Tag: नेकपा एमाले

  • सरकारबाट बाहिरिने एमालेको २ महिनाअघिको निर्णय किन भएन पूरा ?

    सरकारबाट बाहिरिने एमालेको २ महिनाअघिको निर्णय किन भएन पूरा ?

    कैलाली । गत चैत्र १५ गते सम्पन्न नेकपा एमालेको प्रदेश कमिटी बैठकले प्रदेश सरकारबाट एमाले बाहिरिने निर्णय गरेको खुलेको छ ।
    एमाले प्रदेश अध्यक्ष कर्ण थापाको अध्यक्षतामा बसेको बैठकले माओवादी र एमालेले संयुक्त रूपमा सञ्चालन गरेको सरकारबाट एमाले बाहिरिने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको खुलेको हो ।

    सर्वोच्च अदालतले एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्काएपछि बसेको पहिलो बैठकले नै प्रदेश सरकार असफल भएको ठहर गर्दै एमालेको समर्थन फिर्ता लिने र एमालेका तर्फबाट मन्त्री रहेकाहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

    त्यो बेला एमालेले कुन दलसँग गठबन्धन गरेर सरकार बनाउने भन्नका लागि ३ सदस्यीय कार्यदल समेत बनाइएको थियो । कार्यदलमा एमाले प्रदेशमा सह-इन्चार्ज महेश्वर पाठक, एमाले केन्द्रीय सदस्य झपट बोहरा र कैलाली जिल्ला अध्यक्ष रतन थापा छन् ।

    चैत्र १६ गते प्रदेश अध्यक्ष कर्ण थापाले संसदीय दलको बैठक समेत बताएका थिए । उक्त दिन तराईमा होलीको बिदा थियो । अन्तिम समयमा बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।

    एमाले स्रोतले भन्यो ‘त्यही दिन संसदीय दलको बैठकले सरकारबाट फिर्ता हुने निर्णय हुने थियो तर, बैठक बस्नै सकेन ।’ एमाले संसदीय दलका नेता प्रकाश शाह हुन् । उनी नेपाल समूहका हुन् ।

    प्रदेशमा ओली पक्ष कमजोर हुँदा प्रदेश सरकारबाट फिर्ता हुन गरेको निर्णय २ महिनासम्म अलपत्र परेको धेरैको बुझाइ छ । त्यो बेलासम्म ओली पक्षमा देखिएका भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरिसकेका थिए भने आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले राजीनामा दिए थिए । बोहरा माओवादीबाट निर्वाचित भए पनि ओली पक्षतर्फ लागेपछि उनले राजीनामा दिएका हुन् ।

    त्यसपछि अहिले प्रदेश सरकारमा एमालेका तर्फबाट आन्तरिक मामिला तथा योजना मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्ण सुवेदी र उद्योग वन तथा वातावरण मन्त्रीमा माया भट्ट छिन् । उनी तीनै जना नेपाल समूहका भएका कारण एमाले प्रदेश कमिटीले गरेको निर्णय लागू नभएको धेरैकोको बुझाइ छ ।

    सरकारबाट समर्थन फिर्ता लिने विषयमा गरेको निर्णय केन्द्रीय पार्टीलाई पनि पठाइएको एमाले प्रदेश सचिव राजेन्द्र रावलले बताए । उनले अहिलेको सरकारले जनताको हितमा काम गर्न नसकेको हुँदा समर्थन फिर्ता लिने निर्णय गरिएको बताए । उनले यस विषयमा अब केन्द्र सरकार लेनै निर्णय गर्ने समेत उनले बताए ।

    ‘हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिने र हाम्रा पार्टीबाट मन्त्री भएकाहरूलाई फिर्ता बोलाउने निर्णय गरेका छौँ । तर त्यो कोरोना कहरले गर्दा त्यो काम सुस्त छ’ उनले भने ‘अब केन्द्रबाटै यस विषयमा निर्देशन जारी हुन्छ ।’

    पार्टी गर्दा भागबन्डाको आधारमा मुख्यमन्त्री छनोट गरिएको भन्दै उनले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई आफूहरूको समर्थन नरहेको समेत स्पष्ट पारे ।

    ‘हामी सबैभन्दा ठूलो दल छौँ ठूलो दल सानो दलको नेतृत्वमा रहेको सरकारमा सहभागी हुने कुरो हुँदैन,’ उनले भने ‘हिजोको परिस्थिति आज छैन ।’

    विगतमा एमालेभित्रै तीव्र विवाद रहेको हुँदा पनि निर्णय कार्यान्वयन हुन नसकेको संकेत गर्दै उनले भने, ‘अब एमाले एक भएको छ २ महिना अघि हामीले गरेको निर्णय अब कार्यान्वयन हुन्छ ।’

    ५२ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ जना सांसद छन्। माओवादीका १३ कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ सांसद छन् ।

  • ‘संस्थागत निर्णय’ भए माधव पक्षले जेठ ६ गते बादललाई नै भोट हाल्ने

    ‘संस्थागत निर्णय’ भए माधव पक्षले जेठ ६ गते बादललाई नै भोट हाल्ने

    काठमाडौं । चार दिनपछि हुने वागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमालेको माधव नेपाल पक्षले कसलाई मत दिन्छ ? आफ्नै प्रस्तावमा कांग्रेस र माओवादीको समर्थन लिएर उठेका स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा कि एमालेको संस्थान पक्षले उठाएका सूर्यचिन्हधारी उम्मेदवार रामवहादुर थापा बादललाई ?

    शुक्रबार र शनिबार भएको माधव नेपाल पक्षीय केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकमा पनि यसबारेमा सामान्य छलफल भयो । तर, यसबारेमा कुनै निर्णय भने नभएको केन्द्रीय सदस्य तथा वागमती प्रदेशसभा सदस्य रचना खड्काले नेपाल प्रेसलाई बताइन् ।

    खड्काले भनिन्, ‘समग्र एमाले पार्टीको एकताको कुरा छ । एउटा व्यक्तिको कुरा होइन । पार्टीले संस्थागत रूपमा निर्णय गरेपछि एमालेकै उम्मेदवारलाई भोट हाल्ने कुरा छँदैछ । संस्थागत निर्णय भनेको केपी ओली र माधव नेपालसहितको बैठकले जे निर्णय गर्छ हामी सोही पालना गर्छौं ।

    दुई नेताबीच वार्ता भएर पार्टी मिलाउने न्यूनतम सहमतिका साथ कार्यदल गठन भएपछि जेठ ६ गतेको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई नै मत दिइने माधव पक्षको भनाइ छ । एमालेको मत एकै ठाउँमा हुनासाथ बादलको जित सुनिश्चित हुन्छ ।

    वागमतीका स्थानीय तह र प्रदेशसभा सबैतिर एमालेको एकल बहुमत छ । प्रदेशसभामा एमालेका ५७ मध्ये २२ सांसद माधव पक्षका छन् भने स्थानीय तहका प्रमुख र उपप्रमुख १३३ जनामध्ये माधव पक्षमा ३८ जना खुलेका छन् । यो भनेको निर्णायक मत हो ।

    एमालेभित्रका मतदाता को कता छ ? त्यसका लागि यो समाचारभित्र जानुहोस्

     

  • कार्यदल बनाउन ओली-नेपाल भेट्दै, बादलको इन्ट्रीले माधव पक्षमा आशंका

    कार्यदल बनाउन ओली-नेपाल भेट्दै, बादलको इन्ट्रीले माधव पक्षमा आशंका

    काठमाडौं । नेकपा एमालेलाई २०७५ जेठ २ मा फर्काउनुपर्ने सर्त राखिरहेका वरिष्ठ नेता माधवकुमार नेपालसँग आज जेठ २ कै दिन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विवाद समाधानका लागि छलफल गर्ने भएका छन् ।

    शुक्रबार दुई पक्षबीच भएको वार्तामा पार्टीलाई जेठ २ को वरिपरिको अवस्थामा लगेर समाधान निकाल्ने सहमति भए बमोजिम कार्यदल गठनका लागि दुई शीर्ष नेताबीच छलफल हुन लागेको हो ।

    दिउँसोसम्म दुई नेताबीच कुराकानी हुने र नेताहरूले आ-आफ्नो तर्फबाट कार्यदलमा रहने सदस्यको नाम टुंगो लगाउने एमाले संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए ।

    पार्टीलाई कसरी जेठ २ मा फर्काउने भन्ने सन्दर्भमा कार्यदल बनाउने सहमति ओली र नेपालबीच वैशाख ३० गतेको वार्तामै भएको थियो । त्यसपछि शुक्रबार भएको वार्तामा पूर्वमाओवादी पक्षका रामबहादुर थापा ‘बादल’ समेत सहभागी भएपछि माधव पक्षको बैठकमा आशंका व्यक्त भएको छ ।

    ओलीले कार्यदलमा आफ्नोतर्फबाट बादलको नाम पनि समावेश गर्ने माधव पक्षको बुझाइ छ । अहिले एमालेको स्थायी कमिटी सदस्यकै हैसियतमा रहेका बादल सिनियर नेता भएकाले कार्यदलमा उनी रहने सम्भावना पनि छ ।

    बादलसहितको कार्यदल बनेपछि माधव पक्षले फागुन २८ को निर्णय मानेको अर्थ लाग्ने भएकाले त्यसमा नजान माधव नेपालमाथि दबाब छ । नेम्वाङले भने दुवै नेताको सहमतिमा कार्यदल बन्ने बताए ।

  • सुदूरपश्चिममा ५ महिनादेखि २ मन्त्री नियुक्त हुन सकेनन्, एमालेकै मन्त्रीलाई थप जिम्मेवारी

    सुदूरपश्चिममा ५ महिनादेखि २ मन्त्री नियुक्त हुन सकेनन्, एमालेकै मन्त्रीलाई थप जिम्मेवारी

    कैलाली । गत वर्ष १४ पौषमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरे ।

    त्यसको एक सता पछि २२ पौषमा प्रधानमन्त्री ओली पक्षमै रहेका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले राजीनामा दिए । भौतिक मन्त्री बोहरा एमालेबाट निर्वाचित भएका थिए भने अर्थमन्त्री बोहरा माओवादीबाट निर्वाचित भएका थिए ।

    नेकपामा विवाद हुँदा हटाइएका र राजीनामा दिएका दुई मन्त्रालयमा मुख्यमन्त्री भट्टले अहिले सम्म मन्त्री नियुक्त गर्न सकेका छैनन् ।

    मुख्यमन्त्रीले मन्त्री नियुक्त गर्न नचाहेको भने होइन । आन्तरिक किचलो र आकाँक्षी धेरै हुँदा मन्त्री नियुक्त गर्न समस्या भएको हो । माओवादीबाट निर्वाचित मुख्यमन्त्रीलाई अहिले एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किएका कारण पनि थप सकस भएको हो ।

    केही समय अघि अर्थ मन्त्रालयमा माओवादीबाट निर्वाचित दार्चुलाका सांसद नरबहादुर धामी र भौतिकमा एमालेबाट निर्वाचित कञ्चनपुरका सांसद तारालामा तामाङलाई जिम्मेवारी दिने अन्तिम तयारी भइरहेको थियो । तर, एमालेले चासो नदिएपछि मुख्यमन्त्रीलाई समस्या परेको थियो ।

    ‘अब हामी सरकारकै नेतृत्व गर्ने गृहकार्यमा छौं, एउटा मन्त्री किन पठाउने ?’ एमालेका एक नेताले भने, ‘मुख्यमन्त्रीले नै पदबाट राजीनामा दिनुपर्छ ।’

    ५२ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ जना सांसद छन् । माओवादीका १३, काँग्रेसका १२ जनता समाजवादी पार्टीका २ जना सांसद छन् ।

    सबै भन्दा ठूलो दलको हैसियतले सरकार बनाउने योजनामा रहेका कारण रिक्त मन्त्रालयमा चासो नदिएको पूर्व भौतिक पूर्वाधार मन्त्री बोहराले बताए ।

    ‘तत्काल मन्त्री नियुक्त गर्न नसक्नु मुख्यमन्त्रीको कमजोरी हो । अहिले हामी मन्त्री भएर जाने पक्षमा छैनौँ’ उनले भने,‘ हामी सरकार बनाउँछौँ ।’

    प्रदेशमा एमालेको सरकार बन्दा ओली समूह हाबी हुने अवस्थामा बोहरालाई भावी मुख्यमन्त्रीको रूपमा हेरिएको छ ।

    मुख्यमन्त्री भट्टले तत्काल नयाँ मन्त्री नियुक्त गर्न सम्भावना अझै देखिएको छैन ।

    ‘अहिले एक मन्त्रीलाई थप जिम्मेवारी दिइएको छ । तर, मन्त्री नियुक्त गर्ने छलफल नै भएका छैन’ मुख्यमन्त्री स्रोतले भन्यो ‘धेरै आकाँक्षी छन् कसलाई मन्त्री बनाउने ?’

    एमालेकै मन्त्रीलाई थप जिम्मेवारी

    बजेट निर्माणको चरण सुरु हुँदा सम्म विभागीय मन्त्री नहरेको आर्थिक मामिला तथा योजना मन्त्रालयका एमालेकै तर्फबाट मन्त्री भएका प्रकाश शाहले जिम्मेवारी पाएका छन् । उनले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी समेत लिइरहेका थिए ।

    भौतिक र अर्थको जिम्मेवारी मुख्यमन्त्री भट्टले नै लिइरहेका थिए । अहिले भौतिकको मात्रै जिम्मेवारी लिएर अर्थको जिम्मेवारी वैशाख ३० गतेदेखि शाहलाई तोकिएको हो ।

    शाह नेकपा एमाले संसदीय दलका नेता हुन् । माधव समूहमा रहेका उनलाई पनि एमालेको सरकार बन्ने अवस्थामा भावी मुख्यमन्त्रीको रूपमा हेरिएको छ ।

  • सहमतिको लागि ओलीसँग माधव पक्षको यी बटमलाइन

    सहमतिको लागि ओलीसँग माधव पक्षको यी बटमलाइन

    काठमाडौं । एमाले विवाद मिलाउन सिंहदरबारमा जारी एमाले नेताहरूबीचको वार्तामा माधव नेपाल पक्षले सहमतिको लागि बटमलाइन पेस गरेको छ ।

    हिजो प्रधानमन्त्री तथा केपी शर्मा ओलीसँगको वान टू वान वार्तामा भएको सहमति जानकारी गराउन नेपाल पक्षबीच आज दिउँसो भर्चुअल बैठकमा केन्द्रीय सदस्यहरूले ओली पक्षसँगको वार्तामा बस्ने नेताहरूसमक्ष न्यूनतम एजेण्डासहितको कार्यादेश दिएका हुन् ।

    ओली पक्षसँग नेपाल पक्षले राखेको सर्तहरूमा २०७५ जेठ २ को एमालेकालीन स्थायी कमिटी बैठक बसेर सम्पूर्ण विवाद मिलाउने, प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनुअघि नै सबै विवाद र समस्या समाधान गरिनुपर्ने, वार्तामा सहभागी नेताहरूले मत नबाझिने गरी आफ्नो राय प्रस्तुत गर्नुपर्नेलगायतका छन् ।

    यति नभए सामूहिक राजीनामा अडान कायमै राख्ने केन्द्रीय सदस्यहरूले सुझाव दिएको एक नेताले नेपाल प्रेसलाई बताए ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले दोस्रो तहका नेतासहित ओली र नेपालबीचको वार्ता जारी छ ।

  • एमाले दोस्रो तहका नेतासँगैको वार्ताका लागि माधव पक्ष सिंहदरबारमा

    एमाले दोस्रो तहका नेतासँगैको वार्ताका लागि माधव पक्ष सिंहदरबारमा

    काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन आजका लागि तय गरिएको वार्तामा नेताहरू जुट्न थालेका छन् ।

    एमालेको ओली र नेपाल दुवै पक्षका दोस्रो तहका नेताहरूको उपस्थितिमा वार्ता हुन लागेको हो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा वार्तास्थल तय गरिएको छ ।

    वार्ताका लागि माधवकुमार नेपाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट सिंहदरबार पुगिसकेका छन् । प्रधानमन्त्री एवं अध्यक्ष ओली र उनी पक्षका नेताहरू भने आउन बाँकी छन् ।

    हिजो बूढानीलकण्ठस्थित व्यापारी रामेश्वर थापाकोमा नेताद्वयबीच भएको ‘वान टू वान’ वार्तामा २०७५ जेठ २ कै वरिपरिको एमाले रहने गरी सहमति खोज्ने र त्यसका लागि कार्यदल बनाउने सहमति भएको थियो ।

    त्यहि सहमतिलाई कार्यान्वयन तहमा पुर्‍याउन दोस्रो तहकासहित नेताहरू छलफलमा जुटेका हुन् ।

  • माधव नेपाल भन्छन्- ७५ जेठ २ अघिकै एमालेमा फर्कने सहमति भएको हो (भिडियो)

    माधव नेपाल भन्छन्- ७५ जेठ २ अघिकै एमालेमा फर्कने सहमति भएको हो (भिडियो)

    काठमाडौं । नेकपा एमालेका माधवकुमार नेपालले ओलीसँगको वार्तामा फागुन २८ गतेको निर्णय फिर्ता लिएर पार्टीलाई २०७५ जेठ २ मा फर्काउने विषयमा सहमति भएको बताएका छन् ।

    नयाँ बानेश्वरस्थित संसद भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता नेपालले आफूहरुले राखेको बटमलाइन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वीकार गरेको बताए ।

    ‘फागुन २८ गतेको निर्णय फिर्ता लिने र २०७५ जेठ २ अगाडिको एमाले बनाउने भन्नेमा उहाँ सहमत हुनुभएको हो । बाँकी मोडालिटीको बारेमा एउटा कार्यदल बनाउने कुरा भएको छ’, नेपालले भने ।

    नेता नेपालले दुई पक्षबीच भएको सहमति र अन्य स्पष्टता आवश्यक पर्ने विषयमा थप छलफल गरेर अगाडि बढ्ने सहमति भएको समेत उल्लेख गरे ।

     

  • जलेश्वरदेखि डोलेश्वरसम्म : एक वर्षपछि यसरी टुंगियो महेश टिमको मिसन

    जलेश्वरदेखि डोलेश्वरसम्म : एक वर्षपछि यसरी टुंगियो महेश टिमको मिसन

    काठमाडौं । ठिक एक वर्षअघि पनि यो बेला मुलुकमा लकडाउन थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी ऐन संशोधनको अध्यादेश ल्याएपछि सत्तारुढ नेकपामा चरम विवाद भइरहेको थियो ।

    नेकपा विभाजनका लागि ओलीले अध्यादेश ल्याएको आरोप प्रचण्ड-माधव पक्षले लगाइरहेका बेला तत्कालीन संघीय समाजवादी पार्टीका सांसदलाई महोत्तरीबाट अपहरण गरेर काठमाडौं ल्याएको आरोप लाग्यो नेकपाका सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआईजीपी सर्वेन्द्र खनाललाई ।

    मेरियट होटलबाट डा. बाबुराम भट्टराई पक्षधर नेताहरूले यादवलाई उठाएर घरमा लगे । यादवले दिनमा दुईपटक बोली फेरे । आफू राजीखुसी आएको र कसैले अपहरण नगरेको उनको बयानपछि पनि अपहरणकाण्ड सेलाएन । महेश बस्नेत र किसान श्रेष्ठविरुद्ध जिल्ला अदालतमा अपहरणको मुद्दा पनि दायर भयो । जलेश्वरमा मुद्दा लिन नमानेपछि काठमाडौंमा लगाइएको थियो ।

    समाजवादी पार्टीबाट फुट्न चाहने सांसदहरूको लागि ओलीले ल्याएको अध्यादेश त फिर्ता भयो तर त्यही प्रकरणबाट शुरू भएको मधेशवादी दलका नेताहरूसँगको चिनजान महेश बस्नेतहरूले भने दोस्तीमा परिणत गरे ।

    सरकारले अध्यादेश ल्याएपछि रातारात मिलेका समाजवादी र राजपाका नेताहरू अहिले पुनः विभाजनको डिलमा पुग्दा फेरि महेश बस्नेत चर्चामा छन् । प्रधानमन्त्रीविरुद्ध विपक्षी गठबन्धनको बहुमत पुग्न नदिन जसपाको महन्थ ठाकुर पक्षका सांसदलाई सुरक्षित गर्ने सेल्टर महेश बस्नेतले नै मिलाएपछि एक वर्षअघिको कनेक्सन सफल भएको छ ।

    उपेन्द्र-बाबुराम पक्षले सांसदहरूलाई घर घरबाट उठाउँदै लुकाउन थालेपछि जसपाका नेताहरूले आफ्ना सांसदलाई सुरक्षित रूपमा एकै ठाउँमा राख्न खोजे । यसक्रममा प्रधानमन्त्रीको तर्फबाट पनि महेश बस्नेतहरूसँग समन्वय गर्नु भनेर पहिलेदेखिनै भनेकाले जसपा नेताहरूलाई बस्नेतले डोलेश्वर रिसोर्टको व्यवस्थापन गरेको बताइन्छ ।

    जसपाका सांसदहरूसँग अघिल्लो वर्षदेखि नै दोस्ती बढाएका महेश बस्नेत, निरु पाल र किसान श्रेष्ठले उपेन्द्र यादवतिरका कतिपय सांसदलाई ठाकुरका पक्षमा उभ्याउन समेत पहल गरेको बताइन्छ । जसपाका नेताहरूसँग राजनीतिक रूपमा प्रधानमन्त्रीको तर्फबाट गोकुल बास्कोटासमेत संवादमा थिए ।

    यी नेताहरूले महन्थ राजेन्द्र महतोसँग कन्भिन्स हुन नसकेका कतिपय सांसदलाई व्यक्तिगत रूपमा बालुवाटार पुर्‍याएर प्रधानमन्त्रीसँग भेट गराएका थिए । प्रधानमन्त्रीले कुनै पनि अनुचित हर्कत गरेर सांसद आफ्नो पक्षमा पार्दिन भनेकाले उनीहरूले भनेका ठाउँमा बजेट पार्ने, योजनाहरू पार्नेजस्ता काम भने भएका छन् ।

    संसदमा विश्वासको मतका बेलासम्म जसपाका सांसद ठाकुर पक्षमा १५ र उपेन्द्रको पक्षमा १५ जना उभिएका थिए । लक्ष्मणलाल कर्ण कोभिडका कारण अनुपस्थित थिए भने रुही नाज पनि उपस्थित भइनन् । उनलाई बाबुराम भट्टराईका पारिवारिक नातेदारको घरमा राखिएको र त्यहाँबाट मुक्त गरेर महेश बस्नेतले मिलाएको डोलेश्वर रिसोर्टमा लगिएको दावी ठाकुर पक्षको छ ।

    त्यस्तै चन्द्रकान्त चौधरीलाई पनि रामबाबु यादवले गाडीमा हालेर लगेपछि छोराले अपहरण मुद्दा लगाउँछु भन्ने चेतावनी दिए । अपहरण मुद्दामा महेश बस्नेतहरूले छोरालाई साथ दिएपछि बाटोबाटै चन्द्रकान्त पनि डोलेश्वर पुर्‍याइएका थिए । यसरी जसपामा ठाकुर पक्षका १८ जना सांसद पुगे । कल्लु विकलाई भने उपेन्द्र पक्षले लुकाएर राखेको आरोप ठाकुर पक्षको छ ।

    सांसदहरूलाई सुरक्षित गरेर ठाकुरको पक्षमा २३ जना पुर्‍याउने र उपेन्द्र यादवलाई पार्टी फुटाउन ४० प्रतिशत पुग्न नदिन महेश बस्नेतहरू सक्रिय भएका छन् । यो सम्बन्ध आगामी निर्वाचनसम्म जाने र मधेशमा एमाले तथा जसपाको महन्थ पक्षबीच गठबन्धन गर्ने तथा कतिपय जसपा सांसद सूर्य चिन्हबाटै चुनाव लड्नेसम्मको कुरा अघि बढेको बताइन्छ ।

    यसबीचमा डा. बाबुराम भट्टराईले दुईपटक प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका थिए । भेटका कुरा बाहिर नआए पनि उनी आफ्नै नेतृत्वमा सरकार बनाउन चाहन्थे । त्यो सम्भव नभएपछि राष्ट्रिय सहमतिको सरकारको प्रस्ताव उनले राखेका हुन् ।

    ओलीले बाबुरामसँग अघिल्ला वर्ष आफूमाथि सांसद अपहरणको आरोप लगाएकामा असन्तुष्टि जनाएका थिए । स्रोतका अनुसार बाबुरामले त्यो बेला अपहरण नभएर राजनीतिक मुद्दामात्र बनाइएको भन्दै त्यो गलत नै भएको स्वीकार गरेका थिए ।

    तर, त्यही प्रकरणबाट महेश बस्नेतलाई भने जसपाका नेताहरूसँग नजिकिन सजिलो भयो । यसबीचमा सांसदहरूलाई प्रधानमन्त्रीसँग भेटाउनेदेखि महन्थ, राजेन्द्र महतो, राजकिशोर यादवलगायतका नेताहरूसँग बाक्लो भेटघाट हुन थाल्यो ।

    यी सबै घटनाक्रममा जेलभित्रबाटै जसपा सांसद रेशमलाल चौधरीको पनि सक्रिय भूमिका रहेको थियो । उनी शुरूदेखि नै महन्थ ठाकुर र राजेन्द्र महतोलाई केपी ओलीसँगै मिल्न दबाब दिइरहेका थिए । एमाले सम्बद्ध अनेरास्ववियूबाट राजनीति गरेका चौधरीका बुबा एमालेबाटै प्रदेशसभाको उम्मेदवार पनि बनेका थिए ।

    नयाँ सरकार गठनको खेल शुरू भएपछि मुद्दा फिर्ता लगायतका प्रक्रियामा ओली र महन्थ पक्षले कार्यदल बनाउनुअघि रेशमलाई महेश बस्नेतले जेलमै गएर भेटेका थिए । प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा गएका बस्नेतले चौधरीसँग भेटेपछि उनी सीधै धनगढी गएका थिए । त्यसको केही दिनमा सकारसँग ठाकुर पक्षको अनौपचारिक सहमति भयो र मुद्दाहरू फिर्ता भए ।

    डोलेश्वर नै किन ?

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ मा अवस्थित डोलेश्वर रिसोर्टमा जसपाका केही सांसद तीन दिनदेखि नै बसेका थिए । विशेष गरी उपेन्द्र यादवको दबाब थेग्न नसक्ने सांसदलाई सुरक्षित राख्ने ठाउँ चाहियो भनेपछि बस्नेतले सो रिसोर्ट व्यवस्था गरेका थिए ।

    त्यसपछि बिहीबार महन्थ पक्षमा लागेका सबै सांसदलाई प्रधानमन्त्रीमा केपी ओली नियुक्त हुन्जेल राखिएको थियो । सो रिसोर्ट व्यवस्थापनमा सूर्यविनायक नगरपालिकका मेयर वासुदेव थापा र सोही वडाका वडाध्यक्ष किरण थापालगायतका सक्रिय थिए ।

    डोलेश्वर रिसोर्ट नै रोज्नुको कारण भने सो वडा एमालेको दुई तिहाई शक्ति भएको र सुरक्षका हिसाबले पनि पार्टी कार्यकर्ता नै खटिने भएकाले रोजिएको थापाले बताए । रिसोर्ट पनि मलेसियाबाट फर्केका एमालेनिकट युवाहरूले संचालन गरेका हुन् ।

  • माधव पक्षका शीर्ष नेताबीच बैठक जारी, केन्द्रीय सदस्यको बैठक २ बजे

    माधव पक्षका शीर्ष नेताबीच बैठक जारी, केन्द्रीय सदस्यको बैठक २ बजे

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीसँग हिजो भएको वार्ता र सहमतिबारे आफूनिकटका नेताहरूलाई जानकारी गराएका छन् । त्यसका लागि नेपाल पक्षका शीर्ष नेताहरूको बैठक जारी छ ।

    बिहीबार अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग भएको सहमतिबारे शीर्ष नेताहरूमाझ जुममार्फत छलफल भएको हो । बैठकमा नेता नेपालले हिजो भएको सहमतिबारे स्थायी कमिटी सदस्यहरूलाई ‘ब्रिफिङ’ गरेका छन् ।

    २०७५ जेठ २ कै वरिपरि रहेर सहमति गर्ने गरी बनाउन लागिएको कार्यदलमा पठाउने सदस्यहरूबारे पनि छलफल हुने बताइएको छ ।

    नेपालले दिउँसो २ बजे ओलीसँगको वार्ताको निचोडबारे जानकारी गराउन भर्चुअल बैठक डाकेको एक केन्द्रीय सदस्यले नेपाल प्रेसलाई जानकारी गराए ।

  • ओलीलाई बधाई दिँदै वामदेवले भने- पार्टी एकतामा सफलता मिलोस्

    ओलीलाई बधाई दिँदै वामदेवले भने- पार्टी एकतामा सफलता मिलोस्

    काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले ओली-नेपालबीचको संवादलाई पार्टीका निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस् भन्दै पार्टीको एकता निर्माणमा सफलता मिलोस् भनी शुभकामना दिएका छन् ।

    पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएकोमा गौतमले बधाई पनि दिएका छन् ।

    ‘नेकपा (एमाले) का दुई वरिष्ठ नेताहरू अध्यक्ष क.के.पी शर्मा ओली र पार्टीका पूर्व महासचिव क. माधव कुमार नेपालबीच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक सम्बाद शुरु भएको छ’, नेता गौतमले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ यो नेकपा (एमाले) का निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस् भन्ने मेरो चाहना छ । पार्टीको एकता निर्माणमा सफलता मिलोस् भन्ने शुभकामना दिन्छु । साथै पार्टी अध्यक्ष क. के.पी. शर्मा ओली नेपाल को ४३ औं प्रधानमन्त्री नियुक्ति हुनुभएकोमा हार्दिक बधाई दिन्छु ।’

  • ओली-नेपाल सहमतिले सुदूरपश्चिममा माओवादीलाई धक्का, एमालेको सरकार बन्ने पक्का !

    ओली-नेपाल सहमतिले सुदूरपश्चिममा माओवादीलाई धक्का, एमालेको सरकार बन्ने पक्का !

    कैलाली । नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको सुदूरपश्चिम प्रदेशमा अब नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना प्रवल भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको सहमतिले सुदूरपश्चिममा एमालेको नेतृत्वमा सरकार गठनको बाटो खुलेको हो ।

    ५२ जना सदस्य रहेको प्रदेशसभामा एमालेका मात्रै २५ जना सांसद छन् । माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा)का २ जना सांसद छन् ।

    जनता समाजवादी पार्टीका दुवै जना सांसद पूर्व राजपा अर्थात् महन्थ-राजेन्द्र पक्षका भएका कारण प्रदेशमा एमालेको सरकार बन्ने पक्का भएको हो ।

    ‘२५ जना सांसद रहेको पार्टीले सरकारको नेतृत्व नगरेर १३ जना सांसद रहेको पार्टीलाई नेतृत्व दिने कुरा हुँदैन,’ पूर्व मन्त्री समेत रहेका एमालेका एक नेताले भने, ‘अब हाम्रो नेतृत्वमा सरकार बन्छ ।’

    उनले केन्द्रमा शीर्ष नेताहरू बिचको निर्णायक संवादले प्रदेश सरकार परिवर्तनको बाटो खुलाएको बताए ।

    ‘यस अघि पनि हामीले एमालेबाटै नेतृत्व हुनुपर्छ भनेका थियौँ’ उनले भने ‘अब त्यो सम्भव भएको छ । केन्द्रबाटै यसको निर्देशन आउला ।’

    एमाले र माओवादीको गठबन्धन पछि भागबन्डाको आधारमा सुदूरपश्चिम प्रदेशमा माओवादीले सरकारको नेतृत्व गरेको थियो । तर अहिले एमाले एक भएपछि वर्तमान सरकारको विकल्प आवश्यक रहेको एमाले नेताहरू बताउँछन् ।

    साबिक नेकपा टुक्रिएपछि प्रदेशमा एमाले भित्र नेपाल समूह बलियो हुँदा माओवादी नेतृत्वको सरकार परिवर्तनमा एमालेलाई चुनौति थियो । माओवादी र नेपाल समूह एक भएका कारण प्रदेश सरकार फेरबदल हुन सकेन । बरु एमाले भित्रै ओलीलाई समर्थन गरेको भन्दै १४ पुसमा भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले वर्खास्त गरेका थिए ।

    ओली पक्षमै देखिएका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले २२ पुसमा मन्त्री पदबाट राजीनामा दिए । माओवादी केन्द्रबाट प्रदेश सभामा निर्वाचित भएका बोहरा अहिले एमालेको केन्द्रीय सदस्य बनेका छन् ।

    सर्वोच्च अदालतले एमालेलाई पूर्ववत् अवस्थामा ल्याइदिएपछि नै प्रदेशमा सरकार परिवर्तनको पहल नभएको भने होइन । तर, ओली समूह भन्दा नेपाल समूह बलियो भएका कारण सरकार फेरिन सकेको थिएन । एमाले भित्र नेपाल समूहका प्रकाश शाह आन्तरिक मामिला तथा कानुन मन्त्री, कृष्णराज सुबेदी सामाजिक विकास मन्त्री र माया भट्ट उद्योग वन तथा वातावरण मन्त्री छन् ।

    सभामुख बाहेकका २४ जना सांसद मध्ये नेपाल समूहका १८ जना र ओली समूहका ६ जना मात्रै थिए ।

    प्रदेश सरकार गठन गर्न २७ जना सांसद आवश्यक पर्छ एमालेको २५ र जसपाका २ जना सहितको सरकार बन्नेमा एमालेकै सांसदहरू पनि ढुक्क हुन थालेका छन् ।

    ‘ओली पक्षका सांसदहरू बलियो भएको भए उहिल्यै सरकार ढालिसक्थे,’ नेपाल समूहका एक सांसदले भने ‘हामी बलियो भएका कारण यो सरकार रहेको हो । एक भएपछि हामी नै सरकारको नेतृत्व गर्छौं ।’

    नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले पनि अब प्रदेशमा एमालेको नेतृत्वमा सरकार गठन हुने बताएका छन् । ‘अब सरकारको नेतृत्व नेकपा एमालेले गर्छ ’उनले भने, ‘हामीले गृहकार्यमा सुरु गरिसकेका छौं ।’

  • कसैले बहुमत जुटाउन नसकेपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त

    कसैले बहुमत जुटाउन नसकेपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त

    काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत दाबी गर्न दिएको समयभित्र कुनै पनि दलले दाबी पेश नगरेपछि ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

    ओलीले एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

  • गोकर्ण र गोकुलले बुधबार साँझै ‘कुल’ बनाएका थिए माधव नेपाललाई

    गोकर्ण र गोकुलले बुधबार साँझै ‘कुल’ बनाएका थिए माधव नेपाललाई

    काठमाडौं । सर्वोच्च अदालतबाट नेकपा एमाले ब्युँतिएपछि पनि नेकपाकालीन अवस्थामै रहेका केपी ओली र माधव नेपाल पक्षबीच एकता गराउन करीव दुई महिनादेखिको अनेकौं प्रयास वैशाख ३० गते बिहीबारबाट परिणाम नजिक पुगेका छन् ।

    यसबीचमा माधव नेपाल र केपी ओलीबीच एक्ला एक्लै दुईपटक वार्ता भए भने समूहगत रुपमा एकपटक छलफल भएको थियो । यसबीचमा दोस्रो र तेस्रो तहका नेताहरुबीच पनि छलफलका सिलसिला चलिरहे ।

    यसअघि ८ र ९ वैशाखमा ओली नेपालबीच मेरियट होटेलमा भएको वार्ताले सुखद् परिणाम दिन नसकेपछि उनीहरुबीच पुनः भेटको वातावरण बनाउन नै निकै समय लाग्यो।

    बिहीबारको एमाले विवाद समाधानतर्फको बाटो भने बुधबार बेलुका नै तयार भएको थियो । केपी ओलीको तर्फबाट माधव नेपाललाई मनाउन गएका थिए गोकुल बास्कोटा जहाँ माधव पक्षाका गोकर्ण विष्ट पनि थिए ।

    बास्कोटाले माधव नेपाललाई तपाईं कहाँ जाँदै हुनुहुन्छ भनेर सोध्दा नेपालले आफू धेरै अघि बढिसकेको भन्दै ओलीसँग एकताको सम्भावना टरेको बताए । तर बास्कोटा आफ्नो स्वभाव अनुसार कड्किए ।

    गोकर्ण विष्ट पनि सांसदबाट राजीनामाको विपक्षमा थिए । माधव नेपाललाई सहमतिको बटमलाइन सुनाएर बास्कोटाले ओलीलाई खबर गरेका थिए । जसको नियमित ब्रिफिङमा थिए बिष्णु रिमाल । यो प्रक्रियामा सुरेन्द्र पाण्डे पनि निरन्तर संवादमा थिए ।

    माधव नेपालको घरमा ओलीले गोकुल बास्कोटालाई पनि पठाए । गोकुल बास्कोटाले ‘तपाईंले के गरेको यो ?’ भन्दै नेपालसँग कुराकानी थाले ।

    माधव नेपाले ‘म अगाडि बढीसकेँ’ भन्दै सहमतिको सम्भावना न्यून रहेको जवाफ दिए ।

    गोकुलको आग्रह थियो- ‘तपाईं राजीनामा दिएर अब जनमोर्चा जस्तै बन्ने । तपाईं आफूलाई एमालेको संस्थापक भन्नुहुन्छ, यो पार्टी सिध्याएर तपाईं हिड्ने ?’

    तपाईं पर पुगे पनि फर्किनुहोस्, केपी ओलीलाई म मिलाउँछु, तपाईं वार्ता गर्नुहोस् भन्ने आग्रह बास्कोटाले नेपाल समक्ष गरेका थिए ।

    त्यही क्रममा माधव नेपालले ओलीप्रति आफ्ना गुनासो पोखेका थिए। नेपालको सबै गुनासो सुनेपछि गोकुलको आग्रह थियो-‘तपाईं पार्टीको नेता हो । इगो ‘हर्ट’ नबनाउनुहोस्।’

    गोकुलको यो आग्रहपछि नेपाल केही सकरात्मक भए । ‘ठीक छ, म लचिलो हुन्छु । तपाईं केपी ओलीलाई पनि भन्नुहोस्,’ नेपालको आग्रह थियो ।

    गोकर्ण र गोकुलले कुल गराएका नेपाल एकपटक प्रयास गर्छु, मिल्नको लागि तयार छु भन्ने ठाउँमा पुगे । यो खबरपछि ओलीले नेपालसँग टेलिफोन सम्पर्क गरेका थिए र विहानै अर्थमन्त्री बिष्णु पौडेललाई कोटेश्वर पठाए ।

    माधव नेपाललाई फेस सेभको बाटो चाहिएको थियो । विष्णु पौडेलले पनि भेटमा नेपालाई भनेका थिए- ‘तपाईंको माग बमोजिम जेठ २ को आसपासपमा सहमति खोजौं । तपाईं यो दुर्घनाको बाटोमा नजानुहोस् ।’

    पौडेलसँगको भेटपछि नेपालले संविधानविद्हरुसँग छलफल गरेका थिए । सम्भू थापा, टिकाराम भट्टराई र गोविन्द बन्दीले संविधान अनुसार अहिले राजीनामा बुझाएको खासै अर्थ नहुने सुझाएका थिए ।

    त्यसअघिका पृष्ठभूमि

    केही दिनअघि एमालेका दोस्रो तहका नेताहरुबीच एउटा ‘लन्च मिटिङ’ भयो । त्यसमा नेपाल पक्षका घनश्याम भुसाल, योगेश भट्टराई र ठाकुर गैरे सहभागि थिए ।

    ओली पक्षबाट शंकर पोखरेल, राजन भट्टराई, र विनोद ढकाल थिए ।

    जेठ २ मै नपुगे पछि त्यसको सेरोफेरोमा पुग्ने, नेकपाको स्थायी कमिटीको बैठक बोलाउने, त्यो बैठकले नेकपा एमालेका पहिलेका कमिटीहरुको व्यवस्थापन गर्ने सहमति उनीहरुबीचको बैठकमा जुरेको थियो ।

    त्यो सहमितलाई मुर्तरुप दिन एउटा कार्यदल बनाउने कुरामा पनि उनीहरु एकमत थिए । कार्यदल मार्फत सहमति खोज्ने कुरामा ओली र नेपाललाई आफ्ना-आफ्नो पक्षमा ‘कन्भिन्स’ गराउने भन्दै उनीहरु उठेका थिए ।

    त्यही बीचमा शंकर पोखरेल लुम्बिनी जानुपर्ने भएकाले त्यसमा पर्यटन मन्त्री भानुभक्त ढकाल मिसिए ।

    उनीहरुबीच संवाद चल्दै जाँदा घनश्याम भुसाल त्यसबाट पछि हटे । भुसालको जोड २०७५ जेठ २ मै जानुपर्छ थियो ।

    उता ओली दोस्रो तहका नेताहरुबीच कार्यदल बनेको कार्यदल बनाउने सहमतिमा सहमत भएका थिए । ओली नेकपाकालीन स्थायी कमिटी (जहाँ नेपाल पक्षका ११ जना स्थायी कमिटी सदस्य छन् ) बोलाएर कार्यदल बारे निर्णय गर्ने सोचमा थिए ।

    यो विषय कुनै टुंगोमा नपुगे पनि नेपाल पक्षका नेता विष्ट ओलीसँग निरन्तर संवादमा थिए । ओलीकै आग्रहका कारण उनी माधव नेपाललाई राजीनामा नगर्न ‘कन्भिन्स’ गराउन बुधबार उनी कोटेश्वर गएका थिए । त्यही बेला भीम रावलले ओलीलाई रोक्न सांसदबाट राजीनमा दिनुपर्ने भन्दै ट्वीट गरेका थिए।

  • ओली-नेपाल वार्ताकै बीच झाँक्रीको टिप्पणी- लिखित सहमतिबिना अलमलमा पर्नुहुन्न

    ओली-नेपाल वार्ताकै बीच झाँक्रीको टिप्पणी- लिखित सहमतिबिना अलमलमा पर्नुहुन्न

    काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले ठोस प्रस्ताव र लिखित सहमतिबिना कुनै अलमलमा पर्न नहुने बताएकी छिन् ।

    बूढानीलकण्ठमा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच वार्ता चलिरहेकै बेला उनको यस्तो टिप्पणी आएको हो ।

    ‘ठोस प्रस्ताव र लिखित सहमतिबिना अलमलमा पर्नुहुन्न,’ ट्वीटरमा उनले लेखेकी छिन्, ‘आफूले संसद विघटन गरेको सही थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको इशारा यो सबै हुँदैछ ।’

    आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको विसर्जन गर्ने भन्दै उनले लेखेकी छिन्, ‘जनता, लोकतन्त्र र संविधानको रक्षाको लागि हाम्रो अगाडि एक मात्र विकल्प हो विद्रोह। हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको विसर्जन गर्छ। सचेत बनौँ ।’

  • ऐन महर भन्छन्- पार्टीको कारवाही फिर्ता भए पनि अनेरास्ववियूको फिर्ता हुन्न

    ऐन महर भन्छन्- पार्टीको कारवाही फिर्ता भए पनि अनेरास्ववियूको फिर्ता हुन्न

    काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष ऐन महरले पार्टीका नेताहरूको कारवाही फिर्ता भए पनि अखिलका नेताहरूमाथिको कारवाही फिर्ता नहुने दावी गरेका छन् ।

    महरले सामाजिक सञ्जालमै अनेरास्ववियूका नेताहरूमथिको कारवाही फिर्ताको कुनै सम्भावना नरहेको घोषणा गरेका छन् । अनेरास्ववियूले संगठनका सचिवहरू सुदेश पराजुली, आरती लामा र ओसिम आलमलाई साधारण सदस्य नरहने गरी निष्कासन गरेको थियो ।

    महरले भनेका छन्, ‘पार्टीको कारवाही फिर्ता भए पनि अनेरास्ववियूको कारवाही फिर्ताको कुनै सम्भावना छैन ।’

    एमालेले बिहीबार माधव नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा गरेको थियो ।

    यसबीचमा माधव नेपाल पक्षले अनेरास्ववियूको भेला गरी पराजुली अध्यक्ष, आलाम सहअध्यक्ष र आरती लामालाई महासचिव चयन गरेको थियो । लामाले पनि सामाजिक सन्जालमार्फत नै ऐन महरलाई अध्यक्ष स्वीकार नगर्ने र एमाले मिले पनि अनेरास्ववियूको अध्यक्ष नविना लामा हुनुपर्ने बताएकी छन् ।

    तत्कालीन एमालेका पालामा लामा अध्यक्ष थिइन् । नेकपा एकीकरणपछि अनेरास्ववियूको अध्यक्ष महर भएका थिए । लामा र महर दुवैजना अहिले एमालेको संस्थापन पक्षमा छन् ।

  • माधव नेपालसहित चारै नेतालाई निलम्बन फुकुवाको पत्र पठाइयो (पत्रसहित)

    माधव नेपालसहित चारै नेतालाई निलम्बन फुकुवाको पत्र पठाइयो (पत्रसहित)

    काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित चार नेतालाई कारवाही फुकुवा गरिएको पत्र सम्बन्धित व्यक्तिलाई पठाएको छ ।

    अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता चलिरहेका बेला कारवाही फुकुवाको पत्र केन्द्रीय कार्यालयका कर्मचारीमार्फत पठाइएको हो ।

    अध्यक्ष ओलीले हस्ताक्षर गरेको पत्रमा २०७ठ चैत १६ मा गरिएको प्रतिनिधिसभा सदस्य बाहेक अन्य पदको निलम्बन वैशाख ३० गतेको स्थायी कमिटी बैठकको निर्णय अनुसार फुकुवा गरिएको उल्लेख छ ।

    कारवाही फिर्ताको पत्र पठाई सकिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

  • माधव नेपाललाई के सल्लाह दिए कानून व्यवसायीले ?

    माधव नेपाललाई के सल्लाह दिए कानून व्यवसायीले ?

    काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापा, टीकाराम भट्टराई र गोविन्द बन्दीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर सांसद पदबाट राजीनामा दिन अहिले नै हतार नगर्न सुझाव दिएका छन् ।

    नेपालले राजीनामापछि उत्पन्न हुने संवैधानिक र कानूनी प्रक्रिया तथा सरकार गठनका सन्दर्भमा कानून व्यवसायीसँग छलफल गरेका हुन् । सो छलफलमा संविधानको धारा ७६ को उपधारा २, ३ र ५ बमोजिम सरकार गठनको संवैधानिक प्रक्रियामाथि नै कुराकानी भएको नेपाल बार एशोसियसनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले नेपाल प्रेसलाई बताए ।

    भट्टराईले भने, संविधानको धारा ७६ को ५ बमोजिम गठन हुने सरकार हाम्रो सन्दर्भमा नौलो अभ्यास पनि हो । त्यसमा पुग्दा हरेक सांसदको स्वतन्त्र अस्तित्वको कुरा पनि आउँछ र ह्वीप पनि लाग्दैन । राजीनामा दिनुस् वा नदिनुस् भन्ने हाम्रो कुरा होइन, उहाँहरूको राजनीतिक निर्णय हो । तर, एमाले मिल्दा राम्रो हुन्छ भन्ने त स्वभाविक हो ।

    भट्टराईले सांसदहरूलाई जनताले दिएको ५ वर्षको जनादेश भएकाले उनीहरुले ५ वर्ष बिताउनुपर्छ भन्ने आफूहरूले सैद्धान्तिक मान्यता सुनाएको बताए । एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन तयार भए आफूहरू पार्टी एकताको पक्षमा रहेको नेपालले कानून व्यवसायीलाई बताएका थिए ।

    नेता नेपाल र कानून व्यवसायीहरूबीच छलफल भइरहेकै बेला प्रधानमन्त्री तथा एमाले अध्यक्षले फोनमा कुरा गरेका थिए । सो कुराकानीमा पनि नेपालले जेठ २ अघिको पार्टी बैठक बोलाएमा आफू राजीनामाबाट पछि हट्ने बताएका थिए ।

    नेपालले आफूसँग सबै सांसदको राजीनामा रहेको र राजीनामा दिने सांसदको संख्या नपुगेको भन्ने हल्ला आधारहीन रहेको समेत बताएका छन् । दिउँसो कार्यालय समयभित्र ओलीले शर्त नमाने राजीनामा बुझाउने चेतावनी माधव पक्षले दिइसकेको छ ।

    नेपालनिकट स्रोतका अनुसार संविधानको धारा ७६ को उपधारा २ मा प्रतिनिधिसभाको बहुमतको कुरा गरेकाले २७५ सदस्यकै बहुमत हुनुपर्ने तर्क आइरहेको सन्दर्भमा धारा ५ बमोजिमको सरकार गठनको प्रक्रियामा नपुग्दासम्म राजीनामा नदिने कि भन्ने कोणबाट पनि सुझावहरू आएका छन् ।

    कांग्रेस, माओवादी र जसपा सिंगै मिल्दा प्रतिनिधिसभाको बहुमत अर्थात १३८ नै पुग्छ र त्यसबेला माधव नेपाल पक्षले राजीनामा दिनु पर्दैन । जसपालाई मनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले पहल गरिरहेका छन् ।

    तर, महन्थ ठाकुर पक्षले जसपाका बहुमत सांसदको हस्ताक्षरसहित राष्ट्रपतिलाई आफूहरू वैकल्पिक सरकार गठनको पक्षमा नरहेको पत्र दिएकाले जसपा विवादलाई टेकेर राष्ट्रपतिले धारा ७६ को उपधारा ३ बमोजिम ओलीलाई ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना छ ।

    यदि त्यसरी ओली प्रधानमन्त्री नियुक्त भएमा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिने बेलामा माधव नेपाल पक्षले मत नदिए वा राजीनामा गरेको खण्डमा ओली फेरि पदमुक्त हुन्छन् र धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन प्रक्रियामा जाँदा तत्काल कायम रहेको संख्याको बहुमतले सरकार बन्न सक्ने भएकाले त्यो अवस्थासम्म लैजान राजीनामा नगर्दा उपयुक्त हुने सुझाव नेपाललाई दिइएको स्रोतले जनाएको छ ।

  • ओलीलाई माधव पक्षको ‘डेडलाईन’ : जेठ २ मै फर्कन नमाने चार बजे राजीनामा

    ओलीलाई माधव पक्षको ‘डेडलाईन’ : जेठ २ मै फर्कन नमाने चार बजे राजीनामा

    काठमाडौं । माधव नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा गर्ने स्थायी कमिटीको निर्णयपछि नेकपा एमालेभित्रको राजनीतिले कोल्टे फेरेको छ ।

    प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नेपाल पक्ष र बादल समूहसहितको स्थायी कमिटी बोलाएर थप छलफल गर्न तयार भएका छन् ।

    तर, नेपाल पक्षले भने २ जेठ २०७५ मा फर्किन तयार नभएसम्म आफूहरूको राजीनामा नरोकिने बताएको छ । नेपाल पक्षका स्थायी कमिटी सदस्य भीम रावलले आफूहरुको माग पूरा गर्न दिउँसो चार बजेसम्मको समय दिएको र त्यो पूरा नभए राजीनामा हुने निर्णय गरेको बताए ।

    ‘हाम्रो स्थायी कमिटी बैठक भयो,’ रावलले नेपाल प्रेससँग भने, ‘स्थायी कमिटी बस्दा-बस्दै उहाँहरूले कारवाही फिर्ता लिएको पनि हामीले सुन्यौं । हामी नवौं राष्ट्रिय महाधिवेशन बमोजिम अगाडि बढ्ने, त्यसबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक र केन्द्रीय कमिटीलाई मान्ने । गत फागुन २८ गते हाम्रो अनुपस्थितिमा भएका निर्णयमा रद्ध गर्ने । पार्टीलाई २०७५ जेठद २ मा फर्काउने सहमति भएपछि हामी अन्य विषयमा छलफल गर्न सक्छौं ।’

    रावलले यी कुरामा सहमति नभए कार्यालय समयभित्र राजीनामा दिने बताए । उनले भने, ‘हाम्रो कुरामा दिउँसो चार बजेसम्म सुनुवाइ नभएमा कार्यालय समयभित्र राजीनामा दिन्छौं । ’

  • माधव पक्ष र बादल समूहसहितको स्थायी कमिटी बोलाउने ओलीको तयारी, पदाधिकारीमा कुरा मिलेन

    माधव पक्ष र बादल समूहसहितको स्थायी कमिटी बोलाउने ओलीको तयारी, पदाधिकारीमा कुरा मिलेन

    काठमाडौं । चार नेतामाथिको कारवाही फिर्तापछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै माधव नेपालसँग भेटेर पार्टी एकताको लागि थप पहल गर्ने भएका छन् । ओलीले माधव पक्षसहितको स्थायी कमिटी बैठक आजै बोलाउन लागेको बालुवाटार स्रोतले जनाएको छ ।

    नेपालसँग बुधवार राति र आज बिहानसम्म पनि टेलिफोनमा पटक-पटक कुराकानी भएको र आजै दुई नेताबीच वार्ता हुने सम्भावना रहेको प्रधानमन्त्रीका सल्लाहकार समेत रहेका एमाले नेता डा. राजन भट्टराईले नेपाल प्रेसलाई बताए ।

    स्थायी कमिटीले पार्टी र सरकारको सन्दर्भमा निर्णय गर्ने अधिकार ओलीलाई दिएको छ । एमाले स्रोतका अनुसार कारवाही फिर्तापछि बस्ने स्थायी कमिटी बैठक नेकपाकालको हुने सम्भावना छ ।

    स्रोतले भन्यो, ‘अहिले कुरा अड्किएको साविक एमालेका पदाधिकारी यथावत रहने कि नरहने भन्ने हो । यसबीचमा महाधिवेशन आयोजक कमिटी बनेर अघि बढिसकेकाले साविक नेकपाको स्थायी कमिटीमा रहेका नेताहरूको बैठक बस्ने कुरा छ । त्यसमा एमालेका सबै र बादलसहित चार नेताहरू हुनेछन् ।’

    तल्ला कमिटीहरू मिलाउनका लागि कार्यदल गठन गर्न पनि अध्यक्ष ओली सहमत भएका छन् । यसअघि दुवै पक्षका दोस्रो तहका नेताहरूबीच २६५ सदस्यीय केन्द्रीय कमिटी मान्ने र नेकपाकालीन स्थायी कमिटीको बैठक बसेर कार्यदलको प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने अनौपचारिक सहमति भएको थियो ।

    तर, माधव नेपाल पक्षले साविक एमालेका पदाधिकारी पुनःस्थापित हुनुपर्ने अडान राखेको थियो । त्यो छलफलमा संस्थापन पक्षबाट शंकर पोखरेल, राजन भट्टराई, भानुभक्त ढकाल, विनोद ढकाललगायत संलग्न थिए । माधव नेपाल पक्षबाट घनश्याम भुसाल, योगेश भट्टराई, ठाकुर गैरेलगायत संलग्न थिए ।

    अध्यक्ष ओली नेकपाकालीन स्थायी कमिटीका सदस्यहरूको बैठक बोलाउन तयार भए पनि माधव नेपाल पक्षले एमालेकालकै स्थायी कमिटी बस्नुपर्ने र त्यसमा बादल पक्ष सहभागी गराउन नहने अडानमा रहेकाले कुरा मिलेको थिएन ।

    पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले २०७५ जेठ २ अघिको कमिटी क्रियाशील गराउनुपर्ने माधव पक्षको मागबारे अध्यक्षले लिने निर्णय नै अन्तिम हुने भन्दै संकटको बेला पार्टी र नेतृत्वको पक्षमा दृढतापूर्वक उभिने पूर्व माओवादी पक्षलाई अवमूल्यन गर्ने गरि कुनै निर्णय नहुने बताए ।

    माधव नेपाललाई उनीनिकट नेताहरूले पनि एक कदम पछि हटेर जेठ २ को वरिपरिबाट निकास निकाल्दै पार्टीभित्रै बसेर अन्य कुरामा छलफल गर्न दबाब दिइरहेका छन् ।

  • सुरेन्द्र पाण्डे भन्छन्- हामीमाथिको कारवाही फिर्ताको निर्णय सकारात्मक कदम

    सुरेन्द्र पाण्डे भन्छन्- हामीमाथिको कारवाही फिर्ताको निर्णय सकारात्मक कदम

    काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आफूसहित चार नेतामाथिको निलम्बनको कारवाही फिर्ता लिने निर्णयलाई सकारात्मक भनेका छन् । एमाले स्थायी कमिटीको आज बसेको बैठकले माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारवाही फिर्ता लिएको थियो ।

    नेपाल प्रेससँग संक्षिप्त कुरा गर्दै नेता पाण्डेले भने, ‘कारवाही फिर्ता लिने निर्णय सकारात्मक छ । हामीले त हिजो पनि यो गलत भयो भनेका थियौं । अब अरु विषय पनि सकारात्मक ढंगले अध्यक्ष केपी ओलीले हल गर्नुहुन्छ भन्ने आशा गरेका छौं ।’

    पाण्डेले अब तत्कालीन एमालेकालको स्थायी कमिटी बैठक बोलाएर अन्य विषयहरुलाई सम्बोधन गर्न कार्यदल गठन गर्न सकिने बताए । एकताबद्ध एमालेका लागि भइरहेका प्रयासलाई सकारात्मक निष्कर्षमा पुर्‍याउनुपर्ने उनको भनाइ छ ।

    यो पनि पढ्नुहोस्: माधव नेपालसहित एमालेका चार नेतामाथिको कारवाही फुकुवा

  • माधव नेपालसहित एमालेका चार नेतामाथिको कारवाही फुकुवा

    माधव नेपालसहित एमालेका चार नेतामाथिको कारवाही फुकुवा

    काठमाडौं । नेकपा एमालेले माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गरेको छ ।

    आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको हो ।

    पार्टीलाई एक बनाउन अध्यक्ष केपी शर्मा ओलीले कारवाही फुकुवाको प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको हो ।

    पार्टीको वृहत्तर एकतालाई ध्यानमा राखेर बैठकले चार नेतामाथिको ६ महिनाको निलम्बन फुकुवा गरिएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले नेपाल प्रेसलाई जानकारी दिए ।
    नेम्वाङले राष्ट्रिय राजनीतिक अवस्थालाई समेत विश्लेषण गरेर पार्टी र सरकार सम्बन्धी अरु सबै निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष केपी ओलीलाई दिएको बताए ।
  • राजीनामा रोक्न कानून व्यवसायी पनि सक्रिय, तीन वकिल पुगे माधव नेपाल निवासमा

    राजीनामा रोक्न कानून व्यवसायी पनि सक्रिय, तीन वकिल पुगे माधव नेपाल निवासमा

    काठमाडौं । नेकपा एमालेका माधव पक्षीय सांसदको राजीनामा रोक्न नेपाल निकट वकिलहरु समेत सक्रिय भएका छन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवालाई आफूले आश्वासन दिइसकेको भन्दै नेपालले राजीनामाबाट पछि हट्न आनाकानी गरेपछि वरिष्ठ अधिवक्ता शम्भु थापासहित तीन जना संविधानविद् सक्रिय भएका हुन् ।

    नेपाललाई अर्थमन्त्री विष्णु पौडेलले भेटेर फर्किएलगत्तै वरिष्ठ अधिवक्ता तथा बार एशोसियसनका पूर्वअध्यक्ष शम्भु थापा, बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई र गोविन्द बन्दी नेपाल निवास कोटेश्वर पुगेका छन् ।

    नेपाललाई राजीनामा भन्दा मध्यमार्गी बाटोबाट एमालेभित्रै समाधान खोज्न उनीहरूले सुझाव दिएको स्रोतले जनाएको छ ।

    कानुन व्यवसायीसँग माधव नेपालले आफ्नो समूहका सांसदहरुले राजीनामा दिएपछि हुने सरकार गठनका प्रक्रियाको बारेमा समेत परामर्श गरेका छन् ।

     

  • बिष्णु पौडेल माधव नेपाल निवासमा, ओलीले बोलाए स्थायी कमिटी बैठक

    बिष्णु पौडेल माधव नेपाल निवासमा, ओलीले बोलाए स्थायी कमिटी बैठक

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षलाई राजीनामाबाट रोक्न अन्तिम प्रयास भइरहेको छ । राष्ट्रपतिले दिएको नयाँ सरकार गठनको समयसीमा आज साँझ ९ बजेसम्म सकिनुअघि नेपाल पक्षलाई राजीनामा गराउने प्रयास कांग्रेस र माओवादीको छ ।

    राजीनामाबारे माधव नेपाल पक्षमै मतभेद भएर संख्या जुटाउन सकस परिरहेका बेला संस्थापन पक्षले संवाद जारी राखेको छ । बुधवार माधव नेपाललाई गोकर्ण विष्ट लगायत उनी निकटकै नेताले राजीनामाबाट पछि हट्न दबाब दिएका दिए ।

    नेपाललाई बुधवार राति अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले टेलिफोनमा कुरा गर्न खोजे पनि माधव नेपालले फोन रिसिभ नगरेको स्रोतले जनाएको । आज विहानै ओलीको तर्फबाट वार्ता गर्न अर्थमन्त्री बिष्णु पौडेल माधव नेपाल निवास पुगेका छन् ।

    माधव नेपाल पक्षमा राजीनामा दिने सांसदको संख्या अन्तिममा १६ जना पनि नपुग्ने अवस्था देखिएपछि उनी दवावमा छन् । बिष्णु पौडेलसँगको वार्ताअघि बुधवार साँझ ओली निकट एक प्रभावशाली नेताले पनि नेपाल निवासमै गएर वार्ता गरेका थिए । उक्त वार्तापछि नेपाल गम्भीर बनेको बताइन्छ ।

    यसैबीच अध्यक्ष ओलीले स्थायी कमिटीको बैठक विहान ९ बजे बोलाएका छन् । बालुवाटारमा बस्ने सो बैठकले माधव नेपाल पक्षका माग सम्बोधन गर्ने सबै अधिकार ओलीलाई दिने सम्भावना छ ।

    आजै स्थायी कमिटी बैठकपछि ओलीले नेपालसँग वार्ता गर्ने सम्भावना रहेको एमाले स्रोतले जनाएको छ । माधव नेपाल पक्षले राजीनामा गरे पनि ओलीको विपक्षमा बहुमत नपुग्ने अवस्था र अन्य अड्चन समेत देखिने भएपछि राजीनामाको विषय नेपाल पक्षमै घाँडो बनेको छ ।

  • प्रधानमन्त्री ओलीलाई रोक्न सांसद पदबाट राजीनामा गर्नुपर्छ : भीम रावल

    प्रधानमन्त्री ओलीलाई रोक्न सांसद पदबाट राजीनामा गर्नुपर्छ : भीम रावल

    काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रोक्न सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

    ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ,’ उनले ट्वीटरमा लेखेका छन्, थप राष्ट्रिय हित, पार्टी विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रम केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ। त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ। यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।’

    एमालेको माधव नेपाल पक्षभित्र सामूहिक राजीनामा चर्चा चलिरहेका बेला रावलले पनि राजीनामा दिनुपर्ने मत सार्वजनिक गरेका हुन् ।

    तर, नेपाल पक्षभित्र सामूहिक राजीनामा दिने कुरामा एकमत बन्न सकिरहेको छैन । नेपाली कांग्रेससहितका विपक्षी दलले वैकल्पिक सरकार गठनका लागि नेपाल पक्षको राजीनामाको अपेक्षा गरिरहेका छन् ।

  • माधव पक्षका धराने सांसद भन्छन्- म पार्टी फुटाउने पक्षमा हुन्न

    माधव पक्षका धराने सांसद भन्छन्- म पार्टी फुटाउने पक्षमा हुन्न

    इटहरी । विपक्षी गठनबन्धनलाई प्रतिनिधिसभामा बहुमत पुर्याइदिनका लागि नेकपा एमालेको माधव नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा दिने तयारी भइरहेका बेला कति सांसद राजीनामाको लागि तयार भए भन्ने खुलेको छैन ।

    मंगलवार साँझ देउवा निवासमा भएको छलफलमा माधव नेपाल र भीम रावलले कम्तिमा १६ सांसदको राजीनामा आउने आश्वासन दिएको बताइएका बेला नेपाल पक्षका सांसद जयकुमार राईले राजीनामा नदिने संकेत गरेका छन् ।

    सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य राईले आफू पार्टी फुटको विपक्षमा रहेको बताए। सांसद राई जसपा नेता अशोक राई लाई चुनावमा दोब्बर बढी मतान्तरले पराजित गरेका धराने सांसद हुन्।

    राजीनामा दिन लाग्नुभएको हो भन्ने ? नेपाल प्रेसको प्रश्नमा राईले भने, ‘यो कोभिड महामारीको समय कुर्सीको लडाई होइन जनताको सेवा गर्ने समय हो। म पार्टी एकताको पक्षमा छु।’ पार्टी फुटाउने पक्षमा लाग्न सक्दिन ।

    ७-८ लाख कार्यकर्ताले बनाएको पार्टी भएकोले सबैको भावनाको सम्मान आफुले गर्ने सांसद राईले बताए।

    उनले भने- पार्टीको मुद्दा पार्टीमा मिलाउनुपर्छ । पार्टी फुटाउन लाग्नु हुन्न । एमाले बनाउन सिनियर नेताको मात्रै योगदान नभएर लाखौं कार्यकर्ताको समेत योगदान छ, सबैको मर्म सम्मान हनुपर्छ ।

    सांसद राई वैशाख २७ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिन अनुपस्थित भएका थिए ।

  • महेश बस्नेतको टिप्पणी- दल विभाजन अध्यादेश पास गरेको भए माधवहरूको यो हालत हुने थिएन

    महेश बस्नेतको टिप्पणी- दल विभाजन अध्यादेश पास गरेको भए माधवहरूको यो हालत हुने थिएन

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले दल विभाजन सम्बन्धी पहिले ल्याएको अध्यादेशको अहिले औचित्य पुष्टि भएको दावी गरेका छन् ।

    ‘राजनीति विचार, आस्था र विश्वासको कुरा हो,’ बस्नेतले फेसवुकमा लेखेका छन्, ‘ कुनै नेता या पार्टी मन नपर्दा छुट्टिन पाउनु पर्दछ। यो लोकतान्त्रको सुन्दर पक्ष हो । तसर्थ यसलाइ प्रचण्डसँग मिलेर दाउपेचको राजनीतिको विषय गर्ने क. माधव नेपाल आफ्ना सांसदहरुलाई राजीनामा दिने तहमा पुग्नु भयो । प्रधानमन्त्रीले ल्याएको अध्यादेशलाई पास गरेको भए सांसदहरूको यो हालत हुने थिएन कि ।’

    बस्नेतले बुँदागतरुपमा विभिन्न नेताहरूमाथि कटाक्ष र आलोचनासमेत गरेका छन् ।

  • एमाले नेता चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि

    एमाले नेता चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि

    काठमाडौं । नेकपा एमालेका नेता एवम् प्रदेश सांसद पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

    कोरोना संक्रमण भएपछि काठमाडौंको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ निधन भएका चौलागाईंको बुधबार विहान अन्त्येष्टि गरिएको हो ।

    अन्त्येष्टिमा एमाले वागमती इन्चार्ज समेत रहेका गृहमन्त्री रामबहादर थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, पूर्वमन्त्री तथा एमाले वागमती प्रदेश अध्यक्ष आनन्दप्रसाद पोखरेल, नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङलगायतका नेता कार्यकर्ताहरु उपस्थित थिए ।

    यस अघि अस्पताल परिसरमा नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले चौलागाईंको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए भने नेकपा एमालेका अनुुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले पार्टीको झण्डा ओढाएर सम्मान गरेका थिए ।

    नेता चौलागाईँ दोलखा ख बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । पार्टी भित्र र बाहिर भद्र, शालीन र बौद्धिक व्यक्तित्वको रुपमा परिचित चौलागाई दोस्रो संविधानसभामा संविधान सभा सदस्य थिए । युवा संघ नेपालका पूर्व अध्यक्ष चौलागाईं २०५६ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

    यसैबीच, दोलखाका प्रतिनिधिसभाका सांसदसमेत रहेका सञ्चारमन्त्री गुरुङले नेता चौलागाईंको निधनप्रति गहिरो दुुःख व्यक्त गरेका छन् । गुरुङले दोलखाली जनताले आफ्नो प्यारो नेता गुुमाएको, नेपालको कम्युनिष्ट आन्दोलन र आफूूहरुले भद्र, शालीन, बौद्धिक अभिभावक गुमाउनु परेको बताएका छन् ।

    स्वर्गीय नेता चौलागाईंका श्रीमती, छोरा र दुुई छोरी छन् ।

  • माधवपक्षीय जनसंगठनका नेताहरूले भने- विद्रोह कि आत्मसमर्पण रोजियोस्

    माधवपक्षीय जनसंगठनका नेताहरूले भने- विद्रोह कि आत्मसमर्पण रोजियोस्

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका जनसंगठनका नेताहरुले एमालेकै नाममा समानान्तर गतिबिधि गर्नुभन्दा कि आत्मसमर्पण कि बिद्रोहको नीति लिन नेतृत्वलाई आग्रह गरेका छन् ।

    युवा संघका अध्यक्ष नरेशबहादुर शाही र उपाध्यक्ष नितेश पौडेलको संयोजनमा भएको जुम बैठकमा सहभागी नेताहरुले शक्ति र संगठनलाई जोगाउनका लागि अलग पार्टी गठन गर्नुपर्ने बताएका हुन् । उनीहरुले एमालेमै बसेर अन्तरसंघर्ष गर्ने चरण सकिएको धारणा राखेका थिए ।

    पूर्व खेलकुदमन्त्री तथा खेलकुद महासंघका अध्यक्ष पुरषोत्तम पौडेलले अब आफूहरुसँग आत्मसमपर्ण वा विद्रोहमध्ये एउटा बाटो रोज्ने बेला आइसकेको बताएका थिए । सबैजसो जनसंगठनका नेताले एमालेकै नाममा समानान्तर गतिविधि गर्नुभन्दा केपी ओलीका सम्पूर्ण दोष बिर्सेर आत्मसमर्पण गरौं भन्दै होइन भने विद्रोहको विकल्प नभएको बताएका थिए ।

    प्रेस चौतारीका नेता विश्वमणी सुवेदी,राजेश राई लगायतले अलग पार्टी बनेमा आफूहरु त्यसमा तयार रहे पनि माओवादीसहितको एकताको पक्षमा भने नरहेको बताएका थिए ।

    जुम बैठकमा माधव पक्षीय अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, महासचिव आरती लामा, खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेल, अनेमसंघ अध्यक्ष जयन्ती राई, महासचिव शान्ति अधिकारी सहभागी थिए

    त्यस्तै जनसास्कृतिक महासंघका कृपाराम धमला, कृष्णगोपाल तामाङ, पेशागत महासंघका विश्वनाथ प्याकुरेल, रामप्रसाद रिमाल, जिफन्टका भीमज्वाला राई, प्रेस चौतारीका विश्वमणि सुवेदी, नरेन्द्र साउद, राजेश राई, जातीय मुक्ति समाजका अनुभुती बम नेपालीसहितका सहभागी थिए ।

    बैठकका निष्कर्ष सुनाउने र शीर्ष नेतृत्वसँग समन्वय गर्ने जिम्मा नेताहरु पुरुषोत्तम पौडेल र विश्वनाथ प्याकुरेललाई दिएको छ । माधव पक्षीय जनसंगठनको तर्फबाट बुधवारै संयुक्त वक्तव्य जारी गर्ने र त्यसको संयोजन प्रेस चौतारीका महासचिव राजेश राई र अनेरास्ववियुकी महासचिव आरती लामालाई दिइएको छ ।

  • माधव समूहमा छलफल- नयाँ सरकार गठनमा सरोकार राख्नुहुन्न

    माधव समूहमा छलफल- नयाँ सरकार गठनमा सरोकार राख्नुहुन्न

    काठमाडौं । नेकपा (एमाले)को माधव नेपाल समूहले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरेको छ ।

    मंगलबार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुबीच ‘भर्चुअल माध्यम’मार्फत अनौपचारिक बैठक भएको थियो ।

    बैठकमा पछिल्लो परिस्थितिको विश्लेषण भएको र ठोस कुनै निर्णय नभएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए। ‘अहिले हामीले सामान्य परिस्थितको विश्लेषण गरेका हौं,’ उनले नेपाल प्रेससँग भने, ‘ठोस केही पनि भएन ।’

    अर्का स्थायी कमिटी सदस्य घनश्याम भुसालले नयाँ सरकार गठनप्रति आफूहरुको धेरै सरोकार नभएको र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कसरी आफ्ना शर्त मनाउने भन्ने विषयबारे बैठकमा छलफल भएको बताए।

    ‘सरकारमा हाम्रो भूमिका केही पनि हुँदैन,’ भुसालले नेपाल प्रेससँग भने, ‘ सरकारसँग हाम्रो ममिला जोडिएको पनि छैन् । जोड्ने प्रयत्न कतिपयले गरेका होलान । बाहिरबाटै धेरै प्रयत्न भइरहेको छ।’

    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउन नसकि पदमुक्त भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकारका लागि दलहरुलाई ३० बैशाख सम्मको समय दिएकी छिन् ।

    यसै सन्दर्भमा छलफल गर्न बसेको नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठकले जसपा र माधव नेपालको समेत सहयोगमा सरकार बनाउने निर्णय गरेको छ।

    यसप्रति भुसालले भने, ‘हरेक राजनीतिक पार्टी भित्रका कुरामा अरु पार्टीहरुले कसरी विश्लेषण गर्ने, आफ्नो हितमा, आफ्नो नीतिको हितमा भन्ने कुरा त हुन्छ नै । त्यस्तो प्रयास हामी पनि गर्छौं । तर, हाम्रो तर्फबाट अहिलेको हाम्रो विवाद यो सरकार बन्ने र नबन्ने कुरासँग सम्बन्धित छैन ।’

    कतिपयले नेपाल समूहले राजीनामा दिएर भएपनि कांगेस नेतृत्वमा सरकार बनाउन सघाउने बताइ रहेका छन् । भुसाल यसलाई खण्डन गर्दै आफूहरुको जोड ओलीलाई आफ्ना शर्त मनाउनेमा भएको बताउँछन् ।

    उनी भन्छन्, ‘हामीले ओलीजीलाई तपाईंले गलत काम गर्नुभएको छ। के–के मा गलत गर्नु भएको छ, हामीले भनेका छौं । धेरै कुराहरुलाई जेठ २ गते लैजानुहोस् भनेका छौं ।’

    आफूहरुको थप कदम भने ओलीले लिने निर्णयमा भर पर्ने उनको भनाइ छ। ‘अब उहाँले के गर्नुहुन्छ , त्यो गरेपछि हामीले आफ्नो विचार बनाउँछौं,’ भुसालले भने।

  • अबको रणनीति बनाउन माधव नेपाल पक्षको बैठक बस्दै

    अबको रणनीति बनाउन माधव नेपाल पक्षको बैठक बस्दै

    काठमाडौं । सांसद पदबाट राजीनामा नदिई संसदमा अनुपस्थित भएको नेकपा एमालेको माधव नेपाल पक्ष अबको रणनीति बनाउन आन्तरिक छफलमा जुटेको छ । नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुबीच आज अबको रणनीति के हुने भन्ने बारे छलफल हुन लागेको हो ।

    भौतिक रूपमा जम्मा भएर बैठक बस्न सम्भव नभए पनि भर्चुअल बैठक बसेर अबको निकासका सन्दर्भमा छलफल हुने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले नेपाल प्रेसलाई बताइन् ।

    ह्वीप उल्लंघन गरेर अनुपस्थित भए पनि एमालेले माधव नेपालसहित २८ सांसदमाथि तत्काल कारवाही नगर्ने देखिएको छ । वैकल्पिक सरकार गठनको प्रक्रियामा सघाउ पुग्ने भएकाले तत्काल कुनै कारवाही नगरिने बरु नेपाल पक्षका सांसदलाई व्यक्तिगत रूपमा कुराकानी गरेर संस्थापन पक्षमा तान्ने प्रयास भइरहेको स्रोतले जनाएको छ ।

    ओलीले संसदमा आफूविरुद्ध बहुमत नपुग्ने सुनिश्चत गरेपछि कारवाही गर्न सक्ने आँकलन नेपाल पक्षको छ । शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादवले माधव नेपाललाई भेटेर राजीनामा दिने वा नदिने प्रष्ट धारणा दिन आग्रह गरेका छन् ।

    नेपाल पक्षमा राजीनामाको विषयमा सर्वसम्मत हुन नसकेपछि सोमवारको बैठकमा केही नेताबीच भनाभन नै परेको स्रोतले जनाएको छ । आज देउवाले आयोजना गरेको सर्वदलीय बैठकमा माधव नेपाललाई पनि बोलाइएको थियो ।

    तर, सबै पक्षमा आन्तरिक छलफलपछि मात्र बैठक बस्ने भएको छ । नेपाल पक्षमाथि चाँडो निर्णय लिन दबाब छ ।

  • सूर्य थापाको टिप्पणी- एमाले २०७५ जेठमा फर्किँदैन, सुकेका पात झर्छन्

    सूर्य थापाको टिप्पणी- एमाले २०७५ जेठमा फर्किँदैन, सुकेका पात झर्छन्

    काठमाडौं । नेकपा एमाले नेता तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एमाले अब २०७५ जेठ २ को अवस्थामा फर्किन नसक्ने बताएका छन् ।

    माधव नेपाल पक्षले २०७५ जेठ २ लाई बटमलाईन बनाइरहेका बेला थापाले भने अब पार्टी २०७८ जेठ २ तर्फ अघि बढ्ने बताएका हुन् ।

    थापाले माधव नेपाल पक्षलाई आफ्नो सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्ने गद्दारको संज्ञा दिदै ती नेताहरुको माग पूरा नहुने प्रष्ट पारेका छन् ।

    थापाले भनेका छन्, ‘आफ्नो सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्नेहरूको गद्दरी क्षम्य हुन सक्दैन । नेता जन्माउने, बनाउने पार्टी र जनताले हो । महान शुद्धीकरण र सुदृढीकरणको प्रक्रियामा अघि बढौं । सुकेका पात झर्छन् चिन्ता नगरौं ।’

  • प्रधानमन्त्रीलाई विश्वासको मत दिन माधव पक्षका ७ सांसद संसदमा

    प्रधानमन्त्रीलाई विश्वासको मत दिन माधव पक्षका ७ सांसद संसदमा

    काठमाडौं। नेकपा एमालेको माधव नेपाल पक्षका सातजना सांसद प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा नेपाल पक्ष अनुपस्थित हुने निर्णय गरेको थियो ।

    संसदमा उपस्थित हुनेहरूमा राजबहादुर बुढा, ध्रुव शाही, गंगा चौधरी, समिना हुसेन, पार्वती विसुंखे, हिराचन्द्र केसी र बिना बुढाथोकी मगर छन् । सातमध्ये बुढा, शाही र केसी प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

    सांसद कलिला खातुन भने केही समय बैठक स्थलमा गएर फर्किएकी थिइन् ।

  • जेठ २ कै सेरोफेरोमा एमालेमा सहमति खोज्ने प्रयास, विष्णु पौडेलमार्फत ओलीसँग आग्रह

    जेठ २ कै सेरोफेरोमा एमालेमा सहमति खोज्ने प्रयास, विष्णु पौडेलमार्फत ओलीसँग आग्रह

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल र माधव नेपाल पक्षका नेताहरू घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराईबीचको पछिल्लो संवादपछि एमाले एकता कायमै राख्ने ढंगले नेताहरू बहुपक्षीय वार्तामा जुटेका छन् ।

    आजको संसद बैठकमा विश्वासको मत दिने बेलासम्म पनि अध्यक्ष केपी शर्मा ‌ओलीले ‘फेस सेभिङ’ को लागि सम्बोधन गरे पनि संसदमा उपस्थित हुने सन्देश माधव पक्षका दोस्रो तहका नेताले पठाएका छन् ।

    वार्तामा सहभागी नेताहरूले सकेसम्म नेपाल पक्षका सांसद प्रधानमन्त्रीको पक्षमा उभिने वातावरण बनाउन लागिएको बताएका छन् । उनीहरू ओलीबाट सकारात्मक जवाफ पर्खेर बसेका छन् ।

    प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुमति लिएरै अर्थमन्त्री तथा एमाले संगठन विभाग प्रमुख विष्णु पौडेल संवादमा सक्रिय छन् । पौडेलसँगको छलफलपछि घनश्याम, योगेश र गोकर्ण लगायतका नेताहरु सिंहदरबारमै नेताहरूसँग टेलिफोन र भेटघाटमार्फत कुरा गरिरहेका छन् ।

    माधव नेपाललाई पनि लचिलो बन्ने गरी मनाउन उनी निकट केही सांसदहरुलाई कोटेश्वर पठाइएको थियो । २०७५ जेठ २ कै सेरोफेरोमा रहेर एमालेको विवाद मिलाउने र एउटा उच्चस्तरीय कार्यदल गठन गर्ने कुरा चार नेताको छलफलमा भएको छ ।

    दुवै पक्षले आ-आफ्ना शीर्ष नेतृत्वलाई जानकारी गराउने र एमालेलाई संसदमा विभाजित अवस्थामा नपुर्‍याई सबै सांसद एक ठाउँमा उभिने वातावरण बनाउने प्रयास भइरहेको ती नेताले बताए । यसबीचमा ओली र माधव नेपालबीच टेलिफोनमा कुराकानी गराउने र जेठ २ को सेरोफेरोमा एमालेलाई लैजाने ढंगले सकारात्मक कुराकानी भएको नेताहरूको भनाइ छ ।

    वार्तामा सहभागी एक नेताले भने, ‘माधव कमरेड र भीम रावल कमरेडमा अलि समस्या देखिएको हो तर हामीले पार्टी विभाजनमा लाग्दैनौं भनेपछि उहाँहरुले मात्र निर्णय लिन सक्ने कुरा पनि भएन । जेठ २ का वरिपरि पुगेर एमालेलाई जोगाउँ, माओवादीबाट आएका कमरेडहरुलाई पनि समायोजन गर्न सकिन्छ । यो कुरामा सम्बोधन हुनासाथ कुरा मिल्छ ।’

    अहिले माधव नेपाल पक्षका सांसदहरू सिंहदरबारस्थित लेखा समितिको हलमा बसेर संसदको लाइभ हेरिरहेका छन् ।

  • विष्णु पौडेलसँगको वार्तापछि योगेशले भने- हामी सग्लो एमालेको पक्षमा छौं (भिडियो)

    विष्णु पौडेलसँगको वार्तापछि योगेशले भने- हामी सग्लो एमालेको पक्षमा छौं (भिडियो)

    काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले आफूहरू सग्लो एमालेको पक्षमा रहेको बताएका छन् ।

    संस्थापन पक्षका नेता विष्णु पौडेलसँगको वार्तापछि सिंहदरबारमा बाहिरिने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै नेता भट्टराईले संसदमा अनुपस्थित रहने निर्णय यथावत रहेको र सहमतिका लागि अन्तिमसम्म प्रयास गरिने बताए ।

    ‘हाम्रो निर्णय भइसकेको छ । अन्तिमसम्म पार्टी एकता जोगाउन जोगाउन प्रयास गर्छौं । छलफल सकारात्मक छ’, भट्टराईले भने । माधव नेपाल पक्षको निर्णयमा असहमति हो ? भन्ने प्रश्नमा भट्टराईले भने- त्यस्तो कुनै असहमति छैन, हामी सग्लो एमालेको पक्षमा छौं ।

  • माधव पक्षका तीन नेता विष्णु पौडेलसँग छलफलमा, संसद बैठकमा उपस्थित होलान् ?

    माधव पक्षका तीन नेता विष्णु पौडेलसँग छलफलमा, संसद बैठकमा उपस्थित होलान् ?

    काठमाडौं । सांसद पदबाट राजीनामा नदिने पक्षमा उभिएका एमालेको माधव नेपाल समूहका तीन प्रभावशाली नेता संस्थापन पक्षसँग संवादमा जुटेका छन् ।

    विश्वासको मत लिने प्रयोजनका लागि संसद बैठक बस्न लागेका बेला अर्थमन्त्री विष्णु पौडेलसँग घनश्याम भुसाल,योगेश भट्टराई र गोकर्ण विष्टको वार्ता भएको छ । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा चारजना नेता बीच छलफल चलिरहेको छ ।

    यी नेताहरुले राजीनामाको विपक्षमा उभिएपछि माधव पक्ष अनुपस्थित हुने तर राजीनामा नदिने निष्कर्षमा पुगेको थियो । त्यसपछि नेताहरुबीच बेग्लै छलफलपछि बिष्णु पौडेलसँग वार्ता भएको हो । स्रोतका अनुसार घनश्याम योगेश र गोकर्ण विष्ट लगायतका सांसदहरु आज प्रतिनिधिसभा बैठकमा जाने मनस्थितिमा छन् ।