Tag: नेकपा एमाले

  • सुदूरपश्चिममा एमाले संसदीय दलको बैठक बोलाइयो, ओली पक्षलाई छैन खबर

    सुदूरपश्चिममा एमाले संसदीय दलको बैठक बोलाइयो, ओली पक्षलाई छैन खबर

    कैलाली । सुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलको बैठक बोलाइएको छ । सोमबार स्थायी कमिटीको बैठकले समर्थन फिर्ता लिने र एमालेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेपछि प्रदेशमा अहिले आकस्मिक रुपमा दलको बैठक बोलाइएको हो ।

    बैठकमा ओली पक्षका सांसदलाई भने खबर गरिएको छैन । ‘हामीलाई दलको नेताले बैठक भनेर खबर गर्नु भयो,’ नेपाल पक्षका एक सांसदले भने, ‘अहिले दलको कार्यालयमा सांसदहरू आइरहेका छन् ।’

    ओलीपक्षीय सांसद तथा पूर्व मन्त्री पठानसिंह बोहोराले संसदीय दलको बैठकबारे आफूलाई केहि जानकारी नभएको बताए । ‘हामीलाई खबर आएको छैन । मैले पनि बाहिर बाट सुनेको छु,’ निवर्तमान भैतिक मन्त्री बोहराले नेपालप्रेससँग भने ।

    ५२ जना प्रदेश सभा सदस्यहरू रहेको प्रदेश सभामा एमालेका २५ सांसद छन् । नेपाल पक्षका १८ र ओली पक्षका ६ जना सांसद छन् । आजको बैठकले यहि सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गर्न सक्ने बताइएको छ।

  • सुदूरपश्चिम प्रदेश- तत्काल फिर्ता नहुने मनसायमा मन्त्री, कारबाही गर्ने योजनामा पार्टी

    सुदूरपश्चिम प्रदेश- तत्काल फिर्ता नहुने मनसायमा मन्त्री, कारबाही गर्ने योजनामा पार्टी

    कैलाली । नेकपा एमाले स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएको छ ।

    चैत्र १५ गते नै एमालेको प्रदेश कमिटीले समर्थन फिर्ता हुने निर्णय गरेको थियो । तर, प्रदेशले मन्त्रीलाई फिर्ता बोलाएको थिएन । बरु उसले केन्द्रमा सिफारिस ग¥यो र त्यसैका आधारमा सोमबार बसेका स्थायी कमिटीको बैठकले समर्थन फिर्ता लिएको एमाले प्रदेश अध्यक्ष कर्ण थापाले बताए ।

    उनले एमालेका तर्फबाट मन्त्री रहेकाहरूलाई मंगलबारनै फिर्ता हुन निर्देशनसहितको पत्र पुग्ने बताए ।

    यस्तो छ वन मन्त्रीको प्रतिक्रिया

    सुदूरपश्चिम प्रदेशकी उद्योग वन तथा वातावरण मन्त्री माया भट्टले निर्णय आफूले नमान्ने बताएकी छन् । एमाले भित्र नेपाल समूहमा रहेकी मन्त्री भट्टले निर्णय मान्न तयार नभएको बताएकी हुन् ।

    ‘केपी ओली समूहले भनेको हामी मान्दैनौं,’ उनले नेपाल प्रेसलाई भनिन्, ‘सुदूरपश्चिममा हाम्रो नेता भीम रावल हुनुहुन्छ उहाँले भनेको मान्छौं । नत्र अरुले भनेको मान्दैनौं ।’

    मन्त्री भट्ट अहिलेसम्म सरकारबाट समर्थन फिर्ता लिएको र आफूहरूलाई सरकारबाट बाहिरिन आधिकारिक निर्देशन नआएको बताइन् । उनले पार्टी २०७५ जेठ २ को अवस्थामा फर्किए सबै निर्णय मान्नेसमेत दावी गरिन् ।

    उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि पार्टी अध्यक्षको रुपमा स्वीकार गर्न नसकिने बताइन् । उनले भनिन्, ‘केपी ओलीलाई केन्द्रीय अध्यक्ष पनि मान्दैनौं । नवौं महाधिवेशन अनुसार मान्ने भए केपी ओली हाम्रो अध्यक्ष हुन् । तर उहाँले माओवादीलाई लिएर पार्टी बनाउनु भन्नु भयो । उहाँ लेखराज भट्टको अध्यक्ष हुन् । हाम्रा होइनन् ।’

    भीम रावललाई कारबाही गरेको बिषयमा पनि उनले असन्तुष्टि व्यक्त गरिन् । ‘उहाँलाई भीम रावललाई कारबाही गर्ने अधिकार नै छैन । भीम रावल उपाध्यक्ष हुँदा मात्रै ओली अध्यक्ष हुन्’ उनले भनिन् ।

    नले वर्तमान अवस्थामा सरकारबाट फिर्ता हुन भन्दैमा फिर्ता नहुने  दोहोरर्‍याइन् । उनले भनिन्, ‘केपी ओलीले फिर्ता हुनु भन्दैमा हामी फिर्ता हुँदैनौं । हामी यस बिषयमा सांसदहरूसँग सल्लाह गर्छौं ।’

    सामाजिक विकास मन्त्री कृष्ण राज सुबेदीले पनि सरकारबाट फिर्ता हुने निर्णय लिने जिम्मा संसदीय दलको रहेको बताउँछन् । संसदीय दलले सरकारबाट फिर्ता हुने निर्णय गरेपछि मात्रैआफूहरु फिर्ता हुने उनको भनाइ ।

    ‘केन्दले निर्देशन दिएको कुरा हामीलाई आधिकारी रुपमा जानकारी आएको छैन,’ उनले भने ‘जानकारी आएपछि संसदीय दलको बैठक बस्छ त्यसपछि आवश्यक कदम चालौँला’

    अहिले सुदूरपश्चिम प्रदेशमा माओवादी र एमालेले संयुक्त रुपमा सरकार चलाइरहेका छन् । माओवादीका तर्फबाट मुख्यमन्त्री सहित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री छन् भने एमालेको तर्फबाट अहिले ३ मन्त्री सरकारमा छन् ।

    आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्ण राज सुबेदी र उद्योग वन तथा वातावरण मन्त्री माया भट्ट रहेका छन् । शाहलाई मुख्यमन्त्री त्रिलोचन भट्टले आर्थिक मामिला तथा योजना मन्त्रालयको पनि जिम्मेवारी दिएका छन् ।

    ४ मन्त्रालयमा रहेको तीनै मन्त्री नेपाल पक्षका छन् । उनीहरु तत्काल सरकारबाट फिर्ता नआउने मनसायमा छन् ।

    सरकारबाट फिर्ता नआए कारबाही हुन्छ- थापा

    एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले २४ घण्टा भित्र सरकारबाट फिर्ता नआएर कारबाही गर्ने चेतावनी दिएका छन् । पार्टीको स्थायी कमिटीको निर्णय उहाँहरूले पालना गर्नुहुन्छ अध्यक्ष थापाले भने, निर्देशन अनुसार सरकारबाट फिर्ता नभए कारबाही हुन्छ ।

    उनले सरकारबाट फिर्ता नहुने मन्त्रीहरूलाई विधान बमोजिम कारबाही हुने गर्ने बताए । त्यस्तै एमालेको नेतृत्वमा नयाँ सरकार गठन गर्न समेत उनको दाबी छ ।

    ‘हामीले माओवादीलाई दिएको समर्थन फिर्ता लिएका छौँ । अब हाम्रै नेतृत्वमा नयाँ सरकार बनाउँछौं,’ उनी भन्छन्, ‘वर्तमान सरकारबाट फिर्ता नहुनेलाई विधान अनुसार कारबाही गरेर अघि बढ्छौँ ।’

    एमाले आफ्नो नेतृत्वमा सरकार बनाउन यस अघि नै एउटा कार्यदल समेत बनाएको थियो । कार्यदलमा एमालेका प्रदेश सह इन्चार्ज महेश्वर पाठक, केन्द्रीय सदस्य झपट बोहरा र कैलाली अध्यक्ष रतन थापा छन् । उनीहरुले सरकार गठनका लागि अन्य दलहरूसँग छलफल गर्ने र त्यहि अनुसार अघि बढ्ने बताइएको छ ।

    सुदूरपश्चिममा एमालेको सरकार बन्न सकस

    ५२ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ जना सांसद छन् ।

    सभामुख बाहेक २४ जना मध्ये नेपाल पक्षका १८ जना र ओली पक्षका ६ जना छन् । यस कारण पनि सुदूरपश्चिम प्रदेशमा एमाले भित्र प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको निर्णय लागू हुन कठिन छ ।

    सोमबारबाट अल्पमतमा परेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अब ३० दिन भित्र विश्वासको मत लिने छन् । यस्तो अवस्थामा प्रदेशमा समन्वय र छलफल नभए कर्णाली प्रदेशमा जस्तो फ्लोर क्रस हुने सम्भावना बढी रहेको नेपाल पक्षका एक सांसद बताउँछन् ।

    ‘ओलीले पेलेर लग्ने योजना बनाए भने कर्णालीको जस्तो अवस्था सृजना नहोला भन्न सकिँदैन तर, समन्वय गरेर अघि बढि हाम्रै नेतृत्वमा सरकार बन्न सक्छ,’ एमालेका एक सांसदले भने ।

    सुदूरपश्चिम प्रदेशमा एमालेका मात्रै २५ जना सांसद छन् । माओवादी केन्द्रका १३ नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना सांसद छन् ।

    सरकार बनाउन प्रदेशमा २७ सांसद आवश्यक पर्छ । एमालेका सबै सांसद एकमत हुने सम्भावना निकै न्यून छ । यो कारण पनि प्रदेशमा सकस भने छ । तर, केहि सांसदहरू भने नेतृत्व परिवर्तन गरेर भए पनि यहि गठबन्धनलाई अगाडी बढाउनु पर्ने बताउँछन् ।
    ‘हामी एक्लै सरकार बनाउन सक्दैनौं नेतृत्वले २५ जनालाई नै एक ठाउँमा ल्याएर नेतृत्व परिवर्तन गरेर यही गठबन्धनलाई अगाडि बनाउन पहल गरेमा एमालेको सरकार बन्छ,’ नेपाल पक्षकै एक सांसदले भनिन्

    राजपाका २ सांसद पनि राजेन्द्र महतो पक्षका हुन् । केन्द्रमा एमाले नेतृत्वमा सरकारमा जान सहमत भएका कारण प्रदेशमा पनि सरकारमा जान सक्ने एमालेको बुझाइ छ । सभामुख बाहेक २४ जना मात्रै एमालेमा रहेको हुँदा अर्काे दललाई पनि साथमा लिन आवश्यक देखिन्छ ।

    ‘अहिले प्रदेश पार्टीले यस बिषयमा छलफल गरिरहेको छ । कुन दललाई लिएर कसरी सरकारमा जाने भन्ने बिषयमा हामी छलफलमा छौं,’ एमालेका एक सांसदले भने ‘तर यो सरकार चाँडै ढल्छ र हामी नयाँ सरकार बनाउँछौं ।’

  • विपक्षी गठबन्धनमा लागेका थप १२ एमाले नेतासँग स्पष्टिकरण माग (सूचीसहित)

    विपक्षी गठबन्धनमा लागेका थप १२ एमाले नेतासँग स्पष्टिकरण माग (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र आफ्नो सरकार ढाल्न हस्ताक्षर गर्ने थप १२ जना नेतालाई पनि कारवाही प्रक्रिया अघि बढाएको छ ।

    सोमबार बसेको स्थायी कमिटी बैठकले विघटित प्रतिनिधिसभाका सदस्यहरु जो देउवाको पक्षमा रिट लिएर गए उनीहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

    झलनाथ र माधव नेपालसहित ११ जनालाई निष्कासन गरेपछि बाँकी रहेका १२ जनालाई पनि कारवाही अघि बढाइएको हो । स्पष्टिकरण सोधिनेमा निवर्तमान सांसद यसप्रकार छन् :

    • विरोध खतिवडा
    • जीवनराम श्रेष्ठ
    • घनश्याम भुसाल
    • सोमप्रसाद पाण्डे
    • कृष्णलाल महर्जन
    • झपट रावल
    • भवानी प्रसाद खापुङ
    • यज्ञ सुनुवार
    • सुरेन्द्र पाण्डे
    • मेटमणि चौधरी
    • दिपक प्रकाश भट्ट
    • नारायण खतिवडा

     

     

  • राति याक एण्ड यतिमा भएको एमाले वार्ता बिहानै कसले भाँड्यो ?

    राति याक एण्ड यतिमा भएको एमाले वार्ता बिहानै कसले भाँड्यो ?

    काठमाडौं। आइतबार राति अबेरसम्म एमालेका ६ जना नेता राजधानीको पाँचतारे होटल याक एण्ड यतिमा पार्टी फुट्न नदिन अन्तिम कसरतमा थिए । १० सदस्यीय वार्ता कार्यदलका ६ जना नेता एमालेलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउने अनौपचारिक सहमति गरेर उठेका थिए ।

    वार्तामा संस्थापन पक्षबाट वार्ता टोली संयोजक सुवास नेम्वाङ, बिष्णु पौडेल र प्रदिप ज्ञवाली थिए भने माधव नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई बसेका थिए ।

    नेताहरुबीच माओवादीसँग एकीकरण गर्नुअघि थपिएका ४१ जना र पछिल्लो पटक माओवादीबाट प्रवेश गरेका २३ जनासहित २६५ सदस्यीय केन्द्रीय कमिटीलाई मान्यता दिएर पार्टीलाई जेठ २ मा फर्काउने कुरा भएको थियो ।

    साँझ ८ बजेदेखि राति ११ बजेसम्मको छलफल पार्टीलाई मूल रुपमा जेठ २ को अवस्थामा लगेर मिलाउने अनौपचारिक सहमति भएको वार्तामा सहभागी एक नेताले नेपाल प्रेसलाई बताए । तर विहानै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने रिट निवेदनमा हस्ताक्षर गराउन वार्ताकार नेता नै सक्रिय भएको सूचना पाएपछि संस्थापन पक्ष झस्क्यिो ।

    त्यसो त आइतबार वार्ता गर्ने प्रस्ताव बालुवाटारतिरबाटै गएको थियो । शुरुमा घनश्याम भुसालले नआउने बताएका थिए । तर पछि गोप्य रुपमा छलफल गर्ने हो भने आउछु भनेपछि वार्तालाई गोप्य राखिएको स्रोतले जनाएको छ ।

    वार्तामा सहभागी एक नेताले भने- त्यहाँ लामो छलफल भयो । संसद विघटनप्रति उहाँहरुको असहमति छँदै थियो । तर पनि पार्टी एकता जोगाउन मुलतः जेठ २ मा जान सकिने भनेर उठेका हौं । सहमति भयो भन्ने हिसाबले उठियो तर घनश्यामजी त हस्ताक्षर गराउने क्याम्पेनर पो बन्नुभएछ । उहाँको भूमिका पछिल्लो समय भित्र एउटा र बाहिर अर्कै देखिदै थियो ।

    घनश्याम र यागेशकै कारण एकताका लागि धेरै प्रयास भए पनि पछिल्लो समय योगेश अडानमा बस्ने तर घनश्याम दोहोरो भूमिकामा देखिने गरेकाले अब एकताको सम्भावना लगभग समाप्त भएको निष्कर्ष नेताहरुले निकालेका छन् ।

    आइतबार रातिको वार्तामा बसेका भुसाल र पाण्डे नै रिट लिएर सर्वोच्च अदालत गएपछि उनीहरु यो निष्कर्षमा पुगेका हुन् । योगेश भट्टराई र गोकर्ण विष्ट भने एकताको पक्षमा अहिले पनि ठाउँ राख्नुपर्छ भन्नेमा देखिएका छन् । आइतबार गोकर्णलाई पनि बोलाइएकोमा उनी विरामी परेकाले आउन नसकेको निकट स्रोतले जनाएको छ ।

  • यी हुन् देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै रिटमा हस्ताक्षर गर्ने १४६ सांसद (सूचीसहित)

    यी हुन् देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै रिटमा हस्ताक्षर गर्ने १४६ सांसद (सूचीसहित)

    काठमाडौं । प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतमा रिट परेको छ ।

    कांग्रेस सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलसहित १ सय ४६ जना निवेदकले निवेदन दर्ता गराएका हुन् ।

    रिटमा संवैधानिक इजलासमार्फत निर्वाचनको घोषणा बदर गर्न अन्तरिम आदेश मागिएको छ भने देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग गरिएको छ । रिटमा कांग्रेसका ६१, माओवादीका ४९, एमालेका २३ , जसपाका १२ र राष्ट्रिय जनमोर्चाका १ जना विघटित प्रतिनिधिसभाका सदस्यको हस्ताक्षर रहेको छ ।

    रिट निवदेकहरुको सूची यसप्रकार छ :

  • विपक्षीको रिट- देउवाको पक्षमा लागेका एमाले सांसदमाथि कारवाही हुनबाट रोकियोस्

    विपक्षीको रिट- देउवाको पक्षमा लागेका एमाले सांसदमाथि कारवाही हुनबाट रोकियोस्

    काठमाडौं । विपक्षी गठबन्धनले सर्वोच्च अदालतसमक्ष कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको आधारमा एमाले र जसपाका सांसदमाथि कुनै कारवाही नहुने आदेश माग गरेका छन् ।

    राजनीतिक दल सम्बन्धी ऐन अनुसार जुन दलबाट निर्वाचित भएको हो उक्त दल त्याग गरेमा, दलको ह्वीप उल्लंघन गरेमा वा कारवाही गरेमा सांसद पद रिक्त हुने व्यवस्था छ ।

    राष्ट्रपतिले केपी ओली र शेरबहादुर देउवाको प्रधानमन्त्रीमा दावी अश्वीकृत गर्दा पनि एमाले र जसपाका केही सांसदको नाम दुवैतिर रहेको र राजनीतिक दल सम्बन्धी ऐनको व्यवस्था आकर्षित हुने भन्दै त्यही आधारमा विश्वासको मत प्राप्त गर्ने नदेखिएकाले धारा ७६(५) बमोजिमको सरकार गठन नहुने निर्णय गरेकी थिइन् ।

    विपक्षी गठबन्धनले आज सर्वोच्च अदालतमा लिएर गएको रिटको सारसंक्षेपमा देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेको आधारमा प्रतिनिधिसभा सदस्यलाई दल त्याग गरेको भनी प्रत्यथी राष्ट्रपति कार्यालय समेतका नाममा परमादेश लगायत अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जा जारी गरी संवैधानिकक हकको संरक्षण गरी पाउन माग गरिएको छ ।

    एमालेले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ मध्ये माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित ११ जनासँग स्पष्टीकरण माग गरिसकेको छ । स्पष्टीकरण दिने मिति आज सकिएको छ ।

    आजै स्थायी कमिटी बैठक बसेर थप कारवाही हुने सम्भावना छ ।

  • माधव पक्षले स्पष्टीकरणको जवाफ नदिने, जस्तोसुकै कारवाही भोग्न तयार

    माधव पक्षले स्पष्टीकरणको जवाफ नदिने, जस्तोसुकै कारवाही भोग्न तयार

    काठमाडौं । माधवकुमार नेपाल पक्षले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएको छ।

    शनिबार बसेको एमालेको स्थायी कमिटी बैठकले सोमबार बिहानसम्मको समय दिएर अन्तिम पटक भन्दै विघटित संसदका ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

    नेपाल पक्षका सांसदहरूले आफूहरुलाई सोधिएको स्पष्टीकरण प्राप्त भएको बताएका छन् । सांसद मेटमणि चौधरीले स्पष्टीकरण पाएको तर त्यसको जवाफ नदिने बताए ।

    अर्की सांसद कल्याणी खड्काले पनि स्पष्टीकरण पत्र आफूलाई प्राप्त भएको बताइन् । स्पष्टीकरणमा पार्टी अनुशासन उल्लघंन गरेर विपक्षीलाई प्रधानमन्त्री बनाउन किन हस्ताक्षर गरेको ? त्यसवापत कारबाही किन नगर्ने ? भनेर सोधिएको नेपाल प्रेसलाई जानकारी दिइन् ।

    ‘स्पष्टीकरणको केही अर्थ छैन,’ खड्काले भनिन्, ‘जे-जे सोध्छन् हामीले त्यसको स्पष्टीकरण दिँदै जाने दास हो र हामी ? स्पष्टीकरणको जवाफ दिँदैनौं । स्ष्टीकरण दिए पनि त्यहाँ आत्मसर्मपण गर्न जाने होइन ।’

    खड्काले स्पष्टीकरणको जवाफ नदिएवापत जस्तोसुकै कारबाही भोग्न आफूहरू तयार रहेको बताइन् । ‘उहाँहरूलाई जे मन लाग्छ, त्यही गर्नुहुन्छ, गरे हुन्छ । कारवाहीको केही अर्थ छैन् । सांसद छैनौं, उहिल्यै केन्द्रीय सदस्यबाट हाम्रो जिम्मेवारी खोसिसक्या छ ।’

    संविधानको धारा ७५ (५) अनुसार प्रधानमन्त्री दावी गर्दा नेपाल पक्षका २६ सांसदले विपक्षी दलका नेता शेरबहादुर देउवाको पक्षामा हस्ताक्षर गरेका छन् ।

    स्ष्टीकरणको जवाफ दिन दिइएको समय घर्किनै लाग्दा एमालेको संस्थापन पक्षले स्थायी कमिटी बैठक बोलाएको छ। अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा स्पष्टीकरण सोधिएकाहरुलाई कारवाही हुने सम्भावना छ।

    त्यस्तै बैठकमा पार्टी विवाद समाधानका लागि गठित वार्ता टोलीको सन्दर्भमा समेत छलफल हुने बताइएको छ ।

  • यी हुन् देउवाको पक्षमा परमादेश माग्ने रिटमा हस्ताक्षर गर्ने २३ एमाले सांसद, योगेश र गोकर्णले गरेनन्

    यी हुन् देउवाको पक्षमा परमादेश माग्ने रिटमा हस्ताक्षर गर्ने २३ एमाले सांसद, योगेश र गोकर्णले गरेनन्

    काठमाडौं । संसद विघटनको विपक्ष र कांग्रेस सभापति शेरबहादुर देउवालाई परमादेशमार्फत प्रधानमन्त्रीको सपथका लागि बाटो खोल्नुपर्ने मागसहितको रिटमा माधव पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् ।

    माधवपक्षीय सांसद निरादेवी जैरुका अनुसार अहिलेसम्म २३ सांसदले हस्ताक्षर गरिसकेका छन् । ‘अरु पनि आउने क्रम जारी छ । यो संख्या बढ्छ’, उनले भनिन् ।

    सांसदहरू कानूनविद्को सहयोगमा सिंहदरबारमा वारेसनामा तयारीमा लागेका छन् । कांग्रेस संसदीय दलको कार्यालयमा २३ जनाको हस्ताक्षर र वारेसनामा पुगिसकेको र अन्यको नागरिकता मगाइएको जैरुले बताइन् ।

    माधव नेपाल पक्षका प्रभावशाली नेता योगेश भट्टराई र गोकर्ण विष्टले भने रिटमा हस्ताक्षर गरेका छैनन् ।

    हेर्नुस् रिटमा हस्ताक्षर गर्ने सांसदको सूची

    1. विरोध खतिवडा

    2. जीवनराम श्रेष्ठ

    3. घनश्याम भुसाल

    4. सोमप्रसाद पाण्डे

    5. कृष्णलाल महर्जन

    6. झपट रावल

    7. निरादेवि जैरू

    8. सरला यादव

    9. कल्याणी खड्का

    10. लक्ष्मी चौधरी

    11. माधव नेपाल

    12. भीम रावल

    13. कलिला खातुन

    14. रामकुमारी झाँक्री

    15. झलनाथ खनाल

    16. पुष्पा कर्ण कायस्थ

    17. भवानी प्रसाद खापुङ

    18. यज्ञ सुनुवार

    19. सुरेन्द्र पाण्डे

    20. मुकुन्द न्यौपाने

    21. मेटमणि चौधरी

    22. दिपक प्रकाश भट्ट

    23. नारायण खतिवडा

  • एमाले स्थायी कमिटी बैठक बस्दै, ११ जनासँग सोधिएको स्पष्टीकरणबारे थप निर्णय हुने

    एमाले स्थायी कमिटी बैठक बस्दै, ११ जनासँग सोधिएको स्पष्टीकरणबारे थप निर्णय हुने

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी आज पनि बस्ने भएको छ । अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक पार्टीका आन्तरिक विवाद, बजेटको तयारी र पछिल्ला राजनीतिक घटनाक्रममा केन्द्रित हुने नेताहरुले बताएका छन् ।

    शनिवार बसेको स्थायी कमिटी बैठकले माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित विघटित प्रतिनिधिसभाका ११ जना सांसदसँग स्पष्टीकरण माग गरेको थियो ।

    स्पष्टीकरण दिने समय आज विहान सकिएकाले उनीहरुमाथि थप कारवाहीको सम्भावना रहेको छ । त्यस्तै पार्टी विवाद समाधानका लागि गठित वार्ता टोलीको सन्दर्भमा समेत छलफल हुने बताइएको छ ।

  • माधव नेपाललाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षरमा देउवाको नाम प्रस्ताव भयो : सोमप्रसाद पाण्डे

    माधव नेपाललाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षरमा देउवाको नाम प्रस्ताव भयो : सोमप्रसाद पाण्डे

    काठमाडौं । नेकपा एमालेका नेता एवं विघटित प्रतिनिधिसभाका सदस्य सोमप्रसाद पाण्डेले माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन आफूले हस्ताक्षर गरेको बताएका छन् ।

    संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै पाण्डेले नेपाललाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नका लागि हस्ताक्षर गरेको भएपनि कांग्रेस माओवादीसँगको वार्तामा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सहमति भएको बताए ।

    ‘शुरूमा माधव कमरेडलाई नै प्रधानमन्त्री बनाउने भनेर हस्ताक्षर गरेका हौं । पछि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुरा भयो भन्ने जानकारी आयो । हामीले हस्ताक्षर फिर्ता लिएनौं । भएको यस्तै हो’, पाण्डेले भने । उनले संसदले वैकल्पिक सरकार दिने अवस्था कायम रहँदै संसद भंग गर्ने कदको आफूविरुद्धमा उभिएको पनि पाण्डेले प्रष्ट पारे ।

    ‘संसद विघटन गलत छ त्यसैले यसका विरुद्ध कानूनी लडाई लड्न तयार भएका छौं’, पाण्डेले भने ।

     

  • देउवाको पक्षमा परमादेश माग्ने रिटमा माधव पक्षका १९ सांसद सहमत (सूचीसहित)

    देउवाको पक्षमा परमादेश माग्ने रिटमा माधव पक्षका १९ सांसद सहमत (सूचीसहित)

    काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई परमादेशमार्फत प्रधानमन्त्रीको सपथका लागि बाटो खोल्न माग गर्दै रिट दायर गर्न लागेको विपक्षी गठबन्धनमा माधव नेपाल पक्षका १९ जना सांसद सहमत देखिएका छन् ।

    माधवपक्षीय सांसद झपट रावलका अनुसार १९ जनाको हस्ताक्षर भइसकेको छ । अरु केही सांसद आउने क्रममा रहेको र केही बिरामी परेको भन्दै रावलले संसद विघटनको विरुद्ध ३५ जना सांसदले आफूहरुलाई साथ दिएको बताए । मेटमणी चौधरी दाङमा रहे पनि उनले समर्थन रहेको जनाएका छन् । यो संख्या बढ्ने क्रममा रहेको रावलको भनाइ छ ।

    संसद भवन नयाँ बानेश्वरमा घनश्याम भुसाल,सोमप्रसाद पाण्डे, झपट रावल, रामकुमारी झाँक्रीलगायतका सांसद हस्ताक्षर जुटाउन सक्रिय छन् ।

    सांसद पाण्डेले पार्टी एकताको प्रयास अझै पनि जारी रहेको तर संसद जोगाउन आफूहरुले देउवालाई प्रधानमन्त्रीमा साथ दिएर रिट दायर गर्न लागेको बताए ।

    गोकर्ण विष्ट,योगेश भट्टराई लगायतका नेताले भने हस्ताक्षर गरेका छैनन् ।

    हेर्नुस् सूची

  • एमालेकी सचेतक चौधरीले संसदको गाडी फिर्ता गरिन्

    एमालेकी सचेतक चौधरीले संसदको गाडी फिर्ता गरिन्

    काठमाडौं । नेकपा एमालेकी संसदीय दलकी सचेतक शान्ता चौधरीले सांसदको जिम्मेवारीबाट मुक्त भएको भन्दै त्यसवापत प्राप्त सुविधा फिर्ता गरेकी छिन् ।

    दलका सचेतकले संसद सचिवालयबाट सुविधावापत गाडी पाउने व्यवस्था छ । ‘राज्यको साधन राज्यका लागि नियम अनुसार प्रयोग गरियो, जिम्मेवारी मुक्त भएपछि आजबाट राज्यलाई नै फिर्ता गरियो,’ चौधरीले समाजिक संजाल फेसबुकमा लेखेकी छिन् ।

    चौधरीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र एमालेको संसदीय दलको सचेतकको रूपमा ३ वर्ष भूमिका निर्वाह गर्ने अवसर प्राप्त गरेको त्यसबाट धेरै सिक्ने अवसर पाएको बताएकी छिन् ।

    ‘जिम्मेवारीले जिम्मेवार बनाउँदो रहेछ,’ उनले लेखकी छिन्, धेरै कुरा सिकाउँदो रहेछ, सिक्दै दायित्व निर्वाह गरेँ। धेरै साथीहरुको सल्लाह, सुझाव र बौद्धिक सहयोग पाउन सकेँ । पार्टी नेतृत्व र सिंगो पार्टी पंक्तिको साथ पाएँ । म सबैप्रति नतमस्तक भएर श्रद्धा व्यक्त गर्न चाहन्छु ।’

    चौधरीले प्रतिनिधिसभामा दाङबाट प्रतिनिधित्व गरेकी थिइन् ।

  • निरा जैरु भन्छिन्- आत्मालोचनासहित स्पष्टीकरण दिन्छु, तर ओलीलाई कसले सोध्ने ?

    निरा जैरु भन्छिन्- आत्मालोचनासहित स्पष्टीकरण दिन्छु, तर ओलीलाई कसले सोध्ने ?

    कैलाली । नेपाल कम्युनिस्ट पार्टी एमालेले ११ नेतासँग स्पष्टीकरण सोधेको छ । विघटित प्रतिनिधिसभाका ११ सांसदसँग स्पष्टीकरण सोध्दै एमालेले १० जेठभित्र जवाफ पेस गर्न भनेको छ ।

    स्पष्टीकरण दिनेमा सुदूरपश्चिमका ३ जना नेता परेका छन् । अछामबाट विघटित प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद भीमबहादुर रावल, डडेल्धुराबाट समानुपातिक निर्वाचित नीरादेवी जैरु र कैलालीबाट समानुपातिक निर्वाचित सांसद लक्ष्मीकुमारी चौधरीसँग स्पष्टीकरण सोधिएको हो ।

    जैरुले अहिलेसम्म आफूसँग स्पष्टीकरण पत्र नपुगेको बताइन् । उनले स्पष्टीकरण पत्र पुगे लगत्तै स्पष्टीकरण बुझाउने जानकारी दिइन् ।

    ‘मलाई स्पष्टीकरण सोधिएको कुरा पनि मिडियामार्फत् नै मैले जानकारी पाएकी छु’ उनले नेपाल प्रेसलाई भनिन्, ‘अहिलेसम्म आधिकारिक पत्र भने आएको छैन ।’

    उनले पत्र आए लगत्तै पार्टी एकता बचाउन आत्मालोचनासहित स्पष्टीकरण बुझाउने बताइन् ।

    ‘पार्टीको स्पष्टीकरण मेरो हातमा आउनु पर्छ’ उनले भनिन्, ‘पाटी एकतालाई बचाउन हामीले आत्मालोचना गर्नुपर्छ भने गर्छौ ।’

    उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीबाट अहिलेसम्म विभेदपूर्ण काम भइरहेको आरोप लगाइन् ।

    ‘दल दर्ता सम्बन्धी अध्यादेश ल्याउँदा महेश बस्नेतले जसपाको सांसदलाई ल्याएर सुन्धारामा राख्दा उहाँले स्पष्टीकरण दिनुपर्दैन भने हामीले पनि दिनुपर्दैन होला ’ उनी भन्छिन्, ‘एमालेको विधानले महेश बस्नेतलाई र निरा जैरुलाई फरक नगरोस् । ’

    जैरुले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्रीलाई पनि स्पष्टीकरण सोध्न आवश्यक रहेको बताइन् ।

    ‘फागुनको २८ गते एमालेको विधानले नचिनेका २३ जनालाई राखेर कमिटी बिस्तार गर्ने अध्यक्षलाई कसले माग्ने स्पष्टीकरण’ उनले भनिन् ।

    उनले रामबहादुर थापा बादललाई सूर्य चिन्ह्रबाट राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बनाएकोप्रति पनि अध्यक्ष ओलीसँग स्पष्टीकरण सोध्न आवश्यक रहेको बताइन् ।

    उनले भनिन्, ‘एमालेको सदस्य नै नभएको माओवादी केन्द्रले कारबाही गरिसकेको बादल कमरेडलाई सूर्य चिन्ह्रको उम्मेदवार बनाउनेलाई कसले कसले माग्ने स्पष्टीकरण ?’

    उनले माधव समूहले गर्ने निर्णयमा आफू पनि सहमत हुने बताइन् ।

    ‘एमालेभित्र हामीसँग टिम छ , हामीले वरिष्ठ नेतामा विश्वास राखेका छौँ ’उनले भनिन् ‘उहाँले गरेको निर्णयमा हामी अडिग छौँ ।’

    काँग्रेस सभापति शेरबहादुर देउवालाई शुक्रबार प्रधानमन्त्री बनाउने प्रस्ताव गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २६ सांसदले हस्ताक्षर गरेका थिए ।

    प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको स्थायी कमिटी बैठकले वरिष्ठ नेताद्वय नेपाल, झलनाथ खनालसहित भीमबहादुर रावल, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, मुकुन्द न्यौपाने, पुष्पाकुमारी कर्ण, कलिला खान, नीरादेवी जैरु र लक्ष्मीकुमारी चौधरीसँग स्पष्टीकरण सोध्ने निर्णय बैठकले गरेको हो ।

    स्पष्टीकरण सोधिएका नेताले दिने जवाफका आधारमा पार्टीले थप निर्णय गर्ने पनि बताइएको छ ।

  • बादल हराउन भूमिका खेल्ने एमालेका १४ सांसदमाथि कारवाही शुरु (सूचीसहित)

    बादल हराउन भूमिका खेल्ने एमालेका १४ सांसदमाथि कारवाही शुरु (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेले वागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवार रामवहादुर थापालाई पराजित गर्न सक्रिय भूमिका खेलेको भन्दै १४ जना प्रदेश सांसदलाई कारवाही अघि बढाएको छ ।

    वागमती प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणी पौडेलको अध्यक्षतामा आज बसेको संसदीय बोर्डको बैठकले अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेसहित १४ जनासँग २४ घण्टे स्पष्टिकरण माग्ने निर्णय गरेको छ ।

    आफ्नै पार्टीका उम्मेवारलाई पराजित गर्न अगुवाई गरेको भन्दै १४ जना प्रदेश सभा सदस्यलाई आइतवार साँझ ५ बजेसम्म स्पष्टिकरण पेश गर्न भनिएको प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक दिपक निरौलाले नेपाल प्रेसलाई बताए ।

    लामो समयदेखि संसदीय दल, पार्टी र दलको नेता तथा सरकारविरुद्ध गतिबिधि गरेको र चुनावमा पार्टीलाई हराउन भूमिका खेलेको कारण कारवाही किन नगर्ने भनी स्पष्टिकरण मागिएको उनले बताए ।

    बैठकले प्रदेश सरकारले अहिलेसम्म गरेका कामको समीक्षा गर्दै त्यसका लागि धन्यवाद दिएको र अब कोभिड–१९ महामारी नियन्त्रणमा केन्द्रित हुन आग्रह गरिएको उनले बताए ।

    स्पष्टिकरण सोधिएका प्रदेशसभा सदस्यहरु माधव नेपाल पक्षका नेता अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे र अरुण नेपालसहित १४ जना छन् । प्रदेशसभामा ५६ जना एमाले सांसदमध्ये माधव पक्षमा २१ जना थिए ।

    राष्ट्रियसभा चुनावमा ७ जना माधव पक्षका सांसदले बादललाई भोट हालेकोले १४ जनालाई मात्र स्पष्टिकरण सोधिएको हो । संसदीय बोर्डका सदस्य अष्टलक्ष्मी शाक्य,राजेन्द्र पाण्डे र अरुण नेपालसहित १४ जना सदस्यले पार्टीविरुद्ध गतिबिधि गरेको आरोप लगाइएको छ । बोर्ड बैठकमा तीनै जना नेता उपस्थित थिएनन् ।

    स्पष्टिकरण सोधिएका सांसद यी हुन् ।

  • ‘ब्याकफुट’मा विपक्षी गठबन्धन: चार विकल्प, सबै प्रतिकूल

    ‘ब्याकफुट’मा विपक्षी गठबन्धन: चार विकल्प, सबै प्रतिकूल

    काठमाडौं । मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन र नयाँ संसदको चुनाव घोषणा गरेपछि सरकार विरोधि गठवन्धन अन्यमण्यस्क अवस्थामा पुगेको छ । उनीहरुले सरकारको कदमको एकजुट भएर विरोध गर्ने तयारी गरेका छन्, तर यसपाली प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक र संवैधानिकरुपमा बलिया देखिन्छन् ।

    प्रधानमन्त्री र राष्ट्रपतिको आन्तरिक समझदारीमा पाँच महिनाभित्र दोस्रोपटक संसद विघटन र मध्यावधि चुनावको घोषणा भएको हो । यसअघि गत पुस ५ मा पनि सरकारले संसद विघटन गरेर चुनावको मिति घोषणा गरेको थियो । तर, त्यसबेलाको सरकारको निर्णयमा संवैधानिक धरातल बलियो थिएन । संविधानले नदिएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलीले संसद विघटन गराएका थिए, जुन अदालतले उल्टाउने निश्चितप्रायः थियो, र उल्टायो पनि ।

    अहिले भने संवैधानिकरुपमै देश चुनावमा जाने परिस्थिति निर्माण भएको छ । अथवा, ओलीले भाँति पुर्‍याएर त्यस्तो परिस्थितितर्फ देशलाई धकेलेका छन् । राष्ट्रपतिले दिएको समयसीमा भित्र वैकल्पिक सरकारका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले पेश गरेको दावी विवादित बन्यो । हस्ताक्षरकर्ताहरुले नै आफ्नो हस्ताक्षर दुरुपयोग भएको बताएपछि त्यसले मान्यता पाउने अवस्था थिएन ।

    अर्कोतर्फ ओली स्वयम्ले गरेको दावी पनि वस्तुनिष्ठ नदेखिएपछि वैकल्पिक सरकारको सम्भावना अन्त्य भएको मान्नैपर्ने हुन्छ । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन हुन नसकेपछि संविधानले निर्दिष्ट गरेबमोजिम नै सरकारले निर्णय लिएको छ ।

    यद्यपि, सरकारको निर्णयमा राजनीतिक प्रश्नहरु उठाउन ठाउँ नभएका होइनन् । खासगरि कोरोनाको महामारीले देशलाई स्वास्थ्य संकट र आर्थिक संकटतर्फ धकेलेको वर्ष मध्यावधि चुनावको औचित्य र उपादेयतामा चौतर्फी प्रश्न उठिरहेको छ । घोषित मितिमा चुनाव हुन्छ भन्नेमा प्रतिपक्षीहरु विश्वस्त छैनन् भने सत्ता समर्थकहरु समेत चुनावलाई लिएर उत्साहित छैनन् ।

    अब यतिबेला विपक्षी गठवन्धनले लिने रणनीतितर्फ धेरैको चासो केन्द्रीत छ । कांग्रेस, माआवादी, एमालेको माधव नेपाल समूह र जनता समाजवादी पार्टीको बाबुराम-उपेन्द्र समुह सरकारको निर्णयको विरुद्धमा छन् । उनीहरुले आजै वैठक बसेर सरकारको निर्णयको विरोध गर्ने तयारी गरेका छनु् । तर, यो विरोध फगत औपचारिकतामा सिमित हुन्छ वा उनीहरुले ठोस कार्ययोजना अघि सार्नेछन भन्ने चाहिँ हेर्न बाँकी छ ।

    तत्काललाई विपक्षी गठवन्धनसँग ४ विकल्प देखिएका छन् । तर, ती चारवटै विकल्प उनीहरुका लागि अनुकुल भने देखिँदैनन् ।

    विकल्प १ः अदालतको दैलो चहार्ने

    विपक्षी गठवन्धनले अख्तियार गर्ने पहिलो र सम्भवत अवश्यम्भावी विकल्प भनेको अदालतको ढोका ढक्ढक्याउने नै हो । सरकारको निर्णयलाई असंवैधानिक भनेर उनीहरुले पहिलेजस्तै यसलाई उल्टाउनका लागि रिट हाल्न सक्ने सम्भावना प्रबल छ ।

    तर, यसअघिको विघटनलाई जस्तै अहिलेको विघटनलाई ‘असंवैधानिक’ ठहर गर्नका लागि उनीहरुसँग बलिया तर्क छैनन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमामा वैकल्पिक ससरकारका लागि पेश भएका दावीहरु स्वीकार्य हुन सकेनन् । देउवा र ओलीले पेश गरेका हस्ताक्षरमा संसदहरुको नाम नै ओभरल्याप भएपछि राष्ट्रपतिले दुवैलाई मान्यता नदिनु स्वभाविक थियो । यसर्थ वैकल्पिक सरकारको सम्भावना प्राविधिकरुपमा नष्ट भयो । यसैमा टेकेर सरकारले संसद विघटनको निर्णय लिएको छ ।

    यद्यपि, विपक्षीहरुले चाहिँ प्रधानमन्त्रीले राजीनामा नदिएको र विश्वासको मत पनि नमागेको अवस्था राष्ट्रपतिले वैकल्पिक सरकारका लागि आह्वान गरेकोमा नै प्रश्न उठाएका छन् । अदालतमा पनि उनीहरुको प्रमुख दलिल यही नै हुन सक्छ । तर, यो संवैधानिकभन्दा पनि प्रक्रियागत प्रश्न मात्रै हो । प्रधानमन्त्रीले नै आफू सरकार चलाउन सक्दिन भनेर हात उठाइसकेपछि राष्ट्रपतिले वैकल्पिक सरकारका लागि आहुवान गर्नु खासै आपत्तिजनक लाग्दैन । यद्यपि, यसलाई अदालतले कसरी ब्याख्या विश्लेषण गर्छ भन्ने यसै भन्न सकिदैन । प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबराको फैसला पूर्वानुमान गर्न पनि कठिन हुन्छ ।

    जे भए पनि फेरि अर्को दिक्दारीपूर्ण र लम्बेतान अदालती प्रक्रियाको सामना न्यायिक र राजनीतिक क्षेत्रले गर्नुपर्ने हुन सक्छ ।

    विकल्प २ : सडक-सामाजिक सञ्जालबाट दवाव

    पुस ५ मा संसद विघटन भएपछि विपक्षी गठवन्धनले सडकमार्फत पनि सरकार र अदालतलाई तीव्र दवाव दिएका थिए । प्रचण्ड–माधवले ‘हामी यहाँ छौ’ भन्दै सडक तताएका थिए भने कांग्रेस अलमलकै अवस्थामा भए पनि आन्दोलनमा लतारिएका थियो । यसपाली पनि आन्दोलनमार्फत दवाव दिने रणनीति विपक्षीले अख्तियार गर्न सक्छन्, तर त्यसका लागि पनि अनुकुल माहोल छैन ।

    देशलाई कोरोनाको महामारीले गाँजेका बेला थुप्रै स्थानमा घोषित-अघोषित लकडाउन जारी छ । जनता आफैं पनि संक्रमणको जोखिम मोलेर आन्दोलनमा उत्रिने मनस्थितिमा छैनन् । पार्टीका कार्यकर्ता नै आन्दोलनबाट थाकिसकेका छन् ।

    त्यसैले विपक्षी गठवन्धनले केही सांकेतिक आन्दोलनका कार्यक्रमहरु घोषणा गरे तापनि ठूलो लहर ल्याउने आन्दोलनको सृष्टि गर्न भने कठिन छ । यदि अहिलेको समयमा त्यस्तो ठूलो आन्दोलनको घोषणा भयो भने पनि त्यसले तीव्र जनअसन्तुष्टि पैदा गर्न सक्छ ।

    त्यसैले अबका विरोध भनेको सामाजिक सञ्जालमा मात्रै केन्द्रीत हुन सक्ने देखिन्छ । फेसबुक-ट्विटरमा स्टाटस लेखेर फत्फत्ताउने बाहेक चुनाव टार्नका लागि निर्णायक दवाव दिने खालको विरोधको चक्रवात सिर्जना हुने अपेक्षा गर्न सकिन्न ।

    विकल्प ३ः चुनावको तयारी र बहिष्कार घोषणा

    चुनाव आफैंमा एउटा लोकतान्त्रिक प्रक्रिया हो । केपी ओलीले जनताका मतबाट आफू फेरि प्रधानमन्त्री बन्न सक्ने ‘अति आत्मविश्वास’ प्रदर्शन गरिरहेका छन् । विपक्षीहरु चाहिँ केपी ओली अलोकप्रियताको रकसालमा पुगिसके भन्ने सोच्छन् ।

    ओलीले गलत तरिकाले शासन गरिरहेका छन् र अलोकप्रियताको रसातलमा छन् भने पक्कै पनि चुनावले नै उनलाई दण्डित गर्छ सक्छ । यो निश्कर्षका साथ विपक्षी गठवन्धनले चुनाव स्वीकारेर जाने एउटा विकल्प छ । फेस सेभिङका लागि उनीहरुले ‘चुनावमा जान तयार भए पनि ओलीको नेतृत्वमा नजाने’ निर्णय लिन सक्छन् । पहिले खिलराज रेग्मीको नेतृत्वमा जस्तै प्रधानन्यायाधीसकै वा अर्को कुनै पात्रलाई खडा गरेर चुनावी सरकार निर्माणतर्फ दवाव दिनेबारे उनीहरुले छलफल गर्न सक्छन् ।

    यद्यपि, उनीहरुले चुनावमा जाने विकल्पको छनोट गर्ने सम्भावना भने कमजोर छ । ओलीकै नेतृत्वमा चुनाव भएको खण्डमा उनले साँच्चै जितेरै पो देखाउने हुन् कि भन्न भय विपक्षी गठवन्धनमा देखिन्छ । अरु कसैको नेतृत्वमा चुनावी सरकार बने पनि जनतासँग मत माग्न जाने बलियो एजेन्डा उनीहरुसँग छैन ।

    यस्तो अवस्थामा विपक्षी गठवन्धनले सरकारद्वारा घोषित चुनाव बहिष्कार गर्ने अहिल्यै घोषणा गरेर सरकारलाई दवाव दिन सक्छन् । किनकी कांग्रेस–माओवादीजस्ता ठूला पार्टीले बहिष्कार गरेको चुनावले राष्ट्रिय-अन्तर्राष्ट्रिय मान्यता नपाउने अवस्था आउन सक्छ ।

    तर, यो निर्णयमा जोखिम पनि छ । पार्टीहरुले चुनाव बहिष्कारको घाषणा गरे पनि यदि जनताको उल्लेख्य हिस्साले चुनावमा भोट हाल्यो भने क गर्ने ? त्यो अवस्थामा सत्तामा केपी ओलीको एकलौटी हालिमुहाली कायम हुन सक्छ र विपक्षी दलहरु पाँच वर्षका लागि सडकमा पुग्न सक्छन् । त्यसैले बाहिर-बाहिर चुनावको विरोध र भित्रभित्र चुनावको तयारी गर्ने सम्भावना पनि उत्तिकै प्रबल छ ।

    विकल्प ४ः माथिका सबै

    विपक्षी गठवन्धनले माथिका तीनै विकल्पलाई एकसाथ अंगिकार गर्न सक्छन् छन् । त्यो भनेको अदालतको ढोका ढक्ढकाउने, सडक–सामाजिक सञ्जालबाट दवाव दिने र भित्रभित्र चुनावको तयारी गर्ने वा वहिष्कार घोषणा गर्ने ।

  • माधव पक्षका धराने सांसद राई भन्छन्- मैले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको छैन

    माधव पक्षका धराने सांसद राई भन्छन्- मैले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको छैन

    इटहरी । सुनसरी क्षेत्र नम्बर १ का माधव नेपाल पक्षीय प्रतिनिधिसभा सदस्य जयकुमार राईले आफूले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको बताए ।

    आफू एमाले विभाजनमा कुनै पनि हस्ताक्षरमा सहभागी नभएको राईले नेपाल प्रेसलाई बताए । उनले भने, ‘म एमाले एकताको पक्षमा छु। एमालेका लाखौं नेताकार्यकर्ताको भावनालाई सम्मान गर्दै म पार्टी विभाजनको पक्षमा कतै हस्ताक्षर गरेर सहभागी भएको छैन । हुन्न ।’

    आफूले सदन विघटन अगाडि पुसमा सदन बोलाउने नाममा मात्रै हस्ताक्षर गरेको बताउदै राईले भने, ‘सदन बोलाउने कुरामा गरेको हस्ताक्षर देउवा प्रधानमन्त्री बनाउन भनेर प्रयोग भएको हो भने त्यो दुरुपयोग हो । मेरो त्यसमा कुनै समर्थन हुँदैन।’

  • एमाले महासचिवले भने- माधव समूहका निकृष्ट अपराधले एकताको वातावरण धमिलियो

    एमाले महासचिवले भने- माधव समूहका निकृष्ट अपराधले एकताको वातावरण धमिलियो

    काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले राष्ट्रिय सभाको निर्वाचनमा माधव नेपाल पक्षले लज्जास्पद नाटक देखाएको भन्दै ती क्रियाकलापमा क्षमा नहुने चेतावनी दिएका छन् ।

    महासचिव पोखरेलले वक्तव्यमार्फत उपनिर्वाचनमा देखिएका हर्कतहरु अत्यन्तै निकृष्ट र अक्षम्य रहेको भन्दै एमालेभित्र बनिरहेको एकताको वातावरण धमिलिएको बताएका छन् ।

    पोखरेलले माधव पक्षले अपराधपूर्ण काम गरेको भन्दै यी कामले पार्टी विधान, पद्दति, प्रक्रिया, नीति, निर्णय र निर्देशनको वकालत गर्दै भइरहेका नाटक मञ्चनको मुकुण्डो उदांगो भएको जनाएका छन् ।

    पोखरेलले भनेका छन्- आफ्नै पार्टीका अध्यक्षलाई संसदमा विश्वासको मत दिन उपस्थित नहुने, कर्णालीको प्रदेश सभामा फ्लोर क्रस गर्ने, लुम्विनीमा त्यसैको पुनरावृत्ति गर्न खोज्ने , ‘सूर्य’ चिन्ह बाहक आफ्नै उम्मेदवारलाई हराउन विपक्षीहरुको गोटी बन्ने तर अनेक भ्रमपूर्ण र आपराधिक समाचारहरू सम्प्रेषण गर्ने जस्ता निर्लज्ज र अपराधपूर्ण कामहरू कम्युनिष्ट आन्दोलन र संसदीयर लोकतान्त्रिक आन्दोलनका लागि लज्जास्पद विषय हुन् ।

    महासचिव पोखरेलले राष्ट्रिय सभा निर्वाचनको परिणामले एमाले विरोधी महा गठबन्धनको भन्दा एमालेका बलियो उपस्थिति रहेको र आउने चुनावहरुमा एमालेसँग सबै मिले पनि प्रतिस्पर्धा गर्न नसक्ने दावी गरेका छन् ।

  • एमाले बैठक : पार्टीविरुद्ध मतदान गर्ने नेता र जनप्रतिनिधिप्रति भर्त्सना

    एमाले बैठक : पार्टीविरुद्ध मतदान गर्ने नेता र जनप्रतिनिधिप्रति भर्त्सना

    काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको निर्देशन अवज्ञा गर्ने कतिपय नेता र पार्टी उम्मेदवारको विपक्षमा मतदान गर्ने जनप्रतिनिधिका क्रियाकलाप क्षमायोग्य नरहेको प्रष्ट पारेको छ ।

    बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा माधव नेपाल पक्षले राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा बादललाई मत नदिएको बारेमा गम्भीर छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

    बैठकले पार्टीविरोधी गतिविधि र पार्टीको विरुद्धमा मतदान गर्ने प्रवृत्तिको भर्त्सना गरेको र यो घटनालाई क्षम्य मान्न नसकिने ज्ञवालीले बताए । उनले कार्यदल बनेपछि पनि पार्टीका विपक्षमा मतदान गर्ने कुरालाई सामान्य रूपमा लिन नसकिने प्रतिक्रिया दिए ।

    ज्ञवालीले भने, ‘जेठ २ गते कार्यदल नबन्दासम्मको अवधिलाई कट अफ डेट मान्न सकिन्थ्यो । तर कार्यदल बनेर पार्टी एकताको कुरा अघि बढेपछि पनि यस्ता घटना हुन्छन् भने यसलाई सामान्य रूपमा लिन सकिन्न, यसबाट बुझ्न सकिन्छ ।’

    बैठकमा माधव नेपाल पक्षको उद्देश्य एमालेमा रहने खालको नदेखिएकोले कार्यदलको वार्ता अघि बढाउने कि नबढाउने भन्ने बारेमा समेत गम्भीर छलफल भएको एमाले स्रोतले जनाएको छ ।

    एकपटक निर्णायक ढंगले छलफल गर्ने र त्यसपछि पनि पार्टीविरुद्ध उभिने क्रम जारी रहे वार्ता प्रक्रिया बन्द गर्नुपर्ने विषय समेत उठेको बताइएको छ ।

  • एमालेले भन्यो- सर्वोच्च अदालतको निर्णय कार्यन्वयन गर्नु हाम्रो कर्तव्य हो

    एमालेले भन्यो- सर्वोच्च अदालतको निर्णय कार्यन्वयन गर्नु हाम्रो कर्तव्य हो

    काठमाडौं । नेकपा एमालेले गैरसांसद ७ मन्त्रीको नियुक्ति बदर गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशको सम्मान गर्ने जनाएको छ ।

    स्थायी कमिटी बैठक चलिरहेका बेला अदालतले ७ मन्त्रीको नियुक्ति संविधानको भावनाविपरीत रहेको भन्दै बदर हुने आदेश दिएको थियो ।

    बैठकपछि संवाददाताहरुसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले अदालतको निर्णय कार्यन्वयन गर्नु सरकारको कर्तव्य रहेको बताए ।

    ज्ञवालीले भने, हामीले पूर्णपाठ हेर्न पाएका छैनौं । अदालतको निर्णयप्रति हाम्रो कतिपय तर्क र फरक राय हुनसक्छन् । तर, अदालतको फैसलाको कार्यन्वयन गर्नु हाम्रो कर्तव्य हो ।’

  • एमाले स्थायी कमिटी बैठक जारी

    एमाले स्थायी कमिटी बैठक जारी

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ ।

    बैठकमा माधव नेपाल पक्षसँग वार्ता गर्न गठित कार्यदलबाट रिपोर्टिङ हुने बताइएको छ ।

    त्यस्तै राष्ट्रियसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा स्थयी कमिटी सदस्य रामबहादुर थापा बादललाई माधव पक्षले गरेको असहयोगको बारेमा समेत समीक्षा हुने बताइएको छ । बैठकका अन्य एजेण्डा भने सार्वजनिक भएको छैन ।

  • एमाले अध्यक्ष ओलीले बोलाए स्थायी कमिटीको आकस्मिक बैठक

    एमाले अध्यक्ष ओलीले बोलाए स्थायी कमिटीको आकस्मिक बैठक

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज दिउँसो बस्ने भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि महासचिव ईश्वर पोखरलले दिउँसो २ बजे बैठक बोलाएका हुन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा माधव नेपाल पक्षसँग वार्ता गर्न गठित वार्ता टोलीले रिपोर्टिङ गर्नेछ ।

    त्यस्तै राष्ट्रियसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा स्थयी कमिटी सदस्य रामवहादुर थापा बादललाई माधव पक्षले गरेको असहयोगको बारेमा समेत समीक्षा हुने बताइएको छ ।

    बैठकका अन्य एजेण्डाबारे केही बताइएको छैन ।

  • एमाले कार्यदलको बैठक बस्दै

    एमाले कार्यदलको बैठक बस्दै

    काठमाडौं । पार्टीभित्रको विवाद समाधन गर्न गठित नेकपा एमालेको कार्यदलको बैठक आज पनि बस्दैछ ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा बस्न लागेको बैठकमा हिजो तय गरिएको कार्यविधिमा रहेर निरन्तर छलफल हुने संस्थापन पक्षका कार्यदलका संयोजक सुवास नेम्वाङले जानकारी दिए। ‘हिजो तय गरिएको कार्यविधि अनुसार निरन्तर छलफल हुन्छ,’ नेम्वाङले नेपाल प्रेससँग भने।

    हिजो बसेको बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने निर्णय गरेको थियो ।

    पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एक-आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामबाट अलग रहन पार्टी पंक्तिलाई आव्हान गर्ने निर्णय पनि कार्यदलले गरेको थियो ।

    एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको ‘वान टू वान’ वार्तापछि आइतबार १० सदस्यीय कार्यदल बनेको थियो ।

  • बादललाई जिताउन एमाले अध्यक्ष ओलीको अपील

    बादललाई जिताउन एमाले अध्यक्ष ओलीको अपील

    काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वागमती प्रदेशका लागि हुन गइरहेको राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवार रहेका रामबहादुर थापा ‘बादल’ लाई जिताउन अपील गरेका छन् ।

    ‘जेठ ६ गते वागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो पार्टीका उम्मेदवार हुनुहुन्छ ,’ ओलीले आज जारी गरेको अपीलमा भनेका छन्, ‘उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एकजना वरिष्ठ नेता हुनुहुन्छ। उहाँको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुयाउने छ । तसर्थ, यस निर्वाचनमा एकतावद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु ।’

    पार्टीप्रति बफादार हुने सपथ लिएको भन्दै त्यसलाई पालना नगर्ने विन्दुमा पुग्ने कुरा अकल्पनीय भएको ओलीको भनाइ छ । ‘हामी सबैले पार्टी सदस्यता लिँदा, विभिन्न तहका जिम्मेवारी बहन गर्दा प्रत्येक पटक पार्टीप्रति वफादार हुने र पार्टी हितविपरीत काम नगर्ने सपथ लिई आएका छौं,’ ओलीले भनेका छन्, आफ्नै सपथ कुन स्वार्थ, के कारण वा कस्तो बाध्यताले हामी पालन नगर्ने बिन्दुमा पुग्छौं ? पार्टी जीवनमा यो अकल्पनीय हो, यसो हुनै सक्दैन ।’

    पार्टीभित्र देखा परेका समस्याको समाधान गर्न कार्यदल बनेको उल्लेख गर्दै ओलीले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु कल्पना बारिहको विषय भएको बताएका छन् ।

    उनले भनेका छन्, ‘पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पनाबाहिरको कुरा हो ।

  • कार्यदलले मिलाउला एमाले ? बादलको चुनावले हुन सक्छ निर्णायक विभाजन

    कार्यदलले मिलाउला एमाले ? बादलको चुनावले हुन सक्छ निर्णायक विभाजन

    काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको दुई दिनको वार्तापछि बनेको कार्यदलको पहिलो बैठक आज बस्यो । आइतबार गठन भए पनि दुई दिनपछि बसेका बैठकले तीन वटा निर्णय गरेको जानकारी सिंहदरबारबाट निस्कदै गर्दा एमालेका दुवै पक्षका नेताले जानकारी मिडियालाई गराए ।

    नेपाल पक्षबाट कार्यदल संयोजक भीम रावल र ओली पक्षका कार्यदल सदस्य एवम एमाले प्रवक्ता प्रदीप ज्ञवालीले एउटै भावभङ्गीमा निर्णय सम्प्रेषण गरे ।

    पहिलो बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयार गरी लागू गर्ने, पार्टीमा देखिएका समस्याहरूलाई यथोचित रुपमा समाधान गर्दै एकताबद्ध एमालेका आग्रह गर्ने र एक आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने काम कुराबाट अलग रहन आव्हान गर्ने निर्णय गर्‍यो ।

    यी निर्णय सुन्दै गर्दा लाग्थ्यो अब कार्यदल एमाले एकजुट पार्न अघि बढीसक्यो । तर, एमाले भित्रको जारी अन्तरसंघर्ष र किचलो अनुमान गरिएजस्तो मात्रै छैन् । ती अन्तरविरोध र किचालेकोबाट अझैं पनि निस्कने सार हो- एमाले विभाजन अवश्यम्भावी छ र त्यसको ‘क्याटालिस्ट’ रामबहादुर थापा ‘बादल’को जिताउने/हराउने विषय हुन सक्छ ।

    ओली-नेपालबीचका पछिल्ला तीन दिनका वार्ता कार्यलदको गठन आफैं पनि आशंकाको गर्भवमा छ । नेपाल पक्षले वार्ता र कार्यदल ‘टाइम किल’ गर्ने ओलीको रणनीति मात्रै भएको आशंका गरेको छ । राष्ट्रियसभा निर्वाचनमा बादल जिताउन र संविधानको धारा ७४ (४) बमोजि विश्वासको मत लिने प्रयोजना लागि मात्रै यी सब भएको निष्कर्ष नेपाल पक्षमा छ ।

    यी तमाम आशंकाबीच बसेको कार्यदल बैठकमा ओली पक्षका प्रभावशाली नेता विष्णु पौडेल र शंकर पोखरेल उपस्थित भएनन् । हुन त काम विशेषले अनुपस्थित भएको भनियो । उनीहरु बिनाको कार्यदलको पहिलो बैठकले कुनै ‘बोल्ड’ निर्णय लिन सकेन जुन स्वभाविक थियो ।

    कार्यलदपछि अब कुरा गरौं वागमती प्रदेशका लागि ६ जेठमा हुन गइरहेको राष्ट्रिय सभाको उपनिर्वाचनको । मतका हिसाबले सग्लो एमाले आफैंमा सुविधाजन अवस्थामा छ । त्यसैले एमाले उम्मेदवार विजयी हुने कुरा शुनिश्चित जस्तै हो । तर, त्यो एमालेमा कुनै अन्तरविरोध नभएको अवस्थामा मात्रै हो ।

    माधव नेपाल पक्षले नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र-बाबुराम पक्षसँग मिलेर खिमलाल देवकोटालाई उम्मेदवार खडा गरेको छ । एमालेको संस्थापन पक्षका उम्मेदवार हुन् माओवादी परित्याग गरि एमाले गएका बादल।

    नेकपा विभाजनताका माओवादी छोडेर एमाले लागेकाहरुलाई ओली ‘संकटका बेला उम्रिएका पालुवा’ भन्छन् । र, ती पालुवाको संरक्षण हरहालतमा गरिने सार्वजनिक अभिव्यक्ति ओलीले दिइरहका छन् ।

    त्यस्तै अनुसार बादललाई जिताउन एमाले सक्रिय भएको छ । सामेबार एमले महासचिव ईश्वर पोखरेलले बादलको पक्षमा भोट हाल्न वागमती प्रदेशसभा सदस्य र प्रदेश अन्तर्गतका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई ह्वीप जारी गरे ।

    आज बादल आफै भोट माग्न नेता नेपालको दैलोमा पुगे । आजै दिउँसो सिंहदरबारमा एमालेको ‘राष्ट्रियसभा निर्वाचन परिचालन कमिटी’को बैठक बस्यो । बैठकले ‘बादल’लाई निर्वाचनमा जिताउने, निर्वाचनमा जिताउनको लागि प्रयाप्त मात्रामा मत भएको र निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय तहमा निर्वाचितहरुले एकतावद्ध भएर भोट हाल्ने निष्कर्ष निकालेको वागमती प्रदेश कमिटी अधयक्ष आनान्द पोखरेलले जानकारी दिए । उनले अरु पार्टीको पनि सहयोग लिने, सहयोगका लागि राप्रपाले आधिकारिक रुपमा पत्र नै पठाइसकेको छ र नेपाल मजदुर किसान पार्टी पनि सकरात्मक भएको बताए ।

     

    नेपाल पक्षले पनि रामबहादुर थापालाई मत दिन्छ त भन्ने नेपाल प्रेसको प्रश्नमा पोखरेलले भने- ‘पहिलो कुरो अहिले पार्टीमा पक्ष नै छैन्, नेकपा (एमाले) मात्रै छ । एमालेको सूर्य चिन्हबाट चुनाव जितेका प्रदेश र स्थानीय तहकाका प्रतिनिधि हुनुहुन्छ । उहाँहरु सबैले पार्टीको निर्णय अनुसार सूर्य चिन्हको उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई भोट हालेर जिताउनुहुन्छ ।’

    तर, उनले त्यसो भनेको केही समयमै नेपालको निजी सचिवालको विज्ञप्ति आयो जसबाट मतदानमा एमाले एकतावद्ध भएर बादलको पक्षमा उभिन्छ भन्ने कुराको खण्डन गर्छ । नेपाल-बादलबीचको भेटमा भएको भनिएको समझादारीबारे प्रष्ट्याउन जारी गरिएको विज्ञप्तिमा आफूहरुले मत नदिने तर मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न दिने बताइएको छ।

    ‘आज कमरेड रामबहादुर थापा कोटेश्वर निवासमा आई पर्सि हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेकोमा पूर्व प्रधानमन्त्री एवम् वरिष्ठ नेता माधव कुमार नेपालले उम्मेदवारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवार वनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो,’ नेपालको सचिवालयको तर्फबाट स्वकीय सचिव मोहन गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘त्यसपछि कमरेड थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गर्नुभएको हो । मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ र कतिपय स्थान एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन । भ्रममा नपर्न सबैलाई अनुरोध छ ।’
    ‘देवकोटालाई आफ्नै पहलमा उम्मेदवार बनाएकोले अहिले अन्यथा गर्न नसक्ने’ भन्ने यो भनाइले नेपाल पक्षले बादललाई मत दिँदैन भन्ने भनाइ प्रष्ट छ। यसअघि नै आइतबार नेपाल निवास कोटेश्वरमा एमाले नेता राजेन्द्र पाण्डे, माओवादी केन्द्रका वागमती प्रदेश कमिटी संसदीय दलका नेता शालिकराम जमरकट्टेल र नेपाली कांग्रेसका इन्द्र बानियाले छलफल गरेका थिए । उनीहरुबीच देवकोटालाई नै जिताउन मतदान गर्ने समझदारी भएको थियो ।

    अब एमालेको ताजा अंकगणित र सम्भावित परिणामतिर नजर लगाऔं । सग्लो एमालेका प्रदेशसभामा ५७ र स्थानीय तहमा १३३ मतदाता छन् । यसको कुल मतभार ५ हजार १ सय ३० हुन्छ । तर, विभाजित एमालेमा संस्थापन पक्षमा प्रदेशसभाका ३५ र स्थानीय तहका ८७ मतदाता छन् । यसको कुल मतभार ३ हजार २ सय १० हुन्छ ।

    नेपाल पक्षमा प्रदेशसभाका २२ र स्थानीय तहका ३८ मतदाता छन् । यसको कुल मतभार १७ सय ४० हुन्छ । विजयी हुन ४६ सय मतभार आवश्यक हुन्छ । मतदानमा एमाले विभाजित हुँदा बादल जित्न सक्दैनन् भने यसबाट प्रष्ट हुन्छ ।

    तर, नेपाल पक्ष बादललाई भोट नदिने र देवकोटालाई दिने पक्षमा एकजुट छैन् । नेपाल पक्षका धेरै पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउनुपर्ने पक्षमा छन् । जस्तो नेपाल पक्षका प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठले खुलेरै बादललाई जिताउने प्रतिक्रिया दिइरहेका छन् । नेपाल पक्षकै कतिपयले नेता माधव नेपाले कहाँ-कहाँ सम्झौता गर्छन् हामी त्यो बोकर हिँड्न सक्दैनौं भन्ने भाव व्यक्त गरिरहेका छन्।

    नेपाल पक्षमा एक मत नभएको बुझेको संस्थापन पक्षले बुझेको छ र यही आधारमा बादलले नै जित्ने ‘कन्फिडेन्स’ व्यक्त गरिरहेको छ । ओलीले पनि अहिले आक्रामक नहुन, नेपाल पक्षका ठूला नेताको पछि नलागेर स्थानीय मतदातमा ध्यान केन्द्रित गर्न निर्देशन दिएका छन्।

    यसका बाजुत पनि चुनावमा नेपाल पक्षले देवकोटालाई मतदान गर्ने र बादल हार्ने अवस्था आयो भने एमाले विभाजनमा यो निर्णायक सावित हुने छ । उसै पनि विभाजित भइसकेको एमालेलाई यसले औपचारिक रुपमै विभाजनको बाटोमा लैजाने छ ।

  • एक-आपसमा अन्तरविरोध हुने काम नगर्न पार्टी पंक्तिलाई आव्हान (भिडियो)

    एक-आपसमा अन्तरविरोध हुने काम नगर्न पार्टी पंक्तिलाई आव्हान (भिडियो)

    काठमाडौं । पार्टी विवाद समाधानको लागि नेकपा एमालेद्वारा गठित संस्थापन र माधव पक्षको कार्यदलबीच आजको पहिलो वार्ता सकिएको छ ।

    आजको भेटवार्तामा कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने निर्णय भएको माधव पक्षका कार्यदल संयोजक भीम रावलले जानकारी दिए ।

    सिंहदरबारमा भएको दुवै पक्षको कार्यदलको वार्तामा पार्टीमा देखिएका समस्यालाई यथोचित रूपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकतावद्ध रूपमा अघि बढाउन सबैसँग सहयोग र सद्भावको लागि आग्रह गरेको उनले बताए ।

    ‘पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एक-आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामबाट अलग रहन पार्टी पंक्तिलाई हार्दिक आव्हान गर्ने निर्णय गरेको छ ‘, रावलले भने ।

    संस्थापन पक्षतर्फका कार्यदलका सदस्य प्रदीप ज्ञवालीले पनि यिनै निर्णयको जानकारी गराउँदै कार्यदलले गरेको कामलाई रचनात्मक ढंगले सहयोग गर्न आग्रह गरे ।

    आजको वार्तामा विष्णु पौडेल र शंकर पोखरेल काम विशेषले अनुपस्थित रहेको भन्दै नेता रावलले बैठक पुन: भोलि तय गरिएको बताए ।

  • एमाले कार्यदलको पहिलो भेट आज

    एमाले कार्यदलको पहिलो भेट आज

    काठमाडौं । पार्टी पुनर्मिलनका लागि आधार तय गर्न बनेको एमाले कार्यदलको पहिलो बैठक दिउँसो तीन बजे बस्ने भएको छ ।

    संस्थापन पक्षतर्फका कार्यदल संयोजक सुवास नेम्वाङले बैठक दिउँसो तीन बजे बस्न लागेको जानकारी दिए । ‘सबैसँग हाइ-हेलो गर्दै दिउँसो तीन बजे बैठक बस्ने कुरा भएको छ,’ उनले नेपाल प्रेससँग भने ।

    कार्यदलमा सबै सदस्य उपस्थित हुने या नहुनेबारे भने केही खुलेको छैन । कायर्दल सदस्य शंकर पोखरेल दाङ गएका छन् भने अर्का संयोजक भीम रावल आँखामा समस्या भएका कारण आराम गरिरहेका छन् । नेम्वाङले भने, ‘को-को सदस्य उपस्थित हुनुहुन्छ, त्यो अझै तय भएको छैन ।’

    कार्यदलको हिजो तय बैठक रावलको आँखा अस्वस्थताका कारण बस्न सकेको थिएन ।

    प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको सहमति अनुसार दुवै पक्षबाट पाँच-पाँच जना सदस्य रहेको वार्ता टोली गठन भएको थियो ।

    वार्ता टोलीलाई २०७५ जेठ २ को आधारमा रहेर सहमति खोज्ने जिम्मेवारी दिइएको छ ।

  • एमाले मिल्दा पनि लुम्बिनीमा विपक्षी गठबन्धन बलियो

    एमाले मिल्दा पनि लुम्बिनीमा विपक्षी गठबन्धन बलियो

    रुपन्देही । लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदका लागि सत्तारुढ नेकपा एमालेविरुद्ध अन्य चार दलले सामूहिक मोर्चा बनाएर लड्ने भएका छन् ।

    आगामी जेठ १७ गते हुने उपनिर्वाचनका लागि उम्मेदार मनोनयन दर्ता गर्ने समय नजिकिएसँगै दलहरूले आफ्नो-आफ्नो तयारी गर्न थालेका हुन् ।

    निर्वाचन कार्यक्रमअनुसार जेठ ४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता र उम्मेदवारको सूची प्रकाशन गरिने छ । यो निर्वाचनका लागि सत्तारुढ नेकपा एमालेले यसअघि माओवादीबाट एमालेमा प्रवेश गरेर सोही पदबाट पदमुक्त भएका नेता चन्द्रबहादुर खड्कालाई उम्मेदवार बनाउने निर्णय भएको एमाले नेता भूमिश्वर ढकालले जानकारी दिए ।

    तर अन्य दलले भने सामूहिक गठबन्धन बनाएर एकल उम्मेदार बनाउने निर्णय गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह तथा जनमोर्चाले एमालेबाट लुम्बिनी प्रदेशसभाबाट राजीनामा दिएर कांग्रेसमा प्रवेश गरेका दीर्घनारायण पाण्डेलाई उम्मेदार बनाउने निर्णय गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध गठबन्धन बनाएका ती दलले यो चुनावमा सामूहिक उम्मेदारको घोषणा गरेका थिए ।
    जनमोर्चाका केन्द्रीय सदस्य नारायण जिसीले गठबन्धनका उम्मेदार दीर्घनाराण पाण्डेयलाई मतदान गर्ने पार्टीले निर्णय गरेको बताए ।

    निर्वाचन आयोगका अनुसार जेठ ५, ६ र ७ गते उम्मेदवारको विरोधमा उजूरी दिने, मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तथा नामावली प्रकाशन गर्ने, जेठ ८ गते नाम फिर्ता लिने र जेठ ९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

    लुम्बिनीमा प्रदेशसभा सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २ सय ९६ मतदाता छन् ।

    लुम्बिनीमा प्रदेशसभा सदस्य ७९ र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २ सय १७ जना मतदाता छन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ हुन्छ । लुम्बिनीमा एमालेभन्दा गठबन्धनको उम्मेदवारको सम्भावना बलियो रहेको गठबन्धनका नेताहरुको दावी छ ।

    नेपालपक्षमा लागेका एमाले सभासद र स्थानीय तहका पदाधिकारीलाई पार्टी एकाकाररूपमा अगाडि बढिसकेकाले एमालेको एकल मतभार बलियो भएको एमाले नेता भूमिश्वर ढकालले बताए ।

  • एमालेजनले बुझ्नुपर्ने जबजका स्रोत र संघटक अंग के-के हुन् ?

    एमालेजनले बुझ्नुपर्ने जबजका स्रोत र संघटक अंग के-के हुन् ?

    नेकपा एमालेका केन्द्रीय सदस्य तथा स्कूल उपप्रमुख ईश्वरी रिजाल मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको व्याख्या र प्रशिक्षण दिँदै हिड्ने नेतामा पर्छन् ।

    केही समयअघिसम्म साविक नेकपा र त्यसपछि एमालेको केन्द्रीय कार्यालय सचिवसमेत रहेका रिजालले जबजबारे धेरै लेख्ने गरेका छन् । २८ औं मदन आश्रित स्मृति दिवसका सन्दर्भमा उनले जबजका बारेमा संक्षिप्त चर्चा गरेका छन् ।

    जबजका स्रोत

    मार्क्सवाद-लेनिनवाद

    जवजले मार्क्सवादी दर्शन द्वन्द्वात्मक भौतिकवाद, मार्क्सवादी अर्थशास्त्र श्रम मूल्य सिद्धान्त एवं अतिरिक्त मूल्यको सिद्धान्त, मार्क्सवादी समाजशास्त्र ऐतिहासिक भौतिकवाद र मार्क्सवादी राजनीतिक शास्त्र वर्गसंघर्षलाई राजनीतिक, सैद्धान्तिक तथा दार्शनिक मार्गदर्शक श्रोतका रूपमा आत्मसात गरेको छ । साथै लेनिनवादी संगठनात्मक सिद्धान्तलाई पनि मार्गदर्शक श्रोतकै रूपमा अवलम्वन गरेको छ ।

    लोकतान्त्रिक आन्दोलन

    नेपालमा विभिन्न समयमा कम्युनिष्ट पार्टी स्वयंको संलग्ता एवं नेतृत्वमा चलेका लोकतान्त्रिक आन्दोलहरू जवजको महत्वपूर्ण श्रोतका रूपमा रहेका छन् । साथै विभिन्न बेला विभिन्न पार्टी वा समुहद्वारा सञ्चालित सशस्त्र सघर्षका असफल अनुभव र शान्तिपूर्ण जनआन्दोलनका सफल अनुभवहरू पनि जवजका महत्वपूर्ण श्रोतहरू हुन् ।

    अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन

    मार्क्सवादी-लेनिवादलाई आ-आफ्नो मुलुकको विशिष्टता अनुरूप प्रयोग गर्ने सिलसिलामा विकास भएका अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनका सकारात्मक एवं नकारात्मक अनुभवहरू जवजका श्रोतका रूपमा रहेका छन् । विभिन्न ऐतिहासिक कालखण्डमा जनताको संघर्षद्वारा विकास भएका सबैखाले राजनीतिक व्यवस्था एवं शासण प्रणालीका स्वरूपहरू समेत जवजका स्रोत रहेका छन् ।

    जबजका संघटक अंग

    क्रान्तिकारी रूपान्तरण

    सामाजिक व्यवस्थाको आधारको रूपमा रहेको उत्पादन प्रणाली एवं उपरिसंरचनाको रूपमा रहेको सामाजिक, साँस्कृतिक, राजनीतिक र विचारधारात्मक प्रणालीहरू समेतको समग्र रूपान्तरण नै समाजको क्रान्तिकारी रूपान्तरण हो । आधारभूत रूपमा जवजले यही आधार एवं उपरिसंरचना र नेपाली समाज विशेषको वर्ग, वर्ण, जाति, लिङग, संस्कृति र क्षेत्रीय तहका असमानता, विभेद र उत्पीडनहरूलाई समाप्त पारी नेपाली समाजको क्रान्तिकारी रूपान्तरण गर्ने कामलाई मार्गदर्शन गर्दछ । त्यसैले ‘क्रान्तिकारी रूपान्तरण’ जवजको महत्वपूण सङ्घटक अंग बन्न पुगेको छ ।

    लोकतन्त्र

    कम्युनिष्ट राज्य व्यवस्था स्वयं जनताको राज्य व्यवस्था भएकाले त्यसमा उनिहरूको चासो, सरोकार, निगरानी र नियन्त्रणलाई नैसर्गिक अधिकारका रूपमा रहन दिनु पर्दछ । त्यस अन्तर्गत राजकीय नेतृत्वका लागि पहल लिन पाउने अर्थात चुन्न र चुनिन पाउने व्यवस्थाको ग्यारेण्टी पनि गर्नु पर्दछ । त्यसका लागि प्रतिस्पर्धा सर्वोत्तम विधि र विकल्प हो । यसलाई जवजले हार्दिक दिलले आत्मासात गरेको छ । साथै आवधिक निर्वाचन, संविधानको सर्वोच्चता, कानुनी राज्य, मानव अधिकार र शक्ति पृथकीकरण जस्ता लोकतान्त्रिक विधि र पद्धतिहरूलाई अङ्गिकार गरेको हुनाले ‘लोकतन्त्र’ जवजको एक महत्वपूर्ण संघटक अङ्ग बन्न पुगेको छ ।

    शान्तिपूर्ण बाटो

    कुनै पनि क्रान्तिको लागि बाटो साधन हो भने त्यस बाटोद्वारा प्राप्त गरिने व्यवस्था साध्य हो । कम्युनिष्टहरूको लक्ष्य जनताका लागि जनताकै साथद्वारा शान्तिपूर्ण एवं न्यायपूर्ण व्यवस्था स्थापना गर्नु हो । यस अनुसार साधन हिंसात्मक अपनाएर अहिंसात्मक साध्यको अपेक्षा राख्न सकिन्न । यो क्रान्तिको बाटोको सन्दर्भमा निरपेक्ष र सार्वकालिक मान्यता पनि हुन सक्दैन । अर्थात हिंसात्मक बाटोको माध्यमबाट शान्तिपूर्ण, अहिंसात्मक र सभ्य समाज स्थापना गर्ने लक्ष्य विल्कुल संगतिपूर्ण हुँदैन । अर्को सशस्त्र बलद्वारा प्राप्त गरिने राज्य व्यवस्था शस्त्रको बलविना टिक्न नसक्ने भएकाले त्यो दीर्घकालीन हुन र रहन पनि सक्दैन । तसर्थ जनताको राज्यव्यवस्था प्राप्त गर्न र टिकाउन शस्त्र बलको भूमिकालाई निर्णायक बनाउनेभन्दा जनवलकै भूमिकालाई निर्णायक बनाउनु पर्दछ । यी मान्यताका आधारमा जवजले अवलम्वन गरेको क्रान्तिको लागि ‘शान्तिपूर्ण बाटो’ जवजको अर्को संघटक अंग रहन गएको छ ।

    जननेता कमरेड मदन भण्डारी र जीवराज आश्रितप्रति हार्दिक श्रद्धाञ्जली

  • एमाले वार्ता टोलीको पहिलो बैठक अनिश्चित,सदस्यहरु खबर पर्खिदै

    एमाले वार्ता टोलीको पहिलो बैठक अनिश्चित,सदस्यहरु खबर पर्खिदै

    काठमाडौं । नेकपा एमालेको पुनर्मिलनका लागि आधार तय गर्न बनेको वार्ता टोलीको पहिलो बैठक आज बस्ने भनिए पनि वार्ता टोलीका नेताहरुबीच छलफल जारी रहेकाले अनिश्चित भएको छ ।

    अध्यक्ष केपी शर्मा अ‍ोली र बरिष्ठ नेता माधवकुमार नेपालबीच आइतवार भएको सहमति अनुसार दुवै पक्षबाट पाँच-पाँच जना सदस्य रहेको वार्ता टोली गठन भएको थियो । वार्ता टोलीलाई २०७५ जेठ २ को आधारमा रहेर सहमति खोज्ने जिम्मेवारी दिइएको छ ।

    ओली पक्षका टोली नेता सुवास नेम्वाङ र माधव पक्षका नेता भीम रावलबीच सहमति गरेर सदस्यहरुलाई खबर गर्ने भनिएकोमा रावलको आँखामा सामान्य समस्या देखिएकाले अस्पताल जार्नुपरेका कारण समय अनिश्चित भएको हो ।

    वार्ता टोली सदस्य सुरेन्द्र पाण्डेले अहिलेसम्म वार्ता कहाँ र कतिबेला हुने भन्ने खबर नआएको नेपाल प्रेसलाई बताए । वार्ता टोलीलाई चाँडो सहमति मस्यौदा बनाउन दवाव छ ।

    वार्ता टोलीमा ओलीको पक्षबाट नेम्वाङसहित बिष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपालको पक्षबाट रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।

  • मदन-आश्रित स्मृति दिवसमा भाषणबिनाको संक्षिप्त श्रद्धाञ्‍जली (तस्बिरहरु)

    मदन-आश्रित स्मृति दिवसमा भाषणबिनाको संक्षिप्त श्रद्धाञ्‍जली (तस्बिरहरु)

    काठमाडौं । नेकपा (एमाले)का नेताहरुले तत्कालीन महासचिव मदन भण्डारीलाई स्मरण गरेका छन् । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका एमाले नेताहरु तत्कालीन पार्टी कार्यालय रहेको बल्खु पुगेर मदनको शालिकमा माल्यार्पण गरे ।

    कोभिड महामारी र निषेधाज्ञाका कारण शीर्ष नेताहरुमात्र उपस्थित भएर श्रद्धान्जली दिइएकाले कसैले पनि भाषण नगरेको एमाले केन्द्रीय कार्यलय सचिव शेरवहादुर तामाङले बताए ।

    प्रधामन्त्री ओलीले सोमबार बिहान साढे नौ बजे पुगेर मदनको सालिकमाथि माल्यार्पण गरे। उनीसँगै उनकी पत्नी राधिका शाक्यले पनि मदनको सालिकमा माल्यार्पण गरिन् ।

    त्यसपछि महासचिव ईश्वर पोखरेलले मदनप्रति श्रद्धान्जली अर्पण गरे । पोखरेलपछि हालै माओवादी केन्द्र छाडेर एमाले गएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि मदनप्रति श्रद्धान्जली अर्पण गरे ।

    कार्यालय सचिव तामाङका अनुसार उनले माधव नेपालसहितका सबै नेताहरुलाई श्रद्धान्जली अर्पण गर्ने कार्यक्रमका लागि एसएमएसमार्फत खबर गरेका थिए । तर, नेपाल भने बल्खु गएनन् । तर, उनी पक्षीय नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसाल बल्खु पुगेका थिए ।

    त्यस्तै एकता अभियान चलाएका नेता बामदेव गौतम पनि बल्खु गएका थिए ।

    भण्डारीको २८ वर्षअघि आजकै दिन चितवनको दासढुंगामा सहस्यमय जीप दुर्घटनामा मृत्यु भएको थियो। उनी जनताको बहुदलीय जनबाद (जबज)का प्रणेता हुन् ।

  • ओलीले भने- केही नेताका विभाजनकारी र अवसरवादी सोचले नेकपा एकता निष्कर्षमा पुर्‍याउन सकिएन

    ओलीले भने- केही नेताका विभाजनकारी र अवसरवादी सोचले नेकपा एकता निष्कर्षमा पुर्‍याउन सकिएन

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीन वर्षअघि जेठ ३ गते एकीकृत भएको नेकपा एकीकरणलाई कतिपय नेताहरुका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण निष्कर्षमा पुर्‍याउन नसकिएको प्रष्ट पारेका छन् ।

    २९ औं मदन-आश्रित स्मृति दिवसका अवसरमा ओलीले लामो वक्तव्य जारी गर्दै एमाले आज पनि उक्त एकीकरणको विरासतलाई अघि बढाउँदै नयाँ स्वरुपमा पुनःस्थापित भएको बताएका छन् ।

    ओलीले आफूहरु कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा निरन्तर लागिरहने संकल्प समेत गरेका छन् । उनले मदन भण्डारी र जीवराज आश्रितले स्थापित गरेको मान्यतामा आफूले पार्टीलाई अघि बढाउने बताएका छन् ।

    ओलीको वक्तव्यमा भनिएको छ, ‘तीन वर्ष अगाडि आजैका दिन हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचमा पार्टी एकीकरण गरेका थियौं । समाजवाद निर्माणको मुख्य संवाहकका रुपमा नेपाल कम्युनिष्ट पार्टीलाई स्थापित गर्ने र यसलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको ‘च्याम्पियन’ बनाउने हाम्रो इमान्दार प्रयास थियो । तर कतिपय नेताहरुका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरणको अभियान निष्कर्षमा पुग्न सकेन ।’

    ओलीले वक्तव्यमा जननेता मदन भण्डारीको योगदानको स्मरण गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमै कम्युनिस्ट आन्दोलन सफलतामा पुगेको बताएका छन् ।

  • माधव नेपालको ओलीलक्षित प्रश्न- मदनले भनेको लोकतान्त्रीकरणको मूल्य आत्मसाथ गरिरहेका छौं त ?

    माधव नेपालको ओलीलक्षित प्रश्न- मदनले भनेको लोकतान्त्रीकरणको मूल्य आत्मसाथ गरिरहेका छौं त ?

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको आन्तरिक जीवनमा असाध्यै संगीन परिस्थितिको सामना गरिरहेको बताएका छन्।

    २८ औं मदन–आश्रित स्मृति दिवसका अवसरमा श्रद्धान्जली व्यक्त गर्दै अध्यक्ष केपी शर्मा ओलीलक्षित गरी विभिन्न प्रश्न तेर्स्याएका छन् । नेता नेपालले ओलीको नाम नै चाहिँ लिएका छैनन् ।

    ‘जनताको बहुदलीय जनवाद’का १४ विशेषता उल्लेख गर्दै नेता नेपालले ती मध्ये लोकतान्त्रीकरणको मूल्य–मान्यतालाई स्वंयम् हामीले आत्मसात गरीरहेका छौं ? भन्दै प्रश्न गरेका छन्।

    नेपालको वक्तव्यमा सोधिएको छ, ‘यो बेला हामी माथि प्रश्न छ, के हामी जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक बाटोबाट मुलुकको सामाजिक–आर्थिक रूपान्तरण, राष्ट्रिय पूँजीको विकास र समाजवादमा पुग्ने हाम्रो सपना र प्रतिबद्धता अनुरुप अघि बढी रहेका छौं ? हामी माथि प्रश्न छ, ‘जनताको बहुदलीय जनवादले आफ्नो कार्यक्रममा १४ विशेषताको रुपमा अघि सारेको लोकतान्त्रिकरणको मूल्य–मान्यतालाई स्वंयम् हामीले आत्मसात गरिरहेका छौं ?’

    सबै खालका अहंकार, पार्टी एकताविरोधी पवृत्तिलाई निरुत्साहित गर्ने र विगतका गल्तिहरुलाई सच्चाए मात्रै मदन–आश्रितप्रति सच्चा श्रद्धाञ्जली हुने नेता नेपालको भनाइ छ।

    ‘फेरि एक पटक सबै खालका अहंकार, गुटगत र पार्टी एकताविरोधी पवृत्तिलाई निरुत्साहित गर्दै देश, जनता र पार्टीप्रति जिम्मेवार भएर क्रान्तिलाई अघि लैजाने सके मात्रै उहाँहरुप्रतिको सम्मान हुनेछ,’ उनले भनेका छन्, ‘देशको संविधान र पार्टीको विधानको सम्मान गर्दै विगतका गल्तीहरुलाई सच्चाएर उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौं । यो नै उहाँहरुप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।’

    भण्डारी र आश्रितको रहस्यमय दासढुंगा दुर्घटनाको भएको २८ वर्ष बितिसक्दा घटनाको रहस्य बाहिर नआएको भन्दै यथार्थ पत्ता लगाउन उनले आग्रह गरेका छन्।

  • एमाले विवाद अब वार्ता टोलीको जिम्मा : त्यो जेठ २ मा फर्किने कि, यो जेठ २ बाट हिँड्ने ?

    एमाले विवाद अब वार्ता टोलीको जिम्मा : त्यो जेठ २ मा फर्किने कि, यो जेठ २ बाट हिँड्ने ?

    काठमाडौं । नेकपा एमालेलाई २०७५ जेठ २ अघि फर्काउने कि २०७८ जेठ २ पछि लैजाने भन्ने विवादको टुंगो अब संस्थापन पक्ष र माधव नेपाल पक्षका पाँच-पाँच सदस्य रहेको वार्ता टोलीले लगाउने भएको छ ।

    अध्यक्ष कपी शर्मा ओलीसँगको भेटपछि वरिष्ठ नेता नेपालले यसलाई वार्ता टोलीको नाम दिए । ओली पक्षबाट वार्ता टोलीको नेतृत्व सुवास नेम्वाङले गरेका छन् जसमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् ।

    त्यस्तै माधव नेपालको पक्षबाट भीम रावलले नेतृत्व गरेका छन् भने घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सद सदस्य छन् । दुवै पक्षको वार्ता टोलीलाई तीन दिनको समय दिइएको नेपालले बताए ।

    समय अपुग हुँदा थप गर्न सकिने उनले संकेत गरे । तर, जेठ ६ को राष्ट्रियसभा चुनावमा माधव नेपाल पक्षको भूमिका के हुने भन्ने बारे भने नेपालले कुनै प्रतिक्रिया दिएनन् । वार्ता टोलीले नै आफ्ना ६ बुँदे माग र जेठ २ मा पार्टीलाई फर्काउने मस्यौदा प्रस्ताव गर्ने नेपालले बताएका छन् ।

    वार्ता टोलीमा ओली पक्षको नेतृत्व गरेका नेम्वाङले यसबारे आफूहरूलाई जानकारी नभइसकेकाले औपचारिक जानकारी पाएपछि कार्यादेश र समयको बारेमा छलफल हुने बताए । वार्ता टोली भन्ने बित्तिकै दुवै पक्षले आ-आफ्ना कुरा राख्ने र बीचको समाधान खोजिने नेताहरूले बताएका छन् ।

    वार्ता टोलीमा सामेल भएका एक नेताले भने, ‘कार्यदल भनेको भए एउटा संयोजक हुन्थ्यो र त्यसमा अन्य सदस्य सामेल भएर सहमतिको दस्तावेज लैजाने भन्ने हुन्थ्यो । अब दुवै तर्फबाट अलग-अलग नेतृत्वको वार्ता टोली बनेपछि यसमा आ-आफ्ना पोजिसन राख्ने कुरा हुन्छ । कुनै एउटाले भनेको जस्ताको त्यस्तै हुँदैन ।’

    माधव नेपाल पक्षले २०७७ फागुन २३ गते सर्वोच्च अदालतबाट एमाले ब्युँतिएपछि अध्यक्ष ओलीले फागुन २८ गते बैठक राखेर गरेका निर्णय खारेजी हुनुपर्ने र पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने सर्त राखेको छ । तर, ओलीले फागुन २८ को निर्णयबाट पार्टी अघि बढिसकेको बताउँदै आएका छन् ।

    यसअघि दुवै पक्षका नेताहरूबीच छलफलबाट जेठ २ कै वरपर रहेर पार्टीलाई अघि बढाउने अनौपचारिक सहमति भइसकेको छ । माधव नेपाल पक्षले जेठ २ अघिका पदाधिकारी यथावत हुनुपर्ने अडान लिएको छ भने संस्थापन पक्षले स्थायी कमिटी पुनर्वहाली भए पनि अब महाधिवेशन आयोजक कमिटीमा अध्यक्ष र महासचिवमात्र रहने बताउँदै आएको छ ।

    तल्ला तहका कमिटीहरूको हकमा अझ बढी समस्या रहेकाले वार्ता टोलीबाटै आउने सुझाव र सहमतिका आधारमा अघि बढिने नेताहरुले बताएका छन् । यसबीचमा विशेषगरी तत्कालीन नेकपाको प्रचण्ड-माधव पक्ष र ओली पक्षमा विभाजित भएका बेला ओली पक्षले बनाएका कमिटीहरू नै अहिले एमालेका कमिटीका रूपमा क्रियाशील छन् ।

    सबैभन्दा पेचिलो बनेकै यिनै कमिटीहरू र पदाधिकारी पुनर्वहालीको विषय रहेको छ । वार्ता टोलीले यो विषय आ-आफ्नो पक्षका शीर्ष नेतासँगको सल्लाहका आधारमा टुंगो लगाउने बताइएको छ ।

  • जेठ २ को बटमलाइनबारे सूर्य थापाको टिप्पणी- तीन वर्षपछि फर्किनु प्रगिमन हुन्छ

    जेठ २ को बटमलाइनबारे सूर्य थापाको टिप्पणी- तीन वर्षपछि फर्किनु प्रगिमन हुन्छ

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले तीन वर्षअघिको जेठ २ मा फर्किने माधव नेपाल पक्षको प्रस्तावलाई प्रतिगमनको संज्ञा दिएका छन् ।

    थापाले आज २०७८ जेठ २ गते भन्ने सन्दर्भ जोड्ने यसबाट पछाडि फर्किनु प्रतिगमन हुने सुझावहरू प्राप्त भएको बताएका छन् । थापाले अंग्रेजीमा ‘नो वे’भन्दै २०७५ जेठ २ को अवस्थामा एमालेलाई फर्काउने सम्भावना नकारेका हुन् ।

    थापाले भनेका छन्, ‘आज २०७८ जेठ २ गते । पूरा तीन वर्ष बित्यो । प्राप्त सुझाव- पछाडि फर्किनु त प्रतिमगन हुन्छ, नो वे ।’

  • प्रधानमन्त्री कार्यालयमा ओली-नेपाल ‘वान टू वान’ वार्ता शुरू

    प्रधानमन्त्री कार्यालयमा ओली-नेपाल ‘वान टू वान’ वार्ता शुरू

    काठमाडौं । नेकपा एमालेको विवाद समाधानको प्रयासस्वरूप अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता शुरू भएको छ ।

    प्रधानमन्त्रीको कार्यकक्षमा प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्री नेपालबीच साढे १ बजेदेखि भेटवार्ता भइरहेको प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यले नेपाल प्रेसलाई जानकारी दिए ।

    ओली र नेपालबीच पार्टीलाई २०७५ जेठ २ को वरपरको अवस्थामा फर्काएर विभाजनउन्मुख अवस्थालाई रोक्ने उद्देश्यले वार्ता भइरहेका छन् । दुई नेताले कार्यदलमार्फत विवाद समाधानको मस्यौदा माग्ने सहमति बमोजिम आज कार्यदल गठन हुने सम्भावना छ ।