Tag: कर्पोरेट प्रेस

  • घोराही सिमेन्टद्वारा मालपोत कार्यालयमा सरसफाइ र रङरोगन

    घोराही सिमेन्टद्वारा मालपोत कार्यालयमा सरसफाइ र रङरोगन

    काठमाडौं । घोराही सिमेन्ट उद्योग लिमिटेडले घोराही मालपोत कार्यालयमा सरसफाइ तथा रङरोगन गरेको छ ।

    आवश्यक सामग्री र श्रमिक आफ्नै पहलमा व्यवस्थापन गरी उद्योगले “हाम्रो समुदाय, हाम्रो जिम्मेवारी” भन्ने मूल भावना अघि सार्दै घोराही मालपोत कार्यालयमा सरसफाइ तथा रङरोगन कार्य सम्पन्न गरेको हो।

    हालै घोराही नगरपालिकामा भएका अशान्तिपूर्ण घटनाका कारण प्रभावित भएको सरकारी कार्यालयलाई आकर्षक र कार्यसुगम बनाउन गरिएको यस प्रयासले कार्यालयको वातावरण सुधार गर्नुका साथै सेवाग्राहीलाई सहज हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।

    घोराही सिमेन्ट उद्योगले यसलाई केवल सरसफाइ वा रङरोगन मात्र नभई समुदायमा आशा, आत्मबल र एकताको भावना जगाउने साझा पहलका रूपमा लिएको छ। यससँगै उद्योगले यस्ता सामाजिक उत्तरदायित्वका गतिविधिलाई निरन्तरता दिँदै उज्ज्वल र मजबुत भोलिको निर्माणमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ।

     

  • एससीटीले ल्यायो अफर, बिगमार्टमा कार्डबाट भुक्तानी गर्दा १०% छुट

    एससीटीले ल्यायो अफर, बिगमार्टमा कार्डबाट भुक्तानी गर्दा १०% छुट

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) ले नेपालमा १२०+ शाखा रहेको चेन स्टोर बिगमार्टमा यहि  घटस्थापना देखि छठ सम्मSmart Celebrations by SCT अफर सुरु गर्दै छ ।
    यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा यहि असोज ६ गते देखि कार्तिक १० गते सम्म SCT-UnionPay कार्डबाट भुक्तानी गर्दा एकपटकमा १०%, अधिकतम रु १०० हुने गरीे छुट प्राप्त गर्नेछन् । यसको लागी भुक्तानी गर्न SCT-UnionPay कार्ड प्रयोग गरी एइक् मेसिन मार्फतनै भुक्तानी गर्नु पर्नेछ । यो अफर घटस्थापना देखि छठ सम्म बिगमार्टको सम्पूर्ण शाखामा लागु हुनेछ ।
    एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT-UnionPay कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । SCT-UnionPay कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर SCT-UnionPay कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नुहुनेछ ।
  • मनाङका दुर्गम स्थानमा ‘फोर जी’ सेवा सुरु 

    मनाङका दुर्गम स्थानमा ‘फोर जी’ सेवा सुरु 

    काठमाडौं । मनाङका अत्यन्तै दुर्गम र विकट स्थानहरुमा ‘फोर जी’ सेवा सुरु भएको छ ।

    मनाङका दुर्गम र विकट भनेर चिनिने ठाउँ पिसाङ, टंकी मनाङ र खाङसार लगायतका स्थानमा टेलिकमले ‘फोर जी’ सेवा सञ्चालनमा ल्याएको छ ।

    आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै टेलिकमले भू–धरातलीय तथा भौगोलिक हिसाबले अत्यन्तै दुर्गम र विकट स्थानहरुमा नयाँ बीटीएस स्थापना गरी मोबाइल सेवाको सञ्चालन तथा कतिपय स्थानहरुमा गुणस्तर अभिवृद्धिको कार्य सम्पन्न गरेको जनाएको छ ।

    पर्यटकका साथै स्थानीय तथा व्यवसायीहरुको चापका कारण भी–एसएटी प्रविधिबाट गुणस्तरीय सेवा प्रवाह गर्न कठिनाई महसुस भएपश्चात् ग्राहकहरुको माग अनुसार असोज ४ गतेदेखि कम्पनीले ‘फोर जी’ सेवा सञ्चालन गरेको हो ।

    चामे गाउँपालिका–३ स्थित कोटोगाउँमा मोबाइल नेटवर्कको कभरेज रामो नभएको गुनासोलाई सम्बोधन गर्न सेवाको गुणस्तरका सम्बन्धमा स्थानीय वासिन्दा तथा हाइड्रोपावर क्षेत्रमा काम गर्ने सयौं ग्राहकको मागलाई ध्यानमा राख्दै नयाँ बीटीएस स्थापना गरी असोज १ गतेदेखि ‘टु जी र फोर जी’ मोबाइल सेवा सञ्चालनमा ल्याइएको हो ।  यसका साथै तिलिचो बेस क्याम्प र थोरोङफेदीमा पनि निकट भविष्यमा ‘फोर जी’ मोबाइल सेवा सञ्चालनका लागि प्रक्रिया अघि बढिसकेको छ ।

    मनाङ जिल्लाका धेरै स्थानमा सेवाको स्तरोन्नतीका साथै नयाँ सेवा सञ्चालनमा आएसँगै नार्पाभूमी गाउँपालिका बाहेकका अन्य सम्पूर्ण पालिकाहरुमा नेपाल टेलिकमको ‘फोर जी’ मोबाइल सेवा पुगेको छ ।

    नेपाल टेलिकमले दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउने कार्यलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको छ ।

    2. 4G in Manang

     

  • सिद्धार्थ बैंकका ग्राहकहरुलाई वाटरफ्रन्ट रिसोर्टमा २० प्रतिशत  छुट

    सिद्धार्थ बैंकका ग्राहकहरुलाई वाटरफ्रन्ट रिसोर्टमा २० प्रतिशत  छुट

    काठमाडौं । सिद्धार्थ बैंक र वाटरफ्रन्ट रिसोर्ट प्रा. लि. बिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    सम्झौता अनुसार लेकसाईड, पोखरा स्थित वाटरफ्रन्ट रिसोर्टमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा २० प्रतिशत सम्मको छुट दिने भएको छ ।

    सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

    उक्त सम्झौताको बारेमा थप जानकारी पाउन बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ को ०१–५९७००२० नम्बर मा फोन गरेर अथवा अगकतयmभचअबचभ२कद।िअयm।लउ बाट ईमेल गर्न सकिन्छ ।