Tag: कर छुट

  • सरकारले दियो करदातालाई राहत, कसलाई कति छुट ?

    सरकारले दियो करदातालाई राहत, कसलाई कति छुट ?

    काठमाडौं । सरकारले वार्षिक बजेटमार्फत आयकरका दायरा तथा दरमा हेरफेर गरेको छ । करदातालाई उनीहरुको आयस्तरका आधारमा छुटको घोषणा अर्थमन्त्री विष्णु पौडेलले गरेका छन् ।

    अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट प्रस्तुत गर्दै आयकरमा राहत दिएका हुन् । अर्थमन्त्रीका अनुसार अब वार्षिक २० लाखसम्म कारोबार भएका करदाताले ९० प्रतिशत कर छुट पाउने छन् । यस्तै, वार्षिक २० देखि ५० लाखसम्म कारोबार गर्नेले ७५ प्रतिशत तथा ५० देखि १ करोडसम्म कारोबार गर्नेले ५० प्रतिशत आयकर छुट पाउने भएका छन् ।

    कोभिड-१९ बाट अत्यधिक प्रभावित होटल, ट्राभल, टेकिङ यातायात हवाइ चलचित्र र सञ्चारगृहको करयोग्य आयमा १ प्रतिशत मात्रै आयकर लाग्ने भएको छ । ती व्यवसायको नोक्सानी सार्न सक्ने अवधि पनि बढाएर १० वर्ष पुर्‍याएको छ ।

    कम्पनी ऐन २०६३ तथा प्राइभेट फर्म रजिष्ट्रेसन ऐन २०१४ अनुसार आव ०७५/७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका कम्पनी तथा फर्मले ०७८ असोज मसान्तभित्र नवीकरण शुल्क र जरिवानाको १० प्रतिशत बुझाएमा बाँकी शुल्क तथा जरिवाना छुट दिइने छ ।

  • कोरोनाले थला परेका उद्योगलाई कर छुट तथा सहुलियत

    कोरोनाले थला परेका उद्योगलाई कर छुट तथा सहुलियत

    काठमाडौं । सरकारले कोरोनाको कारण समस्यामा परेका उद्योलाई आय करमा छुट तथा सहुलियत दिने भएको छ ।

    आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो कुरा बताएका हुन् ।

  • सरकारले ५ हजार उद्योगी व्यवसायीलाई कर छुट दिने

    सरकारले ५ हजार उद्योगी व्यवसायीलाई कर छुट दिने

    कठमाडौं । सरकारले करिब ५ हजार उद्योगी व्यावसायीलाई कारोबारका आधारमा कर छुट दिने भएको छ । कोरोना कहरका कारण थला परेका उद्योगी व्यावसायीलाई राहत हुनेगरी कर छुट गर्न लागिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

    आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले व्यवसायीको गुनासो सम्बोधन गर्न कर छुट गर्न लागिएको बताएका हुन् ।

  • कोरोना संक्रमितको उपचारमा प्रयोग हुने १० स्वास्थ्य सामग्रीमा कर छुट (सूचीसहित)

    कोरोना संक्रमितको उपचारमा प्रयोग हुने १० स्वास्थ्य सामग्रीमा कर छुट (सूचीसहित)

    काठमाडौं । सरकारले अक्सिजन सिलिन्डरलगायतका १० प्रकारका स्वास्थ्य सामग्रीमा कर छुट दिने निर्णय गरेको छ ।

    १३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार कोरोना संक्रमितको उपचार व्यवस्थापनका लागि आवश्यक पर्ने ती सामग्रीमा छुट दिइएको हो ।

    अक्सिजनसहित १० प्रकारको सामग्रीको पैठारीमा लाग्ने भन्सार, मूल्य अभिवृद्धि कर, तथा अन्त शुल्कसमेत छुट दिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो ।