Tag: कोरोना संक्रमण

  • कोरोना संक्रमणबाट संविधानसभा सदस्य रबनी चौधरीको निधन

    कोरोना संक्रमणबाट संविधानसभा सदस्य रबनी चौधरीको निधन

    कैलाली । दोस्रो संविधानसभाकी सदस्य रबनी चौधरीको कोरोना संक्रमणका कारण अस्पताल नपुग्दै निधन भएको छ । उनलाई आइतबारमात्र संक्रमण पुष्टि भएको थियो ।

    लम्कीचुहा नगरपालिका-६ की चौधरीलाई उपचारका लागि धनगढी लैजाने क्रममै निधन भएको नेकपा एमालेका सांसद झपट रावलले बताएका छन् ।

    २०७० सालको संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिकतर्फ सभासद भएकी चौधरी २०७४ सालको निर्वाचनमा एमालेका कैलाली क्षेत्र नम्बर २ का सभासद मोहनसिंह राठौरसँगै नेपाली कांग्रेसमा प्रवेश गरेकी थिइन् ।

  • सांसद श्रेष्ठलाई कोरोना संक्रमण, सुरक्षित रहन सबैलाई आग्रह

    सांसद श्रेष्ठलाई कोरोना संक्रमण, सुरक्षित रहन सबैलाई आग्रह

    तनहुँ । प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) लाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा असहज भएपछि शनिबार गरिएको पीसीआर परीक्षण अनुसार सांसद श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

    कोरोना संक्रमण भएपनि कुनै प्रकारको असजिलो महशुस नभएको र होम आइसोलेशनमै रहेको सांसद श्रेष्ठले बताए । कोरोना संक्रमण बढिरहेको अवस्थामा सांसद श्रेष्ठले सबैलाई सुरक्षित रहनका लागि आग्रह समेत गरेका छन् ।

  • कोरोनाबाट सिन्धुपाल्चोकमा एक संक्रमितको मृत्यु

    सिन्धुपाल्चोक । कोरोना संक्रमणबाट सिन्धुपाल्चोकको कुबिण्डेका एक पुरुषको आज धुलिखेल अस्पतालमा मृत्यु भएको छ । ३७ वर्षीय पुरुषको आज बिहान धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    मुटुका रोगी उनलाई शुक्रबार थप समस्या भएपछि दिउँसो अस्पताल भर्ना गरिएको थियो । शुक्रबार उपचारका लागि गरिएको पीसीआर परीक्षणमा कोराना पुष्टि भएको अस्पतालका आकस्मिक विभाग प्रमुख डा. सानु श्रेष्ठले जानकारी दिए ।

    श्रेष्ठका अनुसार थप स्वास्थ्य परीक्षणमा निमोनियाबाट समेत ग्रस्त भएका उनलाई उपचारका क्रममा पाइपबाट स्वासप्रस्वास गराइएको थियो । आइसीयू श्यया नहुँदा आकस्मिक कक्षमै उपचार गराइएको अस्पतालले जनाएको छ ।

  • आज रातिदेखि पाल्पा र गुल्मीमा पनि निषेधाज्ञा

    आज रातिदेखि पाल्पा र गुल्मीमा पनि निषेधाज्ञा

    रुपन्देही । कोरोना संक्रमण बढ्दै गएपछि लुम्बिनी प्रदेशका पहाडी जिल्ला पाल्पा र गुल्मीमा पनि निषेधाज्ञा हुने भएको छ । पाल्पामा आज १७ गते राति १२ बजेदेखि र गुल्मीमा १८ गते राति निषेधाज्ञा गर्ने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

    पाल्पा जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १७ रातिदेखि २४ गतेसम्म निषेधाज्ञा जारी गर्ने निणर्य गरेको हो । प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेका अनुसार निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन पाइने छैन ।

    सबै प्रकारका गोष्ठी, तालिम, सभा, सम्मेलन, सेमिनार गर्न, मानिसहरु जम्मा हुन, भीडभाड गर्न, जात्रा महोत्सव गर्न तथा कुनै पनि प्रकारको खेलकुद सञ्चालन गर्न निषेध गरिएको उनले बताए । त्यसैगरी संक्रमणको दोस्रो लहर समुदायस्तरमा फैलने क्रम बढ्दै गएपछि गुल्मीमा पनि लकडाउन घोषणा गरिएको छ ।

    प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति डीसीसीएमसीको बैठकले शनिवार राति १२ बजेदेखि लागू हुने गरी एक हप्तासम्म लकडाउन गर्ने निणर्य गरेको हो । जसअनुसार शनिबार राति १२ बजेदेखि २५ वैशाखसम्म लकडाउन हुने भएको हो ।

    उक्त अवधिमा औषधि पसल चौबिसै घण्टा खुल्ने छन् भने अत्यावश्यक उपभोग्य बस्तु बेच्ने पसल विहान ७ देखि नौ बजेसम्म, निर्माण सामग्री बेच्ने पसल विहान ७ देखि ९ बजेसम्म र बैंक तथा होटल दिउँसो १० देखि १२ बजेसम्म खुलाउन पाइने भएको छ ।

    यसबाहेक सडकमा अत्यावश्यकबाहेक अन्य सवारी साधन सञ्चालन गर्न पाइने छैन । तर जिल्ला हुँदै चल्ने लामो दूरीका सवारी साधन भने चल्न पाउनेछन् । तर जिल्ला भित्र रोकिन भने पाउने छैनन् ।

  • कोरोना कहर : भुइँमै संक्रमितको उपचार

    कोरोना कहर : भुइँमै संक्रमितको उपचार

    दाङ । कोरोना संक्रमण दर ह्वात्तै बढेसँगै अस्पतालमा बेडको अभाव हुन थालेको छ ।

    दाङको बेलझुन्डी कोरोना अस्पतालमा बेडको अभाव भएपछि भुइँमा राखेर संक्रमितको उपचार थालिएको छ । ४२ शय्याको सो अस्पतालमा संक्रमितको चाप बढेपछि भुइँमै राखेर उपचार थालिएको व्यवस्थापक द्रोण वलीले जानकारी दिए ।

    त्यहाँ अहिले ६ जना संक्रमितको भुइँमा उपचार भइरहेको छ ।

  • प्रकाश सपूतलाई कोरोना संक्रमण, गरे सचेत रहन आग्रह

    प्रकाश सपूतलाई कोरोना संक्रमण, गरे सचेत रहन आग्रह

    काठमाडौं । गायक प्रकाश सपूतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।काठमाडौं मेडिकल कलेजमा नमुना परीक्षणका गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

    गायक सपूतले सम्पर्कमा रहेकाहरुले पीसीआर परीक्षण गर्न आग्रह गरे ।

    एकदमै शरिर दुख्ने र गल्ने, छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि पिसिआर टेस्ट गरेको प्रकाश सपूतले बताए ।

    उनले भने,‘ मेरो रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य अवस्था सामान्य छ ।’ गायक सपूत अहिले होम आइसोलेशनमा बसेका छन् ।

    उनले कोरोना भाइरसलाई सामान्य नठान्न समेत आग्रह गरेका छन् । सपूतले भने,‘ कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौ तर यसलाई सामान्य भने नठानौ । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साहि बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौ ।’

    सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘अन्ततः काठमाण्डौ मेडिकल कलेजका अनुसार मेरो पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नु होला । एकदमै धेरै शरिर दुख्नेर गल्ने, छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिए । म होम आईशुलेशनमामा छु । अवस्था सामान्य छ । कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौ तर यसलाई सामान्य भने नठानौ । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साहि बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौ ।’

  • खानेपानीमन्त्री थापालाई कोरोना, स्वास्थ्य अवस्था सामान्य

    खानेपानीमन्त्री थापालाई कोरोना, स्वास्थ्य अवस्था सामान्य

    काठमाडौं । खानेपानीमन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    बिहीबार नमुना परीक्षण गर्दा  मन्त्री थापाको शुक्रबार बिहान रिपोर्ट पोजेटिभ देखिएको हो ।

    छोरीलाई कोरोना संक्रमण भएपछि कन्टयाक्ट ट्रेसिङमा परेपछि नमुना परीक्षण गर्दा पोजेटिभ भएको मन्त्री थापाले नेपालप्रेसलाई बताए ।

    उनले भने,‘ छोरीलाई कोरोना पुष्टि भएपछि मैले पनि हिजो स्वाव दिएको थिए । आज पोजेटिभ आयो । हल्का शरीर दुखेको छ अरु स्वास्थ्य समस्या छैन ।

    उनी अहिले मन्त्री क्वाटरमा होम आइसोलेसनमा बसेका छन्  । यसअघि ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई पनि कोरोना संक्रमण भएको थियो ।

  • नेपालगञ्जमा २८८ जनाको स्वाब परीक्षण गर्दा २१४ मा कोरोना

    नेपालगञ्जमा २८८ जनाको स्वाब परीक्षण गर्दा २१४ मा कोरोना

    बाँके।  नेपालगञ्जमा रहेको भेरी अस्पतालमा २ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा २ सय ८८ जनाको स्वाब परीक्षण गर्दा २ सय १४ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

    नयाँ संक्रमितमध्ये १ सय ९२ जना बाँके, बर्दियाका १२ जना, सुर्खेतका ३ जना र केही अन्य जिल्लाका रहेका छन् । नेपालगञ्ज मेडिकल कलेज, बागेश्वरी ल्याब र भारतबाट आएका व्यक्तिको जमुनाहा नाकामा परीक्षण हुने भए पनि यी ठाउँबाट बिहीबारको विवरण आइसकेको छैन ।

    बाँकेमा थपिएका सबै नेपालगन्ज उपमहानगरपालिकाका रहेको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।

  • गण्डकीमा थपिए ११२ संक्रमित, पोखराका मात्रै ७९ जना

    गण्डकीमा थपिए ११२ संक्रमित, पोखराका मात्रै ७९ जना

    पोखरा । गण्डकी प्रदेशमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    क्षयरोग उपचार केन्द्र, लाइफ केयर डा्रयग्नोस्टिक र मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको परीक्षणमा ती नयाँ संक्रमित थपिएका हुन् ।

    पछिल्लो २४ घन्टामा गरिएको परीक्षणमा कास्कीकामात्रै ७९ जनामा कोरो संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । नवलपरासी पूर्व १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै, बागलुङ ४, तनहुँ ६, लमजुङ २, स्याङजा ४, गोरखा र पर्वतका १÷१ जना र म्याग्दी २ मा कोरोना पुष्टि भएको निर्देशनालय प्रमुख विनोदविन्दु शर्माले बताए ।

    ‘सबै संक्रमित कन्ट्याक ट्रेसिङबाट पुष्टि हुनु भएको हो । उहाँहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ,’ उनले भने ।

    योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १८ हजार ३ सय १७ पुगेको छ । प्रदेशमा बुधबारसम्मको तथ्यांकअनुसार १ हजा २८९ जना सक्रिय संक्रमित छन् । जसमध्ये २ सय २१ जना संक्रमितको मृत्यु भएको छ ।

  • ‘जनतालाई लकडाउनमा राखेर हामी आरामले सुतिरहेको स्थिति होइन’

    ‘जनतालाई लकडाउनमा राखेर हामी आरामले सुतिरहेको स्थिति होइन’

    काठमाडौ । कोरोना संक्रमण रोक्न भन्दै काठमाडौंका तीन सीडीओले आजबाट उपत्यकाव्यापी निषेधाज्ञा जारी गरेका छन् । आज बिहानैदेखि शुरू भएको निषेधाज्ञाका कारण उपत्यकाको जनजीवन पूर्णरूपमा प्रभावित बनेको छ ।

    सङ्क्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा २ बमोजिम प्रत्येक जिल्लाको लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्न पाउँछन् । त्यसै अनुसार आज बिहान ६ बजेदेखि लागू हुने गरी १५ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको छलफलपछि १६ गतेदेखि २२ गतेसम्म एक साता निषेधाज्ञा लागू गर्ने निर्णय भएको थियो । तर, मन्त्रिपरिषदको बैठकले त्यसलाई संशोधन गरी दुई साता लम्ब्याएको छ ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली जनजीवन ठप्प पार्ने निर्णय आफूहरूको रहर नभई वाध्यता भएको बताउँछन् । सरकारले लागू गर्ने प्रावधानहरूबाट मात्रै कोरोना नियन्त्रण नहुने र व्यक्ति आफैं सचेत बन्नुपर्ने उनको भनाइ छ ।

    यसको कार्यान्वयनका विषयमा नेपाल प्रेस डटकमका लागि केशव भुलले काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसँग कुराकानी गरेका छन् । पराजुलीसँग गरिएको कुराकानीको सम्पादित अंश नेपाल प्रेसको नेपाल टकमा ।

    निषेधाज्ञा त जारी भयो, यसको कार्यान्वयन कसरी गरिरहनुभएको छ ?

    यसमा कार्यान्वयन गर्ने जिम्मेवारी प्रशासनको मात्र होइन, सबैको हो । त्यसैले हामीले निषेधाज्ञालाई कार्यान्वयन गर्नका लागि सबै पक्षलाई अनुरोध गरेका छौं । किनभने यो स्वयम् व्यक्ति नै सचेत हुने विषय हो ।

    अब अहिले किन निषेधाज्ञा भन्ने कुरा आम नागरिकले र सरोकारवालाले पहिले बुझ्नुपर्छ । कोरोना संक्रमण दर घटाउनका लागि, रोग नियन्त्रणका लागि र भीडभाड कम गर्नका लागि हामीले यो निषेधाज्ञा जारी गरेको हो । त्यसैले स्वयम् व्यक्ति सचेत भएर अनावश्यक भीडभाडमा नजाने, अत्यावश्यक कामबाहेक बाहिर ननिस्किने, अनिवार्यरूपमा स्वास्थ्यका मापदण्ड पालना गर्ने, मास्क अनिवार्य रूपमा लगाउने, भौतिक दूरी कायम गर्ने गर्नुपर्छ ।

    बिहान अत्यावश्यक सामग्री खरिद गर्न जाँदा भौतिक दूरी कायम गर्ने लगायतका मापदण्डको पूर्ण पालना गर्नुपर्‍यो । अन्य अनावश्यक गतिविधि नगर्न र अनावश्यक भीडभाडमा नजानका लागि पनि हामी आग्रह गर्दछौं । यो हामीले भनेर मात्र होइन कि स्वयम् नागरिकले नै पालना गर्नुपर्ने विषय हो ।

    हामीले निषेधाज्ञा पालना भएको छ कि छैन भनेर अनुगमन गर्ने मात्र हो । त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी पनि परिचालनको व्यवस्था मिलाएका छौं । माइकिङको पनि व्यवस्था गरेका छौं । सबै नगरपालिका तथा गाउँपालिकालाई पनि हामीले निशेधाज्ञा कार्यान्वयनका लागि अनुरोध गरेका छौं । प्रहरीको पनि व्यापक रूपमा गस्ती गर्ने गरी परिचालन गरेका छौ । त्यसमार्फत सचेतना अभियान फैलाउने, अनुगमन गर्ने काम पनि हुन्छ ।

    अब आन्तरिक र बाह्य उडान के गर्ने र त्यहाँका यात्रुलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा गृहकार्य आवश्यक छ । सार्वजनिक यातायातका साधनलाई रोक लगाएको अवस्थामा आन्तरिक उडान सुचारु राख्दा त्यसका यात्रुलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती पनि छ । यी सबै कुरालाई हामीले सुझावका रूपमा लिएका छौं र सम्बन्धित निकायमा जानकारी पनि गराइसकेका छौं ।

    भीडभाड गर्नेलाई, मास्क नलगाउनेलाई पनि होल्ड गर्ने, नियन्त्रणमा लिने, जरिवाना गर्ने लगायतका काम पनि गर्छौं । यसमा सबै पक्ष जिम्मेवार भइसक्नुभएको छ । मलाई नै हिजो अस्ति तपाईंहरूले निशेधाज्ञा जारी गर्न किन ढिलो गर्नुभयो ? कोरोनाको संक्रमणदर एकदमै उच्च भइसकेको छ भनेर फोनमार्फत पनि सुझाव आइरहेको छ । त्यसो भएको हुनाले अहिलेको निषेधाज्ञा पूर्णरूपमा कार्यान्वयन हुन्छ भन्ने हामीले अपेक्षा गरेका छौं ।

    विगतमा कडा लकडाउन गर्दा पनि कोरोना फैलिन रोकिएन । अहिले फेरि त्यही असफल प्रयोग किन दोहोर्‍याउनुभएको ?

    यो हाम्रो रहर त होइन नि । यो त हामी सबैको बाध्यता हो । अहिले कोरोनाको संक्रमण दर नबढेको भए, अवस्था सामान्य भएको भए त निषेधाज्ञा जारी गर्नुपर्ने नै थिएन नि ।

    अब अहिले स्वास्थ्य अवस्था एकदमै भयावह भएको, अस्पतालमा बेडको अभाव र बिरामीको संख्या दैनिक वृद्धि, तथा औषधीउपचार गर्न नसकिने अवस्था आइरहेको छ । त्यसैले यो महामारीले ठूलो रूप नलियोस् भनेर सबैको सल्लाह, सुझावअनुसार नै निषेधाज्ञा जारी गरेको हो नि त ।

    यसअघि भएको लकडाउन र अहिलेको निषेधाज्ञामा फरक चाहीँ के हुन्छ ?

    अहिले आन्तरिक उडान र बाह्य उडान स्थगित गरिएको छैन । गत वर्ष भने सबै बन्द गरिएको थियो । फेरि गत वर्ष एकैपटक मुलुकभर नै लकडाउन गरिएको अवस्था थियो ।

    जस्तो अहिले काठमाडौं, भक्तपुर र ललितपुरले एकसाथ निषेधाज्ञा जारी गर्‍यौं तर, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोकमा त्यो अवस्था छैन । त्यसैले गत वर्षभन्दा यस वर्ष धेरै फरक छ । जहाँ कोरोनाको संक्रमणदर तीव्ररूपमा बढेको छ, त्यहाँ मात्र निषेधाज्ञा जारी गरिएको छ ।

    उपत्यकाको सीमा नाकासम्म मात्र निषेधाज्ञा जारी मात्र भएकाले नाकासम्म सजिलै आउन सक्ने भए । त्यसपछि पैदलबाटै प्रवेश गर्ने बाटो त खुला रह्यो नि ?

    यो विषयमा मैले गृह मन्त्रालय र विशेषगरी गृह सचिवलाई पनि अनुरोध गरिसकेको छु । थानकोटमा आएका यात्रुलाई अथवा जगातीमा आएका यात्रुलाई उताबाट आउनबाट रोक्न सक्ने अवस्था हुँदैन ।

    त्यसो भएको हुनाले हामीले बाहिरबाट यात्रु भित्रिने सीमादेखै नै कडाई गर्न खोजेका छौ । काठमाडौं उपत्यकामा अहिले भीडभाड गर्न, आवतजावत गर्न र सवारीसाधन उपत्यका प्रवेश गर्न रोक लगाएका छौं । यात्रु र सवारीको शुरूआती विन्दु जस्तै विराटनगर, वीरगञ्जबाट लामो दूरीका यात्रुवाहक सवारीसाधन र यात्रु आउनुभएन । यस्तै चितवन, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुली सबैले काठमाडौं उपत्यका प्रवेश गर्न नदिनका लागि त्यहीँबाट पहल गर्नुपर्ने हुन्छ । त्यो हामीले अनुरोध गरेका छौं ।

    मैले ७ वटै प्रदेशका मुख्यमन्त्री र अन्य जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग पनि त्यही अनुरोध गरेको छु । अहिले उपत्यका प्रवेशमा रोक लगाएको हुँदा त्यहाँबाट गाडी नछोड्न भनेका छौ । त्यसै अनुसार कार्यान्वयन हुन्छ ।

    बाहिरबाट काठमाडौं उपत्यकामा भित्रिनेले अनिवार्य आउनेलाई क्वारेन्टाइन बस्नुपर्ने भनिएको छ । यसको अनुगमन कसरी हुन्छ ?

    सबै क्वारेन्टाइनमा नै बस्नुपर्ने भन्ने पनि छैन । अहिले त होम आइसोलेसनमा पनि बस्न पाउने भनिएको छ । त्यसैले व्यक्ति आफै बढी सचेत हुनुपर्‍यो । अब कसैलाई रुघाखोकी लागेको छ, कोरोना संक्रमणको लक्षण देखिएको छ भने अरुलाई सार्नु भएन, आफै सचेत हुनुपर्‍यो । त्यस्तो सम्भावित व्यक्तिले लामो यात्रा पनि गर्नुभएन नि । यदि यात्रा गर्दागर्दै पनि बीच बाटोमा नै कुनै समस्या देखियो भने रोग नलुकाएरै आफैंले घोषणा गर्नुपर्‍यो र आइसोलेसनमा बस्नुपर्‍यो ।

    निषेधाज्ञा गरेर सरकार आरामले सुत्ने अनि नागरिकले दुःख पाउने प्रवृत्ति विगतमा देखिएको छ । यसपालि पनि त्यही त होला नि ?

    होइन, त्यस्तो हुँदैन । हो अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सेवा प्रभाव गर्न बन्द गरिएको छ । तर, तपाईंले हाम्रो कार्यालयमा छिर्दा (बुधबार) भीडभाड त उत्तिकै देख्नुभयो । हामीले आराम गरेर बसेका छौं त ? छैन नि ।

    आपूर्ति व्यवस्था पनि ठीक छ कि छैन, अरु के समस्या आउँछ भनेर र्‍यापिड रेस्पोन्स टिम बनाइएको छ । उद्योग मन्त्रालयमा पनि विभिन्न क्षेत्रका सहसचिवको एउटा टिम गठन भएको छ । गृह मन्त्रालयका सहसचिव, उद्योग मन्त्रालयका सहसचिव, वाणिज्य विभागको महानिर्देशक रहेको टिमले वाणिज्य-आपूर्ति लगायतको व्यवस्थापन हेर्नेछ । अन्य सरकारी संयन्त्रले पनि आ-आफ्नो क्षेत्रको अनुगमन गर्नेछन् । त्यसैले सरकारी संयन्त्र सुत्ने र नागरिकले दुःख पाउने भन्ने हुँदैन ।

    यसपटक निषेधाज्ञा गर्नु दुई दिन समय दिइयो । यो दुई दिन चाहिँ कोरोना सर्दैन भन्ने हो कि ? फेरि काठमाडौंबाट मानिसलाई गाउँ-गाउँ जान दिँदा कोरोना झन् देशव्यापी बन्दैन ?

    त्यस्तो पनि होइन । जनस्वास्थ्यका मापदण्ड पालना गरेर आफ्नो गन्तव्यमा जान दिनुपर्छ भन्ने मान्यता हो । फेरि १० दिन १५ दिन निषेधाज्ञा भयो भने मान्छेको रोजीरोटी गुम्ने, दैनिक ज्यालादारी गर्नेले के खाने के भन्ने चिन्ताको कुरा पनि हुन्छ । लामो समय निषेधाज्ञा भयो भने समस्यामा परेका सबैलाई सहयोग गर्न सक्ने अवस्था पनि नहुन सक्छ ।

    यदि कोही कसैलाई विदेश जानुपर्ने भयो तर राहदानी नवीकरण भएको छैन भने त्यो पनि गरिदिन्छौं, त्यो त्यति ठूलो कुरा पनि भएन । तर, अब अहिले विदेश जान सबै रोकिएको हुनाले नागरिकताको त्यति जरुरी पर्छ जस्तो लाग्दैन । यदि त्यस्तो केही समस्या पर्‍यो भने त्यो समस्याको सम्बोधन हामी गर्छौं ।

    त्यसैले आफ्नो घरबाट टाढा रहेर काम गर्नेलाई घरसम्म पुग्ने मौका पनि त दिनुपर्यो नि । अघिल्लोपटक एकाएक लकडाउन घोषणा गर्दा नागरिकले विभिन्न समस्या भोग्नु परेको तपाईं-हामीलाई थाहा नै छ नि । त्यसैले जानेले पक्कै पनि आफ्नो र घर/परिवारको ख्याल गरेर, जनस्वास्थ्यका मापदण्ड पालना गरेरै जानुभएको होला ।

    घर-घरमा गएर पक्कै पनि क्वारेन्टाइन र आइसोलेसनमा उहाँहरू बस्नुहुनेछ भन्ने आशा छ । बस्नका लागि म अनुरोध गर्दछु । त्यसैले गन्तव्यमा जान दियो भन्दैमा कोरोना फैलाएको भन्ने होइन, बरु कसरी फैलन नदिने भन्नेतिर सबैले ध्यान दिनुपर्छ र सबै सचेत हुनुपर्छ ।

    हवाई यातायात सञ्चालन छ, सडक यातायातमात्र बन्द गरिएको छ । हुनेखाने नागरिक यताउता जान सक्ने तर सामान्य नागरिक जान नपाउने देखियो । यस्तो विभेद किन ?

    तपाईंको कुरा एक हिसावले ठीकै हो । तपाईंले दिएको जस्तो सुझावलाई हामी ग्रहण गर्छौं र यो कुरा सम्बन्धित निकायसम्म जानकारी पनि गराएका छौ ।

    अब आन्तरिक र बाह्य उडान के गर्ने र त्यहाँका यात्रुलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा गृहकार्य आवश्यक छ । सार्वजनिक यातायातका साधनलाई रोक लगाएको अवस्थामा आन्तरिक उडान सुचारु राख्दा त्यसका यात्रुलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती पनि छ । यी सबै कुरालाई हामीले सुझावका रूपमा लिएका छौं र सम्बन्धित निकायमा जानकारी पनि गराइसकेका छौं ।

    निषेधाज्ञाका कारण दैनिक ज्यालादारी मजदुरले रोजगारी गुमाउनेछन् । उनीहरूलाई कसले हेर्ने ? रोगले भन्दा भोकले मर्ने अवस्था त नआउला ?

    हामीले समस्यामा परेका नागरिकलाई निःशुल्क खाना खुवाउने व्यवस्थाका लागि तयारी गर्न सबै स्थानीय तहलाई भनिसकेका छौं । अघिल्लो वर्ष विभिन्न सामाजिक संघ-संस्थाले खाना खुवाएको अवस्था थियो ।

    अहिले सबैभन्दा ठूलो कुरा रोग नै हो । भोग मेट्नका लागि त मानिसले चामल पनि खान सक्छ, दाल पनि खान सक्छ । तर, रोगको उपचार भएन भने मृत्युवरण नै गर्नुपर्छ । त्यसैले भोकभन्दा पनि रोगबाट कसरी बच्ने र बचाउने भन्ने नै मुख्य कुरा हो ।

    निषेधाज्ञा जारी भएको दिनदेखि जिल्ला प्रशासन कार्यालयमा अनुमति लिनेको घुइँचो छ । यसमा पनि पहुँचवालाले अनुमति लिएर हिँडडुल गर्ने र पहुँच नहुने मात्रै घरमा थन्किने अवस्था विगतमा देखियो । यसपाली पनि त्यस्तै त होला नि ?

    होइन, अहिले हामीले सबैको निवेदन लिइरहेका छौ । तर, अब अहिले अनुमतिलाई सकेसम्म निरुत्साहित नै गरेका छौ । जस्तै अब तपाई एउटा सञ्चारकर्मी हुनुहुन्छ, तपाईंलाई आफ्नै परिचय पत्रका आधारमा आवतजावत गर्न दिने भनेका छौ । कर्मचारीलाई आफ्नै परिचय पत्रका आधारमा आवतजावत गर्न दिने भनेका छौ । त्यसैले सबैलाई अनुमति दिएर हुँदैन ।

    हामीले अनुमति दिने विषयमा पनि सीमा तोकेका छौ । त्यसमा अब अत्यावश्यक परेको व्यक्ति सानो होस् वा ठूलो होस्, त्यसलाई हामीले समान रूपमा नै अनुमति दिन्छौं र दिइरहेका पनि छौं । त्यस्तो भेदभाव भएको पनि छैन र हुन पनि दिँदैनौ हामी ।

    आदेशको पहिलो बुदाँमा विवाह गर्नका लागि अनुमति जरुरी छैन भनिएको छ । यही बुदाँको पनि दुरूपयोग नहोला भन्ने के छ र ?

    होइन, अब कोही व्यक्तिले हिँडडुल गर्नकै लागि नक्कली बिहे त के गर्ला र ?

    नक्कली बिहे नगरे पनि बिहेको बहाना त गर्न सक्ला नि ?

    नक्कली विवाह गरेर, गाडी रिजर्व गरेर जान त्यति सजिलो छैन । जस्तै दुलाहा-दुलही बनाउन पर्‍यो, उनीहरूको ड्रेस र गरगहना बनाउन पर्‍यो । दुलहा र दुलही हो/होइन भन्ने कुरा प्रष्ट चिनिन्छ पनि । नक्कली र सक्कली के हो भनेर प्रहरीले चेकजाँच गरिहाल्छ नि । त्यसैले नक्कली भेटियो भने कारवाही हुन्छ ।

    सार्वजनिक सवारीसाधन बन्द भएपछि मान्छेले पैदल यात्रा गर्न पाउने कि नपाउने ?

    पैदल यात्रा त गर्न पाउने भए । तर, काम नै नभइ यत्तिकै पैदल यात्रा गर्न पाउने कुरा भएन । काम विशेषले मात्र गर्न पाइन्छ । जस्तो बिहानको समयमा हामीले अत्यावश्यक सामग्री तरकारी, फलफूल, खाद्यान्न खरिद गर्नका लागि ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्मको समय छुट्याइदिएका छौं । त्यो बीचमा हामी हिँडडुल गर्न दिन्छौं ।

    अन्य अवस्थामा प्रहरीले अनुगमन गरिदेला । प्रहरीले अनुगमन नगरेको ठाउँमा रोग त फैलिन्छ नि । अरु जेसुकै भए पनि व्यक्ति नै सचेत हुनुपर्‍यो । अनावश्यक भीडभाडमा जानु भएन । यदि गयो भने प्रहरीले होल्ड गर्ने, जरिवाना गर्ने र नियन्त्रण गरेर कारवाही गर्ने काम गर्छ ।

    छोटो समयका लागि मात्रै पसल खोल्दा भीडभाड भएर झन् कोरोना फैलिने डर हुँदैन ?

    होइन, बिहान हामीले ६ बजेदेखि १० बजेसम्म भनेपछि ४ घण्टाको समय दिएका छौं । यो पनि किनमेल गर्नका लागि पर्याप्त समय हो नि । ४ घण्टा पसल खुल्छ भने खाली भएको समयमा पनि आउन सकियो नि । त्यसैले किन बिहान ६ बजे नै भीड लाग्न पर्‍यो र ? बिहान भीडभाड नै भयो भने पनि साँझ ५ बजेदेखि ७ बजेसम्म जाँदा भयो ।

    अत्यावश्यक सामग्री बोक्ने बहानमा वा प्रेस पासको दुरूपयोग हुने सम्भावना कति देख्नुभएको छ ?

    यसमा पनि अनुगमन हुन्छ । हामीले प्रहरीलाई भनेका छौं । मलाई मिडियाको नक्कली परिचय पत्र जारी भएको खबर आएको छ । अब हामी सबै मिडियालाई तपाईंका कति जना कर्मचारी छन् भनेर विवरण माग्छौं । र त्यसलाई प्रमाणित गर्छौं । अनि त्यो विवरण प्रहरीलाई उपलब्ध गराउँछौं । यदि नक्कली भेटियो भने किर्तेमा कारवाही गर्छौं ।

    प्रहरीले सडकमा नै नक्कली र सक्कली कसरी छुट्याउँछ ?

    जस्तै तपाईंले नै काम गर्ने नेपाल प्रेस छ नि । तपाईंको परिचय पत्र आधिकारिक संस्था नेपाल प्रेसबाट नै जारी भएको हो कि होइन भनेर हामी प्रमाणित गछौ । अनि हामी मिडियामा पनि बुझ्छौ तपाइको कर्मचारी हो कि होइन भनेर । त्यो व्यक्तिको हाजिरी जेकजाँच गर्छौं । यदि वास्तविक कर्मचारी हो भने नियमित हाजिर भएको होला । उसको विवरण होला । उसले नियुक्ति पत्र प्राप्त गरेको होला । यति सबै कुरा बुझ्दा भेटिएन भने त्यो नक्कली परिचय पत्र जारी गर्ने व्यक्ति को हो, उसको खोजी गरेर किर्ते र अन्य प्रचलित कानूनअनुसार कारवाही गर्छौं ।

    निषेधाज्ञाका बीच जिल्ला प्रशासन लगायत अन्य कार्यालयबाट के-कस्ता सेवा प्रवाह हुन्छन् ?

    शान्ति सुरक्षा, मुद्दा-मामला तथा अत्यावश्यक सिफारिस हामी अहिले पनि गरिरहेका छौं । अरु हामीले जारी गर्ने भनेको त्यही राहदानी हो, नागरिकता हो । यदि कोही कसैलाई विदेश जानुपर्ने भयो तर राहदानी नवीकरण भएको छैन भने त्यो पनि गरिदिन्छौं, त्यो त्यति ठूलो कुरा पनि भएन । तर, अब अहिले विदेश जान सबै रोकिएको हुनाले नागरिकताको त्यति जरुरी पर्छ जस्तो लाग्दैन । यदि त्यस्तो केही समस्या पर्‍यो भने त्यो समस्याको सम्बोधन हामी गर्छौं ।

    निषेधाज्ञाको पालना नगर्नेलाई के-कस्तो कारवाही हुन्छ ?

    स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐन २०२० अनुसार नै कारवाही हुन्छ । त्यसमा जरिवानाको व्यवस्था छ, कैदको व्यवस्था छ, सचेत गराउने व्यवस्था छ । त्यही नै हो ।

    अत्यावश्यक अवस्थामा सवारीसाधन चलाउनुपर्दा जिप्रकाले कसरी सहयोग गर्छ ?

    त्यस्तो व्यक्तिको हकमा हामी यातायात व्यवसायी संघसँग समन्वय गरेर आवश्यक व्यवस्था मिलाउने सोचमा छौं । त्यसको व्यवस्थापन पनि हामी गर्छौं ।

  • साउदीबाट काठमाडौं आएको हिमालय एयरको जहाजमा कोरोना संक्रमित फेला

    साउदीबाट काठमाडौं आएको हिमालय एयरको जहाजमा कोरोना संक्रमित फेला

    काठमाडौं । हिमालय एयरलाइन्सको जहाज चढेर साउदी अरबियाको दमाङबाट काठमाडौं आएका एक यात्रुलाई कोरोना संक्रमण देखिएको छ ।

    विमानबाट ओर्लिएका यात्रुलाई स्वास्थ्य परीक्षण गर्दा संक्रमण पाइएपछि उनलाई अस्पताल लगिएको छ ।

    दिउँसो १२:३९ मा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाइट नम्बर एच ९-५६६ कलसाइनको सो जहाजमा १३७ यात्रु रहेको बताइएको छ ।

    संक्रमितको वरपरका पाँचवटा रोको सिटमा रहेका २२ जनालाई आइसोलेसनका लागि सीधै होटल लगिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले नेपाल प्रेसलाई जानकारी दिए ।

  • पूर्वसभामुख ढुंगानालाई कोरोना संक्रमण

    पूर्वसभामुख ढुंगानालाई कोरोना संक्रमण

    काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगाना कोरोना संक्रमित भएका छन्। आफू संक्रमित भएको जानकारी ट्वीटरमार्फत दिँदै उनले सावधानी अपनाउँदा अपनाउँदै पनि संक्रमित भए पनि त्यस्तै असहज नभएको र आफ्नो ख्याल गरिहेको उल्लेख गरेका छन्।

    ‘सावधानी अपनाउन सतर्क रहँदा रहँदै कोभिड-१९ को नयाँ लहरले मलाई पनि गाँज्यो,’ उनले लेखेका छन्, ‘उस्तो अप्ठ्यारो त भएको छैन, आफ्नो ख्याल गरिरहेको छु । समुदायस्तरमा फैलिसकेको यो महामारी नियन्त्रणका उपाय सरकारले गर्दै छ त ?’

    ढुंगानाले समुदायस्तरमा फैलिसकेको महामारी नियन्त्रणमा सरकारले गरिरहेको प्रयासबारे जिज्ञासासमेत राखेका छन् ।

  • अक्सिजन लेवल घटेपछि पूर्वरानी कोमललाई आईसीयू सारियो

    अक्सिजन लेवल घटेपछि पूर्वरानी कोमललाई आईसीयू सारियो

    काठमाडौं । कोरोना संक्रमण भएर उपचाररत पूर्वरानी कोमललाई नर्भिक अस्पतालको आईसीयूमा सारिएको छ । अक्सिजन लेवल घटेपछि हिजो राति आईसीयू सारिएको अस्पताल स्रोतले जानकारी दियो ।

    दिल्लीबाट फर्केलगत्तै कोभिड संक्रमण देखिएपछि चार दिनअघि पूर्वराजा ज्ञानेन्द्र र रानी कोमल नर्भिक अस्पताल भर्ना भएका थिए । लगत्तै पूर्वअधिराजकुमारी प्रेरणा पनि संक्रमण भएर सोही अस्पताल भर्ना भएकी छन् ।

    अहिले पूर्वराजा ज्ञानेन्द्र र छोरी प्रेरणाको स्वास्थ्य भने स्थिर रहेको अस्पताल स्रोतले जनाएको छ । यद्यपि, पूर्वराजा पनि अक्सिजन सपोर्टमा नै छन् ।

    ‘पूर्वरानीलाई अक्सिजन बढाउनुपरेकोले आईसीयूमा सारिएको हो,’ स्रोतले भन्यो ‘अहिले उहाँको अक्सिजन लेवल ८७ को आसपास छ ।’

    सामान्यतया अक्सिजन लेवल ९४ देखि १०० सम्म हुनुलाई स्वस्थ मानिन्छ । कोरोना संक्रमितको अक्सिजन लेवल लगातार ९० भन्दा तल झर्‍यो भने त्यसलाई चिन्ताका रूपमा लिने गरिन्छ ।

  • रुपन्देहीमा १५ दिन र पाल्पामा एक साता निषेधाज्ञा

    रुपन्देहीमा १५ दिन र पाल्पामा एक साता निषेधाज्ञा

    रुपन्देही । रुपन्देहीमा १५ दिन निषेधाज्ञा जारी भएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि मंगलबार जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकले कम्तिमा १५ दिन निषेधाज्ञा जारी गर्न जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको थियो ।

    संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले सर्वदलीय बैठकको सुझावअनुसार वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा बिहीबार बिहान ६ बजेदेखि वैशाख २९ गते बिहान ६ बजेसम्म लागू हुनेछ ।

    उद्योगी व्यवसायी, स्थानीय तह, राजनीतिक दलहरुसँग चरणबद्ध रुपमा छलफल गरे पछि प्रशासनले निषेधाज्ञा जारी गर्ने निष्कर्षमा पुगेको थियो । निषेधाज्ञा कडाइकासाथ लागू गरिने र उल्लङ्घन गर्नेलाई संक्रामक रोग ऐन २०२० को उपदफा २ बमोजिम कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।

    निषेधाज्ञा अवधिमा औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन पाइने छैन । अतिआवश्यक सवारी साधनलाई मात्र संचालन गर्न दिइने छ । जसमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत्, दमकल, संचार, भन्सार, क्वारेन्टाइन फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधनहरु छन् । त्यसैगरी आवश्यक बाहेकका पसल व्यवसाय बन्द गरिने पौडेलले बताए ।

    अहिले रुपन्देहीमा कोरोना संक्रमण तीव्ररुपमा बढेको छ । सक्रिय संक्रमित नै दुई हजार बढी पुगेका छन् । सक्रिय संक्रमितका कारण जिल्लाका सरकारी तथा प्राइभेट अस्पतालका आईसीयू, भेन्टिलेटर, जनरल र अक्सिजनसहित एचडी वार्डहरु भरिएका छन् ।

    पाल्पामा एकसाता निषेधाज्ञा

    कोरोना संक्रमण बढ्दै गएपछि पाल्पामा वैशाख १८ गतेदेखि एक हप्ता निषेधाज्ञा जारी हुने भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी पाल्पाको बैठकले बैशाख १८ गतेदेखि २४ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । नयाँ भेरियन्टको कोरोना संक्रमण पाल्पामा समेत तीव्र रुपमा फैलिएकाले निषेधाज्ञा गर्न लागिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए ।

    निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन पाइने छैन । अत्यावश्यक दैनिक उपभोगका खाद्य सामग्री, दूध, फलफूल, तरकारी, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीका पसलहरु दिनमा एकपटक बिहान ६ बजेबाट ११ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

    निषेधाज्ञामा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन फोहर मैला व्यवस्थापन इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधनहरु सञ्चालन गर्न पाइने उल्लेख छ ।

  • एमालेका तीन केन्द्रीय नेतामा संक्रमण, प्रधानमन्त्री पनि ‘कन्ट्याक्ट ट्रेसिङ’ मा ?

    एमालेका तीन केन्द्रीय नेतामा संक्रमण, प्रधानमन्त्री पनि ‘कन्ट्याक्ट ट्रेसिङ’ मा ?

    काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी तीन नेतामा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका छन् ।

    स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी तथा केन्द्रीय सदस्यद्वय खिमलाल भट्टराई र विष्णु रिजालमा संक्रमण पुष्टि भएको छ । रायमाझी प्रधानमन्त्री ओलीसहित एमालेका शीर्ष नेताहरूको पछिल्लो लहरमा बसेका थिए ।

    उनलाई उपचारका लागि सैनिक अस्पतालमा राखिएको छ । भट्टराई र रिजाल भने होम आइसोलेसनमा छन् । वैशाख १० गते एमालेको महाधिवेशन आयोजक कमिटी बैठक बसेको थियो ।

    रिजाल र भट्टराईले मंगलवार आफूहरू संक्रमित भएको खुलाएका छन् । रायमाझीलाई भने सोमवारै संक्रमण पुष्टि भएको थियो । यद्यपि बैठक सकिएको दुई तीन दिनपछिमात्र ती नेताहरुमा संक्रमण दखिएकाले सबै नेताहरू ‘कन्ट्याक्ट ट्रेसिङ’ मा नपर्ने बताइएको छ ।

    रायमाझी त्यसपछिको मन्त्रिपरिषद् बैठकमा पनि सहभागी थिए ।

    संक्रमण पुष्टि भएका तीनै जना नेता धेरै जनसम्पर्क भएका र शीर्ष नेतृत्वसँग बाक्लै भेटघाटमा रहनेमा पर्छन् । एमाले नेता तथा गण्डकी प्रदेश सभा सदस्य राजीव पहारी र प्रभा कोइरालालाई पनि संक्रमण पुष्टि भएको छ ।

  • रुपन्देहीमा निषेधाज्ञा गर्न डीसीएमसीको सिफारिस

    रुपन्देहीमा निषेधाज्ञा गर्न डीसीएमसीको सिफारिस

    रूपन्देही । कोरोना सक्रिय संक्रमित १४ सय पार गरेपछि रूपन्देहीमा वैशाख १६ गतेबाट निषेधाज्ञा लगाउन जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले सिफारिस गरेको छ।

    केन्द्रको बैठकले वैशाख १६-२९ गतेसम्म निषेधाज्ञा लगाउने गरी सिफारिस गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी विजय पौडेलले जानकारी दिए ।

    ‘१६ गते बिहान १ बजेदेखि वैशाख २९ गतेसम्म निषेधाज्ञा लगाउने सिफारिस गरिएको छ । यसको औपचारिक निर्णय भने बुधबार हुनेछ ‘, पौडेलले भने ।

    उद्योगी व्यवसायी, स्थानीय तह, राजनीतिक दलहरुसँग चरणबद्ध रुपमा छलफल गरेर निष्कर्ष निकालेको उनले बताए ।

    निषेधाज्ञा अवधिमा औषधी उपचार र अन्य अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नदिइने भएको छ । अति आवश्यक सवारीसाधनलाई मात्र सञ्चालन गर्न दिइने सिफारिस केन्द्रले गरेको छ ।

  • ‘अहिलेकै अनुपातमा संक्रमण बढे नियन्त्रण गर्न मुस्किल छ’

    ‘अहिलेकै अनुपातमा संक्रमण बढे नियन्त्रण गर्न मुस्किल छ’

    सुर्खेत। विकट कर्णाली प्रदेशमा पनि दिनानुदिन कोरोना संक्रमित बढिरहेका छन् । सामान्य स्वास्थ्योपचारका लागि समेत अनेक सास्ती खेपिरहेका कर्णालीबासीलाई कोरोना कहरले झन् सताएको छ । कर्णालीमा कोरोना नियन्त्रण र संक्रमितको उपचारलगायत विषयमा कर्णाली स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्कासँग नेपालप्रेसकर्मी शेरबहादुर थापाले गरेको कुराकानीः

    कर्णालीमा कोरोना संक्रमणको अवस्था के छ ?

    जोखिम बढदै गइरहेको छ । भारतसँग सिधा नाका नजोडिए पनि कर्णालीबाट काम गर्न गएकाहरु फर्कने क्रम बढ्दो छ । भारतको संक्रमित क्षेत्रबाट फर्किएकाहरुबाट समुदायस्तरमा कोरोना संक्रमण हुने खतरा ज्यादा छ ।

    कर्णालीमा अहिलेसम्म करिब ८ हजारमा संक्रमण देखिएको छ । प्रदेश अस्पताल कालागाउँमा २२ जना आइसीयुमा भर्ना भएका छन् ।

    सुर्खेतमा मात्रै तीन सय पाँच जना होम आइसोलेसनमा छन् । ३२ जना संस्थागत आइसोलेसनमा बसिरहेका छन् । तीन जना भेन्टिलेटरमा रहेर उपचार गराइरहेका छन् ।

    अस्पतालमा कोरोना संक्रमितको चाप कतिको छ ?

    पछिल्ला दिनमा विरामीको चाप अत्यधिक बढेको छ । दिन दुगुणा, रात चौगुणाका दरले संक्रमित थपिएका छन् । यहीं अनुपातमा संक्रमित बढेमा नियन्त्रण गर्न मुस्किल पर्ने देखिन्छ । उपचार गर्न पनि कठिन हुनेछ ।

    कसरी व्यवस्थापन मिलाउने प्रयास भएको छ त ?

    विगतमा रुकुम पश्चिमको चौजहारी अस्पताल, दैलेख जिल्ला अस्पताल, जुम्ला र सुर्खेतमा पिसिआर मेसिन जडान गरेका थियौं । त्यहाँ कोरोना जाँच धेरै कम भइरहेको थियो ।

    संस्थागत आइसोलेसन पनि हामीले सञ्चालनमा ल्याएका छौं । कालिकोट, दैलेख, सल्यानलगायतका जिल्लामा यस्ता आइसोलेसन सेन्टर निर्माण गरेका छौं ।

    हामीले दशै जिल्लामा सकेसम्म कोरोना नियन्त्रणका लागि अथक मेहनत गर्दै आइरहेका छौं । निर्देशनालयले सकेसम्म कोभिड विरामीको उपचारमा समस्या नआओस भनेर लागि परेको छ ।

    समूदायमा कोरोना फैलिसकेपछि अब हाम्रो ध्यान भनेको उपचार प्रणालीलाई व्यवस्थित बनाउने भन्ने नै छ । प्रदेश भरिमा १४०० बेडहरु उपलब्ध छन् । आइसीयू ६२ वटा, ३४ वटा भेन्टिलेटर उपलब्ध छ ।

    जुम्लाको, चौरजहारी र प्रदेश अस्पताललाई कोभिड अस्पतालको रुपमा सरकारले घोषणा गरिसकेको छ । यसका अलावा अन्य जिल्लामा रहेका जिल्ला अस्पताल, मेहलकुना अस्पताल र दुल्लु अस्पतालमा पनि कोरोनाका रोगीहरुको उपचार गर्ने व्यवस्था गर्ने पिसिएमसीले निर्णय गरेको छ ।

    त्यहाँ सामान्य लक्षण भएका विारमीहरुको उपचार हुनेछ । गम्भीर खालका विरामीहरुका हकमा तीन वटा अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाएका छौं ।

    जाँचको दायरा फराकिलो, बनाएका छौं । विरमीको सम्पर्कमा आएकाहरुको जाँच गर्ने गरेका छौं । चारवटामध्ये अहिले प्रदेश अस्पताल कालागाउँमा मात्रै ल्याब संचालन गरिरहेका छौं ।

    यसका अलावा एन्टिेजेन सबेै जिल्लामा पठाइसकिएको छ । आइसोलेसन वार्ड अहिले सात सय छन् । सुर्खेतमा दुई सय, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई सय र बाँकी अन्य जिल्लामा गरी सात सय वेड थप्ने निर्णय भएको छ ।

    अबको मुख्य चुनौती के हो ?

    अहिले हामीलई अक्सिजनको चुनौती छ । मिनि अक्सिजन प्लान्ट सबै जिल्लामा स्थापना भएका छन् । टेलिमेडिसिन र हटलाईन सेवा सुरु गर्ने भएका छौं ।

    अहिले हामीलाई जनशक्तिको पनि अभाव छ । आवश्यक जनशक्ति सञ्चालनका लागि प्रदेश सरकारले थप कदम उठाउने बताएको छ ।

  • बाँकेमा ४७६ वटा नमुना परीक्षण गर्दा ३८३ जनामा कोरोना संक्रमण

    बाँकेमा ४७६ वटा नमुना परीक्षण गर्दा ३८३ जनामा कोरोना संक्रमण

    रूपन्देही । बाँकेको भेरी अस्पतालमा ४७६ वटा नमुना परीक्षण गर्दा ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    रिपोर्टकोे सोमबार साँझ सार्वजनिक हुनुपर्ने भएपनि अत्याधिक नमुना भएका कारण मंगलबार मात्र सार्वजानिक गरिएको भेरी अस्पतालले जनाएको छ ।

    बैशाखयता २४ घण्टा संकलन गरिएको नमुनामा यति धेरै संक्रमित थपिएको पहिलो रेकर्ड हो ।

    सोमबार भेरी अस्पतालको प्रयोगशालाबाहेक अन्य २ प्रयोगशाला र सिमा नाकाको एन्टिजेन परीक्षणबाट बाँकेमा २५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भेरीको समेत जोड्दा सोमबार मात्र बाँकेमा ६३९ नयाँ कोरोना संक्रमित थपिएका छन् । आज पनि उस्तै भिड लागेको छ ।

  • लुम्बिनीका अधिकांश अस्पताल भरिए, वैकल्पिक व्यवस्था गर्न माग

    लुम्बिनीका अधिकांश अस्पताल भरिए, वैकल्पिक व्यवस्था गर्न माग

    रुपन्देही । कोरोना संक्रमित बढेसँगै लुम्बिनीका अस्पताल भरिएका छन् । अस्पतालका बेड भरिएसँगै अस्पताल प्रशासन र चिकित्सकले वैकल्पिक व्यवस्थाको माग गरेका छन् ।

    लुम्बिनीका चार जिल्लामा संक्रमण बढी फैलिएको छ । बाँके, रुपन्देही, दाङ, बर्दियामा दिनहुँ जटिल प्रकृतिका संक्रमित थपिइरहेका छन् ।

    लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीका अनुसार प्रदेशमा हालसम्म ३४ हजार १२८ जना संक्रमित भएकोमा २७ हजार ८४१ जना निको भएका छन् । अहिले भेन्टिलेटरमा २१, आइसियुमा १८१, आइसोलेसनमा ७७४ जनाको उपचार भइरहेको छ । धेरै विरामी यहाँ आइसियु बेड कुरेर बसेका छन् ।

    संक्रमितमध्ये ५ हजार ५७४ जना होम आइसोलेसनमै बसेको तथ्यांक स्वास्थ्य निर्देशनालयले राखेको छ । लुम्बिनीमा अहिलेसम्म संक्रमणबाट ४९२ जनाको मृत्यु भएको निर्दशक डा. गिरीले जानकारी दिएका छन् ।

    लुम्बिनी प्रदेशमा कोरोना विशेष आइशोलेसन अस्पताल ४ वटा रहेका छन् जसमा बेड संख्या १९२ रहेको छ । अन्य आइसोलेसन अस्पताल ८ वटा छन् जहाँ ३३४ बेड संख्या रहेको छ । त्यसैगरी ८ वटा आइसोलेसन सेन्टरमा १८३ बेड संख्या व्यवस्थापन भएको छ । यसरी जम्मा ७०९ बेड सख्या रहेकोमा त्यो भन्दा निकै धेरै बिरामी भएकाले पनि व्यवस्थापन गर्न समस्या भएको हो ।

    लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै प्रभावित बनेको बाँकेमा सोमबार रातिसम्म २५ सय सकृय संक्रमित पुगेका छन् भने जिल्लाभित्रका ८९ र जिल्ला बाहिरका १०९ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

    बाँकेमा सबैभन्दा धेरै नेपालगन्ज उपमहानगरपालिका बढी प्रभावित क्षेत्र बनेको छ । बाँकेमा भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजले कोराना विशेष अस्पतालका रुपमा सेवा दिइरहेका छन् ।

    त्यसैगरी दोस्रो प्रभावित जिल्ला रुपन्देहीमा १४ सय सकृय संक्रमित पुगेका छन् । रुपन्देहीमा रहेका दुई कोरोना विशेष अस्पतालमा बिरामीले बेड भरिएका छन् ।

    बाँके र बर्दियामा लकडाउन, रुपन्देहीमा जोरविजोर

    कोरोना संक्रमणको हटस्पट बनेका क्षेत्र तथा जिल्लाहरुमा स्थानीय प्रशासनहरुले आवश्यक्ता अनुसार लकडाउन र निषेधआज्ञा लगाउन थालेका छन् ।

    लुम्बिनी प्र्रदेशको बाँके र बर्दियामा सोमबार रातिदेखि एकसाताका लागि लकडाउन शुरु भएको छ । संक्रमित विरामी बढ्दै गएको र उपचारका लागि अस्पतालहरुमा वेडको अभाव हुन थालेपछि संक्रमण नियन्त्रणका लागि लकडाउन र निषेधआज्ञा लगाउन बाध्य भएको प्रशासनले जनाएका छन् । आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्रले पाँच सय संक्रमित नाघेका जिल्लामा निषेधाज्ञाको विकल्प अघि सारेको थियो ।

    मंगलबारबाट रुपन्देहीमा सवारी संचालनको चापलाई कम गराउन जोरबिजोर प्रणाली लागू गरिएको छ ।

    स्वर्गद्वारी दर्शनमा रोक

    जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र प्युठानले अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणलाई स्वर्गद्वारी दर्शनमा रोक लगाएको छ ।

    कोरोना संक्रमण फैलिन नदिन उक्त निर्णय गरेको केन्द्रले जनाएको छ । आईतबार जिल्ला समन्वय समितिको सभाहल खलंगामा भएको बैठकले स्वर्गद्वारी आश्रममा नित्य पूजाबाहेक भक्तजन र पर्यटनलाई रोक लगाउने निर्णय भएको हो ।

    नवलपरासीमा पनि बेड अभाव, उपचारमा समस्या

    पश्चिम नवलपरासीमा कोरोनाका विरामी बढेपछि सोमबारबाट जिल्लामा उपचारमा समस्या भएको छ । धेरै जसो विरामी अक्सिजन आवश्यक पर्ने अवस्थामा अपस्ताल आउने गरेको र जिल्लामा अक्सिजनसहितको सुविधायुक्त आइसोलेसन नहुँदा कोरोना संक्रमतिका गम्भीर बिरामीहरुलाई उपचारमा समस्या भएको जनाइएको छ ।

    छिमेकी जिल्ला रुपन्देहीका कोरोना विशेष अस्पतालहरुमा समेत बेड अभाव हुँदा बिरामीहरु जिल्ला अस्पतालमा छट्पटाएर बस्नु पर्ने बाध्यता छ ।

    सोमबार बिहान कोरोना संक्रमितका गम्भीर बिरामी भइ आएका रामग्राम–९ का ४० वर्षीय युवालाई सुविधायुक्त अस्पतालमा पठाउन खोजिएपनि बेड अभावले पृथ्वीचन्द्र जिल्ला अस्पतालमा राखिएको छ । उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

    बिरामीलाई सामान्य अक्सिजन दिएर जिल्ला अस्पतालमा राखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होदाले बताए । भैरहवाको भीम अस्पताल र बुटवलको कोरोना विशेष अस्पतालमा गम्भीर बिरामीहरुको उपचार हुँदै आएको छ । दुवै अस्पतालमा सोमबार बिहानदेखि बेडको व्यवस्था गर्न अनुरोध गरेपनि बेड खाली नभएको जनाइएको छ ।

    पछिल्लो पटक १५ दिनको अवधिमा रामग्राम नगरपालिका क्षेत्रमा दैनिक जसो कोरोना संक्रमितको संख्या बढ्दै गएको छ भने यो अवधिमा रामग्राममा मात्र ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

     

     

     

  • ऊर्जामन्त्री रायमाझीलाई कोरोना, अस्पताल भर्ना

    ऊर्जामन्त्री रायमाझीलाई कोरोना, अस्पताल भर्ना

    रुपन्देही । गृहजिल्ला अर्घाखाँचीबाट फर्के लगत्तै उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

    गृहजिल्ला अर्घाखाँचीमा भएको एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किए लगत्तै मन्त्री रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
    उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको रायमाझीको सचिवालयले जनाएको छ।

    लक्षण सहितको कोरोना संक्रमण देखिएपछि मन्त्री रायमाझीले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भएर उपचार गराईरहेका छन् ।

  • दुई सयको नमूना परीक्षण गर्दा डेढ सयमा कोरोना

    दुई सयको नमूना परीक्षण गर्दा डेढ सयमा कोरोना

    रुपन्देही । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा संकलन गरिएका नमूनामध्ये ७५ प्रतिशतभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सोमवार पीसीआर परीक्षण गरिएका २०२ नमूनामध्ये १५२ जनामा कोरोना देखिएको हो ।

    दाङमा ६८२ मा कोरोना संक्रमण भएको छ ।

  • रुपन्देहीमा भोलिदेखि सवारी साधनमा जोरविजोर प्रणाली लागू

    रुपन्देहीमा भोलिदेखि सवारी साधनमा जोरविजोर प्रणाली लागू

    रुपन्देही । कोरोना संक्रमण बढ्न थालेपछि वैशाख १४ गतेदेखि रुपन्देहीमा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिने भएको छ ।

    आइतबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको बैठकले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि १४ वैशाखदेखि जिल्लाभित्र चल्ने सार्वजनिक तथा निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी अस्मान तामाङसहित जिल्लाका सबै स्थानीय तहका प्रमुखसँगको छलफलपछि जिल्लाभित्र सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गत आइतबार गरिएको थियो ।

    यता विद्यालयहरू बन्द र जिल्लामा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय भएपनि सीमाबाट भारत हुँदै आउने नेपालीहरूको पहिचान र परीक्षणमा सीमामा खटिएका स्वास्थ्यकर्मी गम्भिर नहुदाँ सङ्क्रमितहरू त्यतिकै भित्रिने सम्भावना रहेको छ ।

    बेलहिया नाकामा अहिले सिद्धार्थनगर नगरपालिकाका काम गर्ने स्वास्थ्यकर्मीसँगै संघले खटाएका स्वास्थ्यकर्मी भएपनि आफ्नो कामप्रति जिम्मेवार नहुँदा संक्रमणको दर अझै बढ्ने सरोकारवालाको चिन्ता छ ।

    पहिले अध्यागमन कार्यालय रहेको भवनमा अहिले २ बेड आइसोलेसनसहितको हेल्थ डेस्क स्थापना गरिएको छ । होल्डिङ्ग सेन्टर, एन्टिजेन परीक्षणको ब्यवस्था गरिएको छ । बेलहिया नाका हुँदै औसतमा दैनिक २ सय ५० जना लामो दूरीबाट आउने नेपालीहरु नेपाल प्रवेश गरिरहेका छन् ।

    २४ घण्टामा २ सय ६३ जना नयाँ कोरोना संक्रमित थपिए

    रुपन्देहीमा पछिल्लो २४ घण्टामा २ सय ६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवलमा ५९ महिला ६२ पुरुष, सिद्धार्थनगरनगरपालिकामा १९ महिला २३ पुरुष, तिलोत्तमा नगरपालिकामा २३ महिला ३१ पुरुष थपिएका हुन् ।

    त्यस्तै सियारी गाउँपालिकामा १ पुरुष २ महिला, देवदह नगरपालिकामा ५ महिला ६ पुरुष, मायादेवी गाउँपालिकामा २ पुरुष, सैनामैना नगरपालिकामा ४ महिला ८ पुरुषमा कोरोना संक्रमण देखिएको हो । यसैगरी ओमसतिया गाउँपालिकामा ३ महिला, कञ्चनमा २ महिला १ पुरुष, शुद्धोधनमा ४ पुरुष १ महिला, कोटहिमाईमा १ पुरुष र लुम्बिनी सांस्कतिक नगरपालिकामा ५ पुरुष र १ महिला गरी कुल २ सय ६३ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै जिल्लामा १ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । रुपन्देहीमा हालसम्म १ हजार ४ सय ४ जना संक्रिय संक्रमित रहेका छन् ।

  • कोरोनोका दोस्रो लहर भयावह बन्दै, सीसीएमसीको बैठक बोलाइयो

    कोरोनोका दोस्रो लहर भयावह बन्दै, सीसीएमसीको बैठक बोलाइयो

    काठमाडौं । पछिल्लो स्वास्थ्य संकटबारे कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बोलाइएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि सीसीएमसीका अध्यक्ष उपप्रधानमन्त्री ईश्वर पोखरेलले अपरान्ह बैठक बोलाएका हुन् ।

    यसअघि शनिवार प्रधानमन्त्री ओलीसहित बालुवाटारमा सीसीएमसीको विस्तारित बैठक बसेको थियो । सो बैठकमा स्वास्थ्य मन्त्रालयको प्रस्तावमाथि छलफल भएको थियो भने सीसीएमसीको तयारीबारे समेत ब्रिफिङ गरिएको थियो ।

    प्रधानमन्त्रीको आवश्यक निर्देशन र सुझावपछि बैठक बोलाइएको हो । सरकारले देशभर एकैपटक लकडाउन नगर्ने नीति लिएको छ । यसबाहेक संक्रमण नियन्त्रणका प्रभावकारी उपायबारे छलफल गरी केही क्षेत्रमा थप कडाई र केही सेवा क्षेत्र नियन्त्रित रुपमा चलाउने निर्णय हुन सक्ने बताइएको छ ।

    कोरोनाको दोस्रो लहर भयावह बन्न सक्ने भएकाले कडाइका साथ स्वास्थ्य मापदण्ड लागु गर्न प्रधानमन्त्रीले निर्देशन दिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । यही रूप जारी रहेमा धेरै गार्‍हो हुनसक्ने भएकाले अक्सिनका थप सिलिण्डर मगाउने काम भइरहेको उनले बताए ।

  • सुदूरपश्चिममा एकैदिन ६३ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिममा एकैदिन ६३ जनामा कोरोना संक्रमण पुष्टि

    कैलाली । सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १८३ जनाको स्वाब परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको अस्पतालमा सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

    सुदूरपश्चिम प्रदेशमा सबै भन्दा धेरै कैलालीमा संक्रमित फेला परेका छन् । कैलालीमा मात्रै ५३ जनामा संक्रममण पुष्टि भएको हो । धनगढीमा सबै भन्दा धेरै २९ जनामा संक्रमण पुष्टि भएको अस्पतालमा सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

    त्यस्तै कैलालीकै गोदावरीमा ६ जना, घोडाघोडीमा ८ जना, टीकापुरमा ४ जना, जानकीमा ४ जना, जोशीपुरमा १ जना र चुरेमा १ जना संक्रमित फेला परेका छन् ।

    कञ्चनपुरको पुनर्वासमा ५ जना, बेलौरीमा ३ जना र लालझाडिमा पनि १ जनामा संक्रमण पुष्टि भएको छ ।

    बैतडी नवदुर्गाका १ जनामा पनि संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

     

  • मास्क नलगाइ खुलेआम भीडभाडमा (फोटोफिचर)

    मास्क नलगाइ खुलेआम भीडभाडमा (फोटोफिचर)

    काठमाडौं । दिनप्रतिदिन कोरोना संक्रमण बढ्दो छ । सरकारले पनि अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, निस्कनै परे पनि भौतिक दूरी कायम गरी अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरेको छ । तर, काठमाडौंका व्यस्त सडक, बजारमा मास्क नलगाइ हिँड्ने थुप्रै भेटिन्छन् । भीडभाडमा मास्क नलगाइ हिँड्दा कोरोना संक्रमण झन् धेरै बढ्ने स्वास्थ्यकर्मीहरुले बताइरहेका छन् । कोरोनालाई हेलचेक्रयाइँ नगरी सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।

    हेर्नुहोस्, काठमाडौंका सडक तथा बजारको भीडमा मास्क नलगाइ हिँड्नेहरुः

            

     

     

  • भारतबाट आएका संक्रमितको मृत्यु

    भारतबाट आएका संक्रमितको मृत्यु

    कैलाली । अछाममा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

    साँफेबगर नगरपालिका–६ भागेश्वरका ६५ वर्षका एक पुरुषको आज मृत्यु भएको हो । उनी एक महिना अघि भारतको गुजरातबाट आएका थिए ।

    स्वास्थ्यमा समस्या देखिएपछि बयालपाटा अस्पतालमा आएका उनीमा बुधवार कोरोना संक्रमण पुष्टि भएको थियो । आज बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला अस्पताल अस्पतालका प्रमुख अतुल भारद्धावाजले जानकारी दिए ।

  • कोरोना संक्रमण देखिएपछि पूर्वराजारानी निर्मल निवासमा आइसोलेट, स्वास्थ्य सामान्य

    कोरोना संक्रमण देखिएपछि पूर्वराजारानी निर्मल निवासमा आइसोलेट, स्वास्थ्य सामान्य

    काठमाडौं । भारत भ्रमणबाट फर्केलगत्तै पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई कारोना संक्रमण देखिएको छ । उनीहरु दुवैजना निर्मल निवासमा ‘सेल्फ आइसोलेसन’ मा रहेका छन् ।

    आइतबार भारतबाट फिर्ता भएका पूर्व राजारानीले हिजो दिउँसो पीसीआर परिक्षणका लागि स्वाब दिएका थिए । आज ११ बजे उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो । पूर्वराजाका संवाद सचिव फणिराज पाठकले पूर्वराजारानी दुवैमा काेराेनाकाे लक्षण  भने नरहेकाे बताए ।

  • कोरोना जोखिम: सार्वजनिक यातायातमा नयाँ मापदण्ड लागू

    कोरोना जोखिम: सार्वजनिक यातायातमा नयाँ मापदण्ड लागू

    काठमाडौं । पछिल्ला दिनमा कोरोना महामारीको दोस्रो लहर बढेसँगै उपत्यकाको सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्डमा कडाइ गरिने भएको छ ।

    यातायात व्यवसायीसहित जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा बसेको बैठकमा कोरोना जोखिम वृद्धि भएको भन्दै सार्वजनिक सवारीसाधनमा महामारी नियन्त्रणका लागि ८ वटा मापदण्ड लागू गराउने निर्णय भएको हो ।

    जिल्ला प्रशासन कार्यलयका काठमाडौंमा सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले महामारीको जोखिमलाई मध्यनजर गर्दै सार्वजनिक यातायतमा स्वास्थ्य सुरक्षा मापदण्डमा कडाइ गर्ने निर्णय भएको बताए ।

    उनले भने, ‘पछिल्लो समय कोरोना संक्रमण वृद्धि भएकाले सार्वजनिक यातायतमा सिट क्षमता भन्दा धेरै यात्रु राख्न नपाउने र सबै यात्रुले अनिवार्य प्रयोग गर्नुपर्ने छ ।’

    अब सार्वजनिक यातायातमा यात्र गर्दा यात्रु आफैंले पनि कोरोनासँग सर्तक रहनु पर्ने उनको भनाइ छ ।

     

  • बाँकेमा कोरोना संक्रमण बढेपछि लकडाउन गर्ने तयारी

    बाँकेमा कोरोना संक्रमण बढेपछि लकडाउन गर्ने तयारी

    रूपन्देही । कोरोना संक्रमण दिनहुँ बढेपछि बाँकेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति लकडाउन गर्ने निश्कर्षमा पुगेको छ ।

    डीसीसीएमसीको आज बसेको बैठकले जिल्लामा कोरोना संक्रमणको महामारी रोकथामको निम्ति बैशाख ९ गतेबाट जिल्लामा ‘लकडाउन’ गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

    गत एक हप्ताबाट हरेक दिन सयौंको संख्यामा कोरोना संक्रमित थपिंदै गएपछि डीसीसीएमसीले लकडाउनको सिफारिस गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

    कोरोना संक्रमणको दर र त्यसबाट मृत्युदर समेत उच्च भएपछि सरोकारवालाहरुले बाँकेमा लकडाउन आवश्यक रहेको बताउन थालेका थिए ।

    ठूलो संख्यामा संक्रमित थपिने र त्यसमा पनि गम्भिर प्रकृतिको संक्रमितको संख्या उच्च भएपछि यतिबेला बाँकेका सबै कोरोना विशेष वार्डहरु भरिभराउ भएका छन् ।

    यस्तै मंगलबार भेरी अञ्चल अस्पतालमा १९३ जनाको पिसिआर परीक्षण गर्दा १८९ जनामा पोजेटिभ देखिएको छ ।

  • बालबालिकामा कोरोना देखिएपछि विराटनगरका विद्यालय एक साता बन्द

    बालबालिकामा कोरोना देखिएपछि विराटनगरका विद्यालय एक साता बन्द

    विराटनगर । विराटनगर महानगरपालिकाले एक साताको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

    विराटनगरमा कोरोना संक्रमण दर बढेसँगै नगरभित्रका विधालय एक साताको लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको मेयर भीम पराजुलीले जानकारी दिए । पछिल्लो समय विराटनगरमा २९ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।

    विराटनगर महानगरको शिक्षा समितिको बैठकले तत्काललाई एक साताका लागि महानगरभित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखाका प्रमुख दुर्गा खतिवडाले जानकारी दिए ।

    महानगरपालिकाको तथ्याङ्क अनुसार शनिबारसम्म विराटनगरमा १ सय ३८ जनामा कोरोना संक्रमण देखिएको थियो । तीमध्ये २९ जना २० वर्षमुनिका हुन् ।

    नयाँ संक्रमित ७ देखि २० वर्षसम्मका छन् । स्वास्थ्यमन्त्रालयको कोरोना संवेदनशील जिल्लाको सूचीमा मोरङ पनि छ ।

  • लकडाउनको हल्लाबाटै व्यवसायी आतंकित, मन्त्रालयपिच्छे फरक निर्देशन आएको गुनासो

    लकडाउनको हल्लाबाटै व्यवसायी आतंकित, मन्त्रालयपिच्छे फरक निर्देशन आएको गुनासो

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत बिहीबार एक सूचना जारी गर्दै १४ वटा जिल्लालाई कोरोनाको अति संवेदनशील सूचीमा राख्यो । ती जिल्लाहरुमा साँझ ७ बजेदेखि भीडभाड हुने व्यवसायहरू सञ्चालन नगर्न मन्त्रालयले आग्रह गरेको छ ।

    स्वास्थ्य मन्त्रालयको आग्रह वाध्यकारी होइन, तर यसले उद्योग-व्यवसायमा प्रभाव पर्न थालिसकेको छ । रेष्टुरेन्ट, क्लब, खेलकुद, पार्टी प्यालेस, जीम, सिनेमा हललगायत व्यवसाय अहिले प्रभावित बनिरहेका छन् । खासगरी रातिको समूहमा हुने व्यवसाय निकै सुस्ताएको छ ।

    अर्कोतर्फ लकडाउनको हल्ला अझै साम्य भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको सम्वोधनमा सरकारले तत्काल लकडाउन नगर्ने स्पष्ट बताएका थिए । हिजो बसेको सीसीएमसीको वैठकले पनि लकडाउनमा जानेबारे कुनै छलफल र निर्णय गरेन । तर, पनि जनमानसमा लकडाउनको त्रास कायम छ । यसले व्यवसायीहरू चिन्तित छन् ।

    विगतमा ९ महिना लामो लकडाउनले थला परेका व्यवसायीहरु फेरि अर्को लकडाउन थाम्न सक्ने अवस्थामा छैनन् । कथंकदाचित सरकारले लकडाउनकै घोषणा गर्‍यो भने पनि त्यसलाई पालना गर्न नसक्ने उनीहरूको भनाइ छ ।

    नेपाल राष्ट्रिय व्यापार महासंघका अध्यक्ष नरेश कट्‍वाल उद्योग र व्यापार क्षेत्रले पूर्णरूपमा स्वास्थ्यका मापदण्ड पूरा गरेर सञ्चालन गरेको बताउँछन् । स्वास्थ्यको मापदण्ड पूरा गर्दागर्दै पनि सरकार पुनः लकडाउनका लागि अगाडि बढ्यो भने निजी क्षेत्रले त्यसको प्रतिकार निजी क्षेत्रले गर्ने उनले चेतावनी दिए ।

    कट्‍वालले भने, ‘जनस्वास्थ्यको मापदण्ड पूर्णरूपमा पालन गर्दा पनि सरकारले साँझ ७ बजेदेखि भीडभाड कम गर्न अनुरोध गरेको छ । हामीले भीडभाड कम गरेर नै व्यापार र व्यवसाय सञ्चालन गरिरहेका छौं । यति गर्दा पनि सरकारले फेरि लकडाउन गर्‍यो भने हामी त्यसको प्रतिकारमा उत्रिने छौं ।’

    पहिले पनि लकडाउनको अवज्ञा गर्दै व्यवसाय सञ्चालन गर्ने व्यवसायीले एकतर्फी निर्णय गरेका थिए । स्वास्थ्य मन्त्रालयले उद्योग-व्यवसायमा मात्रै कोरोना सर्नेजस्तो गरी सूचना निकालेको कट्‍वालको गुनासो छ ।

    ‘पहिले करिब ९ महिना लामो भएको लकडाउनले धेरै कुरा सिकाएको छ,’ उनले भने, ‘अब सरकार लकडाउको बाटोमा जान हु्ँदैन । अनुत्पादनक क्षेत्रमा भएको भीडभाड रोकेर उद्योग र व्यवसायलाई स्वास्थ्यको मापदण्ड लागू गरी निस्वार्थ रुपमा सञ्चानल गर्न दिनुपर्छ ।’

    राजनीतिक दलले आफ्नो स्वार्थ पूरा गर्नका लागि लकडाउन गर्न लागेको हो भने नमान्ने उनले बताए । लकडाउनपछि बल्ल तंग्रिन लागेको क्षेत्रलाई फेरि समस्यामा पार्ने काम नगर्न कट्‍वालको आग्रह छ ।

    ‘अब पनि लकडाउन भयो भने मान्छे रोगले भन्दा पनि भोकले मर्ने छन्,’ उनले भने ।

    होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले कोरोना साँझ ७ बजेपछि मात्रै सर्नेजस्तो सरकारले ठानिरहेको बताए । स्वास्थ्य मन्त्रालय, अर्थमन्त्रालय र पर्यटन मन्त्रालयले फरक-फरक सूचना निकालेर थप दु:ख दिइरहेको उनको गुनासो छ ।

    शाहले भने, ‘साँझ ७ बजेपछि मात्रै कोरोना सर्ने होइन । हामीले स्वास्थ्यको मापदण्ड पूर्णरूपमा पालना गर्नुपर्छ । तर, मन्त्रालय/मन्त्रालय अनुसार नै फरक बुझाइ छ । हामीलाई पर्यटन मन्त्रालयले स्वास्थ्यको मापदण्ड पूरा गरेर सञ्चालन गर्न भनेको छ ।’

    ठमेल पर्यटन विकास परिषद्का महासचिव ध्रुव अधिकारीले साँझ ७ बजेपछि भीडभाड कम गर्नु भनेर स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्नु भन्दा पहिले नै रेष्टुरेन्ट र रात्रिकालीन व्यवसायमा भीडभाड कम भएको बताए ।

    सरकारले गत वर्षको चैत महिनामा रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गराउन निर्देशन दिएको भोलिपल्ट नै आफ्नै निर्देशनलाई खारेज गरेको थियो ।

    अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, पोखरा, भक्तपुर, चितवन, पर्सा लगायत मुलुकका १४ जिल्लालाई कोरोनाबाट अति संवेदनशील क्षेत्र घोषणा गरेको छ । ती क्षेत्रमा भीडभाड नगर्न सार्वजनिक अपिल गरिएको छ ।

  • भारतबाट फर्किएका १५ नेपालीमा कोरोना संक्रमण पुष्टि

    भारतबाट फर्किएका १५ नेपालीमा कोरोना संक्रमण पुष्टि

    बाँके । नेपालगञ्जस्थित जमुनाह हुँदै भारतबाट शुक्रबार नेपाल प्रवेश गरेका १५ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    भारतबाट फर्किएका शङ्कास्पद व्यक्तिको एन्टिजिन जाँच गर्दा १५ जनामा कोरोना सङ्क्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।

    उनका अनुसार, भारतको पञ्जाब, महाराष्ट्र र गुजरातबाट आएका सङ्क्रमित सबै पुरुष छन । उनीहरुमध्ये १ रोल्पा, ३ बर्दिया, ४ दैलेख, ६ बाँके र १ जना सुर्खेतका रहेका छन् ।

    बाँकेमा शुक्रबारमात्रै १९९ मा कोरोना पुष्टि भएको बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार, नेपालगञ्ज मेडिकल कलेजमा ४५ जनाको स्वाब परीक्षण गरिएकोमा ४५ जनामै कोरोना पुष्टि भएको छ ।

    भेरी अस्पताल नेपालगञ्जको परीक्षणमा १२७ र बागेश्वरी प्रयोगशालामा गरिएको परीक्षणमा २७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

  • गण्डकीमा फेरि उकालो लाग्दै कोरोना संक्रमण, निशानामा विद्यार्थी !

    गण्डकीमा फेरि उकालो लाग्दै कोरोना संक्रमण, निशानामा विद्यार्थी !

    पोखरा । पछिल्लो समय गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या फेरि उकालो लागेको छ । त्यसमध्ये सबैभन्दा बढी संक्रमित पोखरा महानगरमा पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    निर्देशनालयका अनुसार गण्डकीमा पछिल्लो ३ दिनमामात्रै १ सय २२ जना कोरोना संक्रमित पुष्टि भएका छन् । क्षयरोग उपचार केन्द्र, लाइफ डाइग्नोस्टिक प्रालि, विध ल्याब ललितपुर, मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेको गण्डकी स्वास्थ्य निर्देशनालय निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

    गण्डकीमा शुक्रबारमात्रै ४६ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये पोखरा महानगरकामात्रै ४२ जना छन् । शुक्रबार नयाँ थपिएका कोरोना संक्रमितमा बागलुङका ४ जना, पर्वत र म्याग्दीका १÷१ जना रहेको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र गण्डकीका संयोजक डा नवराज शर्माले बताए । ‘अहिले फेला परेका सबै संक्रमित कन्ट्याक ट्रेसिङबाटै फेला परेका हुन्,’ उनले भने ।

    बिहीबार गण्डकीमा ६३ जना नयाँ कोरोना संक्रमित फेला परेका थिए । त्यसमध्ये पोखराकामात्रै ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आइतबार विभिन्न ठाउँमा गएिको परीक्षणमा स्याङजाका ५, गोरखाका १, तनहुँका २, बागलुङ १ र नवलपुरमा ३ जना नयाँ संक्रमित थपिएका थिए ।

    बिहीबारसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार नाघेको छ । बिहीबार गण्डकीमा कोरोना संक्रमितको संख्या १७ हजार ८४ जना पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७ छ । पछिल्लो २४ घन्टामा ७२ जना कोरोना संक्रमित संक्रमितले निको भएका छन् ।

    कोरोनाको निशानामा विद्यालय

    पछिल्लो समय फेला परिरहेका कोरोना संक्रमितको बाह्य ‘ट्राभल हिस्ट्री’ छैन । उनीहरु समुदायस्तरमै कन्ट्याक ट्रेसिङबाट फेला परिरहेको डा शर्मा बताउँछन् ।

    शर्माका अनुसार पछिल्लो समय फेला परिरहेका संक्रमितहरु प्राय विद्यार्थी छन् । ‘अहिले स्कुले विद्यार्थीमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । स्कुल र होस्टलबाट कोरोनाको संक्रमण फैलिरहेको पाइएको छ,’ उनले भने, ‘कोरोना संक्रमित फेला परेका केही स्कुलले बिदा दिन पनि सुरु गरिसकेका छन् ।’

    लकडाउन खुलेसँगै स्वास्थ्य मापदण्ड पूरा नगर्ने र खुल्लमखुल्ला हेलचक््रयाइँ गरी हिँड्नाले पनि संक्रमितको संख्या बढिरहेको शर्माले सुनाए । ‘सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा भएको छैन । आफूखुशी हिँड्दा संक्रमितको संख्या फेरि बढ्न थालेको छ,’ उनले भने ।

    ‘युके भेरियन्ट’ कोरोनाको खतरा !

    निर्देशनालयका अनुसार गण्डकीमा हालसम्म नयाँ प्रजातिको कोरोना ‘युके भेरियन्ट’ कोरोना फेला परेका छैन । तर, पछिल्लो समय केहीमा उक्त लक्षण देखिएकाले पुरीक्षणका लागि काठमाडौं पठाइएको छ ।

    ‘अहिलेसम्म यहाँ फेला परेका पुरानै प्रजातिको कोरोना हो । तर, पछिल्लो पटक आएका केही न्यु भेरिएन्टसँग मिल्दाजुल्दा छन्,’ शर्माले भने, ‘ती सस्पेक्टेड स्वाब परीक्षणका लागि काठमाडौं पठाएका छौं । नतिजा आएको छैन ।’

    नेपाल सरकारले गण्डकीका बागलुङ र कास्कीसहित १४ जिल्लालाई कोरोनाको अति प्रभावित जिल्ला घोषणा गर्दै कुनै पनि भिडभाडजन्य क्रियाकलाप नगर्न र शिक्षण संस्था बन्द गर्न अपील गरेको छ । सरकारको अपीलसँगै कास्कीका केही विद्यालयले पढाइ बन्द गरी आइतबारबाट अनलाइन कक्षा चलाउने सूचना जारी गरेका छन् ।

  • शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

    शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस संक्रमण देखिए महानगर क्षेत्रभित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

    संक्रमण पुष्टि भएका विद्यालय एक साताका लागि बन्द गर्ने निर्णय गरिएको शिक्षा अधिकारी रामप्रसाद सुवेदीले पत्राचार गरेका छन् ।

    महानगर क्षेत्रका विद्यालयहरूलाई गरिएको पत्राचारमा प्रमुख स्तरको बिहीबार गरिएको निर्णय अनुसार कोभिड-१९ संक्रमणको बढ्दो क्रम देखिएकाले कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय अर्को सूचना नभएसम्म कम्तीमा एक हप्ता बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न गराउनु भनिएको छ ।

    महानगरले विद्यालयहरूमा सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुन पानीले राम्रोसँग हात धुने / सेनिटाइजरको प्रयोग गर्नेलगायतका स्वास्थ्य तथा जनसंख्या मन्त्रलयबाट विगतमा जारी गरिएका मापदण्डहरुको कडाइका साथ पालना गरी अभिभावकहरु समेतको सहमतिमा विद्यालय सञ्चालन गर्नु/गराउन हुन पनि अनुरोध गरेको छ ।

  • कोरोना संक्रमण बढेपछि नेपालगञ्जका विद्यालय एक साता बन्द

    कोरोना संक्रमण बढेपछि नेपालगञ्जका विद्यालय एक साता बन्द

    बाँके । कोरोना भाइरस संक्रमण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकामा शुक्रबारदेखि शैक्षिक संस्था बन्द हुने भएका छन् ।

    नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले नेपालगञ्जमा पछिल्लो समय कोभिड सङ्क्रमण उच्चगतिमा बढेपछि उपमहानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था एक साताका लागि बन्द गर्ने निर्णय गरेको उपप्रमुख उमा थापामगरले जानकारी दिए ।

    नगरप्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्दका लागि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ । बैठकले भारतबाट आउनेहरूको सीमानाका जमुनाहमा स्वास्थ्य परीक्षण तथा एन्टिजेन परीक्षणका लागि थप कडाइ गर्ने निर्णय गरेको छ ।

    मास्क अनिवार्य लगाउनेलगायत स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्दै बैठकले बजार अनुगमनलाई पनि कडाइ गर्ने निर्णय भएको छ । मास्क नलगाई कारोबार गर्ने पसल व्यवसाय कम्तीमा एक साताका लागि बन्द गर्ने निर्णय समितिको छ । घरबाहिर मास्क नलगाई आवागमन गर्नेलाई कारवाही गर्न बैठकले माग गरेको छ ।

    कोरोना भाइरस सङ्क्रमण तीव्रगतिमा फैलिएपछि मास्क नलगाई सडकमा निस्कनेलाई मास्क अनिवार्य प्रयोग गर्न लगाउन आग्रह गरिएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए। छिमेकी मुलुक भारतमा तीव्ररूपमा सङ्क्रमण बढेकाले त्यसको प्रत्यक्ष असर बाँकेमा परेको छ ।

    कोरोना सङ्क्रमणदर अस्वाभाविकरूपमा बढे पनि स्वास्थ्यका मापदण्ड कार्यान्वयनमा बेवास्थाका कारण विगतमा जस्तै फेरि बाँके कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको छ ।

    प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सरोकारवाला सबैसँग बैठक गरी कोरोना सङ्क्रमणविरुद्ध सबै एक भएर अभियान सञ्चालन गरिने बताए । ‘म आज मात्रै जिल्लामा आएको छु, आजै नेपालगञ्ज उपमहानगरपालिका सङ्क्रमण रोकथामका लागि आवश्यक छलफल गर्न बैठक गर्दैछौँ’, प्रमुख जिल्ला अधिकारी गेलालले भने, ‘भोलिसम्म सबै स्थानीय तहसँग आवश्यक छलफल गरी आइसोलेशन र क्वारेन्टिन सञ्चालनका विषयमा निर्णय हुनेछ ।’