुवाई
    सिराज अहमद फारुसी
    श्रमिक क्षेत्र खुल्ला : 
    कमल गौतम

    खुला क्षेत्र

    घनश्याम भुसाल
    मणी थापा
    खिमलाल भट्टराई
    गिरिधारीलाल न्यौपाने
    चन्द्र वहादुर खड्का
    ठाकुर गैरे
    दधिराम न्यौपाने
    लक्ष्मण ज्ञवाली
    सुर्य थापा
    बलराम अधिकारी
    घनश्याम पाण्डे
    चेतनारायण आचार्य
    कुमार दशौंदीं
    शिवराज सुवैदी
    सुर्य ढकाल
    किरण पौडेल

    महिला :

    कोमल वली
    गोमादेवि आचार्य
    दीपा शर्मा
    विमला घिमिरे
    शान्ता चौधरी
    शान्तिदेवी ढकाल
    शोभा ज्ञवाली
    सीता न्यौपाने
    सिर्जना काफ्ले
    सुजिता शाक्य

    अनुशासन आयोग :

    उपाध्यक्ष : (१) नेत्रप्रसाद पन्थी
    खुल्ला सदस्य :
    छबिलाल ओली
    झपेन्द्रबहादुर जिसी
    डा.कृष्ण न्यौपाने
    तुलसीप्रसाद चौधरी
    देवराज भार
    महिला सदस्य 
    सरस्वती गौतम

    लेखा आयोग :

    उपाध्यक्ष : (१) बिष्णु पन्थी
    खुल्ला सदस्य  :
    धनेन्द्रराज घिमिरे
    रेवतीरमण शर्मा
    महिला सदस्य : 
    बिजया धिताल
    बिमला केसी
    सावित्री विश्वकर्मा
  • एमालेको जनसमर्थन नघटेको महाधिवेशनबाट स्थापित भयो : सुवास नेम्वाङ (भिडिओ)

    एमालेको जनसमर्थन नघटेको महाधिवेशनबाट स्थापित भयो : सुवास नेम्वाङ (भिडिओ)

    चितवन । नेकपा (एमाले) का नवनिर्वाचित उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रिय महाधिवेशनले कम्युनिष्ट आन्दोलनको मूलधार एमाले नै रहेको सन्देश दिएको दाबी गरेका छन् ।

    महाधिवेशनपछि काठमाडौं फर्कने क्रममा भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘महाधिवेशन सफल बनेको छ, एमाले नै कम्युनिष्ट आन्दोलनको मुलधार रहेको सन्देश दिएको छ ।” एमालेप्रतिको जनमत यथावतै रहेको पुष्टि गरेको पुष्टि भएको नेम्वाङको भनाइ छ ।

    ‘धेरै षड्यन्त्रका बावजुद कमजोर बनाउने, घेराबन्दी गर्ने कैयन प्रयास भए’, उनले भने, ‘अझैपनि एमालेको उही शक्ति रहेछ, जनताको उत्तिकै समर्थन रहेछ भन्ने स्थापित भएको छ ।’ महाधिवेशनले एमाले एकजुट भएको देखाएको भन्दै नेम्वाङले भने, ‘विधान महाधिवेशनका बेलामा पनि के गर्छन् भन्थे । राष्ट्रिय महाधिवेशनबाट पूरै फुट्छन्, विभाजनमा जान्छन् भन्ने प्रश्नहरू उठे, तर हामीले सफलतापूर्वक सम्पन्न गर्‍यौं ।’

    उनले एकता, सहमति र समझदारीको महाधिवेशन बनाउन सुरूदेखि नै जोड दिइएको त्यसमा सफल पनि भएको जिकिर गरे । केही पदमा निर्वाचन हुनु स्वाभाविक भएको बताउँदै निर्वाचनमा भाग लिएकाहरूलाई समेटेर लैजानुपर्नेमा नेम्वाङको जोड छ ।

    ‘भीम रावललाई परेको मत पनि एमालेकै हो’, उनले भने, ‘निर्वाचनमा गएपछि मत पाउने नै भए, त्यसलाई अन्यथा लिनुहुँदैन, कसले कति प्रतिशत मत पाए भनेर निष्कर्षमा पुग्नुहुँदैन, एमाले एकजुट र एक ढिक्का बनेको छ ।’

    उनले आफूले पाएको जिम्मेवारीमा सन्तुष्ट रहेको बताए । ‘सयमा सय सन्तुष्टि कहिँ पनि हुँदैन’, नेम्वाङले भने, ‘समग्रमा म सन्तुष्ट छु, महाधिवेशनले चाहेको सन्देश दिएको छ ।’

  • महासचिव शंकर पोखरेल- एमालेलाई संगठन र सिद्धान्तको लयमा हिँडाउने चुनौती

    महासचिव शंकर पोखरेल- एमालेलाई संगठन र सिद्धान्तको लयमा हिँडाउने चुनौती

    काठमाडौं । नवौं महाधिवेशनबाट उपमहासचिवमा हारेका शंकर पोखरेल दशौंमा एमालेको सर्वसम्मत महासचिव बनेका छन् । अध्यक्ष केपी शर्मा ओलीको ‘फेभरेट लिस्ट’मा विष्णु पौडेललाई उछिन्दै पोखरेलले पार्टीको प्रभावशाली जिम्मेवारी पाएका हुन् ।

    एमालेमा अध्यक्षपछि महासचिवलाई शक्तिशाली मानिन्छ । अध्यक्षले राजनीतिक कामको नेतृत्व गर्छन् भने महासचिवले संगठनको । यस पदका लागि पोखरेलसँगै पौडेल प्रबल दावेदार थिए । यसअघि नेकपाका महासचिव रहिसकेका पौडेल पनि ओलीका उत्तिकै प्रियपात्र हुन् । लुम्बिनी प्रदेशका यी दुई नेता ओलीका दायाँ र वायाँ हातजस्तै थिए । उनीहरुमध्ये एक छान्नु ओलीका निम्ति पनि सकसपूर्ण निर्णय थियो ।

    अन्ततः ओलीले पोखरेललाई रोजे । पौडेललाई उपाध्यक्षमा ‘सेटल’ गरिएको छ । यदि महासचिवमा निर्वाचन भएको भए पोखरेलमाथि पौडेल हावी हुन सक्ने ठानिएको थियो । यद्यपि, पौडलले ओलीको निर्णयमा कुनै असन्तुष्टि व्यक्त गरेका छैनन् ।

    ओलीसँगै बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित भीम रावल, सुवास नेम्वाङ, रामवहादुर थापा बादल, अष्टलक्ष्मी शाक्यसहितका नेताहरु ११ औं महाधिवेशनमा ७० वर्षे उमेर हदका कारण अवकाश हुनेछन् । त्यसबेला एमाले नेतृत्वका मुख्य दाबेदार विष्णु पौडेल, शंकर पोखरेल र सुरेन्द्र पाण्डे हुनसक्ने आँकलन अहिले नै गर्न थालिएको छ ।

    एमालेमा केपी ओली र ईश्वर पोखरेलपछिको सिनियर नेता विष्णु पौडेल नै हुन् । उनी नेकपाको ९ सदस्यीय सचिवालयमा समेत समेटिएका थिए । पार्टीभित्र र बाहिर पौडेल निकै प्रभावशाली छन् भने शासन सन्चालनमा पनि उनले दुईपटक सफल अर्थमन्त्रीको रुपमा आफूलाई स्थापित गरेका छन् ।

    भर्खरै लुम्बिनीको मुख्यमन्त्री पद गुमाएका पोखरेलसँग पार्टी राजनीतिमा केन्द्रित हुनुको विकल्प थिएन । उनी विगतदेखि नै ओलीनिकट नेताका रुपमा चिनिन्थे । पार्टीभित्र ओली कमजोर रहेका बेला पनि पोखरेलले उनलाई साथ दिँदै आएका थिए । प्रधानमन्त्री छँदा ओली समस्यामा परेका बेला गाँठो फुकाउने प्रयासमा पोखरेल लुम्बिनीबाट काठमाडौं धाइरहन्थे । अबका दिनमा ओलीसँग उनको राम्रो ट्यूनिङ जम्न सक्ने आशा गरिएको छ ।

    महासचिवको जिम्मेवारी पोखरेलका लागि यसकारण पनि महत्वपूर्ण छ कि आगामी महाधिवेशनमा उनले आफूलाई अध्यक्षका दावेदारका रुपमा प्रस्तुत गर्न सक्छन् । हिजाे अध्यक्ष निर्वाचित भएपछि ओलीले आफ्नो दोस्रो तथा अन्तिम कार्यकाल पार्टी हाँक्दैछन् । उनले अहिलेसम्म कसैलाई आफ्नो उत्तराधिकारी तय गरेका छैनन् । तर, महासचिवको जिम्मेवारीपछि पोखरेलले आफूलाई ओलीका उत्तराधिकारीका रुपमा पेश गर्ने अवसर पाएका छन् । त्योभन्दा पहिले उनले आफूलाई सफल महासचिवका रुपमा स्थापित गर्ने चुनौति छ ।

    कमजोरीको कुरा गर्दा पार्टी संगठनभित्र उनको धेरै मजबुत पकड रहेको मानिँदैन । केपी ओलीको कारण बनेको परम्परागत कोर समूहको भने उनी प्रमुख नेता हुन् । अन्तरमुखी स्वभावका उनी कार्यकर्तासँग सहजै घुलमिल भइहाल्दैनन् ।

    त्यसो त ओलीसँगै बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित भीम रावल, सुवास नेम्वाङ, रामवहादुर थापा बादल, अष्टलक्ष्मी शाक्यसहितका नेताहरु ११ औं महाधिवेशनमा ७० वर्षे उमेर हदका कारण अवकाश हुनेछन् । त्यसबेला एमाले नेतृत्वका मुख्य दाबेदार विष्णु पौडेल, शंकर पोखरेल र सुरेन्द्र पाण्डे हुनसक्ने आँकलन अहिले नै गर्न थालिएको छ ।

    सवलता र कमजोरी

    एमालेभित्र बौद्धिक नेताको छवि बनाएका पोखरेल कुशल वक्ताका रुपमा पनि चिनिन्छन् । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादका ब्याख्याता हुन् उनी । त्रिभुवन विश्वविद्यालयबाट एमबीए तहको अध्ययन पूरा गरेका पोखरेलको भूराजनीति र अर्थशास्त्रमा राम्रो दख्खल छ । आर्थिक, सामाजिक विकास र रुपान्तरणका सन्दर्भमा उनका सोचहरुलाई पार्टीको नवाैं महाधिवेशनले पार्टीको राजनीतिक कार्यदिशाका रुपमा आत्मसात गरेको थियो ।

    कमजोरीको कुरा गर्दा पार्टी संगठनभित्र उनको धेरै मजबुत पकड रहेको मानिँदैन । केपी ओलीको कारण बनेको परम्परागत कोर समूहको भने उनी प्रमुख नेता हुन् । अन्तरमुखी स्वभावका उनी कार्यकर्तासँग सहजै घुलमिल भइहाल्दैनन् ।

    माधव नेपालको साथ छोडेर एमालेमा रहेका नेताहरुको समूहलाई ‘मिलाएर लैजान’ र भावनात्मक एकता कायम गर्न पनि पोखरेलले पहलकदमी लिनुपर्ने छ । कतिपय सन्दर्भमा अध्यक्ष ओलीको कठोरतालाई ‘न्यूट्रलाइज’ गर्दै समन्वयकारी भूमिका खेल्न सके भने त्यो उनको सफलता मानिनेछ ।

    कतिपयले उनलाई ओलीजस्तै विपक्षीप्रति अनुदार नेताका रुपमा पनि चित्रित गर्ने गर्छन् । पछिल्लो समय सामाजिक सञ्जालमा लेखेका केही स्टाटसहरुका कारण पार्टी बाहिरबाट उनले आलोचना पनि खेप्नु परेको थियो । लुम्बिनीको मुख्यमन्त्री छँदा पोखरेलका स्टाटसहरु प्राय राष्ट्रिय राजनीतिमाथि लक्षित हुने गर्थे ।

    मुख्यमन्त्रीका रुपमा भने शंकर पोखरेल सफल भए । सबैभन्दा पेचिलो प्रदेश राजधानी र नाम राख्ने विषयमा उनले सबैलाई सहमत गराए । प्रदेशको पूर्वाधार विकासमा पोखरेलले जग हालेका छन् । उनलाई मुख्यमन्त्रीका रुपमा कसैले प्रश्न उठाउन नसक्ने गरी काम गरे ।

    अवसर र चुनौति

    १९ जना पदाधिकारी भए पनि एमालेको विधानले अध्यक्षलाई नै प्रभुत्वशाली बनाएको छ । त्यसमा पनि ओली अध्यक्ष हुँदासम्म अरु पदाधिकारीहरु उनको सहयोगीमा सीमित रहने देखिन्छ ।

    यद्यपि, महासचिवका हैसियतमा पोखरेलले पार्टीको आन्तरिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् । एमालेमा भुत्ते हुँदै गएको वैचारिकताको पाटोलाई धारिलो बनाउने कुरामा पोखरेलको भूमिका अपेक्षित छ ।

    माधव नेपालको साथ छोडेर एमालेमा रहेका नेताहरुको समूहलाई ‘मिलाएर लैजान’ र भावनात्मक एकता कायम गर्न पनि पोखरेलले पहलकदमी लिनुपर्ने छ । कतिपय सन्दर्भमा अध्यक्ष ओलीको कठोरतालाई ‘न्यूट्रलाइज’ गर्दै समन्वयकारी भूमिका खेल्न सके भने त्यो उनको सफलता मानिनेछ ।

    शंकर पोखरेल मुलतः विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । भारतमा अध्ययनरत छँदा उनले प्रवासी नेपाली विद्यार्थीहरुको नेताका रुपमा उनीहरुको हक अधिकारका लागि भूमिका खेलेका थिए । अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्ष हुन् पोखरेल ।

    एमालेले दुईवटा विभाजनको चोट खेपेर आएको छ । यो विभाजनबाट संगठनमा परेको क्षतिलाई न्यूनीकरण गर्दै आगामी निर्वाचनमा एमालेलाई दह्रोसँग उभ्याउनु ठूलो चुनौति हो । अध्यक्ष ओलीले एमालेलाई पहिलो पार्टी कायमै राख्दै वहुमत ल्याउने उद्घोष गरिरहेका छन् । यसलाई सार्थक तुल्याउनका निम्ति महासचिवको हैसियतले पोखरेलले संगठन विस्तारमा आफ्नो खुबी देखाउनुपर्ने हुन्छ ।

    को हुन् पोखरेल ?

    शंकर पोखरेल मुलतः विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । भारतमा अध्ययनरत छँदा उनले प्रवासी नेपाली विद्यार्थीहरुको नेताका रुपमा उनीहरुको हक अधिकारका लागि भूमिका खेलेका थिए । अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्ष हुन् पोखरेल । विद्यार्थी राजनीतिका क्रममा उनले त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापतिदेखि अनेरास्ववियुको अध्यक्षसम्मका भूमिका निर्वाह गरे ।

    २०१९ साल फागुन १५ गते दाङको तुलसीपुर उपमहानगरपालिका-१९, हाडिमेमा पोखरेलको जन्म भएको हो । २०३६ सालमा भएको विद्यार्थी आन्दोलन, २०४५/२०४६ मा पञ्चायती व्यवस्था अन्त्यका लागि भएको आन्दोलनमा उनले सक्रिय भूमिका खेलेका थिए । कुनै समय जननेता स्वर्गीय मदन भण्डारीसँग निकै निकट रहेर उनले काम गरेका थिए । मदन भण्डारीले आशा गरेका नेता थिए पोखरेल ।

    २०५१ सालमा पहिलो पटक सांसद निर्वाचित भएका पोखरेलसँग हारेको र जितेको दुवै अनुभव छ । दाङमा खुमवहादुर खड्कापछि त्यही माटोमा जन्मिएका उनी जिल्लाका शीर्ष नेता हुन् ।

    पोखरेलले २०६२/२०६३ को जनआन्दोलनमा काठमाडाैंको आन्दोलनको नेतृत्व गरेका थिए । गणतन्त्रको पक्षमा त्रिचन्द्र क्याम्पस काठमाडाैंमा आयोजना गरेको पहिलो खुला कार्यक्रमको उनी प्रमुख वक्ता थिए ।

    माओवादी आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लाहरुमा उनले शान्ति पदयात्राको नेतृत्व गरेका थिए । माओवादी आन्दोलनको अध्ययन र समस्याको समाधानका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलको उनी सचिव थिए ।

    जनकपुरमा भएको एमालेको सातौं महाधिवेशनमा पोखरेलले अब संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्ने प्रस्ताव लगेका थिए । संविधानसभामार्फत राज्यको पुनःसंरचना आवश्यक रहेको निष्कर्षका साथ उनले पार्टीमा राज्य पुनःसंरचनासम्बन्धी लिखित दस्तावेज प्रस्तुत गरेका थिए ।

    पोखरेल ३२ वर्षको उमेरमा पहिलोपटक २०५१ सालमा दाङको क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । उनले २०६६ सालमा सूचना तथा सञ्चार मन्त्रीको रुपमा जिम्मेवारी निर्वाह गरेका थिए । २०७४ सालको निर्वाचनमा दाङ क्षेत्र नम्वर २ (क) बाट प्रदेश सभामा निर्वाचित भई उनी लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्री बने ।

    विगतमा पार्टी सचिवका रुपमा काम गरेका पोखरेलका राजनीतिक, बैचारिक र समाजका विविध क्षेत्रका विषय समेटिएका थुप्रै पुस्तक र लेख रचनाहरु प्रकाशित छन् । पार्टीको प्रचार विभाग प्रमुख र पार्टीको मुखपत्र नवयुगको प्रधानसम्पादकको जिम्मेवारीसमेत उनले बहन गरिसकेका छन् ।

  • एमालेमा पूर्वमाओवादीको आकर्षक उपस्थिति, केन्द्रीय कमिटीमा १० प्रतिशत (सूचीसहित)

    एमालेमा पूर्वमाओवादीको आकर्षक उपस्थिति, केन्द्रीय कमिटीमा १० प्रतिशत (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पटक-पटक भन्दै आएका छन् यो- पार्टी २०७५ जेठ २ अघिको एमाले होइन । यो त नेकपा एकताको निरन्तरता हो ।

    तत्कालीन नेकपा विभाजनपछि आफूलाई साथ दिएका पूर्वमाओवादी नेता कार्यकर्ताको मनोविज्ञानलाई बुझेर ओलीले एमालेलाई नेकपाको निरन्तरता भनेका हुन् ।

    सर्वोच्च अदालतबाट एमाले र माओवादी अलग पार्टी बनेको फैसलापछि पनि आफूसँगै रहेको माओवादी पंक्तिलाई विचलित हुन नदिन ओलीले कुनै कसर बाँकी राखेका छैनन् ।

    सरकारमा ७ जनासम्म मन्त्री, तत्कालीन केन्द्रीय कमिटीमा २३ जना केन्द्रीय सदस्य बनाएका ओलीले १०औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा तत्कालीन माओवादीलाई करिब १२ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेका छन् ।

    १९ पदाधिकारीमध्ये तीनजना पूर्व माओवादीका परेका छन् भने केन्द्रीय कमिटीमा ३३ जना सदस्य निर्वाचित भएका छन् । माओवादी छाडेर एमालेमा रहँदा केन्द्रीय कमिटीमा परेका विषमलाल अधिकारी दनुवारबाहेक सबैले निरन्तरता पाएका छन् ।

    तत्कालीन माओवादीबाट नेकपा विभाजनपछि एमालेमा बसेका करिब एक दर्जन नयाँ अनुहारले केन्द्रीय कमिटीमा प्रवेश पाएका छन् भने अन्यले विभिन्न आयोगको सदस्यमा जिम्मेवारी पाएका छन् ।

    एमाले महाधिवेशनमा करीव डेढ सयजना तत्कालीन माओवादीका नेता कार्यकर्ता प्रतिनिधि बनेको अनुमान छ । एमाले नै नेकपा एकताको निरन्तरता भएको भन्दै तत्कालीन माओवादीका कार्यकर्ता तान्न ओलीले रणनीतिक रुपमै माओवादी पंक्तिलाई सम्माजनक स्थान दिएका हुन् ।

    तत्कालीन नेकपा स्थायी कमिटीमा रहेका चारजना पूर्व माओवादी स्थायी कमिटी सदस्यले विभाजनको बेला ओलीलाई साथ दिएका थिए । तीमध्ये रामबहादुर थापा ‘बादल’ उपाध्यक्ष बनेका छन् भने टोपबहादुर रायमाझी र लेखराज भट्ट सचिव बनेका छन् ।

    मणी थापा र प्रभु साह स्थायी कमिटीमा रहने बताइएको छ । यसपटक तत्कालीन माओवादीबाट संविधानसभा सदस्य भइसकेका निरु दर्लामी कुँवर,बुधनीदेवी महतो,प्रतिक्षा तिवारी जस्ता महिला केन्द्रीय कमिटीमा थपिएका छन् ।

    त्यस्तै पूर्वमन्त्री श्रीप्रसाद जगेबु,संविधासनभा सदस्य बालकृष्ण ढुंगेललगायत नयाँ अनुहार केन्द्रीय कमिटीमा प्रवेश भएका छन् ।
    माओवादीबाट एमालेमा रहेका क कसले पाए जिम्मेवारी ?

    पदाधिकारी

    रामबहादुर थापा ‘बादल’ –उपाध्यक्ष

    लेखराज भट्ट–सचिव

    टोपवहादुर रायमाझी–सचिव

    केन्द्रीय सदस्यहरू

    प्रदेश १

    टंक आङबुहाङ

    श्री प्रसाद जगेबु

    पासाङ शेर्पा

    बालकृष्ण ढुंगेल

    प्रदेश २

    उपेन्द्र साह

    प्रभु साह

    रामचन्द्र मण्डल

    ज्वालाकुमारी साह

    कुन्दन कुशवाह

    मोहम्मद समिर

    टेकबहादुर बलम्पाकी मगर

    बुधनी देवी महतो

    प्रतीक्षा तिवारी

    वागमती

    दावा तामाङ

    कमल प्रसाद चौलागाई

    मनोजजंग थापा

    निरु दर्लामी कुँवर

    गण्डकी

    लिलबहादुर थापा

    लुम्बिनी

    मणी थापा

    नविन रोका मगर

    गिरिधारीलाल न्यौपाने

    दिनेश पन्थी

    चन्द्रबहादुर खड्का

    दधिराम न्यौपाने

    कर्णाली

    धर्मराज रेग्मी

    सुदूरपश्चिम

    झपट बोहरा

    गौरीशंकर चौधरी

    लीलाकुमारी भण्डारी

  • माधव नेपाल छाड्ने समूहको मत जोगाउन भीम रावल असफल, यस्तो रह्यो मतान्तर

    माधव नेपाल छाड्ने समूहको मत जोगाउन भीम रावल असफल, यस्तो रह्यो मतान्तर

    काठमाडौं । एमाले अध्यक्षको प्रतिस्पर्धामा रहेका नेता भीम रावलले सोचेभन्दा पनि निकै कम मत प्राप्त गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिकरूपमा चुनौती दिए पनि मतको हिसाबले रावल कमजोर देखिएका हुन् ।

    एमालेमा १० बुँदे सहमति गरेर माधव नेपाल छाडेको समूहका पनि सबै मत रावलले पाउन नसकेको मत परिणामले देखाएको छ । कुल २०९६ मतमध्ये अध्यक्ष ओलीले १८३७ मत प्राप्त गरेर विजय हासिल गर्दा रावलले २२३ मतमात्र प्राप्त गरेका छन् ।

    देशभरबाट माधव नेपाल छाडेको समूहका करिब ५०० महाधिवेशन प्रतिनिधि निर्वाचित भएको दाबी गरिएको थियो । तर, रावलले पाएको मत भने त्यो भन्दा पनि निकै कम छ ।

    १० बुँदे पक्षधर अधिकांश नेता अध्यक्ष ओलीको प्रस्तावमा विभिन्न पदमा सेटल भएका कारण पनि रावलले सो समूहको सबै मत प्राप्त गर्न नसकेको अनुमान छ ।

    उसै पनि १० बुँदे सहमति लागू गर्ने सन्दर्भमै सो समूहका नेताहरू विभाजित भएका थिए । अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरूले आ-आफ्नो क्षेत्रमा १० बुँदे सहमति संस्थापन पक्षसँग मिलेरै लागू गरेका थिए ।

    तर, रावलको क्षेत्रमा उनीनिकट अधिकांश नेता नेकपा एसमा लागेका कारण १० बुँदेको किचलो बढेको थियो ।

  • यस्तो बन्यो १०‍औं महाधिवेशनबाट निर्वाचित एमाले नेतृत्व (मत परिणामसहित)

    यस्तो बन्यो १०‍औं महाधिवेशनबाट निर्वाचित एमाले नेतृत्व (मत परिणामसहित)

    काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक गरिएको छ ।

    सौराहामा एक कार्यक्रम बीच महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचन कमिटीका अध्यक्ष विजय सुब्बाले मत परिणामसहित अध्यक्षसहित पदाधिकारी, ३०१ सदस्यीय केन्द्रीय सदस्य, केन्द्रीय अनुशासन आयोग र लेखा परीक्षण आयोगका निर्वाचितहरूको विवरण सार्वजनिक गरेका छन् ।

    एमालेको नयाँ नेतृत्व र प्राप्त मत यसप्रकार छ :

     

  • ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए, रावल उठेनन् (तस्बिरहरू)

    ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए, रावल उठेनन् (तस्बिरहरू)

    काठमाडौं । एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

    ओलीलाई १०औं महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचन आयोगका संयोजक विजय सुब्बाबाट सपथ ग्रहण गराउने कार्यक्रम थियो । यद्यपि, उनले सुब्बालाई नपछ्याइकन आफैं सपथको व्यहोरा वाचन गरेका थिए ।

    आफूले सपथग्रहण गरेपछि ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई सपथग्रहण गराएका छन् । उनले तर, ३०१ निर्वाचित केन्द्रीय सदस्यहरुमध्ये भीम रावलले भने सपथ खाएनन् । उनले पार्टीको कुनै पनि कमिटीमा नबस्ने घोषणा गरिसकका छन् ।

  • भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी, रावलद्वारा अस्वीकार

    भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी, रावलद्वारा अस्वीकार

    काठमाडौं । एमालेको पदाधिकारी प्रतिस्पर्धामा पराजित नेताहरू भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी भएका छन् । अहिले सुनाइएको मतपरिणाम अनुसार उनीहरु केन्द्रीय समितिमा निर्वाचित भएका हुन् ।

    केन्द्रीय सदस्य भीम रावलले ९०४ मत प्राप्त गरेका छन् । घनश्याम भुसालले १२६४ मत ल्याएका छन् ।

    रावल अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका थिए । उपाध्यक्षमा उम्मेदवारी दिएका भुसाल पनि हारेका थिए । उनीहरु दुवैलाई महाधिवेशन प्रतिनिधिले केन्द्रीय सदस्यमा भोट दिएका छन् । रावलनिकट नेता झपट रावल पनि केन्द्रीय सदस्यमा विजयी भएका छन् । सचिवमा हारेका भीम आर्चा १३९३ मत ल्याउँदै केन्द्रीय सदस्य बनेका छन् । सचिवमै पराजित टंक कार्कीले भने केन्द्रीय सदस्य गुमाए उनले ९०५ भोट ल्याए ।

    भीम रावलले भने आफू केन्द्रीय सदस्य नबस्ने बताएको एमाले निर्वाचन समितिका संयोजक विजय सुब्बाले जानकारी दिए ।

  • परमादेश सत्ता गठबन्धन र न्यायालयबीच राजनीतिक सेटिङ थियो भन्ने पुष्टि भयो : एमाले

    परमादेश सत्ता गठबन्धन र न्यायालयबीच राजनीतिक सेटिङ थियो भन्ने पुष्टि भयो : एमाले

    चितवन । नेकपा एमालेले असार २८ को सर्वोच्च अदालतको फैसला सत्ता गठबन्धनका नेताहरू र न्यायाधीशहरूको सेटिङमा भएको थियो भन्ने पछिल्ला घटनाक्रमले पुष्टि गरेको बताएको छ ।

    १०औं राष्ट्रिय महाधिवेशनबाट पारित प्रस्ताव बन्दसत्रमा पेस गर्दै एमालेका प्रवक्ता तथा नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा देखिएको पछिल्लो घटनाक्रम असार २८ को फैसलाको बाइप्रडक्ट भएको बताए ।

    एमालेको प्रस्तावमा भनिएको छ, ‘असार २८ को परमादेश सत्ता गठबन्धनका नेताहरुको स्वार्थका लागि न्यायालय र राजनीतिक पक्षका बीच भएका सेटिङको परिणाम र राजनीतिक उद्देश्यले निर्देशित फैसला थियो भन्ने पछिल्ला घटनाक्रमले पुष्टि गरेका छन् ।’

    एमालेले सर्वोच्च अदालतमा देखिएका बेथितिप्रति खेद व्यक्त गर्दै निश्चित स्वार्थ समूहको स्वार्थपूर्तिका लागि न्यायलाई वञ्चित गर्ने क्रियाकलापको भर्त्सनासमेत गरेको छ ।

  • अध्यक्षमा पराजित रावल ओलीसँगै मञ्चमा (तस्बिरहरू)

    अध्यक्षमा पराजित रावल ओलीसँगै मञ्चमा (तस्बिरहरू)

    काठमाडौं । भीम रावललाई पराजित गर्दै नेकपा एमालेमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका छन् । यद्यपि, एमालेले निर्वाचन परिणामको औपचारिक घोषणा गरेको छैन ।

    मतपरिणम घोषणासहित नवनिर्वाचित केन्द्रीय सदस्यहरुको सपथग्रहण कार्यक्रम अहिले आयोजना हुन लागिरहेको छ । कार्यक्रममा अध्यक्ष ओलीसहितका साविक पदाधिकारीहरू मञ्चमा छन् । अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बसेका छन् ।

    एमालेमा सर्वसम्मत नेतृत्वको लागि प्रयास भए पनि रावलले अध्यक्षमा उम्मेदवारीबाट पछि हट्न चाहेनन् । उनले थोरै भोट ल्याएका छन् । यद्यपि, ओलीको एकाधिकारलाई चुनौती दिने प्रयास गरेको भनेर एमालेवृत्त बाहिरबाट उनको प्रशंसा भइरहेको छ ।

  • एमालेको नवनिर्वाचित नेतृत्व घोषणा र सपथग्रहण समारोह (सौराहाबाट लाइभ)

    एमालेको नवनिर्वाचित नेतृत्व घोषणा र सपथग्रहण समारोह (सौराहाबाट लाइभ)

    काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको परिणाम घोषणा सुरू भएको छ । १०औं महाधिवेशनअन्तर्गतको केन्द्रीय निर्वाचन कमिटीले बन्दसत्र हलबाट औपचारिकरूपमा निर्वाचन परिणाम घोषणा गरिँदैछ ।

    चुनावी परिणाम घोषणा गरेपछि नवनिर्वाचितलाई सपथग्रहणको कार्यक्रम तय गरिएको छ ।

    एमालेमा सहमतिका लागि अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नाममा असहमति जनाउँदै अध्यक्षमा भीम रावलसहित केही नेताहरूले उम्मेदवारी दिएका थिए ।

  • एमालेको ‘हाइकमाण्ड’ मा पहिलोपटक दलित र मधेशी निर्वाचित

    एमालेको ‘हाइकमाण्ड’ मा पहिलोपटक दलित र मधेशी निर्वाचित

    काठमाडौं । नेकपा एमालेको शीर्ष नेतृत्वमा पहिलोपटक मधेशी र दलित समुदायको प्रतिनिधित्व स्थापित भएको छ । आठौं महाधिवेशनदेखि बहुपदीय प्रणालीमा गए पनि एमालेको शीर्ष नेतृत्व अर्थात पदाधिकारीमा दलित र मधेशी नेताले जित्न सकेका थिएनन् ।

    दशौं राष्ट्रिय महाधिवेशनबाट सचिवमा मधेशी समुदायका रघुवीर महासेठ र दलितबाट छविलाल विश्वकर्मा निर्वाचित भएका छन् । महासेठ नवौं राष्ट्रिय महाधिवेशनमा केपी ओली प्यानलबाट सचिवमा पराजित भएका थिए ।

    त्यस्तै नवौं महाधिवेशनमा मधेशीबाट उम्मेदवार भए पनि लालबाबु पण्डित र धर्मनाथ साह पराजित भएका थिए । पण्डित यसपटक पदाधिकारीमा नपरेपछि असन्तुष्ट भएर फर्किएका छन् भने साह नेकपा एसमा छन् ।

    छविलाल विश्वकर्मा प्रमुख पार्टीको शीर्ष तहमा पुग्ने पहिलो दलित हुन् । उनी यसअघि एमालेको स्थायी कमिटी सदस्य तथा एकपटक मन्त्री भएका थिए । उनी रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पनि हुन् ।

    समावेशीताको हिसाबले पहिलोपटक एमालेको पदाधिकारीमा दुई महिला निर्वाचित भएका छन् । उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य सर्वाधिक मत प्राप्त गरेर दोस्रोपटक विजयी हुँदा पद्मा अर्याल सचिव निर्वाचित भएकी छन् ।

    एमालेको पदाधिकारीमा आदिवासी जनजाति समुदायका रामबहादुर थापा ‘बादल’ र अष्टलक्ष्मी शाक्य सचिव निर्वाचित भएका छन् भने उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् ।

    नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष समेत रहेका एमाले नेता पासाङ शेर्पाले समावेशीताको हिसाबले नेकपा एमाले सबैभन्दा समावेशी पार्टी बनेको बताए । उनले ३३ प्रतिशत महिलासहित देशका सबै समुदायको अनुहार एमालेको नेतृत्वमा झल्किएको दाबी गरे ।

  • रोल्पाकी ईश्वरी बनिन् एमालेको कान्छी केन्द्रीय सदस्य (भिडिओ अन्तर्वार्ता)

    रोल्पाकी ईश्वरी बनिन् एमालेको कान्छी केन्द्रीय सदस्य (भिडिओ अन्तर्वार्ता)

    चितवन । नेकपा एमालेको अध्यक्षमा ७० वर्षीय केपी शर्मा ओली निर्वाचित भइरहेको बेला सोही पार्टीमा ३२ वर्षीया युवतीले केन्द्रीय सदस्यका रुपमा प्रवेश पाएकी छन् ।

    रोल्पाकी ईश्वरी जिएम एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा कान्छी सदस्यको रूपमा निर्विरोध निर्वाचित भएकी हुन् । २०४६ सालमा जन्मिएर २०६२ सालदेखि एमालेको राजनीतिमा लागेकी ईश्वरी १०औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी हुन् ।

    आदिवासी जनजाति महिलातर्फको कोटाबाट निर्विरोध निर्वाचित भएकी ईश्वरी नै एमालेको कान्छो केन्द्रीय सदस्य बनेकी हुन् । ४० वर्षमुनिका सीमित महिलाहरूमात्र केन्द्रीय सदस्यमा प्रवेश पाएका बेला उनी सबैभन्दा कम उमेरकी हुन् ।

    २०६२ सालमा माओवादी आधार क्षेत्र मानिने रोल्पामा भूमिगत शैलीमा एमालेको संगठन विस्तार थालेकी ईश्वरीले पार्टीमा लागेको १६ वर्षमै केन्द्रीय कमिटीमा पुग्ने मौका पाएको भन्दै अब चुनौती थपिएको बताइन् ।

    केही समय पत्रकारितासमेत गरेकी उनी प्रेस चौतारीको जिल्ला अध्यक्ष र नेपाल पत्रकार महासंघको सचिव रहेकै बेला पत्रकारिता छाडेर पूर्णकालीन राजनीतिमा लागेकी थिइन् ।

    हामीले उनीसँग भिडिओ कुराकानी गरेका छौं ।

  • उपाध्यक्षमा अष्टलक्ष्मीलाई सर्वाधिक मत, बादलको सबैभन्दा कम

    उपाध्यक्षमा अष्टलक्ष्मीलाई सर्वाधिक मत, बादलको सबैभन्दा कम

    काठमाडौं । एमालेको पदाधिकारीमा अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको सूचीअनुसार नै मतदाताले भोट हालेका छन् । उपाध्यक्षमा सूचीबाहिरबाट उम्मेदवारी दिएका घनश्याम भुसाल पराजित भए ।

    ओलीको सूचीमा परेका अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ उपाध्यक्षमा विजय भएका छन् । उनीहरूमध्ये अष्टलक्ष्मीले सर्वाधिक भोट प्राप्त गरेको निर्वाचन आयोगबाट घोषित मतपरिणामले देखाएको छ ।

    शाक्यले १९७६, पौडेलले १८५६, पाण्डेले १९२५, नेम्वाङले १८६५, ज्ञवालीले १८४२ र थापाले १७६८ मत ल्याएको आयोगले जानकारी दिएको छ । पराजित उम्मेदवार भुसालले ७२५ भोट ल्याएका छन् ।

  • ओलीको सूची सदर, यस्तो बन्यो एमालेको पदाधिकारी टिम

    ओलीको सूची सदर, यस्तो बन्यो एमालेको पदाधिकारी टिम

    काठमाडौं । केपी शर्मा ओलीको नेतृत्वमा १९ पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्दै एमालेको दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।

    ओली खसेको मतको तीन चौथाई भन्दा बढी मत प्राप्त गरेर दोस्रोपटक अध्यक्षमा निर्वाचित हुँदा उनीपछिको दोस्रो बरीयताको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध भएका छन् ।

    दुई पटक पार्टीको महासचिव निर्वाचित भएका पोखरेल वरिष्ठ उपाध्यक्षमा भने प्रतिस्पर्धाविहीन भए । त्यस्तै महासचिव शंकर पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।

    ६ उपाध्यक्षका लागि भएको निर्वाचनमा विष्णु पौडेल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य निर्वाचित भएका छन् ।

    उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै ७ सचिवका लागि ९ जना उम्मेदवारबीच भएको प्रतिस्पर्धामा योेगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, टोपबहादुर रायमाझी, छबिलाल विश्वकर्मा, लेखराज भट्ट र रघुवीर महासेठ निर्वाचित भएका छन् ।

    निर्वाचित उम्मेदवारले पाएको मत परिणाम औपचारिक रूपमा एकैपटक सार्वजनिक गरिने निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले बताए ।